798  साँचो विश्‍वास केवल परमेश्‍वरलाई चिनेर आउँछ

कामको यो चरणमा, परमेश्‍वर मुख्य रूपमा बोल्नुहुन्छ। चिन्‍हहरू र अचम्‍मका कामहरू हेर्ने प्रतीक्षा नगर्; तैँले कुनै त्यस्तो काम देख्‍नेछैनस्! किनभने तँ अनुग्रहको युगमा जन्‍मेको थिइनस्। यदि तँ त्यो बेला जन्‍मेको थिइस् भने, तैँले चिन्‍हहरू र आश्‍चर्यकर्महरू देख्‍न सक्थिस्, तर तँ आखिरी दिनहरूको समयमा जन्‍मेको थिइस्, त्यसैले तैँले परमेश्‍वरको व्यावहारिकता र सामान्यता मात्र देख्‍न सक्छस्। आखिरी दिनहरूमा अलौकिक येशूलाई हेर्ने अपेक्षा नगर्। तैँले व्यावहारिक देहधारी परमेश्‍वरलाई मात्रै देख्‍नेछस्, जो कुनै सामान्य मानवजातिभन्दा फरक हुनुहुन्‍न। हरेक युगमा, विभिन्‍न कार्यहरूलाई परमेश्‍वरले प्रकाश गर्नुहुन्छ। हरेक युगमा, परमेश्‍वरले आफ्ना कार्यहरूका केही भागलाई प्रकाश गर्नुहुन्छ, र हरेक युगको कामले परमेश्‍वरको स्वभाव र परमेश्‍वरका कार्यहरूको एउटा-एउटा भागलाई प्रतिनिधित्व गर्छ। उहाँले प्रकाश गर्नुहुने कार्य उहाँ जुन युगमा काम गर्नुहुन्छ त्यो युगअनुसार फरक हुन्छ, तर ती सबैले नै मानिसलाई परमेश्‍वरको बारेमा अझ गहन ज्ञान दिन्छन्, परमेश्‍वरमाथिको अझ साँचो र अझ व्यावहारिक विश्‍वास दिन्छन्।

आज, परमेश्‍वरमाथिको मानिसको विश्‍वासको कारण उहाँका धेरै कार्यहरू र उहाँले गर्नुहुने कामको ठूलो मात्रा र उहाँले बोल्नुहुने धेरै तरिकाहरू नै हुन्। मानिसलाई विजय गर्न र उसलाई सिद्ध पार्न परमेश्‍वरले आफ्‍ना वाणीहरूको प्रयोग गर्नुहुन्छ। परमेश्‍वरका धेरै कार्यहरूको कारणले मानिसले परमेश्‍वरमा विश्‍वास गरेको हो, उहाँले चिन्‍हहरू र अचम्‍मका कामहरू देखाउन सक्‍नुहुन्छ भनेर होइन; उहाँका कार्यहरू देखेर मात्रै मानिसहरूले उहाँलाई बुझ्न सक्छन्। परमेश्‍वरका व्यावहारिक कार्यहरू, उहाँले कसरी काम गर्नुहुन्छ, उहाँले कस्ता बुद्धिमानी तरिकाहरू प्रयोग गर्नुहुन्छ, उहाँले कसरी बोल्नुहुन्छ, र उहाँले कसरी मानिसलाई सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा जानेर मात्रै—यी पक्षहरू जानेर मात्रै—तैँले परमेश्‍वरको व्यावहारिकता बोध गर्न र उहाँको स्वभाव बुझ्न सक्छस्, र उहाँले के मन पराउनुहुन्छ, उहाँले के कुरालाई घृणा गर्नुहुन्छ, र मानिसमा उहाँले कसरी काम गर्नुहुन्छ भनी बुझ्न सक्छस्। परमेश्‍वरका मन पर्ने र नपर्ने कुराहरू बुझेर, तैँले कुन सकारात्मक र कुन नकारात्मक हो भनी छुट्ट्याउन सक्छस्, र परमेश्‍वरसम्‍बन्धी तेरो ज्ञानद्वारा तेरो जीवनमा प्रगति हुन्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। आज परमेश्‍वरको कामलाई बुझ्‍नु

अघिल्लो: 796  परमेश्‍वरको स्वभाव जान्नुको प्रभाव

अर्को: 800  यदि कसैले परमेश्‍वरलाई चिनेमा मात्र ऊ परमेश्‍वरको डर मान्न र दुष्टताबाट अलग बस्न सक्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्