260 म परमेश्वरलाई मेरो हृदयमा प्रेम गर्न मात्र चाहन्छु
पद १
हे परमेश्वर! अरूले मलाई राम्रो
व्यवहार गरून्, सहून्,
बुझून् वा स्वीकार गरून् भनी म चाहन्न।
म यो मात्रै चाहन्छु
कि म हृदयमा तपाईँलाई प्रेम गरूँ,
मेरो अन्तस्करण शुद्ध होस्
र मेरो हृदय निश्चिन्त होस्।
कोरस
मेरो प्रेमको आधारमा
तपाईँको निम्ति कार्य गर्न चाहन्छु;
साँचो हृदय र सत्यताले
तपाईँँको सेवा गर्न चाहन्छु।
बाँचुन्जेल तपाईँको इच्छा
गर्न बाहेक अरू केही चाहन्न,
र जे गर्छु, तपाईँको इच्छा
अनुसार गर्न चाहन्छु।
पद २
अरूले मेरो प्रशंसा गरून्,
मलाई उच्च मानून् भनी म चाहन्न;
मेरो हृदयदेखि तपाईँलाई सन्तुष्ट पार्न सकूँ,
र सत्यता अभ्यास गर्न सकूँ भनी चाहन्छु,
ताकि म तपाईँलाई सन्तुष्ट पार्न सकूँ।
कोरस
मेरो प्रेमको आधारमा
तपाईँको निम्ति कार्य गर्न चाहन्छु;
साँचो हृदय र सत्यताले
तपाईँँको सेवा गर्न चाहन्छु।
बाँचुन्जेल तपाईँको इच्छा
गर्न बाहेक अरू केही चाहन्न,
र जे गर्छु, तपाईँको इच्छा
अनुसार गर्न चाहन्छु।
ब्रिज
पूरै वफादारी साथ, आफ्नो कर्तव्य पूरा गर्छु,
म कम क्षमताको र मूर्ख भए पनि,
तपाईँ प्रेमिलो हुनुहुन्छ भनी जान्दछु,
र तपाईँलाई मेरो सब दिन तयार छु।
कोरस
मेरो प्रेमको आधारमा
तपाईँको निम्ति कार्य गर्न चाहन्छु;
साँचो हृदय र सत्यताले
तपाईँँको सेवा गर्न चाहन्छु।
बाँचुन्जेल तपाईँको इच्छा
गर्न बाहेक अरू केही चाहन्न,
र जे गर्छु, तपाईँको इच्छा
अनुसार गर्न चाहन्छु।