717 परमेश्वरका साक्षीहरूको स्वभावमा परिवर्तन हुनैपर्छ
पद १
परमेश्वरका विभिन्न कामद्वारा
मानिसको स्वभावमा परिवर्तन आउँछ।
यस्ता बदली विना, मानिस साक्षी दिन
र उहाँको हृदयअनुसारको हुन सक्तैन।
स्वभावको बदलीले, मानिस शैतान
र अन्धकारबाट मुक्त भएको देखाउँछ।
ऊ साँच्चै उहाँको कामको नमुना हो।
उहाँको हृदयअनुसारको साक्षी।
पूर्व कोरस
परमेश्वरको साक्षी दिनेहरूसँग
उहाँबारे ज्ञान हुनुपर्छ।
मात्र यो साक्षी वास्तविक हुन्छ,
यसले मात्र शैतानलाई लाजमा पार्छ।
कोरस
न्याय, निराकरण र काँट-छाँट भोगेर
उहाँलाई चिनीसकेकाहरूलाई,
परमेश्वरले उहाँको साक्षी दिन
प्रयोग गर्नुहुन्छ।
भ्रष्ट तुल्याइएका र स्वभाव
बदलेकाहरूलाई प्रयोग गर्नुहुन्छ,
जसले उहाँको साक्षी दिन
उहाँका आशिष् प्राप्त गरेका छन्।
पद २
आज, देहधारी परमेश्वर
काम गर्न पृथ्वीमा आउनुभएको छ,
मानिसले उहाँलाई चिन्न,
पालन गर्न र साक्षी दिन,
उहाँको सामान्य, व्यावहारिक काम जान्न,
मानव-धारणा विपरित उहाँका वचन पालन गर्न,
र मानिसलाई उद्धार र विजय गर्न
गर्नुभएका सब कामको साक्षी दिन माग गर्नुहुन्छ।
पूर्व कोरस
परमेश्वरको साक्षी दिनेहरूसँग
उहाँबारे ज्ञान हुनुपर्छ।
मात्र यो साक्षी वास्तविक हुन्छ,
यसले मात्र शैतानलाई लाजमा पार्छ।
कोरस
न्याय, निराकरण र काँट-छाँट भोगेर
उहाँलाई चिनीसकेकाहरूलाई,
परमेश्वरले उहाँको साक्षी दिन
प्रयोग गर्नुहुन्छ।
भ्रष्ट तुल्याइएका र स्वभाव
बदलेकाहरूलाई प्रयोग गर्नुहुन्छ,
जसले उहाँको साक्षी दिन
उहाँका आशिष् प्राप्त गरेका छन्।
अन्त्य
उहाँलाई मानिसको प्रशंसा चाहिँदैन,
न त शैतानझैँ मानिसको
प्रशंसा र साक्षी नै चाहिन्छ।
उहाँलाई चिन्नेहरूले मात्र
उहाँको साक्षी दिन सक्छन्;
स्वभावमा परिवर्तन भएकाहरू
मात्रै यो गर्न योग्य छन्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “परमेश्वरलाई चिन्नेहरू मात्र परमेश्वरको गवाही बन्न सक्छन्” बाट परिमार्जित