1085 परमेश्वर मानवजातिले सत्यता पछ्याओस् र बाँचोस् भन्ने चाहनुहुन्छ
१
मानिसले किन सत्यताको खोजी गर्नैपर्छ? सबैभन्दा महत्त्वपूर्ण कारण के हो भने, परमेश्वरको लागि, सत्यता पछ्याउने कार्य उहाँको व्यवस्थापन, मानवजातिप्रतिको उहाँको अपेक्षा, र मानवजातिप्रति उहाँले गर्नुभएको आशासँग सम्बन्धित छ। यो परमेश्वरको व्यवस्थापन योजनाको एउटा भाग हो। तँ जोसुकै भए 'नि र तैँले परमेश्वरमा विश्वास गरेको जति समय भए नि, यदि तँ सत्यता पछ्याउँदैनस् वा यसलाई प्रेम गर्दैनस् भने, तँ अवश्य नै अन्तमा हटाइने व्यक्ति बन्नेछस्। यो कुरा स्पष्ट छ।
२
परमेश्वरले तीन चरणको काम गर्नुहुन्छ; उहाँले मानवजातिको सृष्टि गर्नुभएदेखि नै उहाँसँग व्यवस्थापन योजना थियो, र एकएक गरी यसका चरणहरू उहाँले मानवजातिमा पूरा गर्नुभयो, र मानवजातिलाई चरणबद्ध रूपमा आजको दिनसम्म डोर्याउनुभयो। उहाँले मानवजातिलाई व्यक्त गर्नुहुने सत्यताहरू र भन्नुहुने उहाँका मागका मापदण्डका हरेक पक्षलाई, मानिसभित्र काममा ल्याउने अन्तिम उद्देश्यका लागि, त्यसलाई मानिसको जीवन र वास्तविकता बनाउँदै उहाँले कति परिश्रम गर्नुभएको र कत्रो मूल्य चुकाउनुभएको छ र कति लामो समयसम्म सहनुभएको छ। परमेश्वरको नजरमा, यो अत्यन्तै महत्त्वपूर्ण कुरा हो। उहाँले यस मामलालाई निकै महत्त्वपूर्ण मान्नुहुन्छ।
३
व्यक्तिको क्षमता, उसको उमेर, वा उसले परमेश्वरमा विश्वास गरेको अवधि जे-जति भए पनि, हर व्यक्तिले सत्यता पछ्याउने मार्गमा प्रयास लगाउनुपर्छ। तैँले वस्तुगत तर्कमा जोड दिनु हुँदैन; तैँले सर्तरहित सत्यता पछ्याउनुपर्छ। आफ्ना दिनहरू व्यर्थमा खेर नफाल। यदि तैँले सत्यता पछ्याइलाई जीवनको सबैभन्दा ठूलो कुराको रूपमा लिँदै सोही दिशामा खोजी गर्ने र प्रयास लगाउने गर्छस् भने, तैँले तेरो खोजीमा प्राप्त गरेको र भेटेको सत्यता तैँले इच्छा गरेको जस्तो नहुन सक्छ। तर यदि उहाँले तेरो पछ्याइमा तैँले देखाएको मनोवृत्ति र तेरो इमानदारीको उचित आधारमा तँलाई गन्तव्य दिन्छु भनी भन्नुभयो भने, त्यो कति राम्रो हुनेछ!
४
अहिलेको लागि तेरो गन्तव्य वा परिणाम कस्तो हुनेछ, के हुनेछ र भविष्यले के साँचेर राखेको छ, तँ विपत्तिबाट जोगिन सक्नेछस् र मर्नेछैनस् कि भनी ध्यान नदे—यी कुराहरू माग्ने वा तीबारे सोच्ने नगर्। परमेश्वरका वचन र उहाँका मागहरूमा सत्यता पछ्याउन, आफ्नो कर्तव्य राम्ररी निभाउन, परमेश्वरका अभिप्राय सन्तुष्ट गर्नमा मात्र ध्यान दे, ताकि तैँले परमेश्वरको छ हजार वर्षको प्रतीक्षा र छ हजार वर्षे अपेक्षा अयोग्य प्रमाणित गर्नेछैनस्। उहाँलाई आराम दे, तँमा केही आशा देख्ने तुल्या, तँमा उहाँको कामना साकार हुन दे। मलाई भन्, यदि तैँले त्यसो गरिस् भने के परमेश्वरले तँलाई जथाभावी व्यवहार गर्नुहुनेछ? अनि यदि अन्तिम परिणाम आफूले कामना गरेजस्तो नभएमा, सृष्टि गरिएको प्राणीको रूपमा, व्यक्तिगत योजना नराखी सबथोकमा परमेश्वरका योजनाबद्ध कार्य र बन्दोबस्तमा समर्पित हुनुपर्छ। त्यो सही मानसिकता हो।
—वचन, खण्ड ६। सत्यताको पछ्याइबारे। मानिसले किन सत्यता पछ्याउनै पर्छ