22 जब पृथ्वीमा राज्य साकार हुन्छ
जब पृथ्वीमा सिनिम साकार हुन्छ—जब राज्य साकार हुन्छ—त्यस उप्रान्त पृथ्वीमा फेरि युद्ध हुनेछैन; तब फेरि कहिल्यै पनि अनिकाल, महामारी, र भूकम्पहरू हुनेछैनन्; मानिसले हतियारहरू उत्पादन गर्न छोड्नेछन्; सबै जना शान्ति र स्थिरतामा जिउनेछन्; र मानिसहरूमाझ सामान्य व्यवहार हुनेछ, र देशहरूबीच सामान्य व्यवहार हुनेछ। तापनि त्यससँग वर्तमान समयको कुनै तुलना हुँदैन। आकाशमुनिका सबै थोक कोलाहलमा छन्, र हरेक देशमा बिस्तारै सत्ताकब्जा हुन थालेको छ। परमेश्वरका वाणीहरूको फलस्वरूप मानिस बिस्तारै परिवर्तन हुँदैछन्। र आन्तरिक रूपमा प्रत्येक देश बिस्तारै ध्वस्त हुँदैछ। बेबिलोनका स्थिर जगहरू बालुवाको महलजस्तै हल्लिन थाल्छन् र परमेश्वरका अभिप्रायहरू परिवर्तन हुँदै जाँदा थाहै नपाई संसारमा ठूला परिवर्तनहरू हुन्छन्, अनि कुनै पनि समय हरप्रकारका चिह्नहरू देखा पर्छन्, त्यसले मानिसलाई संसारको अन्तिम दिन आइपुगेको देखाउँछन्! परमेश्वरको योजना यही हो; उहाँले काम गर्नुहुने चरणहरू यिनै हुन्, र प्रत्येक देश निश्चय टुक्रा-टुक्रा हुनेछ। पुरानो सदोम दोस्रो पटक नाश हुनेछ, र त्यसैले परमेश्वर भन्नुहुन्छ, “संसार पतन भइरहेको छ! बेबिलोन पक्षाघातको चपेटामा छ!”
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सम्पूर्ण ब्रह्माण्डको लागि परमेश्वरका वचनहरूका” रहस्यहरूको अर्थ-अनुवादहरू, अध्याय २२ र २३