परमेश्‍वरले सांसारिक कष्ट चाख्नुको महत्त्व

मानिसको भावी सुन्दर गन्तव्यसित साट्नको लागि देहधारी परमेश्‍वरले मानिसको तर्फबाट कष्ट भोग्नुहुन्छ। येशूले गर्नुभएको कामको चरण भन्‍नु नै पापी शरीरको स्वरूपको रूपमा पापबलि बन्नु, सम्पूर्ण मानवजातिलाई छुटकारा दिनु, सुन्दर गन्तव्यमा मानिसको प्रवेशको जग बसाल्न क्रूसमा टाँगिनु थियो। उहाँ क्रूसमा टाँगिनुभयो र मानिसको पाप बोक्नुभयो अनि मानवजाातिलाई पापबाट छुटकारा दिनुभयो। अर्को शब्दमा, उहाँले मानिसलाई उसका पापहरू क्षमा गरेर परमेश्‍वरको अगाडि आउन सक्षम पारिएको प्रमाणको रूपमा काम गर्नुभयो, उहाँ शैताानसँगको युद्धमा मोलतोलको वस्तु हुनुहुन्थ्यो। अहिले आखिरी दिनहरू आएका छन्, र परमेश्‍वर आफ्ना कामहरू सम्पन्‍न गर्न, यो युगको अन्त्य गर्न र बाँकी रहेकाहरूलाई सुन्दर गन्तव्यतर्फ डोर्‍याउन चाहनुहुन्छ। परमेश्‍वर फेरि एकपटक देह बन्नुभएको छ र साथमा मानिसलाई जित्ने, न्याय गर्ने र शुद्ध पार्ने काम गर्दै हुनुहुन्छ। उहाँले मानिसको तर्फबाट दुःख भोग्नुहुन्छ र मानिसलाई सबै कष्टबाट छुटकारा दिने प्रमाण र तथ्यको रूपमा यसलाई प्रस्तुत गर्नुहुन्छ; अर्थात्, परमेश्‍वरले आफ्नै गवाही दिनुहुन्छ र उहाँले यो प्रमाण र यो गवाही शैतानलाई पराजित गर्न, दुष्टात्माहरूलाई लाजमा पार्न र मानिसको सुन्दर गन्तव्यसित साट्न प्रयोग गर्नुहुन्छ।

केही मानिसहरू भन्छन्, “देहधारी शरीरले काम गर्नु भनेको परमेश्‍वरले नै काम गर्नु हो। यो देहधारी शरीरले काम गरेको होइन; परमेश्‍वरको आत्मााले नै उहाँलाई भित्रबाट नियन्त्रण गर्नुभएको हुन्छ।” के यो सही हो? होइन। पहिले भनिएको थियो कि विजयको कार्यको एक चरण अघि बढाउनको लागि सामान्य मानवतामाझ परमेश्‍वरको देहधारण हुन्छ; तैँले सामान्य मानवता देख्छस्, तर वास्तवमा परमेश्‍वरले कार्य गरिरहनुभएको हुन्छ; जब यो देहधारी शरीरले कार्य गर्छ, वास्तवमा परमेश्‍वर स्वयम्‌ले कार्य गरिरहनुभएको हुन्छ। यसरी व्याख्या र सङ्गति गरिएकोले, मानिसहरूले प्रायः विश्‍वास गर्छन् कि यो देहको शरीर एउटा औजार, बाहिरी खोल मात्र हो, र उहाँ परमेश्‍वरको आत्माले भित्रबाट बोल्नुहुँदा र नियन्त्रण गर्नुहुँदा मात्र कार्य गर्नुहुन्छ र उहाँले यो नियन्त्रणबिना कार्य गर्नुहुन्न; आत्माले उहाँलाई जे बोल्न निर्देशन दिनुहुन्छ देहको शरीरले त्यही बोल्छ र यसरी निर्देशन नगरिएको बेला उहाँ बोल्नुहुन्न। के यस्तै हुन्छ त? होइन। जब आत्मा शरीरमा अवस्थित हुन्छ, तब आत्मा र शरीर एक हुन्छन्। देहले कार्य गर्नु आत्माले कार्य गर्नु हो, आत्माले कार्य गर्नु देहले कार्य गर्नु हो—यसलाई मात्र देहधारण भन्न सकिन्छ। आज, एउटा सबैभन्दा शक्तिशाली व्याख्या यस्तो छः जब आखिरी दिनहरूमा परमेश्‍वर देह बन्नुहुन्छ, एकातिर उहाँ विजयको कार्य गर्न र यो युगको अन्त्य गर्न आउँदै हुनुहुन्छ। अर्कोतिर, देहधारी शरीर मानिसको कष्ट अनुभव गर्न आउनु भनेको परमेश्‍वर स्वयम् मानिसको कष्ट भोग्न आउनु हो; परमेश्‍वरको देह र परमेश्‍वर स्वयम् एकै हुनुहुन्छ। देहधारी शरीर त्यो उपकरण होइन जसको रूपमा उहाँ हुनुहुन्छ भनेर मानिसहरूले विश्‍वास गर्छन्, न त यो कुनै खोल नै हो—न त कुनै प्रकारको नियन्त्रण गर्न सकिने भौतिक अस्तित्व नै हो। यो देह त परमेश्‍वर स्वयम्‌को प्रतिरूप हो। मानिसहरूको पहिलेको बुझाइ अत्यन्तै सतही थियो। यदि सङ्गतिहरू मान्छेका धारणाहरूअनुरूप हुन्थे भने, मानिसहरूले देह र आत्मालाई छुट्याएर देहलाई देह र आत्मालाई आत्मा भनेर अलग्याउन सक्थे। यो त विचलन हुन्थ्यो। अनि मानिसहरूलाई धारणाहरू बनाउन पनि सहज हुन्थ्यो।

मानिसहरूले बुझ्नुपर्ने कुरा यो पनि हो: मानिसहरूको कष्ट अनुभव गर्न परमेश्‍वर देह बन्नुभएको छ, तर देहधारणले भोग्नुपरेको कष्ट र रोगहरू उहाँले भोग्नुपर्ने कुराहरू होइनन्। केही मानिसहरू उहाँ साधारण र सामान्य देह हुनुहुन्छ अनि अलौकिक प्राणी नभई सामाान्य व्यक्ति हुनुहुन्छ, त्यसैले यो कष्ट अपरिहार्य छ भन्ने विश्‍वास गर्छन्। तिनीहरू उहाँले टाउको दुखाइ र कठिनााइहरू भोग्नुपर्छ, मानिसहरूले तातो महसुस गर्दा उहाँले पनि तातो महसुस गर्नुपर्छ र मौसममा न्यानोपनको अभाव हुँदा अरूसँगै उहाँले पनि चिसो भोग्नुपर्छ भन्ने सोच्छन्। यदि तँ यसरी सोच्छस् भने तैँले यो साधारण र सामान्य देहधारी शरीरलाई जोकोही व्यक्तिजस्तै देख्छस्, कुनै पनि भिन्नता देख्दैनस्। तर तथ्य के हो भने यो देहले सहने कष्टको अर्थ छ। सामान्य मानव रोगहरू वा अन्य कठिनाइहरू मानिसहरूले भोग्नुपर्ने कुराहरू हुन्, यी कठिनाइहरू भ्रष्ट मानवजातिले भोग्नुपर्ने कुराहरू हुन्—यो एक सामान्य व्यवस्था हो। तर परमेश्‍वरको देहधारी शरीरले कुन उद्देश्यको लागि यी कठिनाइहरू भोग्नुपर्छ? के येशू क्रूसमा टाँगिनु उहाँमाथि आइपर्नुपर्ने कुरा थियो? येशू देहधारण हुनुहुन्थ्यो, उहाँ पापरहित हुनुहुन्थ्यो र त्यस समयको व्यवस्थाअनुसार र उहाँले त्यस समयमा जे गर्नुभएको थियो त्योअनुसार, उहाँलाई क्रूसमा टाँग्नु हुँदैनथ्यो—त्यसो भए उहाँलाई क्रूसमा किन टाँगियो त? यो सबै मानवजातिको उद्धारको निम्ति थियो। के आजको देहधारणले भोग्नुपरेका सबै कठिनाइहरू, उहाँमाथि आइपरेका सबै सतावटहरू—के यी सबै दुर्घटनावश भएका हुन् त? कि ती सबै परमेश्‍वरद्वारा सोचीसम्झी बन्दोबस्त गरिएका हुन्? ती सोचीसम्झी बन्दोबस्त गरिएका थिएनन्, न त दुर्घटनावश नै भएका हुन्; ती त सामान्य व्यवस्थाअनुसार भएका हुन्। म किन यसो भन्दै छु? परमेश्‍वरले आफूलाई मानिसहरूमाझ राख्नुभएको हुनाले, उहाँले आफूलाई यसरी कार्य गर्ने स्वतन्त्रता दिनुभएको हुनाले, उहाँले यो कार्यको दौरान मानिसले भोग्नेजस्तै कष्ट भोग्नुभएको छ। यदि परमेश्‍वरले सोचीसम्झी कष्टको बन्दोबस्त गर्नुभएको भए, उहाँले केही दिनको कष्ट मात्र भोग्नुपर्थ्यो; धेरैजसो समय यी कुराहरू कष्ट नै हुँदैनथे। यही कारणले गर्दा, परमेश्‍वरले काम गर्नुहुँदा मानिसहरूको माझ भोग्नुपरेको कष्ट सोचीसम्झी बन्दोबस्त गरिएको होइन, अनि उहाँले अनजानमा थोरै कठिनाइ भोग्नुभएको पनि होइन; यसविपरीत, उहाँ त मानिसहरूमाझ रहेको कष्ट अनुभव गर्न आउनुभएको हो, उहाँले आफूलाई मानिसहरूमाझ राख्नुभएको छ, मानिसहरूले जसरी नै कष्ट भोग्नुभएको छ, र बिना कुनै अपवाद उहाँलाई पनि त्यस्तै व्यवहार गरिएको छ। जसरी तिमीहरूलाई सताइन्छ, के ख्रीष्टलाई पनि त्यसरी नै सताइँदैन र? तिमीहरूको शिकार गरिन्छ; के ख्रीष्टको पनि शिकार गरिन्न र? मानिसहरूलाई रोगले सताइरहेको छ; के ख्रीष्टले चाहिँ कम कष्ट भोग्नुभएको छ र? उहाँलाई कुनै छुट छैन। के यो बुझ्न सजिलो छैन र? परमेश्‍वर ठूलो रातो अजिङ्गरको देशमा काम गर्न आउनुभएपछि उहाँले कष्ट भोग्नु नै पर्छ भन्नेहरू पनि छन्—अनि के यो पनि गलत होइन र? परमेश्‍वरको नजरमा, यो उहाँले कष्ट भोग्नुपर्छ कि पर्दैन भन्ने कुरा होइन। मानिसहरूले अबउप्रान्त कष्ट भोग्नु नपरोस् भनेर परमेश्‍वरले व्यक्तिगत रूपमा मानिसको कष्टको मूल्य तिर्नुहुन्छ र त्यसपछि उहाँले शैतानलाई पूर्ण विश्‍वास दिलाएर मानिसलाई सुन्दर गन्तव्यमा डोर्‍याउनुहुन्छ। परमेश्‍वरको नजरमा, यी कष्टहरू सहनु आवश्यक छ। कामको यो चरणमा यदि उहाँले कष्ट भोग्‍नुको साटो मानिसको कष्ट बुझ्ने मात्र इच्छा गर्नुभएको भए, र त्योभन्दा बढी इच्छा नराख्नुभएको भए, र आफ्नो साटोमा पवित्र आत्माले प्रयोग गर्नुभएका केही प्रेरित वा मानिसहरू प्रयोग गर्नुभएको भए, र तिनीहरूले आफूले भोगेका कष्टहरूबारे परमेश्‍वरलाई प्रतिवेदन बुझाएको भए, वा यदि उहाँले केही विशेष व्यक्तिहरूलाई गवाही बन्‍न प्रयोग गर्नुभएको भए र तिनीहरूलाई मानिसहरूमाझको सबैभन्दा कष्टदायी कुराहरू भोग्न लगाउनुभएको भए, र त्यसपछि यदि तिनीहरू कष्ट सहन र गवाही बन्न सक्षम भएको भए, यस्तोमा पनि शैतान पूर्ण रूपमा विश्‍वस्त हुने थियो र यो पनि मानिसले भविष्यमा कष्ट नभोग्ने कुराको विनिमय हुने थियो। के परमेश्‍वरले यस्तो गर्न सक्नुहुन्थ्यो? उहाँले सक्नुहुन्थ्यो, तर परमेश्‍वर स्वयम्‌को काम परमेश्‍वर स्वयम्‌ले मात्र गर्नुहुन्छ। मानिसहरूको गवाही जतिसुकै उच्च भए तापनि, शैतानले त्यो सुन्दैन, बरु यसो भन्नेछ, “तपाईं देह बन्‍नुभएको हुनाले मानिसको कष्ट व्यक्तिगत रूपमा किन भोग्नुहुन्न?” यसको मतलब, यदि परमेश्‍वरले यसरी काम नगर्नुभएको भए, त्यस्तो गवाही त्यति शक्तिशाली हुने थिएन। परमेश्‍वरको काम परमेश्‍वर स्वयम्‌ले नै गर्नुपर्छ, तब मात्र यो वास्तविक र व्यावहारिक हुनेछ। अनि परमेश्‍वरले गर्नुभएको यस चरणको कार्यबाट के देख्न सकिन्छ भने, परमेश्‍वरले गर्नुहुने हरेक कार्यको र देहधारणले भोग्नुपरेको सबै कष्टको अर्थ छ, उहाँले कुनै पनि कामकुरा जथाभाबी रूपमा गर्नुहुन्न, न त उहाँले कुनै उपयोग नहुने कार्य नै गर्नुहुन्छ। काम गर्न र मानिसको कष्ट अनुभव गर्न देहधारणको आगमन ऐच्छिक कुरा नभई अत्यावश्यक कुरा होः यो मानवजाति र मानवजातिको भावी गन्तव्यको निम्ति अत्यावश्यक कुरा हो, यसको कार्यान्वयन र खर्चाइ मानिसलाई मुक्ति दिन, मानिसलाई प्राप्त गर्न र मानिसलाई सुन्दर गन्तव्यमा ल्याउनको लागि गरिन्छ।

देहधारणसँग सम्बन्धित सत्यहरूलाई विभिन्न कोणहरूबाट छलफल गरिनुपर्छ:

१. साधारण र सामान्य देहको आवश्यकता।

२. यो साधारण र सामान्य देहको कार्यको व्यावहारिक पक्ष।

३. मानिसहरूमाझ मानिसहरूको कष्ट अनुभव गर्न परमेश्‍वर आउनुको अर्थ अर्थात आवश्यकता।

परमेश्‍वरले किन व्यक्तिगत रूपमै मानिसहरूको कष्ट अनुभव गर्नुपर्छ? के उहाँले यसो नगर्नु ठिक होइन र? यहाँ अर्थको अर्को पक्ष पनि छ। यो साधारण र सामान्य देहको कार्यले मानिसहरूलाई जित्न र सिद्ध पार्न सक्छ, तर मानिसहरूको सार र मानिसको अस्तित्वको नियमको अर्थ नै यो हुन्छ कि तिनीहरू अझै पनि खोक्रोपन, कष्ट, पीडा, र सुस्केरामै जिउनेछन् र तिनीहरू आफ्ना रोगहरूबाट बच्न असमर्थ नै हुनेछन्। उदाहरणको लागि, परमेश्‍वरप्रतिको तेरो प्रेम एक निश्‍चित बिन्दुमा पुगेको छ, तँसँग परमेश्‍वरलाई बुझेको केही अनुभव छ, तेरा भ्रष्ट स्वभावहरू समाधान भएका छन् र परमेश्‍वर भन्नुहुन्छ कि तँलाई सिद्ध बनाइएको छ र तँ परमेश्‍वरलाई प्रेम गर्ने व्यक्ति होस्। यदि परमेश्‍वरले मानिसहरूलाई यस हदसम्म बचाउनुहुन्छ र त्यसपछि छोडी जानुहुन्छ भने—यदि देहधारणको कार्य यसरी समाप्त हुन्छ भने—मानिसहरूका देहका रोगहरू, खोक्रोपन अनि दुःखपीडा र समस्याहरू अझै पनि रहिरहनेछन्, जसको अर्थ हुन्छ कि मानिसहरूलाई मुक्ति दिने परमेश्‍वरको कार्य सकिएको छैन। कुनै एक व्यक्तिलाई सिद्ध बनाइएको हुन सक्छ र उसले परमेश्‍वरलाई चिन्न, प्रेम गर्न र आराधना गर्न सक्छ, तर के ऊ आफ्नो रोग र समस्याको समाधान गर्न सक्षम छ? सत्यताको प्राप्तिले मात्र यसको समाधान गर्न सक्दैन। आफूमा सत्यता भएको कारण देहको रोगहरूले तिनीहरूलाई सताउन वा कष्ट दिन छोडेको छ भनेर कसैले पनि कहिल्यै भनेको छैन—कसैले पनि त्यस किसिमको कष्ट ठीक गर्न सक्दैन। तैँले यसो मात्र भन्न सक्छस्, “अहिले मेरो लागि जिउनु धेरै अर्थपूर्ण छ, तर बिरामी हुँदा अहिले पनि मलाई पीडा हुन्छ।” के यस्तै हुन्छ? अनि के यो भावना वास्तविक छ? यसर्थ, यदि देहधारणले मानिसहरूलाई जित्ने र सिद्ध बनाउने काम मात्र गर्‍यो भने, यदि देहधारणले मानिसहरूलाई सिद्ध मात्र तुल्यायो र तिनीहरूको देहले भोगेको कष्ट समाधान गरेन भने, तब पृथ्वीका मानिसहरूले सामना गरेका सबै कष्टहरू, मानिसका रोगहरू, मान्छेका सुख र दुःखहरू, र मानिसहरूका व्यक्तिगत चिन्ताहरू—यी सबै कुरा समाधान गर्न नसकिने हुन्छन् र यदि तैँले मानिसहरूलाई पृथ्वीमा एक हजार वा दस हजार वर्षसम्म बाँच्न दिइस् भने पनि, यी समस्याहरू र जन्म, बुढ्यौली, रोग र मृत्युका मामिलाहरू समाधान हुनेछैनन्। परमेश्‍वर मानिसको यो कष्टको अनुभव गर्न आउनुभएको छ; यसलाई अनुभव गरिसकेपछि, उहाँले यसलाई जरैबाट समाधान गर्नुहुन्छ, र त्यसपछि मान्छे जन्म, बुढ्यौली, रोग वा मृत्युका मामिलाहरूबाट चिन्तित हुँदैन। येशूले मृत्यु अनुभव गर्नुभयो। यो देहधारणले जीवन र रोगको कष्ट मात्र अनुभव गर्छ (बुढ्यौलीको अनुभव गर्न आवश्यक छैन, र भविष्यमा मानिसहरू बुढो हुनेछैनन्)। उहाँले यो सबै कष्ट अनुभव गर्नुभएपछि, अन्ततः मानिसको कष्ट हट्नेछ। परमेश्‍वरले मानिसको तर्फबाट सबै कष्ट भोग्नुभएपछि, उहाँसँग मानिसको जन्म, बुढ्यौली, रोग र मृत्युलाई हटाएर मानवजातिको सुन्दर गन्तव्यसँग साट्न मिल्ने शक्तिशाली प्रमाणहरू हुनेछन्। के यसको कुनै अर्थ छैन र? अनि यसैले, चाहे यो जीवन रोग, कठिनाइ र पीडा नै किन नहोस्, देहधारणले मानिसको कष्ट अनुभव गर्छ, अनि त्यो कुरा कष्टको जुनसुकै पक्ष भए पनि, देहधारणले एक प्रतीक र अगमवाणीको चिन्हको रूपमा मानिसको हितमा यसो गर्छ। यो सबै कष्ट उहाँले अनुभव गर्नुभएको छ, यसलाई उहाँले व्यक्तिगत रूपमै वहन गर्नुभएको छ ताकि अबउप्रान्त मानवजातिले यसलाई भोग्नु नपरोस्। यहीँनेर यसको महत्त्व रहेको छ। मानिसहरूलाई सिद्ध पारिएपछि, तिनीहरू परमेश्‍वरको आराधना गर्न र परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुन्छन्, अनि तिनीहरू परमेश्‍वरको इच्छाबमोजिम कार्य गर्न, परमेश्‍वरको वचनअनुसार कार्य गर्न र परमेश्‍वरको मापदण्डबमोजिम कार्य गर्न सक्षम हुन्छन्, र त्यसपछि तिनीहरूका समस्या र कष्टहरू समाधान हुन्छन्। मानिसको खातिर परमेश्‍वरले सहनुभएको कष्टको महत्त्व यही हो, र यसले मानिसहरूलाई पृथ्वीमा परमेश्‍वरको आराधना गर्न मात्र होइन, यी रोगहरूका वेदना र टन्टाबाट मुक्त हुन, जन्म, बुढ्यौली, रोग र मृत्युका मामिलाहरूबाट मुक्त हुन र जीवनको चक्रबाट मुक्त हुन पनि मदत गर्छ। वर्तमान देहधारणको दौरान यो कष्ट भोग्ने र अनुभूत गर्ने क्रममा, परमेश्‍वरले मानिसको खातिर यी कुराहरू वहन गर्नुहुन्छ र उहाँले यी कुराहरू वहन गर्नुभएपछि जीवित रहनेहरूले यो पीडा भोग्नुपर्दैन—र यो एक अगमवाणीको चिन्ह हो। केही व्यर्थका मानिसहरूले सोध्छन्, “त्यसो भए परमेश्‍वरले मानिसका खातिर यो सबै एक्लै गर्नुहुन्छ?” परमेश्‍वर देह बन्नु र मानिसको खातिर कष्ट भोग्नु प्रयाप्त छ—अरू कसले यस्तो गर्नु आवश्यक छ र? परमेश्‍वरले सबै कुरा आफै गर्न सक्नुहुने र सबै कुराको स्थान लिन सक्नुहुने भएकोले यस्तो हुन्छ, उहाँले सबै कुराको प्रतिनिधित्व गर्न सक्नुहुन्छ र उहाँ सबै कुराहरू अर्थात् सबै सुन्दर, असल र सकारात्मक कुराहरूको प्रतीक हुन सक्नुहुन्छ। त्योभन्दा बढी, अहिले उहाँले वास्तविक र व्यावहारिक रूपमै मानिसको कष्ट अनुभव गर्नुभएको छ, र मानिसको सबै भावी कष्ट हटाउनको निम्ति उहाँ अझ शक्तिशाली गवाही र प्रमाण प्रयोग गर्न झनै योग्य हुनुहुन्छ।

यसरी कार्यसम्पादन गरिएर, दुई चरणको देहधारणको काम सकिन्छ र एउटा स्पष्ट रेखा बन्छ: देहधारणको पहिलो चरणदेखि यस चरणसम्म, यी दुई चरणहरूले मानव अस्तित्वको सबै कष्ट र मानिसहरूका आफ्नै व्यक्तिगत कष्टहरू समाधान गरेका छन्। परमेश्‍वरले व्यक्तिगत रूपमा र देहमा किन यो काम गर्नुपर्छ? सर्वप्रथम, मानिसहरूले आफ्नो जीवनभर जन्म, बुढ्यौली, रोग र मृत्युको पीडा कहाँबाट आउँछ र किन मानिसले यी कुराहरू भोग्छ भनेर बुझ्नुपर्छ। के यी कुराहरू सुरुमा मानिसको सृष्टि गर्दाको समयमै अस्तित्वमा थिए? यी पीडाहरू कहाँबाट आए? यी पीडाहरू शैतानले मानिसलाई परीक्षामा पारेपछि र शैतानले भ्रष्ट पारेर मानिस पतन भएपछि आएका थिए। मानिसको देहको पीडा, समस्याहरू र खालीपन अनि मानिसको संसारमा भएका सबै निकृष्ट कुराहरू—ती सबै शैतानले मानिसलाई भ्रष्ट पारेपछि देखा परे। शैतानले मानिसलाई भ्रष्ट पारेपछि, शैतानले मानिसलाई सताउन थाल्यो र फलस्वरूप मानिस अझ गिर्‍यो, उसको रोग अझ गम्भीर भयो, उसको पीडा अझ ठूलो भयो र ऊभित्र यो संसार खाली र दयनीय छ, र यो संसारमा बाँच्न असम्भव छ र यो संसारमा बाँच्नु झन् निराशाजनक छ भन्ने भावना बढ्न थाल्यो। यसरी मानिसको यो पीडा शैतानले र शैतानद्वारा भ्रष्ट पारिएपछिको मानिसको पतनले ल्याएको थियो। मानिसहरूलाई शैतानको हातबाट फर्काउन र तिनीहरूलाई एउटा सुन्दर गन्तव्य दिनका लागि परमेश्‍वरले व्यक्तिगत रूपमै यो पीडा अनुभव गर्न आवश्यक छ। मानिसहरू पापविहीन नै भए पनि, तिनीहरूलाई पीडादायी लाग्‍ने कुराहरू अझै पनि छन्, शैतानले अझै पनि तिनीहरूलाई नियन्त्रण गर्छ, र त्यसले अझै पनि तिनीहरूमाथि चालबाजी गर्न र तिनीहरूलाई औधी नै पीडा र सास्ती भोगाउन सक्छ। अनि यसैले, देहधारणले व्यक्तिगत रूपमा यी पीडाहरू अनुभव गर्नु र मानिसहरूलाई शैतानको पकडबाट फर्काउनु अनि तिनीहरूलाई कुनै पनि थप पीडा भोग्नबाट रोक्‍नु—के यो गहन रूपमा अर्थपूर्ण छैन र? जब येशू छुटकाराको कार्य गर्न आउनुभयो, स्वरूप हेर्दा उहाँले व्यवस्था पालन नगर्नुभएजस्तो देखिन्थ्यो, तर वास्तवमा यसले नै व्यवस्था पूरा गर्‍यो, यसले नै व्यवस्थाको युग अन्त्य गर्‍यो र मानिसकहाँ दया र करुणा ल्याउँदै अनुग्रहको युग सुरु गर्‍यो, र त्यसपछि जब येशूलाई क्रूसमा टाँगियो, यसले नै मानिसको सबै पाप मुक्त गर्‍यो। येशूले मानिसलाई परमेश्‍वरको सिंहासनअघि फर्कन योग्य बनाउन आफ्नै अनमोल रगत प्रयोग गर्नुभयो। यो भन्‍न सकिन्छ कि उहाँले मानिसको छुटकाराको निम्ति क्रूसको प्रमाण र तथ्य प्रयोग गर्नुभयो। मानिसका पापहरू त परमेश्‍वरद्वारा क्षमा गरियो, तर मानिस पहिले नै अति गम्भीर रूपमा शैतानद्वारा भ्रष्ट पारिएको थियो, त्यसैले उसको पापी स्वभाव अझै पनि रहिरह्यो र उसले पाप अनि परमेश्‍वरको अवज्ञा गर्न जारी राख्यो। यो एक अकाट्य तथ्य हो र यसैले मानिसलाई पापी स्वभावबाट शुद्ध पार्ने कार्य गर्न दोस्रोपटक परमेश्‍वर देह बन्नुभएको छ, अर्थात्, उहाँले मानिसलाई भ्रष्ट स्वभावबाट शुद्ध पार्न ऊमाथि न्याय र सजाय गर्नुहुन्छ। पहिलोपटक जब परमेश्‍वर देह बन्नुभयो, उहाँ मानवजातिको पापको लागि क्रूसमा टाँगिनुभयो, उहाँले मानवजातिलाई छुटकारा दिनुभयो र यसरी मानिस परमेश्‍वरसामु फर्केको छ। दोस्रोपटक परमेश्‍वर देह बन्नुहुँदा, उहाँ मानिसलाई जित्न र मानिसलाई जितेर मुक्ति दिन आउनुभएको छ। परमेश्‍वरको कामलाई धेरैले स्विकारेका छन् र तिनीहरूले प्रायः परमेश्‍वरको वचनहरू खाने र पिउने गरिरहन्छन्, तैपनि तिनीहरू परमेश्‍वरप्रति अनजान नै रहेका छन्, उहाँ कहाँ हुनुहुन्छ भन्ने तिनीहरूलाई थाहा छैन, उहाँ तिनीहरू कै अगाडि हुनुभए पनि तिनीहरूले उहाँलाई चिन्दैनन्, र तिनीहरूसँग परमेश्‍वरबारे धारणा र गलतबुझाइहरू हुन्छन्, अनि कहिलेकाहीँ विविध कुराहरू हेर्ने तिनीहरूको दृष्टिकोण परमेश्‍वरप्रति शत्रुतापूर्ण हुन्छ। यस्तो किन हुन्छ त? तिनीहरूले सत्यता नबुझ्ने हुनाले, र तिनीहरूसँग परमेश्‍वरबारे सत्य ज्ञानको अभाव भएकोले यस्तो हुन्छ। जब मानिसहरूसँग परमेश्‍वरबारे ज्ञान हुन्छ, तिनीहरू परमेश्‍वरको निम्ति कष्ट भोग्न र जिउन खुसी हुन्छन्, तर शैतानले अझै पनि तिनीहरूभित्रको कमजोरीलाई नियन्त्रण गर्छ, शैतान अझै पनि तिनीहरूलाई कष्ट दिन सक्षम छ, र दुष्ट आत्माहरू अझै पनि तिनीहरूभित्र काम गर्न र अवरोध ल्याउन, तिनीहरूमाथि जादुटोना गर्न, र तिनीहरूलाई मतिभ्रष्ट, अशान्त र पूर्ण रूपमा विचलित पार्न सक्षम छन्। मानिसहरूको विचार र चेतनामा शैतानले नियन्त्रण र चालबाजी गर्न सक्‍ने कुराहरू हुन्छन्। त्यसकारण, कहिलेकाहीँ तँ बिरामी वा चिन्तित हुन्छस्, कहिलेकाहीँ त्यस्तो समय आउँछ जहिले तैँले संसार उजाड भएको वा जिउनुको कुनै अर्थ छैन भन्ने महसुस गर्छस्, अनि कहिलेकाहीँ त्यस्तो समय पनि आउँछ जहिले तेँले मृत्युको खोजी गर्न र आफैँलाई मार्न खोज्छस्। यसको अर्थ यो हो कि, ती पीडाहरू शैतानद्वारा ल्याइन्छन् र ती मानिसका मरणशील कमजोरी हुन्। शैतानले भ्रष्ट पारेको र कुल्चेको कुरा अझै पनि शैतानद्वारा प्रयोग हुन सक्छ; त्यो शैतानले घुमाउने पेच हो। अनि यसैले आखिरी दिनहरूमा न्यायको काम गर्न फेरि एकपटक परमेश्‍वर देह बन्नुभएको छ, र त्यही बेला विजयको कार्य गर्दै उहाँले मानिसको साटो आफै कष्ट भोग्नुहुन्छ, देहको कष्टले मूल्य तिर्दै मानिसको पीडा र नश्‍वर कमजोरीको सम्बोधन र समाधान गर्नुहुन्छ। उहाँले मानिसहरूमाझ कष्टको मूल्य तिरेर मानिसलाई फर्काउनुभएपछि, शैतानले अबउप्रान्त मानिसलाई नियन्त्रण गर्न सक्षम हुनेछैन र मानिस पूर्ण रूपमा परमेश्‍वरतिर फर्कनेछ र तब मात्र ऊ पूर्ण रूपमा परमेश्‍वरको हुनेछ। तँ किन परमेश्‍वरको निम्ति बाँच्न र परमेश्‍वरको आराधना गर्न सक्षम भइसकेर पनि पूर्ण रूपमा परमेश्‍वरका भएको छैनस्? दुष्ट आत्माहरूले अझै पनि तेरा कमजोर पक्षहरू उपयोग गर्न सक्छन्, तिनीहरू अझै पनि तँसँग खेल्न सक्छन्, अझै पनि तँलाई प्रयोग गर्न सक्छन्, किनकि मानिसहरू अति मूर्ख छन्। केही मानिसहरूले पवित्र आत्माद्वारा स्पर्श गरिनु र दुष्ट आत्माद्वारा हस्तक्षेप गरिनुबीचको फरक बताउन सक्दैनन्। तिनीहरूले पवित्र आत्माको काम र दुष्ट आत्माहरूको कामबीचको भिन्नता पनि बताउन सक्दैनन्। के यो नश्‍वर कमजोरी होइन र? जब दुष्ट आत्माहरूले काम गर्छन्, तिनीहरूले शोषण नगर्ने कुनै खाली ठाउँ हुँदैन। तिनीहरूले तँभित्र वा तेरो कानमा बोल्न सक्छन् वा तिनीहरूले पवित्र आत्माको छुवाइ थाहा नपाउने बनाएर, त्यो छुवाइ अनुभव गर्नबाट तँलाई रोकेर तेरो मन विचलित पार्न सक्छन्, र त्यसपछि ती दुष्ट आत्माहरूले तेरा विचारहरूलाई अराजकतामा मिल्काएर, तेरो आत्मालाई तेरो शरीर छोड्नेसम्म बनाएर तँमाथि हस्तक्षेप गर्दै तँलाई समझ गुमाउने बनाउन थाल्नेछन्। यो दुष्ट आत्माहरूले मानिसहरूमा गर्ने काम हो र यदि मानिसहरूले यसको वास्तविकता चिन्‍न सकेनन् भने तिनीहरू ठूलो खतरामा हुन्छन्। आज, परमेश्‍वरले मानिसको लागि यो पीडा सहनुभएको छ र मानिसले सुन्दर गन्तव्य प्राप्त गरेपछि, तिनीहरू परमेश्‍वरको लागि जिउने मात्र होइन, शैतानका हुन पनि छोड्नेछन् र त्यसउप्रान्त शैतानले कस्‍न सक्ने कुरा केही पनि हुनेछैन; मानिसको विचार, आत्मा, प्राण र शरीर सबै परमेश्‍वरका हुनेछन्। आज, तेरो हृदय परमेश्‍वरतिर फर्केको हुन सक्छ, तर यस्तो समय पनि आउँछ जुनबेला तँ शैतानको प्रयोगमा नआई नहुने हुन सक्छ, र यही कारणले गर्दा, सत्यता प्राप्त गरेर मानिसहरू पूर्ण रूपमा परमेश्‍वरको आज्ञापालन र आराधना गर्न सक्षम भएपछि पनि तिनीहरू शैतानको अवरोधबाट पूर्णतया स्वतन्त्र हुन असम्भव हुन्छ र तिनीहरू रोगहरूबाट मुक्त हुन त झनै असम्भव हुन्छ, किनकि मान्छेको शरीर र आत्मालाई शैतानले कुल्चेको छ। मान्छेको आत्मा फोहोरी ठाउँ हो, त्यो शैतानले बास गरेको र शैतानले फाइदा लिने ठाउँ हो। शैतान अझै पनि अवरोध र नियन्त्रण गर्न, र तेरो मनलाई स्पष्ट हुन र तँलाई सत्य छुट्याउन सबल हुनबाट रोक्‍न सक्षम छ। यसैले मानिसको पीडा अनुभव गर्न र मानिसको खातिर कष्ट भोग्न परमेश्‍वर देह बन्नु ऐच्छिक कुरा होइन, बरु एक अत्यावश्यक कुरा हो!

मानवजातिलाई मुक्ति दिने काम पूरा गर्न परमेश्‍वर दुईपटक देह बन्नुभएको कुरा तिमीहरूले बुझ्नुपर्छ। यदि पहिलो मात्र देहधारण भएको भए, मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन सम्भव हँदैनथ्यो, किनकि पहिलो देहधारणले छुटकाराको काम गर्‍यो र त्यो मुख्यतया मानिसको पापक्षमा गर्ने समस्या हल गर्न र मानिसलाई परमेश्‍वरसामु आउन योग्य बनाउनको निम्ति देखा पर्‍यो। दोस्रो देहधारणले मानिसको भ्रष्टता शुद्ध पार्न र मानिसको भ्रष्ट स्वभाव सुधार्न न्यायको काम गरिरहेको छ, तर अझै पनि मानिस पूर्ण रूपमा परमेश्‍वरको हुने समस्या हल गर्न सम्भव हुँदैन। यसबाहेक, शैतानद्वारा भ्रष्ट पारिएका मान्छेका विभिन्‍न कुराहरूको पूर्ण हल गर्नको लागि पनि दोस्रो देहधारणले मानिसको पीडा अनुभव गरेको हुनुपर्छ—मानिसको कष्ट र यातनाको समस्या जरैबाट समाधान गरिनुपर्छ। दुई देहधारणका कामका चरणहरू यिनै हुन्। यी दुईमध्ये दुवै नै अपरिहार्य छन्। त्यसैले, तैँले देहधारणले भोगेको पीडालाई हल्का रूपमा हेर्नु हुँदैन। कहिले उहाँ रुनुहुन्छ, कहिले उहाँ पीडा र उदासीमा हुनुहुन्छ, अनि कहिले उहाँ कमजोर र शोकग्रस्त हुनुहुन्छ। तैँले यीमध्ये कुनैलाई पनि हल्का रूपमा लिनु हुँदैन, यसबारेमा धारणाहरू राख्न हुन्छ भन्‍ने त सोच्चै नसोच्। यदि तँसँग यसबारेमा धारणाहरू छन् भने तँ अत्यन्तै मूर्ख र विद्रोही हुन्छस्। यसबाहेक, तैँले यो सामान्य देहले भोग्नुपर्ने कुरा हो भनेर विश्‍वास गर्नु हुँदैन; त्यो त झन् गलत हो, अनि यदि तैँले यसो भन्छस् भने, परमेश्‍वरविरुद्ध ईशनिन्दा गर्नेछस्। मानिसहरूले दुई देहधारणद्वारा भोगिएको पीडा आवश्यक छ भन्ने कुरा बुझ्नुपर्छ। यो परमेश्‍वर स्वयम्‌को निम्ति नभई मानवजातिको निम्ति चाहिँ अत्यावश्‍यक कुरा हो। मानवजातिको भ्रष्टता यति ठूलो छ कि यसो नगरी हुँदै हँदैन, भ्रष्ट मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिनको निम्ति यसो गरिनु नै पर्छ। परमेश्‍वरको कार्यशैली भनेकै मानिसहरूले आफ्नो आँखैले देख्ने गरी काम गर्नु हो। उहाँले गर्ने सबै कुरा सार्वजनिक हुन्छन्, कसैबाट लुकाइँदैन। उहाँले गोप्य रूपमा आफैँले मात्र पीडा सहनुहुन्‍न, किनकि उहाँलाई मानिसहरूले देख्लान् र धारणा बनाउँलान् भन्‍ने डर छ। उहाँले आफूलाई कसैबाट पनि लुकाउनुहुन्न, चाहे तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको समय लामो होस् वा छोटो, चाहे तिनीहरू बुढो हुन् वा जवान, वा चाहे तिनीहरू सत्य बुझ्न सक्षम हून् वा नहुन्; किनभने यो प्रमाण हो र जोकोहीले प्रमाणित गर्न सक्छ कि परमेश्‍वरको देहधारणले अत्यन्तै धेरै पीडा भोगेको छ, र उहाँले साँच्चै नै मानवजातिको पीडा वहन गर्नुभएको छ। उहाँले कसैले पनि थाहा नपाएको ठाउँमा बस केही दिनको पीडा भोग्नुभएको होइन, उहाँले आफ्नो अधिकांश समय मोजमस्तीमा बिताउनुहुन्न—यो त्यस्तो कुरा होइन। ख्रीष्टको काम र कष्ट कसैबाट पनि लुकेको छैन; तँ कमजोर हुनेछस् वा तैँले धारणाहरू बनाउनेछस् वा तैँले विश्‍वास गर्न छोड्नेछस् भनेर उहाँ डराउनुहुन्न। अनि यो कसैबाट पनि लुकेको छैन भन्ने कुराले के देखाउँछ? यसमा ठूलो अर्थ छ भन्‍ने देखाउँछ। देहधारी कहिल्यै पनि निष्क्रिय रहनुहुन्न। तैँले देख्छस् कि उहाँले नबोल्ने वा आवाज ननिकाल्ने समयहरू पनि छन्, तर उहाँ अझै पनि काम गरिरहनुभएको छ, उहाँले अझै पनि हृदयमा कष्ट भोगिरहनुभएको छ। के मानिसले यो महसुस गर्छ? मानिसहरूले देखेर पनि यो कुरा बुझ्दैनन्। केही मानिसहरूलाई थाहा छ कि आज परमेश्‍वर साधारण र सामान्य देहका हुनुहुन्छ, तर यो साधारण र सामान्य देहले आज के गर्छ भन्ने तँलाई थाहा छ? तँलाई थाहा छैन। तेरो आँखाले बाहिर मात्र देख्छ, तैँले भित्री सार देख्न सक्दैनस्। त्यसकारण, देहधारणले औपचारिक रूपमा काम गरेको जति वर्ष भए पनि, परमेश्‍वरले वास्तवमा एक क्षणको लागि पनि कहिल्यै विश्राम पाउनुभएको छैन; यद्यपि उहाँले नबोल्ने र आवाज ननिकाल्ने र ठूलो मात्रामा काम नगर्ने समयहरू पनि छन्, तर उहाँको काम रोकिएको छैन र उहाँले अहिले पनि मानिसको खातिर कष्ट भोगिरहनुभएको छ। केही मानिसहरूले परमेश्‍वर देह बन्नुभएको छ कि छैन र उहाँ ख्रीष्ट हुनुहुन्छ कि हुनुहुन्न भनेर मापन गर्ने प्रयास गर्दा, परमेश्‍वर बोल्नुहुन्छ कि बोल्नुहुन्न भन्ने कुरा हेर्छन्ः यदि उहाँले दुई वा तीन वर्षसम्म बोल्नुभएन भने उहाँ परमेश्‍वर हुनुहुन्न भन्‍ने सोच्छन् र त्यसैले तिनीहरू हतारहतार भाग्छन् र परमेश्‍वरमा विश्‍वास गर्न छोड्छन्। परमेश्‍वरमाथिको विश्‍वासप्रति त्यस्ता मानिसहरूसँग “पर्ख र हेर” को मनोवृत्ति हुन्छ र परमेश्‍वरबारे कुनै ज्ञान हुँदैन। आज यहाँ “पर्खिरहेका र हेरिरहेका” मानिसहरू पनि हुन सक्छन् र तिनीहरू परमेश्‍वरले केही समयको लागि नबोल्नुभएको देखेर आफ्नो हृदयमा यस्तो सोच्छन्, “के परमेश्‍वरको आत्माले छोडेर स्वर्गमा जानुभएको छ?” के यस्तो सोच्नु गलत हो? निस्फिक्री भएर टीकाटिप्पणी नगर्। यदि तँसँग धारणा वा शङ्काहरू छन् भने, परमेश्‍वरलाई प्रार्थना गर्, सत्य खोज्, अझै धेरै परमेश्‍वरको वचन पढ्, अनि यी सबै समस्याहरू समाधान हुनेछन्। “सम्भवत यो, वा सायद त्यो” भनेर विभिन्‍न मामिलाहरूको अन्धाधुन्ध चित्रण नगर् —”सम्भवत” र “सायद” भन्‍ने तेरा यी शब्दहरू भ्रम हुन् र ती दुष्ट शैतानका राय हुन्! परमेश्‍वरको काम एक क्षणको लागि पनि रोकिदैन। उहाँ विश्राम गर्नुहुन्न, उहाँ सँधै काम गर्नुहुन्छ र सधैँ मानवजातिको सेवामा हुनुहुन्छ!

ख्रीष्टको यो सारलाई हर पक्षहरूबाट बुझ्नुपर्छ। तैँले कसरी ख्रीष्टको सार बुझ्न सक्छस्? मुख्य कुरा यो हो कि तेँले यो देहको शरीरले गरेका सबै कामहरूबारे जान्नुपर्छ। यदि तँ आत्माले यसरी कार्य गर्छ तर देहले गर्दैन, देह केवल आत्माद्वारा नियन्त्रित हुन्छ भनेर मात्र विश्‍वास गर्छस् भने, यो गलत हुन्छ! दुःख भोग्नु, क्रूसमा टाँगिनु, सम्पूर्ण मानवजातिलाई जित्नु र मानिसको कष्ट अनुभव गर्नुलाई ख्रीष्टले गर्नुभएको कार्य हो भनेर किन भन्ने? किनभने परमेश्‍वर मानिस बन्नुभयो र मानिसहरूमाझ काम गर्नुभयो। आत्मा र देहले एकैसाथ काम गर्छन्; यो मानिसहरूले कल्पना गरेजस्तो होइन, जहाँ देह बोल्दैन र आत्माले उहाँलाई बोल्न बाध्य पार्छ—यो त्यस्तो होइन। बरु, त्यहाँ ठूलो स्वतन्त्रता छ: आत्मा र देहले एउटै काम गर्छन्; जब देहले कुनै कुरा लगभग सकिएको देख्छ, आत्माले पनि त्यो कुरालाई त्यसरी नै देख्छ। उहाँहरू एकै समयमा काम गर्नुहुन्छ। यसैले भौतिक शरीर प्रबल हुन्छ भन्नु पनि गलत हो र? “भौतिक शरीर प्रबल हुनु” को अर्थ के हो? यसको सन्दर्भ छ: एकपटक परमेश्‍वर मानिस बन्नुभएपछि, मानिसले देख्ने सबै कुरा शरीरको कार्य हो, र देहधारणको समयमा शरीर प्रबल हुन्छ। जुनसुकै अवस्थामा पनि आत्मा र देहले एकैसाथ काम गर्छन्। आत्माले देहलाई बोल्न बाध्य पार्ने, तर देह अनिच्छुक रहने, वा देहले बोल्न चाहने तर आत्माले वचनहरू प्रदान नगर्ने भन्‍ने कहिल्यै हुँदैन। यस्तो कुरा कहिल्यै हुँदैन। यदि मानिसहरू यस्तो कुरा विश्‍वास गर्छन् भने, तिनीहरू गलत—र हास्यास्पद हुन्। आत्मा र देह एकै हुन्। आत्मा शरीरमा अवस्थित हुनुहुन्छ, त्यसैले आत्माले बोल्ने इच्छा गर्नुभए पनि देह बोल्दैन भन्‍ने कसरी हुन्छ? कि त, देहले बोल्ने इच्छा गर्दा आत्माले वचनहरू प्रदान गर्नुहुन्न हो? यस्तो कुनै पनि कुरा हुँदैन। परमेश्‍वरको देहधारण भनेको देहमा आत्मा अवस्थित हुनुभएको अवस्था हो। जब देहले काम गर्छ, उहाँ जुनसुकै समय वा स्थानमा बोल्न सक्नुहुन्छ, जुन पवित्र आत्माद्वारा कुनै व्यक्तिमा गरिने कामभन्दा पूर्ण रूपमा फरक हुन्छ। देहमा अवस्थित पवित्र आत्मा मात्र देहधारण हुनुहुन्छ, अनि पवित्र आत्माले छोड्नुहुने त प्रश्‍नै आउँदैन। परमेश्‍वरले मानिसहरूमा काम गर्नुहुँदा त्यहाँ छनौट र सन्दर्भ समावेश हुन्छ। यदि मानिसहरूले सत्यता पछ्याउँदैनन् भने, यदि तिनीहरू आफ्नै बाटो लाग्छन् भने, पवित्र आत्माले तिनीहरूलाई छोड्नुहुन्छ र तिनीहरूले त्यो महसुस गर्नेछन्। मानिसहरूको बुझाइमा सधैँ भ्रम हुन्छ। तिनीहरू सोच्छन् कि परमेश्‍वरको काम यस चरणमा पुगेकोले, अब उहाँसँग थप कुनै वचनहरू छैनन् र उहाँले चाहे पनि बोल्न सक्नुहुन्न। के यस्तै अवस्था हो त? परमेश्‍वर कुनै पनि समयमा बोल्न सक्नुहुन्छ, आत्मा र शरीरबीच कहिले पनि कुनै विच्छेदन आएको छैन। सत्यको कुन कार्य वा पक्ष व्यक्त भइरहेको छ भन्ने कुराले फरक पर्दैन, तैँले यसलाई जुनसुकै पक्षबाट हेरे तापनि, यो देहमा आत्माको अवस्थिति हो, परमेश्‍वर मानिस बन्नुभएको छ, जसको अर्थ देहले भोगेको सबै कष्ट आत्माले व्यक्तिगत रूपमा भोगिरहनुभएको मानिसको पीडा हो। देह र आत्मालाई फरक तरिकाले कुरा गरिनुहुन्न। देहधारणको सत्यता सबैभन्दा गहन छ र यसलाई साँचो रूपमा जान्नको निम्ति मानिसहरूलाई दश वा बीस वर्ष वा जीवनभरको अनुभव चाहिन्छ।

वसन्त, १९९७

अघिल्लो: देहधारणको महत्त्वको दोस्रो पक्ष

अर्को: परमेश्‍वरमा विश्‍वास गर्ने क्रममा, सत्यता प्राप्त गर्नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्