157  देहधारी मानिसको पुत्र स्वयम् परमेश्‍वर हुनुहुन्छ

जब परमेश्‍वरको ईश्‍वरत्व मानिसहरूले देख्न र छुन सकिने प्रकारले सामान्य देहमा साकार भयो, तब उहाँ मानिसको अनुभूतिमा साक्षात् र ओझेल भइरहनुहुन्छ वा तिनीहरू उहाँ नजिक जान सक्दैनन् भनी तिनीहरूले महसुस गर्न छोडे। यस विपरीत, तिनीहरूले मानिसको पुत्रको हरेक चाल, वचन र कामद्वारा परमेश्‍वरका अभिप्रायलाई बोध गर्ने वा उहाँको ईश्‍वरत्वलाई बुझ्ने प्रयास गर्न सके। देहधारी मानिसको पुत्रले परमेश्‍वरको ईश्‍वरत्वलाई आफ्नो मानवताद्वारा व्यक्त गर्नुभयो र मानवजातिकहाँ परमेश्‍वरका अभिप्राय पुऱ्याउनुभयो। अनि परमेश्‍वरका अभिप्रायहरू तथा स्वभावलाई व्यक्त गरेर, उहाँले आत्मिक क्षेत्रमा बास गर्नुहुने परमेश्‍वरलाई मानिसहरूकहाँ प्रकट पनि गरिदिनुभयो, जसलाई देख्न वा छुन सकिँदैन। मानिसहरूले जे देखे, त्यो भौतिक स्वरूपमा देह र रगतले बनेको परमेश्‍वर स्वयम्‌ हुनुहुन्थ्यो। त्यसैले, देहधारी मानिसको पुत्रले परमेश्‍वर स्‍वयम्‌को पहिचान, परमेश्‍वरको हैसियत, स्वरूप, स्वभाव अनि उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ त्यसलाई ठोस र मानवीय बनाउनुभयो। मानिसको पुत्रले उहाँको मानवता र उहाँको ईश्‍वरत्व दुवैमा परमेश्‍वर स्‍वयम्‌को पहिचान तथा हैसियतलाई प्रतिनिधित्व गर्नुभएको कुरालाई हामी इन्कार्न सक्दैनौँ।

तथापि, यस समयावधिमा परमेश्‍वरले देहद्वारा काम गर्नुभयो, देहको दृष्टिकोणबाट बोल्नुभयो, अनि मानिसको पुत्रको पहिचान र हैसियतमा मानवजातिको सामु उभिनुभयो र यसले मानिसहरूलाई परमेश्‍वरले मानवजातिमाझ दिनुभएका व्यावहारिक वचनहरू तथा कामको सम्पर्कमा आउने र तिनलाई अनुभव गर्ने अवसर दियो। यसले मानिसहरूलाई नम्रताको बीचमा उहाँको ईश्‍वरत्व तथा उहाँको महानताको अन्तर्ज्ञान पाउने साथै परमेश्‍वरको प्रामाणिकता तथा व्यावहारिकताबारे प्रारम्भिक बुझाइ तथा परिभाषा प्राप्त गर्ने पनि तुल्यायो। परमेश्‍वर जुनसुकै रूपमा देखा पर्नुभए पनि, उहाँले जुनसुकै दृष्टिकोणबाट बोल्नुभए पनि, वा उहाँले जुनसुकै स्वरूपमा मानवजातिको सामना गर्नुभए पनि, परमेश्‍वरले अरू केहीलाई होइन, तर आफैलाई प्रतिनिधित्व गर्नुहुन्छ। उहाँले अरू कुनै मानवलाई प्रतिनिधित्व गर्नु, वा भ्रष्ट मानवजातिमध्ये कसैलाई प्रतिनिधित्व गर्नु असम्भव छ। परमेश्‍वर, परमेश्‍वर स्वयम्‌ नै हुनुहुन्छ र यसलाई इन्कार गर्न सकिँदैन।

—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३

अघिल्लो: 156  ख्रीष्ट व्यक्त गर्नुहुन्छ आत्मा के हो

अर्को: 162  परमेश्‍वर सुटुक्क हामीमाझ आउनुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्