841 परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग

पद १

तिमीले परमेश्‍वरका वचन जति बुझ्छौ

र अभ्यास गर्छौ,

त्यति चाँडो सिद्धताको बाटोमा हिँड्न थाल्नेछौ।

प्रार्थनाद्वारा सिद्ध पारिन सक्छौ।

र उहाँका वचन खाएर,

पिएर, जिएर, तिनको सार

बुझेर पनि सिद्ध पारिनेछौ।


पद २

उहाँका वचनको अनुभवद्वारा,

आफ्ना कमी बारे सचेत हुनुपर्छ,

आफ्नो घातक दोष र सबै कमजोरी देख्नुपर्छ;

उहाँलाई प्रार्थना गर्नुपर्छ।

यसो गरेर, क्रमिक रूपमा,

तिमीलाई सिद्ध पारिनेछ।


कोरस १

सिद्धताको मार्ग भनेको प्रार्थना गर्नु,

वचन पिउनु, तिनको अर्थ बुझ्नु, अनुभव गर्नु,

आफ्नो कमी जान्नु,

परमेश्‍वरको कामप्रति समर्पित हुनु,

उहाँको बोझको वास्ता गर्नु,

उहाँप्रतिको प्रेमद्वारा आफ्नो देहलाई त्याग्नु,

जीवनलाई समृद्ध बनाउन सक्ने

सङ्गतिमा सामेल हुनु हो।


पद ३

चाहे सामुदायिक होस् वा

व्यक्तिगत जीवनमा होस्,

ठूला वा साना समूहमा होस्,

ती सबले तिमीलाई

अनुभव पाउन र तिम्रो हृदयलाई

उहाँको उपस्थितिमा शान्त हुन,

उहाँमा फर्किन तालिम दिन मद्दत गर्न सक्छन्।

यो सब सिद्ध पारिने प्रक्रियाको भाग हो।


पद ४

उहाँका वचन जिउन तिनलाई चाख,

अनुभव गर, ताकि उहाँप्रति

अझ ठूलो विश्‍वास र प्रेम पाउन सक।

र पछि, आफ्नो शैतानी स्वभाव

हटाउन र गलत अभिप्राय

त्याग्न सक्छौ र सामान्य

व्यक्ति झैँ जिउन सक्छौ।


कोरस २

उहाँप्रति जति ठूलो प्रेम हुन्छ,

त्यति सिद्ध पारिएको हुन्छौ—

शैतानको भ्रष्टताको कब्जामा

त्यति कम हुनेछौ।

वास्तविक अनुभवद्वारा,

क्रमिक रूपमा सिद्धताको

मार्गमा पाइला राख्नेछौ।

सिद्ध पारिन चाहन्छौ भने,

परमेश्‍वरको इच्छालाई

ख्याल गर्नैपर्छ र उहाँका वचन जिउनैपर्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्धता हासिल गर्न परमेश्‍वरको इच्छाप्रति सचेत होऊ” बाट परिमार्जित

अघिल्लो: 839 परमेश्‍वरले सबैजना सिद्ध पारिऊन् भन्ने कामना गर्नुहुन्छ

अर्को: 842 तिमी सबै कुरामा परमेश्‍वरद्वारा सिद्ध पारिन खोज्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्