836 सिद्ध पारिएकाहरूसँग हुने कुराहरू
पद १
सिद्ध पारिएका व्यक्तिहरूसँग
सामान्य मानवत्व मात्र हुँदैन;
तिनमा सत्यहरू हुन्छन्, जुन
विवेकका मापदण्ड भन्दा माथि हुन्छन्।
परमेश्वरको प्रेम चुक्ता गर्न
विवेकको मात्र प्रयोग गर्दैनन्;
उहाँको प्रेमिलोपन देखेका छन्, मानिसको
प्रेमको योग्य हुनुहुन्छ भनी जानेका छन्।
पूर्व कोरस
सिद्ध पारिएकाहरूले, उहाँमा
प्रेम गर्नुपर्ने कुरा धेरै छन् भनी जान्दछन्,
र यो कारणले, उहाँलाई प्रेम नगरी बस्नै सक्तैनन्।
कोरस
सिद्ध पारिएकाहरूले उहाँलाई चाहेरै प्रेम गर्छन्।
यो स्वाभाविक प्रेम हो;
यसको सट्टा केही आश गर्दैनन्।
तिनको प्रेम सम्झौताको अंश होइन,
न त गरिनुपर्ने कारोबार हो।
तिनको प्रेम शुद्ध रूपले,
तिनले उहाँबारे पाएको ज्ञानको कारण हो।
पद २
यिनले उहाँको अनुग्रहको वास्ता गर्दैंनन्,
मात्र उहाँलाई सन्तुष्ट पार्न खोज्छन्।
सम्झौता पारित गर्न उहाँलाई प्रेम गर्दैनन्,
न विवेकले प्रेमलाई मापन गर्दै भन्छन्:
“मलाई दिनुभएको छ, त्यसैले
त्यसको सट्टा तपाईंलाई प्रेम गर्छु;
मलाई दिनुहुन्न भने, त्यसको सट्टा मसँग केही छैन।”
पूर्व कोरस
सिद्ध पारिएकाहरूले, उहाँमा
प्रेम गर्नुपर्ने कुरा धेरै छन् भनी जान्दछन्,
र यो कारणले, उहाँलाई प्रेम नगरी बस्नै सक्तैनन्।
कोरस
सिद्ध पारिएकाहरूले उहाँलाई चाहेरै प्रेम गर्छन्।
यो स्वाभाविक प्रेम हो;
यसको सट्टा केही आश गर्दैनन्।
तिनको प्रेम सम्झौताको अंश होइन,
न त गरिनुपर्ने कारोबार हो।
तिनको प्रेम शुद्ध रूपले,
तिनले उहाँबारे पाएको ज्ञानको कारण हो।
ब्रिज
जब मानिस सिद्ध पारिन्छन्, विश्वास गर्छन् कि:
“उहाँ सृष्टिकर्ता हुनुहुन्छ, हामीमा काम गर्नुहुन्छ,
म सँग सिद्ध पारिने यो मौका,
यो अवस्था, यो योग्यता भएकोले मेरो
उद्देश्य अर्थपूर्ण जीवन जिउने,
उहाँलाई सन्तुष्ट पार्ने हुनुपर्छ।”
कोरस
सिद्ध पारिएकाहरूले उहाँलाई चाहेरै प्रेम गर्छन्।
यो स्वाभाविक प्रेम हो;
यसको सट्टा केही आश गर्दैनन्।
तिनको प्रेम सम्झौताको अंश होइन,
न त गरिनुपर्ने कारोबार हो।
तिनको प्रेम शुद्ध रूपले,
तिनले उहाँबारे पाएको ज्ञानको कारण हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्बन्धी उनको ज्ञान” बाट परिमार्जित