119 आखिरी दिनहरू दौरान चीनमा परमेश्वरको विजयको कामको महत्त्व
१
यहोवाको काम संसारको सृष्टि गर्नु थियो, त्यो सुरुआत थियो; आखिरी दिनहरूमा कामको यो चरण कामको समाप्ति हो, अनि यो निष्कर्ष हो। सुरुमा, परमेश्वरको काम इस्राएलका चुनिएका मानिसहरूको माझमा गरिएको थियो, यो सबै ठाउँहरूमध्ये सबैभन्दा पवित्र स्थानमा नयाँ युगको शुभारम्भ थियो। कामको अन्तिम चरण संसारको न्याय गर्न र युगको अन्त्य गर्न सबै देशहरूमध्ये सबैभन्दा अशुद्ध देशमा गरिन्छ। जब यो सबैभन्दा अशुद्ध र अन्धकार ठाउँका मानिसहरूलाई विजय गरिएको हुन्छ, अनि सारा जनसङ्ख्याले परमेश्वर हुनुहुन्छ भनी स्वीकार गर्छन्, जो साँचो परमेश्वर हुनुहुन्छ, र हरेक व्यक्ति पूर्ण रूपमा विश्वस्त भएपछि त्यही तथ्यलाई सारा ब्रह्माण्डमा विजयको काम गर्नको निम्ति प्रयोग गरिनेछ। यो चरणको काम प्रतीकात्मक हुन्छ: यो युगको काम समाप्त भएपछि छ हजार वर्षको व्यवस्थापन काम पूर्ण रूपमा समाप्त हुनेछ।
२
सबैभन्दा अन्धकार ठाउँमा रहेका सबै मानिसहरूलाई विजय गरिसकेपछि, अरू ठाउँमा पनि यस्तै हुनेछ भन्नेमा कुनै शङ्का छैन। तसर्थ चीनमा गरिएको विजयको कामले मात्र अर्थपूर्ण प्रतीक बोक्दछ। चीन अन्धकारका सबै शक्तिहरूको मूर्तरूप हो, अनि चीनका मानिसहरूले ती सबैको प्रतिनिधित्व गर्छन्, जो देहका, शैतानका र मासु र रगतका हुन्। ठूलो रातो अजिङ्गरद्वारा अति भ्रष्ट भएकाहरू, परमेश्वरको सबैभन्दा बढी प्रतिरोध गर्नेहरू, मानवता अति नै नीच र अशुद्ध भएकाहरू चीनका मानिसहरू नै हुन्, यसैले तिनीहरू सारा भ्रष्ट मानवजातिको मुख्य नमुना हुन्। चीनका मानिसहरूलाई एउटा उदाहरण बनाइएको मात्र हो, अनि जब तिनीहरूलाई विजय गरिन्छ तिनीहरू आदर्श र नमुनाहरू बन्नेछन्, र अरूका निम्ति उदाहरणका रूपमा काम गर्नेछन्।
३
परमेश्वरले किन सधैँ तिमीहरू उहाँको व्यवस्थापन योजनाको एक सहायक हौ भनेर भन्नुभएको छ? चीनका मानिसहरूमा भ्रष्टता, अशुद्धता, अधार्मिकता, विरोध र विद्रोह सबैभन्दा पूर्ण रूपमा देखिएका छन् र ती विभिन्न स्वरूपमा प्रकाश भएका छन्। एकातिर, तिनीहरू कम क्षमताका छन् भने अर्कोतिर तिनीहरूका जीवन र मानसिकता पछौटे छ, र तिनीहरूका आनीबानी, सामाजिक वातावरण, जन्मेको परिवार—सबै गरिब र सबैभन्दा पछौटे छन्। तिनीहरूको हैसियत पनि निकै तल्लो स्तरको छ। यो ठाउँको काम प्रतीकात्मक हो, अनि यो परीक्षण काम पूर्णतः गरिएपछि, परमेश्वरले गर्नुहुने त्यसपछिको काम धेरै सहज हुनेछ। एकपटक कामको यो चरण सम्पन्न भए पछि, ब्रह्माण्डभरिको विजयको काम पूर्ण समापनमा आएको हुनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। परमेश्वरको कामको दर्शन (२)