851  मानिसका निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ

बाइबलमा वर्णन गरिएको दृश्य “आदमलाई परमेश्‍वरको आज्ञा” हृदयस्पर्शी र हृदयलाई आनन्दित तुल्याउने तस्बीर हो। यसभित्र परमेश्‍वर र मानिस मात्र भएता पनि, उहाँहरू बीचको घनिष्ठताले तिमीहरूमा आह्रिस भर्दछ।

परमेश्‍वरको भरिपूर्ण प्रेम मानिसलाई सित्तैँमा दिइएको छ र यसले मानिसलाई घेर्छ; मानिस निर्दोष र शुद्ध छ, भारमुक्त र निर्धक्क छ, परमेश्‍वरको नजरमुनि आनन्दपूर्वक जिइरहेको छ; परमेश्‍वरले मानिस परमेश्‍वरको सुरक्षा र आशिष्‌मा बस्दा मानिसप्रति चासो देखाउनुहुन्छ; मानिसले गर्ने र भन्‍ने हरेक कुरा परमेश्‍वरसँग छुटाउनै नमिल्‍ने गरी जोडिएका छन् र तिनलाई परमेश्‍वरबाट अलग गर्न सकिन्‍न।

परमेश्‍वरले मानिसलाई सृष्टि गर्नुभएको क्षणदेखि नै ऊप्रति आफ्नो जिम्मेवारी महसुस गर्नुभएको छ। उहाँको जिम्मेवारी के हो? उहाँले मानिसको सुरक्षा गर्नुपर्छ, मानिसको हेरचाह गर्नुपर्छ। मानिसले उहाँका वचनहरूमा भरोसा गर्न र तिनको आज्ञा पालन गर्न सक्छ भन्‍ने कुराको आशा उहाँ गर्नुहुन्छ। यो परमेश्‍वरले मानिसबाट आशा गर्नुभएको पहिलो कुरा पनि हो।

यही आशामा परमेश्‍वर निम्न कुरा भन्‍नुहुन्छ: “तैँले बगैँचाको हरेक रूखबाट स्वतन्त्र रूपमा खान सक्छस्: तर असल र खराबको ज्ञानको रूखबाट तैँले खानु हुँदैन: किनभने तैँले त्यसबाट खाएको दिन तँ निश्‍चय नै मर्नेछस्।” यी सरल वचनहरूले परमेश्‍वरको अभिप्रायको प्रतिनिधित्व गर्छन्। परमेश्‍वरले उहाँको हृदयमा मानिसप्रति चासो देखाउन थाल्‍नुभएको कुरालाई पनि यिनीहरूले प्रकट गर्छन्।

यी केही सरल वचनहरूमा, हामीले परमेश्‍वरको हृदय देख्छौँ। के परमेश्‍वरको हृदयमा प्रेम छ? के त्यहाँ चासो छ? परमेश्‍वरको प्रेम र चासोलाई अनुभूति गर्न मात्र होइन, घनिष्ठ रूपमा महसुस पनि गर्न सकिन्छ। विवेक र मानवता भएको व्यक्तिका रूपमा, तैँले न्यानोपन महसुस गर्ने थिइस्, तैँले वास्ता गरिएको र प्रेम गरिएको महसुस गर्ने थिइस् र तैँले सुख महसुस गर्ने थिइस्।

जब तैँले यी कुराहरू महसुस गर्छस्, तैँले परमेश्‍वरप्रति कस्तो व्यवहार गर्ने छस्? के तैँले परमेश्‍वरप्रति अनुराग महसुस गर्ने थिइस्? के तैँले हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम र सम्मान गर्ने छस्? के तेरो हृदय परमेश्‍वरको नजिक जाने छ? यसबाट तैँले मानिसको निम्ति परमेश्‍वरको प्रेम कति महत्त्वपूर्ण छ भ‍न्‍ने देख्‍न सक्छस्। तर मानिसले परमेश्‍वरको प्रेमलाई अनुभूति गर्नु र बुझ्‍नु अझ महत्त्वपूर्ण छ।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १

अघिल्लो: 850  परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

अर्को: 852  परमेश्‍वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्