792 यदि तिमी परमेश्वरलाई साँच्चै चिन्न चाहन्छौ भने
पद १
परमेश्वरलाई साँच्चै चिन्न चाहेमा,
उहाँका कामका तीन चरण पार हेर,
विगतका कामका कथा पार हेर।
उहाँलाई यसरी चिन्ने प्रयास गरेनौ भने,
उहाँलाई सीमित गर्नेछौ,
थुन्नेछौ, सानो देख्नेछौ।
पद २
उहाँको अद्भूतता, सर्वोच्चता,
सर्वशक्तिमान्ता र अख्तियारको दायरा
कहिल्यै जान्नेछैनौ।
उहाँ सबथोक माथि शासन गर्नुहुन्छ भनेर
वा उहाँको साँचो पहिचान, थाहा पाउने थिएनौ।
कोरस
परमेश्वरलाई सीमित दायरामा चिने, तिमीले
पाउने कुरा सीमित हुन्छ।
क्षितिज विस्तार गर, उहाँको कामको दायरा
पूरै बुझ्न खोज:
उहाँको व्यवस्थापन, नियम
र उहाँले शासन गर्ने सबथोक।
उहाँलाई साँच्चै चिन्न चाहेमा,
तिमीले यी कुराद्वारा
उहाँका कार्यहरू बुझ्नुपर्छ।
पद ३
यो बुझाइका साथ,
तिमीले थाहै नपाई महसुस गर्नेछौ
कि उहाँले सबथोकलाई शासन,
हेरचाह, आपूर्ति गर्नुहुन्छ र
तिमी सबथोकको सदस्य;
एक अंश भएको महसुस गर्नेछौ।
ब्रिज
उहाँले सबलाई आपूर्ति गर्नुहुँदा,
उहाँको शासन र प्रावधान स्वीकार्छौ।
यो कसैले नकार्न नसक्ने तथ्य हो।
कोरस
परमेश्वरलाई सीमित दायरामा चिने, तिमीले
पाउने कुरा सीमित हुन्छ।
क्षितिज विस्तार गर, उहाँको कामको दायरा
पूरै बुझ्न खोज:
उहाँको व्यवस्थापन, नियम
र उहाँले शासन गर्ने सबथोक।
उहाँलाई साँच्चै चिन्न चाहेमा,
तिमीले यी कुराद्वारा
उहाँका कार्यहरू बुझ्नुपर्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय ८” बाट परिमार्जित