140 हे परमेश्‍वर, मलाई तपाईंको धेरै याद आउँछ

पद १

म तपाईंलाई चुपचाप याद गर्छु;

तपाईंका वचन पढेर, हृदय पछुतोले भरिन्छ।

मेरा आँखा आँसुले धमिला छन्; हाम्रो चाँडै पुनर्मिलन होस्।

मलाई थाहा छ म विद्रोही थिएँ, विगतमा तपाईंलाई चोट पुऱ्याएँ।

र मेरा अनेक गल्ती थिए, तिनलाई सच्याउन सकिँदैन।


पद २

तपाईंलाई नदेख्दा, हृदय पिडाले तड्पन्छ।

म तपाईँलाई पर्खिरहेको छु।

मेरा दिन र रात पछुतोले भरिएका छन्।

मेरो ऋण र दु:ख यस्तो छ कि मेरो आँखाबाट आँसु बग्छ।

विगतका भूल सच्याउन, मेरा भावना तपाईंलाई बताउन, म कति चाहन्छु।


कोरस

तपाईं कहाँ हुनुहुन्छ, मेरो प्रिय?

तपाईंको मुहार हेर्न हृदय आतुर छ।

तपाईं कहाँ हुनुहुन्छ, मेरो प्रिय?

तपाईंको अँगालोको निम्ति हृदय जल्छ।

हामी एउटै हृदय र मनका हौँ,

सदालाई सँगै हुनेछौँ।

हामी एउटै ह्रदय र मनका हौँ,

सँगै प्रेम गीत रच्दैछौँ।


पद ३

ती खुशीका दिन सम्झँदै, अक्सर तपाईंको

स्वर, मुस्कान बारे सोच्छु।

तपाईंका स्वच्छ वचन कानमा गुञ्जन्छन्, बाँचुन्जेल गुञ्जनेछन्।

यी एकान्त वर्षहरू कष्ट भएका छन्; असजिलो, सहन गाह्रो।

समय फर्काउन, तपाईंको छेउमा हुन म कति चाहन्छु।


कोरस

तपाईं कहाँ हुनुहुन्छ, मेरो प्रिय?

तपाईंको मुहार हेर्न हृदय आतुर छ।

तपाईं कहाँ हुनुहुन्छ, मेरो प्रिय?

तपाईंको अँगालोको निम्ति हृदय जल्छ।

हामी एउटै हृदय र मनका हौँ,

सदालाई सँगै हुनेछौँ।

हामी एउटै हृदय र मनका हौँ,

सँगै प्रेम गीत रच्दैछौँ।

अघिल्लो: 119 एक इमानदार व्यक्ति हुनु निकै आनन्दको कुरा हो

अर्को: 149 तपाईँ मेरो सामु देखा पर्नुहुँदा म तपाईँको मुस्कुराइरहेको मुहारलाई स्वागत गर्नेछु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्