४३. किन परमेश्‍वरलाई साँचो प्रेम गर्नेहरू मात्र उहाँद्वारा सिद्ध पारिन सक्छन्

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

परमेश्‍वरलाई प्रेम गर्नेहरू सत्यतालाई प्रेम गर्नेहरू हुन्, र सत्यतालाई प्रेम गर्नेहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित सत्यता हुन्छ; तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरूसित परमेश्‍वरको प्रेम हुन्छ; र तिनीहरूले जति धेरै सत्यता अभ्यास गर्छन्, त्यत्ति नै धेरै तिनीहरू परमेश्‍वरद्वारा आशिषित हुन्छन्। यदि तैँले सदैव यसै गरी अभ्यास गरिस्‌ भने, तेरो लागि दिइने परमेश्‍वरको प्रेमले विस्तारै तँलाई देख्न सक्षम तुल्याउनेछ, जसरी पत्रुसले परमेश्‍वरलाई जाने: परमेश्‍वरसँग स्वर्ग र पृथ्वी सृष्टि गर्ने बुद्धि मात्र होइन, तर, त्योभन्दा पनि बढी, उहाँसँग मानिसहरूमा व्यावहारिक काम गर्ने बुद्धि पनि छ भनेर पत्रुसले भने। उहाँले स्वर्ग र पृथ्वीको र सबै कुराहरूको सृष्टि गर्नुभएको कारणले गर्दा मात्र मानिसहरूको प्रेमको योग्य हुनुभएको होइन, तर, त्योभन्दा पनि बढी, मानिसलाई सृष्टि गर्ने, मानिसलाई मुक्ति दिने, मानिसलाई पूर्ण बनाउने, र मानिसलाई आफ्नो प्रेम हस्तान्तरण गर्ने उहाँको क्षमताको कारणले गर्दा पनि उहाँ योग्य हुनुभएको हो भनेर पत्रुसले भने। त्यसैले पनि पत्रुस भन्छन्‌ कि मानिसको प्रेमको निम्ति उहाँमा योग्य कुराहरू धेरै छन्‌। पत्रुसले येशूलाई भने: “के स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्नु नै मानिसहरूको प्रेम पाउन योग्य हुनुको एउटै कारण हो र? तपाईंमा अरू पनि धेरै कुराहरू छन्‌ जुन प्रेमिलो छन्‌। तपाईं वास्तविक जीवनमा कार्यरत र चलायमान हुनुहुन्छ, तपाईंको आत्माले मलाई भित्र स्पर्श गर्नुहुन्छ, तपाईंले मलाई ताडना दिनुहुन्छ, तपाईंले मलाई हप्काउनुहुन्छ—यी कुराहरू मानिसहरूको प्रेम पाउन अझ धेरै योग्य छन्‌।” यदि तँ परमेश्‍वरको प्रेम हेर्ने र अनुभव गर्ने इच्छा राख्छस्‌ भने, तैँले वास्तविक जीवनमा उत्खनन र खोजी गर्नुपर्छ र तेरो आफ्नै पापमय स्वभावलाई पन्साउने इच्छा राख्नुपर्छ। तैँले यो सङ्कल्प गर्नैपर्छ। तँ यस्तो सङ्कल्प भएको व्यक्ति हुनुपर्छ जसले अल्छी नबनी वा पापमय स्वभावका आनन्दहरूको लालसा नगरी, पापमय स्वभावको लागि नभएर परमेश्‍वरको लागि जिएर सबै कुराहरूमा परमेश्‍वरलाई सन्तुष्ट पार्न समर्थ हुन्छ। यस्ता समयहरू हुन सक्छन्‌ जब तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्दैनस्‌। त्यो तैँले परमेश्‍वरका अभिप्रायहरू नबुझेको कारणले हो; अर्को पटक, अझ धेरै प्रयास चाहिने भए पनि, तैँले उहाँलाई सन्तुष्ट पार्नुपर्छ र पापमय स्वभावलाई सन्तुष्ट पार्ने होइन। जब तैँले यस्तो प्रकारले अनुभव गर्छस्‌, तैँले परमेश्‍वरलाई चिन्न आएको हुनेछस्‌। तैँले देख्नेछस्‌ कि परमेश्‍वरले स्वर्ग र पृथ्वी र सबै थोकहरू सृष्टि गर्न सक्नुहुन्छ, कि उहाँ देह बन्नुभएको छ ताकि मानिसहरूले वास्तवमा उहाँलाई देख्न सकून्‌ र वास्तवमा उहाँसँग तल्लीन हुन सकून्‌; तैँले के देख्नेछस्‌ भने उहाँ मानिसहरूको माझमा हिँडडुल गर्न समर्थ हुनुहुन्छ, र उहाँको आत्माले वास्तविक जीवनमा मानिसहरूलाई उहाँको प्रेमिलोपन देख्न र उहाँको ताडना, उहाँको सजाय, र उहाँका आशिषहरू अनुभव गर्न दिँदै पूर्ण बनाउन सक्नुहुन्छ। यदि तैँले सदैव यसरी अनुभव गरिस्‌ भने, वास्तविक जीवनमा तँ परमेश्‍वरबाट अलग्याउन नसकिने हुनेछस्‌, र यदि कुनै दिन परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन छोड्छ भने, तँ सङ्घर्ष गर्न र पछुतो गर्न समर्थ हुनेछस्‌। जब परमेश्‍वरसँग तेरो सम्बन्ध सामान्य हुन्छ, तैँले परमेश्‍वरलाई त्याग्ने इच्छा कहिल्यै गर्नेछैनस्‌, र यदि कुनै दिन परमेश्‍वरले तँलाई त्याग्‍नेछु भनी भन्नुहुन्छ भने, तँ भयभीत हुनेछस्‌, र परमेश्‍वरद्वारा त्यागिइनुभन्दा बरु मरुँला भनी तैँले भन्‍नेछस्‌। यी भावनाहरू तँसँग हुनेबित्तिकै, तैँले परमेश्‍वरलाई त्याग्न असक्षम छस् भन्‍ने तैँले आभास गर्नेछस्‌, र यसरी, तँसँग एउटा जग हुनेछ, र तैँले साँच्चै परमेश्‍वरको प्रेमको आनन्द मनाउनेछस्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरूसँग मात्र आफ्नो जीवनमा सर्व मूल्य र अर्थ हुनुको कारण, तिनीहरूले मात्र परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने कारण यही हो कि यी मानिसहरू परमेश्‍वरको ज्योतिमा जिउन समर्थ हुन्छन्‌ र परमेश्‍वरको काम र व्यवस्थापनको लागि जिउन समर्थ हुन्छन्‌। यस्तो किन हुन्छ भने तिनीहरू अन्धकारमा जिउँदैनन्‌, तर ज्योतिमा जिउँछन्‌; तिनीहरूले अर्थहीन जीवन जिउँदैनन्‌, तर परमेश्‍वरद्वारा आशिषित गरिएको जीवन जिउँछन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू मात्र परमेश्‍वरको गवाही दिन समर्थ हुन्छन्‌, तिनीहरू मात्र परमेश्‍वरका साक्षीहरू हुन्‌, तिनीहरूले मात्र परमेश्‍वरद्वारा आशिष पाएका हुन्छन्‌, र तिनीहरूले मात्र परमेश्‍वरका प्रतिज्ञाहरू पाउन समर्थ हुन्छन्‌। परमेश्‍वरलाई प्रेम गर्नेहरू परमेश्‍वरका हितैषीहरू हुन्‌; ती परमेश्‍वरद्वारा प्रेम गरिएका व्यक्तिहरू हुन्‌, र तिनीहरूले परमेश्‍वरसँग सँगै आशिषहरूको आनन्द उपभोग गर्न सक्छन्‌। यस्ता मानिसहरू मात्र अनन्तसम्म जिउनेछन्‌, र तिनीहरू मात्र सदाको लागि परमेश्‍वरको स्याहार र सुरक्षा अन्तर्गत जिउनेछन्‌। मानिसहरूले प्रेम गरून्‌ भन्‍ने पक्षमा परमेश्‍वर हुनुहुन्छ, र उहाँ सबै मानिसहरूको प्रेमको योग्य हुनुहुन्छ, तर सबै मानिसहरूले परमेश्‍वरलाई प्रेम गर्न सक्षम हुँदैनन्‌, र सबै मानिसहरू परमेश्‍वरको गवाही दिन सक्दैनन्‌ र परमेश्‍वरसँगै शक्ति कायम राख्न सक्दैनन्‌। तिनीहरूले परमेश्‍वरको साक्षी दिन समर्थ हुने भएकाले र तिनीहरूले परमेश्‍वरको काममा आफ्ना सबै प्रयासहरू लगाएका हुनाले परमेश्‍वरलाई साँच्चै प्रेम गर्नेहरू स्वर्गमुनि जुनसुकै ठाउँमा कसैले तिनीहरूलाई विरोध गर्ने आँट नगर्ने गरी हिँड्न सक्छन्‌, र तिनीहरूले पृथ्वीमा शक्ति अभ्यास गर्न सक्छन्‌ र परमेश्‍वरका सारा मानिसहरूमाथि शासन गर्न सक्छन्‌। यी मानिसहरू संसारभरिबाट आएका छन्‌। तिनीहरू विभिन्न भाषा बोल्छन्‌ र तिनीहरूका वर्णहरू फरक-फरक छन्‌, तर तिनीहरूको अस्तित्वको एउटै अर्थ छ; तिनीहरू सबैसँग परमेश्वरलाई प्रेम गर्ने हृदय छ, तिनीहरू सबै एउटै गवाही दिन्छन्, र तिनीहरूसँग एउटै सङ्कल्प, र एउटै इच्छा छ। परमेश्‍वरलाई प्रेम गर्नेहरू संसारभरि स्वतन्त्र हिँडडुल गर्न सक्छन्‌, र परमेश्‍वरको साक्षी दिनेहरू ब्रह्माण्डभरि नै यात्रा गर्न सक्छन्‌। यी मानिसहरू परमेश्‍वरद्वारा प्रेम गरिएका हुन्छन्‌, तिनीहरू परमेश्‍वरद्वारा आशिषित गरिएका हुन्छन्‌, र तिनीहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरलाई प्रेम गर्नेहरू सदाको लागि उहाँको ज्योतिभित्र जिउनेछन्‌

परमेश्‍वरले ती मानिसहरूमा काम गर्नुहुन्छ जसले उहाँका वचनहरू अनुसरण गर्छन् र तिनलाई सम्हालेर राख्छन्। तँ जति धेरै परमेश्‍वरका वचनहरू सम्हालेर राख्छस्, उहाँका पवित्र आत्माले त्यत्ति नै बढी तँभित्र काम गर्नुहुन्छ। कुनै व्यक्तिले परमेश्‍वरका वचनहरू जति धेरै मनमा सम्हालेर राख्छ ऊ परमेश्‍वरद्वारा सिद्ध पारिने त्यति नै बढी सम्भावना हुन्छ। परमेश्‍वरले तिनीहरूलाई सिद्ध बनाउनुहुन्छ जसले साँच्चै उहाँलाई प्रेम गर्छन्, र जसको हृदय उहाँको अघि शान्तिमा हुन्छ तिनीहरूलाई उहाँले सिद्ध पार्नुहुन्छ। परमेश्‍वरका सबै कामलाई कदर गर्न, परमेश्‍वरको अन्तर्ज्ञानलाई कदर गर्न, परमेश्‍वरको उपस्थितिलाई कदर गर्न, परमेश्‍वरको वास्ता र सुरक्षालाई कदर गर्न, परमेश्‍वरका वचनहरू कसरी तेरो निम्ति वास्तविकता बन्छ र तिनले तेरो जीवनका निम्ति कसरी प्रबन्ध गर्छ त्यसलाई कदर गर्न—यी सबै परमेश्‍वरका अभिप्रायहरूसित राम्ररी मेल खान्छ। यदि तँ परमेश्‍वरको कामको कदर गर्छस् भने, अर्थात्, यदि उहाँले तँमाथि गर्नुभएका सबै कामलाई कदर गर्छस् भने उहाँले तँलाई आशिष् दिनुहुनेछ र तँसित भएका सबै कुरालाई बढाउनुहुनेछ। यदि तँ परमेश्‍वरका वचनहरूको कदर गर्दैनस् भने, उहाँले तँमा काम गर्नुहुनेछैन, तर उहाँले तँलाई नगण्य अनुग्रह मात्र प्रदान गर्नुहुनेछ, वा तँलाई थोरै धन र तेरो परिवारलाई थोरै सुरक्षाले आशिष् दिनुहुनेछ। तैँले परमेश्‍वरका वचनहरूलाई तेरो वास्तविकता बनाउन प्रयास गर्नुपर्दछ, र उहाँलाई सन्तुष्ट पार्न र उहाँका अभिप्रायअनुरूप हुन सक्नुपर्छ; तैँले उहाँको अनुग्रहको आनन्द लिने प्रयास मात्र गर्नुहुँदैन। विश्‍वासीहरूका लागि परमेश्‍वरको काम प्राप्त गर्नु, सिद्धता प्राप्त गर्नु, र परमेश्‍वरको इच्छालाई पछ्याउने मानिसहरू बन्‍नुभन्दा महत्त्वपूर्ण कुरा अरू केही हुँदैन। तँ यही लक्ष्यको पछि लाग्नुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरले उहाँका अभिप्रायअनुसार हुनेहरूलाई सिद्ध बनाउनुहुन्छ

तैँले परमेश्‍वरलाई जति धेरै सन्तुष्ट पार्छस्, परमेश्‍वरले त्यत्तिनै धेरै तँलाई आशिष् दिनुहुन्छ र परमेश्‍वरप्रतिको तेरो प्रेमको शक्ति त्यति नै ठूलो हुन्छ; यसरी पनि तँसित विश्‍वास र संकल्प हुनेछ, अनि परमेश्‍वरलाई प्रेम गरेर जिउनुभन्दा उचित वा महत्त्वपूर्ण अरू केही छैन भनी तैँले महसुस गर्नेछस्। यो भन्न सकिन्छ, कि दुःखरहित हुनका निम्ति मानिसले परमेश्‍वरलाई प्रेम मात्रै गर्नुपर्छ। कहिलेकहीँ तेरो शरीर कमजोर हुनेभए पनि र तँ धेरै वास्तविक समस्याहरूले ग्रस्त हुनेभए पनि, यदि यस बेला तैँले साँच्चै परमेश्‍वरमा भरोसा राखिस् भने तेरो आत्माभित्र तँलाई सान्त्वना दिइनेछ, तँ ढुक्‍क हुनेछस्, र तैँले आफू भर पर्न सक्ने कुरा केही छ भन्‍ने महसुस गर्नेछस्। यसरी, तैँले धेरै वटा वातावरणमाथि विजय प्राप्त गर्न सक्‍नेछस्, अनि यसरी तैँले भोग्न परेको वेदनाका निम्ति परमेश्‍वरको बारेमा गुनासो गर्नेछैनस्। त्यसको साटो, तँ गाउन, नाच्न, र प्रार्थना गर्न, भेला हुन र सङ्गति गर्न, परमेश्‍वरको बारेमा विचार गर्न चाहन्छस्, र परमेश्‍वरले तेरो वरिपरि राख्नुभएका मानिसहरू, विषयहरू र थोकहरू उचित छन् भन्‍ने महसुस गर्नेछस्। यदि तँ परमेश्‍वरलाई प्रेम गर्दैनस् भने, तैँले हेर्ने सबै कुरा तँलाई पट्यारलाग्दो हुनेछ र कुनै पनि कुरा तेरा आँखाहरूलाई मनपर्दो हुनेछैन। तेरो आत्मामा तँ स्वतन्त्र हुनेछैनस्, तर अपहेलित हुन्छस्, तेरो हृदयले सधैँ परमेश्‍वरको बारेमा गुनासो गर्नेछ, र तैँले सधैँ धेरै पीडा सहनुपर्छ र यो अत्यन्तै अन्याय हो भन्‍ने महसुस गर्छस्। यदि तँ खुसीका पछि लाग्दैनस्, तर परमेश्‍वरलाई सन्तुष्ट पार्न र शैतानद्वारा दोषी हुन खोज्छस् भने त्यस्तो खोजीले तँलाई परमेश्‍वरलाई प्रेम गर्ने ठूलो शक्ति दिनेछ। मानिस परमेश्‍वरले बोल्नुभएका सबै कुरा पूरा गर्न सक्षम छ र उसले गर्ने सबै कुराद्वारा ऊ परमेश्‍वरलाई खुसी पार्न सक्षम छ—वास्तविकता हुनु भनेको अर्थ यही नै हो। परमेश्‍वरको सन्तुष्टिको पछि लाग्नु भनेको उहाँको वचनलाई व्यवहारमा उतार्नका लागि परमेश्वरलाई प्रेम गर्ने तेरो हृदय प्रयोग गर्नु हो; समय जुनसुकै भए पनि—जब अरू शक्ति विहीन हुन्छन्—तँभित्र अझै पनि परमेश्‍वरलाई प्रेम गर्ने एउटा हृदय हुन्छ, जसले गहिराइमा परमेश्‍वरको तृष्णा गर्छ र उहाँला सम्झन्छ। यो वास्तविक कद हो। तेरो कद कति ठूलो छ भन्‍ने कुरा तँमा कत्तिको परमेश्‍वरलाई प्रेम गर्ने हृदय छ, तेरो जाँच हुँदा तँ अटल रहन सक्छस् कि सक्दैनस्, कुनै विशेष वातावरण उत्पन्न हुँदा तँ कमजोर हुन्छस् कि हुँदैनस्, तेरा दाजुभाइ, दिदी-बहिनीले तँलाई तिरस्कार गर्दा तँ आफ्नो जमिनमा खडा हुन्छस् कि सक्दैनस् भन्‍ने कुरामा निर्भर हुन्छ; यी तथ्यहरूको आगमनले परमेश्‍वरलाई प्रेम गर्ने तेरो हृदय कस्तो छ भनी प्रकट गर्दछ। परमेश्‍वरले मानिसलाई वास्तवमै माया गर्नुहुन्छ भन्‍ने कुरा परमेश्‍वरको धेरै वटा कामबाट देख्न सकिन्छ, यद्यपि अझसम्म मानिसको आत्माका आँखाहरू पूर्ण रूपले खोलिएको छैन र ऊ परमेश्‍वरको काम र उहाँका अभिप्रायहरू स्पष्ट रूपमा बुझ्न सक्षम छैन, न त उसले परमेश्‍वरलाई प्रिय लाग्ने धेरै कुराहरू बुझ्न सक्छ; मानिसमा परमेश्‍वरको निम्ति थोरै मात्र साँचो प्रेम हुन्छ। तैँले यो सबै समय परमेश्‍वरमा विश्‍वास गरेको छस्, र आज परमेश्‍वरले उम्कने सबै उपायहरू हटाइदिनुभएको छ। वास्तविक कुरा गर्ने हो भने, तँसँग सही मार्ग हिँड्नुबाहेक अर्को कुनै विकल्प छैन, सही मार्ग त्यही हो, जसमा तँलाई परमेश्‍वरको कठोर न्याय र सर्वोच्च उद्धारद्वारा डोऱ्याइएको छ। कठिनाइ र शुद्धीकरणको अनुभव गरेपछि मात्र मानिसले परमेश्‍वर प्रेमिलो हुनुहुन्छ भनी जान्दछ। आजसम्म अनुभव गरिसकेपछि, यो भन्न सकिन्छ, कि मानिसले परमेश्‍वरको प्रेमको बारेमा केही जानेको छ, तर यो अझै पर्याप्त छैन, किनकि मानिसमा धेरै कमी-कमजोरी छ। मानिसले परमेश्‍वरको अचम्मको कार्यको, अनि सबैभन्दा बढी परमेश्‍वरद्वारा प्रबन्ध गरिएका सबै दुःखको शुद्धीकरणको अनुभव गर्नुपर्दछ। त्यसपछि मात्र मानिसको जीवनको स्वभाव परिवर्तन हुन सक्दछ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। कष्टपूर्ण परीक्षाहरू अनुभव गरेपछि मात्र तैँले परमेश्‍वरको प्रेमिलोपन जान्न सक्छस्

तैँले परमेश्‍वरमा विश्‍वास गर्ने भएकोले आफ्नो हृदय परमेश्‍वरलाई सुम्‍पनैपर्छ। यदि तैँले परमेश्‍वरको सामने आफ्‍नो हृदयलाई चढाउँछस् र सुम्पन्छस् भने, शोधनको अवधिमा उहाँलाई अस्वीकार गर्न वा छोड्न असम्भव हुनेछ। यस प्रकारले परमेश्‍वरसँगको तेरो सम्बन्ध अझ नजिक र अझ सामान्य हुँदै जानेछ, र उहाँसँगको तेरो कुराकानी अझ निरन्तर हुनेछ। यदि तँ सधैँ यस प्रकारले अभ्यास गर्छस् भने, तैँले परमेश्‍वरको प्रकाशमा अधिक समय बिताउनेछस् र उहाँको वचनको मार्गदर्शनमा अझ बढी समय बिताउनेछस्। तेरो स्वभावमा झन्-झन् बढी परिवर्तनहरू पनि हुनेछन् र तेरो ज्ञान दिन प्रतिदिन बढ्नेछ। जब परमेश्‍वरको परीक्षा अचानक तँमाथि आइपर्ने दिन आउनेछ, तब तँ परमेश्‍वरको पक्षमा खडा हुन सक्षम मात्र हुनेछैनस्, तर उहाँको गवाही दिन पनि सक्षम हुनेछस्। त्यसबेला तँ अय्यूब र पत्रुसजस्तै हुनेछस्। परमेश्‍वरको गवाही दिएपछि तैँले उहाँलाई साँच्चै प्रेम गर्नेछस्, र खुसीसाथ आफ्‍नो जीवन उहाँलाई समर्पण गर्नेछस्; तँ परमेश्‍वरको साक्षी र प्रिय बन्‍नेछस्। जुन प्रेमले शोधनको अनुभव गरेको हुन्छ त्यो प्रेम बलियो हुन्छ, कमजोर होइन। परमेश्‍वरले तँलाई जहिले वा जसरी उहाँका परीक्षाहरूमा पार्नुभए पनि, तैँले जिउने वा मर्ने चिन्तालाई पन्छाउन सक्षम हुनेछस्, सबै कुरा परमेश्‍वरका लागि खुशीसाथ त्याग्न सक्छस्, र उहाँका लागि खुसीसाथ कुनै पनि कुरा सहन सक्छस्—यसप्रकार तेरो प्रेम शुद्ध हुनेछ र तेरो विश्‍वासमा वास्तविकता हुनेछ। तब मात्र तँ परमेश्‍वरद्वारा साँच्चै प्रेम गरिएको र उहाँद्वारा साँच्चै सिद्ध पारिएको व्यक्ति बन्‍नेछस्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ

परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरू त सत्यतालाई प्रेम गर्ने र कुरा बुझ्‍ने क्षमता र शक्ति भएका व्यक्तिहरू हुन्, तिनीहरू विवेक र समझ भएका, परमेश्‍वरको आज्ञा पूरा गर्ने र आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्ने सबै मानिसहरू हुन्। तिनीहरू सत्यता स्विकार्न र आफ्‍नो भ्रष्ट स्वभाव त्याग्‍न सक्‍ने मानिसहरू हुन्, र तिनीहरू साँचो रूपमा परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको आज्ञापालन गर्ने र परमेश्‍वरलाई आराधना गर्ने मानिसहरू हुन्। यीमध्ये धेरैजसो मानिसहरू समाजको तल्‍लो स्तरबाट, मजदुर र किसान परिवारबाट आएका भए पनि, तिनीहरू अवश्य नै बेवकुफ, बुद्धू, वा काम न काजका मानिसहरू होइनन्। यसको विपरीत, तिनीहरू सत्यता स्विकार्न, सत्यता अभ्यास गर्न र सत्यतामा समर्पित हुन सक्‍ने चलाख मानिसहरू हुन्। तिनीहरू सबै धर्मी मानिसहरू हुन्, जो परमेश्‍वरलाई पछ्याउन र सत्यता र जीवन प्राप्त गर्न सांसारिक वैभव र सम्‍पत्ति त्याग गर्छन्—तिनीहरू सबैभन्दा बुद्धिमानी मानिसहरू हुन्। तिनीहरू सबै नै परमेश्‍वरमा साँचो विश्‍वास गर्ने र उहाँको लागि आफूलाई अर्पित गर्ने इमानदार मानिसहरू हुन्। तिनीहरूले परमेश्‍वरको अनुमोदन र आशिष् पाउन सक्छन्, र तिनीहरू सिद्ध पारिन र उहाँका मानिसहरू र उहाँको मन्दिरका खामोहरू बन्‍न सक्छन्। तिनीहरू सुन, चाँदी, र बहुमूल्‍य धातुजस्तै मानिसहरू हुन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। छ प्रकारको भ्रष्ट स्वभावको ज्ञान हुनु मात्रै साँचो आत्मज्ञान हो

यदि परमेश्‍वरप्रति व्यक्तिको मनोवृत्ति भनेको उहाँको सराहना गर्ने वा उहाँलाई टाढैबाट आदर गर्ने, र उहाँलाई अलिकति पनि प्रेम नगर्ने किसिमको छ भने, परमेश्‍वरलाई प्रेम गर्ने हृदय नभएको व्यक्ति आइपुगेको परिणाम यही हो, र त्यस व्यक्तिमा सिद्ध पारिनको लागि चाहिने शर्तहरूको कमी हुन्छ। यदि त्यति धेरै कामले व्यक्तिको साँचो प्रेम प्राप्त गर्न सक्दैन भने, त्यस व्यक्तिले परमेश्‍वरलाई प्राप्त गरेको छैन र उसले सच्‍चा रूपमा सत्यतालाई पछ्याउँदैन। परमेश्‍वरलाई प्रेम नगर्ने व्यक्तिले सत्यतालाई प्रेम गर्दैन, तसर्थ उसले परमेश्‍वरलाई प्राप्त गर्न सक्दैन, परमेश्‍वरको स्वीकृती प्राप्त गर्ने कुरा त परै जाओस्। त्यस्ता मानिसहरूले पवित्र आत्‍माको कार्यलाई जसरी अनुभव गरे तापनि, र तिनीहरूले जसरी न्यायको अनुभव गरे तापनि, तिनीहरू परमेश्‍वरको डर मान्न सक्दैनन्। यी त्यस्ता मानिसहरू हुन् जसको प्रकृतिलाई परिवर्तन गर्न सकिँदैन र जोसँग अत्यन्तै घृणास्पद स्वभाव हुन्छ। परमेश्‍वरको डर मान्ने हृदय नभएका सबैलाई हटाइनुपर्छ, तिनीहरूलाई दण्डका पात्रहरू बनाइनुपर्छ, र दुष्ट काम गर्नेहरूलाई जस्तै दण्ड दिइनुपर्छ, अधर्मी कुराहरू गर्नेहरूलाई भन्दा बढी कष्ट दिइनुपर्छ।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको काम र मानिसको काम

आज, तिमीहरू सबैलाई के कुरा थाहा छ भने, मानिसले प्राणको मुक्तिका लागि र देहको हितका लागि मात्रै परमेश्‍वरमा विश्‍वास गर्दैन, न त प्रेमिलो परमेश्‍वरद्वारा आफ्नो जीवन समृद्ध पार्न र त्यस्तै इत्यादि कुरा प्राप्त गर्नका लागि मात्रै नै विश्‍वास गर्छ। यसैले, यदि तैँले देहको हितका लागि वा क्षणिक सुख-चैनको लागि परमेश्‍वरलाई प्रेम गरिस् र अन्त्यमा परमेश्‍वरप्रति तेरो प्रेम चरम अवस्थामा पुग्यो अनि तैँले उप्रान्त केही मागेनस् भने पनि, तैँले खोज्ने यो प्रेम कलङ्कित र परमेश्‍वरलाई प्रसन्‍न नपार्ने किसिमको प्रेम हुनेछ। आफ्नो सुस्त किसिमको अस्तित्वलाई समृद्ध बनाउन र आफ्नो हृदयको रिक्ततालाई भर्नको लागि परमेश्‍वरको प्रेमलाई प्रयोग गर्ने मानिसहरू जीवनको सहजताका लागि लालच गर्नेहरू हुन्, परमेश्‍वरको प्रेमलाई साँचो रूपमा खोज्नेहरू होइनन्। यस किसिमको प्रेम जबरजस्ती गरिने प्रेम हो, यो मानसिक आनन्दको खोजी मात्रै हो र परमेश्‍वरलाई यसको कुनै आवश्यकता पर्दैन। त्यसोभए, तेरो प्रेम कस्तो किसिमको प्रेम हो? के कुराको लागि तँ परमेश्‍वरलाई प्रेम गर्छस्? तँभित्र अहिले परमेश्‍वरप्रतिको साँचो प्रेम कति छ? तिमीहरूमध्ये धेरैको प्रेम यसभन्दा पहिले उल्लेख गरिएको किसिमको प्रेम नै हो। त्यस किसिमको प्रेमले वर्तमान स्थितिलाई मात्रै कायम राख्‍न सक्छ; यसले कुनै पनि स्थायित्व प्राप्त गर्न सक्दैन, न त यसले मानिसमा जरा नै गाड्न सक्छ। यस किसिमको प्रेम फुलेर पनि फल नफलाई ओइलाएर जाने फूल जस्तो हो। अर्को शब्दमा भन्नुपर्दा, तैँले परमेश्‍वरलाई यस किसिमले प्रेम गरिसकेको छस्, र तँलाई अगाडि बाटोमा डोर्‍याउने कोही पनि छैन भने, तँ पतन भएर जानेछस्। यदि तैँले परमेश्‍वर प्रेमिलो हुनुभएको समयमा मात्रै परमेश्‍वरलाई प्रेम गर्छस् तर त्यसपछि तेरो जीवन स्वभाव परिवर्तन हुँदैन भने, तँ अन्धकारको प्रभावको कफनबाट बाहिर निस्केर आउने अवस्थामा रहनेछैनस्, तँ शैतानको बन्धन र यसका चलाकीहरूलाई तोड्न नसक्‍ने अवस्थामा रहनेछस्। यस किसिमको कुनै पनि व्यक्तिलाई परमेश्‍वरले प्राप्त गर्नुहुनेछैन; आखिरमा तिनीहरूको आत्मा, प्राण, र शरीर शैतानको हातमा पर्नेछ। यसबारे कुनै शङ्का हुन सक्दैन। परमेश्‍वरले पूर्ण रूपमा प्राप्त गर्न नसक्‍ने मानिसहरू तिनीहरूको सुरुको अवस्थामा नै फर्कनेछन्, अर्थात् शैतानको हातमा फर्कनेछन्, र परमेश्‍वरको अर्को चरणको दण्ड भोग्‍नका लागि आगो र गन्धकको खाडलमा पर्नेछन्। परमेश्‍वरले प्राप्त गरेका मानिसहरू तिनीहरू नै हुन् जसले शैतानको विरुद्धमा विद्रोह गरेका छन् र त्यसको शक्तिबाट उम्केका छन्। तिनीहरूलाई आधिकारिक रूपमा नै परमेश्‍वरको राज्यका मानिसहरूमाझ थपिन्छ। यसरी राज्यका मानिसहरूको निर्माण हुन्छ। के तँ यस किसिमको व्यक्ति बन्‍न इच्छुक छस्? के तँ परमेश्‍वरद्वारा प्राप्त गरिन चाहन्छस्? के तँ शैतानको शक्तिबाट निस्केर परमेश्‍वरकहाँ फर्केर आउन चाहन्छस्? तँ अहिले शैतानको स्वामित्वमा छस् कि राज्यका मानिसहरूमध्ये एक होस्? यस्ता कुराहरू पहिले नै स्पष्ट हुनुपर्छ, र यसको लागि कुनै थप व्याख्याको आवश्यकता पर्दैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। विश्‍वासीहरूले कस्तो दृष्टिकोण राख्‍नुपर्छ

यदि तँ परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छस् भने बाटोमा हतार-हतार अगि बढ्नु मात्र पर्याप्त हुँदैन, न ता तैँले आफैलाई परमेश्‍वरका निम्ति खर्चनु नै पर्याप्त हुन्छ। परमेश्‍वरद्वारा सिद्ध पारिएको व्यक्ति हुनका निम्ति तँमा धेरै वटा कुराहरू हुनुपर्छ। जब तँ दुःखको सामना गर्छस्, त्यसबेला तैँले देहका चिन्ताहरू एकातिर पन्साउन सक्नुपर्छ र परमेश्‍वरको विरुद्धमा गुनासो गर्नुहुँदैन। जब परमेश्‍वरले आफैलाई तँदेखि लुकाउनुहुन्छ, तँ उहाँको पछि लाग्‍न सक्‍ने, तेरो प्रेमलाई डगमगाउन र बिलाउन नदिई आफ्नो विश्‍वासलाई थामेर राख्न सक्ने हुनुपर्छ। परमेश्‍वरले जे गर्नुभए पनि तँ उहाँको योजनामा समर्पित हुनुपर्छ, अनि उहाँको विरुद्ध गुनासो गर्नुको साटो उहाँको योजनामा समर्पित हुन र तेरो आफ्नै शरीरलाई सराप्न तयार हुनुपर्छ। जब तैँले जाँचहरूको सामना गर्छस् तँ नराम्रो घतले रुनु पर्ने भए पनि वा कुनै प्रिय वस्तुसित अलग्गिन अनिच्छुक महसुस गर्नु पर्ने भए पनि तैँले परमेश्‍वरलाई सन्तुष्ट पार्नुपर्छ। यो मात्र साँचो प्रेम र विश्‍वास हो। तेरो वास्तविक कद जे-जस्तो भए पनि तँमा कठिनाइ सहने इच्छा र साँचो विश्‍वास, दुवै हुनुपर्छ, अनि तँमा देहको विरुद्धमा विद्रोह गर्ने इच्छा पनि हुनुपर्छ। परमेश्‍वरका अभिप्रायहरू पूरा गर्न तँ व्यक्तिगत कठिनाइहरू सहन र तेरा व्यक्तिगत रुचिहरू गुमाउन तयार हुनुपर्छ। तँ आफ्नो हृदयमा आफ्नै बारेमा पछुतो गर्न सक्ने पनि हुनुपर्छ: विगतमा तँ परमेश्‍वरलाई सन्तुष्ट पार्न असक्षम थिइस्, र अहिले तैँले आफै पछुतो गर्न सक्छस्। यी कुनै पनि कुरामा तँ पछि पर्नु हुँदैन—यिनै कुराहरूद्वारा परमेश्‍वरले तँलाई सिद्ध तुल्याउनुहुनेछ। यदि तँ यी मापदण्डहरू पूरा गर्न सक्दैनस् भने तँलाई सिद्ध तुल्याइन सकिँदैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ

परमेश्‍वरप्रतिको प्रेमलाई खोजी गर्ने एक सामान्य व्यक्तिको रूपमा परमेश्‍वरका मानिसमध्ये एक बन्‍न राज्य प्रवेश गर्नु तिमीहरूको साँचो भविष्य, र सबैभन्दा मूल्यवान् र महत्त्वको जीवन हो; तिमीहरू जत्तिको आशिषित कोही पनि हुँदैन। म किन यसो भन्छु? किनभने परमेश्‍वरमा विश्‍वास नगर्नेहरू देहको लागि जिउँछन्, र तिनीहरू शैतानको लागि जिउँछन्, तर आज तिमीहरू परमेश्‍वरको लागि जिउँछौ, र परमेश्‍वरको इच्छालाई पछ्याउनका लागि जिउँछौ। यही कारणले गर्दा नै तिमीहरूको जीवन सबैभन्दा महत्त्वपूर्ण छ भनेर म भन्छु। परमेश्‍वरले चुन्‍नुभएका मानिसहरूको यो समूहले मात्रै सबैभन्दा महत्त्वको जीवन जिउन सक्छन्: पृथ्वीमा अरू कोही पनि त्यस्तो मूल्य र अर्थको जीवन जिउन सक्षम छैनन्। तिमीहरूलाई परमेश्‍वरले चुन्‍नुभएको, र परमेश्‍वरले नै हुर्काउनुभएको कारणले गर्दा, अझ भन्‍ने हो भने, तिमीहरूप्रतिको परमेश्‍वरको प्रेमको कारणले गर्दा, तिमीहरूले साँचो जीवनलाई बुझेका छौ, र अति मूल्यवान् जीवन कसरी जिउने सो जान्दछौ। यो कुरा तिमीहरूको खोजी असल भएकोले होइन, बरु परमेश्‍वरको अनुग्रहले गर्दा नै यसो भएको हो; तिमीहरूको आत्माको आँखा खोलिदिने परमेश्‍वर नै हुनुहुन्थ्यो, र तिमीहरूलाई उहाँको सामुन्‍ने आउने सौभाग्य प्रदान गर्दै तिमीहरूको हृदयलाई छुने परमेश्‍वरका आत्मा नै हुनुहुन्थ्यो। यदि परमेश्‍वरका आत्माले तिमीहरूलाई अन्तर्दृष्टि नदिनुभएको भए, परमेश्‍वरको बारेमा के कुरा प्रेमिलो छ सो कुरा तिमीहरूले देख्‍न सक्दैनथ्यौ, न त तिमीहरूले परमेश्‍वरलाई प्रेम गर्नु नै सम्‍भव हुनेथ्यो। परमेश्‍वरका आत्माले मानिसहरूको हृदय छुनुभएको कारणले नै तिनीहरूको हृदय परमेश्‍वरतर्फ फर्केको छ। कहिलेकहीँ, जब तैँले परमेश्‍वरको वचनको आनन्द लिइरहेको हुन्छस्, तब तेरो आत्मा स्पर्शित हुन्छ, अनि तैँले परमेश्‍वरलाई प्रेम नगरी बस्‍न सक्दैनस्, तँलाई तँभित्र ठूलो सामर्थ्य छ, र तैँले पन्छाउन नसक्‍ने केही पनि छैन भन्‍ने लाग्छ। यदि तँलाई यस्तो अनुभूति हुन्छ भने, तँलाई परमेश्‍वरका आत्माले छुनुभएको छ, र तेरो हृदय पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्केको छ, अनि तैँले परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्नेछस्: “हे परमेश्‍वर! हामीलाई तपाईंले पूर्वनिर्धारित गरिसक्‍नुभएको र चुनिसक्‍नुभएको छ। तपाईंको महिमाले मलाई गर्व गराउँछ, र तपाईंका प्रजामध्ये एक बन्‍न पाउँदा मलाई गौरवको आभास हुन्छ। म तपाईंको इच्छालाई पछ्यआउनका निम्ति सबै थोक खर्चनेछु र सबै थोक दिनेछु, र मेरा सबै वर्षहरू, र सम्पूर्ण जीवनभरिको प्रयास तपाईंप्रति नै समर्पित गर्नेछु।” जब तँ यसरी प्रार्थना गर्छस्, तेरो हृदयमा परमेश्‍वरप्रति कहिल्यै नटुङ्गिने प्रेम र साँचो समर्पणता हुनेछ। के तैँले कहिल्यै यस्तो अनुभव गरेको छस्? यदि मानिसहरू बारम्बार परमेश्‍वरका आत्माद्वारा छोइएका छन् भने, तिनीहरू आफ्‍ना प्रार्थनामा आफैलाई विशेष रूपमा परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्: “हे परमेश्‍वर! म तपाईंको महिमाको दिनलाई हेर्न चाहन्छु, र म तपाईंकै लागि जिउन चाहन्छु—तपाईंको लागि जिउनुजत्तिको योग्य वा अर्थपूर्ण कुरा केही पनि छैन, र शैतान र देहको लागि जिउने थोरै इच्छासमेत मसँग छैन। आज तपाईंको लागि जिउन सक्षम तुल्याउँदै तपाईंले मलाई उठाउनुभयो।” जब तैँले यसरी प्रार्थना गरेको हुन्छस्, तँ परमेश्‍वरलाई तेरो हृदय नदिई बस्‍न सक्दैनस्, तँलाई लाग्‍नेछ कि तैँले परमेश्‍वरलाई प्राप्त गर्नैपर्छ, र जीवित छँदै परमेश्‍वरलाई प्राप्त नगरी तँ मर्न चाहँदैनस्। त्यस्तो प्रार्थना गरिसकेपछि, तँभित्र असीम सामर्थ्य आउनेछ, र यो कहाँबाट आउँछ सो तँलाई थाहा हुनेछैन; तेरो हृदयमा असीमित शक्ति हुनेछ, र परमेश्‍वर अत्यन्तै प्रेमिलो हुनुहुन्छ, र उहाँ प्रेम गर्न योग्य हुनुहुन्छ भन्‍ने तैँले अनुभूति गर्नेछस्। यही बेला तँ परमेश्‍वरद्वारा छोइएको हुनेछस्। यस्तो अनुभव प्राप्त गरेका सबैलाई परमेश्‍वरले छुनुभएको हुन्छ। परमेश्‍वरद्वारा बारम्बार छोइएकाहरूका हकमा, तिनीहरूको जीवनमा परिवर्तनहरू आउँछन्, तिनीहरू संकल्प गर्न सक्छन् र परमेश्‍वरलाई पूर्ण रूपमा प्राप्त गर्न इच्‍छुक हुन्छन्, परमेश्वरलाई प्रेम गर्ने तिनीहरूको हृदय तुलनात्मक रूपोमा अझ दह्रिलो हुन्छ, अनि तिनीहरूको हृदय परमेश्‍वरमा पूर्ण रूपले फर्केका हुन्छन्। तिनीहरूलाई परिवार, संसार, जाल-झेल, वा तिनीहरूको भविष्यको कुनै ख्याल हुँदैन, र तिनीहरू आफ्‍नो जीवनभरिको प्रयास परमेश्‍वरमा समर्पित गर्न इच्‍छुक हुन्छन्। परमेश्‍वरका आत्माले छोइएकाहरू सबै सत्यताको पछि लाग्‍ने, र परमेश्‍वरद्वारा सिद्ध तुल्याइने आशा भएका मानिसहरू हुन्।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको सबैभन्दा नयाँ कामलाई चिन र उहाँका पाइलाहरू पछ्याऊ

सिद्ध पारिएकाहरूमा सामान्य मानवता मात्र नभई विवेकको हदभन्दा माथिका सत्यताहरू पनि हुन्छ, र ती सत्यता विवेकका मापदण्डहरूभन्दा माथि हुन्छन्; तिनीहरूले परमेश्‍वरको प्रेमको ऋण तिर्न विवेकको प्रयोग त गर्छन् नै, तर त्योभन्दा पनि बढी, तिनीहरूले परमेश्‍वरलाई चिनेका छन्, र परमेश्‍वर प्रेमिलो हुनुहुन्छ, मानिसको प्रेमको योग्य हुनुहुन्छ र परमेश्‍वरमा प्रेम गर्नुपर्ने कुरा धेरै छन् भन्‍ने कुरा देखेका छन्; मानिसले उहाँलाई प्रेम नगरीकन बस्‍न सक्दैन! सिद्ध पारिएकाहरूको परमेश्‍वरप्रतिको प्रेम तिनीहरूका आफ्‍नै आकांक्षाहरूलाई पूरा गर्नको लागि हो। तिनीहरूको प्रेम स्वस्फूर्त प्रेम हो र त्यो प्रेमले सट्टामा केही पनि माग्दैन र त्यो कुनै कारोबार होइन। अरू केही कारणले नभई उहाँप्रतिको तिनीहरूको ज्ञानको कारणले मात्रै तिनीहरूले परमेश्‍वरलाई प्रेम गर्छन्। परमेश्‍वरले आफूलाई अनुग्रह गर्नुहुन्छ कि गर्नुहुन्‍न भन्‍ने कुरालाई त्यस्ता मानिसहरूले वास्ता गर्दैनन् र परमेश्‍वरलाई सन्तुष्टि दिनेबाहेक अरू केही कुराद्वारा तिनीहरू सन्तुष्ट हुँदैनन्। तिनीहरूले परमेश्‍वरसँग मोलतोल गर्दैनन्, न त परमेश्‍वरप्रतिको आफ्‍नो प्रेमलाई नै तिनीहरूले विवेकको आधारमा मापन गर्छन्: “तपाईंले मलाई दिनुभएको छ, त्यसैले यसको सट्टामा म तपाईंलाई प्रेम गर्छु; यदि तपाईंले मलाई दिनुहुन्‍न भने, यसको सट्टामा मसँग तपाईंलाई दिन केही पनि हुँदैन।” सिद्ध पारिएकाहरूले सधैँ नै यस्तो विश्‍वास गर्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले हामीमा आफ्‍नो काम गर्नुहुन्छ। सिद्ध पारिनको लागि मसँग यो मौका, अवस्था र योग्यता भएको हुनाले, मेरो उद्देश्य अर्थपूर्ण जीवन जिउने हुनुपर्छ र मैले उहाँलाई सन्तुष्ट पार्नुपर्छ।” यो पत्रुसले अनुभव गरेको जस्तै छ: आफू सबैभन्दा कमजोर अवस्थामा हुँदा, उनले परमेश्‍वरसँग यसो भन्दै प्रार्थना गरे, “हे परमेश्‍वर! तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई सधैँ सम्‍झन्छु। तपाईंलाई थाहा छ, समय वा स्थान जे-जस्तो भए पनि, म तपाईंलाई प्रेम गर्न चाहन्छु, तर मेरो कद निकै सानो छ, म निकै कमजोर र शक्तिहीन छु, मेरो प्रेम अत्यन्तै सीमित छ र तपाईंप्रतिको मेरो इमानदारिता अत्यन्तै थोरै छ। तपाईंको प्रेमको तुलनामा, म जिउनसमेत योग्य छैनँ। मेरो जीवन व्यर्थ नहोस्, र मैले तपाईंको प्रेमको ऋण तिर्न मात्र होइन, मसँग भएका सबै कुरा तपाईंमा समर्पित गर्न सकूँ भन्‍ने मात्र मेरो कामना छ। यदि मैले तपाईंलाई सन्तुष्ट पार्न सकेँ भने, सृष्टि गरिएको प्राणीको रूपमा म मनमा शान्ति पाउनेछु र अरू केही पनि माग्‍नेछैनँ। अहिले म कमजोर र शक्तिहीन भए पनि, म तपाईंका अर्तीहरूलाई बिर्सनेछैनँ, र म तपाईंको प्रेमलाई बिर्सनेछैनँ। अहिले मैले तपाईंको प्रेमको ऋण तिर्नेबाहेक अरू केही पनि गरिरहेको छैन। हे परमेश्‍वर, मलाई अति नराम्रो लाग्छ! म मेरो हृदयमा भएको प्रेम तपाईंलाई कसरी दिन सक्छु, मैले गर्न सक्‍ने जति सबै कसरी गर्न सक्छु, कसरी तपाईंका इच्‍छाहरूलाई पूरा गर्न सक्छु र कसरी मसँग भएका सबै कुरा तपाईंलाई अर्पण गर्न सक्छु? मानिसको कमजोरी तपाईंलाई थाहा छ; तपाईंको प्रेमको लागि म कसरी योग्य बन्‍न सक्छु? हे परमेश्‍वर! तपाईंलाई थाहा छ, म सानो कदको छु, मेरो प्रेम अत्यन्तै थोरै छ। यस किसिमको वातावरणमा मैले कसरी सक्दो गर्न सक्छु? मलाई थाहा छ मैले तपाईंको प्रेमको ऋण तिर्नुपर्छ, मलाई थाहा छ मसँग भएका सबै कुरा मैले तपाईंलाई दिनुपर्छ, तर आज मेरो कद अत्यन्तै सानो छ। म बिन्ती गर्छु मलाई शक्ति र आत्मबल दिनुहोस्, ताकि तपाईंमा समर्पण गर्नको लागि मैले अझै बढी शुद्ध प्रेम प्राप्त गर्न सकूँ र मसँग भएका सबै कुरालाई अझै बढी तपाईंमा समर्पण गर्न सकूँ; म तपाईंको प्रेमको ऋण तिर्न मात्रै होइन, तपाईंको सजाय, न्याय र परीक्षाहरू अनि अझ गम्‍भीर श्रापहरूलाई समेत अझै बढी अनुभव गर्न सकूँ। तपाईंले मलाई तपाईंको प्रेम हेर्न दिनुभएको छ र तपाईंलाई प्रेम नगरी बस्‍न म असक्षम छु, र म आज कमजोर र शक्तिहीन भए पनि, म तपाईंलाई कसरी बिर्सन सक्थेँ र? तपाईंको प्रेम, सजाय र न्याय सबैले मलाई तपाईंलाई चिन्‍ने तुल्याएको छ, तैपनि म तपाईंको प्रेमलाई सन्तुष्ट गर्न पनि असक्षम छु जस्तो लाग्छ, किनभने तपाईं अत्यन्तै महान् हुनुहुन्छ। मसँग भएका सबै कुरा कसरी मैले सृष्टिकर्तामा समर्पण गर्न सक्छु?” पत्रुसको अनुरोध यस्तै थियो, तैपनि उनको कद अत्यन्तै अपर्याप्त थियो। यस क्षणमा, उनले यस्तो महसुस गरे मानौं उनको हृदयमा छुरी चलाइएको छ। उनी वेदनामा थिए; यस्तो अवस्थामा के गर्ने हो उनलाई केही थाहा थिएन। तैपनि उनले प्रार्थनालाई जारी नै राखे: “हे परमेश्‍वर! मानिसको कद बालकको जस्तो छ, उसको विवेक दुर्बल छ, र मैले पूरा गर्न सक्‍ने एउटै मात्र कुरा तपाईंको प्रेमको ऋण तिर्नु हो। आज तपाईंको इच्‍छा कसरी पूरा गर्ने हो, मलाई थाहा छैन र म आफूले गर्न सक्‍ने सबै कुरा गर्न, मसँग भएका सबै कुरा दिन र मेरा सबै कुरा तपाईंमा समर्पित गर्न चाहन्छु। तपाईंको न्याय र तपाईंको सजाय जे-जस्तो भए पनि, तपाईंले मलाई जेसुकै दिनुभए पनि, तपाईंले मबाट जेसुकै लिनुभए पनि, तपाईंप्रतिको सानोभन्दा सानो गुनासोबाट समेत मलाई मुक्त गर्नुहोस्। तपाईंले मलाई सजाय र न्याय गर्नुहुँदा धेरैपटक मैले आफैसँग गनगन गरेँ, र शुद्धता प्राप्त गर्न वा तपाईंका इच्‍छाहरू पूरा गर्न म असक्षम रहेँ। मैले तपाईंको प्रेमको ऋण तिर्ने कार्य बाध्यताद्वारा पैदा भएको थियो र यो क्षणमा म आफैलाई अझै बढी घृणा गर्छु।” परमेश्‍वरको अझ शुद्ध प्रेमको खोजी गरेको कारण पत्रुसले यसरी प्रार्थना गरे। उनले खोजी र बिन्ती गरिरहेका थिए, र यसअलावा, उनले आफैलाई दोषी ठहराइरहेका र परमेश्‍वरसँग आफ्‍नो पाप स्विकारिरहेका थिए। उनलाई आफू परमेश्‍वरप्रति ऋणी महसुस भयो र आफैप्रति घृणा लाग्यो, तैपनि केही हिसाबले उनी दुःखित र नकारात्मक पनि थिए। उनी परमेश्‍वरका अभिप्रायहरूसम्म पुग्न असफल भएझैँ र आफ्नो सक्दो गर्न असक्षम भएझैँ, उनले सधैँ यस्तै महसुस गर्थे। त्यस्ता अवस्थाहरूमा पनि पत्रुसले अय्यूबको जस्तो विश्‍वास अनुसरण गरे। अय्यूबको विश्‍वास कति महान् थियो भन्‍ने कुरा उनले देखेका थिए, किनभने अय्यूबले आफूसँग भएका सबै थोक परमेश्‍वरले दिनुभएको हो र आफूबाट सबै कुरा परमेश्‍वरले लानु स्वभाविकै हो, परमेश्‍वरले जसलाई चाहनुहुन्छ त्यसलाई दिनुहुन्छ अर्थात् परमेश्‍वरको धर्मी स्वभाव त्यस्तो छ भन्‍ने कुरा बुझेका थिए। अय्यूबसँग कुनै गुनासो थिएन र उनले अझै पनि परमेश्‍वरको प्रशंसा गर्न सक्थे। पत्रुसले पनि आफैलाई चिनेका थिए र आफ्‍नो हृदयमा उनले यसो भन्दै प्रार्थना गरे, “आज, मैले मेरो विवेकको प्रयोग गरेर तपाईंको प्रेमको ऋण तिरे पनि र तपाईंलाई जति नै धेरै प्रेम फिर्ता दिए पनि, त्यसमा मात्रै म सन्तुष्ट हुनु हुँदैन, किनभने मेरा विचारहरू अत्यन्तै भ्रष्ट छन् र तपाईंलाई सृष्टिकर्ताको रूपमा हेर्न म असक्षम छु। तपाईंलाई प्रेम गर्नको निम्ति म अझै पनि अयोग्य भएको हुनाले, मैले मसँग भएका सबै कुरा तपाईंलाई समर्पण गर्ने क्षमताको विकास गर्नुपर्छ, र मैले स्वेच्छाले त्यसो गर्नुपर्छ तपाईंले गर्नुभएका सबै कुरा मैले जान्‍नैपर्छ, र मैले आफनै छनोटहरू गर्नु हुँदैन, मैले तपाईंको प्रेमलाई हेर्नैपर्छ, र तपाईंको प्रशंसा गर्नैपर्छ र तपाईंको पवित्र नाउँको बढाइ गर्नैपर्छ, ताकि तपाईंले मबाट महान् महिमा प्राप्त गर्नुहोस्। तपाईंप्रतिको यो साक्षीमा म दह्रिलो गरी खडा हुन तत्पर छु। हे परमेश्‍वर! तपाईंको प्रेम कति बहुमूल्य र सुन्दर छ; म कसरी दुष्टको हातमा जिउने इच्‍छा गर्न सक्छु र? के मलाई तपाईंले बनाउनुभएको होइन र? म कसरी शैतानको सत्यमा जिउन सक्छु? म मेरो सम्पूर्ण अस्तित्व नै तपाईंको सजायमा जिओस् भन्‍ने चाहन्छु। दुष्टको सत्तामा जिउन मलाई मन छैन। यदि म शुद्ध पारिन र मसँग भएका सबै कुरा तपाईंमा समर्पण गर्न सक्छु भने, म मेरो शरीर र मन तपाईंको न्याय र सजायमा समर्पित गर्न तत्पर छु, किनभने म शैतानलाई घृणा गर्छु र त्यसको सत्तामा जिउन चाहन्‍नँ। तपाईंले मलाई गर्नुहुने न्यायमार्फत आफ्‍नो धर्मी स्वभाव देखाउनुहुन्छ; म खुसी छु र मसँग अलिकति पनि गुनासो छैन। यदि मैले सृष्टि गरिएको प्राणीको कर्तव्य पूरा गर्न सकेँ भने, म मेरो सम्पूर्ण जीवनमा तपाईंको न्यायको साथ होस् भन्‍ने चाहन्छु, जसमार्फत म तपाईंको धर्मी स्वभावलाई चिन्‍नेछु र दुष्टको प्रभावबाट आफैलाई मुक्त गर्नेछु।” पत्रुसले सधैँ यसरी प्रार्थना गर्थे, सधैँ यसरी खोजी गर्थे र तुलनात्मक रूपमा भन्दा उनी उच्‍च क्षेत्रमा पुगे। उनले परमेश्‍वरको प्रेमको ऋण तिर्न त सके नै तर त्योभन्दा महत्वपूर्ण कुरा, एक प्राणीको रूपमा आफ्‍नो कर्तव्य पनि पूरा गरे। उनलाई आफ्नो विवेकले दोष मात्रै दिएन, उनले त विवेकका मापदण्डहरू पार गर्न पनि सके। उनका प्रार्थनाहरू निरन्तर माथि परमेश्‍वरकहाँ गए, जसले गर्दा उनका आकांक्षाहरू सधैँ उच्‍च रहे र उनको साथमा झन्झन् परमेश्‍वरलाई प्रेम गर्ने हृदयरह्यो। वेदनापूर्ण पीडा सहेर पनि, उनले परमेश्‍वरलाई प्रेम गर्न भुलेनन्, बरु परमेश्‍वरका अभिप्रायहरू बुझ्ने क्षमता प्राप्त गर्ने प्रयास गरे। आफ्ना प्रार्थनाहरूमा उनले निम्‍न शब्‍दहरू उच्‍चारण गरे: “तपाईंको प्रेमको ऋण तिर्नेबाहेक मैले अरू केही हासिल गरेको छैन। मैले शैतानको अघि तपाईंको साक्षी दिएको छैनँ, आफूलाई शैतानको प्रभावबाट मुक्त गरेको छैनँ र म अझै पनि देहमा जिउँछु। म शैतानलाई हराउन र लज्‍जित पार्न आफ्नो प्रेम प्रयोग गर्न र यसरी तपाईंका अभिप्रायहरू पूरा गर्न चाहन्छु। म मेरो सम्पूर्णता तपाईंलाई दिन चाहन्छु, आफ्नो थोरै अंश पनि शैतानलाई दिन चाहन्‍नँ, किनभने शैतान तपाईंको शत्रु हो।” उनले यो दिशामा जति खोजी गरे, त्यति नै प्रभावित भए र यी विषयहरूमा तिनको ज्ञान त्यति नै उच्‍च भयो। थाहै नभई उनले आफूलाई शैतानको प्रभावबाट मुक्त गर्नुपर्छ र पूर्ण रूपमा परमेश्‍वरतर्फ फर्कनुपर्छ भनी जानिसकेका थिए। उनले प्राप्त गरेको क्षेत्र यस्तो थियो। उनले शैतानको प्रभावलाई नाघ्दै थिए र देहको सुख र आनन्दहरूबाट आफैलाई मुक्त गर्दै थिए, र परमेश्‍वरको सजाय र उहाँको न्याय दुवैलाई अझै गहन रूपमा अनुभव गर्न इच्‍छुक हुँदै थिए। उनी भन्थे, “म तपाईंको सजायमाझ जिए पनि र तपाईंको न्यायमाझ जिए पनि, त्यसबाट आइपर्ने कठिनाइको बाबजुत पनि, म शैतानको सत्तामा जिउन अनिच्‍छुक छु, शैतानको छल भोग्‍न अनिच्‍छुक छु। म तपाईंका श्रापहरूमा जिउन आनन्द मान्छु तर शैतानका आशिष्‌हरूमा जिउँदा पीडित हुन्‍छु। तपाईंको न्यायमा जिएर म तपाईंलाई प्रेम गर्छु र यसले मलाई निकै ठूलो आनन्द दिन्छ। तपाईंका सजाय र न्याय धर्मी र पवित्र छन्; यो मलाई शुद्ध पार्नको लागि हो र त्योभन्दा पनि बढी, यो मलाई मुक्ति दिनको लागि हो। म मेरो सम्पूर्ण जीवन तपाईंको न्यायमा बिताउन चाहन्छु ताकि म तपाईंको हेरचाहमै रहन सकूँ। म एक क्षण पनि शैतानको सत्तामा जिउन चाहन्‍नँ; म तपाईंबाट शुद्ध पारिन चाहन्छु; कष्ट नै भोग्‍नु परे पनि, म शैतानद्वारा शोषित हुन र त्यसको छलमा पर्न चाहन्‍नँ। म अर्थात् यो सृष्टि गरिएकोप्राणीलाई तपाईंद्वारा प्रयोग गरिनुपर्छ, तपाईंद्वारा स्वामित्वमा राखिनुपर्छ, तपाईंद्वारा न्याय गरिनुपर्छ, र तपाईंद्वारा सजाय दिइनुपर्छ। म तपाईंद्वारा श्रापित समेत हुनुपर्छ। तपाईं मलाई आशिष दिन इच्‍छुक हुनुहुँदा मेरो हृदय आनन्दित हुन्छ, किनभने मैले तपाईंको प्रेम देखेको छु। तपाईं सृष्टिकर्ता हुनुहुन्छ र म सृष्टि गरिएको प्राणी हुँ: तपाईंलाई धोका दिएर म शैतानको सत्तामा जिउनु हुँदैन, न त म शैतानद्वारा शोषित हुनु नै हुन्छ। शैतानको लागि जिउनुभन्दा त म तपाईंको घोडा वा गोरु हुनुपरोस्। बरु म कुनै पनि शारीरिक आनन्दविना नै तपाईंको सजाय सहेर बस्छु र मैले तपाईंको अनुग्रह गुमाउनु परे पनि यसले मलाई आनन्द नै दिन्छ। तपाईंको अनुग्रह मसँग नभए पनि, तपाईंको सजाय र न्यायमा म आनन्द लिन्छु; तपाईंको सर्वोत्तम आशिष, तपाईंको महान् अनुग्रह यही हो। मप्रति तपाईं सधैँ प्रतापी र क्रोधित हुनुभए पनि, म तपाईंलाई छोड्न असमर्थ छु र तपाईंलाई पर्याप्त प्रेम गर्न सक्दिनँ। म तपाईंको घरमा बस्‍न रुचाउँछु, म तपाईंबाट श्राप, सजाय र प्रहार पाउन चाहन्छु, तर म शैतानको सत्तामा जिउन इच्‍छुक छैनँ, न त म देहको लागि मात्रै दौडधूप गर्न र व्यस्त हुन नै इच्‍छुक छु, देहको लागि जिउन इच्छुक हुने त कुरै नगरौँ।” पत्रुसको प्रेम शुद्ध प्रेम थियो। यो नै सिद्ध पारिनुको अनुभव र सिद्ध पारिनुको सबैभन्दा उच्‍च क्षेत्र हो; योभन्दा अर्थपूर्ण जीवन अरू छैन।

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। पत्रुसका अनुभवहरू: सजाय र न्यायसम्‍बन्धी उनको ज्ञान

सम्बन्धित भजनहरू

परमेश्‍वरले उहाँलाई साँचो प्रेम गर्नेहरूलाई सिद्ध पार्नुहुन्छ

अघिल्लो: ४२. स्वाभाव परिवर्तन गरेकाहरू मात्र परमेश्‍वरको सेवा गर्न योग्य हुन्छन् भनेर किन भनिन्छ

अर्को: ४४. किन परमेश्‍वरलाई जान्न खोजी गर्नैपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्