871 परमेश्वरको विनम्रता निकै प्रेमिलो छ
१
परमेश्वरले आफूलाई यस्तो स्तरसम्म विनम्र बनाउनुभएको छ कि उहाँले यी फोहोरी र भ्रष्ट मानिसहरूमा उहाँको काम गर्नुहुन्छ, र मानिसहरूको यस समूहलाई सिद्ध पार्नुहुन्छ। परमेश्वर मानिसहरूको माझमा जिउन र खानपान गर्नका निम्ति, मानिसहरूलाई गोठालो गर्न र मानिसहरूलाई चाहिने कुराहरू आपूर्ति गर्नको निम्ति मात्र देह बन्नुभएको होइन। त्योभन्दा महत्त्वपूर्ण कुरा उहाँले मुक्ति र विजयको आफ्नो शक्तिशाली काम यी असहनीय रूपमा भ्रष्ट मानिसहरूमाथि गर्नुहुन्छ। उहाँ यी सबैभन्दा भ्रष्ट मानिसहरूलाई मुक्ति दिनका लागि ठूलो रातो अजिङ्गरको मुटुमै आउनुभयो ताकि सबै मानिसहरूलाई परिवर्तन गर्न र नयाँ बनाउन सकियोस्।
२
परमेश्वरले सहनुहुने ठूलो कष्ट मात्र देहधारी परमेश्वरले सहने कष्ट होइन, बरु सबैभन्दा बढी त परमेश्वरका आत्माले चरम अपमान सहनुहुन्छ—उहाँले आफैलाई यति धेरै विनम्र बनाउनुहुन्छ र लुकाउनुहुन्छ कि उहाँ एउटा साधारण व्यक्ति बन्नुहुन्छ। परमेश्वर देहधारी हुनुभयो र देहको स्वरूप लिनुभयो ताकि मानिसहरूले उहाँसँग सामान्य मानव जीवन र सामान्य मानवीय खाँचोहरू छन् भनी देख्न सकून। यो कुरा परमेश्वरले आफूलाई निकै हदसम्म विनम्र बनाउनुभएको छ भनी प्रमाणित गर्न पर्याप्त छ। परमेश्वरका आत्मा देहमा साकार हुनुभएको छ। उहाँका आत्मा यति सर्वोच्च र महान् हुनुहुन्छ, तैपनि उहाँ आफ्ना आत्माको काम गर्नका लागि एक साधारण मानिसको, एक नगण्य मानिसको स्वरूप धारण गर्नुहुन्छ।
३
तिमीहरू प्रत्येकको क्षमता, अन्तर्ज्ञान, समझ, मानवता, र जीवनका हिसाबमा, तिमीहरू परमेश्वरको यस प्रकारको काम स्वीकार गर्न साँच्चै लायक छैनौ, र तिमीहरू परमेश्वरले तिमीहरूका खातिर यस्तो कष्ट सहनुको साँच्चै लायक छैनौ। परमेश्वर अत्यन्तै उच्च हुनुहुन्छ। उहाँ निकै हदसम्म सर्वोच्च हुनुहुन्छ, र मानिसहरू निकै हदसम्म तुच्छ छन्, तैपनि उहाँले तिनीहरूमा अझै पनि काम गर्नुहुन्छ। उहाँ केवल मानिसहरूका निम्ति आपूर्ति गर्न, मानिसहरूसँग बोल्न देहधारी बन्नुभएको थिएन, बरु उहाँ त मानिसहरू सँगसँगै जिउनु समेत हुन्छ। परमेश्वर अत्यन्तै विनम्र, अत्यन्तै प्रेमिलो हुनुहुन्छ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। अभ्यासमा ध्यान केन्द्रित गर्नेहरूलाई मात्र सिद्ध तुल्याउन सकिन्छ