612 परमेश्वरको सेवा गर्ने व्यक्ति हुन के चाहिन्छ
पद १
परमेश्वरको वचन खाने र पिउने
कार्यमा प्रभावकारी हुन चाहेमा,
आफ्ना सबै धार्मिक धारणा त्याग्नैपर्छ।
उहाँको सेवा गर्न चाहेमा, सो झनै गर्नुपर्छ,
र सबथोकमा उहाँका वचन पालन गर्नैपर्छ।
पद २
यदि यो थाहा छैन भने,
सेवा गर्दा बाधा पैदा गर्नेछौ।
यसो भइरहेमा, उठ्नै नसकिने गरी लडाइनेछौ।
उहाँको आजको काम विगत र बाइबल भन्दा भिन्न छ;
पालन गर्न नसके, कुनै पनि समय पतित हुन सक्छौ।
कोरस
उहाँको सेवा गर्ने व्यक्ति हुन,
उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,
उहाँको प्रयोगको लागि उपयुक्त हुन,
सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।
उहाँको सेवा गर्न यो चाहिन्छ।
पद ३
उहाँको इच्छा अनुसार सेवा गर्न,
आफ्ना दृष्टिकोण सच्याऊ।
पछि भनिने कुरा पहिला भनिएका कुरासँग मिल्दैनन्।
पालन गर्ने इच्छा नभएमा,
अगाडि रहेको मार्गमा हिँड्न असमर्थ हुनेछौ।
कोरस
उहाँको सेवा गर्ने व्यक्ति हुन,
उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,
उहाँको प्रयोगको लागि उपयुक्त हुन,
सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।
उहाँको सेवा गर्न यो चाहिन्छ।
ब्रिज
यदि उहाँको काम गर्ने तरिकामध्ये
एउटाले तिमी भित्र जरा गाड्छ,
र त्यसलाई त्यागदैनौ भने,
त्यो तिम्रो धारणा बन्नेछ।
“उहाँ के हुनुहुन्छ”ले तिमीमा जरा गाडेमा,
तिमीले सत्यता पाइसक्यौ।
उहाँका वचन र सत्यता तिम्रो जीवन बनेमा,
उहाँबारे धारणा राख्नेछैनौ।
जब तिमीसँग उहाँबारे साँचो ज्ञान हुन्छ,
सिद्धान्त पालन गर्नेछैनौ।
कोरस
उहाँको सेवा गर्ने व्यक्ति हुन,
उहाँको हृदय पछ्याउने व्यक्ति बन्न सक्नुपर्छ,
उहाँको प्रयोगको लागि उपयुक्त हुन,
सब धार्मिक धारणा त्याग्न सक्नुपर्छ।
उहाँको सेवा गर्न यो चाहिन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “आज परमेश्वरको कामको बारेमा जान्नेहरूले मात्र परमेश्वरको सेवा गर्न सक्छन्” बाट परिमार्जित