773 के तिमी परमेश्‍वरलाई आफ्नो हृदयमा भएको प्रेम दिन इच्छुक छौ?

पद १

परमेश्‍वरका विश्‍वासीले कुनै लक्ष्य

नपछ्याए, जीवन व्यर्थ हुन्छ, मृत्युको घडिमा,

नीलो आकाश र धुलाम्मे पृथ्वी मात्र देख्नेछन्।

के त्यो अर्थपूर्ण जीवन हो?


पद २

जीवित हुँदै उहाँका माग पूरा गर्नु, के त्यो

सुन्दर कुरा होइन?

किन सधैँ आफैमाथि समस्या ल्याउँछौ?

किन आफैमाथि समस्या ल्याउँछौ?


कोरस १

मैले उहाँ सामु खाएको शपथमा,

मेरो हृदयको प्रतिज्ञा मात्र थियो;

मैले प्रेम गर्ने उहाँलाई, सान्त्वना दिन चाहन्छु,

ताकि उहाँको आत्मालाई सान्त्वना मिलोस्।


कोरस २

हृदय मूल्यवान् छ, तर प्रेम झन् अनमोल छ।

हृदयको अनमोल प्रेम उहाँलाई दिने थिएँ,

ताकि मसँग भएको सुन्दर कुराको आनन्द लिनुहोस्,

र अर्पित प्रेमले उहाँ सन्तुष्ट हुनुहोस्।


पद ३

के परमेश्‍वरको आनन्दको लागि

आफ्नो प्रेम दिन इच्छुक छौ?

के यसलाई आफ्नो अस्तित्वको पूँजी बनाउन,

पूँजी बनाउन इच्छुक छौ?


पद ४

मेरा अनुभवमा, देखेको छु कि

उहाँलाई जति प्रेम दिन्छु, त्यति खुसी पाउँछु;

यसबाहेक, मेरो शक्तिको कुनै सीमा छैन,

खुसीसाथ, पूरै शरीर, मन अर्पण गर्छु,

लाग्छ उहाँलाई पर्याप्त प्रेम गर्नै सक्दिनँ।


कोरस ३

उहाँलाई साँच्चै प्रेम गर्न चाहेमा,

उहाँलाई फिर्ता दिन सधैँ धेरै प्रेम हुनेछ—

त्यसो भए, कुन व्यक्ति वा कुरा उहाँप्रतिको

प्रेमको बाटोमा खडा हुन सक्छ?


कोरस ४

हर मानिसको प्रेम कदर गर्नुहुन्छ।

उहाँलाई प्रेम गर्नेको आशिष् दोब्बर हुन्छन्,

कारण मानिसको प्रेम निकै थोरै

र पाउन गाह्रो छ।

हर मानिसको प्रेम कदर गर्नुहुन्छ।

उहाँलाई प्रेम गर्नेको आशिष् दोब्बर हुन्छन्,

कारण मानिसको प्रेम निकै थोरै

र पाउन गाह्रो छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “मार्ग … (३)” बाट परिमार्जित

अघिल्लो: 772 परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छौ त्यति धेरै आशिषित हुन्छौ

अर्को: 780 परमेश्‍वर उहाँको साँचो ज्ञान भएकाहरूलाई प्राप्त गर्न चाहनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्