804 परमेश्वरलाई चिनेर प्राप्त हुने परिणाम
पद १
एक दिन, बुझ्नेछौ कि सृष्टिकर्ता पहेली हुनुहुन्न,
तिमीबाट कहिल्यै लुक्नुभएको छैन,
अनुहार लुकाउनुभएको छैन;
तिमीबाट कत्ति पनि टाढा हुनुहुन्न।
उहाँ अब तिमीले दिनरात तृष्णा गर्ने तर तिम्रा
भावनाले भेट्न नसक्ने हुनुहुन्न।
तिम्रो छेउमा पहरा दिनुभई उभिनुभएको छ,
जीवन आपूर्ति, नियति नियन्त्रण गर्दै हुनुहुन्छ।
कोरस
उहाँ टाढा क्षितिजमा हुनुहुन्न,
बादलमा लुक्नुभएको छैन।
तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।
तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।
पद २
यस्तो परमेश्वरले तिमीलाई उहाँको कदर, प्रशंसा गर्ने,
उहाँसँग टाँसिने, उहाँलाई गुमाउन डर मान्ने,
उप्रान्त पिठ्यूँ नफर्काउने,
अवज्ञा, बेवास्ता नगर्ने, नटाढिने अनुमति दिनुहुन्छ।
तिमी उहाँको वास्ता गर्न, उहाँलाई पालन गर्न,
तिमीलाई दिनुहुने सब तिर्न,
प्रभुत्वमा समर्पित हुन मात्र चाहन्छौ।
उप्रान्त उहाँको मार्गदर्शन, आपूर्ति,
हेरचाह, सुरक्षा इन्कार गर्दैनौ।
कोरस
उहाँ टाढा क्षितिजमा हुनुहुन्न,
बादलमा लुक्नुभएको छैन।
तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।
तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।
पद ३
उप्रान्त उहाँको सार्वभौमिकता र
प्रबन्ध प्रतिरोध गर्दैनौ।
उहाँलाई पछ्याउन, उहाँसँग हुन मात्र चाहन्छौ;
उहाँलाई आफ्नो एकमात्र जीवन, प्रभु र
परमेश्वरको रूपमा स्वीकार गर्न चाहन्छौ।
कोरस
उहाँ टाढा क्षितिजमा हुनुहुन्न,
बादलमा लुक्नुभएको छैन।
तिम्रो छेउमै, तिम्रो सबमाथि शासन गर्दै हुनुहुन्छ।
तिम्रो सबथोक, तिम्रो एकमात्र हुनुहुन्छ।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित