658 साँचो विश्‍वास के हो?

शुरुवात

विश्‍वासले के जनाउँछ?

मानिसले परमेश्‍वरको काम

देख्न वा छुन नसक्दा,

तिनका धारणासँग मेल नखाँदा,

त्यो पहुँचभन्दा पर हुँदा,

तिनमा वास्तविक विश्‍वास

र साँचो हृदय हुनुपर्छ।

उहाँ यसैलाई विश्‍वास भन्नुहुन्छ।


पद १

शोधन, कठिनाइमा मानिसलाई

विश्‍वासको खाँचो हुन्छ।

विश्‍वाससँग शोधन आउँछ।

यी कुरा अलग छैनन्।

वातावरण जस्तो भएपनि,

तिमीमा जसरी काम गर्नुभए पनि,

सत्यता, जीवन खोज्ने प्रयास गर,

आफूभित्र उहाँको काम हुन देऊ,

उहाँका कार्य बुझ्ने प्रयास गर,

सत्यता अनुसार कार्य गर।

यसले तिम्रो साँचो विश्‍वास र

उहाँमा नगुमाएको आशा देखाउँछ।


कोरस

सधैँ जीवन पछ्याऊ र उहाँको इच्छालाई सन्तुष्ट गर।

यही हो वास्तविक विश्‍वास, साँचो र सुन्दर प्रेम।


पद २

तिमीलाई शोधन गरिँदा,

उहाँबारे शङ्का नराख।

अझै सत्यताको पछि लाग्नुपर्छ,

उहाँलाई साँच्चै प्रेम गर्नुपर्छ।

उहाँले जे काम गर्नुभए पनि,

सत्यता अभ्यास गर,

उहाँको इच्छालाई ख्याल गर, खोज।

यो उहाँमा साँचो विश्‍वास हो।


कोरस

सधैँ जीवन पछ्याऊ र उहाँको इच्छालाई सन्तुष्ट गर।

यही हो वास्तविक विश्‍वास, साँचो र सुन्दर प्रेम।


ब्रिज

राजा झैँ शासन गर्नेछौ भनी भन्नुहुँदा, उहाँलाई प्रेम गऱ्यौ।

आफैलाई तिमीसामू देखाउनुहुँदा, उहाँलाई पछ्यायौ।

तर अहिले उहाँ लुक्नुहुँदा, उहाँलाई देख्न नसक्दा,

कष्टहरू आइपर्दा, के उहाँ माथि आशा गुमाउँछौ?


कोरस

सधैँ जीवन पछ्याऊ र उहाँको इच्छालाई सन्तुष्ट गर।

यही हो वास्तविक विश्‍वास, साँचो र सुन्दर प्रेम।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट परिमार्जित

अघिल्लो: 657 जाँचहरूले विश्‍वास माग गर्छन्

अर्को: 662 परीक्षाको समयमा मानिसले के कायम राख्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्