आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (२)

धारणाहरूको विषयमा, हामीले पछिल्लोपटक तीन बुँदाहरूमा सङ्गति गरेका थियौँ: पहिलो परमेश्‍वरमाथिको विश्‍वासबारेका धारणाहरू थियो, दोस्रो देहधारणबारेका धारणाहरू थियो, र तेस्रो परमेश्‍वरको कामबारेका धारणाहरू थियो। हामीले प्रथम दुई बुँदाहरू छलफल गरेर सकिसकेका छौं, र तेस्रो बुँदाको विषयमा केही आधारभूत अवधारणात्मक विषयवस्तुबारे कुरा गरेका छौँ। यो बुँदासँग सम्बन्धित धारणाहरू, वा यी धारणाहरूसँग सम्बन्धित विषयवस्तुको सन्दर्भमा, के तिमीहरूले यी धारणाहरू र यो सत्यतासँग सम्बन्धित अन्य विषयवस्तुहरू के-के हुन् भनेर ध्यानपूर्वक विचार गर्‍यौ? कुनै पनि सत्यता त्यसको शाब्दिक अर्थजत्तिकै सरल हुँदैन; ती सबैभित्र तिनको आफ्नै वास्तविक अर्थ लुकेको हुन्छ, र ती सबै नै मानिसहरूको जीवन प्रवेश, साथै तिनीहरूको दैनिक जीवनका सबै पक्षहरू र परमेश्‍वरमाथिको विश्‍वाससँग सम्बन्धित हुन्छन्। त्यसकारण, सत्यताको यो पक्षबारे के तिमीहरूले आफ्नो दैनिक जीवनबाट कुनै विषयवस्तु पत्ता लगाएका छौ? जब तिमीहरूले सत्यताको यो पक्षसँग सम्‍बन्धित सङ्गतिहरू सुन्छौ, तब तिमीहरूले शाब्दिक अर्थमा यसको केही भाग मात्र बुझ्न सक्छौ, र स्पष्ट धारणाहरूबारे केहीकेही समझ प्राप्त गर्छौ। त्यसपछि, थप चिन्तन, प्रार्थना र खोजी, अनि आफ्नो अनुभवको आधारमा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग सङ्गति गर्दा, तिमीहरू केही अलि गहन र अलि व्यावहारिक बुझाइ प्राप्त गर्न सक्षम हुनुपर्छ। यी तीन सत्यताहरूलाई शाब्दिक अर्थमा हेर्दा, कुन सत्यता मानिसहरूको भ्रष्ट स्वभाव, परमेश्‍वरको स्वभावबारे तिनीहरूको बुझाइ र तिनीहरूको व्यावहारिक प्रवेशसँग सबैभन्दा बढी सम्‍बन्धित छ? कुन सत्यता सबैभन्दा गहन र प्रगाढ छ? (तेस्रो सत्यता।) तेस्रो सत्यता अलि बढी गहन छ। पहिलो परमेश्‍वरमाथिको विश्‍वासबारेका धारणाहरू थियो, र यी धारणाहरू एकदम स्पष्ट र सतही कुराहरू हुन्; दोस्रो देहधारणबारेका धारणाहरू थियो, जसमा मानिसहरूले देख्‍न र बुझ्न सक्‍ने र तिनीहरूले जीवनमा भोग्‍ने र मनन गर्ने केही विषयवस्तु पर्छन्; तेस्रो परमेश्‍वरको कामबारेका धारणाहरू थियो, जुन मानिसहरूको भ्रष्ट स्वभावसँग सम्बन्धित छ—यो अन्तिम सत्यता अलिक बढी गहन छ। त्यसोभए परमेश्‍वरको कामबारेका धारणाहरू वास्तवमा के हुन् त? परमेश्‍वरको कामबारे मानिसहरूमा के-कस्ता धारणाहरू हुन्छन्? तिनीहरूले यी धारणाहरूलाई कसरी बुझ्नु र सम्हाल्नुपर्छ, र तिनीहरूले तिनलाई कसरी समाधान गर्नुपर्छ? आजको सङ्गतिको विषयवस्तु यही हो।

जब परमेश्‍वरको कामबारेका मानिसहरूका धारणाहरू तिनीहरूको तर्क र मूल्याङ्कन प्रयोग गर्ने अवस्थादेखि परमेश्‍वरलाई मापदण्डहरू दिने, परमेश्‍वरबाट असाधारण इच्छाहरू गर्ने, उहाँप्रति विरोधाभासपूर्ण रहने, र उहाँको कामबारे केही मूल्याङ्कन वा आलोचना गर्ने अवस्थासम्म पुग्छन्, तब यी धारणाहरू दृष्टिकोण वा विश्‍वासमा मात्र सीमित रहँदैनन्, यी त मानिसहरूको भ्रष्ट स्वभावसँग पनि सम्बन्धित हुन्छन्। अनि, यी कुराहरू भ्रष्ट स्वभावहरूसँग सम्बन्धित भएपछि, यो नै मानिसहरूलाई परमेश्‍वरको विरोध गर्न, उहाँलाई आलोचना गर्न, र उहाँलाई धोका दिन लगाउन पर्याप्त हुन्छ। त्यसकारण, यदि परमेश्‍वरबारेका मानिसहरूका धारणाहरू कल्पना र अनुमानहरूभन्दा अगाडि बढेन भने यो ठूलो समस्या होइन। तर यदि यी धारणाहरू बढेर परमेश्‍वरको कामप्रतिका दृष्टिकोण र मनोवृत्तिमा परिवर्तन हुन्छन्, परमेश्‍वरप्रतिका अनुचित मापदण्डहरू वा परमेश्‍वरको आलोचना र निन्दामा परिणत हुन्छन्, वा महत्त्वाकाङ्क्षा, इच्छा, वा अभिप्रायहरूले भरिन्छन् भने, यी साधारण धारणाहरू रहँदैनन्। यी अब साधारण धारणाहरू रहँदैनन् भनेर म किन भन्छु? किनभने यी धारणा र विचारहरू तेरो जीवन प्रवेश, र परमेश्‍वरको कामबारेको तेरो बुझाइसँग, र तैँले परमेश्‍वरको सार्वभौमिकता स्विकार्न र त्यसमा समर्पित हुन सक्छस् सक्दैनस्, र तैँले उहाँलाई आफ्नो सार्वभौम प्रभु र सृष्टिकर्ताको रूपमा पहिचान गर्न सक्छस् सक्दैनस् भन्‍ने कुरासँग सम्बन्धित छन्, र यी सबै कुराहरूले परमेश्‍वरप्रतिको तेरो दृष्टिकोण र मनोवृत्तिमा प्रत्यक्ष असर पार्छन्। यो कुरालाई यसरी हेर्दा, के मानिसहरूमा यी धारणाहरू हुनु गम्भीर समस्या होइन र? (हो।) यी धारणाहरू चिरफार गर्नहेतु, यदि हामीले सैद्धान्तिक दृष्टिकोणबाट चिरफार गर्‍यौँ भने, यी धारणाहरू अलिक अमूर्त, वा तिमीहरूको दैनिक जीवनबाट अलिक टाढा रहेजस्तो देखिन सक्छन्। त्यसकारण, हामी दैनिक जीवनमा वा मानवजातिमाझ देखिने विभिन्‍न प्रकारका मानिसहरूका जिउने अवस्थाहरुबारे, वा तिनीहरूका गन्तव्यहरूबारे, वा जीवनप्रतिका र परमेश्‍वरका सार्वभौमिकता र योजनाबद्ध कार्यहरूप्रतिका तिनीहरूका विभिन्‍न दृष्टिकोण र मनोवृत्तिहरूबारे केही कुरा गरौं, ताकि हामीले मानिसहरूका धारणाहरू चिरफार गर्न र परमेश्‍वरले मानवजातिमाथि कसरी शासन गर्नुहुन्छ र योजनाबद्ध कार्य गर्नुहुन्छ, र परमेश्‍वरको कार्यका वास्तविक परिस्थितिहरू के-के हुन् भनेर तिनीहरूलाई देखाउन सकौँ। यो एउटा यस्तो विषय हो जसमा सङ्गति गर्न त्यति सजिलो छैन। यदि सङ्गति धेरै सैद्धान्तिक भयो भने, मानिसहरूलाई यो खोक्रो लाग्‍नेछ, जबकि यदि यो सानातिना मामिलाहरूसँग धेरै सम्बन्धित भयो वा मानिसहरूको वास्तविक जीवनसँग धेरै नजिक भयो भने, तिनीहरूलाई यो निकै सतही लाग्‍नेछ, र यस्तै यस्तै प्रकारका समस्याहरू हुनेछन्। तर जेजस्तो भए पनि, हामी सीधा र बुझ्न सजिलो तरिकाले, र कथा भनेर यसबारे सङ्गति गरौँ। कथाका पटकथा र पात्रहरू, साथै कथामा प्रतिबिम्बित जीवन दर्शन र मानिसहरूले देख्‍ने घटनाहरूको माध्यमबाट, तिनीहरूले परमेश्‍वरको आफ्नो काम गर्ने केही तरिका र विधिहरू, साथै परमेश्‍वरको काम, उहाँको सार्वभौमिकता र यावत्‌ थोकप्रतिको उहाँको योजनाबद्ध कार्यबारे मानिसहरूले वास्तविक जीवनमा राखेका भ्रमित विचारहरू वा तिनीहरूले पक्रिराखेका केही गलत कुराहरू बुझ्न सक्छन्—यसरी सङ्गति गर्दा मानिसहरूलाई कुरा बुझ्न केही हदसम्म सजिलो हुन्छ।

अब, कथा यस्तो छ। एउटी सानी केटी एउटा परिवारमा जन्मेकी थिई, र त्यो परिवार त्यति धनी थिएन। ऊ सानै छँदादेखि उसको एउटा इच्छा थियो: उसले जीवनमा धनी वा सम्‍पन्‍न हुने कामना गरेकी थिइन, बस उसले भरोसा गर्न सक्‍ने कोही होस् भनेर मात्र कामना गरेकी थिई। के यो इच्छा अति लालचपूर्ण थियो? के यो अत्यन्तै धेरै माग्‍नु थियो? (थिएन।) तर दुर्भाग्यवश, ऊ वयस्कतामा पुग्‍नुअघि नै उसको बुबाको निधन भयो, त्यसैले वास्तवमा उसको जीवनमा भरोसा गर्नको लागि कोही थिएन। उसले यो जीवनमा भरोसा गर्न सक्‍ने मुख्य व्यक्ति गुमाएकी थिई, जसलाई उसले आफ्नो कलिलो मस्तिष्कमा आफूले भर पर्ने व्यक्तिको रूपमा सोचेकी थिई। के उसको कलिलो मस्तिष्कमा ठूलो वेदना परेन र? यस्तो घटनाले, उसलाई पक्‍कै पनि ठूलो वेदना भएको हुन सक्छ। के उसको हृदयमा आघात परेको थिएन र? पक्‍कै पनि आघात परेको थियो। यस्तो आघात कसरी आयो? किनभने उसको कलिलो मस्तिष्कमा, ऊ अझै पनि यसो भन्‍न तयार थिइन, “म आत्मनिर्भर हुन सक्छु, म आफै गरी खान सक्छु, मैले अबदेखि आफ्ना आमाबुबामा भर पर्नु पर्दैन।” चल्तीको भाषामा भन्‍ने हो भने, उसको पखेटा पलाउन अझै बाँकी थियो। आफ्‍नो भोलाभाला सोचमा, उसले भविष्यमा के गर्ने वा आमाबुबाविना कसरी बाँच्‍ने भनेर अझै सोचेकै थिइन। ऊ त्यस्ता कुराहरूबारे सचेत हुनुअघि नै, ऊ त्यस्तो अवस्थामा हुँदा नै, उसको बुबाको निधन भयो, र यसको अर्थ उसको बाँच्‍ने आधार टुट्यो, र अवस्था पहिलेभन्दा अझै कठिन हुनेवाला थियो। त्यसपछि उसका दिनहरू कस्ता भए होलान् भनेर तिमीहरूले कल्‍पना गर्न सक्छौ। उसले आमा र सानो भाइसँग कठिन जीवन बिताउन थाली, र उनीहरूको मुस्किलले मात्र हातमुख जोडिन्थ्यो। तर उसलाई जतिसुकै दुःख भए पनि, जीवन त अझै अघि बढ्नु नै पर्थ्यो, त्यसैले ऊ आफ्नी आमा र भाइलाई साथ दिँदै लडखडाइरही। केही वर्षपछि ऊ ठूली भई, र आमा र भाइको जीवनयापन खर्च पूरा गर्न आत्मनिर्भर रूपमा केही पैसा कमाउन सक्‍ने भई, तर तिनीहरू जीवनमा धनी भने भइसकेका थिएनन्। यतिका समय, उसको भित्री इच्छा परिवर्तन भएको थिएन। उसलाई भर पर्न सकिने कोही चाहिएको थियो, तर कस्तो व्यक्ति? ऊ जुन व्यक्तिमा भर पर्न चाहन्थी, त्यो वास्तवमा कस्तो खालको व्यक्ति थियो? तिमीहरूले त्यो व्यक्तिको बारे मलाई भन त। “भर पर्न सकिने कोही” भन्‍ने वाक्यांशको सरल अर्थ के हो? यसको अर्थ उसलाई बाँच्ने आधार, साथै खानलाउन दिन सक्‍ने व्यक्ति हो, ताकि उसले जीवनयापन गर्न काम गर्न जान वा कुनै किसिमको पीडा भोग्‍न नपरोस्। उसले भरोसा गर्न चाहेको व्यक्ति कम्तीमा पनि, कुनै समस्या आएमा, उसले भरोसा गर्न सक्‍ने, र उसलाई पछाडिबाट साथ दिन सक्‍ने खालको व्यक्ति थियो। यदि त्यस्तो व्यक्तिले उसलाई जीवनमा आर्थिक रूपमा सहयोग वा साथ दिन नसके पनि, कुनै समस्या आइपर्दा वा उसलाई पीडा हुँदा, कम्‍तीमा उसलाई आड लाग्‍न काँध दिन सकोस्, र उसलाई कठिन परिस्थितिमा सहयोग गर्न र समस्याको आँधी झेल्‍न सघाउन सकोस्—उसको चाहना यही थियो। के यो माग ठूलो हो त? के यो इच्छा अवास्तविक थियो त? यो ठूलो माग थिएन, र यो अवास्तविक इच्छा पनि थिएन। के अरू धेरै मानिसहरूले पनि यस्तै सरल कुरा चाहँदैनन् र? आफ्‍नो बाहेक अरू कसैलाई भरोसा नगरी जन्मेहुर्केँ भनेर थोरै मानिसहरूले मात्र भन्‍न सक्छन्। यो संसार र समुदायमा बस्‍ने अधिकांश मानिसहरूले साथी, वा भरोसा गर्नलाई कोही होस् भन्‍ने आशा गर्छन्, र यो केटी पनि यसको अपवाद थिइन।

थाहै नपाई ऊ विवाह गर्ने उमेरमा पुगी, र अझै पनि ऊ आफूले भरोसा गर्न सक्‍ने, र भरपर्दो व्यक्ति भेट्टाउन चाहन्थी। त्यो व्यक्ति निकै धनी हुनुपर्ने, वा उसलाई विलासितामा राख्‍न सक्‍ने हुनुपर्ने आवश्यक थिएन, र ऊ कुरा गर्न सिपालु हुनुपर्ने पनि आवश्‍यक थिएन। त्यो व्यक्ति ऊ सबैभन्दा ठूलो समस्यामा पर्दा, वा कठिनाइ वा रोगले ग्रस्त हुँदा उसलाई साथ-सहयोग दिन सक्‍ने व्यक्ति भए हुन्थ्यो, चाहे त्यो व्यक्तिले उसलाई सान्त्वनाका केही शब्दहरूभन्दा बढी अरू केही पनि किन दिँदै नदिओस्। के यो सजिलैसँग पूरा हुन सक्‍ने इच्छा थियो त? यो कुरा अनिश्‍चित छ। मानिसहरूका इच्छाहरू परमेश्‍वरले तिनीहरूलाई दिन वा तिनीहरूमा पूरा गर्न बनाउनुभएका योजनाहरू हुन् वा होइनन्, वा तिनीहरूको भाग्यमा तिनीहरूका इच्छाहरू अन्ततः पूरा हुनेछन् भनेर पहिल्यै पूर्वनिर्धारित भएको हुन्छ हुँदैन भनेर कसैलाई थाहा हुँदैन। त्यसकारण, यो केटीको इच्छा पूरा हुन सक्छ सक्दैन भन्‍ने कुरा कसैलाई थाहा थिएन, र उसलाई पनि थाहा थिएन। तैपनि, उसले जीवनको अर्को चरणमा अघि बढ्ने क्रममा अझै यो इच्छालाई मनमा राखिरही। त्यो बेला, उसलाई धेरै आशंकित र असहज महसुस भयो, तर जे भए पनि, त्यो दिन आएरै छाड्यो। उसले जोसँग विवाह गर्छु भनेर योजना बनाइरहेकी थिई त्यो व्यक्ति वास्तवमा उसले आफ्नो बाँकी जीवनभर भरोसा गर्न सकिने व्यक्ति हो होइन भन्‍ने कुरा उसलाई थाहा थिएन, तर पनि उसले आफ्नो हृदयमा इमान्दारीपूर्वक यस्तो आशा गरेकी थिई: “यो व्यक्ति म भर पर्न सक्‍ने व्यक्ति हुनुपर्छ। मेरो जीवनको पछिल्‍लो लगभग बीस वर्ष आफैमा गाह्रो थियो। यदि मैले भर पर्न नसक्‍ने व्यक्तिसँग विवाह गर्न पुगेँ भने, मेरो बाँकी जीवन अझ गाह्रो हुनेछ। म अरू कसमा भर पर्न सक्छु र?” उसलाई पीडा हुन्थ्यो, तर उसले गर्न सक्‍ने केही थिएन, त्यसैले उसले आशा गरिरही। बाँच्नको लागि, जब मानिसहरूलाई यो जीवनमा म किन यहाँ छु र जीवनमा कसरी अघि बढ्ने भन्‍ने थाहा हुँदैन, तब तिनीहरू यस्तो इच्छा र अज्ञात आशा लिएर अन्धाधुन्ध अगाडि बढिरहन्छन्। त्यो क्षण आउँदा, उसको भविष्य कस्तो हुनेछ भन्‍ने उसलाई थाहै थिएन। भविष्य अज्ञात थियो। ऊ निरन्तर अगाडि बढी नै रही। तर धेरै कुराहरू प्रायजसो मानिसहरूको इच्छाविपरीत नै हुन पुग्छन्। अहिलेको लागि, परमेश्‍वरले मानिसहरूको नियति किन यसरी मिलाउनुहुन्छ भनेर टिप्पणी नगरौँ—चाहे यो परमेश्‍वरले जानीजानी मिलाउनुभएको कुरा होस्, वा मानिसहरूको भ्रष्‍टता र अज्ञानताको कारण तिनीहरूका इच्छा र मागहरू परमेश्‍वरले तिनीहरूको लागि बन्दोबस्त गर्नुभएको नियतिविपरीत भएर, तिनीहरूका इच्छाहरू प्रायजसो पूरा हुन नसकेको र तिनीहरूले आशा गरेझैँ अवस्था प्रायजसो नबनेको कुरा होस्—हामी अहिलेको लागि यी सबै कुराहरू छलफल नगरौं। पहिले, हामी यही कथालाई जारी राखौं।

यो केटीको विवाह भएपछि, उसले आफ्नो इच्छालाई पनि साथै लिएर जीवनको अर्को चरणमा प्रवेश गरी। जीवनको यो चरणमा उसलाई के कुराले पर्खेको थियो? त्यो उसलाई थाहा थिएन, तर अज्ञात भविष्यको डरले मात्र ऊ यसबाट बच्‍न सक्दिनथी। उसले आफैलाई दह्रिलो बनाएर अगाडि बढ्नुपर्थ्यो, र ऊ अझै पनि हरेक दिन बाँच्नु नै पर्थ्यो। उसले आफ्‍नो जीवनको मुख्य मोडमा, अन्ततः परमेश्‍वरले उसको लागि मिलाउनुभएको नियति आइपुग्यो—र यो उसले चाहेको भन्दा विपरीत थियो। उसले चाहेको जस्तो एउटा साधारण ओछ्यान, एउटा सानो लेख्‍ने डेस्क, एउटा सरल, सफा कोठा, एउटा श्रीमान र बच्‍चाहरू भएको सुखी पारिवारिक जीवन—उसले चाहेको यो सरल जीवन कहिल्यै पूरा हुन सकेन। उसको विवाह भएपछि, उसको पति कामको कारण वर्षैभरि घरबाट टाढा बस्थ्यो, त्यसैले तिनीहरू अलगअलग बस्‍नुपर्थ्यो। एउटी स्‍त्रीको लागि यस्तो जीवनले के-कस्तो सम्भाव्यता बोकेको हुन्छ? हेपाइ र भेदभाव भोग्‍नुपर्ने अवस्था। यस्तो जिउने वातावरण सामना गर्नु उसको जीवन र भाग्यको लागि अर्को प्रहार थियो। यो उसले कहिल्यै कल्पना नगरेको कुरा थियो, र यो उसले कहिल्यै देख्‍न वा सामना गर्न नचाहेको कुरा पनि थियो। तर अहिले, तथ्यहरू उसको इच्छा र कल्पनाभन्दा पूर्ण विपरीत थियो। उसले देख्‍न वा अनुभव गर्न नचाहेको कुरा नै वास्तवमा उसलाई भएको थियो। उसको श्रीमान्‌ वर्षैभरि कामको सिलसिलामा ऊबाट टाढा बस्थ्यो। त्यसैले यो महिलाले जीवन र आर्थिक दुवै कुरामा आत्मनिर्भर हुनुपर्थ्यो। उसले बिलहरू तिर्न आफै बाहिर गएर पैसा कमाउनुपर्थ्यो। उसलाई जीवनमा सहयोग गर्ने कोही थिएन, र उसले सबै कुराको लागि आफैमा भर पर्नुपर्थ्यो। यस्तो जिउने वातावरण हुँदा, के यो महिलाले भर पर्न सकिने कोहीसँग सम्‍बन्ध गाँस्‍न पुगेकी थिई त, कि थिइन? (पटक्‍कै थिइन।) विवाह भएपछि उसको इच्छा पूरा भयो कि ध्वस्त भयो? (ध्वस्त भयो।) स्पष्टतः, उसको जीवनको दोस्रो महत्त्वपूर्ण चरणमा, उसको आशामा फेरि एकपटक तुषारापात भएको थियो, र आड लिनलाई ऊसँग कोही थिएन। उसले जीवनमा भर पर्न सक्छु भनेर सोचेको व्यक्ति उसको साथमा थिएन, र त्यस्तो युक्तिमा भरोसा गर्न सकिँदैनथ्यो। उसले आफ्नो शक्तिको खम्बा, आफ्‍नो चट्टान, र आफ्नो आडभरोसा ठानेको व्यक्तिलाई कति पनि भरोसा गर्न सक्दिनथिई। उसले सबै कुरा आफै गर्नुपर्थ्यो, र सबै कुरा आफैले सम्हाल्नु र सामना गर्नुपर्थ्यो। उसको सबैभन्दा कठिन समयमा पनि, ऊ आफ्‍ना समस्याहरू बाँड्ने कोही नहुँदा ओछ्यानमा लुकेर रुन मात्र सक्थी। आफ्‍नो इज्‍जत, प्रतिस्पर्धा र आत्मसम्मानको खातिर, उसले प्रायजसो बाहिरी रूपमा दह्रिलो भएको व्यवहार गर्थी, र एउटी बलियो महिलाको रूपमा देखा पर्थी, तर भित्री रूपमा ऊ वास्तवमा धेरै कमजोर थिई। उसलाई साथ चाहिएको थियो, र भर पर्न सकिने व्यक्तिको चाहना थियो, तर यो इच्छा अझै पूरा भएको थिएन।

केही वर्ष बित्यो र ऊ आफ्ना दुईचार वटा ससाना बच्‍चाहरू लिएर यताउता सर्थी, र स्थिर निवास नभएको भाडावाल जीवन बिताउँथी। यसरी नै वर्षहरू बित्दै जाँदा, उसको जीवनमा सबैभन्दा आधारभूत आवश्यकताहरूमध्ये एउटा बिस्तारै विलय हुँदै गइरहेको थियो। उसलाई चाहिएको कुरा त ओछ्यान भएको सानो कोठा, एउटा सानो लेख्‍ने टेबल, र खाना पकाउनको लागि एउटा स्टोभ, र परिवार वरिपरि बसेर खानको लागि एउटा टेबल, र केही कुखुरा पाल्ने ठाउँ मात्रै थियो, र उसको चाहना सरल जीवन बिताउने मात्रै थियो। उसले धनी वा सम्‍पन्‍न हुने आशा गरेकी थिइन। जीवन सरल, शान्तिपूर्ण, र परिवार सँगै भए, त्यो नै पर्याप्त हुन्थ्यो। तैपनि, उसले अहिले गर्न सक्‍ने भनेको आफ्ना बच्‍चाहरूलाई साथै लिएर हातमुख जोड्दै जसोतसो अस्तित्वमा रहनु मात्र थियो। ऊसँग भरोसा गर्न सकिने कोही नभएको मात्र होइन, अझ नराम्रो अवस्था त, ऊ उसका छोराछोरीले भर पर्ने व्यक्ति बन्‍नुपरेको थियो। यो मरणशील संसारमा बाँच्नु धेरै पीडादायी भएकोले, यो पीडा समाधान गर्ने उपाय खोज्‍न सक्छु भनेर पनि उसले सोचेकी थिई, जस्तै बौद्ध भिक्षुणी बन्‍ने, वा आफ्नो आत्मिक सद्‌गुणहरू विकास गर्ने ठाउँ खोज्‍ने, आफू कसैमा भर नपर्ने गरी, र कोही आफूमा भर नपर्ने गरी मानव समाजबाट टाढा र यो पीडाबाट टाढा बस्‍ने, किनभने यसरी जिउँदा यो अत्यन्तै थकाइलाग्दो र पीडादायी बनिसकेको थियो। यस्तोमा उसलाई स्थिर राख्‍ने र अघि बढाइरहने एउटा कुरा के थियो? (उनका छोराछोरी।) ठीक भन्यौ। यदि उसका छोराछोरी नभएका भए, सायद उसले बाँच्‍ने हरेक दिन अझ पीडादायी हुन्थे, तर उसका छोराछोरी भएपछि, उसले जिम्मेवारी लिई र ऊ तिनीहरूले भर पर्ने व्यक्ति बनी। जब उसका छोराछोरीले उसलाई “आमा” भनेर बोलाउँथे, तब उसलाई आफ्‍नो काँधको बोझ धेरै भारी छ, उसले त्यतिकै त्यसरी आफ्नो जिम्मेवारी त्याग्‍न मिल्दैन, र उसले अरूमा भरोसा गर्नु हुँदैन, बरु ऊ अरूले भर पर्न सक्‍ने व्यक्ति बन्‍नुपर्छ भन्‍ने लाग्थ्यो—उसले यसलाई पनि जीवनको आनन्दको स्रोत, जीवनप्रतिको मनोवृत्ति, र बाँच्ने प्रेरणाको रूपमा लिन सकिन्छ भन्‍ने सोच्थी। यस तरिकाले, उसले आफ्ना छोराछोरीको खातिर त्यसपछिका लगभग दश वर्षभन्दा बढी समय सही। के ती दिनहरू लामा लाग्थे? (हो, लाग्थे।) किन लामा लाग्थे? (उनले कठिन जीवन बिताएकोले, दिनहरू लामा देखिन्थे।) तिमीहरूलाई अनुभवबाट थाहा छ, र यी शब्‍दहरू भोगेर अनि गरेर आएको व्यक्तिका शब्‍दहरूजस्ता सुनिन्छन्। ती दिनहरू कठिन र यातनापूर्ण थिए, त्यसैले ती दिनहरू लामा लाग्थे। उसले अनुभव गरेका सबै कुरा उसको हृदयमा गहन यातनाजस्तै भएको थियो, त्यसैले उसले दिनहरू गन्दै बाँच्नुपरेको थियो, र यस्तो जीवन बिताउन सजिलो थिएन। बच्‍चाहरू हुर्किसकेपछि पनि, उसको इच्छा अझै परिवर्तन भएन। उसको हृदयको गहिराइमा यो इच्छा अझै रहिरहेको थियो: “बच्‍चाहरू ठूला भएका छन् र अब तिनीहरूको हेरचाह गर्न त्यति गाह्रो छैन। यदि मेरो श्रीमान् हामीसँग बस्‍न सक्‍नुभयो र परिवार सँगै भयो भने, हाम्रो जीवन अझ राम्रो हुनेथियो।” उसको त्यो सुन्दर कल्पना फेरि फर्कियो र, अविश्‍वासीहरूले भन्‍ने गरेझैं, यसले आशाको किरण फर्काएर ल्याएको थियो। जबजब ऊ रातमा सुत्न सक्दिनथिई, तबतब उसले यस्ता विचारहरू गर्थी: “अब बच्‍चाहरू ठूला भइसकेका छन्, त्यसकारण, यदि तिनीहरू कलेज भर्ना हुन पाए, र तिनीहरूले अन्त्यमा राम्रो जागिर पाएर पैसा कमाउन सके भने, जीवन सहज हुनेछ, र खानलाउन र बस्‍नको लागि अवस्था अहिलेको भन्दा राम्रो हुनेछ। अनि यदि मेरो श्रीमान् फर्कनुभयो भने, जीवन अझ राम्रो हुनेछ, र मसँग भर पर्न सकिने कोही हुनेछ! मैले पहिले भर परेका दुई व्यक्तिहरूले मलाई निराश तुल्याए, तर अब मसँग भर पर्नको लागि धेरै व्यक्तिहरू छन्। स्वर्गले मसँग निकै राम्रो व्यवहार गरेको छ! भविष्यका दिनहरू सुखद हुँदै छन् जस्तो छ।” उसलाई सुखका दिनहरू आउँदै छन् भन्‍ने लागेको थियो। यो राम्रो कुरा हो कि नराम्रो कुरा हो? कसैलाई थाहा छैन। जीवनमा व्यक्तिको नियति के हुन्छ, वा अगाडि के छ भन्‍ने कुरा कसैलाई थाहा हुँदैन। मानिसहरू सबै आफ्नो सुन्दर इच्छाहरूमा टाँसिएर यसरी नै जीवन बिताइरहेका हुन्छन्।

दश वर्ष बित्यो, उसको श्रीमान् अर्कै काममा सरुवा भयो, र अन्त्यमा परिवार सँगै भयो, र यो राम्रो कुरा थियो। त्यसोभए अन्त्यमा, के उसको पति उसले भर पर्न सक्‍ने व्यक्ति बन्‍न सक्यो त? के उसले यो महिलाको जीवनका केही पीडाहरू लिन सक्यो त? तिनीहरू कहिल्यै सँगै बसेका थिएनन्, र तिनीहरूले गहन रूपमा अन्तरक्रिया गरेका पनि थिएनन्, त्यसकारण उसले आफ्नो पतिलाई राम्ररी चिनेकी थिइन। त्यसपछिका दिनहरूमा, ऊ र उसको पतिले सँगै बस्‍न सिक्‍न थाले र एकअर्कालाई गहन रूपमा बुझ्‍न थाले। तैपनि उसको इच्छा परिवर्तन भएन। यो मानिस उसले भर पर्ने व्यक्ति बन्‍न सक्छ, र उसलाई सान्त्वना दिने र उसको पीडा कम गर्ने व्यक्ति हुन सक्छ भनेर उसले आशा गरेकी थिई। तैपनि, अझै पनि अवस्था उसले चाहेजस्तो भएन। उसले गहन रूपमा कहिल्यै अन्तरक्रिया नगरेको यो श्रीमान, उसले बुझ्दै नबुझेको यो पुरुष उसले भर पर्न सक्‍ने व्यक्ति बन्‍न सकेन। कारण के थियो भने यी दुई व्यक्तिको बाँच्ने क्षमता, मानव गुण, जीवनप्रतिको दृष्टिकोण, मूल्य-मान्यता, र आफ्‍ना छोराछोरी, परिवार र आफन्तहरूप्रतिको मनोवृत्ति पूर्ण रूपमा फरक थियो। यी दम्पती बारम्‍बार झगडा गर्थे, र बेकारका कुराहरूमा लगातार एकअर्कासँग भनाभन गर्थे। यो महिलाले सहिरहन सकेँ भने श्रीमानले उसको दयालु स्वभाव, धैर्यता र कठिनाइ बुझ्न सक्‍नेछ, र पछि ऊसित भावनात्मक रूपमा स्पर्शित हुनेछ र ऊसँग पुनः जोडिनेछ भनेर भित्री रूपमा आशा गरेकी थिई, तर पनि उसको इच्छा अझै पूरा हुन सकेन। उसको लागि, उसको भित्री मनमा, के उसको श्रीमान् उसले भर पर्न सक्‍ने व्यक्ति थियो त? के उसको श्रीमान् उसले भर पर्ने व्यक्ति बन्‍न सक्थ्यो त? (अहँ, सक्दैनथ्यो।) जबजब उसले कठिनाइहरू सामना गर्थी, उसको पतिले उसलाई सान्त्वना दिन र उसको पीडा कम गर्न नसक्‍ने मात्रै होइन, बरु उल्टै वास्तवमा उसको पीडा बढाइदिन्थ्यो, जसले गर्दा ऊ अझ निराश र असहाय हुन्थी। त्यो बेला, जीवनबारे उसको भित्री भावना र बुझाइ के हुन्थ्यो? ती त निराशा र पीडा हुन्थे, जसले उसलाई यस्तो प्रश्‍न गर्न बाध्य बनाएको थियो, “के परमेश्‍वर साँच्‍चै हुनुहुन्छ? मेरो जीवन किन यति कठिन छ? म त केवल भर पर्न सकिने व्यक्ति मात्र चाहन्छु, तर के यो चाहना पनि धेरै हो त? मसँग यति सानो इच्छा त छ। मैले बिताएका यतिका वर्षमा पनि यो किन अझै पूरा हुन सकेको छैन? मेरा मागहरू आवश्यकताभन्दा बढी छैनन् र मसँग कुनै महत्त्वाकाङ्क्षा छैन। समस्याहरू आइपर्दा मैले भर पर्न सक्‍ने कोही होस् भन्‍ने मात्रै मेरो चाहना छ, त्यति त हो। किन यस्तो सानो इच्छा पनि पूरा हुन सक्दैन?” यो अवस्था धेरै वर्षसम्म रह्यो। अवश्य नै, यो परिवारको जीवन त्यति सद्‌भावपूर्ण थिएन; बारम्बार भनाभन हुन्थ्यो। छोराछोरी दुःखी र उदास थिए, र तिनीहरूका आमाबुबा पनि दुःखी थिए। परिवारमा कुनै शान्ति वा आनन्द थिएन, र प्रत्येक व्यक्तिले हृदयभित्र डर, भय, र आतङ्क, साथै पीडा र बेचैनी मात्र महसुस गर्थे।

केही वर्षपछि, अन्ततः परिस्थिति परिवर्तन भयो र प्रभु येशूको सुसमाचार उसको जीवनमा आयो। उसले आफ्‍नो इच्छा बल्‍ल पूरा हुनेभयो भन्‍ने महसुस गरी। “मैले मेरो बुबा, मेरो श्रीमान्, वा मेरो नजिकको कुनै व्यक्तिमा भर पर्नु पर्दैन,” उसले सोची। “जबसम्म म प्रभु येशूमा भरोसा राख्छु तबसम्‍म म शान्तिमा रहन सक्छु, र वास्तवमै भरोसा गर्न सकिने व्यक्ति मसँग हुनेछ, र मैले वास्तविक शान्ति र खुशी पाउन सक्‍नेछु, र त्यसपछि जीवन त्यति कठिन हुनेछैन।” प्रभु येशूको सुसमाचार स्वीकार गरेपछि, यो महिला धेरै खुसी भई, र अवश्य नै उसको जीवन अझ बढी स्थिर भयो। ऊप्रतिको उसको श्रीमान्‌को मनोवृत्तिमा परिवर्तन नभएको भए पनि, र उसको श्रीमान्‌ले उसलाई पहिलेजस्तै बेवास्ता गर्ने र कुनै ध्यान, वास्ता वा चिन्ता, वा धैर्यता, कृतज्ञता वा सहिष्णुतासमेत नदेखाउने गर्दै, अझै पनि कठोर व्यवहार गर्ने गरेको भए पनि, उसले हृदयमा प्रभु येशूको मुक्ति पाएकीले, यो सबै कुराप्रति उसको मनोवृत्ति परिवर्तन भयो। उसले आफ्नो पतिसँग बहस वा तर्क गर्ने प्रयास गर्न छोडी, किनभने उसले यी सबै कुराबारे बहस गरेर मानिसहरूले केही पाउँदैनन् भन्‍ने बुझेकी थिई। जबजब परिस्थिति बिग्रिन्थ्यो, ऊ प्रभु येशूसँग कुरा गर्थी र उसको हृदय निकै खुला हुन्थ्यो। यस तरिकाले, उसको पारिवारिक जीवन तुलनात्मक रूपमा स्थिर भयो। तर सुखको समय लामो समयसम्म टिकेन, र उसको जीवनले अर्को मोड लियो। उसले प्रभु येशूमा विश्‍वास गर्न थालेपछि, उसले जोससाथ सुसमाचार प्रचार गर्न थाली, मण्डली जीवन अँगाली, र आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूलाई सहयोग गर्न थाली। तर उसको पतिले स्वीकृति दिएन। उसको पतिले उसलाई सताउन थाल्थ्यो र प्रायजसो यसो भन्दै गाली गर्थ्यो: “तँ अझै मसँग बस्‍न चाहन्छस्? यदि तँलाई साँच्‍चै मन छैन भने, छुटौँ!” ऊसँग प्रभुलाई प्रार्थना गर्ने र सहनेबाहेक अरू कुनै विकल्प थिएन। यस्ता दिनहरू गाह्रो र पीडादायी भए पनि, उसको हृदयको पीर पहिलेको भन्दा धेरै कम थियो, र उसले प्रार्थनाबाट केही सान्त्वना पनि पाउन सक्थी। जबजब ऊ व्याकुल हुन्थी, तबतब उसले प्रभुलाई प्रार्थना गर्थी। यसरी उसको हृदयमा भरोसा गर्नको लागि कोही थियो र उसले अस्थायी परिपूर्ति प्राप्त गरेकी थिई, र उसलाई आफ्नो जीवन पहिलेको भन्दा धेरै राम्रो भएको छ भन्‍ने महसुस हुन्थ्यो।

बिस्तारै, बच्‍चाहरू हुर्किए। बच्‍चाहरू बाल्यकालदेखि नै ऊसँग बसेका थिए र ऊप्रतिको तिनीहरूको स्‍नेह अलिक दह्रिलो थियो, त्यसकारण यो महिलालाई यस्तो लागेको थियो, “अब मेरा छोराछोरीहरू हुर्किसकेका छन्, मैले अब मेरो श्रीमानमा भर पर्नु पर्दैन, म मेरा छोराछोरीहरूमा भर पर्न सक्छु।” बाहिरी रूपमा हेर्दा त, लाग्थ्यो, उसले पहिले नै प्रभु येशूमा भर पर्न थालेकी थिई र उसले आफ्नो हृदय, आफ्नो परिवार, र आफ्नो भविष्य र सम्भाव्यता उहाँकै हातमा राखेकी थिई। तर वास्तवमा, भित्री रूपमा, उसले अझै पनि आफूले देख्‍न सक्‍ने र सम्बन्ध राख्‍न सक्‍ने मानिसहरू होस् भन्‍ने यो इच्छा अङ्गालेर राखेकी थिई, र उसले यो इच्छा एक दिन पूरा हुनेछ भन्‍ने सोचेकी थिई। मानिसहरूले प्रभु येशू कहाँ हुनुहुन्छ भनेर देख्‍न नसक्‍ने हुनाले, तिनीहरूले प्रभु येशू आफ्नो साथमा र आफ्नो हृदयमा हुनुहुन्छ भनेर भन्छन्, तर उसलाई परमेश्‍वरलाई छुन वा देख्‍न सकिँदैन भन्‍ने लाग्यो, र त्यसैले यो कुराले उसलाई असहज महसुस गरायो। उसले सोची, महत्त्वपूर्ण घटना र प्रमुख मामिलाहरूमा प्रभु येशूमा भर पर्नु नै पर्याप्त हुनेछ, तर वास्तविक जीवनमा उसले अझै पनि आफ्ना छोराछोरीहरूमा भर पर्नुपर्नेछ। यो सब समयमा उसको इच्छा परिवर्तन भएको थिएन, र उसले यसलाई त्यागेकी थिइन। उसले अहिले प्रभु येशूमा विश्‍वास गरेकी थिई, तैपनि किन यो इच्छा अझै परिवर्तन भएको थिएन? यसका धेरै कारणहरू छन्। एउटा कारण के हो भने, उसले सत्यता बुझेकी थिइन र उसले परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूबारे त्यति धेरै जानेकी वा बुझेकी थिइन; यो वस्तुगत कारण हो। व्यक्तिपरक कारण के हो भने, ऊ एक कायर व्यक्ति थिई। उसले परमेश्‍वरमा विश्‍वास गरेकी भए पनि, धेरै पीडा भोगेपछि, ऊसँग अझै पनि परमेश्‍वरमाथि विश्‍वास गर्नुको महत्त्व, वा मानिसहरूको नियति, परमेश्‍वरको योजनाबद्ध कार्य, र सृष्टिकर्ताको काम गर्ने तरिकाबारे कुनै स्पष्ट अन्तर्ज्ञान थिएन। अनि, कुनकुन कुराले ऊसँग यी कुराहरूबारे स्पष्ट अन्तर्ज्ञान थिएन भन्‍ने देखाउँछ? सर्वप्रथम, उसले अरूको साथ वा सहयोगको कारण आफ्नो इच्छा पूरा हुन सक्छ भन्‍ने आशा गर्दै, सधैँ आफ्नो खुशी अनि सुखी जीवनप्रतिको गहन आकाङ्क्षा अरूमा निर्भर पारेकी थिई। के यो जीवन र नियतिसम्‍बन्धी गलत दृष्टिकोण थियो? (थियो।) यो दृष्टिकोण गलत थियो। आमाबुबाको रूपमा, के तिमीहरूले छोराछोरी ठूलो भएपछि तिमीहरूप्रति कर्तव्यनिष्ठ हुनेछन् र तिमीहरूलाई सहयोग गर्न सक्‍नेछन् भन्‍ने आशा गर्दै छोराछोरीहरूमाथि आशाहरू राख्‍नु गलत हो? यो गलत होइन, र यो आवश्यकताभन्दा बढी चाहना गर्नु होइन। त्यसोभए समस्या के हो त? ऊ निरन्तर छोराछोरीहरूमा भर पर्न, र छोराछोरीहरूमा भर परेर सुखी जीवन बिताउन, र बाँकी जीवन छोराछोरीहरूमा भर परेर बिताउन, र छोराछोरीहरूमा भर परेर यो वा त्यो कुराको आनन्द लिन चाहन्थी। यसो गर्दा उसको गलत दृष्टिकोण के थियो? उसमा यो विचार किन आयो? उसले मनमा राखेको यो दृष्टिकोणको स्रोत के थियो? मानिसहरूले सधैँ एउटा निश्‍चित जीवनशैली र एउटा निश्‍चित जीवनस्तर पाउने लालची आशा गरेका हुन्छन्। अर्थात्, परमेश्‍वरले मानिसहरूको जीवन वा तिनीहरूको नियति कस्तो हुनेछ भनेर पूर्वनिर्धारित गर्नुभएको छ भन्‍ने कुरा थाहा पाउनुअघि नै, मानिसहरूले पहिले नै आफ्नो जीवनस्तर कस्तो हुनुपर्छ भन्‍नेबारेमा, अर्थात् तिनीहरू खुसी हुनुपर्छ, र आफ्नो जीवनमा शान्ति र आनन्द हुनुपर्छ, र धनी र सम्पन्‍न हुनुपर्छ, र तिनीहरूलाई सहयोग गर्ने र तिनीहरू भर पर्न सक्‍ने मानिसहरू हुनुपर्छ भन्‍ने सोच बनाइसकेका हुन्छन्—मानिसहरूले पहिले नै आफ्नै जीवन मार्ग, आफ्नो जीवन लक्ष्य, र आफ्नो जीवनको अन्तिम गन्तव्य र अरू सबै कुराहरूबारे योजना बनाइसकेका हुन्छन्। के यी सबैभित्र परमेश्‍वरमाथिको कुनै विश्‍वास हुन्छ त? (हुँदैन।) अहँ, हुँदैन। यो महिलासँग सधैँ जीवनप्रतिको एउटा दृष्टिकोण थियो: यदि म फलानो-फलानोमा भर परेँ भने, मेरो जीवन अझ शान्त, खुशी र समृद्ध हुनेछ; यदि म फलानो-फलानोमा भर परेँ भने, मेरो जीवन अझ व्यवस्थित, अझै सुरक्षित, र अझै आनन्दित हुनेछ। यो दृष्टिकोण सही छ कि गलत छ? (यो गलत छ।) धेरै वर्षपछि, ऊ प्रभु येशूमा विश्‍वास गर्ने चरणमा पुगिसकेकी थिई, तर मानव जीवन के हो भन्‍ने कुरा उसले अझै स्पष्ट रूपमा देखेकी थिइन्। ऊसँग अझै पनि आफ्नै अभिप्राय र योजनाहरू थिए, र उसले आफ्नो भावी बाटोबारे हिसाबकिताब गर्दै र आफ्नो भावी जीवनबारे योजना बनाउँदै थिई। अहिले यसलाई हेर्दा, जीवनप्रतिको यस्तो मनोवृत्ति र यस्तो योजना सही थियो कि गलत थियो? (यो गलत थियो।) किन? (किनभने उसले परमेश्‍वरले मानिसहरूलाई दिनुभएका मापदण्डहरू होइन, बरु आफ्नै आदर्श र इच्छाहरू पछ्याइरहेकी थिई।) उसले जे पछ्याइरहेकी थिई त्यसको परमेश्‍वरको पूर्वनिर्धारणसित कुनै सम्बन्ध थिएन। परमेश्‍वरले के गर्न लाग्‍नुभएको छ भनेर उसले थाहा पाउनुअघि नै, उसले पहिले नै आफू भर पर्ने व्यक्ति खोज्‍ने संकल्प गरिसकेकी थिई। ऊ यो चरणमा यो व्यक्तिमा र अर्को चरणमा त्यो व्यक्तिमा भर पर्नेवाला थिई। यसरी, उसले परमेश्‍वरमाथिको आफ्नो निर्भरता गुमाई र परमेश्‍वरमा भरोसा गर्नुको सट्टा मानिसहरूमा मात्र भर पर्न थाली। उसमा निरन्तर यो इच्छा र यी योजनाहरू थिए, त्यसकारण के उसको हृदयमा परमेश्‍वर हुनुहुन्थ्यो त? (हुनुहुन्थेन।) त्यसोभए, एक हिसाबले, उसका सबै संघर्षबाट आएको पीडाको कारण के थियो? (यो उसको इच्छाले पैदा गरेको थियो।) त्यो बिल्कुलै साँचो हो। त्यसोभए उसको इच्छा कसरी आयो? (उसले परमेश्‍वरको सार्वभौमिकता वा उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा विश्‍वास नगरेको कारण आयो।) ठीक भन्यौ। उसले मानिसहरूको नियति कसरी आउँछ भनेर बुझेकी थिइन, न त परमेश्‍वरको सार्वभौमिकताले कसरी काम गर्छ भनेर नै बुझेकी थिई। समस्याको जड नै यही हो।

हामी अब यो कथालाई जारी राखौं। जब यो महिलाका छोराछोरीहरू हुर्किए, तब केहीले जागिर पाए र अरूले बिहे गरी घर बसाए, र अवश्य नै तिनीहरूले पनि आमाबुबालाई छोडेर स्वतन्त्र जीवन बिताउनुपर्थ्यो, र तिनीहरूले आफ्ना आमाबुबासँग त्यति धेरै भेट्न पाउँदैनथे। त्यसैले, यो महिलाले सामना गरेको अर्को समस्या के थियो? आफ्ना बच्‍चाहरूमा भर पर्ने उसको इच्छा फेरि चकनाचुर हुने अवस्थामा पुगेजस्तो देखिन्थ्यो। यो अर्को पीडादायी स्थिति थियो, उसको जीवन अनुभवको एक अर्को झट्का थियो। विभिन्‍न कारणहरूले गर्दा, उसका छोराछोरीहरूले उसको साथमा बस्‍न र उसलाई साथ दिन, वा उसलाई नियमित भेट्न र उसको हेरचाह गर्न सकेनन्। त्यसकारण, उसका छोराछोरीहरूले उसको साथमा बसेर सन्तानी माया दिन र उसको हेरचाह गर्न सकून् भन्‍ने उसको आशा, र छोराछोरीहरूमा भर परेर सबै कुरालाई सहजसाथ लिने, अनि अझै सहज र सुखी जीवन जिउने उसको चाहना—यी सबै कुरा उसको हातबाट झन्झन् टाढा गइरहेका थिए। तसर्थ, छोराछोरीप्रतिको उसको चासो, चिन्ता र लालसा झन्झन् तीव्र हुँदै गयो। के यो अर्को प्रकारको पीडा थिएन र? ऊ बूढी हुँदै गएपछि र उमेरले उसलाई बिस्तारै थिच्दै गएपछि, उसको पीडा झन्झन् गहिरो हुँदै गयो, र छोराछोरीहरूप्रतिको उसको लालसा पनि त्यसरी नै गहिरियो। धेरै वर्ष बित्यो, र यो महिलाले आफ्नो जीवनको प्रत्येक चरणमा भरोसा गर्ने मानिसहरू फरक रहेका भए पनि, तिनीहरू सबैले उसलाई तोकिएको समयमा छोडे, उसको इच्छा वा भ्रमहरूलाई पूर्ण रूपमा चकनाचुर पारे, र उसको भित्री मनमा अत्यन्तै पीडा र वेदना दिए। यसले उसको जीवनमा के ल्यायो? के यसले उसलाई जीवनबारे सोच्न लगायो? अथवा, सृष्टिकर्ताले मानिसहरूको नियति कसरी मिलाउनुहुन्छ भन्‍नेबारे चिन्तन गर्न लगायो? यदि मानिसहरूको सामान्य सोचलाई ध्यानमा राखेर हेर्ने हो भने, केही प्रवचनहरू सुनेपछि र केही सत्यताहरू बुझेपछि, तिनीहरूलाई सृष्टिकर्ताबारे, जीवनबारे र मानिसहरूको नियतिबारे केही कुराहरू थाहा हुनुपर्छ। तर विभिन्‍न कारणहरूले गर्दा, र यो कथाको पात्र आफैमा रहेको समस्याको कारण, उसले उसको जीवनको प्रत्येक चरणमा के अनुभव गरी र के सामना गरी, वा उसको समस्या के थियो भन्‍ने कुरा अझै बुझेकी र पत्ता लगाएकी थिइन, र उसले आफूले भर पर्न सक्‍ने कोही होस् भनेर आफ्‍नो हृदयको गहिराइमा अझै पनि चाहना गर्ने गरेकी थिई। त्यसकारण, उसले वास्तवमा कसको भर पर्नुपर्थ्यो? मानिसहरूले भरोसा गर्नुपर्ने परमेश्‍वर हुनुहुन्छ भन्‍ने कुरा साँचो हो, तर परमेश्‍वर मानिसहरूले भरोसा गर्नको लागि मात्र हुनुहुन्‍न, उहाँ यतिको लागि मात्र हुनुहुन्‍न। मानिसहरूले सृष्टिकर्तासँग कसरी सामञ्‍जस्यतामा रहने, परमेश्‍वरलाई कसरी चिन्‍ने र कसरी उहाँमा समर्पित हुने भनेर जान्‍नु अझ महत्त्वपूर्ण छ—यो केवल भर पर्नु र भर बन्‍नुको सम्बन्ध मात्र होइन।

यो महिलाले छोराछोरीहरूमाथिको आफ्नो निर्भरता गुमाएपछि र बुढेसकालमा पुगेपछि, उसले आफ्ना आशाहरू आफ्नो पतिमा राखी, जो उसले आड लिने अन्तिम सहारा बन्‍न पुगेको थियो। उसले आफ्नो आधारभूत आवश्यकताहरूको लागि, र जीवनयापन गर्नको लागि आफ्नो पतिमा भर पर्नुपर्थ्यो। उसले आफ्नो पतिलाई अझ केही वर्ष बचाउने उपायहरू खोज्नुपर्थ्यो, ताकि उसले आफ्नो लागि केही फाइदा लिन सकोस्। उसले भरोसा गरेको कुरा त्यही थियो। यति लामो समय बाँचेपछि, यो बूढी महिलाको कपाल फुलेको, अनुहार चाउरी परेको, र उसको दाँत लगभग सबै झरेको थियो। तर उसको रूप परिवर्तन भएको भए पनि, एउटा कुराचाहिँ उस्तै रहेको थियो, र त्यो के थियो भने, उसको जीवनको प्रत्येक चरणमा, उसले ठक्‍कर खाँदै आएकी थिई, र धेरैपटक ठक्‍कर खानुको बाबजुद पनि, भर पर्न सकिने कोही पाउने भन्‍ने उसको उही एउटा अटुट इच्छा थियो। अनि, परिवर्तन नभएको अर्को एउटा कुरा पनि थियो, र त्यो थियो: मानिसहरूलाई परमेश्‍वरले दिनुभएको प्रतिज्ञाबारेको उसको भ्रम, साथै आफू, मानवजाति र आफ्‍नो नियति र सम्भाव्यताहरूबारेका उसका केही भ्रमहरू। तर उसको भित्री मनमा, यी भ्रमहरू झन्झन् अस्पष्ट र टाढा हुँदै गइरहेका भए पनि, सायद उसको हृदयको गहिराइमा अझै पनि आशाको किरण बाँकी थियो: “यदि, मेरा बाँकी वर्षहरूमा, म आफूले भर पर्न सक्‍ने व्यक्तिसँग खुशीसाथ बाँच्न सकेँ भने, वा मैले परमेश्‍वरको काम समाप्त हुने र उहाँको महिमा हुने दिन देख्‍न सकेँ भने, यो जीवन व्यर्थ हुनेछैन।” यो महिलाको जीवन यस्तै थियो। अनि कथा यतिमै समाप्त हुन्छ। यो कथाको शीर्षक के हुनुपर्छ? (“मैले कसमा भरोसा गर्ने?”) त्यो एकदम राम्रो र विचारोत्तेजक शीर्षक हो।

हाम्रो सङ्गतिको विषयलाई फर्केर हेर्दा, परमेश्‍वरको कामबारे मानिसहरूमा रहने धारणासँग यो कथाको के सम्बन्ध छ? परमेश्‍वरको कामबारेमा हुने मानिसहरूको धारणासँग यसको कुन भाग सम्बन्धित छ? यो कुन धारणाहरूसँग सम्बन्धित छ? आफ्ना विचारहरू बताओ त। (मानिसहरूले के महसुस गर्छन् भने परमेश्‍वरले तिनीहरूका अपेक्षा र योजनाहरूअनुसार कामकुराहरू पूरा गर्नुपर्छ। मानिसहरूमा हुने धारणा यही हो।) मानिसहरूले आफ्‍ना धारणाहरूमा के सोच्छन् भने, जबसम्‍म तिनीहरूका आकांक्षाहरू राम्रा, सकारात्मक र सक्रिय हुन्छन्, तबसम्‍म सृष्टिकर्ताले तिनीहरूका ती आकांक्षा पूरा गरिदिनुपर्छ, र सुन्दर जीवनको लागि लागिपर्ने तिनीहरूको अधिकारबाट तिनीहरूलाई बन्चित पारिनु हुँदैन। यो एउटा धारणा हो। के सृष्टिकर्ताले पूरा गर्नुहुने कुरा मान्छेका इच्छा, आशा, कल्पनाहरूअनुरूप हुन्छ र? (हुँदैन।) त्यसोभए, सृष्टिकर्ताले कसरी काम गर्नुहुन्छ त? तँ जोसुकै भए पनि, र तैँले जेसुकै योजना बनाएको भए पनि, तेरा कल्पनाहरू जति सिद्ध र सम्मानजनक भए पनि, वा ती तेरो जीवनको वास्तविकतासँग जति हदसम्म मिले पनि, यीमध्ये कुनै कुरालाई पनि परमेश्‍वरले हेर्नुहुन्‍न, न त उहाँले तिनलाई ध्यान नै दिनुहुन्छ; बरु, परमेश्‍वरले तोक्‍नुभएका विधि र नियमहरूअनुसार कामकुराहरू सम्पन्‍न, योजनाबद्ध, र बन्दोबस्त हुन्छन्। यो परमेश्‍वरको धर्मी स्वभाव हो। कतिपय मानिसहरूले सोच्छन्, “मैले मेरो जीवनमा भोगेका अनगिन्ती कठिनाइहरूपछि, के म सुखी जीवनको हकदार हुँदिनँ र? जब म सृष्टिकर्ताको अगाडि आउँछु, तब के म एउटा सुन्दर जीवन र सुन्दर गन्तव्यको अनुरोध गर्न र आकांक्षा राख्‍न योग्य हुनेछैनँ र?” के यो मानव धारणा होइन र? परमेश्‍वरको लागि त्यस्ता धारणा र मानवसिर्जित विचारहरू के हुन्? ती अनुचित मागहरू हुन्। यस्ता अनुचित मागहरू कसरी आउँछन्? (मानिसहरूलाई परमेश्‍वरको अख्तियार थाहा छैन।) यो वस्तुगत कारण हो। व्यक्तिपरक कारण के हो? यो कि, तिनीहरूसँग विद्रोही स्वभाव हुन्छ, र तिनीहरू सत्यता खोज्न वा सृष्टिकर्ताको सार्वभौमिकता वा बन्दोबस्तमा समर्पित हुन इच्छुक छैनन्। सृष्टिकर्ताले अधिकांश मानिसहरूको लागि मिलाउनुभएको जीवन कठिन हुन्छ कि, सुखी र चिन्तारहित हुन्छ? (कठिन हुन्छ।) अधिकांश मानिसहरूले धेरै दुःखकष्ट र धेरै पीडासाथ कठिनाइको जीवन बिताउँछन्। मानिसहरूको सम्पूर्ण जीवनभर कठिनाइहरू हालिदिनुको पछाडि सृष्टिकर्ताको उद्देश्य के हुन्छ? यसको महत्त्व के हो? एक अर्थमा, त्यस्ता बन्दोबस्तहरू मानिसहरूलाई परमेश्‍वरको सार्वभौमिकता, बन्दोबस्त र अख्‍तियारको अनुभव गर्न र जान्‍न मदत गर्नलाई हुन्छन्; अर्को अर्थमा, उहाँको प्राथमिक उद्देश्य भनेको मानिसहरूलाई जीवन वास्तवमा के हो भनेर अनुभव गर्न दिनु हो, र यसरी मानिसहरूको नियति परमेश्‍वरको हातको नियन्त्रणमा हुन्छ, र कुनै पनि व्यक्तिले यसको निर्णय गर्न सक्दैन र मानिसहरूको व्यक्तिपरक इच्छामा परिवर्तन भएसँगै यो परिवर्तन हुँदैन भनेर महसुस गराउनु हो। सृष्टिकर्ताले जे गर्नुहुन्छ र मानिसहरूको लागि उहाँले जुनसुकै प्रकारको जीवन वा नियति बन्दोबस्त गर्नुभएको भए पनि, उहाँले तिनीहरूलाई जीवन र मान्छेको नियति वास्तवमा के हो भनेर मनन गर्न लगाउनुहुन्छ, र तिनीहरूले यी सबै कुराहरू मनन गर्ने क्रममा, उहाँले तिनीहरूलाई परमेश्‍वरसामु आउने तुल्याउनुहुन्छ। जब परमेश्‍वरले सत्यता व्यक्त गर्नुहुन्छ र मानिसहरूलाई यो सबै के हो भनेर बताउनुहुन्छ, तब उहाँले मानिसहरूलाई उहाँको अगाडि आउन लगाउनुहुन्छ, र तिनीहरूलाई परमेश्‍वरले भन्‍नुभएका कुराहरू स्वीकार गर्न, परमेश्‍वरले भन्‍नुभएका कुराहरू अनुभव गर्न, र परमेश्‍वरले भन्‍नुभएका सबै कुरा र मानिसहरूले आफ्नो वास्तविक जीवनमा अनुभव गरेका सबै कुराहरूबीचको सम्बन्ध वास्तवमा के हो भनेर बुझ्‍न लगाउनुहुन्छ। उहाँले मानिसहरूलाई यी सत्यताहरूको व्यावहारिकता, शुद्धता र वैधता प्रमाणित गर्न दिनुहुन्छ, र त्यसपछि तिनीहरूले ती कुराहरू प्राप्त गर्छन् र मान्छे सृष्टिकर्ताको हातको नियन्त्रणमा छ, र मान्छेको नियति परमेश्‍वरद्वारा शासित र व्यवस्थित छ भनेर स्वीकार गर्छन्। मानिसहरूले यी सबै कुराहरू बुझिसकेपछि, तिनीहरूसँग त्यसउप्रान्त आफ्नो जीवनको लागि कुनै अव्यावहारिक योजनाहरू हुनेछैनन्, र तिनीहरूसँग सृष्टिकर्ताको इच्छाविपरीत जाने योजनाहरू हुनेछैनन्, न त उहाँले तोक्‍नुभएको र मिलाउनुभएको कुराविरुद्ध जाने कुनै योजना नै हुनेछ; बरु, तिनीहरूसँग तिनीहरूले आफ्‍नो जीवन कसरी बाँच्नुपर्छ र कुन बाटो लिनुपर्छ भन्‍ने कुराबारे झन्झन् सही मूल्याङ्कन र बुझाइ हुनेछ, वा बोध र योजना हुनेछ। सृष्टिकर्ताले मानिसहरूको जीवनमा तय गर्नुहुने ती धेरै कठिनाइहरूको उद्देश्य र महत्त्व यही हो।

अब कथामा फर्किऔँ, मुख्य पात्रले धेरै कठिनाइहरू अनुभव गरेपछि, उसले यो जीवनमा किन कठिनाइ र पीडाहरू भोगी, र सृष्टिकर्ताले किन यसरी परिस्थिति योजनाबद्ध र बन्दोबस्त गर्नुभयो भन्‍नेबारे उसको बुझाइ के थियो? के तिमीहरूले त्यो कुरा कथाबाट देख्‍न सक्छौ? के उसले यी कुराहरूको बुझाइ प्राप्त गरी? (गरिन।) उसले यो बुझाइ किन प्राप्त गरिन? (किनभने उसको जीवनको हरेक चरणमा, र उसको जीवनको हरेक मोडमा, जब उसका इच्छाहरू बारम्बार चकनाचुर भए, तब उसले आफ्नो जीवनभरको सपना किन कहिल्यै पूरा हुन सकेन भनेर मनन गर्ने वा कुनै निष्कर्ष निकाल्ने काम गरिन। यदि उसले मनन गर्न र सत्यता खोज्न सकेकी भए, ऊ परिवर्तन हुनेथिई। तैपनि, उसले सृष्टिकर्ताको सार्वभौमिकता बुझिन, बरु उसको सपनालाई दृढतापूर्वक निरन्तरता दिँदै, एकदिन उसको नियति अचानक परिवर्तन हुनेछ भनेर आशा गर्न मात्र सकी, तर त्यो पूरा हुनु असम्भव थियो। यस प्रक्रियामा, उसले निरन्तर प्रतिरोध र संघर्ष गरिरहेकी थिई, र त्यसैले उसलाई अथाह पीडा भयो।) अवस्था ठ्याक्‍कै यस्तै थियो, किनभने उसले गलत बाटो रोजेकी थिई, तर उसलाई त्यो थाहै थिएन। उसले त्यसलाई सही मार्ग, र उसको सही खोज र वैध इच्छाको रूपमा लिएकी थिई, र त्यसपछि उसले त्यही दिशातर्फ कडा मेहनत गरी, लडी र संघर्ष गरी। उसले कहिल्यै पनि उसको इच्छा यथार्थपरक छ छैन भनेर शङ्का गरिन, न त उसले यो सही छैन कि भनेर नै शङ्का गरी। बरु, उसले जिद्दीपूर्वक यही लक्ष्य पछ्याइरही, तर कहिल्यै परिवर्तन वा सुधार भइन। अनि त्यसोभए, उसलाई जीवनमा यति धेरै कठिनाइ दिनुपछाडि परमेश्‍वरको उद्देश्य के थियो? परमेश्‍वरले यो सबै संयोगवश गर्नुभएको थिएन। कुनै पनि व्यक्तिको जीवनमा, परमेश्‍वरले उसको लागि केही असाधारण अनुभवहरू र केही पीडादायी अनुभवहरू तय गरिदिनुहुन्छ। वास्तवमा, सृष्टिकर्ताले तँलाई यसरी अघि नबढ्, र यो बाटोले कतै पनि पुर्‍याउँदैन, र यो तैँले लिनुपर्ने बाटो होइन भनेर बताउनको लागि यो विधि र यी तथ्यहरू प्रयोग गरिरहनुभएको हुन्छ। अमूर्त रूपमा तैँले यसमा के देख्छस्? यो मानिसहरूको लागि परमेश्‍वरले बाटो रोजिदिनुभएको हो, र यो मानिसहरूसँग बोल्ने उहाँको शैली हो, र यो मानिसहरूलाई मुक्ति दिने र तिनीहरूलाई आफ्ना गलत धारणा र जिद्दी तरिकाहरूबाट बाहिर निस्कन लगाउने परमेश्‍वरको तरिका पनि हो। यो तँलाई तैँले रोजेको बाटो दलदल, आगोको खाडल, कहिल्यै फर्किन नसकिने बाटो हो, र तँ यो बाटो हिँड्नु हुँदैन भनेर बताउने परमेश्‍वरको तरिका पनि हो। यदि तँ यसरी नै अघि बढिरहिस् भने, तैँले कष्ट भोगिरहनेछस्। यो जीवनको सही मार्ग होइन, यो तैँले लिनुपर्ने मार्ग होइन, र यो परमेश्‍वरले तेरो लागि पूर्वनिर्धारित गर्नुभएको मार्ग होइन। यदि तँ चलाख व्यक्ति होस् भने, कठिनाइ अनुभव गरेपछि, तैँले यस्तो मनन गर्नेछस्: “मैले किन यस्तो कठिनाइ अनुभव गरें? मैले किन ठक्‍कर खाएँ? के यो बाटो मेरो लागि उपयुक्त नभएको हो? त्यस्तो हो भने, मैले जीवनमा कुन मार्गमा हिँड्नुपर्छ र कुन दिशा लिनुपर्छ?” तैँले मनन गरिरहेको बेला, परमेश्‍वरले तँलाई केही प्रेरणा र मार्गदर्शन दिनुहुनेछ, वा तैँले आफ्नो अर्को चरणमा लिनुपर्ने सही दिशा देखाउनुहुनेछ। उहाँले तेरो लागि योजना गर्नुभएको अगाडिको बाटोलाई वास्तविक जीवनमा तैँले अझ व्यावहारिक र सही रूपमा बुझ्न सक् भनेर परमेश्‍वरले तँलाई निरन्तर मार्गदर्शन दिइरिरहनुभएको हुन्छ। तर के मैले भर्खरै तँलाई भनेको कथाको प्रमुख पात्रले यो काम गरी त? (अहँ, उसले कहिल्यै मनन गरिन।) उसमा कस्तो स्वभाव थियो? (हठीपन।) हठीपन—यो अत्यन्तै समस्या निम्त्याउने कुरा हो। ऊ बच्‍चा हुँदादेखि कपाल फुलेकी बुढी हुँदासम्म, आफू भर पर्न सकिने कोही होस् भन्‍ने उसको इच्छा कहिल्यै परिवर्तन भएन। चाहे उसले परमेश्‍वरको सुसमाचार सुनेर सृष्टिकर्ताले स्वर्ग र पृथ्वी र यावत् थोक कसरी सृष्टि गर्नुभयो भन्‍नेबारे अन्तर्ज्ञान प्राप्त गर्नुभन्दा पहिले होस्, वा परमेश्‍वरको सुसमाचार ऊकहाँ आइपुगेर परमेश्‍वरले उसलाई यी सबै कुराबारे सत्यता बताउनुभएपछि होस्, उसको इच्छा सुरुदेखि अन्त्यसम्म कहिल्यै परिवर्तन भएन—यो सबैभन्दा दुःखलाग्दो पक्ष हो। मानिसहरूसँग विचार र दृष्टिकोणहरू हुन्छन्। मानिसहरूको लागि यो सब कुरा सृष्टि गर्नुपछाडि परमेश्‍वरको उद्देश्य के थियो? मानिसहरूले परमेश्‍वरले तिनीहरूको लागि बन्दोबस्त गर्नुभएका मानिसहरू, घटनाहरू, विभिन्‍न कुराहरू, र वातावरणहरू बुझून् र जानून् भन्‍ने यसको उद्देश्य थियो। समझ र विवेक भएको एक सामान्य व्यक्तिको रूपमा, सृष्टि गरिएको प्रत्येक मानिसले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका यी सबै कुराहरू अनुभव र बोध गर्दा, धेरथोर रूपमा र फरकफरक गहनतामा सृष्टिकर्ताको अभिप्राय बुझ्नेछन्। परमेश्‍वरले काम गर्नुहुने निकै व्यावहारिक र वास्तविक एउटा तरिका यो पनि हो। तर मानिसहरू अत्यन्तै घमण्डी र हठी हुने हुनाले, र तिनीहरूले सजिलैसँग सत्यता स्वीकार गर्न नसक्‍ने हुनाले, सृष्टिकर्ताको इच्छा बुझ्न तिनीहरूलाई गाह्रो हुन्छ। मानिसहरूको हठीपन कसरी प्रकट हुन्छ? परमेश्‍वरले जे भन्‍नुभए पनि वा जे गर्नुभए पनि, मानिसहरू अझै पनि आफ्नै कुरामा अडिग रहन्छन्। तिनीहरूको मानसिकता यस्तो हुन्छ: “म आफ्‍नो जीवनको योजना बनाउन चाहन्छु। मसँग विचारहरू छन्, मसँग दिमाग छ, म शिक्षित छु, र म मेरो जीवन नियन्त्रण गर्न सक्छु। म मेरो जीवनका सबै कुराको स्रोत देख्‍न सक्छु, र म यी सबैलाई पूर्ण योजनाबद्ध गर्न सक्छु, ताकि मैले मेरो आफ्नै खुशी, मेरो आफ्नै भविष्य र मेरो आफ्नै सम्भाव्यता योजना गर्न सकूँ।” जब तिनीहरूले ठक्‍कर खान्छन्, तब तिनीहरू यसो भन्छन्, “म यसपटक असफल भएँ, म अर्कोपटक फेरि प्रयास गर्नेछु।” तिनीहरूलाई मानिसहरू यसरी नै बाँच्नुपर्छ, र यदि कुनै व्यक्तिसँग प्रतिस्पर्धाको भावना छैन भने, ऊ जीवनमा अत्यन्तै बेकार र कमजोर हुनेछ भन्‍ने लाग्छ। तिनीहरूको जिद्दीपनको जड के हो? यसको कारण के हो? यस्तो किन हुन्छ भने, तिनीहरू कमजोर होइन, बरु बलियो व्यक्ति बन्‍नुपर्छ, र तिनीहरू जीवनद्वारा थिचिनु हुँदैन, अरूको हेपाइ सहनु झनै हुँदैन, र मानिसहरू आत्मनिर्भर र प्रतिस्पर्धी हुनुपर्छ, र तिनीहरूमा संकल्प हुनुपर्छ, र अरूले तिनीहरूलाई सम्मान गर्नुपर्छ भन्‍ने विश्‍वास तिनीहरूले गरेका हुन्छन्। यी स्वभाव, यी विचार, र यी सोचाइहरू तिनीहरूको व्यवहारमा हाबी हुन्छन्, त्यसकारण परमेश्‍वरले तिनीहरूको लागि योजनाबद्ध गर्नुभएको कठिनाइ, दुर्दशा, वा पीडा सामना गर्दा, प्रत्येकचोटि नै तिनीहरूले पहिलेको जस्तै गरी आफ्नै विचारहरूमा अडिग रहने, परिवर्तन नहुने, र आफूलाई राम्रो, सही र फाइदाजनक लागेको कुरामा अन्त्यसम्‍मै जिद्दीपूर्वक लागिरहने, र प्रतिस्पर्धी व्यक्ति बन्‍ने विकल्प रोज्छन्। यही हठी स्वभावले गर्दा नै तिनीहरूले कैयौँ अज्ञानी र अव्यावहारिक मूल्याङ्कनहरू गर्न पुग्छन्, अनि तिनीहरूमा कैयौँ अव्यावहारिक बुझाइ र अनुभवहरू पैदा हुन्छन्।

मैले भर्खरै मानिसहरूको स्वभावको एउटा पक्ष, अर्थात् हठीपनबारे कुरा गरें। मानिसहरूको हठीपनको कारणले गर्दा नै, जब तिनीहरूले सृष्टिकर्ताले तिनीहरूको जीवनमा ल्याउनुभएका पीडादायी परिस्थिति र दुर्दशाहरू सामना गर्छन्, तब तिनीहरूको मनोवृत्ति समर्पित हुनुपर्छ भन्‍ने नभई, तिनीहरूलाई जे कुराले फाइदा गर्छ त्यसलाई दृढतापूर्वक पक्रिबस्‍नु र त्यसलाई नत्याग्‍नु भन्‍ने हुन्छ। यस्तो व्यवहारलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरको काम मानिसहरूको इच्छाबाट स्वतन्त्र छ, त्यसैले परमेश्‍वरले मानिसहरूका यस्ता कार्यहरूलाई कसरी लिनुहुन्छ? परमेश्‍वरले निश्‍चय नै यसो भन्‍नुहुनेछैन, “यसपालि तँ असफल भइस्, त्यसैले तँ बरबाद हुनेभइस्। तँजस्ता मानिसहरूको कुनै काम छैन र म अबदेखि तँलाई चाहन्‍नँ।” परमेश्‍वरले मानिसहरूलाई त्याग्‍नुभएको छैन। उहाँले विभिन्‍न वातावरण र विभिन्‍न मानिस, घटना र परिस्थितिहरू बन्दोबस्त गर्दै, उही तरिका प्रयोग गरिरहनुहुन्छ, ताकि मानिसहरूले उही पीडा अनुभव गर्न सकून् र उही दुर्दशाहरू सामना गर्न सकून्। अनि, यसको उद्देश्य के हो? (यसले मानिसहरूलाई होसमा ल्याउँछ।) यसले मानिसहरूलाई मनन गर्न, होसमा आउन र आफ्‍ना जिद्दी दृष्टिकोणहरू त्याग्‍न लगाउँछ। परमेश्‍वरले बारम्बार मानिसहरूसँग यसरी कुराकानी गर्न, र मानिसहरूसँग यसरी अन्तरक्रिया गर्न आफ्ना अद्वितीय विधिहरू प्रयोग गर्नुहुन्छ। अनि यस्तो कार्यविधिद्वारा अन्त्यमा परमेश्‍वरले प्राप्त गर्न चाहनुभएको परिणाम के हो? परमेश्‍वर मानिसहरूलाई जीवनभर विभिन्‍न दुर्दशाहरू, पीडाहरू, रोगहरू र पारिवारिक दुर्भाग्यहरू पार गराएर मार्गदर्शन गर्नुहुन्छ। मानिसहरूलाई यो पीडा अनुभव गराउनुको उद्देश्य तिनीहरूलाई निरन्तर आफ्नो आत्मामा मनन गर्न र बुझ्न लगाउनु, र आफ्‍नो अन्तस्करणमा यो कुरा प्रमाणित गर्न लगाउनु हो: “के यो परमेश्‍वरको बन्दोबस्त हो? मैले मेरो भविष्यको बाटो कसरी हिँड्‍नुपर्छ? के मैले दिशा परिवर्तन गर्नुपर्छ? के मैले सत्यताको बाटो खोज्नुपर्छ? के मैले आफ्‍नो जिउने शैली परिवर्तन गर्नुपर्छ?” परमेश्‍वरले मानिसहरूलाई हरप्रकारका पीडा, सङ्कष्ट, दुर्भाग्य र दुर्दशाहरू अनुभव गराउनुहुन्छ, ताकि पछि गएर तिनीहरूले मानिसहरूको नियतिमाथि शासन गर्ने सार्वभौम एक हुनुहुन्छ, र मानिसहरू स्वेच्‍छाचारी, अहङ्कारी वा जिद्दी हुनु हुँदैन, बरु आफ्‍नो जीवनमा आइपर्ने सबै वातावरण, नियति, र सबै कुरामा समर्पित हुन सिक्‍नुपर्छ भन्‍ने कुराको निश्‍चयता आफ्‍नो हृदयको गहिराइमा प्राप्त गर्न सकून्। तैँले परमेश्‍वरका स्पष्ट वचनहरू सुन्‍नुअघि नै, परमेश्‍वरले तँलाई हरप्रकारका वातावरण, मानिस, घटना र परिस्थितिहरू अनुभव गराउन र मानिसहरूको नियति परमेश्‍वरले तय गर्नुहुन्छ, कुनै पनि व्यक्तिले यसमाथि सार्वभौमिकता राख्दैन, र मानिसहरूले आफ्नो नियतिमाथि सार्वभौमिकता राख्‍न सक्दैनन् भन्‍ने कुरा तेरो हृदयको गहिराइमा निरन्तर पुष्टि गराउन यी तरिका र तथ्यहरू प्रयोग गर्नुहुन्छ। तेरो हृदयको गहिराइमा तँसँग निरन्तर यस्तो बुझाइ वा आवाज रहेको हुन्छ, र तैँले अनुभव गर्ने सबै कुरा कुनै एउटा व्यक्तिको कारणले हुँदैन, न त यो संयोगवश नै भएको हुन्छ, न त यो वस्तुगत कारण वा परिस्थितिहरूको कारणले नै पैदा भएको हुन्छ, यी सबै कुराहरूमाथि अदृश्य रूपमा सार्वभौमिकता कायम राख्‍ने त परमेश्‍वर नै हुनुहुन्छ भन्‍ने कुरा निरन्तर पुष्टि गर्छस्। एउटा व्यक्तिले अर्को व्यक्तिलाई भेट्नु र केही घटना घट्नु, वा तिनीहरूले आफ्नो जीवन परिवर्तन गर्ने वातावरण सामना गर्नु संयोगवश भएको हुँदैन। कुनै व्यक्ति रोगबाट पीडित हुनु र पछि उसले ठूला आशिष्‌हरू प्राप्त गर्नु संयोगवश भएको हुँदैन। यो त परमेश्‍वरले प्रत्येक व्यक्तिलाई अद्वितीय तरिकाले यो कुरा बताइरहनुभएको कुरा हो: परमेश्‍वरले मानिसहरूको नियतिमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, परमेश्‍वरले हरेक दिन मानिसहरूको हेरचाह र मार्गदर्शन गरिरहनुभएको हुन्छ, र हरेक व्यक्तिलाई हरेक दिन र जीवनभर मार्गदर्शन गरिरहनुभएको हुन्छ। अनि, परमेश्‍वरले मानवजातिको नियतिमाथि, मानिसहरूको जीवनसँग सम्बन्धित सबै कुरामाथि, मानवजातिको गन्तव्यमाथि, र मानवजातिसँग सम्बन्धित सबै कुरामाथि उहाँको सार्वभौमिकता छ भनेर मानिसहरूलाई जानकारी दिनेबाहेक, ले अरू के काम पूरा गर्न चाहनुहुन्छ? उहाँ सृष्टिकर्ता परमेश्‍वरप्रति मानिसहरूमा रहेका केही अव्यावहारिक विचार, कल्पना र मागहरूलाई बिस्तारै बिलाइपठाउन, हटाउन र त्यागाउन चाहनुहुन्छ, र त्यसपछि मानवजातिलाई मार्गदर्शन गर्ने र मानिसहरूको सम्पूर्ण जीवनको नियति तय गर्ने सृष्टिकर्ताका तरिकाहरू स्पष्टसित पहिचान गर्न र बुझ्‍न सक्‍ने अवस्थामा तिनीहरूलाई पुर्‍याउन चाहनुहुन्छ। तब यी कुराहरूबाट, मानिसहरूले परमेश्‍वरको एउटा स्वभाव हुन्छ र परमेश्‍वर स्पष्ट र जीवन्त हुनुहुन्छ भन्‍ने कुरा देख्‍न सक्छन्। उहाँ माटोको मूर्ति हुनुहुन्‍न, न त रोबट नै हुनुहुन्छ, न त उहाँ मानिसहरूले कल्पना गरेको निर्जीव प्राणी नै हुनुहुन्छ, बरु उहाँसँग त जीवन र स्वभावहरू छन्। एक अर्थमा, यो कुराले मानिसहरूलाई सृष्टिकर्ताका काम गर्ने तरिकाहरू बुझ्न र मानिसहरूलाई सबै प्रकारका विचारहरू, कल्पनाहरू, र वास्तविकतासँग मेल नखाने खोक्रा विचार र तर्कहरू त्याग्‍न लगाउँछ। छोटकरीमा भन्दा, यसले मानिसहरूलाई परमेश्‍वरको कामबारेका सबै खोक्रा विचार र कल्पनाहरू त्याग्‍न लगाउँछ। अर्को अर्थमा, मानिसहरूले यी विचार र कल्पनाहरू त्यागेपछि, तिनीहरूले परमेश्‍वरको काम र सार्वभौमिकता स्वीकार गर्न सक्छन् र तिनीहरू त्यसमा समर्पित हुन सक्छन्। एक अर्थमा यो सानो परिणाम हो, तर अर्को अर्थमा यसमा तिमीहरूले नदेखेको एउटा परिणाम छ, र त्यो सबैभन्दा ठूलो र सबैभन्दा गहन परिणाम हो। यो परिणाम के हो त? यो भनेको परमेश्‍वरले जे गर्नुहुन्छ र मानिसहरूमा जे हासिल गर्नुहुन्छ, त्यो उहाँले निकै व्यावहारिक र वास्तविक स्थितिमा गर्नुहुन्छ भन्‍ने कुरा मानिसहरूलाई बताउन यी तरिकाहरू प्रयोग गर्नुहुन्छ भन्‍ने हो। मानिसहरूले यो कुरा बुझेपछि, तिनीहरूले केही खोक्रा र भ्रमपूर्ण कुराहरू त्याग्‍नेछन्, सृष्टिकर्ताको बन्दोबस्तलाई वास्तवमै मान्‍नेछन् र त्यसमा समर्पित हुनेछन्, र त्यसपछि सृष्टिकर्ताको कल्पना गर्न, वा जीवनका केही कुराहरू सम्हाल्न केही खोक्रा सिद्धान्तहरू वा धार्मिक अवधारणाहरू वा धर्मशास्‍त्रीय ज्ञान प्रयोग गर्नुको सट्टा, वास्तविक जीवनमा सृष्टिकर्ताले तय गर्नुहुने सबै कुराहरू सामना गर्नेछन्। परमेश्‍वरले हेर्न चाहनुहुने परिणाम, र उहाँले मानिसहरूमा हासिल गर्न चाहनुहुने कुरा यही हो। त्यसकारण, पहिलो चरणमा, तैँले विभिन्‍न सत्यताहरूबारे सृष्टिकर्ताको आवाज सुन्‍नुअघि र सृष्टिकर्ताका स्पष्ट वचनहरू बुझ्नुअघि, परमेश्‍वरले मानिसहरूमा काम गर्नुहुने तरिका भनेको तँलाई अनुभव गर्न र भोग्‍न लगाउनको लागि विभिन्‍न वातावरणहरू तय गर्नु हो। जब तँसँग केही निश्‍चयता हुन्छ, र जब तँसँग यी कुराहरूबारे अन्तस्करणमा केही भावनाहरू हुन्छन्, र जब तँ तीद्वारा उत्प्रेरित भएर तिनलाई बुझ्छस्, तब परमेश्‍वरले तँलाई जीवन के हो, परमेश्‍वर को हुनुहुन्छ, मानिसहरू कसरी अस्तित्वमा आए, र मानिसहरूले कस्तो बाटो लिनुपर्छ भन्‍ने कुरा स्पष्ट शब्दमा बताउनुहुनेछ। यस तरिकाले, मानिसहरूले मानव परमेश्‍वरबाट आएको र परमेश्‍वरद्वारा सृष्टि गरिएको हो भन्‍ने विश्‍वासको आधारमा, र स्वर्ग र पृथ्वी र यावत् थोकमाझ एक सार्वभौम हुनुहुन्छ भन्‍ने विश्‍वासको आधारमा, परमेश्‍वरमाथिको विश्‍वासको मार्ग अपनाउँछन्, र फलस्वरूप परमेश्‍वरको न्याय र सजाय स्विकार्छन्, र परमेश्‍वरको मुक्ति र सिद्धीकरण पनि स्वीकार गर्छन्—यसको प्रभावकारिता अझ राम्रो हुन्छ। अब, परमेश्‍वरको आखिरी दिनहरूको काम स्वीकार गर्ने यी सबै मानिसहरू को हुन्? कम्‍तीमा पनि, तिनीहरू परमेश्‍वरको अस्तित्व स्वीकार गर्ने र सम्पूर्ण ब्रह्माण्ड संसार परमेश्‍वरको सार्वभौमिकताको अधीनमा छ भनी विश्‍वास गर्नेहरू हुन्। तिनीहरूले नियतिमा विश्‍वास गर्छन् र मानव जीवन परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरामा पनि विश्‍वास गर्छन्, र यसबाहेक, तिनीहरूले आत्मिक क्षेत्रको अस्तित्वमा र स्वर्ग र नर्कको अस्तित्वमा, र मानिसहरूको नियति पूर्वनिर्धारित हुन्छ भन्‍ने कुरामा विश्‍वास गर्छन्। यी मानिसहरूमध्ये, परमेश्‍वरले उहाँका चुनिएका मानिसहरू छान्‍नुभएको छ, जो सत्यतालाई प्रेम गर्छन् र जो सत्यतालाई स्विकार्न सक्छन्। तिनीहरूले परमेश्‍वरको आवाज बुझ्न र परमेश्‍वरको काम स्विकार्न सक्छन्। परमेश्‍वरले काम गर्नुहुने एउटा तरिका र एउटा सिद्धान्त यही हो।

हामीले भर्खरै परमेश्‍वरले मानिसहरूमा कसरी काम गर्नुहुन्छ, र परमेश्‍वरका काम गर्ने तरिकाहरू के-के हुन् भन्‍नेबारे कुरा गर्‍यौँ। हामीले केवल यी कुराहरूबारे छलफल गर्‍यौँ, तर मानिसहरूका धारणाहरू के हुन् वा मानिसहरूले परमेश्‍वरसँग के-के माग गर्छन् भन्‍नबारे केही बताएनौँ। अब हामी यससँग सम्बन्धित मामिलाहरूबारे सङ्गति गरौं। मानिसहरूसँग परमेश्‍वरको कामबारे केही खोक्रा र अस्पष्ट विचार र बुझाइहरू हुन्छन् भन्‍नेबारे हामीले यो सङ्गतिमा उल्‍लेख गरिसकेकाले, अब हामी यसलाई प्रमाणित गर्न केही उदाहरणहरू खोजौँ, र सकारात्मक र नकारात्मक दुवै उदाहरणहरूबारे अलिअलि कुरा गरौं। अनि यो जगको आधारमा, के मानिसहरूले कुनकुन कल्पनाहरू एकदम खोक्रा र अस्पष्ट छन्, र ती परमेश्‍वरको कामबारेका धारणाहरू हुन् भनेर बुझ्न सक्‍नेछैनन् र? मैले तिमीहरूलाई पहिले भनेको कथाबाट सुरु गर्दा, कथाको मुख्य पात्रले जीवनका धेरै पीडादायी अनुभवहरू भोगी। प्रत्येक पीडादायी अनुभवपछि, परमेश्‍वरले आफ्‍ना विधिहरू प्रयोग गरेर, उसको नियति बन्दोबस्त र योजनाबद्ध गर्न र उसलाई अगाडिको बाटोतर्फ मार्गदर्शन गर्न जारी राख्‍नुभयो। उसले त्यो नबुझेकी, थाहा नपाएकी, र मनन नगरेकी भए पनि, परमेश्‍वरले सधैँजसरी नै यो कुरा गर्नुभयो। यो चरणमा, के उसले सृष्टिकर्ताको काम गर्ने यो तरिकाबारे केही विचारहरू प्रकट गरिन त? के ती विचारहरूलाई एकप्रकारको धारणा भन्‍न सकिन्छ? वास्तवमा, यी विचारहरू र यस्तो धारणा के हुन्? सर्वप्रथम, मुख्य पात्रको हकमा भन्दा, उसको एउटा इच्छा थियो। उसले जीवनमा धनी वा सम्पन्‍न हुने आशा गरेकी थिइन, तर ऊ भरोसा गर्न सकिने कोही चाहन्थी। चिरफार र विश्‍लेषणको माध्यमबाट, हामीले यो इच्छा गलत थियो भनेर देख्‍न सक्छौँ। एक अर्थमा, यो परमेश्‍वरले मानिसहरूको लागि योजनाबद्ध र बन्दोबस्त गर्नुभएको नियतिको विपरीत थियो, र अर्को अर्थमा, यो व्यावहारिक पनि थिएन। त्यसोभए के परमेश्‍वरले उसको यो इच्छाबारे कुनै परिभाषा वा अभिव्यक्ति प्रदान गर्नुभएको छ? मानिसहरूको कल्पनाअनुसार, परमेश्‍वरले एउटा व्यक्तिलाई थोरै सिद्धान्त बुझाउन धेरै सजिलो हुन्छ, होइन र? यदि उहाँले तिनीहरूलाई बुझाउन चाहनुभयो भने, के तिनीहरूले बुझिहाल्दैनन् र? यो स्‍त्रीको इच्छा भर पर्न सकिने कोही पाउनु थियो—परमेश्‍वरले उसलाई त्यो इच्छा नगर्ने बनाउन सक्‍नुहुन्थ्यो, वा उनलाई त्यो इच्छा परिवर्तन गर्न लगाउन सक्‍नुहुन्थ्यो—तर के परमेश्‍वरले त्यसो गर्नुभयो? (गर्नुभएन।) अहँ, परमेश्‍वरले त्यसो गर्नुभएन। के उसको इच्छा एकप्रकारको धारणा थियो? के यो अलौकिक थियो? के यो खोक्रो थियो? मानिसहरूमा यस्ता विचारहरू उत्पन्‍न हुनु प्राकृतिक कुरा हो। यो एउटा प्राकृतिक कुरा हो भनेर मैले किन भनेँ? परमेश्‍वरले स्वतन्त्र इच्छा भएको मान्छे बनाउनुभयो। मान्छेसँग दिमाग, विचार र दृष्टिकोणहरू हुन्छन्। शैतानद्वारा भ्रष्ट पारिएपछि, मान्छे संसारका आवाज र दृश्यहरूमा डुब्यो, र, आमाबुबाद्वारा शिक्षित पारिएपछि, परिवारद्वारा अभ्यस्तीकरण गराइएपछि, र समाजद्वारा शिक्षित पारिएपछि, मान्छेका विचारहरूमा धेरै कुराहरू उत्पन्‍न हुन्छन्—मान्छेको हृदयबाट आउने धेरै कुराहरू आउँछन्, र ती सबै स्वाभाविक रूपमै आउँछन्। अनि, मान्छेभित्र स्वाभाविक रूपमै आउने यी कुराहरू कसरी पैदा हुन्छन्? सर्वप्रथम, व्यक्तिमा समस्याहरूबारे विचार गर्ने क्षमता हुनुपर्छ—यी कुराहरू पैदा गर्न सक्‍ने बन्‍नलाई व्यक्तिमा हुनुपर्ने आधारभूत कुरा यही हो। त्यसपछि, वातावरणीय अभ्यस्तीकरणको माध्यमबाट—जस्तै आफ्नो परिवार र समाजले दिने शिक्षा—साथै आफ्नै भ्रष्ट स्वभाव र महत्त्वाकाङ्क्षा र इच्छाहरूद्वारा प्रेरित भएर, यी विचारहरूले बिस्तारै आकार लिन्छन्। जब यसरी निर्मित त्यस्ता विचार र दृष्टिकोणहरूको कुरा आउँछ, ती वास्तविकतासँग मेल खाए पनि वा ती खोक्रा भए पनि, वा ती जे-जस्ता भए पनि, हामी अहिले तीबारेमा निर्णय गर्नेछैनौं। बरु, हामी केवल परमेश्‍वरले यस्ता विचारहरूलाई कसरी लिनुहुन्छ भन्‍नेबारे मात्रै कुरा गर्नेछौं। के परमेश्‍वरले तिनलाई निन्दा गर्नुहुन्छ? परमेश्‍वरले तिनलाई निन्दा गर्नुहुन्‍न। त्यसोभए उहाँले तिनलाई कसरी लिनुहुन्छ? उहाँले मानिसहरूबाट त्यस्ता विचारहरू हटाउनुहुन्‍न। मानिसहरूले धारणा र कल्पनालाई आश्रय दिन्छन्, र परमेश्‍वरको महान् निराकार हातको कोमल स्पर्शले तिनीहरूको सोचाइ परिवर्तन हुनेछ भन्‍ने सोच्छन्। के यो धारणा अस्पष्ट, अलौकिक र खोक्रो छैन र? (छ।) परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍नेबारेमा रहेको मानिसहरूको धारणा यही हो। मानिसहरूले आफ्‍नो हृदयको गहिराइमा प्रायजसो परमेश्‍वरको काम र उहाँको कामका विधिहरूबारे कल्पनाहरू राखेका हुन्छन्, यद्यपि तिनीहरूले ती कुराहरू बताउने भने गर्दैनन्। मानिसहरूले ठूलो बतासले मौनतासाथ बादल उडाएर लगेझैँ, सृष्टिकर्ता कोमलतासाथ मान्छेको छेउ आउनुहुन्छ, र उहाँको महान् हात हल्‍लाउनुहुन्छ र फू गरिदिनुहुन्छ वा सोच घुमाइदिनुहुन्छ, र मान्छेभित्रका नकारात्मक कुराहरू क्षणभरमा हराउनेछन् भन्‍ने कल्‍पना गर्छन्। मान्छेका यी विचारहरूलाई, मान्छेको मनले जन्माउने यी कुराहरूलाई परमेश्‍वरले कसरी लिनुहुन्छ? परमेश्‍वरले तिनलाई अलौकिक, र खोक्रा विधिहरूद्वारा समाधान गर्नुहुन्‍न, बरु मान्छेको वातावरण तय गरेर समाधान गर्नुहुन्छ। अनि, उहाँले कस्तो वातावरण तय गर्नुहुन्छ? यो खोक्रो हुँदैन—परमेश्‍वरले सबै नियमहरू तोड्दै अलौकिक कामकुराहरू गर्नुहुन्‍न। बरु, उहाँले व्यक्तिलाई कुरा बुझ्न र अनवरत रूपमा मनन गर्न बाध्य पार्ने वातावरण तय गर्नुहुन्छ, र त्यसपछि परमेश्‍वरले त्यो व्यक्तिको मार्ग उज्यालो पार्न हरप्रकारका मानिस, घटना र परिस्थितिहरू प्रयोग गर्नुहुन्छ, र त्यसपछि त्यो व्यक्तिले समझ प्राप्त गर्छ। परमेश्‍वरले उसको नियति परिवर्तन गर्नुहुन्‍न; उहाँले उसको नियतिको दिशा परिवर्तन गर्न केही घटनाहरू ल्याउनुहुन्छ, जसले गर्दा ऊ यी कुराहरू बुझ्न सक्‍ने हुन्छ। मान्छेका धारणाहरू सबै अलौकिक, खोक्रा, अस्पष्ट, र वास्तविकतासँग नमिल्‍ने हुन्छन्—ती वास्तविकताबाट अलग हुन्छन्। उदाहरणको लागि, मानौँ व्यक्ति भोकाएको छ र उसलाई खान मन छ। तर यस्तोमा यसो भन्‍नेहरू पनि छन्, “परमेश्‍वर सर्वशक्तिमान हुनुहुन्छ, उहाँले मलाई सास फुकिदिनुभयो भने पुग्छ, अनि म अघाइहाल्नेछु। के मैले साँच्‍चै खाना पकाउनुपर्छ र? परमेश्‍वरले मलाई भोक नलागोस् भनेर एउटा सानो चमत्कार गर्नुभयो भने, गज्‍जब हुनेथ्यो।” के यो अवास्तविक छैन र? (छ।) यदि तैँले परमेश्‍वरलाई भोक लाग्यो भनेर भनिस् भने, परमेश्‍वरले के भन्‍नुहुन्छ? परमेश्‍वरले तँलाई केही खानेकुरा खोजेर पका भनी भन्‍नुहुनेछ। यदि तैँले खानेकुरा छैन र पकाउन सक्दिनँ भनेर भनिस् भने, परमेश्‍वरले के गर्नुहुन्छ? उहाँले तँलाई खाना पकाउन सिक् भनेर भन्‍नुहुनेछ। परमेश्‍वरको कामको व्यावहारिक पक्ष यही हो। जब तिमीहरूले आफूलाई अस्पष्ट लागेको कुनै कुरा सामना गर्छौ, र तिमीहरूले खोक्रा प्रार्थनाहरू गर्दैनौ वा स्व-आश्‍वासित भई परमेश्‍वरमा अस्पष्ट रूपमा भर पर्दैनौ, वा परमेश्‍वरबारेका यी विचार र कल्पनाहरूमा आफ्ना आशाहरू राख्दैनौ, तब तिमीहरूले के गर्नुपर्ने हो भन्‍ने कुरा थाहा पाउनेछौ—तिमीहरूले आफ्नो कर्तव्य, आफ्नो जिम्मेवारी र आफ्नो दायित्व थाहा पाउनेछौ।

मैले भर्खरै एउटा पक्षबारे कुरा गरें, जुन के हो भने, जब मानिसहरूले परमेश्‍वरले तय गर्नुभएको वातावरण बुझ्दैनन्, तब परमेश्‍वरले के गर्नुहुन्छ? परमेश्‍वरले वातावरणहरू तय गर्ने कार्यलाई निरन्तरता दिनुहुन्छ। मानिसहरूले सृष्टिकर्ताको सार्वभौमिकता बुझून्, र जीवनको अनुभवमार्फत आफ्नो नियति के हो भनेर बुझून्, र मानिसहरूलाई आफ्ना इच्छाहरू आफ्नो नियतिबाट अलग छन्, र सृष्टिकर्ताको बन्दोबस्तबाट पनि अलग छन् भन्‍ने कुरा भित्री रूपमा थाहा होस् भनेर उहाँले यसो गर्नुहुन्छ। मानिसहरूले बिस्तारै आफ्‍ना इच्छाहरू त्याग्‍न र सृष्टिकर्ताले योजनाबद्ध गर्नुभएका सबै कुरामा समर्पित हुन सिकून् भनेर उहाँले यसो गर्नुहुन्छ। यो कुरा बुझ्न एकदम सजिलो छ। अर्को पक्ष के हो भने, जब परमेश्‍वरका स्पष्ट वचनहरू मानिसहरूमा आउँछन्, तब तिनीहरूले केही थप धारणा र कल्पनाहरू निर्माण गर्छन्। कस्ता धारणाहरू? “परमेश्‍वरका वचनहरू जीवन रोटी र सत्यता हुन्। परमेश्‍वरका वचनहरू परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ। जब म परमेश्‍वरका वचनहरू सुन्छु, म जतिसुकै मूर्ख भए पनि म तुरुन्तै बुद्धिमान हुन्छु। जबसम्‍म मैले परमेश्‍वरका वचनहरू अझ धेरै पढ्छु, तबसम्‍म मेरो क्षमता बढ्दै जानेछ र मेरो सीप पनि त्यति नै बढ्दै जानेछ।” मानिसहरूका यी विचारहरू के हुन्? यी तिनीहरूका धारणाहरू हुन्। त्यसोभए, के परमेश्‍वरले यसरी नै काम गर्नुहुन्छ त? (गर्नुहुन्‍न।) यी मान्छेका धारणाहरू भएकाले, यी पक्‍कै पनि परमेश्‍वरको कामसँग नमिल्‍ने र त्यससँग विरोधाभासपूर्ण हुन्छन्। अनि, यहाँ एउटा तथ्य छ। परमेश्‍वर मान्छेसँग आमनेसामने भएर बोल्नुहुन्छ र उसले के गर्नुपर्छ र के गर्नुहुँदैन, उसले कुन बाटो लिनुपर्छ, र कसरी परमेश्‍वरमा समर्पित हुनुपर्छ भनेर बताउनुहुन्छ, र कार्यका विभिन्‍न पक्षहरूभित्र उसले प्रवेश गर्नुपर्ने सिद्धान्तहरूबारे बताउनुहुन्छ। परमेश्‍वरले मान्छेलाई यी सबै कुराहरू स्पष्ट रूपमा बताउनुहुन्छ, तैपनि उसले पहिले अकल्पनीय रहेका परिणामहरू प्राप्त गर्न र आश्‍चर्यकर्महरू देख्‍न सक्‍ने आशा गर्दै, परमेश्‍वरले उहाँका वचनहरूबाहेक अन्य माध्यमबाट उहाँको अभिप्राय वास्तवमा के हो भनेर बताउनुहुने प्रतीक्षा र अपेक्षा गर्छ। के यो मान्छेको धारणा होइन र? (हो।) वास्तवमा परमेश्‍वरले के गर्नुहुन्छ? (मानिसहरूले भोगेर अनुभव गरून् भनेर परमेश्‍वरले तिनीहरूको लागि व्यावहारिक वातावरण तय गरिदिनुहुन्छ।) परमेश्‍वरले मानिसहरूको लागि ती व्यावहारिक वातावरणहरू तय गरिदनुभएपछि पनि तिनीहरूले उहाँको इच्छा बुझेनन् भने उहाँले के गर्नुहुन्छ? (उहाँले मानिसहरूलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुहुन्छ।) यदि उहाँले तँलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएन भने तैँले के गर्नुपर्छ? (परमेश्‍वरका वचनहरूअनुसार अभ्यास गर्नुपर्छ र परमेश्‍वरले भन्‍नुभएअनुसार गर्नुपर्छ।) ठीक भन्यौ। परमेश्‍वरले आफ्नो काम सुरु गर्नुभएको समयदेखि वर्तमान समयसम्म, परमेश्‍वरले मानिसहरूको आमनेसामने भई कति वचन बोल्नुभएको छ? यति धेरै कि यदि तिमीहरूले पढेर कैयौँ वर्ष बितायौ भने पनि, तिमीहरूले पढिसक्दैनौ। तर मानिसहरूले कति वचनहरूचाहिँ प्राप्त गर्छन् त? यदि कुनै व्यक्तिले थोरै मात्रै प्राप्त गर्‍यो भने, त्यसले के प्रमाणित गर्छ? यसले के प्रमाणित गर्छ भने, त्यो व्यक्तिले परमेश्‍वरका वचनहरूमा पर्याप्त मेहनत गरेको छैन र तिनलाई सुनेको छैन। कतिपय यसो भन्‍नेहरू पनि छन्, “मैले सुनें”—तर के तैँले परमेश्‍वरको वचनलाई मनमा लिइस् त? के तैँले तिनलाई बुझिस् त? के तैँले तिनमा ध्यान केन्द्रित गरिस् त? तैँले तिनमा ध्यान केन्द्रित गरिनस्, त्यसैले परमेश्‍वरका वचनहरू तेरो छेवैबाट बगेर टाढा गएका छन्। त्यसकारण, जब परमेश्‍वरले मान्छेलाई कसरी व्यवहार गर्ने, कसरी बाँच्ने, कसरी उहाँमा समर्पित हुने, र कसरी हरेक घटना अनुभव गर्ने भनेर बताउन स्पष्ट भाषा प्रयोग गर्नुहुन्छ, तब यदि मान्छेले अझै पनि बुझ्दैन भने, परमेश्‍वरले उसको लागि वातावरण तय गर्नेबाहेक अरू केही गर्नुहुन्‍न, र यसरी उसलाई केवल केही विशेष अन्तर्दृष्टि मात्र दिनुहुन्छ, वा केही विशेष अनुभवहरू मात्र भोगाउनुहुन्छ। परमेश्‍वरले गर्न सक्‍ने, गर्नुपर्ने, र गर्न चाहनुहुने कुरा यही हो। यस्तो प्रश्‍न गर्ने मानिसहरू पनि छन्, “के परमेश्‍वरले हरेक व्यक्तिलाई मुक्ति दिऊँ र कसैले अनन्त विनाश नभोगोस् भन्‍ने चाहनुहुन्‍न र? यदि परमेश्‍वरले काम गर्न यस्तो विधि प्रयोग गर्नुभयो भने, कति मानिसहरूले मुक्ति पाउन सक्लान् र?” यसको जवाफमा, परमेश्‍वरले सोध्‍नुहुन्थ्यो, “कति मानिसहरूले मेरा वचनहरूप्रति ध्यान दिन्छन् र मेरो मार्ग पछ्याउँछन्?” जति छन्, धेरै छन्—यो परमेश्‍वरको दृष्टिकोण र उहाँको कामको विधि हो। परमेश्‍वरले योभन्दा बढी केही गर्नुहुन्‍न। यो विषयमा मान्छेको धारणा के छ? “परमेश्‍वरले यो मानवजातिलाई दया गर्नुहुन्छ, उहाँ यो मानवजातिको लागि चिन्तित हुनुहुन्छ, त्यसैले उहाँले अन्त्यसम्‍मै जिम्मेवारी लिनुपर्छ। यदि मान्छेले उहाँलाई अन्त्यसम्मै पछ्यायो भने, उसले अपरिहार्य रूपमै मुक्ति पाउनेछ।” यो धारणा सही छ कि गलत छ? के यो परमेश्‍वरको इच्छासँग मिल्छ? अनुग्रहको युगमा, मानिसहरूले यी धारणाहरू राख्‍नु सामान्य थियो, किनभने तिनीहरू परमेश्‍वर चिन्दैनथे। आखिरी दिनहरूमा, परमेश्‍वरले मानिसहरूलाई यी सबै सत्यताहरू बताउनुभएको छ, र परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने उहाँको कामका सिद्धान्तहरू पनि स्पष्ट रूपमा बताउनुभएको छ, त्यसैले यदि मानिसहरूको हृदयमा अझै पनि यी विचारहरू छन् भने यो धेरै मूर्खतापूर्ण कुरा हो। परमेश्‍वरले तँलाई यी सबै सत्यताहरू बताउनुभएको छ, त्यसैले यदि अन्त्यमा तँ अझै पनि परमेश्‍वरको इच्छा बुझेको छैनँ र अभ्यास गर्न आउँदैन भन्छस्, र तँ अझै पनि त्यस्ता विद्रोही र विश्‍वासघाती शब्दहरू बोल्छस् भने, के त्यस्तो व्यक्तिलाई परमेश्‍वरले मुक्ति दिन सक्‍नुहुन्छ? केही यस्ता मानिसहरू पनि छन् जो सधैँ यस्तो सोच्छन्, “परमेश्‍वरले यस्तो महान्‌ काम गर्नुहुन्छ, उहाँले संसारका आधाभन्दा बढी मानिसहरूलाई प्राप्त गर्नुपर्छ, र परमेश्‍वरको महिमाको गवाही दिन उच्चवर्गीय व्यक्तित्व भएका धेरै मानिसहरूको ठूलो शक्ति प्रयोग गर्नुपर्छ। त्यो कति गज्‍जबको कुरो हुनेथ्यो!” यो मान्छेको धारणा हो। बाइबलमा, पुरानो र नयाँ करार दुवैमा, मुक्ति दिइएका र सिद्ध पारिएका मानिसहरू कति थिए? अन्त्यमा परमेश्‍वरको डर मान्‍न र दुष्टताबाट टाढा बस्‍न सक्‍ने को थिए? (अय्यूब र पत्रुस।) ती दुई मात्र थिए। परमेश्‍वरको नजरमा, उहाँको डर मान्‍नु र दुष्टताबाट अलग बस्‍नु नै वास्तवमा उहाँलाई चिन्‍ने, अर्थात् सृष्टिकर्तालाई चिन्‍ने मापदण्ड पूरा गर्नु हो। अब्राहाम र नोआजस्ता मानिसहरू परमेश्‍वरको नजरमा धर्मी थिए, तर तिनीहरू अझै पनि अय्यूब र पत्रुसको स्तरभन्दा मुनि थिए। अवश्य नै, त्यसबेला परमेश्‍वरले त्यति धेरै काम गर्नुभएन। उहाँले अहिलेजसरी मानिसहरूको भरणपोषण गर्नुभएन, न त उहाँले यति धेरै स्पष्ट वचन नै बोल्नुभयो, न त उहाँले यति बृहत् किसिमले मुक्तिको काम नै गर्नुभयो। उहाँले धेरै मानिसहरू प्राप्त नगर्नुभएको हुन सक्छ, तर यो पनि उहाँको पूर्वनिर्धारणभित्रकै कुरो थियो। यसमा सृष्टिकर्ताको स्वभावको कुन पक्ष देख्‍न सकिन्छ? परमेश्‍वरले धेरै मानिसहरूलाई प्राप्त गर्ने आशा गर्नुहुन्छ, तर यदि धेरै मानिसहरूलाई वास्तवमा प्राप्त गर्न सकिँदैन भने—यदि परमेश्‍वरले मुक्तिको काम गर्नुहुँदा यो मानवजातिलाई प्राप्त गर्न सकिँदैन भने—परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नु र फाल्नुहुनेछ। सृष्टिकर्ताको भित्री आवाज र दृष्टिकोण यही हो। यस सन्दर्भमा, मान्छेसँग परमेश्‍वरप्रति के-कस्ता माग वा धारणाहरू छन्? “तपाईं मलाई मुक्ति दिन चाहनुहुन्छ, त्यसकारण तपाईं अन्त्यसम्‍मै जिम्मेवार हुनुपर्छ, र तपाईंले मलाई आशिष् दिने प्रतिज्ञा गर्नुभयो, त्यसैले तपाईंले मलाई ती आशिष्‌ दिनुपर्छ र मैले ती प्राप्त गर्नुपर्छ।” मान्छेभित्र, धेरै “पर्छ” भन्‍ने शब्‍द धेरै छन्—धेरै मागहरू छन्—र यो उसको धारणाहरूमध्येको एउटा हो। अरूले भन्छन्, “परमेश्‍वरले यस्तो महान्‌ काम—छ हजार वर्षे व्यवस्थापन योजना—को यस्तो महान्‌ काम गर्नुहुन्छ, यदि अन्त्यमा उहाँले दुई व्यक्ति मात्र प्राप्त गर्नुभयो भने, त्यो लाजमर्दो कुरा हुनेछ। तब के उहाँका कार्यहरू व्यर्थ हुनेछैनन् र?” मान्छेले त्यस्तो हुनु हुँदैन भन्‍ने सोच्छ, तर परमेश्‍वर दुई जना प्राप्त गर्न पाउँदा पनि खुसी नै हुनुहुनेछ। परमेश्‍वरको वास्तविक उद्देश्य ती दुईलाई प्राप्त गर्नु मात्र होइन, त्योभन्दा बढी नै प्राप्त गर्नु हो, तर यदि मानिसहरू जाग्दैनन् र कुरा बुझ्दैनन्, र तिनीहरू सबैले परमेश्‍वरलाई गलत बुझ्छन् र उहाँको प्रतिरोध गर्छन्, र सबै निराशाजनक र बेकार छन् भने, परमेश्‍वरले तिनीहरूलाई प्राप्त गर्नुहुनेछैन। त्यो परमेश्‍वरको स्वभाव हो। कति मानिसहरू भन्छन्, “त्यसरी हुँदैन। तब के शैतान हाँस्दैन र?” शैतान हाँसिरहेको हुनसक्छ, तर के परमेश्‍वरको पराजित शत्रु सबै उस्तै होइन र? परमेश्‍वरले अझै पनि मानवजातिलाई प्राप्त गर्नुभएको हुन्छ—तिनीहरूमध्ये धेरैले शैतानविरुद्ध विद्रोह गर्न र यसको नियन्त्रण भोग्‍नबाट मुक्त हुन सक्छन्। परमेश्‍वरले सृष्टि गरिएका साँचो प्राणीहरूलाई प्राप्त गर्नुभएको छ। अनि, के ती परमेश्‍वरले प्राप्त नगर्नुभएकाहरू शैतानको बन्दी हुन्छन् र? तिमीहरू सिद्ध पारिएका छैनौ—के तिमीहरू शैतानलाई पछ्याउन सक्छौ र? (सक्दैनौँ।) कतिले यसो भन्छन्: “यदि परमेश्‍वरले मलाई चाहनुभएन भने पनि, म शैतानलाई पछ्याउनेछैनँ। यसले मलाई आशिष्‌हरू दियो भने पनि, म त्यो लिनेछैनँ।” परमेश्‍वरले प्राप्त नगर्नुभएकाहरू कसैले पनि शैतानलाई पछ्याउँदैनन्—के यसरी परमेश्‍वरले महिमा प्राप्त गर्नुहुन्‍न र? मानिसहरूमा परमेश्‍वरले प्राप्त गर्नुहुने मानिसहरूको संख्या वा उहाँले तिनीहरूलाई प्राप्त गर्नुहुने मात्राबारे धारणा हुन्छ; तिनीहरू परमेश्‍वरले ती थोरैलाई मात्र प्राप्त गर्नु हुँदैन भन्‍ने विश्‍वास गर्छन्। मान्छेले यस्तो धारणा पैदा गर्न सक्‍नुको कारण के हो भने, एक हिसाबमा, मान्छेले परमेश्‍वरको मन पढ्न सक्दैन र उहाँ कस्तो व्यक्ति प्राप्त गर्न चाहनुहुन्छ भनेर बुझ्न सक्दैन—मान्छे र परमेश्‍वरबीच सधैँ दूरी हुन्छ; अर्को हिसाबमा, यस्तो धारणा राख्‍नु भनेको मान्छेको लागि आफूलाई सान्त्वना दिने र आफ्नो भाग्य र भविष्यबारे आफूलाई स्वतन्त्र राख्‍ने एउटा तरिका हो। मान्छेले यस्तो विश्‍वास गर्छ, “परमेश्‍वरले यति थोरै मानिसहरू प्राप्त गर्नुभएको छ—उहाँले हामी सबैलाई प्राप्त गर्नुभयो भने यो कति महिमित कुरा हुनेथ्यो! यदि परमेश्‍वरले कुनै एउटा व्यक्तिलाई पनि नत्यागी सबैलाई जित्‍नुभयो, र अन्त्यमा सबैलाई सिद्ध पारियो, र परमेश्‍वरले मानिसहरूलाई छान्‍नुहुने र मुक्ति दिनुहुने कुरा अनि उहाँको व्यवस्थापनको काम व्यर्थ भएन भने, के शैतान अझ बढी अपमानित हुनेथेन र? के परमेश्‍वरले अझ ठूलो महिमा प्राप्त गर्नुहुनेथेन र?” उसले यसो भन्‍नुको आंशिक कारण उसले सृष्टिकर्तालाई नचिनेको भएर हो र अर्को आंशिक कारण उसका आफ्‍नै स्वार्थी अभिप्राय भएर हो: ऊ आफ्नो भविष्यबारे चिन्तित हुन्छ, र त्यसैले ऊ यसलाई सृष्टिकर्ताको महिमासँग जोड्छ, र उसले आफ्‍नो यो मीठो कल्‍पना मनमा राखेर पूरा गर्न सकिन्छ भन्‍ने सोच्दै हृदयमा ढुक्‍क हुन्छ। साथै, उसले के पनि महसुस गर्छ भने, “परमेश्‍वरले मानिसहरूलाई प्राप्त गर्नु र शैतानलाई लज्‍जित पार्नु शैतानको पराजयको दह्रो प्रमाण हो। यो त एउटा ढुङ्गाले तिन्टा चरा मार्नुजस्तै हो!” मानिसहरू आफैलाई कसरी फाइदा गर्ने भनेर उपाय लाउन साह्रै सिपालु हुन्छन्। यो धारणा निकै चलाकीपूर्ण छ, होइन र? मानिसहरूका स्वार्थी अभिप्रायहरू हुन्छन्, र के यी अभिप्रायहरूमा विद्रोहको कुनै तत्व हुँदैन र? के त्यसमा परमेश्‍वरप्रति थोपरिएको माग हुँदैन र? यसमा परमेश्‍वरविरुद्ध अव्यक्त प्रतिरोध हुन्छ जसले भन्छ, “तपाईंले हामीलाई चुन्‍नुभो, हामीलाई डोऱ्याउनुभो, हामीमाथि धेरै परिश्रम गर्नुभो, तपाईंको जीवन र तपाईंको सम्पूर्णता हामीलाई दिनुभो, हामीलाई तपाईंको वचन र सत्यता दिनुभो, र हामीलाई यी सबै वर्ष तपाईंको पछि लगाउनुभो। यदि अन्त्यमा तपाईंले हामीलाई प्राप्त गर्न सक्‍नुभएन भने, यो कति घाटा हुने होला।” यस्तो बहाना परमेश्‍वरलाई ब्ल्याकमेल गरी उहाँलाई तिनीहरूलाई प्राप्त गर्न बाध्य पार्न खोज्‍नु हो। यो त यदि परमेश्‍वरले तिनीहरूलाई प्राप्त गर्नुभएन भने, तिनीहरूलाई घाटा हुनेछैन, घाटा त परमेश्‍वरलाई हुनेछ भनेर भन्‍नु हो—के यो अभिव्यक्ति सही छ? यसभित्र, मान्छेका मागहरू, र उसका कल्पना र धारणाहरू दुवै छन्: परमेश्‍वरले यस्तो महान्‌ काम गर्नुहुन्छ, त्यसैले उहाँले जतिसक्दो धेरै मानिसहरू प्राप्त गर्नैपर्छ। यो “गर्नैपर्छ” भन्‍ने शब्‍द कहाँबाट आउँछ? यो मान्छेका धारणा र कल्पनाहरू, तिनीहरूका अनुचित मागहरू, र तिनीहरूको अभिमान, साथै तिनीहरूको हठी र क्रूर स्वभावको मिश्रणबाट आउँछ।

मान्छेका त्यस्ता धारणाहरूलाई अर्को दृष्टिकोणबाट सङ्गति गर्नुपर्छ। केही यस्तो सोच्‍ने मानिसहरू पनि छन्, “सृष्टिकर्ताले कति मानिसहरू प्राप्त गर्छु भनेर वास्ता गर्नुहुन्‍न, उहाँले त जतिसक्दो धेरै मानिसहरू प्राप्त गर्छु भनेर मात्र सोच्‍नुहुन्छ, र यो सृष्टिकर्ताको मनोवृत्ति हो, त्यसैले हामीले उहाँसँग कसरी सहकार्य गर्नुपर्छ? के यसैयत्तिकै विश्‍वास गर्नु र यसलाई त्यति गम्भीर रूपमा नलिनु ठीक हुन्छ? जे भए पनि, परमेश्‍वरले यसलाई पनि गम्भीरतापूर्वक लिनुहुन्‍न, त्यसैले हामीले परमेश्‍वरका मापदण्डहरू पूरा गर्नमा त्यति गम्भीर हुनुपर्दैन, न त हामीले यसलाई हाम्रो प्राथमिक कामकाज, वा हाम्रो जीवनभरको खोजको रूपमा लिनु नै पर्छ। अहिले हामीलाई परमेश्‍वरका विचारहरू थाहा भएकोले, के हामीले हाम्रो जिउने शैली परिवर्तन गर्नुपर्दैन र?” के यो दृष्टिकोण सही छ, कि गलत छ? (यो गलत छ।) परमेश्‍वरको मनोवृत्ति मानिसहरूलाई स्पष्ट पारिएको हुनाले, र अब तिनीहरूले यसलाई बुझ्‍ने हुनाले, तिनीहरूले आफ्ना धारणाहरू त्याग्‍नुपर्छ। अनि, आफ्‍ना धारणाहरू त्यागेपछि, मानिसहरूले के गर्नुपर्छ र कसरी तिनीहरूले छनौट गर्नुपर्छ, र कसरी तिनीहरूले यो मामिला बुझ्नुपर्छ र कसरी यसलाई सम्‍हाल्‍नुपर्छ ताकि तिनीहरूसँग तिनीहरूले धारण गर्नैपर्ने दृष्टिकोण र मनोवृत्ति होस्? सर्वप्रथम, मानिसहरूको दृष्टिकोणबारे भन्‍नुपर्दा, मानिसहरूले तीबारे मनन गर्ने प्रयास गर्नुपर्छ। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेपछि, तिनीहरूसँग उहाँप्रतिको आदर र सम्‍मानको अस्पष्ट कल्पना हुन्छ। तिनीहरू सोच्छन्, “परमेश्‍वर सर्वशक्तिमान्‌, महाशक्तिशाली हुनुहुन्छ, र, उहाँले यो भ्रष्ट मानवजातिबाट मानिसहरूको यो समूह चुन्‍नुभएको छ, त्यसैले निश्‍चय नै उहाँले तिनीहरूलाई पूर्ण बनाउन सक्‍नुहुनेछ। त्यसकारण, हामीले निश्‍चित रूपमै आशिष् पाउनेछौं।” के यस्तो “निश्‍चितता” को पछाडि भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता लुकेको हुँदैन र? सत्यता नपछ्याई वा परमेश्‍वरको न्याय र सजाय नभोगी आशिष्‌हरू र परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहनु भनेको मान्छेले लिन नहुने मनोवृत्ति हो। भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता नअपनाओ—भाग्‍गेचिठ्ठा त ठूलो शत्रु हो। यो भाग्‍गेचिठ्ठा अपनाउनु कस्तो मानसिकता हो? तेरो कुनकुन स्थिति, सोच, विचार, मनोवृत्ति, धारणा र दृष्टिकोणपछाडि भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता लुकेको हुन्छ? के तैँले यो पत्ता लगाउन सक्छस्? यदि तैँले यो पत्ता लगाइस् र आफूमा आशिष् प्राप्त गर्न भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता रहेको देखिस् भने, तैँले यसलाई कसरी परिवर्तन गर्नुपर्छ? तैँले यसलाई कसरी हल गर्नुपर्छ? यी व्यावहारिक मामिलाहरू हुन्। तैँले भाग्‍गेचिठ्ठा अपनाउने आफ्नो मानसिकता चिन्‍नैपर्छ। तैँले यसलाई समाधान गर्नैपर्छ। यदि तैँले यसलाई समाधान गरिनस् भने, यसले तँलाई अल्झाउने सम्भावना हुनेछ र तँ पीडित हुनेछस्। त्यसोभए, कुनकुन कुराहरूमा भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता लुकेको हुन्छ त? कतिपय मानिसहरू यस्तो सोच्छन्, “म परमेश्‍वरमा विश्‍वास गर्छु र मेरो परिवार र जागिरसमेत छोडेको छु। जे भए पनि, र मैले असल सेवा गरेको छैन नै भने पनि, मैले कडा परिश्रम गरेको छु, र मैले कडा परिश्रम गरेको छैन नै भने पनि, मैले आफैलाई थकित पारेको छु, त्यसैले मैले अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याएँ भने, म विजेताहरूमध्येको एक, मुक्ति पाउनेहरूमध्येको एक, आशिषित हुनेहरूमध्येको एक, परमेश्‍वरको राज्यका मानिसहरूमध्येको एक बन्‍न सक्छु।” यो भाग्‍गेचिठ्ठा अपनाउन खोज्‍ने मानसिकता हो। के सबैमा यो मानसिकता हुँदैन र? कम्‍तीमा पनि, परमेश्‍वरलाई पछ्याउन र पूर्णकालीन रूपमा कर्तव्य पूरा गर्न सबै छोडेर जानेहरूमध्ये अधिकांश मानिसहरूमा यस्तो मानसिकता हुन्छ। के यो भाग्‍गेचिठ्ठा अपनाउन खोज्‍ने मानसिकता एकप्रकारको धारणा होइन र? (हो।) यो एकप्रकारको धारणा हो भनेर म किन भन्दै छु? किनभने, तैँले यो मामिलाप्रतिको सृष्टिकर्ताको अभिप्राय र मनोवृत्ति बुझेको वा जानेको छैनस् भने, तँ केवल आत्मगत रूपमा राम्रो नतिजा अपेक्षा गर्छस् र आत्मगत रूपमा खोजी गर्छस्, र तैँले यसलाई यसरी नै लिन्छस्। के यो एउटा धारणा हो। सृष्टिकर्ताको लागि, के यस्तो धारणा एकप्रकारको ब्ल्याकमेल होइन र? के यो अनुचित माग होइन र? यो त यस्तो भन्‍नुजस्तै हो, “मैले तपाईंलाई पछ्याएको छु, र सबै कुरा छोडेर पूर्णकालीन रूपमा आफ्नो कर्तव्य पूरा गर्न परमेश्‍वरको घर आएको छु, त्यसैले म सृष्टिकर्ताका बन्दोबस्तहरूमा समर्पित भइसकेको व्यक्तिको रूपमा गणना हुनुपर्छ, हो नि है? त्यसैले, के मैले अब आशाजनक भविष्य पाउन सक्छु? मेरो भविष्य अस्पष्ट हुनु हुँदैन—यो त हेर्दै स्पष्ट हुनुपर्छ।” यो भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता हो। यस्तो मानसिकता कसरी समाधान हुन्छ? व्यक्तिले परमेश्‍वरको स्वभाव चिन्‍नुपर्छ। अहिले मैले यसरी सङ्गति गरेको हुनाले, सबैले आधारभूत रूपमा यो कुरा बुझ्नुपर्छ: “परमेश्‍वरले त्यस्तो सोच्‍नुहुनेरहेछ। परमेश्‍वरको दृष्टिकोण र मनोवृत्ति त्यस्तो रहेछ। त्यसैले, हामीले के गर्नुपर्छ?” मानिसहरूले भाग्‍गेचिठ्ठा अपनाउन खोज्‍ने मानसिकता पन्छ्याउनुपर्छ। अनि, यो मानसिकता पन्छाउने क्रममा, के यसो भन्‍नु पर्याप्त हुन्छ, “मैले यसलाई पन्छाएको छु र अब त्यस्ता विचारहरू राख्‍नेछैन। म मेरो कर्तव्यलाई गम्भीरतापूर्वक लिनेछु, जिम्मेवारी वहन गर्नेछु र कडा परिश्रम गर्नेछु”? यो त्यति सरल छैन—जब कसैले भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता विकास गर्छ, ऊभित्र केही विचार र अभ्यासहरू देखापर्छन्, र, त्यसभन्दा पनि बढी, ऊभित्र केही स्वभावहरू प्रकट हुन्छन्। यी कुराहरूलाई सत्यता खोजी गरेर समाधान गर्नुपर्छ। कतिले भन्छन्, “यदि मैले परमेश्‍वरको इच्छा र मनोवृत्ति बुझेको छु भने, के म भाग्‍गेचिठ्ठा अपनाउने मानसिकताबाट मुक्त छैन र?” यो कस्तो कुरा हो? यसमा आत्मिक बुझाइको कमी छ; यो खोक्रो कुरा हो। त्यसोभए, यो समस्या कसरी समाधान हुन्छ? तैँले यो कुरा विचार गर्नुपर्ने हुन्छ, “यदि परमेश्‍वरले मबाट सबै कुरा खोस्‍नुभयो भने मैले के गर्नुपर्छ? मैले परमेश्‍वरमा समर्पण गरेका र उहाँको लागि मेहनत गरेका सबै कुरा स्वेच्छाले दिइएका हुन् कि ती उहाँसँग सौदा गर्ने प्रयास हुन्? यदि ममा उहाँसँग सौदा गर्ने मनसाय छ भने, त्यो राम्रो होइन। मैले परमेश्‍वरसँग प्रार्थना गर्नुपर्छ र त्यसलाई समाधान गर्न सत्यता खोज्‍नुपर्छ।” यसको साथै, जब तैँले अभ्यास गर्छस् र आफ्नो कर्तव्य निभाउँछस्, तब तैँले कुन सत्यता सिद्धान्तहरू बुझेको छैनस्, परमेश्‍वरका मापदण्ड र उहाँका इच्छाविरुद्ध जाने के-कस्ता कुराहरू तैँले गर्छस्, कुन मार्ग गलत छ र कुन विपत्तिको मार्ग हो, र कुन प्रकारको मार्गले परमेश्‍वरको अनुमोदन प्राप्त गर्न सक्छ भनेर बुझ्‍नुपर्छ। अरू केके कुरामा भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता संलग्‍न हुन्छ? कति यस्ता मानिसहरू छन्, जो गम्भीर रोगले ग्रसित थिए, तर परमेश्‍वरले तिनीहरूलाई बचाउनुहुन्छ र तिनीहरू बिरामी हुन छोड्छन्। तिनीहरूले यस्तो सोच्छन्, “तिमीहरू सबै आशिष्‌हरूको पछि लाग्‍न परमेश्‍वरमा विश्‍वास गर्छौ। म फरक छु। परमेश्‍वरको महान् प्रेमले मलाई यहाँ ल्याएको हो; उहाँले मलाई विशेष परिस्थितिहरू र विशेष अनुभवहरू दिनुभयो जसले मलाई उहाँमा विश्‍वास गर्न प्रेरित गर्‍यो, त्यसैले उहाँ मलाई तिमीहरूलाई भन्दा बढी प्रेम गर्नुहुन्छ, उहाँ मलाई विशेष अनुग्रहसाथ व्यवहार गर्नुहुन्छ र, अन्त्यमा, मसँग तिमीहरूको भन्दा बढी बाँच्ने मौका हुनेछ।” तिनीहरूले परमेश्‍वरसँगको तिनीहरूको सम्‍बन्ध असाधारण र विशेष छ—उहाँसँगको तिनीहरूको सम्बन्ध साधारण मानिसहरूको भन्दा फरक छ भन्‍ने सोच्छन्। तिनीहरूको विशेष अनुभवको कारण, तिनीहरूले आफूलाई असाधारण र असामान्य ठान्छन्, त्यसैले तिनीहरूले सफल हुन्छु भन्‍ने एकप्रकारको निश्‍चितता धारण गरेका हुन्छन्। तिनीहरूले आफूलाई अरूभन्दा निश्‍चित रूपमा फरक छु भनेर परिभाषित गर्छन्, र बाँच्ने आफ्नो क्षमताबारे ढुक्‍क रहेका हुन्छन्—यो पनि भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता नै हो। यस्ताहरू अरू पनि छन् जसले महत्त्वपूर्ण काम लिएका हुन्छन् र जसको हैसियत उच्च हुन्छ। तिनीहरूले अरूभन्दा अलि बढी पीडा भोग्छन्, अलि बढी काँटछाँट भेट्छन्, आफूलाई अरूभन्दा अलि व्यस्त राख्छन्, र अरूले भन्दा अलि बढी बोल्छन्। तिनीहरू सोच्छन्, “मलाई परमेश्‍वर र उहाँको घरद्वारा महत्त्वपूर्ण स्थानमा राखिएको छ र मैले मेरा विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको निगाह पाएको छु। यो कति सम्मानको कुरा हो। के यसको मतलब मैले अरूभन्दा पहिले आशिष् पाउनेछु भन्‍ने हुँदैन र?” यो पनि भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता नै हो, र यो एकप्रकारको धारणा हो।

मैले भर्खरै भाग्‍गेचिठ्ठा अपनाउने कार्यका केही व्यावहारिक प्रकटीकरण र स्थितिहरूबारे कुरा गरेको छु। मानिसहरूको मनमा प्रायजसो देखा परिहने र आनीबानीकै रूपमा रहिरहने अरू के-कस्ता स्थिति, प्रकटीकरण वा कुराहरू छन्, जुन भाग्‍गेचिठ्ठा अपनाउने कार्यसँग सम्बन्धित छन्? विशेष अनुभवहरू पाएका, उच्च पद भएका, र परमेश्‍वरको लागि पूर्णकालीन रूपमा आफूलाई अर्पित गर्न सबै छोडिहिँडेका मानिसहरूबाहेक, त्यस्ता मानिसहरू पनि छन्, जो योग्य छन्, जो केही विशेष कर्तव्यहरू निर्वाह गर्छन्, र जोसँग विशेष प्रतिभाहरू छन्—यी सबै मानिसहरूसँग भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता हुन्छ। यहाँ, “योग्य” ले केलाई जनाउँछ? उदाहरणको लागि, सुसमाचार प्रचार गर्ने कतिपयले के विश्‍वास गर्छन् भने, यदि तिनीहरूले १० जनाभन्दा बढी मानिसहरूलाई विश्‍वासमा ल्याए भने, तिनीहरूले १० फल फलाएका छन् र तिनीहरूको आशिष् पाउने १० प्रतिशत मौका हुनेछ, र यदि तिनीहरूले ५० फल प्राप्त गरे भने, तिनीहरूको ५० प्रतिशत मौका हुनेछ, र यदि तिनीहरूले १०० फल प्राप्त गरे भने, तिनीहरूको १०० प्रतिशत मौका हुनेछ। यो एकप्रकारको धारणा हो, यो एक प्रकारको सौदा हो, र त्योभन्दा माथि, यो भाग्‍गेचिठ्ठा अपनाउने कार्य हो। यदि तिनीहरूले यी धारणाहरू र भाग्‍गेचिठ्ठा अपनाउने मानसिकतामा अडिग रहेर परमेश्‍वरको काम मापन गर्न सक्छन् भने, के यो परमेश्‍वरमा विश्‍वास गर्नु हो त? अनि, तिनीहरूले कुन बाटो लिइरहेका छन्? के तिनीहरूको खोजमा केही खराबी छैन र? तिनीहरूमा किन यी कुराहरू देखा पर्छन्? तिनीहरू किन ती कुरामा अडिग रहन्छन् र तिनलाई त्याग्‍न इन्कार्छन्? कतिले त तिनीहरूले परमेश्‍वरलाई नचिनेकाले यस्तो भएको हो भनेर भन्छन्। के यो सही हो त? यो खोक्रो कुरा हो। त्यसोभए वास्तविक कारण के हो त? त्यस्ता विचार र मनोवृत्तिहरूमा सधैँ अडिग रहने, र त्यस्ता धारणाहरू बोकेर तिनैमा जिद्दीपूर्वक टाँसिइरहने मानिसहरूले—के तिनीहरूले परमेश्‍वरका वचनहरूमा गम्भीरतापूर्वक मेहनत गरिरहेका हुन्छन् त? (हुँदैनन्।) परमेश्‍वरका वचनहरूप्रति तिनीहरूमा सधैँ झारातिरुवा मनोवृत्ति हुन्छ, अर्थात् कुहिरोको बीचबाट हेरिरहेको व्यक्तिको जस्तो मनोवृत्ति र दृष्टिकोण हुन्छ। तिनीहरूले के सोच्छन् भने, परमेश्‍वरमाथिको तिनीहरूको विश्‍वासमा, तिनीहरूले परमेश्‍वरको लागि कति कष्ट भोगेका छन् र तिनीहरूले कति मूल्य चुकाएका छन्, तिनीहरूले कति योग्यता कमाएका छन्, तिनीहरूसँग के-कस्ता विशेष प्रतिभाहरू छन्, तिनीहरू कति दक्ष छन्, तिनीहरूको हैसियत कति उच्च छ, तिनीहरूले परमेश्‍वरसँग कस्तो “प्रतिकूल परिस्थितिका साथसङ्गत क्षणहरू” अनुभव गरेका छन्, तिनीहरूले के-कस्ता विशेष अनुभवहरू पाएका छन्, र परमेश्‍वरले तिनीहरूलाई के-कस्ता विशेष कुराहरू दिनुभएको छ, वा उहाँले तिनीहरूलाई अरूलाई दिएको भन्दा फरक के-कस्ता अनुग्रह र आशिष्‌हरू दिनुभएको छ भनेर मात्रै विचार गर्नुपर्छ—तिनीहरूलाई लाग्छ कि यो नै पर्याप्त छ। तर तिनीहरू यी दृष्टिकोणहरूमा जतिसुकै दृढतापूर्वक टाँसिए पनि, तिनीहरूले तिनीहरूका यी दृष्टिकोणहरू सही छन् छैनन्, वा यी दृष्टिकोणहरू परमेश्‍वरका कुन वचनहरू र उहाँका कार्यका कुन सिद्धान्तहरूसँग बाझिन्छन्, वा यी विचारहरूलाई परमेश्‍वरले अनुमोदन गर्नुभएको छ छैन, वा परमेश्‍वरले यसरी काम गर्नुहुन्छ हुन्‍न वा यसरी कामकुराहरू सम्‍पन्‍न गर्नुहुन्छ हुन्‍न भनेर कहिल्यै मनन गरेका हुँदैनन्। तिनीहरूले यी मामिलाहरूबारे कहिल्यै वास्ता गरेका हुँदैनन्। अहिलेसम्म, तिनीहरूले आफ्नै विचारमा मात्र विचार गरेका, सोचेका र सपना देखेका हुन्छन्। त्यसैले तिनीहरूको लागि सत्यता के बनेको हुन्छ? यो एउटा सजावट बनेको हुन्छ। यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्ने भए पनि, परमेश्‍वर वा सत्यतासँग तिनीहरूको विश्‍वासको कुनै सम्बन्ध हुँदैन। त्यसैले तिनीहरूको विश्‍वास केसँग सम्बन्धित हुन्छ? यो केवल धारणा, कल्पना, र तिनीहरूका आफ्नै इच्छाहरू, साथै तिनीहरूको भविष्यका आशिष्‌ र गन्तव्यहरूसँग मात्रै सम्बन्धित हुन्छ। तिनीहरूले सत्यतामा मेहनत लगाएका हुँदैनन्, त्यसैले अन्ततः तिनीहरूलाई यी परिणामहरू हात लाग्छन्।

आजको सङ्गतिमार्फत, अब तिमीहरूले परमेश्‍वरको काम गर्ने तरिका वा परमेश्‍वरको दृष्टिकोण र मनोवृत्तिबारे केही बुझाइ प्राप्त गरेका छौ, त्यसकारण तिमीहरूको परमेश्‍वरलाई चिन्‍ने खोज, सत्यताप्रतिको खोज र जीवन प्रवेशसम्‍बन्धी खोजमा के यसले केही प्रभाव पार्न सक्छ र केही परिणामहरू प्राप्त गर्न सक्छ? के यसले तिमीहरूले आफ्‍ना धारणाहरू त्याग्‍न सक्‍ने गरी तिमीहरूका गलत विचारहरू परिवर्तन गर्न सक्छ? (सक्छ।) यसको लागि मानिसहरूले के गर्नुपर्छ? (आफ्‍ना धारणाहरू त्यागेर परमेश्‍वरले तय गर्नुभएका मापदण्डहरूअनुसार कार्य गर्नुपर्छ।) परमेश्‍वरले त्यस्ता मापदण्ड र निर्धारणहरू तय गर्नुभएको हुनाले, उहाँले निश्‍चित रूपमै ती पूरा गर्नुहुनेछ भन्‍ने कुरा तैँले बुझ्‍नुपर्छ। अन्ततः तथ्य के हो भने परमेश्‍वरका वचनहरू व्यर्थ हुनेछैनन्—ती सबै हासिल र पूरा हुनेछन्। यदि तँलाई परमेश्‍वरले आफूले बोलेको कुरा पूरा गर्नु नै हुन्छ भन्‍ने छैन भन्‍ने लाग्छ भने, यो मान्छेको धारणा र कल्पना हो, र यो परमेश्‍वरलाई शङ्का र आलोचना गर्नु पनि हो। कतिपय यसो भन्‍नेहरू पनि छन्, “परमेश्‍वरले कसरी त्यसो गर्न सक्‍नुहुन्छ? उहाँ आफूले जति मानिसहरूलाई मुक्ति दिनुहुन्छ त्यतिलाई मात्र मुक्ति दिएर कसरी सन्तुष्ट हुन सक्‍नुहुन्छ? के परमेश्‍वरको प्रेम महान् र अनन्त छैन र? परमेश्‍वरको धैर्य असीमित छ, र परमेश्‍वरको सहनशीलता र कृपा पनि असीमित छ।” तिनीहरूले सत्यता नपछ्याउन हरप्रकारका बहानाहरू बनाउँछन्, तिनीहरूले आफ्‍नै बाटो हिँड्न सकूँ भनेर आफ्‍नो लागि एउटा सुविधाजनक बाटो राख्छन्, र परमेश्‍वरको वचन र कार्य, र सृष्टिकर्ताको देखापराइलाई बेवास्ता गर्छन्। तिनीहरूलाई यो सत्यता हो भन्‍ने कुरा हृदयमा राम्ररी थाहा हुन्छ, तैपनि तिनीहरू यो सत्यता नभए हुन्थ्यो भनेर आशा गर्छन्। तिनीहरूले जे गर्छन् त्यसमा अविश्‍वासको एउटा तत्व हुन्छ, अनि त्यसमा सृष्टिकर्ताविरुद्ध प्रतिस्पर्धा गर्ने र सृष्टिकर्तासँग द्वन्द्व र ब्ल्याकमेल गर्ने तत्व पनि हुन्छ। मैले यी वचनहरू बोल्नुको उद्देश्य के हो? कतिपयले यसो भन्छन्, “यो हामीलाई पछि हट्न चाहनेहरू पछि हट्न सक्छन्, कमजोर वा नकारात्मक हुनेहरू कमजोर वा नकारात्मक हुन सक्छन्, र आफ्नै जीवन बिताउन चाहनेहरू आफ्नो जीवन बिताउन सक्छन् भनेर चेतावनी दिन, डर देखाउन वा बुझाउनलाई हो। परमेश्‍वरको कामलाई धेरै समय लाग्‍नेछैन, र यसबाहेक, परमेश्‍वरलाई त्यति धेरै मानिसहरूको आवश्यकता पनि छैन, त्यसैले हामी आआफ्‍नै बाटो लागौँ!” के परिस्थितिहरू यस्तै छन् त? (छैनन्।) परमेश्‍वरले जे भन्‍नुभए पनि, वा उहाँले जसरी भन्‍नुभए पनि, परमेश्‍वरले मानिसहरूलाई जे बुझाउनुहुन्छ त्यो उहाँको इच्छा हो र उहाँले तिनीहरूलाई जे बोध गर्न लगाउनुहुन्छ त्यो सत्यता हो। त्यसैले मानिसहरूले कुन मार्ग पछ्याउनुपर्छ? तिनीहरूले परमेश्‍वरको मार्ग पछ्याउनुपर्छ। मानिसहरूले के कुरा मनन गर्नुपर्छ र के समाधान गर्न खोज्नुपर्छ? परमेश्‍व विरोधी सबै धारणा, कल्पना र मागहरू। यी सबै कुराहरू सत्यताविपरीत छन्। तैँले यी कुराहरू त्याग्‍नैपर्छ, तैँले यी कुराहरू आफ्नो हृदयबाट हटाउनैपर्छ, र तँ अबउप्रान्त तीद्वारा प्रभावित वा नियन्त्रित हुनु हुँदैन। तँ साँचो रूपमा परमेश्‍वरसामु आएर परमेश्‍वरका वचनहरूको न्याय, सजाय, र काटछाँट स्वीकार गर्न सक्‍ने बन्‍नुपर्छ, तैँले आफ्नो भ्रष्ट स्वभाव धुनुपर्छ, र परमेश्‍वरका योजनाबद्ध कार्य र बन्दोबस्तहरूप्रतिको समर्पण हासिल गर्नुपर्छ। यसको साथै, तैँले परमेश्‍वरसँग मेल नखाने र सत्यताविपरीत रहेका तँभित्रका कुराहरूबारे निरन्तर मनन गर्नुपर्छ, र तेरा भ्रष्ट स्वभावहरू, विभिन्‍न मामिलाहरूप्रतिका तेरा गलत दृष्टिकोणहरू, र मान्छेका विभिन्‍न धारणा र कल्पनाहरूबारे मनन गर्नुपर्छ। तैँले यी कुराहरूबारे स्पष्ट रूपमा मनन गरेपछि र बुझेपछि, र तिनलाई सदाको लागि समाधान गर्न सत्यता खोजी गरेपछि, तैँले परमेश्‍वरमाथिको विश्‍वासको सही मार्गमा पाइला चालेको हुनेछस्, र त्यसपछि मात्र तैँले परमेश्‍वरको आज्ञापालन गर्न र उहाँका योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन सक्‍नेछस्।

हामीले भर्खरै कुरा गरेको “मैले कसमा भरोसा गर्ने?” भन्‍ने कथाको अन्तिम भाग चिरफार गर्ने कार्य अझै पूरा गरेका छैनौं। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, ऊ प्रार्थना गर्न, परमेश्‍वरको इच्छा खोज्न, परमेश्‍वरको अन्तर्दृष्टि र ज्योति स्विकार्न, परमेश्‍वरको मार्गदर्शन स्विकार्न, र परमेश्‍वरले आफ्नै मुखले बोल्‍नुभएको हरेक वचन सुन्‍न परमेश्‍वरको अगाडि आउँछ। यस अवधिमा, परमेश्‍वरले मानिसहरूलाई उहाँको इच्‍छा र तिनीहरूले बुझ्नुपर्ने सबै कुरा बताउन स्पष्ट वचनहरू प्रयोग गर्नुहुन्छ। परमेश्‍वर तैँले धर्मसिद्धान्त र वचनहरू बुझेको चाहनुहुन्‍न, न त उहाँ तँलाई धर्मशास्‍त्र सिकाउन नै चाहनुहुन्छ। परमेश्‍वर तँलाई एउटा शिष्ट व्यक्ति, वा असल व्यक्ति, वा तृष्णा र महत्त्वाकाङ्क्षा भएको व्यक्ति बन्‍न सिकाउन यी वचनहरू प्रयोग गर्नुहुन्‍न—परमेश्‍वर तँलाई त्यस्तो व्यक्ति बनाउन चाहनुहुन्‍न। परमेश्‍वर त तँलाई मानिसहरू कहाँबाट आएका हुन्, तिनीहरू कसरी बाँच्नुपर्छ, र तिनीहरूले कस्तो तरिका अपनाउनुपर्छ भनेर बुझाउन उहाँका वचनहरू प्रयोग गर्न चाहनुहुन्छ। तैपनि, यी वचनहरू सुनेपछि, मानिसहरूले तीबारे केही पनि सोच्दैनन्, र अझै पनि आफ्‍नै विचारहरू र आफ्नै इच्छाहरूमा अडिग रहन्छन्, र तिनीहरूका आफ्नै व्यवहार सिद्धान्तहरूमा समेत अडिग रहन्छन्। उदाहरणको लागि, कतिपय मानिसहरू यसो भन्छन्: “म त जन्मँदै एउटा असल व्यक्ति बन्‍न चाहन्थेँ, र म एक असल व्यक्ति हुनबाट त्यति धेरै टाढा छु जस्तो पनि मलाई लाग्दैन। म कुनै नराम्रो काम गर्दिनँ, म मानिसहरूलाई चोट पुर्‍याउने वा धोका दिने वा तिनीहरूबाट फाइदा लिने गर्दिनँ, र परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि म अझ राम्रो व्यक्ति बनेको छु। म सधैँ साँचो बोल्छु, म अरूसँग सच्‍चाइसाथ व्यवहार गर्छु, र म आफ्‍नो कर्तव्य निर्वाह गर्दा परमेश्‍वर र मण्डलीका बन्दोबस्तहरू पालन गर्छु—के त्यो नै पर्याप्त हुँदैन र?” के धेरै मानिसहरूमा यस्तो सोच हुँदैन र? के विश्‍वासीहरूले यस्तो सोचाइमा भर परेर वास्तवमै परमेश्‍वरका मापदण्डहरू पूरा गर्न सक्छन् त? परमेश्‍वरले मानिसहरूलाई बुझ्न लगाउनुहुने सत्यताहरू, र सिक्‍न लगाउनुहुने पाठहरू धेरै छन्। निश्‍चित रूपमा, दर्शनहरूसँग सम्‍बन्धित सत्यताहरू परमेश्‍वरमा विश्‍वास गर्नेहरूले प्राप्त गर्नैपर्ने र जग बसाल्‍नैपर्ने सत्यताहरू हुन्। यदि तिनीहरूले यी सत्यताहरूसमेत बुझेनन् भने, के तिनीहरूले मुक्ति प्राप्त गर्न सक्छन् र? यदि तिनीहरू कल्पनाहरूमा मात्र भर पर्छन् र आफ्नो बारेमा राम्रो सोच्छन्, र सत्यता पछ्याउँदैनन् भने, के तिनीहरू अझै पनि परमेश्‍वरको न्याय र सजाय वा उहाँको परीक्षा र शोधन स्विकार्न योग्य हुन्छन् त? के तिनीहरूले परमेश्‍वरको शुद्धीकरण प्राप्त गर्न र उहाँद्वारा सिद्ध पारिन सक्छन्? (सक्दैनन्।) तिनीहरूले पक्‍कै सक्दैनन्। सत्यता नपछ्याउने मानिसहरूको संख्या मण्डलीमा आधाभन्दा बढी वा त्योभन्दा अझ बढी हुन सक्छ। जब तिमीहरूले यस अवस्थाबारे विचार गर्छौ, तब के तिमीहरूले यस्तो सोच्छौ: “परमेश्‍वरले यति धेरै भन्‍नुभएको छ, तर मानिसहरूले अझै बुझ्दैनन्, त्यसैले परमेश्‍वरले यी अज्ञानी र मूर्ख मानिसहरूलाई किन अन्तर्दृष्टि दिनुहुन्‍न? किन परमेश्‍वरले थप केही भन्‍नुहुन्‍न, किन थप केही काम गर्नुहुन्‍न, र किन तिनीहरूमा थप प्रयास लगाउनुहुन्‍न? पवित्र आत्माले तिनीहरूलाई किन उत्प्रेरित गर्नुहुन्‍न र तिनीहरूलाई अनुशासित गर्नुहुन्‍न ताकि यी अज्ञानी मानिसहरू अबउप्रान्त अज्ञानी नरहून्, र मूर्ख मानिसहरू अबउप्रान्त मूर्ख नरहून्? परमेश्‍वरले किन यसो गर्नुहुन्‍न?” यो गलत कुरा हो। के परमेश्‍वरले पर्याप्त भन्‍नुभएको छैन र? धेरै मानिसहरू यो भन्छन् कि, परमेश्‍वर धेरै कुरा भन्‍नुहुन्छ, उहाँ अत्यन्तै विस्तृत रूपमा बोल्नुहुन्छ, र उहाँ धेरै कुरा दोहोर्‍याउनु पनि हुन्छ। त्यसोभए, परमेश्‍वरले किन यसरी बोल्नुपर्छ, के कसैलाई थाहा छ? यस्तो किन हो भने, मानिसहरू धेरै हठी र विद्रोही छन्, तिनीहरू कहिल्यै परमेश्‍वरका वचनहरू स्विकार्दैनन् र सत्यताप्रति मेहनत गर्दैनन्—परमेश्‍वर यस्ता मानिसहरूलाई जबरजस्ती गर्नुहुन्‍न। यदि मानिसहरूले परमेश्‍वरका वचनहरू स्विकार्दैनन् भने, परमेश्‍वर तिनीहरूसँग कसरी व्यवहार गर्नुहुन्छ? परमेश्‍वर कहिल्यै पनि जबरजस्ती केही गर्नुहुन्‍न, र उहाँको काम गर्ने तरिका यही हो। परमेश्‍वरले पहिले नै यति धेरै वचनहरू बोल्‍नुभएको छ कि मानिसहरूले ती सबै पढेर पनि सक्दैनन्, त्यसैले उहाँ मानिसहरूलाई कसरी जबरजस्ती गर्न सक्‍नुहुन्छ र? मानिसहरू परमेश्‍वरको मेहनती अभिप्राय किन बुझ्दैनन्? जीवनभर पीडा भोगेकी यो कथाकी पात्रले पनि परमेश्‍वरका वचनहरू पढ्थी र उहाँका प्रवचनहरू सुन्थी, र आफ्नो सबै समय मण्डलीमा कर्तव्य निर्वाह गर्नमा समेत बिताउँथी, तर अन्त्यमा, उसले कसमा भरोसा गर्न सक्छे, वा उसको इच्छा कसरी आयो र यो पूरा हुन सक्छ सक्दैन भन्‍ने कुरा बुझ्‍न सकिन—त्यस्तो अवस्थामा पक्‍कै पनि समस्या हुनुपर्छ। वास्तवमा, परमेश्‍वरको दृष्टिकोणमा यो अत्यन्तै साधारण समस्या हो। तैँले केवल दिशा परिवर्तन गर्नुपर्छ र परमेश्‍वरले तँलाई दिनुभएको दिशा र परमेश्‍वरले तँलाई बताउनुभएको मार्गतर्फ अघि बढ्नुपर्छ, र कुनै शङ्का वा गलतफहमीविना, दृढतापूर्वक विश्‍वास, स्वीकार, समर्पण र अभ्यास गर्नुपर्छ। तर मानिसहरूले यसो गर्न सक्दैनन्। तिनीहरू आफ्नै विचार, कल्पना र आशाहरू, र आफ्‍नो हृदयमा लुकेका भ्रमहरू दृढतापूर्वक पक्रिरहन्छन्। तिनीहरू यी कुराहरूलाई पक्रने अन्तिम आशाको रूपमा वा अझै खराब कुरा त, आफ्नो अस्तित्वको लागि भर पर्ने जगको रूपमा हेर्छन्, अनि परमेश्‍वरका वचनहरू र परमेश्‍वरले तिनीहरूलाई दिनुभएका निर्देशनहरूलाई पन्छाउँछन् र बेवास्ता गर्छन्। त्यसैले, परमेश्‍वरले यसलाई कसरी लिनुहुन्छ? यदि तँ आफूलाई दिइएका असल कुराहरू चिन्दैनस् र स्विकार्दैनस् भने, परमेश्‍वरले ती कुराहरू खोसिलानुहुन्छ। अनि, ती कुराहरू खोसिएपछि व्यक्तिले के प्राप्त गरेको हुन्छ र? केही पनि हुँदैन। त्यसकारण, त्यो मुख्य पात्रलाई आफ्‍नो हृदयको गहिराइमा यी प्रश्‍नहरूको जवाफ थाहै थिएन, “के मैले भरोसा गर्न सक्‍ने परमेश्‍वर नै हुनुहुन्छ त? मैले वास्तवमा कसमा भरोसा गर्न सक्छु? मैले बाँच्न, आशिष्‌हरू प्राप्त गर्न, र मेरो भविष्यको गन्तव्य प्राप्त गर्न मैले कसमाथि भर पर्न सक्छु?” यी प्रश्‍नहरूबारे ऊ पहिले नै धेरै अलमल्लमा परेकी थिई। अनि अन्त्यमा, उसको हृदयको गहिराइमा कुन कुराको पछुतो रहिरह्यो? ऊ भर पर्न सक्‍ने कोही छैन, उसले भरोसा गर्ने कोही छैन भन्‍ने कुराको। उसको जीवन कति दुःखदायी र दयनीय थियो! यो जीवनमा मानिसहरूको लागि सृष्टिकर्ताले गर्नुभएको बन्दोबस्तको महत्त्व के हो भन्‍ने कुरामा ऊ अन्योल थिई, र उसलाई यो कुरा थाहा थिएन। उसले यसरी जीवन भोग्दै गएर बुढेसकालमा पुगेपछि पनि यो सबै कुरा बुझ्न, वा सही निष्कर्ष निकाल्‍न, वा जीवनको सही दिशा र लक्ष्य पत्ता लगाउन नसकेपछि—अर्थात् उसले यीमध्ये कुनै पनि कुरा प्राप्त गर्न नसकेपछि, परमेश्‍वरले यसबारेमा के गर्नुभयो? उहाँले यो व्यक्तिको जीवनमा एउटा रेखा कोरिदिनुभयो। परमेश्‍वरले गर्नुपर्ने सबै कुरा गरिसक्‍नुभएको थियो। परमेश्‍वरले वातावरण मिलाइदिनुभएको थियो, उसलाई अन्तर्दृष्टि र मार्गदर्शन दिनुभएको थियो, र ऊ सबैभन्दा पीडामा हुँदा वा उसले हताश परिस्थितिहरू सामना गर्दा उसलाई निरन्तर जीवन जिइरहने प्रेरणा पनि दिनुभएको थियो। परमेश्‍वरले उसलाई अत्यन्तै प्रेम र साथ दिएर यस बिन्दुसम्‍म बाँच्न सक्षम तुल्याउनुभएको थियो। अनि यो सब कुन उद्देश्यको लागि थियो? उसलाई आफूलाई परिवर्तन गर्न लगाउनको लागि। अनि, आफूलाई परिवर्तन गर्ने कार्यको उद्देश्य के हो? यो बुझ्‍नलाई कि आफूले भरोसा गर्न सक्‍ने कोही हुँदैन, र आफू कसैमा भर पर्नु हुँदैन, र आफूले आफै सुखी जीवन सिर्जना गर्ने प्रयास गर्नु हुँदैन, कुनै पनि कामना उत्पन्‍न हुन दिनु हुँदैन, र आफ्नो नियति सृष्टिकर्ताबाहेक अरू कसैले पनि योजनाबद्ध वा नियन्त्रण गर्न सक्दैन, र आफैले पनि यसो गर्न सकिँदैन। अनि, तैँले गर्नुपर्ने छनौट के हो? कुनै गुनासो वा पूर्वसर्तका शब्दहरूबिना सृष्टिकर्ताको अगाडि आइज, उहाँले भन्‍नुभएको कुरा सुन्, र उहाँको मार्ग पछ्या। चाहे त्यो पीडा होस् वा रोग, यो सब मानव जीवनको भाग हो जसलाई अनुभव गर्नैपर्छ। जब कुनै व्यक्तिको जीवनमा रेखा कोरिन लागिएको हुन्छ र पनि उसले यी सब कुरा बुझ्दैन भने, तब परमेश्‍वरले अरू के गर्नुहुन्छ? उहाँले अबउप्रान्त केही गर्नुहुन्‍न, र यसले परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुभएको छ भन्‍ने पनि सङ्केत गर्छ। किन परमेश्‍वरले अबउप्रान्त केही गर्नुहुन्‍न? किनभने त्यो व्यक्ति सधैँ आफ्नै धारणाहरूमा बाँचेको हुन्छ, र आफ्नै इच्छा र आफ्नै जिद्दी निरन्तरतामा बाँचेको हुन्छ, र तिनीहरूले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका सबै कुरालाई हठी र जिद्दी मनोवृत्ति, र आत्मधर्मी र प्रतिस्पर्धी मनोवृत्तिसाथ लिएका हुन्छन्। त्यसकारण, जब व्यक्तिको जीवन समाप्त हुन लागेको हुन्छ र जब तिनीहरूले परमेश्‍वरले तय गर्नुभएका यी वातावरण वा प्रक्रियाहरूलाई चरणबद्ध रूपमा पार गरेका भएर पनि सृष्टिकर्ताबारेको तिनीहरूको ज्ञानमा कुनै परिवर्तन आएको हुँदैन, र तिनीहरूलाई मानव जीवनको नियतिबारे कुनै बुझाइ हुँदैन, तब तिनीहरूको जीवनको मूल्य के हो भन्‍ने कुरा आफै स्पष्ट हुन्छ, र सृष्टिकर्ताले अबउप्रान्त कुनै पनि कुरामा हस्तक्षेप गर्ने वा कुनै पनि काम गर्ने गर्नुहुन्‍न। परमेश्‍वरको काम गर्ने तरिका यही हो।

परमेश्‍वरको काम गर्ने तरिकाको परिणामस्वरूप मानिसहरूमा के-कस्ता धारणा र कल्पनाहरू उत्पन्‍न हुन्छन्? जब केही मानिसहरूले परमेश्‍वरले अरूलाई हटाउनुभएको देख्छन्, तब तिनीहरूभित्र धारणाहरू उत्पन्‍न हुन्छन् र तिनीहरूले भन्छन्: “यो व्यक्तिले आफ्नो जीवनमा यति धेरै पीडा भोगेको छ र पनि के सृष्टिकर्ताले ऊमाथि दया गर्नुहुन्‍न र?” दया गर्नुको अर्थ के हो? (अनुग्रह दिनु।) के अनुग्रह दिएर त्यसले व्यक्तिको नियति निर्धारण गर्न सक्छ? के त्यसले तिनीहरूको नियति परिवर्तन गर्न सक्छ? के त्यसले तिनीहरूको दृष्टिकोण परिवर्तन गर्न सक्छ? (सक्दैन।) त्यसकारण, सृष्टिकर्ताले कुनै व्यक्तिलाई जतिसुकै आशिष्‌, अनुग्रह र भौतिक सुखहरू प्रदान गर्नुभए पनि, यदि यी कुराहरूले त्यो व्यक्तिलाई परमेश्‍वरको इच्छा बुझ्न, वा जीवनको सही मार्ग लिन, र अन्त्यमा परमेश्‍वरले मानिसहरूलाई देखाउनुभएको बाटो लिन, र मानिसहरूले आफ्नो जीवनमा अनुभव गरेका सबै कुराहरू के हुन् भनेर बुझ्न उत्प्रेरित गर्न वा सहयोग गर्न सक्दैनन् भने, परमेश्‍वरले तिनीहरूमा गर्नुभएको सबै काम व्यर्थ हुनेछ, अनि स्पष्ट रूपमै त्यो व्यक्तिले परमेश्‍वरमा विश्‍वास गरेको जीवन अवधिमा एउटा रेखा कोरिएको हुनेछ। मानिसहरूमा के-कस्ता धारणाहरू उत्पन्‍न हुन्छन्? “परमेश्‍वर सहनशील र धैर्य हुनुहुन्छ, र उहाँको प्रेम शक्तिशाली र विशाल छ। उहाँले त्यस्तो व्यक्तिलाई किन प्रेम गर्न सक्‍नुहुन्‍न?” परमेश्‍वरको प्रेम कसरी प्रकट हुन्छ? परमेश्‍वरले त्यो व्यक्तिलाई साँच्‍चै प्रेम गर्नुहुन्छ कि हुन्‍न? के परमेश्‍वरको प्रेमले त्यो व्यक्तिमा कुनै परिणाम ल्याएको छ? त्यसमा कुनै परिणामहरू नहुँदा, परमेश्‍वरको प्रेम कसरी प्रकट हुन्छ? परमेश्‍वरको स्वभाव कसरी प्रकट हुन्छ? परमेश्‍वरले आफ्नो काम कसरी गर्नुहुन्छ? वास्तवमा, परमेश्‍वरले केही गर्नुअघि नै, उहाँले पहिल्यै त्यो व्यक्तिलाई चुन्‍नुभएको हुन्छ, ऊमाथि काम गर्नुभएको हुन्छ, र उसको सम्पूर्ण जीवन पूर्वनिर्धारित गर्न र उहाँको मार्गअनुसार यसलाई योजनाबद्ध गर्न विचार गर्नुभएको हुन्छ। यी सबै कुराहरूपछाडि परमेश्‍वरको इच्छा हुन्छ। के यो परमेश्‍वरको प्रेम होइन र? (हो।) यो पहिले नै परमेश्‍वरको प्रेम हो। त्यो व्यक्ति आफ्‍नो जीवनमा प्रत्येक प्रक्रियाबाट गुज्रिने क्रममा, परमेश्‍वरले उसलाई कृपा र वास्ता देखाउनुहुन्छ, उसको रक्षा गर्नुहुन्छ, उसलाई प्रेरणा दिनुहुन्छ, र केही वातावरणहरू मिलाएर यो जीवनमा उसले पाएको मिसन पूरा गर्नमा उसलाई निरन्तर सुरक्षा गर्नुहुन्छ। यस प्रक्रियामा, तिनीहरू जतिसुकै दृढ, जिद्दी, घमण्डी वा हठी भए पनि, परमेश्‍वरले तिनीहरूलाई परमेश्‍वरको मार्गअनुसार, सृष्टिकर्ताको प्रेम र महान्‌तासाथ, अनि परमेश्‍वरको जिम्मेवारीअनुसार तिनीहरूको जीवन निर्बाध रूपमा पार गराउन सहयोग गर्नुहुन्छ। तिनीहरूले आफ्नो जीवनमा जतिसुकै जोखिम र परीक्षाहरू सामना गरे पनि, वा तिनीहरू जतिपटक हताश भएर आत्महत्या गर्न चाहे पनि, परमेश्‍वरले उहाँको मार्गअनुसार तिनीहरूलाई यो जीवनमा डोऱ्याउनुहुन्छ। परमेश्‍वरको डोर्‍याइविना, तिनीहरूको जीवन पक्‍कै पनि सहज रूपमा बित्‍नेछैन, किनभने तिनीहरू हरप्रकारका प्रलोभन, परीक्षा, वा जोखिमले घेरिनेछन्। त्यसकारण, यो सबै परमेश्‍वरको प्रेम हो। मानिसहरू आफ्नो धारणामा परमेश्‍वरको प्रेम यस्तो पीडा र कष्टहरू, र तिनीहरूका भावनाविपरीतका त्यस्ता कुराहरूबाट मुक्त हुनुपर्छ भन्‍ने सोच्छन्। वास्तवमा, परमेश्‍वरले प्रेमपूर्ण र सहनशील तरिकामा मानिसहरूलाई कृपा, अनुग्रह र आशिष्‌हरू निरन्तर दिइरहनुभएको हुन्छ। अनि अन्त्यमा, उहाँले ठूलो धैर्य र प्रेमसाथ सत्यता पनि व्यक्त गर्नुहुन्छ, ताकि मानिसहरूले सत्यता बुझून् र जीवन प्राप्त गरून्। उहाँले परिणामहरू प्राप्त गर्न विभिन्‍न विधिहरू प्रयोग गर्नुहुन्छ, र यस क्रममा मानिसहरूलाई चरणबद्ध रूपमा मार्गदर्शन गर्नुहुन्छ ताकि तिनीहरूले मानव जीवन के हो भनेर बुझून् र अर्थपूर्ण जीवन कसरी बिताउने भनेर जानून्। उहाँको काम यसरी गर्नुपछाडिको परमेश्‍वरको उद्देश्य के हो? सतही रूपमा भन्दा, उहाँको उद्देश्य भनेको मानिसहरूले जीवनमा आइपर्ने सबै पीडाहरू, साथै तिनीहरू आफैले आफूमाथि निम्त्याउने सबै पीडाहरू त्याग्‍न सकून् भन्‍ने हो; अझ गहन रूपमा भन्दा, परमेश्‍वरको उद्देश्य भनेको मानिसहरूलाई खुशीसाथ बाँच्न, र सामान्य मानिसहरूको रूपमा र वास्तविक मानिसहरूको रूपमा जीवन बिताउन र सृष्टिकर्ताको मार्गदर्शनमा बाँच्न लगाउनु हो। तैपनि, हरेकसँग स्वतन्त्रता हुन्छ। परमेश्‍वरले मानिसहरूको लागि स्वतन्त्र इच्छा र विचार क्षमता सृष्टि गर्नुभयो। पछि गएर, मानिसहरूले यो संसार र यो समाजबाट धेरै कुरा स्वीकार गरे, जस्तै ज्ञान, परम्परागत संस्कृति, सामाजिक प्रचलन, पारिवारिक शिक्षा, आदि इत्यादि। शैतानबाट आएका यी कुराहरूलाई परमेश्‍वरले सधैँ घृणा गर्नुहुन्छ, र तिनको पर्दाफास गर्नुहुन्छ ताकि मानिसहरूलाई यी कुराहरूको मूर्खता र पाखण्डीपन, र सत्यतासँग नमिल्‍ने अवस्था थाहा पाउन सकून्। तैपनि, परमेश्‍वरले मानिसहरूलाई यी शैतानी कुराहरूबाट कहिल्यै अलग्याउने वा टाढा राख्‍ने गर्नुहुन्‍न। बरु, उहाँले मानिसहरूलाई यी कुरा अनुभव गर्न र यी कुरा वास्तवमा के हुन् भनेर खुट्याउन लगाउनुहुन्छ, र यसबाट जीवनको सही अनुभव र सही बुझाइ प्राप्त गर्न दिनुहुन्छ। जब सम्पूर्ण प्रक्रिया समाप्त हुन्छ र जब परमेश्‍वरले आफूले गर्नुपर्ने सबै काम गरिसक्‍नुभएको हुन्छ, तब मानिसहरूले आफूले प्राप्त गर्न सक्‍नेजति प्राप्त गर्छन्। अनि अब, यो अन्तिम चरणमा, मानिसहरूमा के-कस्तो धारणा उत्पन्‍न हुन्छ? यो कि, परमेश्‍वरले कसैलाई त्याग्‍नुभएको छ, र यसले मानिसहरूलाई परमेश्‍वरले तिनीहरूको भावना बुझ्‍नुहुन्‍न भन्‍ने महसुस गराउँछ। यस बिन्दुमा, मानिसहरूले के पनि महसुस गर्छन् भने, त्यो व्यक्तिले परमेश्‍वरमा राख्‍न सकेको झिनो आशा पनि चकनाचुर भएको छ, र मानिसहरूलाई यो कुरा केही हदसम्म क्रूर लाग्छ। अनि जब मानिसहरूले यो क्रूरता महसुस गर्छन्, तब तिनीहरूका धारणाहरू पनि खुलासा हुन्छन्। तँ एक असल व्यक्ति बनेर त्यो व्यक्तिलाई बचाउन मदत गर्न चाहन्छस्। के यो उपयोगी हुन्छ त? त्यो व्यक्तिले सत्यता नपछ्याई परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भएको हुन्छ र त्यसले केही पनि हासिल गरेको हुँदैन। तँ त्यसलाई दया र मदत गर्न चाहन्छस्, तर के तँ त्यसलाई सत्यता प्रदान गर्न सक्छस् त? के तँ त्यसलाई जीवन दिन सक्छस् त? तँ त्यसो गर्न पटक्‍कै सक्दैनस्, तर पनि तँसँग परमेश्‍वरबारे किन धारणाहरू हुन्छन्? परमेश्‍वरले गर्नुहुने काम सबैको लागि उचित र तर्कसङ्गत हुन्छ। यदि तिनीहरू व्यक्तिगत रूपमा सत्यता स्वीकार गर्दैनन् र परमेश्‍वरको काममा समर्पित हुँदैनन् भने, तैँले तिनीहरूलाई परमेश्‍वरले मुक्ति दिनुहुन्‍न भनेर कसरी गुनासो गर्न सक्छस्? यहाँ पक्‍कै पनि धारणा भएका निकै धेरै मानिसहरू छन्। मानिसहरूले परमेश्‍वरको कामबारे धेरै धारणाहरू बोक्छन्, जस्तै: “परमेश्‍वरले यति धेरै काम गर्नुभएको छ, र पनि किन यो अन्तिम चरण पूर्ण रूपमा पूरा गर्नुहुन्‍न? यो परमेश्‍वरले गर्न चाहनुभएको कुरा हो जस्तो देखिँदैन, न त यो परमेश्‍वरले गर्नुपर्ने कुरा नै हो। परमेश्‍वरले यस्तो ठूलो काम गर्नुभएको हुनाले, उहाँले उहाँमा विश्‍वास गर्ने सबैलाई मुक्ति दिनुपर्छ। त्यस्तो उपलब्धि मात्र परमेश्‍वरको कामको सिद्ध परिणाम हुनेछ। परमेश्‍वरले यो व्यक्तिलाई किन हटाउनुभयो? यो मानिसहरूप्रतिको परमेश्‍वरको प्रेम र कृपासँग विरोधाभासपूर्ण छ, र मानिसहरूले यसलाई गलत रूपमा बुझ्ने सम्भावना छ! परमेश्‍वरले किन यसरी काम गर्नुहुन्छ? के यो मानिसहरूको भावनालाई अलिक विचार नपुर्‍याइएको कुरा होइन र?” परमेश्‍वरको धर्मी स्वभाव यस्तै हुन्छ। यो परमेश्‍वरको धर्मी स्वभाव हो। बस यसलाई अनुभव गर, अनि एक दिन तिमीहरूले बुझ्‍नेछौ।

हामीले भर्खरै कुरा गरेको विषय परमेश्‍वरको कामबारेका मानिसहरूका केही धारणा र कल्पनाहरूसँग सम्बन्धित छ। तीमध्ये केही मानिसहरूका कल्पनाहरू हुन्, र केही परमेश्‍वरप्रतिका मानिसहरूका मापदण्डहरू हुन्, अर्थात् परमेश्‍वरले यो गर्नुपर्छ र परमेश्‍वरले त्यो गर्नुपर्छ भनेर मानिसहरूले सोचेका कुरा हुन्। जब परमेश्‍वरको काम तेरा विचार र मापदण्डहरू वा कल्पनाहरूसँग मिल्दैनन्, बरु बाझिन्छन्, तब तँ चिन्तित र उदास हुनेछस्, र तैँले यस्तो सोच्‍नेछस् “तपाईं मेरो परमेश्‍वर हुनुहुन्‍न, मेरो परमेश्‍वर तपाईंजस्तो व्यवहार गर्नुहुन्‍न।” यदि परमेश्‍वर तेरो परमेश्‍वर हुनुहुन्‍न भने, तेरो परमेश्‍वर को हुनुहुन्छ? जब यी कुराहरू समाधान हुँदैनन्, तब मानिसहरू प्रायजसो यिनै स्थिति र धारणाहरूमा जिउँछन्, र तिनीहरूले आफ्नो मनमस्तिष्कमा परमेश्‍वरको काम नाप्‍न, आफूले सही तरिकाले काम गरिरहेको छु कि गलत तरिकाले भनेर मूल्याङ्कन गर्न, र आफूले लिने मार्गको सटीकता मूल्याङ्कन गर्न यी धारणा र मापदण्डहरू अपनाउँछन्—यसले समस्यातर्फ डोर्‍याउनेछ। अनि, तैँले यस्तो बाटो पछ्याइरहेको हुन्छस् जुन बाटोसँग परमेश्‍वरका मापदण्डहरूको कुनै सरोकार हुँदैन, त्यसैले यदि तैँले परमेश्‍वरलाई पछ्याएजस्तो देखिए पनि र उहाँका उपदेश र वचनहरू सुनेजस्तो देखिए पनि, के अन्तिम परिणामस्वरूप मुक्ति प्राप्त हुनेछ त? त्यसकारण, परमेश्‍वरमा विश्‍वास गरेर मुक्ति प्राप्त गर्नको लागि, यो यस्तो हुनपर्छ भन्‍ने होइन कि जहाँ तैँले परमेश्‍वरको काम स्वीकार गरेर अनि मण्डली जीवन प्रवेश गरेर, तँ परमेश्‍वरको व्यवस्थापन कार्यमा पर्ने व्यक्ति, र परमेश्‍वरले मुक्ति दिनुहुने र सिद्ध बनाउनुहुनेहरूमध्येको एक व्यक्ति हुनेछस्, र यसको अर्थ यो पनि होइन कि तैँले पहिले नै मुक्ति पाएको हुन्छस्, वा तैँले निश्‍चित रूपमा मुक्ति पाउनेछस्। यो यस्तो हुँदै होइन। यो त मानव धारणा र कल्पना, र मानव तर्क र मूल्याङ्कन मात्र हो।

संक्षेपमा भन त—मैले भर्खरै तिमीहरूलाई सुनाएको यो कथामा संलग्‍न मानव धारणाहरू के-के हुन्? त्यसलाई सारांशित गरिसकेपछि, पढेर सुनाओ। (परमेश्‍वर, हामीले यो कुरालाई संक्षेप रूपमा चार वटा धारणामा प्रस्तुत गरेका छौं: पहिलो, मानिसहरूले के महसुस गर्छन् भने, यदि तिनीहरूसँग उचित इच्छा र खोजहरू छन् र ती हदभन्दा बाहिर गएका छैनन् भने, परमेश्‍वरले ती पूरा गर्नुपर्छ। दोस्रो, मानिसहरूले के महसुस गर्छन् भने, यदि परमेश्‍वरले तिनीहरूमा काम गर्न यति ठूलो मूल्य चुकाउनुभएको छ र अझै पनि तिनीहरूले बुझ्दैनन् भने, परमेश्‍वरले तिनीहरूलाई जीवनमा यति धेरै कठिनाइहरू भोग्‍न लगाउनुको सट्टा, र तिनीहरूलाई आफै छामछुम गर्दै व्यक्तिगत रूपमा यी कुरा अनुभव गर्न र भोग्‍न लगाउनुको सट्टा, तिनीहरूलाई तुरुन्तै अन्तर्दृष्टि दिन र जीवनको सही मार्ग देखाउन केही अलौकिक कामहरू गर्नुपर्छ। तेस्रो, मानिसहरूमा परमेश्‍वरको धर्मी स्वभावबारे धारणाहरू हुन्छन्। तिनीहरूले के महसुस गर्छन् भने, यदि परमेश्‍वरले तिनीहरूमा काम गर्न यति ठूलो मूल्य चुकाउनुभएको छ भने, अन्त्यमा एउटा अन्तिम परिणाम हुनैपर्छ, अर्थात् परमेश्‍वरले तिनीहरूलाई प्राप्त गर्नैपर्छ। चौथो, परमेश्‍वरमाथिको मानिसहरूको विश्‍वासपछाडि भाग्‍गेचिठ्ठा अपनाउने मानसिकता हुन्छ।) अझै अरू पनि छन्? कसले भन्‍न सक्छ? (अर्को धारणा के हो भने, परमेश्‍वरले यतिका वर्षदेखि काम गरिरहनुभएको छ र यति ठूलो काम गर्नुभएको छ, त्यसकारण उहाँले केही थप मानिसहरू प्राप्त गर्नुपर्छ, र यदि उहाँले थोरै मानिसहरू मात्र प्राप्त गर्नुभयो भने, यो परमेश्‍वरको काम होइन।) पाँच वटा धारणाहरू भए। अरू पनि छन् कि? (मैले एउटा धारणाबारे सोचेको छु, जुन के हो भने, जब मानिसहरूसँग पक्राउ र सतावटमा पर्नेजस्ता केही विशेष अनुभवहरू हुन्छन्, र जब यस प्रक्रियामा परमेश्‍वरसँग तिनीहरूको केही साँचो अन्तरक्रिया हुन्छ र जब तिनीहरूले साँचो गवाही प्राप्त गर्छन्, तब तिनीहरू यसलाई एकप्रकारको पूँजीको रूपमा लिन्छन् र तिनीहरूसँग त्यस्ता अनुभवहरू भएकाले, तिनीहरूले परमेश्‍वरको अनुमोदन पाउन सक्छन्, र त्यसैले तिनीहरूको बाँच्ने सम्भावना अझ बढी हुनेछ भनेर सोच्छन्।) (साथै, मानिसहरूले आफ्नो काम जति ठूलो भयो र आफूले जति धेरै मूल्य चुकायो, त्यति नै धेरै तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्छन्, र मुक्ति पाउने तिनीहरूको सम्भावना त्यति नै धेरै हुन्छ भन्‍ने सोच्छन्।) अर्को शब्दमा भन्दा, मानिसहरूले सोच्छन् कि, तिनीहरूले परमेश्‍वरको अनुमोदन प्राप्त गर्ने सम्भावना तिनीहरूले कति मूल्य चुकाएका छन् भन्‍ने कुरामा आधारित हुन्छ, र यी दुई कुरा असमानुपातिक वा असम्बन्धित हुनुको सट्टा प्रत्यक्ष रूपमा समानुपातिक हुन्छन्, र यी दुई कुरा आपसमा जोडिएका हुन्छन्—यो एउटा धारणा हो। सात वटा भयो। अरू के छ? (अर्को पक्ष पनि छ, र त्यो के हो भने, यदि परमेश्‍वरले मानिसहरूलाई सत्यता बुझाउन चाहनुहुन्छ भने, उहाँले तिनीहरूलाई त्यो बुझाउन अन्तर्दृष्टि दिन सक्‍नुहुन्छ, र उहाँले मानिसहरूलाई जाँच्नु हुँदैन, तिनीहरूलाई वञ्चित गर्नु हुँदैन, वा तिनीहरूलाई दुःख दिनु हुँदैन, किनभने परमेश्‍वरले मानिसहरूलाई प्रेम गर्नुहुन्छ, र तिनीहरूलाई दुःख दिनु प्रेम होइन भन्‍ने तिनीहरू सोच्छन्।) यो परमेश्‍वरको प्रेमबारेमा रहेको धारणा हो। अरू के-के धारणाहरू छन्? (मानिसहरूले सोच्छन् कि परमेश्‍वरले सबैलाई प्राप्त गर्नुभए बेस हुनेथ्यो। शैतान अपमानित हुनेथ्यो र परमेश्‍वरले मानवजातिलाई पनि प्राप्त गर्नुहुनेथ्यो। तर वास्तवमा, मानिसहरूको यो सोच स्वार्थी र घृणित सोच हो, र यो तिनीहरूको आफ्नै स्वार्थको लागि हो।) तिनीहरूले परमेश्‍वरको कामका परिणामहरूबारे पूर्ण कल्पना गरेका हुन्छन्। यो एउटा धारणा हो। मानिसहरूको त्यो स्वार्थी र घृणित उद्देश्यबाहेक, तिनीहरूले के पनि विश्‍वास गर्छन् भने, परमेश्‍वरले गर्नुहुने यी सबै कुराको सुरुवात र अन्त्य हुनुपर्छ, र परिणाम सिद्ध हुनुपर्छ, र त्यो तिनीहरूको इच्छाअनुरूप हुनुपर्छ, र तिनीहरूको कल्पनाअनुरूप हुनुपर्छ, र सुन्दर कुराहरूप्रतिको तिनीहरूको तृष्णाअनुरूप हुनुपर्छ। तैपनि, जब परमेश्‍वरको काम समाप्त हुन्छ, तब तथ्यहरू प्राय मानिसहरूको कल्पनासँग मेल खाँदैनन्, र यी सबैको परिणाम मानिसहरूले कल्पना गरेजस्तो सिद्ध नहुन सक्छ। अनि अवश्य नै, मानिसहरू परमेश्‍वरको काम समाप्त भएपछि त्यति धेरै मानिसहरू बाँकी नरहेको पनि हेर्न चाहँदैनन्, जुन अवस्था व्यवस्थाको युगमा परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्‍ने अय्यूबजस्ता थोरै मात्र विश्‍वासीहरू बाँकी रहेजस्तै हो। मानिसहरूलाई लाग्छ कि, परमेश्‍वरको कामको परिणाम यस्तो हुनु हुँदैन, किनभने परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ, र तिनीहरूले परमेश्‍वरको सर्वशक्तिमान्‌तालाई यसरी नै परिभाषित गर्छन्। परमेश्‍वरको सर्वशक्तिमान्‌ताको यो परिभाषा आफैमा एउटा धारणा हो, यो मानिसहरूले कल्पना गरेको सिद्धवादको अवधारणा हो, र यसको परमेश्‍वरले गर्न चाहनुहुने कुरासँग र परमेश्‍वरको काम गर्ने सिद्धान्तहरूसँग कुनै सम्बन्ध छैन। अरू के-के धारणाहरू छन्? (जब मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्छन्, तिनीहरूले आफूले हिँडिरहेको बाटोबारे मनन गर्दैनन्, न त आफूले कसरी भ्रष्‍टता त्याग्‍न र मुक्ति प्राप्त गर्न सक्छु भन्‍ने कुरा नै मनन गर्छन्। यसको साटो, तिनीहरूले परमेश्‍वर सर्वशक्तिमान्‌ हुनुहुन्छ र यदि परमेश्‍वरले मानिसहरूलाई परिवर्तन गर्छु भनेर भन्‍नुभयो भने, तिनीहरू परिवर्तन हुनेछन् भन्‍ने सोच्छन्।) परमेश्‍वरले मानिसहरूलाई कसरी परिवर्तन हुने भनेर बताउनुहुन्छ, तर मानिसहरूले उहाँका वचनहरू अभ्यास गर्दैनन्, र तिनीहरूले आफूलाई परिवर्तन गर्दैनन्, बरु निरन्तर आफूलाई समस्याबाट बचाउन चाहन्छन् र परमेश्‍वरले तिनीहरूलाई परिवर्तन गर्नुहोओस् भन्‍ने चाहन्छन्। यो एकप्रकारको खोक्रो कल्पना हो, र एकप्रकारको धारणा हो। अझै अरू पनि छन्? (मानिसहरूले सोच्छन्, जसले आफ्नो जीवनमा धेरै दुःख भोगेको छ र धेरै ठक्‍कर खाएको छ, उसले अन्त्यमा राम्रो परिणाम पाउनुपर्छ, र परमेश्‍वरले उसलाई त्याग्‍नु हुँदैन। अन्त्यमा, यो व्यक्तिलाई जब परमेश्‍वरले प्राप्त गर्नुहुन्‍न र जब उहाँले उसलाई त्याग्‍न चाहनुहुन्छ, तब मानिसहरूले परमेश्‍वरले गर्नुभएका यी सबै कुराहरूलाई हेरेर “असल व्यक्ति” को दृष्टिकोण अपनाउँछन्, र परमेश्‍वरका कार्यहरू तिनीहरूको भावनालाई वास्ता नगर्ने र अत्यन्तै क्रूर किसिमका छन् भन्‍ने महसुस गर्छन्।) यसमा रहेको समस्या के हो? तिमीहरूले यो धारणाहरूको समस्या हो भनेर उल्लेख नगरी केही मामिलाहरू र तिमीहरूका केही अवधारणात्मक बुझाइहरू मात्र बतायौ। यहाँ मानिसहरूको मुख्य धारणा के हो? मानिसहरूले सोच्छन् कि परमेश्‍वरले कुनै व्यक्तिलाई ऊ कति दयनीय छ र उसले कति कष्ट भोगेको छ भन्‍ने आधारमा मुक्ति दिनुहुन्छ। तिनीहरूले सोच्छन्, जब परमेश्‍वरले अन्त्यमा व्यक्तिको परिणाम निर्धारण गर्नुहुन्छ, तब उहाँले आफ्नो कृपालु हृदय, र उहाँको उदारता, सहिष्णुता, प्रेम र दया देखाउनुपर्छ, किनभने यो व्यक्तिले धेरै कष्ट भोगेको छ र उसको जीवन अत्यन्तै दयनीय छ। व्यक्तिले सत्यता बुझे पनि वा नबुझे पनि, र ऊ परमेश्‍वरमा जतिसुकै समर्पित भए पनि, मानिसहरूलाई लाग्छ कि परमेश्‍वरले ती कुराहरू विचार गर्नु हुँदैन, बरु उहाँले त्यो व्यक्ति कति दयनीय छ भनेर विचार गर्नुपर्छ, र उसले धेरै पीडा भोगेको छ भनेर विचार गर्नुपर्छ, र उसले आफ्नो सपना दृढतापूर्वक पक्रिरहेको छ भनेर विचार गर्नुपर्छ, र उसलाई मुक्ति पाउन छुट अनुमति दिनुपर्छ—यो मानिसहरूको धारणा हो। “यस्तो हुनुपर्छ” भन्‍ने मानिसहरूका धेरै चाहनाहरू हुन्छन्, र परमेश्‍वरले के गर्नुपर्छ भनेर निर्धारण गर्न र परमेश्‍वरका कार्यहरू परिभाषित गर्न तिनीहरूले यी सबै “यस्तो हुनुपर्छ” भन्‍ने चाहनाहरू प्रयोग गर्छन्। जब तथ्यहरूले परमेश्‍वरले यसरी काम गर्नुभएको छैन भन्‍ने कुरा प्रकट गर्छन्, तब मानिसहरू र परमेश्‍वरबीच मतभेद पलाउँछ, र मानिसहरूमा परमेश्‍वरबारे गलतफहमी पैदा हुन्छ। तर त्यसोभए, के यो गलतफहमी मात्र हो त? यसबाट मानिसहरूमा विद्रोहीपन पनि उत्पन्‍न हुन्छ। धारणाहरूले मानिसहरूमा ल्याउने खराबी र दुष्परिणामहरू यिनै हुन्।

हामीले छलफल गरिरहेका मुख्य कुरा धारणाहरू हुन्। हामीले भर्खरै कुरा गरेको कथामार्फत, मानिसहरूले के देख्‍न सक्छन् भने, प्रमुख पात्रले परमेश्‍वरले योजनाबद्ध गर्नुभएका सबै कुरा नाप्‍न धेरै धारणाहरू प्रयोग गरी, र मुख्य पात्रको जीवनमा भएका सबै कुराको परिणामस्वरूप र परमेश्‍वरले उसलाई गर्नुभएको व्यवहारको परिणामस्वरूप, मानिसहरूले परमेश्‍वरबारे धेरै विचार र मापदण्डहरू विकास गर्छन्—र ती सबै धारणाहरू हुन्। मलाई भन त, मानिसहरूसँग अरू के-कस्ता धारणाहरू हुन्छन्? (मानिसहरूले सोच्छन्, परमेश्‍वरले यति ठूलो काम गर्नुभएको हुनाले, उहाँले अझ धेरै मानिसहरूलाई प्राप्त गर्नुपर्छ। तर परमेश्‍वर भन्‍नुहुन्छ, यदि उहाँले थोरै मानिसहरूलाई मात्र प्राप्त गर्न सक्‍नुभयो भने, त्यति नै प्राप्त गर्नुहुनेछ, र यही कारणले गर्दा, मानिसहरूले परमेश्‍वरले धेरै मानिसहरूलाई प्राप्त गर्न मन पराउनुहुन्‍न भन्‍ने सोच्छन्, र त्यसैले तिनीहरूले पछ्याउन छोड्छन्।) धारणाहरूले मानिसहरूको पछ्याइमा असर गर्छन्। यहाँ एउटा कुरा सुधार्नुपर्छ। परमेश्‍वरले धेरै मानिसहरूलाई प्राप्त गर्न मन पराउनुहुन्‍न भन्‍ने होइन, उहाँले त्यो कुरा मन पराउनुहुन्छ। यहाँ एउटा प्रश्‍न छ। जब परमेश्‍वरले अन्त्यमा मानिसहरूको परिणाम निर्धारण गर्नुहुन्छ, तब कुन आधारमा परमेश्‍वरले अब तिनीहरूमा काम गर्दिनँ, र तिनीहरूलाई त्याग्छु भनेर भन्‍नुहुन्छ? यहाँ परमेश्‍वरको मानक हुन्छ, जुन एउटा सिद्धान्त र न्यूनतम सर्त पनि हो। यदि तँसँग यस मानक, सिद्धान्त, वा सर्तबारे धारणाहरू छन्, वा तैँले यसलाई स्पष्ट रूपमा देख्‍न सक्दैनस् भने, तँमा परमेश्‍वरबारे केही विरोधाभास वा कल्पनाहरू उत्पन्‍न हुनेछन्। कतिपय मानिसहरू भन्छन्, “परमेश्‍वरले उसको जीवनमा धेरै प्रयास लगाउनुभयो र पनि ऊ परिवर्तन भइन र उसले आफ्नो इच्छा छोडिन, र त्यसैलाई पक्रिरही, र ऊ परमेश्‍वरको अगाडि आइन, र त्यसैले परमेश्‍वरले उसलाई त्याग्‍नुभयो।” के परमेश्‍वरले उसलाई त्याग्‍नुको मुख्य कारण यही हो? (होइन।) त्यसोभए, मुख्य कारण के थियो त? यो कथाको अन्त्यमा, जब मुख्य पात्र वृद्धा भई, तब उसको रूप परिवर्तन भए पनि, र वर्ष बित्दै जाँदा ऊ बुढी भए पनि, र समय परिवर्तन भए पनि, उसको इच्छा र उसका यी अस्पष्ट भ्रमहरू अपरिवर्तित नै रहिरहे। अनि, के कुराले उसलाई ती इच्छाहरू पक्रिराख्‍न प्रेरित गर्‍यो त? (हठी, र विद्रोही स्वभाव।) ठीक भन्यौ, उसले सत्यतालाई प्रेम गर्थिन, ऊ सत्यता पछ्याउँथिन, उसले परमेश्‍वरका वचनहरूलाई स्विकार्थिन, र सत्यता अभ्यास गर्थिन भन्‍ने तथ्यले नै यस्तो परिणाम ल्याएको थियो। उसको अहङ्कारी, हठी र जिद्दी भ्रष्ट स्वभावले उसलाई आफ्नै इच्छा र आदर्शहरू पक्रिबस्‍ने बनायो, र उसलाई आफ्ना आदर्शहरू त्याग्‍नबाट रोक्यो। यसको कारण के थियो त? उसका भ्रष्ट स्वभावहरू नै यसको कारण थियो। त्यसोभए, जब परमेश्‍वरले कुनै व्यक्तिलाई बाटोको अन्त्यमा पुगेको, र उसको स्वभाव अझै पनि हठी, घमण्डी र जिद्दी नै रहेको देख्‍नुहुन्छ, तब यसको अर्थ के हुन्छ? परमेश्‍वरको कामको सिलसिलामा, बाहिरबाट हेर्दा यो व्यक्तिले परमेश्‍वर पछ्याइरहेको र आफ्नो कर्तव्य पूरा गरिरहेको जस्तो देखिए पनि, ऊ आफूले गर्ने सबै कुरामा परमेश्‍वरको वचनहरूको अभ्यास र अनुभव गर्दैन, र सारगत रूपमा उसँग कहीँकतै जीवन प्रवेश हुँदैन। त्यसोभए, के यस्ता मानिसहरूले साँच्‍चै परमेश्‍वरको काम स्विकार्ने र त्यसमा समर्पित हुने गर्छन् त? (गर्दैनन्।) ठीक भन्यौ। यसको परिणामस्वरूप अन्ततः परमेश्‍वरले तिनीहरूलाई त्याग्‍नुहुन्छ। तिनीहरू आफ्नो सम्पूर्ण जीवन मार्गबाट गुज्रिएका थिए, र आफ्‍नो जीवन अवधिमा तिनीहरू परमेश्‍वरसामु आएर यो सबै कुरा योजनाबद्ध गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ, र मानिसहरूको नियति बन्दोबस्त गर्ने सृष्टिकर्ता नै हुनुहुन्छ भनेर पनि बुझेका थिए, तर तिनीहरूले परमेश्‍वर पछ्याएको र परमेश्‍वरका वचनहरू सुनेको अवधिमा, तिनीहरूको हठी, घमण्डी र जिद्दी स्वभाव बिल्कुलै परिवर्तन भएन, त्यो अन्त्यसम्‍मै परिवर्तन भएन, र त्यसैले यो परिणाम स्वतः स्पष्ट छ। यो परमेश्‍वरको कसैलाई त्याग्‍ने अन्तिम मानक हो—यो परमेश्‍वरको सिद्धान्त हो। मानिसहरूका दृष्टिकोणहरू जे-जस्ता भए पनि, वा तिनीहरूले परमेश्‍वरको यो सिद्धान्त र यो मानकबारे जे मूल्याङ्कन गरे पनि, उहाँ मानिसहरूबाट प्रभावित हुनुहुनेछैन र उहाँले जे गर्नुपर्ने हो त्यही गर्नुहुनेछ। यदि तँ यो व्यक्तिसँग सङ्गत गर्दैनस् र यो व्यक्तिको भित्री सार र उसको स्वभाव के हो भनेर बुझ्दैनस्, र उसको बाहिरी रूपलाई मात्रै ध्यान दिन्छस् भने, तैँले परमेश्‍वरका कार्यहरूको सिद्धान्त र जड कहिल्यै बुझ्‍नेछैनस्, र तैँले यो व्यक्तिको सन्दर्भमा भएका परमेश्‍वरका कार्यहरू र उहाँको निर्णयबारे आलोचना गर्नेछस्। म तिमीहरूलाई सोध्न चाहन्छु, परमेश्‍वरले यस्तो दयनीय व्यक्तिलाई, जीवनमा हरप्रकारको पीडा भोगेको, जीवनभर पीडा अनुभव गरेको यस्तो व्यक्तिलाई कसरी यस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले तिनीहरूलाई किन त्याग्‍नुहुन्छ? यो कसैले पनि हेर्न नचाहने नतिजा हो, तर यो वास्तवमा एउटा तथ्य नै हो र यो वास्तवमै विद्यमान छ। परमेश्‍वरले तिनीहरूलाई यसरी व्यवहार गर्नुको कारण के हो त? यदि परमेश्‍वरले त्यस्तो व्यक्तिमा थप दश वर्ष काम गर्नुभएको भए, त्यो व्यक्तिको पछ्याइ, उसको स्वभाव र उसले लिने बाटोको आधारमा मूल्याङ्कन गरेर भन्दा, के त्यो व्यक्ति परिवर्तन हुन्थ्यो त? (हुन्थेन।) यदि उहाँले यस्ता व्यक्तिहरूमा थप ५० वर्ष काम गर्नुभएको भए र तिनीहरूलाई अलिक लामो आयु दिनुभएको भए, के तिनीहरू परिवर्तन हुन्थे त? (हुन्थेनन्।) तिनीहरू किन परिवर्तन हुन्थेनन्? (तिनीहरूको प्रकृति सारले नै तिनीहरू सत्यता पछ्याउने व्यक्ति होइनन् भन्‍ने कुरा निर्धारित गर्छ, त्यसैले तिनीहरूले परमेश्‍वरमा विश्‍वास गरेको धेरै वर्ष भए पनि तिनीहरू परिवर्तन हुनेछैनन्।) यसलाई अझै ठ्याक्‍कै तोकेर कसले भन्‍न सक्छ? (तिनीहरूले लिइरहेको बाटो गलत छ, यो सत्यता पछ्याउने बाटो होइन। यसको मतलब तिनीहरूले परमेश्‍वरमा जति वर्ष विश्‍वास गरे पनि, यो अर्थहीन हुनेछ। तिनीहरूले थप १०-२० वर्ष परमेश्‍वरमा विश्‍वास गरे पनि, तिनीहरूले लिने बाटो र तिनीहरूको जीवन दिशा परिवर्तन हुनेछैन।) कुरा ठ्याक्‍कै त्यही हो। तिनीहरूभित्र धारणा र कल्पनाहरू हुन्छन्। तिनीहरूले सत्यता पछ्याउने, वा सत्यता बुझ्‍ने प्रयास गर्ने, वा सत्यतामा प्रवेश गर्ने प्रयास गर्दैनन्। तिनीहरूले पछ्याउने कार्यलाई निरन्तरता दिएजस्तो मात्रै देखिन्छ, तर तिनीहरूको सार पूर्ण रूपमा अपरिवर्तित नै रहन्छ। तिनीहरूले १०-२० वर्ष, वा ३० वा ५० वर्षसम्म सत्यता नपछ्याई परमेश्‍वरमा विश्‍वास गर्छन् र अझै फेरि पनि सत्यता पछ्याउँदैनन्, र तिनीहरूले अन्त्यमा जे प्रकट गर्छन् र तिनीहरू जेजसरी बाँच्छन् त्यो कहिल्यै परिवर्तन हुँदैन। यो कुरा तिनीहरूको प्रकृति सारले निर्धारित गर्छ, र तिनीहरूको स्वभाव यस्तै हुन्छ। यो कहिल्यै परिवर्तन भएको हुँदैन, र परमेश्‍वरबारेको तिनीहरूको धारणा र कल्पना कहिल्यै परिवर्तन भएको हुँदैन। त्यसोभए, के त्यस्तो व्यक्तिसँग व्यवहार गर्न परमेश्‍वरसँग सिद्धान्तहरू छन् त? धेरै छन्। मानिसहरू सधैँ आफू अत्यन्तै सहनशील र महान् छु भन्‍ने सोच्दै आफू असल मानिस हुँ भन्‍ने ढोंग गर्छन्। तर के तेरो सहनशीलता परमेश्‍वरको सहनशीलताजत्तिकै ठूलो छ त? के तेरो प्रेम परमेश्‍वरको प्रेमजत्तिकै ठूलो छ त? (छैन।) त्यसोभए परमेश्‍वरको सहनशीलता के हो? परमेश्‍वर सहनशील र प्रेमिलो हुनुहुन्छ भनेर तैँले कसरी भन्‍न सक्छस्? परमेश्‍वरले मानिसहरूलाई आफ्नो अगाडि ल्याउन, आफ्‍ना वचनहरू सुन्‍न र आफ्‍ना वचनहरू बुझ्न लगाउन, र उहाँले तोक्‍नुभएको तरिकाले जीवनमा अघि बढ्न र अभ्यास गर्न लगाउन विभिन्‍न तरिकाहरू प्रयोग गर्नुहुन्छ। तर त्यो व्यक्तिले स्वीकार गर्दैन, र अन्त्यसम्‍मै आफ्नै विचारमा अडिग रहिरहन्छ। त्यसोभए के परमेश्‍वरले तिनीहरूको जीवन अनुभवको क्रममा तिनीहरूलाई त्याग्‍नुहुन्छ त? (त्याग्‍नुहुन्‍न।) परमेश्‍वरले त्याग्‍नुहुन्‍न। तिनीहरूको जीवनको हरेक चरणमा, उहाँले तिनीहरूको लागि गर्नुहुने सबै कुरामा र उहाँले तिनीहरूलाई अनुभव गर्न लगाउनुहुने सबै कुरामा, परमेश्‍वरले आफ्नो जिम्मेवारीलाई अन्त्यसम्‍मै गम्भीरतापूर्वक लिनुहुन्छ। अन्त्यसम्‍मै जिम्मेवारी लिनुपछाडिको परमेश्‍वरको उद्देश्य के हो? असल परिणाम हेर्न पाउनु, व्यक्तिमा सन्तोषजनक र स्वीकार्य परिणाम हेर्न पाउनु नै यसको उद्देश्य हो, ताकि उसले चाहेको साँचो खुशीको आनन्द उठाउन सकोस्—यो परमेश्‍वरको सहनशीलता हो। तर अन्त्यमा परमेश्‍वरले देख्‍नुहुने परिणाम के हुन्छ? के परमेश्‍वरले अन्त्यमा आफूले हेर्न चाहेको परिणाम देख्‍नुहुन्छ? (देख्‍नुहुन्‍न।) उहाँले यस्तो परिणाम देख्‍नुहुन्‍न, र पहिलेदेखि नै कुनै पनि आशा देखिन छोडेको हुन्छ। जब परमेश्‍वरले कुनै आशा देख्‍नुहुन्‍न, तब यसको अर्थ के हुन्छ? यसको अर्थ परमेश्‍वरसँग अब यो व्यक्तिप्रति कुनै आशा छैन भन्‍ने हुन्छ। मानवजातिको शब्दमा भन्‍नुपर्दा, उहाँ निराश बन्‍नुहुन्छ। यदि त्यहाँ आशाको सानो किरण मात्रै हुन्छ भने पनि, परमेश्‍वरले हार मान्‍नुहुनेछैन। यो परमेश्‍वरको सहनशीलता र परमेश्‍वरको प्रेम हो। परमेश्‍वरले खोक्रा वचनहरू बोल्‍नुको सट्टा मानिसहरूलाई वास्तवमा आफ्नो सहनशीलता र प्रेम प्रदान गर्नुहुन्छ। अनि अन्त्यमा, परमेश्‍वरले यो व्यक्तिमा उसको भ्रष्ट स्वभाव परिवर्तन भएको छैन, उसको जिद्दीपन अझै कायमै छ, र उसको हृदयको गहिराइमा उसको इच्छा नै लुकेको छ भन्‍ने देख्‍नुहुन्छ। यो व्यक्तिले आशिष् पाउन चाहन्छ, तर जब ऊ परमेश्‍वरको अघि आउँछ, उसले कुनै कुरा त्याग्दैन। बरु उल्टै, ऊ आफ्नो सम्पूर्ण जीवनभर यही तुच्छ इच्छामा लागिरहन्छ, र आफ्नो सम्पूर्ण जीवनभर यसैमा अडिग रहिरहन्छ, र आफ्नो सम्पूर्ण जीवनभर यसैलाई दृढतापूर्वक अठ्याइरहन्छ। झट्ट हेर्दा, यो व्यक्तिले आफूलाई परमेश्‍वरमा समर्पित गर्छ, र आफ्नो जीवन र आफ्ना सबै नातेदारहरूलाई परमेश्‍वरमा सुम्पिन्छ। तर वास्तविकता के हुन्छ? ऊ इन्चार्ज बन्‍न चाहन्छ, ऊ आफ्नो वरपरका मानिसहरूको, आफन्तहरूको, र आफ्‍नै जीवनको इन्चार्ज बन्‍न चाहन्छ, र साथै ऊ एकअर्कामा भर पर्न चाहन्छ—उसले वास्तवमा यो सबै कुरा परमेश्‍वरलाई हस्तान्तरण गर्दैन। तैँले यसलाई जुनसुकै तरिकाले हेरे पनि, यो व्यक्तिले लिने बाटो परमेश्‍वरको मार्ग पछ्याउने बाटो होइन, न त यो सचेत रूपमा परमेश्‍वरका मापदण्डहरू पूरा गर्ने बाटो नै हो। उसले परमेश्‍वरको मार्ग पछ्याउने बाटो किमार्थ लिँदैन। उसले धेरै दुःख भोगेको हुन्छ र आफ्नो जीवनमा धेरै असाधारण कुराहरू अनुभव गरेको हुन्छ, तर यसले अझै पनि उसलाई आफूले मनमा कुँदेको जीवनको सुन्दर र खुसीयालीपूर्ण तस्वीर त्याग्‍ने तुल्याएको हुँदैन, न त यसले उसलाई कुनै पनि हिसाबले चिन्तनमनन गर्ने नै तुल्याएको हुन्छ। यो कस्तो व्यक्ति हो? यस्ता व्यक्तिहरू अत्यन्तै हठी हुन्छन्। यदि मानिसहरू सत्यता पछ्याउँदैनन् र जीवनको सही मार्ग अनुसरण गर्दैनन् भने, अन्तिम परिणाम यही हुन्छ। अनि अन्त्यमा, परमेश्‍वरले जे गर्नुभएको हुन्छ त्यो नै उहाँले गर्न सक्‍ने सबै कुरा हुनेछ। यो पहिले नै मानिसहरूको कल्पनाभन्दा बाहिर गइसकेको र तिनीहरू पुग्‍न सक्‍ने स्थानभन्दा पर पुगिसकेको हुन्छ। परमेश्‍वरले मानिसहरूलाई धेरै कुरा दिनुभएको छ। मानिसहरूको भ्रष्‍टता, तिनीहरूको स्वभाव र परमेश्‍वरप्रतिको तिनीहरूको मनोवृत्तिअनुसार त, तिनीहरू यी कुराहरू पाउन योग्य नै छैनन्, र तिनीहरू यी आशिष्‌हरू पाउन योग्य नै छैनन्। तर के परमेश्‍वरले हार मान्‍नुहुन्छ त? परमेश्‍वरले हार मान्‍नुअघि धेरै काम गर्नुहुन्छ। परमेश्‍वरले तिनीहरूमाथि निर्बाध रूपमा आफ्नो प्रेम, कृपा, अनुग्रह र आशिष्‌हरू बर्साउनुहुन्छ। तर तिनीहरूले परमेश्‍वरबाट यी कुराहरू प्राप्त गरिसकेपछि, त्यसको बदलामा तिनीहरूको मनोवृत्ति कस्तो हुन्छ? तिनीहरू अझै पनि उहाँबाट तर्किरहन्छन् र उहाँबाट टाढै बसिरहन्छन्, र प्राय भित्री रूपमा उहाँमाथि शङ्का गरिरहन्छन्, उहाँबाट सतर्क भइरहन्छन्, उहाँसँग द्वन्द्व गरिरहन्छन्, र उहाँलाई त्यागिरहन्छन्। यसरी, व्यक्तिहरू किन सुखी जीवन सिर्जना गर्न निरन्तर अरूमा भर पर्न चाहन्छन्? तिनीहरू आफैलाई परमेश्‍वरमा विश्‍वास गराउन सक्दैनन्। तिनीहरू परमेश्‍वरले मानिसहरूलाई सही बाटोमा डोर्‍याउन र तिनीहरूलाई खुसी बनाउन सक्‍नुहुन्छ भन्‍ने विश्‍वास गर्दैनन्। तिनीहरूलाई सधैँ आफ्नै बाटो सही छ भन्‍ने लाग्छ। यदि परमेश्‍वरले तिनीहरूलाई तिनीहरूले नै रोजेको मार्गअनुसार र तिनीहरूकै मापदण्डहरूअनुसार आफ्‍ना लक्ष्यहरू पूरा गर्न सहयोग र अगुवाइ गर्नुहुन्थ्यो भने, तिनीहरूले स्वीकार र समर्पण गर्नेथिए। तर परमेश्‍वरले मानिसहरूलाई उहाँकहाँ फर्काउन सत्यता व्यक्त गर्नुहुन्छ, ताकि तिनीहरूले सत्यता स्वीकार गर्न र अर्थपूर्ण जीवन बिताउन सकून्, र यो कुरा व्यक्तिका धारणाहरूसँग विरोधाभासपूर्ण हुन्छ। त्यसकारण, तिनीहरू आफ्नै बाटो लाग्‍न र आफ्नै जीवन बिताउन चाहन्छन्। तिनीहरूले सोच्छन्, तिनीहरूले बस आफूमा र अरूमा भर पर्नुपर्छ, परमेश्‍वरमा भर परेर आफ्‍ना लक्ष्यहरू प्राप्त गर्न सकिँदैन। मानिसहरूले परमेश्‍वरको इच्छा नबुझ्‍ने र आफ्नै धारणाहरू पक्रिबस्‍ने हुनाले, तिनीहरू परमेश्‍वरबाट झन्झन् टाढा जान्छन्। परमेश्‍वर नै सत्यता, मार्ग र जीवन हुनुहुन्छ भनेर देख्‍नेहरूले, र मानिसहरू चरम रूपमा भ्रष्ट छन् र तिनीहरूलाई परमेश्‍वरको मुक्तिको खाँचो छ भनेर देख्‍नेहरूले, र परमेश्‍वरले गर्नुहुने सबै कुरा मात्र सत्यता हुन्छ, र यो सबै मानवजातिलाई शैतानको प्रभावबाट बचाउन र मानवजातिलाई सुन्दर गन्तव्यमा ल्याउनको लागि हो भनेर देख्‍नेहरूले—अर्थात् त्यस्ता मानिसहरूले मात्र परमेश्‍वरमा आशा गर्न, उहाँमा भरोसा गर्न, उहाँलाई अन्त्यसम्‍मै पछ्याउन, र उहाँलाई कहिल्यै नछाड्न सक्छन्।

हामीले भर्खरै व्यक्तिप्रति परमेश्‍वरको मनोवृत्ति कस्तो हुन्छ, र मानिसहरूमाझ र मानिसहरूमाथि काम गर्ने परमेश्‍वरका विभिन्‍न तरिकाहरूबारे पनि सङ्गति गर्‍यौँ। यदि मानिसहरूले यी कुराहरूबारे धारणाहरू विकास गर्छन् भने, तिनीहरूले प्राय आफैलाई जाँच्‍ने, मनन गर्ने, बुझ्‍ने, र परिवर्तन गर्ने गर्नुपर्छ। यो आफैलाई परिवर्तन गर्नुको उद्देश्य के हो? यदि मानिसहरूले यी धारणा र कल्पनाहरू हुन् भनेर अनि परमेश्‍वरले वास्तवमा कसरी काम गर्नुहुन्छ भनेर बुझे भने, के तिनीहरूले अझै पनि परमेश्‍वरबारे अझ बढी गलत र विकृत धारणाहरू विकास गर्ने सम्भावना हुन्छ? यस्तो सम्भावना अझै पनि हुन्छ, किनभने मानिसहरू विद्रोही हुन्छन् र तिनीहरूमा सक्रिय विचार हुन्छ, त्यसैले तिनीहरूले परमेश्‍वरबारे अनेकथरी धारणाहरू विकास गर्ने सम्भावना हुन्छ। एउटा धारणाले अर्को धारणा जन्माउँछ, र त्यसले फेरि अरू धारणाहरू जन्माउँछ, र यसरी हरप्रकारका धारणाहरू निरन्तर देखा परिरहन्छन्। मानिसहरूले परमेश्‍वरबारे धारणाहरू विकास गरिरहेको बेला, तिनीहरूले निरन्तर उहाँलाई गलत रूपमा पनि बुझिरहेका हुन्छन्, साथै तिनीहरूले मनन गरिरहेका, र त्यसपछि निरन्तर सत्यता बुझिरहेका हुन्छन्, र यस प्रक्रियामा तिनीहरूले बिस्तारै परमेश्‍वरलाई चिन्‍न थाल्छन्। तर मानिसहरूले परमेश्‍वरबारे ज्ञान प्राप्त गर्न नसक्‍नुको कारण के हो? तिनीहरूलाई धारणाहरू के हुन् भन्‍ने नै थाहा हुँदैन, र तिनीहरूले आफूभित्रका धारणाहरू चिन्दैनन्, न त तिनीहरूले आफ्ना धारणाहरूबारे मनन नै गर्छन्, न त तिनलाई कहिल्यै त्याग्‍ने नै गर्छन्। तिनीहरू केवल तिनलाई पक्रिरहन ध्यान केन्द्रित गर्छन्, तर परमेश्‍वरले कसरी काम गर्नुहुन्छ, वा परमेश्‍वरको कार्यको सार के हो भनेर सिक्ने वा बुझ्ने प्रयास कहिल्यै गर्दैनन्। यस तरिकाले, मानिसहरूको भ्रष्ट स्वभावबाहेक, परमेश्‍वर र मानिसहरूबीच अझै अर्को कुरा आउँछ जसले पनि मानिसहरूको मुक्तिमा असर गर्छ। त्यसकारण, आफ्‍ना भ्रष्ट स्वभावहरू समाधान गर्ने क्रममा, मानिसहरूले मानव धारणाहरू भनेका के हुन् भनेर अझै राम्रो र विस्तृत बुझाइ प्राप्त गर्नु आवश्यक छ। अनि, मानव धारणाहरू बुझ्ने र समाधान गर्ने कार्यको उद्देश्य के हो? के यसको उद्देश्य तिनलाई त्याग्‍नु हो? यसको उद्देश्य मानिसहरू सकेसम्म चाँडो सत्यता वास्तविकतामा प्रवेश गर्न सकून्, र परमेश्‍वरले मानिसहरूलाई के कुरामा प्रवेश गराउन चाहनुहुन्छ र परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भनेर बुझून् भन्‍ने हो। यदि परमेश्‍वरले तैँले कल्पना गरेको तरिकाले काम गर्नुभयो भने, के तँमाथि परमेश्‍वरले गर्नुहुने काम प्रभावकारी हुन सक्छ? अहँ, हुन सक्दैन। उदाहरणको लागि, केही कुराहरूबारे परमेश्‍वरले तँलाई कहिल्यै अन्त्यर्दृष्टि दिनुहुन्‍न। बरु, तिनलाई कसरी गर्ने भनेर उहाँले स्पष्ट रूपमा बताउनुहुन्छ, र तैँले बस गएर ती कुराहरू गर्नुपर्छ। तर तँ सधैँ परमेश्‍वरले तँलाई उत्प्रेरित गर्नुहोओस् र अन्तर्दृष्टि दिनुहोओस् भनेर पर्खिन्छस्, र परिणामस्वरूप, यो प्रतीक्षाले काममा ढिलाइ गराउँछ, तैँले आफ्नो कर्तव्य ठीक तरिकाले पूरा गर्दैनस्, र अन्त्यमा तँ प्रतिस्थापित हुन पुग्छस्। यसको कारण के हो? (धारणाहरू।) अहिले यसलाई हेर्दा, के मानिसहरूका धारणाहरूले तिनीहरूको प्रवेशमा असर गर्छन्? (गर्छन्।) तिनले यसलाई कति हदसम्म असर गर्छन्? कम्‍तीमा पनि, तिनले सत्यताप्रतिको मानिसहरूको बुझाइ र तिनीहरूको वास्तविकता प्रवेशमा असर गर्छन्; खराब स्थितिमा, तिनले मानिसहरूको सही छनौटहरूमा असर गर्छन् र तिनीहरूलाई सजिलै गलत बाटोमा डोर्‍याउँछन्। मानिसहरूसँग धारणाहरू छन् भने, तिनीहरूले परमेश्‍वरलाई गलत बुझ्ने सम्भावना अझै बढी हुन्छ। उदाहरणको लागि, परमेश्‍वरले सकारात्मक परिणामहरू हासिल गर्न मानिसहरूलाई काटछाँट गर्नुहुन्छ, न्याय गर्नुहुन्छ र ताडना दिनुहुन्छ, ताकि तिनीहरूले आफूलाई अझ राम्रोसँग बुझून् र साँचो रूपमा पश्‍चात्ताप गर्न सकून्। तर मानिसहरू सोच्छन्, परमेश्‍वर जानीजानी तिनीहरूविरुद्धमा उभिनुहुन्छ, र जानीजानी तिनीहरूलाई खुलासा गर्न र हटाउन चाहनुहुन्छ। परमेश्‍वरले जे भन्‍नुभए पनि वा जे गर्नुभए पनि, तिनीहरूले सधैँ उहाँबारे नराम्रो नै सोच्छन्, र तिनीहरूप्रति परमेश्‍वरसँग कुनै प्रेम नै छैन भन्‍ने सोच्छन्, र तिनीहरू सत्यता अभ्यास गर्नेहरूलाई मूर्खलाई जस्तो व्यवहारसमेत गर्छन्। परमेश्‍वरले मानिसहरूलाई सही बाटो देखाउनुहुन्छ र तिनीहरूलाई सत्यता अभ्यास गर्न र ज्योतिमा जिउन मदत गर्नुहुन्छ, तर तिनीहरूले शैतानी दर्शन र शैतानी तर्कअनुसार अन्धकारमा जिउन रोज्छन्। तसर्थ, तिनीहरू हिँड्ने बाटो मुक्तिको बाटो होइन। यदि तँ परमेश्‍वरविरुद्ध जान जिद्दी गर्छस् भने, के तँ परमेश्‍वरको कामबाट अझ टाढा भड्किरहेको हुँदैनस् र? यसरी तँ मुक्तिको बाटोबाट झन्झन् टाढा भड्किएर गएपछि, तँलाई पूर्ण रूपमा हटाइनेछ। बाइबलमा एउटा भनाइ छ: “मूर्खहरू बुद्धिको अभावले मर्छन्” (हितोपदेश १०:२१)। के मृत्यु गम्भीर कुरा हो? आखिरी दिनहरूको सन्दर्भमा, मर्नु गम्भीर कुरा होइन, तर नाश हुनु गम्भीर कुरा हो। मर्नुको अर्थ नाश हुनु होइन, जबकि नाश हुनुको अर्थ परिणाम नहुनु—सदाको लागि मर्नु हो। विगतमा, मानिसहरू मूर्खताबाट मर्न सक्छन् भनेर भनिन्थ्यो। तर आजकल, मूर्खता ठूलो कुरा होइन। मूर्खतापूर्ण कामहरू कसले गर्दैन र? मर्नु पनि ठूलो कुरा होइन, किनभने मर्नुको अर्थ नाश हुनु होइन। त्यसोभए, मानिसहरू किन नाश हुन्छन् त? मानिसहरू आफ्नो जिद्दीपन र जब्‍बरताको कारण नाश हुन्छन्, जुन मूर्खताबाट मर्नुभन्दा अत्यन्तै गम्भीर कुरा हो, किनभने त्यसमा कुनै परिणाम हुँदैन। जिद्दीपन र जब्बरताले मानिसहरूलाई नाश गर्न सक्छ भनेर म किन भन्छु त? यो मानिसहरूले लिने बाटोको मामिलासँग सम्बन्धित छ। जिद्दीपन कस्तो स्वभाव हो? हठीपन। हठी स्वभाव हुनु अत्यन्तै समस्याजनक कुरा हो। कहिलेकहीँ मानिसहरूले कुरा बुझ्दैनन् र यसरी नै काम गर्न चाहन्छन्, जबकि कहिलेकहीँ तिनीहरूले कुरा बुझ्छन् तर अझै पनि परमेश्‍वरका मापदण्डहरू पालन नगरी यसरी नै काम गर्न चाहन्छन्। यसको साथै, जब्‍बरता पनि एकप्रकारको स्वभाव—अर्थात्, समझ अभेद्यता—हो र यसमा अहङ्कार र क्रूरता समावेश हुन्छ। यदि यी दुई स्वभावहरू परिवर्तन भएनन् भने, यिनले अन्त्यमा व्यक्तिलाई नष्ट गराउन सक्छन्। के यो साधारण कुरा हो? के तिमीहरूले यसलाई आफैमा लागू गर्न सक्छौ? घमण्डी र क्रूर स्वभावले मानिसहरूलाई के गर्न प्रेरित गर्न सक्छ भनेर तिमीहरूले बुझ्नुपर्छ। मानिसहरूले जोकोही भए पनि, तिनीहरूले जे गर्छन् ती परमेश्‍वर, सृष्टिकर्ताकै अगाडि गर्छन्, र परमेश्‍वरले उहाँको धर्मी स्वभावअनुसार मानिसहरूको फैसला गर्नुहुनेछ। त्यसकारण, घमण्डी र क्रूर स्वभाव भएका मानिसहरूको हकमा भन्‍नुपर्दा, तिनीहरूले गर्ने कामका परिणामहरू के हुन्छन्? अनि, किन यिनलाई अपरिवर्तनीय परिणामहरू हुन् भनेर भन्‍न सकिन्छ? यो कुरा तिमीहरू सबैले बुझ्नुपर्छ, होइन र? ल ठीक छ, अब हामी यो कथामा संलग्‍न धारणाहरूबारे थप केही भन्‍नेछैनौं।

परमेश्‍वरको कामबारे मानिसहरूमा रहेका धारणाहरूबारे भन्‍नुपर्दा, के तिमीहरू हामीले कुरा नगरेको अरू कुनै कुराबारे विचार गर्न सक्छौ? के तिमीहरूले आज सुनेका धारणाहरू केवल परमेश्‍वरको कामबारे मानिसहरूले राख्‍ने धारणाहरू हुन्? यदि हामीले मानिसहरूलाई न्याय सजाय, परीक्षा, शोधन, काटछाँट, साथै खुलासा गर्ने वा सिद्ध पार्नेबारे कुरा गर्‍यौँ भने, त्यो कुन विषयवस्तुसँग सम्बन्धित हुन्छ? परमेश्‍वरले कस्ता मानिसहरूलाई काटछाँट, न्याय र सजाय गर्नुहुन्छ? कस्ता मानिसहरूले परीक्षा र शोधन सामना गर्छन्? यी कामहरू गर्ने क्रममा र मानिसहरूमाथि काम गर्न यी तरिकाहरू प्रयोग गर्ने क्रममा, परमेश्‍वरसँग सिद्धान्त र दायरा हुन्छ, र त्यो मानिसहरूको कद, तिनीहरूको पछ्याइ, तिनीहरूको मानवता, र तिनीहरूको सत्यता बुझ्ने हदमा आधारित हुन्छ—म आज यसबारे विस्तृत रूपमा कुरा गर्नेछैनँ। सारांशमा भन्दा, परमेश्‍वरले मानिसहरूलाई काटछाँट र अनुशासित गर्नुहुन्छ, न्याय र सजाय गर्नुहुन्छ, र परीक्षा र शोधन गर्नुहुन्छ—परमेश्‍वरले यी विभिन्‍न चरणहरूअनुसार मानिसहरूमा काम गर्नुहुन्छ। मानिसहरूमा परमेश्‍वरले गर्नुहुने कामको सिद्धान्त र कामको चरण व्यक्तिको कदमा आधारित हुन्छ। यो “कद” भन्‍ने शब्द तिमीहरू सबैलाई अलिक खोक्रो लाग्‍न सक्छ। यसको मापन व्यक्तिले सत्यता बुझ्ने हदको आधारमा, व्यक्ति र परमेश्‍वरबीच सम्बन्ध सामान्य छ छैन त्यसको आधारमा, र व्यक्ति परमेश्‍वरमा समर्पित हुने हदको आधारमा गरिन्छ। यदि हामीले यसको आधारमा भिन्‍नता छुट्याउने हो भने, के धेरैजसो मानिसहरूले अहिले न्याय, सजाय, परीक्षा र शोधन सामना गरेका छन् त? कति मानिसहरूको लागि त यी चरणहरू पार गर्ने बेला अझै नभएको हुन सक्छ, र तिनीहरूले यी कुरा देख्‍न सके पनि प्राप्त गर्न सक्दैनन्, जबकि कति अरू मानिसहरूको हकमा, यस्तो देखिनु अलिक डरलाग्दो हुन्छ। छोटकरीमा भन्‍नुपर्दा, मानिसहरूलाई मुक्ति दिन र तिनीहरूलाई सिद्ध बनाउन परमेश्‍वरले लिनुहुने चरणहरू यिनै हुन्, र परमेश्‍वरले व्यक्तिका सबै पक्षहरू सही रूपमा परिभाषित गर्नुभएपछि यी विभिन्‍न चरणहरू निर्धारित गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूमा गर्नुहुने कुनै पनि काम मनमानी हुँदैन। परमेश्‍वरले आफ्नो काम चरणबद्ध रूपमा र सिद्धान्तको आधारमा गर्नुहुन्छ। उहाँले तेरो खोज र तेरो मानवता, साथै तेरो बुझ्‍ने क्षमता, र तैँले आफ्नो दैनिक जीवनमा सबै प्रकारका मानिसहरू, घटनाहरू, र विभिन्‍न कुराहरूसँग व्यवहार गर्ने तेरो मनोवृत्ति हेर्नुहुन्छ। यी कुराहरूको आधारमा, उहाँले मानिसहरूमा कसरी काम गर्ने र तिनीहरूलाई कसरी मार्गदर्शन गर्ने भनेर निर्धारण गर्नुहुन्छ। व्यक्तिलाई अवलोकन गर्नको लागि परमेश्‍वरलाई केही समय चाहिन्छ। उहाँले एकदुई कुराको आधारमा हतारमा फैसला गर्नुहुन्‍न—परमेश्‍वरले कुनै पनि व्यक्तिमा गर्नुहुने कुनै पनि कुरामा कहिल्यै त्यस्तो हतार गर्नुहुन्‍न। कति मानिसहरू यसो भन्छन्, “परमेश्‍वरले अय्यूबलाई जुन तरिकाले जाँच्‍नुभयो मलाई त्यो कुरादेखि डर लाग्छ। यदि मेरो जीवनमा पनि वास्तवमै त्यस्तो घटना घट्थ्यो भने, मैले परमेश्‍वरको गवाही दिन सक्थिनँ। यदि परमेश्‍वरले मलाई साँच्‍चै त्यसरी सबै कुराबाट वञ्चित गर्नुहुन्थ्यो भने, के हुन्थ्यो होला? मैले के गर्थेँ होला?” चिन्ता नगर्, परमेश्‍वरले तेरो जीवनमा कहिल्यै पनि त्यसरी मनोमानी ढङ्गले काम गर्नुहुनेछैन, तँ डराउनु पर्दैन। अनि, तँ किन डराउनु पर्दैन? डराउनुअघि, तैँले पहिले आफैलाई एउटा तथ्यप्रति विश्‍वस्त पार्नुपर्छ, र आफ्नो कद विचार गर्नुपर्छ। के तँसँग अय्यूबको जस्तो विश्‍वास, अय्यूबको जस्तो समर्पण र अय्यूबको जस्तो परमेश्‍वरप्रतिको डर छ? के तँसँग परमेश्‍वरको मार्ग पछ्याउने कार्यमा अय्यूबको जतिको निष्ठा र सम्पूर्णता छ? यी कुराहरू मापन गर्, र यदि तँसँग यीमध्ये कुनै पनि छैन भने, तँ निश्‍चित भए हुन्छ, परमेश्‍वरले तँलाई परीक्षा र शोधनमा पार्नुहुनेछैन, किनभने तेरो कद त्यो स्तरमा पुगेको छैन, त्यो अझै धेरै तल छ। परमेश्‍वरले गर्नुहुने परीक्षा र शोधनहरूबारेमा पनि मानिसहरूमा केही धारणा र कल्‍पनाहरू—साथै शङ्का, डर, वा इन्कार र सतर्कता हुन्छन्। मानिसहरूले यी कुराहरू र परमेश्‍वरले कसरी काम गर्नुहुन्छ भन्‍नेबारेमा राम्ररी बुझेपछि, परमेश्‍वरको कामबारेका तिनीहरूका धारणाहरू बिस्तारै हराउनेछन्, र तिनीहरूले सत्यता पछ्याउन र परमेश्‍वरका वचनहरूमा मेहनत लाउन ध्यान केन्द्रित गर्नेछन्। उहाँले यी वचनहरू बोल्‍नुको उद्देश्य यही लक्ष्य हासिल गर्नु हो। परमेश्‍वरलाई पछ्याउँदा, तैँले परमेश्‍वरले कसरी काम गर्नुहुन्छ र कसरी मानिसहरूलाई मुक्ति दिनुहुन्छ भनेर बुझ्नुपर्छ। यदि तँ साँचो रूपमा सत्यता पछ्याउने व्यक्ति होस् भने, गएर परमेश्‍वरका मापदण्डअनुसार काम गर्। रङ्गीन लेन्सहरूद्वारा परमेश्‍वरलाई नहेर्, र परमेश्‍वरको मन बुझ्न आफ्नो सानो दिमाग प्रयोग नगर्। तैँले परमेश्‍वरको कार्यका सिद्धान्तहरू वास्तवमा के हुन्, परमेश्‍वरले मानिसहरूलाई व्यवहार गर्न प्रयोग गर्नुहुने सिद्धान्तहरू के हुन्, परमेश्‍वरले व्यक्तिमा कुन हदसम्‍म काम गर्नुहुन्छ, र परमेश्‍वरको मापनको मापदण्ड के हो भनेर बुझ्नुपर्छ। अनि यी कुराहरू बुझेपछि, तैँले के गर्नुपर्छ? परमेश्‍वर तैँले सत्यता पछ्याउने कार्य त्यागेको हेर्न चाहनुहुन्‍न, न त आफूलाई हारिसकेको मान्छे ठान्‍ने कसैको मनोवृत्ति नै हेर्न चाहनुहुन्छ। उहाँ त तैँले यी सबै साँचो तथ्यहरू बुझेपछि, तैँले परमेश्‍वर एक धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर स्पष्ट पहिचान गर्दै, अझ दृढ, साहसी र आश्‍वस्त तरिकाले सत्यता पछ्याउन सकेको हेर्न चाहनुहुन्छ। जब तँ बाटोको अन्त्यमा आइपुग्छस्, तब तैँले परमेश्‍वरले तेरो लागि तोक्‍नुभएको मापदण्ड पूरा गरेको छस् भने, र तँ मुक्तिको बाटोमा छस् भने, परमेश्‍वरले तँलाई त्याग्‍नुहुनेछैन। जहाँसम्‍म न्याय, सजाय, परीक्षा, शोधन र काँटछाँटबारेका मानिसहरूका धारणाहरूको कुरा छ, म अब यी कुराहरूबारे छोटकरीमा कुरा गर्नेछु। यो छोटो प्रवचनमा स्पष्ट रूपमा व्याख्या गर्न बाँकी अझै धेरै विस्तृत पक्षहरू छन्। मानिसहरूले दैनिक जीवनमा यी धारणाहरू कसरी प्रकट गर्छन् र देखाउँछन् भन्‍नेबारे केही उदाहरणहरू दिनु आवश्यक छ, र केही छोटो कथाहरू बताउन र केही सरल पात्र र कथानक दृश्यहरू समावेश गर्नु पनि आवश्यक छ, ताकि तिमीहरूले यी वास्तविक जीवनका उदाहरणहरूमार्फत मानिसहरूका धारणाहरू बुझ्न वा व्याख्या गर्न सक, र ताकि तिमीहरूले यी कुराहरू वास्तविकतासँग विसङ्गत, र परमेश्‍वरका सिद्धान्त र मापदण्डहरूसँग पूर्ण रूपमा बेमेलपूर्ण रहेका धारणाहरू हुन् भनेर पहिचान गर्न सक। तर परमेश्‍वरले त्यसोसमेत गर्नुहुन्‍न, तैपनि तैँले किन अन्धाधुन्ध सोच्‍ने र अनुमान गर्ने गर्छस्? यदि तँ निरन्तर आफ्‍ना धारणा र कल्पनाहरूमा जिउँछस् भने, तैँले परमेश्‍वरका मापदण्डहरूअनुसार सत्यता पछ्याउने बाटो कहिल्यै अनुसरण गर्नेछैनस्, र तँ सधैँ परमेश्‍वरका मापदण्डहरूबाट टाढा रहनेछस्। यदि तँ यसरी नै अघि बढिरहिस् भने, तँसँग अभ्यास गर्ने कुनै मार्ग हुनेछैन र तँ सधैँ पावन्दीहरूमा पर्नेछस्। तँ जहाँ गए पनि, तैँले प्रत्येक मोडमा ठक्‍कर खानेछस्, के गर्ने भनेर तँ अन्योलमा पर्नेछस्, र कुनै पनि कुरा कति पनि सहजसाथ अघि बढ्नेछैन। परिणामस्वरूप, अन्त्यमा तँ परमेश्‍वरको न्याय र सजाय प्राप्त गर्न पनि योग्य हुनेछैनस्। त्यो कत्ति दुःखलाग्दो हुनेछ!

परमेश्‍वरमा विश्‍वास गर्ने कुरा आउँदा, यसअघि कोही पनि तिमीहरूसँग इमानदार रहेका छैनन्। अहिले इमानदार हुने समय भएको छ, किनकि यो महत्त्वपूर्ण समय हो! समय समाप्त हुँदै छ, त्यसैले परमेश्‍वरमाथिको विश्‍वासलाई खेलौनाको रूपमा नलिओ। परमेश्‍वरले मानिसहरूलाई पूर्ण बनाउने र मानिसहरूलाई मुक्ति दिने संकल्प गर्नुभएको छ, र उहाँ यो काम सम्पूर्ण रूपले पूरा गर्न चाहनुहुन्छ। अनि, सम्पूर्ण रूपले यसलाई उहाँले कसरी गर्नुहुन्छ? मानिसहरूलाई सत्यताका सबै पक्षहरू बताएर यसो गर्नुहुन्छ, ताकि तिनीहरूले यसलाई स्पष्ट रूपमा बुझ्न सकून् र तिनीहरूले बाटो नबिराऊन्। जब तैँले बाटो बिराउँछस्, तब परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍नुहुनेछ। यदि तँ प्राय आफ्नै मार्गतर्फ बरालिन्छस् भने, तँ सही मार्गमा फर्केर नआएसम्म परमेश्‍वरले तँलाई अनुशासनमा राख्‍न जारी राख्‍नुहुनेछ। अनि अन्त्यमा, यदि परमेश्‍वरले आफूले गर्न सक्‍ने सबै कुरा गर्नुभएको छ र तैँले अझै पनि परमेश्‍वरका मापदण्डहरू पूरा गरेको छैनस् भने, दोष लाउनलाई अरू को हुन्छ र? तैँले आफूलाई मात्र दोष दिन सक्छस्। त्यो बेला, मानिसहरूले गर्न सक्‍ने भनेकै आफ्नो छाती पिटेर नराम्ररी रुनु मात्रै हो। सत्यताबारेको मानिसहरूको बुझाइको लागि सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? यो कि, तिनीहरूले सत्यता स्वीकार गर्नैपर्छ, र सत्यता स्वीकार गरेपछि, सत्यता खोज्न र यसलाई दैनिक जीवनसित जोड्न सक्‍नैपर्छ। यसरी मात्र मानिसहरूले बिस्तारै सत्यताको साँचो बुझाइ हासिल गर्न सक्छन्। जब तैँले प्रवचनहरू सुन्छस् र तिनको शाब्दिक अर्थ बुझ्छस्, तब तँलाई आफूले बुझेजस्तो लाग्छ—यो वास्तवमै सत्यता बुझ्नु होइन। यो त धर्मसिद्धान्तको बुझाइ मात्र हो। सुन्दाखेरी जब तैँले त्यो बुझ्छस्, तब तैँले यसलाई वास्तविक जीवनको तेरो आफ्नै अवस्था र तेरो आफ्नै प्रवेशसँग जोड्नुपर्छ, ताकि तैँले आफूलाई चिन्‍न र सत्यता अभ्यास गर्न सक्। त्यसले मात्र तँ सत्यता वास्तविकतामा प्रवेश गरेको छस् भन्‍ने अर्थ दिन्छ। यदि तैँले यसरी अभ्यास गर्दैनस् भने, तँसँग सत्यताको कुनै सरोकार हुँदैन, तँसँग परमेश्‍वरका वचनहरूको कुनै सरोकार हुँदैन, र त्यसैले तँसँग परमेश्‍वरको पनि कुनै सरोकार हुँदैन। यदि तैँले सत्यता अभ्यास गर्दैनस् भने, तैँले केही पनि प्राप्त गर्नेछैनस्!

अक्टोबर ११, २०१८

अघिल्लो: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (१)

अर्को: आफ्ना धारणाहरूलाई समाधान गरेपछि मात्र व्यक्ति परमेश्‍वरमा विश्‍वास गर्ने सही बाटोमा प्रवेश गर्न सक्छ (३)

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा – १ सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसनको अघिका अनुभवका गवाहीहरू (खण्ड ५)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्