417 परमेश्वरले मानिसलाई तिनको आवश्यकता तिनको पुकारहरू मार्फत दिनुहुन्छ
पद १
परमेश्वरले मानिस सृष्टि
गर्नुभई आत्मा दिनुभएपछि,
भन्नुभयो कि तिनले उहाँलाई
नपुकारे उहाँका आत्माबाट ती छुट्टिनेछन्
र “स्वर्गीय प्रसारण” पृथ्वीमा पाइने छैन।
कोरस
मानिसका पुकारद्वारा,
उहाँ तिनको खाँचो पूरा गर्नुहुन्छ।
सुरुमा तिनमा “बास” गर्नुहुन्न,
तर पुकारका कारण सहायता दिनुहुन्छ।
आन्तरिक शक्तिबाट तिनले कठोरता
पाउँछन् र शैतान मनपरी भित्र आउँदैन।
पद २
उहाँ उसको आत्मामा नहुनुहुँदा,
रित्तो आसन खुल्ला हुन्छ।
शैतानले पस्ने मौका लिन्छ।
हृदयद्वारा उहाँलाई सम्पर्क गर्दा,
शैतान आत्तिन्छ, उम्कनलाई भाग्छ।
कोरस
मानिसका पुकारद्वारा,
उहाँ तिनको खाँचो पूरा गर्नुहुन्छ।
सुरुमा तिनमा “बास” गर्नुहुन्न,
तर पुकारका कारण सहायता दिनुहुन्छ।
आन्तरिक शक्तिबाट तिनले कठोरता
पाउँछन् र शैतान मनपरी भित्र आउँदैन।
ब्रिज
मानव उहाँका आत्मासँग जोडिइरहे,
शैतानले हस्तक्षेप गर्दैन।
शैतानको अवरोध बिना,
मानिस सामान्य जीवन जिउँछन्।
र उहाँ मानिसभित्र बिना अवरोध
काम गर्न सक्नुहुन्छ।
यसरी, उहाँले गर्न चाहनुहुने
सब मानिसद्वारा हासिल हुन्छ।
कोरस
मानिसका पुकारद्वारा,
उहाँ तिनको खाँचो पूरा गर्नुहुन्छ।
सुरुमा तिनमा “बास” गर्नुहुन्न,
तर पुकारका कारण सहायता दिनुहुन्छ।
आन्तरिक शक्तिबाट तिनले कठोरता
पाउँछन् र शैतान त्यसको इच्छामा
खेल्न भित्र आउने आँट गर्दैन।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको निम्ति परमेश्वरका वचनहरूका रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय १७” बाट परिमार्जित