परमेश्‍वर र मानिस एकसाथ विश्राममा सँगै प्रवेश गर्नेछन्

प्रारम्भमा, परमेश्‍वर विश्राममा हुनुहुन्थ्यो। त्यस बेला पृथ्वीमा कुनै मानव वा कुनै अरू थोकहरू थिएनन्, र परमेश्‍वरले अझै कुनै काम गर्नुभएको थिएन। मानवजाति अस्तित्वमा आएपछि र मानवजाति भ्रष्ट भएपछि मात्र उहाँले आफ्‍नो व्यवस्थापनको काम सुरु गर्नुभयो; त्यस घडीदेखि उहाँले विश्राम लिनुभएन, बरु मानवजातिमाझ व्यस्त हुन थाल्नुभयो। मानवजातिको भ्रष्टताले गर्दा साथै प्रधान स्वर्गदूतको विश्वासघतले गर्दा परमेश्‍वरले आफ्‍नो विश्राम गुमाउनुभयो। यदि परमेश्‍वरले शैतानलाई परास्त गर्नुहुन्न र भ्रष्ट भएको मानवजातिलाई मुक्त गर्नुहुन्न भने, उहाँ फेरि कहिल्यै पनि विश्राममा प्रवेश गर्न सक्षम हुनुहुनेछैन। जसरी मानिसलाई विश्रामको कमी छ, त्यसरी नै परमेश्‍वरलाई पनि विश्रामको कमी छ, र जब उहाँले फेरि विश्राम गर्नुहुन्छ, मानवले पनि विश्राम गर्नेछ। विश्राममा जिउनुको अर्थ युद्धरहित, अशुद्धतारहित र कुनै विद्यमान अधार्मिकता रहितको जीवन हो भन्‍ने हुन्छ। भन्नुको तात्पर्य, यो शैतानको बाधाहरू (यहाँ “शैतान” शब्दले शत्रुका शक्तिहरूलाई जनाउँछ) र शैतानको भ्रष्टताविनाको जीवन हो, अनि यो परमेश्‍वरको कुनै विरोधी शक्तिको आक्रमणको जोखिममा हुने जीवन होइन; यो सबै थोकले आफ्नै तरिका अनुसरण गर्ने र सृष्टिको प्रभुको आराधना गर्न सक्ने जीवन हो, र जसमा स्वर्ग र पृथ्वी पूर्ण रूपमा शान्त हुन्छन्—“मानवको विश्रामपूर्ण जीवन” शब्दहरूको तात्पर्य यही हो। जब परमेश्‍वरले विश्राम गर्नुहुन्छ, तब पृथ्वीमा अधार्मिकता विद्यमान रहनेछैन, अनि शत्रुका शक्तिहरूबाट कुनै अरू आक्रमण हुनेछैनन्, र मानवजाति एउटा नयाँ राज्यमा प्रवेश गर्नेछ—उप्रान्त मानवजाति शैतानद्वारा भ्रष्ट पारिएको हुनेछैन, बरु शैतानद्वारा भ्रष्ट पारिएपछि मुक्त गरिएको मानवजाति हुनेछ। मानवजातिको विश्रामको दिन नै परमेश्‍वरको पनि विश्रामको दिन हुनेछ। परमेश्‍वर मौलिक रूपमा नै विश्राम गर्न असक्षम हुनुभएकोले होइन, तर विश्राममा प्रवेश गर्न मानवजातिको असक्षमताले नै उहाँले आफ्‍नो विश्राम गुमाउनुभएको हो। विश्राममा प्रवेश गर्नुको अर्थ सबै थोक ठप्प हुन्छ वा विकसित हुन नै रोकिन्छ भन्‍ने होइन, न त यसको आशय, परमेश्‍वरले काम गर्न छोड्नुहुन्छ वा मानव जिउन छोड्छ भन्‍ने नै हो। शैतानलाई नष्ट गरिनु, यसको दुष्कर्मका सरिक हुने खराब मानिसहरूलाई दण्डित गर्नु र निमिट्यान्न पार्नु साथै परमेश्‍वरको सारा शत्रुका शक्तिहरू अस्तित्वमा नरहनु नै विश्राममा प्रवेश गरिएको सङ्केत हुनेछ। परमेश्‍वर विश्राममा प्रवेश गर्नुको अर्थ उहाँले मानवजातिको मुक्तिको निम्ति यस उप्रान्त उहाँको काम नगर्नु हो भन्‍ने हुन्छ। मानवजाति विश्राममा प्रवेश गर्नुको अर्थ सबै मानवजाति परमेश्‍वरको ज्योतिभित्र र उहाँको आशिषहरूमुनि, शैतानको भ्रष्टताविना जिउनेछन् र कुनै अधार्मिकता हुनेछैन भन्‍ने हो। परमेश्‍वरको हेरचाहमुनि, मानव पृथ्वीमा सामान्य रूपमा जिउनेछन्। जब परमेश्‍वर र मानवजाति एकसाथ विश्राममा प्रवेश गर्छन्, यसको अर्थ मानवजातिलाई मुक्त गरिएको छ, शैतानलाई नष्ट पारिएको छ र मानवमा परमेश्‍वरको काम पूर्ण रूपमा पूरा भएको छ भन्‍ने हुन्छ। परमेश्‍वरले यस उप्रान्त मानवमा काम गर्नुहुनेछैन र तिनीहरू शैतानको सत्ताअन्तर्गत रहनेछैनन्। त्यसै गरी, परमेश्‍वर यस उप्रान्त व्यस्त हुनुहुनेछैन, र मानव अनवरत गतिमा हुनेछैन; परमेश्‍वर र मानव एकैसाथ विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वर उहाँको मौलिक स्थानमा फर्कनुहुनेछ, र हरेक व्यक्ति तिनीहरूको आ-आफ्नो ठाउँमा फर्कनेछन्। परमेश्‍वरको समग्र व्यवस्थापन सिद्धिएपछि परमेश्‍वर र मानव बसोबास गर्ने गन्तव्यहरू यी नै हुन्। परमेश्‍वरसँग परमेश्‍वरकै गन्तव्य छ र मानवसँग मानवकै गन्तव्य छ। विश्राम गरिरहँदा, परमेश्‍वरले सबै मानवलाई पृथ्वीमा तिनीहरूको जीवनमा मार्गदर्शन गरिरहनुहुनेछ र उहाँको ज्योतिमा हुँदा, तिनीहरूले स्वर्गमा हुनुहुने एक मात्र साँचो परमेश्‍वरको आराधना गर्नेछन्। उप्रान्त, परमेश्‍वर मानवजातिको माझमा बस्नुहुनेछैन, न त मानिसहरू परमेश्‍वरसँगै उहाँको गन्तव्यमा बस्नेछन्। परमेश्‍वर र मानव उही क्षेत्रभित्र रहन सक्‍नुहुन्‍न; बरु, दुवैको आ-आफ्नै जिउने शैली हुन्छ। परमेश्‍वरले नै सारा मानवजातिलाई मार्गदर्शन गर्नुहुनेछ, र सारा मानवजाति नै परमेश्‍वरको व्यवस्थापन कार्यको चरमता हो। नेतृत्व गरिनेहरू मानव नै हुन् र उनीहरू परमेश्‍वरकै सारका हुँदैनन्। “विश्राम” गर्नुको अर्थ उसको आफ्नै मौलिक स्थानमा फर्कनु हो। यसकारण, जब परमेश्‍वर आफ्‍नो विश्राममा प्रवेश गर्नुहुन्छ, तब यसको अर्थ, उहाँ आफ्‍नो मौलिक स्थानमा फर्कनुभएको छ भन्‍ने हुन्छ। उहाँ उप्रान्त पृथ्वीमा बस्नुहुनेछैन वा मानवजातिको आनन्द र कष्टमा संलग्न हुन मानवजातिमाझ रहनुहुनेछैन। जब मानवहरू विश्राममा प्रवेश गर्छन्, यसको अर्थ उनीहरू सृष्टिको साँचो सृष्टि गरिएका प्राणी हुनेछन् भन्‍ने हो; तिनीहरूले पृथ्वीबाट नै परमेश्‍वरको आराधना गर्नेछन् र सामान्य जीवन जिउनेछन्। मानिसहरू उप्रान्त परमेश्‍वरविरुद्ध विद्रोह गर्नेछैनन् वा तिनीहरूले उहाँको प्रतिरोध गर्नेछैनन्, अनि आदम र हव्वाको मौलिक जीवनतिर फर्कनेछन्। विश्राममा प्रवेश गरेपछि परमेश्‍वर र मानवका आ-आफ्नै जीवन र गन्तव्यहरू यिनै हुनेछन्। शैतान र परमेश्‍वर बीचको युद्धमा शैतानको हार अपरिहार्य छ। यस्तै, परमेश्‍वरको व्यवस्थापन कार्यको पूर्णता र विश्राममा मानवजातिको पुर्ण मुक्ति र प्रवेशपछि विश्राममा हुने परमेश्‍वरको प्रवेश पनि अनिवार्य छन्। मानवजातिको विश्रामको स्थान पृथ्वी हो र परमेश्‍वरको विश्रामको स्थान स्वर्ग हो। मानवले विश्राममा रहनुहुने परमेश्‍वरको आराधना गर्दा, तिनीहरू पृथ्वीमा बस्नेछन्, र परमेश्‍वरले बाँकी मानवलाई विश्राममा डोर्‍याउनुहुँदा, उहाँले उनीहरूलाई पृथ्वीबाट होइन स्वर्गबाट अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर अझै पनि आत्मा नै हुनुहुनेछ, जबकि मानव अझै पनि देहमा नै हुनेछन्। परमेश्‍वर र मानव फरक-फरक किसिमले विश्राममा रहनुहुन्छ। परमेश्‍वर विश्राम गर्नुहुँदा, उहाँ मानवको माझमा आउनुहुनेछ र देखा पर्नुहुनेछ; मानव विश्राम हुँदा, स्वर्ग भ्रमणमा जान साथै त्यहाँको जीवनको आनन्द लिन परमेश्‍वरले तिनीहरूलाई अगुवाइ गर्नुहुनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गरेपछि, शैतान अस्तित्वमा हुनेछैन; त्यसै गरी, ती खरबा मानिसहरू पनि अस्तित्वमा रहन छोड्नेछन्। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नअघि पृथ्वीमा परमेश्‍वरलाई सताउने खराब व्यक्तिहरू साथै उहाँविरुद्ध विद्रोह गर्ने वैरीहरूलाई पहिले नै नष्ट गरिएको हुनेछ; तिनीहरूलाई आखिरी दिनहरूको महाविपत्तिहरूद्वारा निर्मूल गरिएको हुनेछ। ती खराब मानिसहरूलाई पूर्ण रूपमा नष्ट पारेपछि, पृथ्वीले शैतानको बाधा कहिल्यै भोग्नेछैन। त्यसपछि मात्र मानवजातिले पूर्ण मुक्ति हासिल गर्नेछ र परमेश्‍वरको काम पूर्ण रूपमा सिद्धिनेछ। परमेश्‍वर र मानवजाति विश्राममा प्रवेश गर्नको लागि पूरा गरिने पूर्वसर्तहरू यी नै हुन्।

यी सबै थोकको अन्तको निकटताले परमेश्‍वरको कामको पूर्णताको साथै मानवजातिको विकासको अन्तको सङ्केत गर्छ। यसको अर्थ शैतानद्वारा भ्रष्ट पारिएको, मानव तिनीहरूको विकासको अन्तिम चरणमा पुगेको हुनेछ, अनि आदम र हव्वाका सन्तानहरूले आफ्‍ना सन्तानहरूको वृद्धि गर्ने काम पूरा गरेका हुनेछन् भन्‍ने हो। यसको अर्थ यो पनि हो कि शैतानद्वारा भ्रष्ट पारिएको मानवजातिले निरन्तर विकास गर्न असम्भव हुनेछ। आदम र हव्वालाई प्रारम्भमा भ्रष्ट पारिएको थिएन, तर अदनको बगैँचाबाट निकालिएका आदम र हव्वा शैतानद्वारा भ्रष्ट पारिएका थिए। जब परमेश्‍वर र मानव एकसाथ विश्राममा प्रवेश गर्छन्, तब अदनको बगैँचाबाट निकालिएका—आदम र हव्वा—र तिनीहरूका सन्तानहरू आखिरमा अन्तमा आउनेछन्। भविष्यको मानवजाति अझै पनि आदम र हव्वाको सन्तानहरू नै हुनेछन्, तर तिनीहरू शैतानको सत्ताअन्तर्गत जिउने मानव हुनेछैनन्। बरु, उनीहरू मुक्त गरिएका र शुद्ध पारिएका मानिसहरू हुनेछन्। यो न्याय गरिएको र सजाय दिइएको, र पवित्र भएको मानवजाति हुनेछ। यी मानिसहरू मौलिक रूपमा जस्ता थिए त्यस्ता मानव हुनेछैनन्; यसलाई लगभग यसो भन्न सकिन्छ कि उनीहरू सुरुमा भएका आदम र हव्वा जस्ता थिए त्योभन्दा समग्र रूपमा भिन्न किसिमका मानवजाति हुनेछन्। यी मानिसहरू शैतानद्वारा भ्रष्ट पारिएकाहरू सबैको माझबाट नै छानिएकाहरू हुनेछन्, र उनीहरू परमेश्‍वरको न्याय र सजायको अवधिमा चरम रूपमा दृढ खडा रहनेहरू मध्येका हुनेछन्; तिनीहरू भ्रष्ट मानवजाति माझमा बाँकी रहेका मानवको अन्तिम समूह हुनेछन्। यी मानिसहरू मात्र परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्न सक्‍नेछन्। आखिरी दिनहरूमा परमेश्‍वरको न्याय र सजायको काममा, अर्थात्, अन्तिम शुद्धीकरणको कामको अवधिमा—दृढ रहन सक्‍नेहरू नै परमेश्‍वरसँगै अन्तिम विश्राममा प्रवेश गर्नेहरू हुनेछन्; यसरी, विश्राममा प्रवेश गर्नेहरू सबै परमेश्‍वरको अन्तिम शुद्धीकरणको काम भोगेपछि मात्र शैतानको प्रभावलाई तोडेर मुक्त भएका र उहाँद्वारा प्राप्त गरिएका हुनेछन्। यी मानव, जो अन्ततः परमेश्‍वरद्वारा प्राप्त गरिएका हुनेछन्, अन्तिम विश्राममा प्रवेश गर्नेछन्। परमेश्‍वरको सजाय र न्यायको कामको सारगत उद्देश्य मानवजातिलाई शुद्धीकरण गर्नु हो, अन्तिम दिनको विश्रामका खातिर हो; नत्र, मानवजातिको कुनै पनि सदस्य तिनीहरूको प्रकारअनुसार वर्गीकृत हुन, वा विश्राममा प्रवेश गर्न सक्दैन। यो काम विश्राममा प्रवेश गर्ने मानवजातिको एक मात्र मार्ग हो। परमेश्‍वरको शुद्धीकरणको कामले मात्र मानवको अधार्मिकता पखाल्नेछ, र उहाँको सजाय र न्यायको कामले मात्र मानवजातिका ती विद्रोही तत्त्वहरूको खुलासा गर्नेछ, जसले गर्दा मुक्ति दिन सकिनेलाई मुक्ति दिन नसकिनेबाट र बाँकी रहनेहरूलाई बाँकी नरहनेहरूबाट खुट्ट्याइनेछ। जब यो काम समाप्‍त हुन्छ, तब ती टिक्न दिइएकाहरू सबैलाई शुद्ध पारिनेछ र तिनीहरू मानवजातिको अझ उच्च क्षेत्रमा प्रवेश गर्नेछन् जसमा तिनीहरूले पृथ्वीमा अझ आश्‍चर्यजनक दोस्रो मानव जीवनको आनन्द लिनेछन्; अर्को शब्दमा, तिनीहरू मानव विश्रामको दिनमा प्रवेश गर्नेछन् र परमेश्‍वरसँगै रहनेछन्। त्यसपछि, ती टिक्न नदिइएकाहरूलाई सजाय दिइनेछ र न्याय गरिनेछ, तिनीहरूको साँचो रूप-रङ्ग पूर्ण रूपमा प्रकट गरिनेछ, त्यसपछि, तिनीहरू सबैलाई नष्ट पारिनेछ र शैतानलाई झैँ तिनीहरूलाई पनि पृथ्वीमा बाँच्न दिइनेछैन। भविष्यको मानवजातिमा यस्ता कुनै किसिमका मानिसहरू पर्नेछैनन्; यस्ता मानिसहरू चरम विश्रामको मुलुकमा प्रवेश गर्न योग्यका हुँदैनन्, न त तिनीहरू परमेश्‍वर र मानवजाति संलग्न हुने विश्रामको दिनमा नै सहभागी हुन योग्यका हुन्छन्, किनभने उनीहरू दण्डका निशाना हुन् र खराब र अधर्मी मानिस हुन्। तिनीहरूलाई एक पटक छुटकारा गरिएको थियो, र तिनीहरूलाई सजाय दिइएको र न्याय गरिएको पनि छ; तिनीहरूले कुनै बेला परमेश्‍वरका लागि श्रम पनि गरेका थिए। तैपनि, जब अन्तिम दिन आउँछ, तिनीहरूको खराबीको कारण साथै मुक्त गरिनलाई तिनीहरूको विद्रोहीपन र असक्षमताको परिणामस्वरूप तिनीहरूलाई अझ पनि हटाइनेछ र नष्ट पारिनेछ; तिनीहरू भविष्यको संसारमा फेरि कहिल्यै पनि अस्तित्वमा आउनेछैनन्, र तिनीहरू यस उप्रान्त भविष्यको मानवजाति माझ जिउनेछैनन्। मानवजाति माझमा रहेका पवित्र भएकाहरू विश्राममा प्रवेश गरेपछि, दुष्कर्म गर्नेहरू र मुक्त नगरिएकाहरू मृतहरूका आत्माहरू हुन् वा अझै देहमा जीवितै रहेका मानिसहरूका आत्मा हुन्, तिनीहरू सबैलाई नष्ट पारिनेछन्। जहाँसम्म यी दुष्कर्म गर्ने आत्माहरू र मानव वा धर्मी मानिसहरूका आत्माहरू र धार्मिकता अभ्यास गर्नेहरूको सवाल छ, उनीहरू जुनै युगका भए तापनि, खराब काम गर्नेहरू सबैलाई अन्त्यमा नष्ट पारिनेछ, र सबै धर्मीहरू बाँच्नेछन्। कुनै व्यक्ति वा आत्माले मुक्ति पाउने कुरालाई समग्र रूपमा अन्तिम युगको कामको आधारमा निर्णय गरिँदैन; बरु, तिनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएका छन् वा छैनन्, तिनीहरूले उहाँको प्रतिरोध गरेका थिए वा थिएनन् भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। अघिल्लो युगमा दुष्ट काम गर्ने र मुक्ति पाउन नसक्ने मानिसहरू नै निस्सन्देह रूपमा दण्डको निशानामा पर्नेछन्, साथै हालको युगमा दुष्ट काम गर्नेहरू र मुक्त हुन नसक्नेहरू पनि निश्‍चय नै दण्डको निशानामा पर्नेछन्। मानवलाई तिनीहरू जिएका युगको आधारमा होइन, असल र खराबको आधारमा वर्गीकरण गरिनेछ। यसरी वर्गीकरण गरिसकेपछि, तिनीहरूलाई तुरुन्तै दण्ड दिइँदैन वा इनाम दिइँदैन; बरु, परमेश्‍वरले आखिरी दिनहरूमा उहाँको विजयको कार्यलाई अघि बढाइसक्‍नुभएपछि मात्र दुष्टलाई दण्ड दिने र असललाई इनाम दिने काम अघि बढाउनुहुनेछ। वास्तवमा, उहाँले मानवजातिको मुक्तिको काम गर्न सुरु गर्नुभएदेखि नै मानिसहरूलाई असल र खराबमा छुट्टाउँदै आउनुभएको छ। यति मात्र हो, उहाँको काम समाप्‍त भएपछि मात्र उहाँले धर्मीलाई इनाम र दुष्टलाई दण्ड दिनुहुनेछ; उहाँको काम पूरा भएपछि उहाँले तिनीहरूलाई वर्ग-वर्गमा छुट्टाउनुहुनेछ र तुरुन्तै दुष्टलाई दण्ड र असललाई इनाम दिनतिर लाग्‍नुहुनेछ भन्‍ने होइन। बरु, उहाँको काम पूर्ण रूपमा समाप्त भएपछि मात्रै यो काम पूरा हुनेछ। दुष्टलाई दण्ड र असललाई इनाम दिने परमेश्‍वरको अन्तिम कामको एउटै उद्देश्य भनेको नै पूरै मानवजातिलाई पूर्ण रूपमा शुद्ध पार्नु हो, ताकि उहाँले विशुद्ध रूपमा शुद्ध पारिएको मानवजातिलाई अनन्त विश्राममा ल्याउन सक्नुहोस्। यस चरणको उहाँको काम सबैभन्दा महत्त्वपूर्ण छ; यो नै उहाँको सम्पूर्ण व्यवस्थापन कार्यको अन्तिम चरण हो। यदि परमेश्‍वरले दुष्टलाई नष्ट पार्नुभएन, तर बाँकी रहन दिनुभयो भने, सारा मानवजाति विश्राममा प्रवेश गर्न अझै पनि असमर्थ हुनेथियो, र परमेश्‍वर सारा उनीहरूलाई अझ उत्तम क्षेत्रमा ल्याउन असक्षम हुनुहुने थियो। यस्तो काम पूर्ण रूपमा सिद्धिने थिएन। जब उहाँको काम सिद्धिन्छ, तब सारा मानवजाति पूर्ण रूपमा पवित्र पारिनेछ; यसरी मात्र परमेश्‍वर शान्तिपूर्वक विश्राममा बस्न सक्‍नुहुनेछ।

आजभोली मानिसहरू देहका कुराहरूलाई छोड्न असक्षम छन्; उनीहरू देह, संसार, पैसा, वा उनीहरूका भ्रष्ट स्वभावहरूको विलासलाई छोड्न सक्दैनन्। धेरै जसो मानिसहरूले उनीहरूका आफ्नै शौकहरू बेपरवाह किसिमले गरिहिँड्छन्। वास्तवमा, यी मानिसहरूले उनीहरूको हृदयहरूमा परमेश्‍वरलाई बिलकुलै राख्दैनन्; योभन्दा पनि नराम्रो कुरो त, उनीहरूले परमेश्‍वरदेखि भयभीत हुँदैनन्। उनीहरूको हृदयहरूमा परमेश्‍वर हुनुहुन्न, र त्यसैले परमेश्‍वरले गर्नुहुने सबै कुरा उनीहरूले बुझ्न सक्दैनन् र झनै उहाँले बोल्नुभएका कुराहरू बुझ्नु त परै जाओस्। यस्ता मानिसहरू अति शारीरिक हुन्; उनीहरू अति गहन रूपमा भ्रष्ट छन् र कुनै पनि सत्यताको कमी छ। यसको अलाबा, परमेश्‍वर देहधारी हुन सक्नुहुन्छ भन्‍ने उनीहरूले विश्‍वास गर्दैनन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्ने जो कोही पनि—अर्थात् दृश्य परमेश्‍वरमा वा उहाँको काम र वचनहरूमा विश्‍वास नगर्ने, बरु स्वर्गमा हुनुहुने अदृश्य परमेश्‍वरको आराधना गर्ने जो कोही पनि व्यक्तिको हृदयमा परमेश्‍वर हुनुहुन्न। यस्ता मानिसहरू परमेश्‍वरप्रति विद्रोही र प्रतिरोधी हुन्छन्। उनीहरूमा मानवता र सुझबुझको कमी हुन्छ, सत्यताको त कुरै नगरौं। यसको अलाबा, यी मानिसहरूका निम्ति दृश्य र मूर्त परमेश्‍वर अझ धेरै विश्‍वास गर्न सकिँदैन, तैपनि उनीहरूले अदृश्य र अमूर्त परमेश्‍वर धेरै विश्‍वासयोग्य र प्रसन्नकारी भएको ठान्छन्। उनीहरूले खोजेका कुरा वास्तविक सत्यता होइन, न त यो जीवनको साँचो सार नै हो; परमेश्‍वरका अभिप्रायको कुरा त परै जाओस्। बरु, उनीहरूले उत्तेजना खोज्छन्। जुन-जुन कुराहरूले उनीहरूलाई उनीहरूको आफ्नै इच्छा पूरा गर्न सक्षम तुल्याउँछन्, निसन्देह नै, ती उनीहरूले विश्‍वास गर्ने कुरा र खोजी गर्ने कुरा हुन्। उनीहरूले सत्यता खोज्न होइन, उनीहरूको आफ्नै चाहनाहरूलाई तृप्‍त पार्न मात्र परमेश्‍वरमा विश्‍वास गर्छन्। के यस्ता मानिसहरू दुष्कर्म गर्नेहरू होइनन् र? उनीहरू अति नै आत्मविश्‍वासी हुन्छन्, र अनि स्वर्गमा हुनुहुने परमेश्‍वरले उनीहरू जस्ता “असल मानिसहरू” लाई नष्ट गर्नुहुनेछ भनी उनीहरूले विश्‍वास गर्दैनन्। सट्टामा, परमेश्‍वरले उनीहरूलाई रहन दिनुहुनेछ र, परमेश्‍वरको निम्ति धेरै थोकहरू गरेका र उहाँप्रति देखाएका ठूलो “बफादारीता” ले गर्दा उहाँले उनीहरूलाई राम्रो इनाम दिनुहुनेछ भन्‍ने उनीहरूले विश्‍वास गर्छन्। यदि उनीहरूले दृश्य परमेश्‍वरको खोजी गर्नु परेको थियो भने पनि, उनीहरूको चाहनाहरू पूरा नहुने बित्तिकै, उनीहरू तुरुन्तै परमेश्‍वरको विरुद्ध फर्केर आक्रमण गर्थे वा अत्यन्त क्रोधित हुन्थे। उनीहरू आफूलाई सदैव तिनीहरूका आफ्नै चाहनाहरू तृप्‍त पार्न खोज्ने घृणित मानिसहरू जस्तो देखाउँछन्; उनीहरू सत्यताको खोजी गर्ने कुरामा सत्यनिष्ठा मानिसहरू होइनन्। यस्ता मानिसहरू ख्रीष्टलाई पछ्याउने तथाकथित खराब हुन्। सत्यतालाई नखोज्ने ती मानिसहरूले सम्भवतः सत्यतामा विश्‍वास गर्न सक्दैनन् र अझै मानवजातिको भविष्यको परिणाम बुझ्न असक्षम हुन्छन्, किनभने उनीहरूले दृश्य परमेश्‍वरको कुनै काम वा वचनहरूलाई विश्‍वास गर्दैनन्—साथै यसमा मानवजातिको भविष्यको गन्तव्यमा विश्‍वास गर्न सक्षम नहुने कुरा पनि पर्छ। यसकारण, उनीहरूले दृश्य परमेश्‍वरलाई पछ्याए तापनि, उनीहरूले अझै दुष्ट काम गर्छन् र सत्यता बिलकुलै खोज्दैनन्, न त उनीहरूले मैले चाहेको सत्यता अभ्यास गर्छन्। उनीहरूलाई नष्ट गरिनेछ भनी विश्‍वास नगर्नेहरूलाई नै यसको विपरीत नष्ट पारिनेहरू उनीहरू नै हुनेछन्। उनीहरूले आफैलाई निकै चलाख छन् भन्‍ने विश्‍वास गर्छन् र उनीहरूले उनीहरू आफैलाई सत्यता अभ्यास गर्ने मानिसहरू ठान्छन्। उनीहरूले उनीहरूका दुष्ट व्यवहारलाई सत्य ठान्छन्, र यसैले यसलाई रुचाउँछन्। यस्ता खराब मानिसहरू निकै आत्मविश्‍वासी हुन्छन्; उनीहरूले सत्यतालाई सिद्धान्तको रूपमा लिन्छन् र उनीहरूको दुष्ट कर्महरूलाई सत्यताको रूपमा लिन्छन्, तर अन्तमा, उनीहरूले जे छरेका छन् त्यही मात्र कटनी गर्छन्। मानिसहरू जति धेरै आत्मविश्‍वासी हुन्छ र जति धेरै उनीहरू जथाभाबी अहङ्कारी हुन्छन्, र उत्ति नै धेरै उनीहरू सत्यता हासिल गर्न असक्षम हुन्छन्; जति धेरै स्वर्गमा हुनुहुने परमेश्‍वरमा विश्‍वास गर्छन्, उत्ति नै धेरै परमेश्‍वरको प्रतिरोध गर्छन्। दण्ड दिइने मानिसहरू यिनीहरू नै हुन्। मानवजाति विश्राममा प्रवेश गर्न अघि, हरेक किसिमका व्यक्तिलाई दण्ड वा इनाम दिइन्छ भन्‍ने कुरा उनीहरूले सत्यता खोजेका छन् वा छैनन्, उनीहरूले परमेश्‍वरलाई चिन्छन् वा चिन्दैनन् र उनीहरू दृश्य परमेश्‍वरको अधीनमा बस्न सक्छन् वा सक्दैनन् भन्‍ने कुरा बमोजिम निर्धारण गरिनेछ। उनीहरू जसले दृश्य परमेश्‍वरका लागि श्रम गरेका छन्, तैपनि न त उहाँलाई चिन्छन्, न उहाँको अधीनमा बस्छन्, उनीहरूमा सत्यताको कमी हुन्छ। यस्ता मानिसहरू दुष्कर्मीहरू हुन् र दुष्टकर्मीहरू दण्डको भागीदार हुनेछन्; यसको अलावा, उनीहरू आफ्ना खराब व्यवहारबमोजिम दण्डित हुनेछन्। परमेश्‍वर मानवले विश्‍वास गरिनको निम्ति हुनुहुन्छ र उहाँ उनीहरूको समर्पणका योग्य पनि हुनुहुन्छ। अस्पष्ट र अमूर्त परमेश्‍वरमा विश्‍वास राख्नेहरू परमेश्‍वरमा विश्‍वास नगर्ने मानिसहरू हुन् र परमेश्‍वरको अधीनमा बस्न असक्षम हुन्छन्। यदि यी मानिसहरूले अझै उहाँको विजयको कार्यको समय सिद्धिँदासम्म पनि देखिने परमेश्‍वरमा विश्‍वास गर्न सफल भएनन् भने, देहमा हुनुहुने देखिने परमेश्‍वरविरुद्ध विद्रोह र उहाँको प्रतिरोध गरिरहे भने, यी “अस्पष्टवादी” हरू, निश्‍चय नै, विनाशको पात्रहरू हुनेछन्। यो तिमीहरूकै माझमा रहेको कोहीहरू जस्तो हो—देहधारी परमेश्‍वरलाई मौखिक रूपमा स्विकार्ने, तैपनि देहधारी परमेश्‍वरको अधीनको सत्यता अभ्यास गर्न नसक्ने ती सबै अन्त्यमा हटाइएर नाश हुनुपर्नेछ। यसको अलावा, दृश्यमान परमेश्‍वरलाई मौखिक रूपमा स्विकार्ने, अनि उहाँद्वारा व्यक्त सत्यतालाई खाने र पिउने, तैपनि अस्पष्ट र अदृश्य परमेश्‍वरलाई पछ्याउने ती सबै, अझ बढी विनाशका पात्र हुनेछन्। परमेश्‍वरको काम पूरा भएपछि आउने विश्रामको समयसम्म यी मानिसहरूमध्ये कोही पनि रहन सक्नेछैनन्, न त यस्तै व्यक्तिहरू जस्तो एकल व्यक्ति नै विश्रामको त्यो समयसम्म रहन सक्छन्। शैतानका मानिसहरूले सत्यता अभ्यास गर्दैनन्; उनीहरूको सार नै परमेश्‍वरप्रतिन विद्रोहीपन र प्रतिरोधमध्ये एक हो, र उनीहरूमा उहाँको अधीनमा बस्ने हल्का अभिप्राय पनि हुँदैन। यस्ता मानिसहरू सबैलाई नष्ट पारिनेछ। तँसँग सत्यता हुनु वा नहुनु र तैँले परमेश्‍वरको प्रतिरोध गर्नु वा नगर्नु सो तेरो सारमा निर्भर हुन्छ, तेरो रूप-रङ्गमा वा तैँले कहिलेकाहीँ कसरी बोल्छस् वा व्यवहार गर्छस् भन्‍ने कुरामा निर्भर हुँदैन। कुनै व्यक्तिलाई नष्ट पारिनेछ वा पारिनेछैन भन्‍ने कुरा उसको सारद्वारा निर्धारण गरिन्छ; यो उसको व्यवहार र उसको सत्यताको पछ्याइद्वारा प्रकाश गरिने सारअनुसार निर्धारण गरिन्छ। मानिसहरूमाझका काम गर्ने र समान मात्रामा काम गर्ने ती सबै, मानवताका राम्रा सार भएकाहरू जोसँग सत्यता छ, तिनीहरूलाई रहन दिइनेछ, जबकिदृश्यमान परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानवताका दुष्ट सार भएकाहरू विनाशका पात्र हुनेछन्। मानवजातिको गन्तव्यसँग सम्बन्धित परमेश्‍वरको सबै काम र वचनहरूले नै हरेक व्यक्तिको सार बमोजिम उचित रूपमा निराकरण गर्नेछ; हल्का त्रुटि पनि हुनेछैन, र अझ बढी त, एउटा गल्ती पनि गरिनेछैन। मानिसहरूले काम गर्दा मात्र मानव भावना वा आशय परस्पर संसर्गमा आउँछन्। परमेश्‍वरले गर्नुहुने काम नै सबैभन्दा उपयुक्त हुन्छ; उहाँले निश्‍चय नै कुनै पनि सृष्टि गरिएको प्राणीविरुद्ध झूटो दाबीहरू गर्नुहुन्न। हाल पनि मानवजातिको भावी गन्तव्यलाई नबुझ्ने र मैले भनेका कुराहरू विश्‍वास नगर्ने धेरै मानिसहरू छन्। ती विश्‍वास नगर्नेहरू, साथै सत्यता अभ्यास नगर्नेहरू सबै, भूतहरू हुन्!

हिजोआज, खोज्ने र नखोज्नेहरू पूर्ण रूपमा फरक दुई किसिमका मानिसहरू हुन्, जसका गन्तव्यहरू पनि बिलकुलै फरक छन्। सत्यताको ज्ञान खोजी गर्नेहरू र सत्यता अभ्यास गर्नेहरू नै उनीहरू हुन् जसकहाँ परमेश्‍वरले मुक्ति ल्याउनुहुनेछ। सत्य मार्ग थाहा नपाउनेहरू भूतहरू र वैरीहरू हुन्; उनीहरू प्रधान दूतका सन्तानहरू हुन् र विनाशका पात्रहरू हुनेछन्। अस्पष्ट परमेश्‍वरका धर्मी विश्‍वासीहरू पनि, के उनीहरूचाहिँ भूतहरू होइनन्? असल विवेक भएकाहरू, तर सत्य मार्ग स्वीकार नगर्ने मानिसहरू भूतहरू हुन्; उनीहरूका सार परमेश्‍वरको प्रतिरोध मध्येको एक हो। सत्य मार्ग स्वीकार नगर्नेहरू परमेश्‍वरको प्रतिरोध गर्नेहरू हुन् र यस्ता मानिसहरूले धेरै कठिनाइहरू सहे पनि, उनीहरूलाई अझ पनि नष्ट पारिनेछ। उनीहरू जो संसारलाई त्याग्न अनिच्छुक हुन्छन्, जो उनीहरूका बाबुआमासँग अलग हुन सक्दैनन्, र जसले आफ्नै देहका सुख-विलासहरूबाट आफैलाई मुक्त गर्न रुचाउँदैनन् उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही हुन्छन्, र सबै विनाशका पात्रहरू हुनेछन्। देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू भूतहरू हुन्, र, यसको अलाबा, उनीहरूलाई नष्ट गरिनेछन्। विश्‍वास भएका तर सत्यता अभ्यास नगर्नेहरू, देहधारी परमेश्‍वरमा विश्‍वास नगर्नेहरू र परमेश्‍वरको अस्तित्वमा बिलकुलै विश्‍वास नगर्नेहरू पनि विनाशका पात्रहरू हुनेछन्। रहन दिइनेहरू सबै शोधनको कष्टहरू भएर गुज्रेका र दृढ खडा रहेकाहरू हुन्; यी साँचो रूपमा परीक्षाहरूलाई सहेका मानिसहरू हुन्। परमेश्‍वरलाई पहिचान नगर्ने जो-कोही पनि शत्रु हो; अर्थात्, देहधारी परमेश्‍वरलाई पहिचान नगर्ने—चाहे उनीहरू यस प्रवाहभित्रका होऊन् वा यस प्रवाह बाहिरका होऊन्—ऊ ख्रीष्ट विरोधी हो! यदि परमेश्‍वरमा विश्‍वास नगर्ने प्रतिरोधीहरू होइनन् भने शैतान को हो, भूतहरू को हुन्, र परमेश्‍वरका शत्रुहरू को हुन्? के उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने मानिस नै होइनन् र? के उनीहरू नै ती होइनन् जसले विश्‍वास भएको दाबी गर्छन्, तैपनि सत्यताको कमी हुन्छ? के उनीहरू परमेश्‍वरको निम्ति गवाही दिन असक्षम हुँदा पनि आशिष्‌हरू मात्र प्राप्‍त गर्न खोज्नेहरू होइनन् र? आज तैँले अझै ती भूतहरूसँग घुलमेल गर्छस् र तिनीहरूसँग विवेक र प्रेमले व्यवहार गर्छस्, तर यस्तो अवस्थामा, के तैँले शैतानप्रति शुभेच्छा बढाइरहेको छैन र? के तैँले भूतहरूसँग साँठगाँठ गरिरहेको छैनस् र? यदि मानिसहरू यो बिन्दुमा पुगेका छन् र अझै असल र खराबबीच भिन्नता छुट्याउन असक्षम छन् भने, र परमेश्‍वरका अभिप्रायको खोजी गर्ने कुनै चाहनाविना नै अन्धाधुन्ध प्रेमिलो र कृपालु भइरहन्छन्‌ भने वा कुनै पनि किसिमले परमेश्‍वरका अभिप्रायहरूलाई उनीहरूको आफ्नै झैँ गरी लिन सक्षम हुन्छन् भने, उनीहरूको अन्त झनै दयनीय हुनेछ। देहमा हुनुभएको परमेश्‍वरलाई विश्‍वास नगर्ने जो कोही पनि परमेश्‍वरको शत्रु हो। यदि तैँले शत्रुलाई सम्मान र प्रेम गर्न सक्छस् भने, के तँमा न्याय बोधको कमी छैन र? यदि तँ मैले जे घृणा गर्छु र म जेसँग असहमत हुन्छु, र त्यसैसँग अनुकूल हुन्छस् र उनीहरूप्रति अझै प्रेम वा व्यक्तिगत भावनाहरू वहन गर्छस् भने, तब के तँ विद्रोही होइनस् र? के तैँले जानी-जानी परमेश्‍वरको प्रतिरोध गरिरहेका छैनस् र? के यस्तो मानिससित वास्तवमै सत्यता हुन्छ? यदि मानिसहरूले शत्रुप्रति सम्मान राख्छन्, भूतहरूलाई प्रेम गर्छन् र शैतानलाई कृपा गर्छन् भने, तब के उनीहरूले परमेश्‍वरको कामलाई जानी-जानी अवरोध गरिरहेका हुँदैनन् र? ती मानिसहरू जसले येशूमा मात्र विश्‍वास गर्छन् र अन्तको दिनहरूको देहधारी परमेश्‍वरमा विश्‍वास गर्दैनन्, साथै उनीहरू जसले मौखिक रूपमा देहधारी परमेश्‍वरमा विश्‍वास गर्ने दाबी गर्छन् तर दुष्ट काम गर्छन्, उनीहरू सबै ख्रीष्ट—विरोधीहरू हुन्, परमेश्‍वरमा विश्‍वास नगर्नेहरूको त कुरै नगरौं। यी सबै मानिस विनाशका पात्र हुनेछन्। मानवले अरू मानवको मूल्याङ्कन गर्ने मानक उनीहरूको व्यवहारमा आधारित हुन्छ; जसको आचरण असल छ उनीहरू धर्मीहरू हुन्, जबकि जसको आचरण घृणास्पद छ उनीहरू दुष्ट हुन्। परमेश्‍वरले मानवको मूल्याङ्कन गर्नुहुने मानकचाहिँ उनीहरूको सार उहाँमा समर्पित हुन्छ कि हुँदैन भन्‍ने कुरामा आधारित हुन्छ; परमेश्‍वरमा समर्पित हुने व्यक्ति धर्मी व्यक्ति हो, जबकि समर्पित नहुने व्यक्ति शत्रु र दुष्ट व्यक्ति हो, चाहे त्यो व्यक्तिको व्यवहार असल होस् वा खराब, र चाहे उसको बोलीवचन ठीक होस् वा बेठीक। केही मानिसहरूले भविष्यमा असल गन्तव्य हासिल गर्न असल कार्यहरू प्रयोग गर्ने इच्छा गर्छन्, र केही मानिसहरूले असल गन्तव्य हासिल गर्न असल शब्दहरू प्रयोग गर्ने इच्छा गर्छन्। परमेश्‍वरले मानिसहरूका परिणामहरू उनीहरूको व्यवहार हेरेर वा उनीहरूको बोलीवचन सुनेर निर्धारण गर्नुहुन्छ भनी सबैले गलत विश्वास गर्छन्; यसकारण, धेरै मानिसहरूले परमेश्‍वरलाई छलेर उनीहरूलाई क्षणिक निगाह प्रदान गराउनका लागि यसको लाभ उठाउने इच्छा गर्छन्। भविष्यमा, विश्रामको स्थितिमा बाँच्ने मानिसहरू सबैले सङ्कष्टको दिन सहेका हुनेछन् र परमेश्‍वरको गवाही दिएका पनि हुनेछन्; उनीहरू सबै आफ्ना कर्तव्यहरू पूरा गरेका र जानी-जानी परमेश्‍वरमा समर्पित भएका मानिसहरू हुनेछन्। सेवा गर्ने अवसरलाई केवल सत्यता अभ्यास गर्नबाट पन्छिने अभिप्रायका साथ प्रयोग गर्ने इच्छा गर्नेहरूलाई रहन दिइनेछैन। हरेक व्यक्तिको परिणामको प्रबन्ध गर्न परमेश्‍वरसँग उपयुक्त मानकहरू छन्; उहाँले यी निर्णयहरू कसैको बोलीवचन वा आचरणअनुरूप मात्र गर्नुहुन्न, न त कुनै व्यक्तिले एउटा समयावधिमा कस्तो कार्य गर्छ भन्‍ने कुराको आधारमा नै यी निर्णयहरू गर्नुहुन्छ। उहाँ निश्‍चय नै उहाँका निम्ति विगतमा गरिएको सेवाका कारण कसैको दुष्ट आचरणप्रति उदार हुनुहुनेछैन, न त कसैले उहाँप्रति आफूलाई निश्चित समयसम्म समर्पित गरेको कारण नै कसैलाई मृत्युबाट जोगाउनुहुनेछ। आफ्नो दुष्टताको बदलाबाट कोही जोगिन सक्दैन, र कसैले पनि आफ्नो दुष्ट व्यवहार ढाक्न सक्दैन, र त्यसरी विनाशका कष्टहरूबाट जोगिन सक्दैन। यदि मानिसहरूले आफ्नो कर्तव्य साँचो रूपमा पूरा गर्न सक्छन् भने, यसको अर्थ उनीहरू परमेश्‍वरप्रति अनन्त रूपमा बफादार छन् र इनाम खोज्दैनन्, चाहे उनीहरूले आशिष्‌हरू प्राप्‍त गरून् वा विपत्ति भोगून्। यदि मानिसहरू आशिष्‌हरू देख्दा, परमेश्‍वरप्रति बफादार हुन्छन्, तर कुनै आशिष्‌हरू देख्न नसक्दा चाहिँ आफ्नो बफादारी गुमाउँछन् भने, र यदि यी मानिसहरू—जसले एक समय परमेश्‍वरका निम्ति बफादारीपूर्वक परिश्रम गरे—अन्त्यमा अझै गवाही दिन वा आफूमाथि नैतिक रूपमा बाध्यकारी भएका कर्तव्यहरू पूरा गर्न असक्षम हुन्छन् भने, यस्ता मानिसहरू अझै पनि विनाशका पात्रहरू हुनेछन्। सारांशमा, दुष्ट मानिसहरू अनन्तकालभरि बाँच्न सक्दैनन्, न त उनीहरू विश्राममा नै प्रवेश गर्न सक्छन्; धर्मीहरू मात्र विश्रामका अधिपतिहरू हुन्। मानवजाति सही मार्गमा आएपछि, मानिसहरूसँग सामान्य मानव जीवन हुनेछ। उनीहरू सबैले आ-आफ्ना कर्तव्य पूरा गर्नेछन् र परमेश्‍वरप्रति पूर्ण रूपमा बफादार हुनेछन्। उनीहरूले आफ्नो विद्रोहीपन र आफ्ना भ्रष्ट स्वभावहरू पूर्ण रूपमा फाल्नेछन्, र उनीहरू विद्रोहीपनरहित र प्रतिरोधरहित दुवै भएर परमेश्‍वरका निम्ति र परमेश्‍वरका कारण जिउनेछन्। उनीहरू सबै पूर्ण रूपमा परमेश्‍वरमा समर्पित हुन सक्षम हुनेछन्। परमेश्‍वर र मानवजातिको जीवन यो हुनेछ; यो राज्यको जीवन हुनेछ, र यो विश्रामको जीवन हुनेछ।

उनीहरूका पूर्ण रूपमा गैरविश्‍वासी बालबालिकाहरू र नातेदारहरूलाई मण्डलीतिर खिँचेर लानेहरू अत्यन्त स्वार्थीहरू हुन् र उनीहरूले केवल दया देखाइरहेका हुन्छन्। उनीहरूले विश्‍वास गरे पनि नगरे पनि, यो परमेश्‍वरको अभिप्राय होस् वा नहोस्, यी मानिसहरू प्रेमिलो हुने कुरामा मात्र केन्द्रित हुन्छन्। केहीले आफ्ना पत्‍नीहरूलाई परमेश्‍वरको सामु ल्याउँछन्, वा आफ्ना आमाबुबाहरूलाई परमेश्‍वरको सामु खिँचेर ल्याउँछन् अनि पवित्र आत्मा यसमा सहमत हुनुभएको छ वा छैन, वा उनीहरूमा काम गरिरहनुभएको छ वा छैन, उनीहरूले “प्रतिभाशाली मानिसहरूलाई” परमेश्‍वरको निम्ति अन्धाधुन्ध रूपमा अपनाई रहन्छन्। यी अविश्‍वासीहरूप्रति दया अघि सारेर के फाइदा लिन सकिन्छ? ती पवित्र आत्माको उपस्थितिविनाको यी अविश्वासीहरूले मन नलागी-नलागी परमेश्‍वरलाई पछ्याउने भए तापनि, कसैले विश्‍वास गरेजस्तो अझै मुक्ति पाउन सक्दैनन्। उनीहरू जसले मुक्ति पाउन सक्छन्, वास्तवमा उनीहरूलाई पाउन त्यत्ति सजिलो छैन। ती मानिसहरू जो पवित्र आत्माको काम र जाँचहरू भएर गुज्रेका छैनन् र देहधारी परमेश्‍वरद्वारा सिद्ध तुल्याइएको छैनन्, उनीहरूलाई पूर्ण बनाइन सर्वथा अयोग्य हुन्छन्। यसकारण, उनीहरूले नामधारी रूपमा मात्र परमेश्‍वरलाई पछ्याउन सुरु गरेदेखि नै, ती मानिसहरूमा पवित्र आत्माको उपस्थितिको कमी हुन्छ। उनीहरूको अवस्थाहरू र वास्तविक स्थितिहरूको प्रकाशमा, उनीहरूलाई केवल पूर्ण बनाउन सकिँदैन। त्यस्तै, पवित्र आत्माले उनीहरूमाथि धेरै सामर्थ्य नखर्चने निर्णय गर्नुहुन्छ, न त उहाँले उनीहरूलाई कुनै किसिमको अन्तर्ज्ञान वा मार्गदर्शन प्रदान गर्नुहुन्छ; उहाँले उनीहरूलाई केवल पछ्याउन मात्र दिनुहुन्छ र अन्तमा उनीहरूका परिणामहरू प्रकट गर्नुहुनेछ—यो नै पर्याप्‍त छ। मानवजातिको जोश र इरादाहरू शैतानबाट आउँछन्, र यी कुराहरूले कुनै पनि हालतमा पवित्र आत्माको काम पूरा गर्न सक्दैनन्। मानिसहरू जस्तोसुकै होऊन्, उनीहरूमा पवित्र आत्माको काम हुनु नै पर्छ। के मानवले मानवलाई पूर्ण बनाउन सक्छन्? पतिले उसको पत्‍नीलाई किन प्रेम गर्छ? पत्‍नीले उनको पतिलाई किन प्रेम गर्छिन्? छोराछोरीहरू किन बुबाआमाप्रति कर्तव्यनिष्ठा हुन्छन्? किन बुबाआमाहरू आफ्ना छोराछोरीहरूप्रति स्नेही हुन्छन्? वास्तवमा मानिसहरूले कस्ता किसिमका अभिप्रायहरू मनमा राख्छन्? के उनीहरूको मनसाय उनीहरूका आफ्नै योजनाहरू र स्वार्थी चाहनाहरू तृप्‍त पार्नु होइन र? के उनीहरूको आशय साँच्चै परमेश्‍वरको व्यवस्थापन योजनाको खातिर काम गर्नु नै हो त? के उनीहरूले साँच्चै परमेश्‍वरको कार्यको खातिर नै काम गरिरहेका हुन्छन् त? के उनीहरूको मनसाय सृष्टि गरिएका प्राणीका कर्तव्यहरू पूरा गर्नु हो त? उनीहरूले परमेश्‍वरमा विश्‍वास गर्न सुरु गरेको क्षणदेखि नै पवित्र आत्माको उपस्थिति हासिल गर्न असक्षम हुनेहरूले पवित्र आत्माको काम कहिल्यै पनि हासिल गर्न सक्दैनन्; यी मानिसहरू अवश्य नै नष्ट पारिने पात्रहरू हुन्। कसैले उनीहरूलाई जति धेरै प्रेम गरे तापनि, यसले पवित्र आत्माको कामलाई प्रतिस्थापन गर्न सक्दैन। मानिसहरूको जोश र प्रेमले मानव मनसायहरूको प्रतिनिधित्व गर्छन्, तर परमेश्‍वरका अभिप्रायहरूको प्रतिनिधित्व गर्न सक्दैनन्, न त तिनीहरू परमेश्‍वरको कामको प्रतिस्थापन हुन नै सक्छन्। नामधारी रूपमा परमेश्‍वरमा विश्‍वास गर्नेहरू र परमेश्‍वरमा विश्‍वास गर्नुको वास्तविक अर्थ के हो सो नजानिकन नै उहाँलाई पछ्याएको बहाना गर्नेहरूप्रति कसैले सम्भावित महान्‌ प्रेम वा कृपा अघि सारे, तापनि उनीहरूले अझै परमेश्‍वरको सहानुभूति पाउनेछैनन् न त उनीहरूले पवित्र आत्माको काम नै प्राप्‍त गर्नेछन्। ईमानदार रूपमा परमेश्‍वरलाई पछ्याउने मानिसहरू कमजोर क्षमता भएका र धेरै सत्यताहरू बुझ्न असक्षम भए तापनि उनीहरू कहिलेकाहीँ पवित्र आत्माको काम अझ पनि हासिल गर्न सक्छन्; यद्यपि, एकदमै असल क्षमता भएका तर ईमानदार रूपमा विश्‍वास नगर्नेहरूले पवित्र आत्माको उपस्थिति पाउन सक्दैनन्। यस्ता मानिसहरूलाई निश्‍चय नै मुक्तिको निम्ति कुनै सम्भावना हुँदैन। उनीहरूले परमेश्‍वरको वचनहरू पढे तापनि वा कहिलेकाहीँ वचनहरू प्रचार गरेको सुने तापनि वा परमेश्‍वरको प्रशंसा गाए तापनि उनीहरू अन्तमा विश्रामको समयसम्म बाँच्न सक्षम हुँदैनन्। मानिसहरूले जोशका साथ खोजी गर्छन् वा गर्दैनन् भन्‍ने कुरा अरूहरूले कसरी न्याय गर्छन् वा वरिपरिकाहरूले कसरी उनीहरूलाई हेर्छन् भन्‍ने कुराले निर्धारण गर्दैन, तर पवित्र आत्माले उनीहरूमा काम गर्नुहुन्छ वा गर्नुहुन्न र उनीहरूसँग पवित्र आत्माको उपस्थिति छ वा छैन भन्‍ने कुराद्वारा निर्धारण गरिन्छ। यसको अतिरिक्त, कुनै अवधिभरि पवित्र आत्माको काम भएर गुज्रेपछि उनीहरूको स्वभाव परिवर्तन भएको छ वा छैन र उनीहरूले परमेश्‍वरको बारे कुनै ज्ञान हासिल गरेका छन् वा छैनन् त्यसमा निर्भर हुन्छ। यदि कुनै व्यक्तिमा पवित्र आत्माले काम गर्नुहुन्छ भने, यो व्यक्तिको स्वभाव क्रमिक रूपमा परिवर्तन हुनेछ, र परमेश्‍वरमा विश्‍वास गर्ने उनीहरूको दृष्टिकोण क्रमिक रूपमा शुद्ध हुँदै जानेछ। मानिसहरूले परमेश्‍वरलाई पछ्याएको जति लामो समय भए तापनि उनीहरू परिवर्तन भएसम्म, यसको अर्थ पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छ भन्‍ने हो। यदि उनीहरूमा परिवर्तन आएको छैन भने, पवित्र आत्माले उनीहरूमा काम गरिरहनुभएको छैन। यी मानिसहरूले केही सेवा गरे तापनि उनीहरूलाई यसो गर्न लगाउने कुराचाहिँ आशिष्‌ प्राप्त गर्ने इच्छा नै हो। कहिलेकाहीँ सेवाकर्ता कुराले उनीहरूको स्वभावहरूमा हुने परिवर्तनको अनुभवलाई प्रतिस्थापन गर्न सक्दैन। अन्तमा उनीहरूलाई अझ पनि नष्ट गरिनेछ, किनभने राज्यमा सेवाकर्ताहरूको आवश्यक हुँदैन, न त त्यहाँ सिद्ध बनाइएका र परमेश्‍वरप्रति बफादार हुने मानिसहरूका निम्ति सेवा गर्नलाई स्वभाव परिवर्तन नभएकाहरू आवश्यक नै पर्नेछ। “जब कसैले परमेश्‍वरमा विश्‍वास गर्छ, भाग्य पुरै परिवारमाथि मुस्कुराउँछ” भनी विगतका भनिएका ती शब्दहरू अनुग्रहको युगको निम्ति उपयुक्त छन्, तर मानव गन्तव्यसँग असम्बन्धित छन्। तिनीहरू अनुग्रहको युगको एउटा चरणभरि मात्र उपयुक्त थिए। ती शब्दहरूका आशयचाँहि मानिसहरूले उपभोग गरेका शान्ति र भौतिक आशिष्‌हरूप्रति लक्षित थियो; एक जनाले प्रभुमा विश्‍वास गर्दा समग्र परिवार नै प्रभुमा मुक्त हुनेछ भन्‍ने उनीहरूको आशय थिएन, न त एक जनाले आशिष्‌ प्राप्त गर्दा उसको समग्र परिवारलाई नै विश्राममा ल्याइन्छ भन्‍ने नै उनीहरूको आशय थियो। कसैले आशिष्‌ पाउँछ वा दुर्गति भोग्छ भन्‍ने कुरा उसको सार बमोजिम निर्धारण गरिन्छ, कसैको अरूहरूसँग बाँड्न सक्ने कुनै पनि साझा सार बमोजिम होइन। त्यस किसिमको भनाइ वा नियमको राज्यमा कुनै स्थान छैन। यदि कुनै व्यक्ति अन्ततः बाँच्न सक्षम भयो भने, यो उनीहरूले परमेश्‍वरका माग पूरा गरेका कारण हो, र यदि उनीहरू अन्ततः विश्रामको समयसम्म बच्न असक्षम भए भने, उनीहरू परमेश्‍वरविरुद्ध विद्रोही भएकाले र उनीहरूले परमेश्‍वरका मागहरू पूरा नगरेकाले नै हो। हरेकको एउटा सुहाउँदो गन्तव्य छ, जुन हरेक व्यक्तिको सारअनुसार निर्धारित हुन्छ, अनि यसको अरू मानिसहरूसँग बिलकुलै सरोकार छैन। एउटा बालकको दुष्ट व्यवहार उनीहरूको आमाबुबामा सार्न सकिँदैन, न त एउटा बालकको धार्मिकतालाई उनीहरूको आमाबुबासँग बाँड्न नै सकिन्छ, आमाबुबाको दुष्ट व्यवहार उनीहरूको छोराछोरीहरूमा सार्न सकिँदैन, न त एउटा आमाबुबाको धार्मिकतालाई उनीहरूको छोराछोरीहरूसँग बाँड्न नै सकिन्छ। सबैले आ-आफ्नै पापहरू वहन गर्छन्, र सबैले आ-आफ्ना आशिष्‌को आनन्द उठाउँछन्। कोही व्यक्तिले पनि अर्को व्यक्तिको ठाउँ लिन सक्दैन; यो धार्मिकता हो। मानिसको दृष्टिकोणबाट, यदि आमाबुबाले आशिष्‌ प्राप्त गर्छन् भने, उनीहरूका छोराछोरीहरूले पनि आशिष्‌ प्राप्त गर्न सक्‍नुपर्छ, र यदि उनीहरूका छोराछोरीहरूले खराबी गर्छन् भने, उनीहरूलाई आमाबुबाले ती पापहरूका निम्ति प्रायश्‍चित गर्नुपर्छ। यो मानवीय दृष्टिकोण हो र मानवको काम गर्ने शैली हो; यो परमेश्‍वरको दृष्टिकोण होइन। हरेकको परिणामलाई उनीहरूको आचरणबाट आउने सार बमोजिम निर्धारण गरिन्छ, र यसलाई सदैव उपयुक्त रूपमा निर्धारण गरिन्छ। कसैले अर्काका पापहरू वहन गर्न सक्दैन; झन्, कसैले पनि अर्काको सट्टामा दण्ड पाउन सक्दैन। यो पक्का हो। उनीहरूका छोराछोरीहरूप्रति आमाबुबाका स्‍नेहपूर्ण हेरचाहले उनीहरूले उनीहरूका छोराछोरीहरूमा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने सङ्केत गर्दैन, न त एउटा बालकको उनीहरूका आमाबुबाप्रति कर्तव्यनिष्ठा स्नेहको अर्थ उनीहरूले उनीहरूका आमाबुबाको सट्टामा धर्मी कामहरू गर्न सक्छन् भन्‍ने नै लाग्छ। यही नै वचनहरूको साँचो अर्थ हो, “त्यति बेला खेतमा दुई जना हुनेछन्; एउटालाई लगिनेछ र अर्कोलाई छोडिनेछ। दुई स्त्री जाँतो पिँधिरहेका हुनेछन्; एउटालाई लगिनेछ र अर्कीलाई छोडिनेछ।” मानिसहरूले उनीहरूका दुष्ट कर्म गर्ने छोराछोरीहरूलाई उनीहरूप्रतिको गहन प्रेमको आधारमा विश्राममा लान सक्दैनन्, न त उनीहरूको धर्मी आचरणको आधारमा उनीहरूका पति वा पत्‍नीलाई विश्राममा लान सक्छन्। यो एउटा प्रशासकीय नियम हो; त्यहाँ कसैको निम्ति छुट हुन सक्दैन। अन्तमा, धार्मिकता गर्नेहरू धार्मिकता गर्नेहरू नै हुन् र दुष्कर्मीहरू दुष्कर्मीहरू नै हुन्। धार्मिकता गर्नेहरूलाई अन्ततः बाँच्न दिइनेछ, जबकि दुष्कर्मीहरूलाई नष्ट गरिनेछ। पवित्रहरू भनेका पवित्र नै हुन्; उनीहरू फोहोरी होइनन्। फोहोरीहरू फोहोरी नै हुन्, र उनीहरूको एक अंश पनि पवित्र छैन। दुष्कर्मीहरूका छोराछोरीहरूले धर्मी कार्यहरू नै गरे पनि, र धर्मीहरूका आमाबुबाले दुष्ट कार्य गरे पनि—नष्ट पारिने मानिसहरू सबै दुष्टहरू हुन् र बाँच्नेहरू सबै धर्मीहरू हुन्। विश्वासी पति र गैरविश्वासी पत्‍नीबीच कुनै सम्बन्ध हुँदैन, र विश्‍वासी छोराछोरीहरू र गैरविश्वासी आमाबुबाबीच कुनै सम्बन्ध हुँदैन; यी दुई किसिमका मानिसहरू पूर्ण रूपमा मिल्दैनन्। विश्राममा प्रवेश गर्नुअघि, मानिसहरूसँग दैहिक, पारिवारिक स्नेह हुन्छ, तर तिनीहरू विश्राममा प्रवेश गरेपछि, त्यस उप्रान्त उल्लेख गर्न मिल्ने कुनै दैहिक, पारिवारिक स्नेह हुँदैन। कर्तव्य पूरा गर्नेहरू कर्तव्य पूरा नगर्नेहरूका शत्रुहरू हुन्; परमेश्‍वरलाई प्रेम गर्नेहरू र उहाँलाई घृणा गर्नेहरू एक अर्काको विपक्षमा छन्। विश्राममा प्रवेश गर्नेहरू र नष्ट पारिनेहरू दुई नमिल्ने किसिमका सृजित प्राणी हुन्। आफ्नाकर्तव्य पूरा गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्, जबकि उनीहरूका कर्तव्य पूरा नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्; यसको अतिरिक्त, यो अनन्तसम्म नै रहन्छ। के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पतिलाई प्रेम गर्छस्? के तैँले सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्नो पत्नीलाई प्रेम गर्छस्? के तँ सृष्टि गरिएको सृष्टिको रूपमा आफ्नो कर्तव्य पूरा गर्नको निम्ति आफ्ना गैरविश्‍वासी आमाबुबाप्रति कर्तव्यनिष्ठा छस्? के परमेश्‍वरमा विश्‍वास गर्ने बारेको मानवीय धारणा सही वा गलत छ? तैँले परमेश्‍वरमा किन विश्‍वास गर्छस्? तैँले के पाउन चाहन्छस्? तैँले परमेश्‍वरलाई कसरी प्रेम गर्छस्? सृष्टि गरिएका सृष्टिहरूको रूपमा उनीहरूका कर्तव्यहरू पूरा गर्न नसक्नेहरू र दिलोज्‍यानले प्रयास नगर्नेहरू विनाशका पात्रहरू हुनेछन्। अस्तित्वमा रहेका आजका मानिसहरू बीच शारीरिक नाता-सम्बन्धहरूका साथै रगतको सम्बन्धहरू छन्, तर भविष्यमा यी सबै कुराहरू चकनाचूर पारिनेछन्। विश्‍वासी र गैरविश्‍वासीहरू मिल्दो छैनन्; बरु, उनीहरू एक अर्काको विपक्षमा छन्। विश्राममा हुनेहरूले परमेश्‍वर हुनुहुन्छ भनी विश्‍वास गर्नेछन्, र परमेश्‍वरको अधीनमा रहनेछन्, जबकि परमेश्‍वरविरुद्ध विद्रोह गर्नेहरू सबै नष्ट पारिनेछन्। यस उप्रान्त परिवारहरू पृथ्वीमा रहनेछैनन्, अनि त्यहाँ आमाबुबा वा छोराछोरीहरू वा दाम्पत्य सम्बन्धहरू कसरी हुन सक्थ्यो? विश्‍वास र अविश्‍वासको असंगतताले नै यस्ता शारीरिक नाता-सम्बन्धहरूलाई पूर्ण रूपमा छुट्टाइएको हुनेछ!

मौलिक रूपमा मानवजातिमा कुनै परिवारहरू थिएन; मात्र एक पुरुष र एक महिला मात्र अस्तित्वमा थिए—दुई फरक किसिमका मानव। त्यहाँ कुनै देशहरू थिएन, परिवारहरूको त कुरै नगरौं, तर मानवजातिको भ्रष्टताको परिणामस्वरूप, सबै किसिमका मानिसहरूले आफैलाई अलग-अलग कुलहरूमा, र पछि राष्ट्र र जनजातिहरू विकास हुँदै गए। यी राष्ट्र र जनजातिहरू स-साना अलग-अलग परिवारहरूले बनेका छन्, र यसरी नै, सबै किसिमका मानिसहरूलाई विभिन्न भाषाहरू र सिमानाहरूका आधारमा विभिन्न जातिहरूमा विभाजन गरियो। वास्तवमा, संसारमा जति धेरै जातिहरू भए तापनि, मानवजातिको एउटै पुर्खा छ। प्रारम्भमा, दुई किसिमका मानव मात्र थिए र यी दुई किसिमहरू पुरुष र महिला थिए। तथापि, परमेश्‍वरको कामको वृद्धि, इतिहासको गतिविधि र भौगोलिक परिवर्तनहरूको कारणले गर्दा, यी दुई किसिमका मानिसहरू केही हदसम्म अझै धेरै किसिमका मानवमा विकास भए। आधारभूत रूपमा, मानवजाति जति धेरै जातिहरूले बनेको भए तापनि, सबै मानवजाति अझै पनि परमेश्‍वरको सृष्टि नै हुन्। मानिसहरू जुनसुकै जातिहरूका होऊन्, उनीहरू सबै उहाँका सृष्टिहरू हुन्; उनीहरू सबै आदम र हव्वाका सन्तानहरू हुन्। तथापि, उनीहरूलाई परमेश्‍वरको हातले बनाइएका होइनन्, तर पनि उनीहरू आदम र हव्वाका सन्तानहरू हुन्, जसलाई परमेश्‍वरले व्यक्तिगत रूपमा सृष्टि गर्नुभएको थियो। मानिसहरू जुनसुकै जातिमा परे पनि, उनीहरू सबै सृष्टि गरिएका प्राणी हुन्, किनभने उनीहरू मानवजातिमा पर्छन्, जसलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, उनीहरूको गन्तव्य मानवजातिको हुनुपर्ने गन्तव्य नै हो र उनीहरूलाई मानवजातिलाई सङ्गठित गर्ने नियमहरूबमोजिम विभाजन गरिएका छन्। अर्थात्, सबै दुष्कर्मी र धर्मी काम गर्नेहरू सबै आखिर सृष्टि गरिएका प्राणी नै हुन्। दुष्ट काम गर्ने सृष्टि गरिएका प्राणीहरूलाई अन्त्यमा नष्ट गरिनेछन् र धर्मी काम गर्ने सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्। यी दुई किसिमका सृष्टि गरिएका प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापन यही नै हो। दुष्कर्मीहरू विद्रोहीपनको कारणले इन्कार गर्न सक्दैनन् कि उनीहरू परमेश्‍वरका सृष्टि गरिएका प्राणी हुँदाहुँदै पनि, उनीहरू शैतानको कब्जामा छन् र त्यसैले उनीहरू मुक्त हुन सक्दैनन्। उनीहरू बाँच्नेछन् भन्‍ने तथ्यको आधारमा आफैलाई धर्मी आचरण देखाउने सृष्टि गरिएका प्राणीहरूले आफूलाई परमेश्‍वरले सृष्टि गर्नुभएको हो, र तैपनि शैतानद्वारा भ्रष्ट पारिएपछि पनि मुक्ति प्राप्‍त गरेका छन् भनी इन्कार गर्न सक्दैनन्। दुष्ट काम गर्नेहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने सृष्टि गरिएका प्राणी हुन्; उनीहरू मुक्ति दिन नसकिने सृष्टि गरिएका प्राणी हुन् र उनीहरू अघिदेखि नै शैतानद्वारा पूर्ण रूपमा कब्जामा पारिएका सृष्टिहरू हुन्। दुष्ट काम गर्ने मानिसहरू पनि मानिस नै हुन्; उनीहरू चरम रूपमा भ्रष्ट पारिएका र मुक्त गर्न नसकिने मानव हुन्। जसरी उनीहरू पनि सृष्टि गरिएका प्राणी नै हुन्, त्यसरी नै धर्मी आचरण भएका मानिसहरूलाई पनि भ्रष्ट पारिएका छन्, तर उनीहरू उनीहरूका भ्रष्ट स्वभावलाई तोडेर स्वतन्त्र हुन तत्पर हुने र आफूलाई परमेश्‍वरको अधीनमा राख्न सक्षम भएका मानव हुन्। धर्मी आचरण भएका मानिसहरू धार्मिकताले पूर्ण हुँदैनन्; बरु, उनीहरूले मुक्ति पाएका छन् र उनीहरूका भ्रष्ट स्वभावहरूलाई तोडेर स्वतन्त्र भएका छन्; उनीहरू परमेश्‍वरको अधीनमा बस्न सक्छन्। उनीहरू अन्तमा दृढ भएर खडा हुनेछन्, तथापि उनीहरू कहिल्यै पनि शैतानद्वारा भ्रष्ट पारिएका छैनन् भन्‍ने चाहिँ होइन। सबै सृष्टि गरिएका प्राणीमाझ परमेश्‍वरको काम समाप्‍त भएपछि, त्यहाँ नष्ट पारिनेहरू र बाँच्नेहरू हुनेछन्। यो उहाँको व्यवस्थापन कार्यको एउटा अपरिहार्य प्रचलन हो; यसलाई कसैले इन्कार गर्न सक्दैन। दुष्ट काम गर्नेहरूलाई बाँच्न दिइनेछैन; अन्तसम्म नै परमेश्‍वरलाई पछ्याउने र उहाँको अधीनमा बस्नेहरू पक्का बाँच्छन्। जसरी यो मानवजातिको व्यवस्थापनको काम हो, त्यसरी नै त्यहाँ रहनेहरू र हटाइनेहरू हुनेछन्। यिनीहरू विभिन्न किसिमका मानिसहरूको विभिन्न परिणाम हुन्, र तिनीहरू सृष्टि गरिएरा प्राणीहरूका निम्ति सबैभन्दा उपयुक्त व्यवस्थापनहरू हुन्। मानवजातिको निम्ति परमेश्‍वरको आखिरी व्यवस्थापनचाहिँ परिवारहरूलाई तोडेर, जनजातिहरूलाई चूर-चूर बनाएर र राष्ट्रिय सीमाहरूलाई नष्ट गरेर पारिवारिक वा राष्ट्रिय सीमाहरूविनाको एउटा व्यवस्थापनमा उनीहरूलाई विभाजन गर्नु हो, किनकि मानव, आखिर, एउटै पुर्खाबाट जन्मेका थिए र परमेश्‍वरका सृष्टि गरिएका प्राणी हुन्। सारांशमा, दुष्ट काम गर्ने सृष्टि गरिएका प्राणीहरू सबैलाई नष्ट पारिनेछन् र परमेश्‍वरप्रति समर्पित सृष्टि गरिएका प्राणीहरू बाँच्नेछन्। यसरी, त्यहाँ कुनै परिवारहरू हुनेछैन, कुनै राष्ट्रहरू हुनेछैन र विशेष गरी आउने विश्रामको समयमा कुनै जनजातिहरू हुनेछैन; यस किसिमका मानवजाति सबैभन्दा पवित्र किसिमका मानवजाति हुनेछन्। मानवजातिले पृथ्वीमा रहेका सबै थोकहरूको हेरचाह गर्न सकोस् भनी आदम र हव्वालाई मौलिक रूपमा सृष्टि गरिएको थियो; मानव मौलिक रूपमा सबै थोकका मालिकहरू थिए। मानवजातिलाई सृष्टि गर्ने परमप्रभुको अभिप्राय चाहिँ उनीहरूलाई पृथ्वीमा अस्तित्वमा रहन दिएर यसमाथि रहेका सबै थोकहरूको हेरचाह गरोस् भन्‍ने थियो, किनभने मानवजाति मौलिक रूपमा भ्रष्ट पारिएका थिएनन् र दुष्ट काम गर्न असक्षम थिए। तथापि, मानव भ्रष्ट भएपछि, उनीहरू सबै थोकहरूको हेरचाह गर्नेहरू रहेनन्। परमेश्‍वरको मुक्तिको उद्देश्यचाहिँ मानवजातिको यो कामलाई पुनर्स्थापना गर्नु, मानवजातिको मौलिक विवेक र मौलिक समर्पण पुनर्स्थापना गर्नु हो; विश्राममा हुने मानवजाति परमेश्‍वरले उहाँको मुक्तिको कामसँगै हासिल गर्ने आशा गर्नुभएको कुराको दुरुस्त प्रतिनिधित्व हुनेछ। तथापि अदनको बगैँचामा भएको जस्तो जीवन हुनेछैन, तैपनि उनीहरूको सार उस्तै हुनेछ; मानवजाति उनीहरूको पहिलेको भ्रष्ट नभएको स्व मात्र हुनेछैन, तर बरु भ्रष्ट भएको मानवजाति र पछि मुक्ति पाएको मानवजाति हुनेछ। यी मुक्ति पाएका मानिसहरू अन्तमा (अर्थात्, परमेश्‍वरको काम समाप्‍त भएपछि) विश्राममा प्रवेश गर्नेछन्। त्यसरी नै, अन्तमा ती दण्ड पाउनेवालाहरूका परिणामहरू पनि पूर्ण रूपमा प्रकट गरिनेछ र परमेश्‍वरको काम समाप्‍त भएपछि मात्र उनीहरूलाई नष्ट पारिनेछ। अर्को शब्दमा, उहाँको काम सिद्धिएपछि, ती दुष्ट काम गर्नेहरू र ती मुक्त भएकाहरूलाई प्रकट गरिनेछ, किनभने सबै किसिमका मानिसहरूलाई (चाहे उनीहरू दुष्ट कर्म गर्नेहरू हुन् वा उनीहरूमध्ये मुक्त भएकाहरू हुन्) प्रकट गर्ने कार्य हरेकमाथि एकै समयमा कार्यान्वयन गरिनेछ। दुष्ट काम गर्नेहरूलाई हटाइनेछ र ती रहन दिइएकाहरूलाई एकै समयमा प्रकट गरिनेछ। यसकारण, सबै किसिमका मानिसहरूका परिणामहरूलाई उही समयमा प्रकट गरिनेछ। दुष्ट काम गर्नेहरूलाई पन्छाउन र उनीहरूलाई अलिकति न्याय गर्न वा दण्ड दिन परमेश्‍वरले मुक्तिमा ल्याइएका मानिसहरूको समूहलाई विश्राममा प्रवेश गर्न दिनुहुनेछैन; त्यो तथ्यहरू अनुरूप हुँदैन। जब दुष्ट काम गर्नेहरूलाई नष्ट गरिन्छ बाँच्न सक्नेहरू विश्राममा प्रवेश गर्छन्, तब सारा ब्रह्माण्डभरिको परमेश्‍वरको काम पूरा हुनेछ। आशिष्‌हरू पाउनेहरू र दुर्गति भोग्नेहरू माझ कुनै पनि प्राथमिकता क्रम हुनेछैन; ती आशिष्‌ पाउनेहरू सदासर्वदाको निम्ति जिउनेछन्, जबकि दुर्गति भोग्नेहरू सारा अनन्तताको निम्ति नष्ट हुनेछन्। यी दुई चरणका कामहरू उही समयमा पूरा गरिनेछन्। विद्रोही मानिसहरूको अस्तित्वको कारणले अधीनमा रहनेहरूको धार्मिकता स्वभाविक रूपमा प्रकट गरिनेछ, र त्यहाँ आशिष्‌ प्राप्‍त गर्नेहरू पनि छन् ताकि दुष्ट काम गर्नेहरूले उनीहरूको खराब आचरणको कारण दुर्गति भोगेको कुरा प्रकट गरिनेछ। यदि परमेश्‍वरले दुष्ट काम गर्नेहरूलाई प्रकट गर्नुभएको थिएन भने, तब इमानदार पूर्वक परमेश्‍वरको अधीनमा रहने मानिसहरूले कहिल्यै पनि सूर्य देख्दैनथे; यदि परमेश्‍वरले उहाँका अधीनमा बस्नेहरूलाई उपयुक्त गन्तव्यमा लानुभएन भने, तब परमेश्‍वरविरुद्ध विद्रोह गर्ने व्यक्तिहरूलाई सुहाउने प्रतिफलहरू पाउन सक्षम हुँदैनथे। यो परमेश्‍वरको कामको प्रक्रिया हो। यदि उहाँले खराबलाई दण्ड दिने र असललाई इनाम दिने कार्य कार्यान्वयन गर्नुभएको थिएन भने, तब सृष्टि गरिएका प्राणीहरू आ-आफ्नो गन्तव्यमा प्रवेश गर्न सक्षम हुने थिएनन्। एक पटक मानवजाति विश्राममा प्रवेश गरेपछि, दुष्ट काम गर्नेहरूलाई नष्ट पारिनेछन् र सबै मानवजाति सही मार्गमा हुनेछ; सबै किसिमका मानिसहरू उनीहरूले गर्नु पर्ने कार्यहरू अनुसार उनीहरूको आ-आफ्नै किसिमसँग हुनेछन्। यो मात्र मानवजातिको विश्रामको दिन हुनेछ, यो मानवजातिको विकासको निम्ति अपरिहार्य प्रचलन हुनेछ, र जब मानवजाति विश्राममा प्रवेश गर्छ अनि मात्र परमेश्‍वरको महान्‌ र आखिरी उपलब्धिले पूर्णता पाउनेछ; यो उहाँको कामको अन्तिम भाग हुनेछ। यो कार्यले मानवजातिको शरीरको पतनशील जीवन साथै भ्रष्ट मानवजातिको जीवनलाई अन्त गर्नेछ। त्यस पश्चात्, मानवजाति नयाँ राज्यमा प्रवेश गर्नेछ। तथापि सबै मानव शरीरमा नै जिउनेछन्, तर पनि जीवनको सार र भ्रष्ट मानवजातिको जीवनबीच सार्थक भिन्नताहरू हुनेछन्। यो अस्तित्वको सार्थकता र भ्रष्ट मानवजातिको अस्तित्वको सार्थकता पनि फरक हुन्छ। यद्यपि, यो नयाँ किसिमको व्यक्तिको जीवन हुनेछैन, तर पनि यसलाई मुक्ति प्राप्‍त गरेको मानवजातिको जीवन साथै मानवता र विवेकलाई पुनर्प्राप्‍त गरिएको मानवजातिको एउटा जीवन भन्न सकिन्छ। यी ती मानिसहरू हुन् जो कुनै समय परमेश्‍वरविरुद्ध विद्रोही थिए, जसलाई परमेश्‍वरले जित्नुभयो र त्यसपछि उहाँले मुक्त गर्नुभयो; यी ती मानिसहरू हुन् जसले परमेश्‍वरलाई लज्जित पारेका थिए र पछि उहाँको गवाही वहन गरे। उनीहरू उहाँको जाँच भएर गुज्रेर र बाँचेपछि उनीहरूको अस्तित्व सबैभन्दा अर्थपूर्ण हुनेछ; उनीहरू शैतानको सामु परमेश्‍वरको गवाही दिने मानिसहरू हुन् र बाँच्न योग्यका मानव हुन्। ती नष्ट पारिनेहरूचाहिँ परमेश्‍वरको निम्ति गवाहीको रूपमा खडा हुन नसक्नेहरू र जिइरहन अयोग्यहरू हुन्। उनीहरूको विनाश उनीहरूको खराब आचरणको परिणाम हुनेछ, र यस्तो सर्वनाश नै उनीहरूको निम्ति उत्तम गन्तव्य हो। भविष्यमा, जब मानवजाति सुन्दर राज्यमा प्रवेश गर्नेछ, मानिसहरूले त्यहाँ पाउनेछन् भनी कल्पना गरेका पति र पत्‍नीबीच, बुबा र छोरीबीच, वा आमा र छोरा बीचको कुनै सम्बन्धहरू हुनेछैन। त्यस बेला, हरेक मानवले उनीहरूको आ-आफ्नै वर्ग-समूहलाई पछ्याउनेछ र परिवारहरूलाई पहिले नै चकनाचूर पारिएको हुनेछ। पूर्ण रूपमा असफल भएकोले शैतानले मानवजातिलाई फेरि कहिल्यै पनि बाधा दिनेछैन र मानवजातिमा भ्रष्ट शैतानी स्वभावहरू हुनेछैनन्। ती विद्रोही मानिसहरूलाई पहिले नै नष्ट गरिसकेका हुनेछन्, र अधीनमा रहने मानिसहरू मात्र रहनेछन्। यस्तै, अति थोरै परिवार मात्र अखण्ड रहेनछन्; शारीरिक नाता-सम्बन्धहरू कसरी रहिरहन सक्छ? मानवजातिको अघिल्लो शारीरिक जीवनलाई पूर्ण रूपमा निषेध गरिनेछ; तब मानिसहरू माझ शारीरिक नाता-सम्बन्धहरू कसरी रहन सक्छ? भ्रष्ट शैतानी स्वभावहरूविना, मानव जीवन यस उप्रान्त विगतको पुरानो जीवन हुनेछैन, तर बरु नयाँ जीवन हुनेछ। आमाबुबाले छोराछोरीहरू गुमाउनेछन् र छोराछोरीहरूले आमाबुबा गुमाउनेछन्। पतिहरूले पत्नीहरूलाई गुमाउनेछन् र पत्‍नीहरूले पतिहरूलाई गुमाउनेछन्। हाल मानिसहरूका बीचमा भौतिक नाता-सम्बन्धहरू छन्, तर सबै जना विश्राममा प्रवेश गरेपछि, उप्रान्त सो रहनेछैन। यस किसिमका मानवजातिले मात्र धार्मिकता र पवित्रता हासिल गर्नेछन्; यस किसिमका मानवजातिले मात्र परमेश्‍वरको आराधना गर्न सक्छन्।

परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभयो, र उहाँले उनीहरूलाई पृथ्वीमा राख्नुभयो र उनीहरूलाई त्यस बेलादेखि नै डोर्‍याउनुभएको छ, पछि उहाँले उनीहरूलाई मुक्ति दिनुभयो र मानवजातिका निम्ति पापबलिका रूपमा सेवा गर्नुभयो, र अन्तमा, उहाँले अझै मानवजातिलाई विजय गर्नुपर्छ, मानवलाई पूर्ण रूपमा मुक्ति दिनुपर्छ, र उनीहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गर्नुपर्छ। मानवजातिलाई उनीहरूको मौलिक स्वरूप र प्रतिरूपमा पुनर्स्थापना गर्ने कार्यमा—उहाँ सुरुदेखि अन्त्यसम्म नै संलग्न हुनुहुन्छ। परमेश्‍वरले उहाँको राज्य स्थापना गर्नुहुनेछ र मानवजातिको मौलिक स्वरूप पुनर्स्थापना गर्नुहुनेछ, जसको अर्थ, परमेश्‍वरले पृथ्वीमा र सारा सृष्टि गरिएका प्राणीमाथि उहाँको अधिकार पुनर्स्थापना गर्नुहुनेछ भन्‍ने हुन्छ। शैतानद्वारा भ्रष्ट तुल्याइएपछि मानवजातिले परमेश्‍वरको डर मान्ने उनीहरूको हृदय, साथै सृजित प्राणीहरूमा हुनुपर्ने कार्य गुम्यो, त्यसरी उनीहरू परमेश्‍वरविरुद्ध विद्रोह गर्ने शत्रु भए। त्यसपछि मानवजाति शैतानको सत्तामा जियो र शैतानको चालबाजीको गोटी बन्यो; यसरी, परमेश्‍वरसित आफ्ना सृष्टि गरिएका प्राणीहरूमाझ काम गर्ने कुनै बाटो नै थिएन, र उनीहरूको भय प्राप्त गर्न उहाँ झनै असक्षम हुनुभयो। मानवलाई परमेश्‍वरले सृष्टि गर्नुभएको थियो, र उनीहरूले परमेश्‍वरको आराधना गर्नुपर्छ, तर वास्तवमा उनीहरूले उहाँतिर पिठ्यूँ फर्काए र सट्टामा शैतानको आराधना गरे। शैतान नै उनीहरूको हृदयको मूर्ति भयो। यसरी, परमेश्‍वरले उनीहरूको हृदयहरूमा उहाँको स्थान गुमाउनुभयो, भन्‍नुको मतलब, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्यो। यसकारण, उहाँले मानवजाति सृष्टि गर्नु पछाडिको अभिप्राय पुनर्स्थापना गर्न, उहाँले उनीहरूका मौलिक प्रतिरूप पुनर्स्थापना गर्नुपर्छ र मानवजातिलाई उनीहरूको भ्रष्ट स्वभावहरूबाट मुक्त गर्नुपर्छ। मानवलाई शैतानको हातबाट पुनः फिर्ता ल्याउन, उहाँले उनीहरूलाई पापबाट मुक्ति दिनुपर्छ। यसरी मात्र परमेश्‍वरले क्रमिक रूपले उनीहरूको मौलिक स्वरूप र कार्य पुनर्स्थापना गर्न सक्नुहुन्छ, र अन्तमा, उहाँको राज्य पुनर्स्थापना गर्नुहुन्छ। अन्त्यमा विद्रोहका ती सन्तानहरूको पूर्ण विनाश पनि मानवलाई अझ राम्रोसँग परमेश्‍वरको आराधना गर्न र पृथ्वीमा अझ राम्रोसँग जिउन सक्षम हुन दिनका निम्ति हुनेछ। परमेश्‍वरले मानवलाई सृष्टि गर्नुभएको हुनाले, उहाँले उनीहरूलाई उहाँको आराधना गर्न लगाउनुहुनेछ; किनभने उहाँले मानवजातिको मौलिक कार्य पुनर्स्थापना गर्न चाहनुहुन्छ, उहाँले यसलाई पूर्ण रूपमा र विनामिसावट पुनर्स्थापना गर्नुहुनेछ। उहाँको अधिकारको पुनर्स्थापनाको अर्थ मानवजातिलाई उहाँको आराधना गर्न लगाउनु र उहाँको अधीनमा आउन लगाउनु हो भन्‍ने हुन्छ; यसको अर्थ परमेश्‍वरले मानवलाई उहाँको कारणले जिउन लगाउनुहुनेछ र उहाँको अधिकारको परिणामस्वरूप उहाँका शत्रुहरूलाई नष्ट हुन लगाउनुहुनेछ भन्‍ने हुन्छ। यसको अर्थ परमेश्‍वरले कुनै मानवबाट विनाप्रतिरोध मानव माझ उहाँ बारेको सबै थोकलाई निरन्तर रहन लगाउनुहुनेछ भन्ने हुन्छ। परमेश्‍वरले स्थापना गर्ने इच्छा गर्नुभएको राज्य उहाँको आफ्नै राज्य हो। उहाँले चाहनुभएको मानवजाति चाहिँ उहाँको आराधना गर्ने, उहाँप्रति पूर्ण रूपमा समर्पित हुने र उहाँको महिमा भएको मानवजाति हो। यदि परमेश्‍वरले नै भ्रष्ट मानवजातिलाई मुक्त गर्नुहुन्न भने, मानवजातिलाई सृष्टि गर्नु पछाडिको उहाँको अभिप्राय नै गुम्नेछ; मानव माझ उहाँको अझै कुनै अधिकार रहनेछैन र पृथ्वीमा उहाँको राज्य अस्तित्वमा रहन सक्नेछैन। यदि परमेश्‍वरले उहाँविरुद्ध विद्रोह गर्ने ती शत्रुहरूलाई नष्ट गर्नुभएन भने, उहाँ उहाँको पूर्ण महिमा हासिल गर्न असक्षम हुनुहुनेछ, न त पृथ्वीमा उहाँको राज्य स्थापना गर्न नै सक्षम हुनुहुनेछ। उहाँको कामको र उहाँको महान्‌ उपलब्धिका पूर्णताका चिन्हहरू यी हुनेछन्: उहाँविरुद्ध विद्रोही ती मानवजाति माझका उनीहरूलाई पूर्ण रूपमा नष्ट गर्नु र पूर्ण बनाइएकाहरूलाई विश्राममा ल्याउनु। जब मानिसहरूलाई उनीहरूको मौलिक स्वरूपमा पुनर्स्थापना गरिएका हुनेछन्, र जब उनीहरूले आ-आफ्ना कर्तव्यहरू पूरा गर्न सक्छन्, उनीहरूलाई आ-आफ्नै उचित स्थानहरूमा राख्न सक्छन् र परमेश्‍वरको प्रबन्धहरूको अधीनमा बस्छन्, तब परमेश्‍वरले पृथ्वीमा उहाँको आराधना गर्ने मानिसहरूको एउटा समूह हासिल गर्नुभएको हुनेछ र उहाँले पृथ्वीमा उहाँको आराधना गर्ने उहाँको राज्य स्थापना गरिसकेको हुनुहुनेछ। उहाँले पृथ्वीमाथि अनन्त विजय हासिल गर्नुभएको हुनेछ र उहाँको विरोध गर्नेहरू सबै अनन्तताको निम्ति नष्ट हुनेछन्। यसले मानवजातिलाई सृष्टि गर्ने उहाँको मौलिक अभिप्राय पुनर्स्थापना गर्नेछ; यसले सबै थोक सृष्टि गर्ने उहाँको अभिप्राय पुनर्स्थापना गर्नेछ, यसले सबै थोक माझ र उहाँको शत्रुहरूमाझ पृथ्वीमा उहाँको अधिकार पनि पुनर्स्थापना गर्नेछ। यो उहाँको पूर्ण विजयको सङ्केतहरू हुनेछन्। त्यस पश्चात्, मानवजाति विश्राममा प्रवेश गर्नेछ र सही मार्गमा हुने जीवन सुरुवात गर्नेछ। परमेश्‍वर पनि मानवजातिसँगै अनन्त विश्राममा प्रवेश गर्नुहुनेछ अनि उहाँ आफै र मानव दुवैले साझेदारी गर्ने अनन्त जीवनको प्रारम्भ गर्नुहुनेछ। पृथ्वीमा अशुद्धता र विद्रोहीपन हराइसकेको हुनेछ, सबै क्रन्दनहरू दूर भइसकेको हुनेछन्, र परमेश्‍वरको विरोध गर्ने यस संसारको सबै थोकको अस्तित्व नै मेटिसकेको हुनेछ। परमेश्‍वर र उहाँले मुक्ति दिनुभएका मानिसहरू मात्र रहनेछन्; उहाँको सृष्टि मात्र रहनेछ।

अघिल्लो: मानिसको सामान्य जीवन पुनर्स्थापना गर्नु र उसलाई सुन्दर गन्तव्यमा लिएर जानु

अर्को: तैँले येशूको आत्मिक शरीरलाई देख्दासम्ममा, परमेश्‍वरले स्वर्ग र पृथ्वीलाई नवीकरण गरिसक्‍नुभएको हुनेछ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ८)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्