49 सारा पृथ्वी रमाउँछ र परमेश्वरको प्रशंसा गर्छ
१
ब्रह्माण्ड र यावत् थोकमाथि शासन गर्नुहुने एक मात्र साँचो परमेश्वर—सर्वशक्तिमान् परमेश्वर, आखिरी दिनहरूका ख्रीष्ट! यो पवित्र आत्माको गवाही, निर्विवाद प्रमाण हो! पवित्र आत्माले जताततै गवाही दिन काम गरिरहनुभएको छ, ताकि कोही पनि शङ्कामा नहोऊन्। विजयी राजा, सर्वशक्तिमान् परमेश्वर! उहाँ संसारमाथि विजयी हुनुभएको छ, उहाँ पापमाथि विजयी हुनुभएको छ, र उहाँले आफ्नो छुटकाराको काम पूरा गर्नुभएको छ। उहाँले शैतानद्वारा भ्रष्ट तुल्याइएका मानिसहरूको यो समूह, हामीलाई मुक्ति दिनुभएको छ, र उहाँको इच्छा पछ्याउनको लागि हामीलाई पूर्ण पार्नुभएको छ। सारा पृथ्वीले उच्च सोरमा हर्षोल्लास गर्छ! यसले विजयी राजाको—सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छ! सदासर्वदा! तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ। ब्रह्माण्डका महान राजालाई नै अख्तियार र महिमा होस्।
२
उहाँले पृथ्वीमा शासन गर्नुहुन्छ र यो भूमिलाई फेरी कब्जा गर्नुहुन्छ, र शैतानलाई अतल कुण्डमा लखेट्नुहुन्छ। उहाँले संसारलाई न्याय गर्दै हुनुहुन्छ, र उहाँको हातबाट कोही पनि उम्कन सक्दैन। उहाँले राजाको रूपमा शासन गर्नुहुन्छ। सारा पृथ्वीले उच्च सोरमा हर्षोल्लास गर्छ! यसले विजयी राजाको—सर्वशक्तिमान् परमेश्वरको प्रशंसा गर्छ! सदासर्वदा! तपाईं आदर र प्रशंसाका योग्य हुनुहुन्छ। ब्रह्माण्डका महान राजालाई नै अख्तियार र महिमा होस्।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। प्रारम्भमा ख्रीष्टका वाणीहरू, अध्याय २७