815 तिमीहरूले परमेश्‍वरको इच्छा बुझ्नुपर्छ

पद १

तिमीहरूले आज जे पाएका छौ,

त्यो युगौँदेखिका प्रेरित र अगमवक्ता,

मोशा र पत्रुसको प्राप्ति भन्दा पनि महान् छ।

आशिष् एक-दुई दिनमा पाउन सकिँदैनन्,

ठूलो त्यागद्वारा कमाउनुपर्छ।

तिमीहरूमा शोधन गरिएको प्रेम, ठूलो विश्‍वास हुनैपर्छ।


कोरस १

र उहाँले तिमीहरूले प्राप्त गर

भनी चाहनुभएका धेरै

सत्यता हुनैपर्छ; त्रसित होइन, दृढ भई,

न्याय तर्फ फर्कनैपर्छ, उहाँप्रति मृत्युसम्मै

स्थिर रहने प्रेम हुनैपर्छ। संकल्प हुनैपर्छ,

जीवनको स्वभावमा परिवर्तन हुनैपर्छ,

भ्रष्टता निको हुनैपर्छ,

सब योजनाबद्ध कार्य गुनासोबिना

स्वीकार्नैपर्छ, मृत्युसम्मै आज्ञाकारी होऔ।

तिमीहरूले पाउनुपर्ने कुरा,

उहाँको कामको अन्तिम लक्ष्य, र यस मानिसको

समूहबाट उहाँको माग यही हो,

उहाँको कामको अन्तिम लक्ष्य, र यस मानिसको

समूहबाट उहाँको माग यही हो।


पद २

उहाँले नै तिमीहरूलाई

दिनुहुने भएकोले, तिमीहरूबाट

उचित माग पक्कै गर्नुहुनेछ। यसले बारम्बार देखाँउछ

कि उहाँले उच्च मापदण्ड र कडा

माग तय गर्ने काम गर्नुहुन्छ।

त्यसैले उहाँप्रतिको विश्‍वासले भरिनुपर्छ।


कोरस २

संक्षिप्तमा, उहाँ सब काम तिमीहरूकै निम्ति गर्नुहुन्छ,

ताकि तिमीहरू उहाँको उत्तराधिकार

प्राप्त गर्न योग्य होऔ।

यो उहाँको महिमाको निम्ति भन्दा बढी

तिमीहरूको मुक्ति, अशुद्ध भूमिमा गहन पीडामा

परेका मानिसको यस समूहलाई

सिद्ध पार्नको निम्ति हो।

तिमीहरूले उहाँको इच्छा बुझ्नुपर्छ।

अन्तर्ज्ञान र समझ

नभएका धेरै अज्ञानी मानिसलाई उहाँ सल्लाह दिनुहुन्छ:

उहाँको परिक्षा नगर, अब प्रतिरोध नगर।


पद ३

परमेश्‍वरले कसैले नभोगेको कष्ट भोग्नुभएको छ,

मानिसको सट्टा झन् ठूलो अपमान सहनुभएको छ।

अरू के के त्याग्न सक्तैनौ?

परमेश्‍वरको इच्छाभन्दा महत्वपूर्ण के हुनसक्छ?

उहाँको प्रेमभन्दा उच्च के हुनसक्छ?


कोरस ३

यो अशुद्ध भूमिमा

परमेश्‍वरलाई आफ्नो काम गर्न यसै त गाह्रो छ;

मानिसले जानाजानी अपराध गरेमा,

परमेश्‍वरको काम लम्बिनुपर्ने हुनेछ।

उहाँ समयले बाँधिनुहुन्न;

उहाँ समयले बाँधिनुहुन्न;

सबभन्दा पहिला उहाँको काम र महिमा आउँछन्।

त्यसैले, चाहे जतिसुकै समय

लागेपनि, आफ्नो कामको लागि जुनसुकै मोल तिर्नुहुनेछ, जुनसुकै मोल।

परमेश्‍वरको स्वभाव यही हो:

काम पूरा नभएसम्म उहाँ विश्राम गर्नुहुनेछैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “के परमेश्‍वरको कार्य मानिसले सोचे झैँ सरल छ र?” बाट परिमार्जित

अघिल्लो: 812 पत्रुसले परमेश्‍वरलाई व्यावहारिक रूपमा चिन्ने कुरामा ध्यान केन्द्रित गरे

अर्को: 816 परमेश्‍वरको गवाही दिनु मानिसको कर्तव्य हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्