830 तैँले अय्यूब र पत्रुसको साक्षी हासिल गर्नुपर्छ
१
सायद तँलाई विजय गरिएको छ भनेर भन्छस् होला, तर के तँ मृत्युसम्म समर्पित हुन सक्छस्? कुनै सम्भावनाहरू भए पनि वा नभए पनि तँ अन्त्यसम्म पछि लाग्नुपर्छ, वातावरण जस्तै भए पनि तैँले परमेश्वरप्रतिको विश्वास गुमाउनु हुँदैन। आखिरीमा, तैँले गवाहीका दुई पक्ष प्राप्त गर्नुपर्छ: अय्यूबको गवाही—मृत्युसम्मको समर्पणता; र पत्रुसको गवाही—परमेश्वरप्रतिको सर्वोच्च प्रेम।
२
एउटा पक्षमा, तँ अय्यूबजस्तै हुनुपर्छ: तिनले सबै भौतिक सम्पत्तिहरू गुमाए, र शरीर पीडाले ढाक्यो, तापनि तिनले यहोवाको नाउँ त्यागेनन्। यो अय्यूबको गवाही थियो। पत्रुसले मृत्युसम्म परमेश्वरलाई प्रेम गर्न सके। जब तिनलाई क्रूसमा टाँगियो र तिनले मृत्युको सामना गरे, त्यस बेला पनि तिनले परमेश्वरलाई प्रेम गरिरहे; तिनले आफ्नै सम्भावनाहरूको बारेमा सोचेनन् वा सुन्दर आशा वा असाधारण विचारहरूको पछि लागेनन्, तिनी केवल परमेश्वरलाई प्रेम गर्नु र परमेश्वरका सबै प्रबन्धहरूमा समर्पित हुनुको पछि लागे। यो स्तर हासिल गरेपछि मात्रै तैँले गवाही दिएको भनेर मानिनेछ, त्यसपछि मात्र तँ विजय गरिसकिएपछि सिद्ध पारिएको व्यक्ति बन्छस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। विजयको कामको भित्री सत्यता (२)