798 साँचो विश्वास केवल परमेश्वरलाई चिनेर आउँछ
पद १
परमेश्वरको अबको काम बोल्नु हो,
चिन्ह र चमत्कार होइनन्।
यो अनुग्रहको युग होइन।
उहाँ सामान्य र वास्तविक हुनुहुन्छ।
आखिरी दिनहरूमा उहाँ अलौकिक येशू हुनुहुन्न,
बरु देहमा व्यावहारिक परमेश्वर हुनुहुन्छ,
सामान्य मानिस झैँ हुनुहुन्छ।
कोरस
तसर्थ मानिसको उहाँमा विश्वास उहाँको
धेरै काम, वचन र कार्यले गर्दा हो।
हो, परमेश्वरकै वचनले
मानिसलाई विजय गर्छ, सिद्ध पार्छ।
तिनको विश्वासको जड चिन्ह र चमत्कार होइनन्।
उहाँकै कार्यद्वारा
मानिसले परमेश्वरलाई बुझ्छ।
पद २
हरेक युगमा उहाँ फरक स्वभाव, कार्यको फरक
भाग प्रकट गर्नुहुन्छ।
तर ती सबले अझै पनि उहाँबारे गहिरो ज्ञान,
र साँचो, अझ दृढ विश्वास प्रदान गर्छन्।
कोरस
तसर्थ मानिसको उहाँमा विश्वास उहाँको
धेरै काम, वचन र कार्यले गर्दा हो।
हो, परमेश्वरकै वचनले
मानिसलाई विजय गर्छ, सिद्ध पार्छ।
तिनको विश्वासको जड चिन्ह र चमत्कार होइनन्।
उहाँकै कार्यद्वारा
मानिसले परमेश्वरलाई बुझ्छ।
पद ३
उहाँको वास्तविक कार्य, उहाँ काम गर्ने,
बोल्ने, बुद्धि प्रयोग गर्ने र मानिसलाई सिद्ध
पार्ने तरिका जानेर मात्र
उहाँको वास्तविकता र स्वभाव बुझ।
कसरी मानिसमा काम गर्नुहुन्छ र उहाँलाई
के मन पर्छ, के मन पर्दैन, बुझ।
यसले सही र गलत छुट्याउन मद्दत गर्न सक्छ,
र परमेश्वरको यो ज्ञानद्वारा
तिम्रो जीवनमा प्रगति हुन्छ।
कोरस
तसर्थ मानिसको उहाँमा विश्वास उहाँको
धेरै काम, वचन र कार्यले गर्दा हो।
हो, परमेश्वरकै वचनले
मानिसलाई विजय गर्छ, सिद्ध पार्छ।
तिनको विश्वासको जड चिन्ह र चमत्कार होइनन्।
उहाँकै कार्यद्वारा
मानिसले परमेश्वरलाई बुझ्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “आज परमेश्वरको कामलाई बुझ्नु” बाट परिमार्जित