737 मानिससँग परमेश्‍वरको डर मान्ने हृदय हुनुपर्छ

शुरुवात

परमेश्‍वरको सारमा प्रेम छ र उहाँ

हरेकलाई कृपा देखाउनुहुन्छ।

तर मानिसले उहाँको सारमा मर्यादा छ

भनी बेवास्ता गरेका छन्।

उहाँको प्रेमको अर्थ मानिसले

भावना नउक्साई उहाँलाई चिढ्याउन सक्छ वा

उहाँको कृपाको अर्थ उहाँले तिनलाई व्यवहार गर्ने

तरिकामा सिद्धान्त छैन भन्ने होइन।


पद १

उहाँ जीवित, वास्तविक हुनुहुन्छ।

त्यसैले, सधैँ उहाँको आवाज सुन्नुपर्छ,

मनोवृत्तिलाई नजिकबाट नियाल्नुपर्छ।

कल्पनाले उहाँलाई परिभाषित नगर,

मानव सोच उहाँमा नथोप,

उहाँले मानिसलाई मानवले जस्तै व्यवहार गर्ने नतुल्याऊ।


पद २

नत्र उहाँलाई रिस उठाउनेछौ,

मर्यादालाई चुनौती दिनेछौ, क्रोध निम्त्याउनेछौ।

यो मामला कति गम्भीर छ जान।

उहाँ हरेकलाई सावधानीपूर्वक व्यवहार गर्न,

आफ्नो बोलीमा सावधान रहन आग्रह गर्नुहुन्छ।


ब्रिज १

उहाँलाई व्यवहार गर्ने सन्दर्भमा,

जति विवेकी हुन्छौ, त्यति तिम्रो लागि राम्रो।

उहाँको मनोवृत्ति नजान्दा,

हतारमा कार्य गर्ने, बोल्ने काम नगर।

त्यत्तिकै लेबल नलगाऊ।

र निष्कर्षमा हाम फालिनहाल।

बरू, पर्खन, खोज्न सिक, जसले

उहाँको डर मान्छौ भनी देखाउँछ।


पद ३

यी कुरा गर्न र यो मनोवृत्ति

राख्न सकेमा, तिम्रो मूर्खता

र अज्ञानताको लागि वा घटनापछाडिका कारण

बुझ्न नसकेकोमा उहाँले

तिमीलाई दोष लगाउनुहुनेछैन।


पद ४

उहाँलाई चिढ्याउन डराउने,

पालन गर्न खोज्ने भएकोले,

उहाँले सधैँ तिमीलाई याद राख्नुहुनेछ,

अन्तर्दृष्टि दिनुहुनेछ।

तिम्रो अज्ञानता र अपरिपक्वता सहनुहुनेछ।


ब्रिज २

तर अनादरकारी भई उहाँलाई मूल्याङ्कन,

उहाँका विचार अनुमान गरेमा

दोषी ठहराउनु र दण्ड दिनुहुनेछ,

वा तिम्रो परिणामबारे केही भन्नुहुनेछ।


पद ५

उहाँ जोड दिनुहुन्छ: उहाँबाट

आउने सबथोकमा सावधान होऊ,

के भन्छौ, गर्छौ भनी ख्याल गर।

बोल्नुअघि रोकिएर सोच:

के मेरो कार्यले उहाँलाई रिस उठाउनेछु?

के म उहाँप्रति आदरयुक्त छु?


अन्त्य

सामान्य कुरामा पनि,

यी प्रश्न मनन गर्न खोज, र यी बारे अझै सोच।

यी सिद्धान्त सधैँ र विशेष गरी

केही कुरा नबुझ्दा अभ्यास गरेमा, सधैँ तिमीलाई

पछ्याउने मार्ग सहित मार्गदर्शन गर्नुहुनेछ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको स्वभाव अनि उहाँको कामले हासिल गर्ने नतिजाहरूलाई कसरी चिन्ने” बाट परिमार्जित

अघिल्लो: 730 परमेश्‍वरको अख्तियारमा कसरी समर्पित हुने

अर्को: 738 परमेश्‍वरलाई सन्तुष्ट पार्न तिमीले उहाँको मापदण्ड हेर्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्