23 परमेश्‍वर राज्यमा शासन गर्नुहुन्छ

कोरस

परमेश्‍वर राज्यमा, ब्रह्माण्डमा शासन गर्नुहुन्छ।

उहाँ राज्यको राजा, ब्रह्माण्डको प्रमुख हुनुहुन्छ।


पद १

अब उहाँ नचुनिएका सबैलाई भेला गर्नुहुनेछ।

अब उहाँ अन्यजातिहरूमाझ

काम गर्न थाल्नुहुनेछ।

अब उहाँ आफ्नो प्रशासनिक आदेशहरू

पूरा ब्रह्माण्डमा घोषणा गर्नुहुनेछ,

ताकि उहाँ आफ्नो कामको

अर्को चरण सफलतापूर्वक गर्न सक्नुहोस्।


पद २

अब उहाँले अन्यजातिहरूमाझ काम

फैलाउन सजाय प्रयोग गर्नुहुनेछ।

अब उहाँले सबै अन्यजातिहरू

विरुद्ध बल प्रयोग गर्नुहुनेछ।

अब उहाँले चुनिएका जनहरूमाझ काम गर्नुहुँदा,

यो काम गर्नुहुनेछ।

उहाँका मानिसले राज गर्दा,

सबै विजय गरिएका हुनेछन्,

उहाँ विश्राम गर्नुहुनेछ, तिनी माझ देखा पर्नुहुनेछ।


कोरस

परमेश्‍वर राज्यमा, ब्रह्माण्डमा शासन गर्नुहुन्छ।

उहाँ राज्यको राजा, ब्रह्माण्डको प्रमुख हुनुहुन्छ।


ब्रिज

उहाँ पवित्र राज्यमा देखा पर्नुहुन्छ,

फोहोरको देशबाट आफुलाई लुकाउनुहुन्छ।

विजय गरिएका र उहाँलाई पालन गर्ने

सबैले उहाँको मुहार देख्नेछन्।

आफ्नै आँखाले देख्छन्

र उहाँको स्वर आफ्नै कानले सुन्छन्।

आखिरी दिनहरूमा जन्मिएकाहरूका लागि

उहाँद्वारा पूर्वनिर्धारित आशिष् यही हो।


कोरस

परमेश्‍वर राज्यमा, ब्रह्माण्डमा शासन गर्नुहुन्छ।

उहाँ राज्यको राजा, ब्रह्माण्डको प्रमुख हुनुहुन्छ।


पद ३

उहाँले चर्मपत्र खोल्नुहुने दिन,

सबैलाई सजाय दिइने दिन हुनेछ।

उहाँले चर्मपत्र खोल्नुहुँदा,

संसारभरका सबै मानिस उहाँको जाँचको अधीनमा

हुनेछन् र उहाँको काम चरम सीमामा पुग्नेछ।

ज्योति विनाको भूमिमा सबै बस्नेछन्;

वातावरणको खतरा बीच,

सबै मानिस आफ्नो जीवन जिउनेछन्।


कोरस

परमेश्‍वर राज्यमा, ब्रह्माण्डमा शासन गर्नुहुन्छ।

उहाँ राज्यको राजा, ब्रह्माण्डको प्रमुख हुनुहुन्छ।


अन्त्य

आँखाकै सामु, उहाँको दिन नजिकिएकोले,

को तर्सिदैन र?

यसमा को खुसी नहोला र?

बेबिलोनको फोहोर सहरको अन्त्य आएको छ।

मानिसले नयाँ संसार देखेको छ।

आकाश र पृथ्वी, सबै नयाँ बनाइएका छन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्‍वरका वचनहरू, अध्याय २९” बाट परिमार्जित

अघिल्लो: 22 जब पृथ्वीमा राज्य साकार हुन्छ

अर्को: 27 जब पूर्वबाट बिजुली चम्किन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्