339 तिमी को प्रति वफादार छौ?

पद १

यदि परमेश्‍वरले तिमीहरू सामु धन राख्नुभयो,

स्वतन्त्र रूपले चुन्ने आग्रह गर्नुभयो

दोषी ठहराउनुहुन्न भन्नुभयो भने,

धेरैले सत्यता त्यागेर धन चुन्नेछन्।

अलि असल व्यक्तिले धन त्यागी

अनिच्छुक भई सत्यता चुन्नेछन्।

दोधारेहरूले दुवै सत्यता र धन चुन्नेछन्।

के तिमीहरूको साँचो रङ्ग स्पष्ट हुनेछैन?


पद २

सत्यता र तिमीहरू वफादार हुने

कुरा बीच सधैँ यस्तो छनौट गर्नेछौ,

र तिमीहरूको मनोवृत्ति उस्तै रहनेछ।

के तिमीहरू सही-गलतको दोधारमा छैनौ?

असल, खराब, कालो र सेतो बीचका लडाइँमा,

परिवार, उहाँ; शान्ति, समस्या बीच;

धनी, गरिब, महान्, साधारण; समर्थन र अस्वीकार

गरिएका बीच, आफ्ना छनौट बारे पक्कै सचेत छौ।


कोरस

फेरि छनौट गर्न आग्रह गरियो भने,

छनौट के हुनेछ? के त्यो पुरानै हुनेछ?

के उहाँलाई अझै पीडा, निराशा दिनेछौ?

के हृदयमा थोरै न्यानोपन हुनेछ?

उहाँलाई कसरी सान्त्वना दिने भनी

के अझै जान्नेछैनौ?


पद ३

टुक्रिएको होइन शान्तिपूर्ण परिवार चुन्यौ।

पछाडि नफर्की कर्तव्य होइन धन चुन्यौ,

गरिबी होइन विलासिता, उहाँ होइन परिवार,

सत्यता होइन धारणा चुन्यौ।

तिमीहरूका सब प्रकारका

दुष्टता सामना गर्नुभएकोले,

उहाँले सब विश्‍वास गुमाउनुभएको छ।

तिमीहरूका हृदय नरम हुनै

चाहँदैनन् भनी उहाँ चकित हुनुहुन्छ।


पद ४

वर्षौँको उहाँको समर्पणता,

वर्षौँका कैयौँ प्रयासले उहाँलाई

यस्तो परित्याग मात्रै ल्याएको छ र

तिमीहरूको निराशा देखाएको छ।

तैपनि उहाँका आशा बढ्दै जान्छन्,

कारण उहाँको दिन सबै सामु छ।

तर अझ अँध्यारो, दुष्ट कुरा खोज्छौ, पकड्छौ।

परिणाम के हुनेछ सोचेका छौ?


कोरस

फेरि छनौट गर्न आग्रह गरियो भने,

छनौट के हुनेछ? के त्यो पुरानै हुनेछ?

के उहाँलाई अझै पीडा, निराशा दिनेछौ?

के हृदयमा थोरै न्यानोपन हुनेछ?

उहाँलाई कसरी सान्त्वना दिने भनी

के अझै जान्नेछैनौ?


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “तँ कोप्रति निष्ठावान् छस्?” बाट परिमार्जित

अघिल्लो: 338 परमेश्‍वरप्रतिको तिम्रो निष्ठाका अभिव्यक्तिहरू कहाँ छन्?

अर्को: 343 परमेश्‍वरलाई नचिन्नेहरू उहाँको विरोध गर्छन्

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्