४. आफूलाई साँचो रूपमा चिन्नु भनेको के हो

सर्वशक्तिमान् परमेश्‍वरका आखिरी दिनहरूका वचनहरू

हजारौँ वर्षको भ्रष्‍टतापछि, मानिस सुन्‍न नसक्‍ने र सुस्त भएको छ; ऊ परमेश्‍वरको विरोध गर्ने भूत बनेको छ, यतिसम्म कि परमेश्‍वरप्रति मानिसको विद्रोह इतिहासका पुस्तकहरूमा उल्लेख गरिएका छन्, र मानिस स्वयम पनि आफ्नो विद्रोही आचरणको पूर्ण विवरण दिन असक्षम छ—किनकि मानिस शैतानद्वारा गहन रूपमा भ्रष्‍ट पारिएको छ, र शैतानले उसलाई गलत बाटोमा डोर्‍याएकोले गर्दा आफू कतातिर जाने भनेर उसलाई थाहै छैन। आज पनि, मानिसले अझै परमेश्‍वरलाई धोका दिन्छ: जब मानिसले परमेश्‍वरलाई देख्छ, उसले उहाँलाई धोका दिन्छ, र जब उसले परमेश्‍वरलाई देख्दैन, तब पनि उसले उहाँलाई धोका दिन्छ। परमेश्‍वरको श्रापहरू र परमेश्‍वरको क्रोध अनुभव गरेर पनि अझै उहाँलाई धोखा दिनेहरू पनि छन्। त्यसैले म भन्छु कि मानिसको चेतनाले आफ्नो मौलिक कार्यगत गुण नै गुमाएको छ, र मानिसको विवेकले पनि, आफ्नो मौलिक कार्यगत गुण गुमाएको छ। मैले देखेको मानिस मानव भेषमा पशु हो, उ विषालु सर्प हो, र उसले मेरो नजरमा जतिसुकै दयनीय देखिने प्रयत्‍न गरे तापनि, म कहिल्यै पनि उप्रति दयालु बन्‍नेछैन, किनकि मानिससँग कालो र सेतो बीच फरक छुट्याउने, सत्य र असत्य बीच फरक छुट्याउने समझ पनि छैन। मानिसको चेतना सुस्त भएको छ, तैपनि अझै ऊ आशिष्‌हरू प्राप्‍त गर्न चाहन्छ; उसको मानवता यति अज्ञानी भएको छ, तैपनि अझै ऊ राजाको सार्वभौमिकता हासिल गर्न चाहन्छ। यस किसिमको चेतनासँग ऊ कसको राजा बन्‍न सक्छ? यस किसिमको मानवतासँग ऊ कसरी सिंहासनमा बस्‍न सक्छ? मानिससँग साँच्‍चिकै लाज नै छैन! ऊ अहङ्कारी नीच हो! तिमीहरूमध्ये आशिष्‌हरू प्राप्‍त गर्न चाहने व्यक्तिहरूलाई म सुझाव दिन्छु कि सबैभन्दा पहिला एउटा ऐना लिएर आफ्नो कुरूप अनुहार हेर—के तँसँग राजा हुनको निम्ति आवश्यक कुरा छ? के तँसँग आशिष्‌हरू प्राप्‍त गर्ने व्यक्तिको जस्तो अनुहार छ? तेरो स्वभावमा अलिकति पनि परिवर्तन आएको छैन र तैँले कुनै पनि सत्यतालाई अभ्यास गरेको छैनस्, तैपनि अझ तँ सुन्दर भोली, अर्थात् भविष्यको आशा गर्छस्। तैँले आफैलाई भ्रममा पार्दैछस्! यस्तो फोहोरी भूमिमा जन्म लिएर, मानिस समाजद्वारा गम्भीर रूपमा प्रभावित भएको छ, ऊ सामन्ती नैतिकताहरूबाट प्रभावित बनेको छ, र उसलाई “उच्‍च शिक्षा दिइने” संस्थाहरूमा सिकाइएको छ। पिछडिएको सोच, भ्रष्‍ट नैतिकता, जीवन सम्बन्धी तुच्छ दृष्टिकोण, संसारका कुराहरूसँग सम्‍बन्धित घृणित दर्शन, पूर्णतया मूल्यहीन अस्तित्व, र पतित जीवनशैली र चलनहरू—यी सबै कुराहरू मानिसको हृदयमा गहिरोसँग घुसिसकेको छ, र उसको विवेकलाई गम्भीर रूपमा कमजोर बनाएको छ र आक्रमण गरेको छ। परिणाम स्वरूप, मानिस परमेश्‍वरदेखि अझ धेरै टाढिएको छ, र अझ धेरै उहाँको विरोधी बनेको छ। मानिसको स्वभाव दिनदिनै अझ बढी क्रूर बन्दैछ, र परमेश्‍वरको निम्ति स्वेच्छाले कुनै कुरा त्याग्न इच्छुक व्यक्ति एक जना पनि छैन, परमेश्‍वरमा समर्पित हुन इच्छुक व्यक्ति एक जना पनि छैन, न त यसबाहेक, परमेश्‍वरको देखा पराइलाई खोज्‍न इच्छुक व्यक्ति नै छ। बरु, शैतानको सत्ताअन्तर्गत रहेर, हिलोको भूमिमा देह भ्रष्टतामा आफैलाई सुम्पँदै, सुख विलासको पछि लाग्ने बाहेक मानिसले अरू केही पनि गर्दैन। अन्धकारमा जिउनेहरूले सत्यतालाई सुनेर पनि त्यसलाई अभ्यासमा लगाउने विचारै गर्दैनन्, न त उहाँको स्वरूपलाई देखेर पनि परमेश्‍वरको खोजी गर्न तिनीहरू बाध्य हुन्छन्। कसरी यति धेरै भ्रष्‍ट मानवजातिले मुक्तिको कुनै मौका हासिल गर्नसक्छ र? यति धेरै पतित मानवजाति कसरी ज्योतिमा जिउन सक्छ र?

—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। अपरिवर्तित स्वभाव हुनु भनेको परमेश्‍वरसँगको शत्रुतामा हुनु हो

आफैलाई चिन्‍नु भनेको आफ्नो हरेक वचन र कर्मलाई, आफ्नो हरेक कार्यलाई चिन्‍नु हो; यो आफ्ना विचारलाई र परिकल्पनाहरूलाई, आफ्ना अभिप्राय र आफ्ना धारणा र कल्‍पनाहरूलाई जान्‍नु हो। तँलाई दुनियाँसित व्यवहार गर्ने शैतानको दर्शन अनि शैतानका विभिन्न विषका साथै परम्परागत सांस्कृतिक ज्ञान पनि थाहा हुनैपर्छ। तैँले सत्यता खोजी गरेर यी कुराहरू स्पष्टसँग खुट्याउनैपर्छ। त्यसरी, तैँले सत्यता बुझ्नेछस् र आफूलाई साँच्चै चिन्नेछस्। परमेश्‍वरमा विश्‍वास गर्न थालेदेखि व्यक्तिले धेरै कार्य गरेको हुनसक्‍ने भए पनि, तिनीहरूले अझै पनि धेरै कुराहरू स्पष्ट रूपमा देख्दैनन्, सत्यतालाई बुझ्‍न सक्‍ने त कुरै नगरे हुन्छ—तैपनि, तिनीहरूको धेरै असल कार्यहरूको कारण, तिनीहरूलाई तिनीहरू पहिले नै सत्यता अभ्यास गरिरहेका छन्, परमेश्‍वरमा समर्पित भइसकेका छन्, र उहाँका अभिप्रायहरू पहिले नै धेरै पूरा गरिसकेका छन् भन्‍ने लाग्छ। जब तँलाई केही आइपर्दैन, तब तँलाई जे भनिएको छ तँ त्यही गर्न सक्छस्; तँलाई कुनै पनि कर्तव्य पूरा गर्नेबारेमा कुनै फिक्री हुँदैन, र तैँले कुनै विरोध गर्दैनस्। जब तँलाई सुसमाचार प्रचार गर्न लगाइन्छ, तँ गुनासो गर्दैनस् र यो कष्ट सहन सक्छस्, र जब तँलाई यताउता दगुर्न र काम गर्न लगाइन्छ, वा कुनै तोकिएको काम गर्न लगाइन्छ, तैँले त्यो काम गर्छस्। यसकारण, तँलाई लाग्छ कि परमेश्‍वरमा समर्पित हुने र सत्यतालाई साँचो रूपमा पछ्याउने तँ नै होस्। तैपनि, यदि तँलाई गहन रूपमा, “के तँ इमानदार व्यक्ति होस्? के तँ साँचो रूपमा परमेश्‍वरमा समर्पित हुने व्यक्ति होस्? के तँ त्यो व्यक्ति होस् जसको स्वभाव परिवर्तन भएको छ?” भन्दै प्रश्‍न गर्ने हो भने, यदि हरेक व्यक्तिलाई परमेश्‍वरको सत्यतासँग तुलना गर्दै केरकार गर्ने हो भने, सायद कोही पनि मापदण्ड अनुसारको छैन, र कुनै पनि व्यक्तिले सत्यताअनुसार कार्य गर्न सक्दैन भनेर भन्न सकिन्थ्यो। त्यसैले, भ्रष्ट मानवजाति सबैले आत्मचिन्तन गर्नैपर्छ। तिनीहरूले आफू जिउने स्वभाव र आफ्ना सबै कुरा प्रेरित गर्ने शैतानी दर्शन, तर्क, झूटो शिक्षा र भ्रमहरूबारे चिन्तन गर्नैपर्छ। तिनीहरूले आफूले भ्रष्ट स्वभाव प्रकट गर्नुको मूलजड, आफूले हठी हुँदै कार्य गर्नुको सार, र आफू केमा वा कसका लागि जिउँछन् भन्‍ने कुरामा चिन्तन गर्नैपर्छ। यदि यो कुरालाई सत्यतासँग तुलना गरेर हेर्ने हो भने, सबै मानिसहरू दोषी ठहरिनेछन्। यसको कारण के हो? मानवजाति गम्भीर रूपमा भ्रष्ट हुनु नै यसको कारण हो। मानिसहरू सत्यता बुझ्दैनन्, र तिनीहरू सबै आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँछन्। तिनीहरूमा अलिकति पनि आत्मज्ञान हुँदैन, तिनीहरू सधैँ आफ्नो धारणा र कल्पनाहरूअनुसार परमेश्‍वरमा विश्‍वास गर्छन्, कर्तव्यहरू आफ्नै रुचि र तरिकाअनुसार निर्वाह गर्छन्, र परमेश्‍वरको सेवा कसरी गर्ने भनेर धार्मिक सिद्धान्तहरू पछ्याउँछन्। त्यसमाथि, तिनीहरू अझै आफू विश्‍वासले भरिपूर्ण छु, आफ्ना कार्यहरू उचित छन् भनेर सोच्छन्, र आखिरमा तिनीहरूलाई आफूले धेरै पाएको छु भन्‍ने लाग्छ। तिनीहरूले पत्तै नपाई यो सोच्न पुग्छन् कि तिनीहरू पहिले नै परमेश्‍वरका अभिप्रायहरूअनुसार काम गर्न थालिसकेका छन्, तिनलाई पूर्ण रूपमा पूरा गरेका छन्, र तिनीहरूले पहिले नै परमेश्‍वरका मापदण्डहरू पूरा गरिसकेका छन् र उहाँको इच्‍छालाई पछ्याइरहेका छन्। यदि तँलाई यस्तै लाग्छ, वा यदि तँलाई परमेश्‍वरमाथिको तेरो धेरै वर्षको विश्‍वासमा, तैँले केही प्राप्तिहरू हासिल गरेको छस् भन्‍ने लाग्छ भने, तैँले आफैलाई सावधानीपूर्वक जाँच्न परमेश्‍वरको अघि अझ धेरै फर्किआउनैपर्छ। तैँले आफ्ना सबै कामकुरा पूर्णतया परमेश्‍वरका अभिप्रायहरूअनुसार भएका छन् कि छैनन् भनी बुझ्न आफूले यत्तिका वर्षदेखि हिँडेको बाटोलाई हेर्नुपर्छ। आफ्नो कुन व्यवहार परमेश्‍वरको विरोधमा थियो, कुनचाहिँ उहाँप्रति समर्पित थियो, आफ्ना कार्यहरूले परमेश्‍वरको मापदण्ड पूरा गरेका र सन्तुष्ट पारेका छन् छैनन् भनी जाँच्। तैँले यी सबै कुरा स्पष्ट पार्नुपर्छ, किनभने त्यसपछि मात्र तैँले आफूलाई चिन्नेछस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

आफूलाई चिन्नु भनेको हाम्रो विचार र दृष्टिकोणका कुन कुराहरू आधारभूत रूपमा सत्यतासँग मेल खाँदैनन्, र भ्रष्ट स्वभावमा पर्छन्, र परमेश्‍वरविरोधी छन् भनेर जान्नु हो। अहङ्कार, आत्मधार्मिकता, झुटोपन र छलीपनजस्ता मानिसका भ्रष्ट स्वभावहरू बुझ्न सजिलो छ। तैँले सत्यताबारे दुईचारपटक सङ्गति गरेर नै वा बारम्बार सङ्गति गरेर वा आफ्ना दाजुभाइ-दिदीबहिनीहरूलाई तेरो अवस्था औँल्याइदिन लगाएर ती स्वभावहरूलाई अलिअलि बुझ्दै जान सक्छस्। त्यसबाहेक, अहङ्कार र छलीपन सबै व्यक्तिमा हुन्छ, केवल त्यसको मात्रा मात्र फरक हुन्छ, त्यसैले यी स्वभावबारे जान्न तुलनात्मक रूपमा सजिलो हुन्छ। तर व्यक्तिको विचार र दृष्टिकोण सत्यतासँग मेल खान्छ कि खाँदैन भनेर छुट्याउन कठिन हुन्छ, र कसैको भ्रष्ट स्वभाव चिन्नुजस्तो सजिलो पनि हुँदैन। जब व्यक्तिको व्यवहार वा बाहिरी अभ्यासहरू अलिकति परिवर्तन हुन्छ, तब उसलाई आफू परिवर्तन भएको छु भन्‍ने लाग्छ, तर वास्तवमा यो व्यवहार परिवर्तन मात्र हो, र यसको अर्थ उसले विभिन्‍न कुराहरूलाई हेर्ने दृष्टिकोण साँच्चै परिवर्तन भएको छ भन्‍ने होइन। मानिसहरूको हृदयको गहिराइमा, अझै धेरै धारणा र कल्पना, विभिन्न सोच, दृष्टिकोण, र परम्परागत संस्कृतिका विषहरू र परमेश्‍वरको प्रतिरोध गर्ने धेरै कुरा हुन्छन्। यी कुराहरू ऊभित्र लुकेका हुन्छन्, उजागर गरिएका हुँदैनन्। यी कुरा उसको भ्रष्ट स्वभाव प्रकटीकरणका स्रोत हुन्, र यी मानिसको प्रकृति सारबाट आउँछन्। त्यही भएर, जब परमेश्‍वरले तेरा धारणाहरूसँग नमिल्‍ने कुनै कुरा गर्नुहुन्छ, तैँले उहाँको विरोध गर्छस् र तँ उहाँको विरुद्धमा जान्छस्। परमेश्‍वरले किन त्यसरी काम गर्नुभयो सो तैँले बुझ्‍नेछैनस्, र परमेश्‍वरले गर्नुहुने सबै कुरामा सत्यता हुन्छ भन्‍ने तँलाई थाहा भए पनि र तँ समर्पित हुन चाहे पनि, तैँले आफूलाई त्यसो गर्न नसक्‍ने अवस्थामा पाउनेछस्। तँ किन समर्पित हुन असक्षम हुन्छस्? तेरो प्रतिरोध र विरोधको कारण के हो? यो हुन्छ किनकि, मानिसका विचार र दृष्टिकोणहरूभित्र धेरै कुरा हुन्छन् जुन परमेश्‍वरप्रति शत्रुवत् हुन्छन्, र ती उहाँले जुन सिद्धान्तहरूअनुसार काम गर्नुहुन्छ तीप्रति र उहाँको सारप्रति शत्रुवत् हुन्छन्। मानिसले यी कुराहरूको ज्ञान पाउन कठिन छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आफ्ना भ्रमित दृष्टिकोणहरू पहिचान गरेर मात्र साँचो रूपमा रूपान्तरित हुन सकिन्छ

आत्म-ज्ञानका पक्षहरू के-के हुन्छन्? पहिलो त आफ्नो बोली र क्रियाकलापहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकाश हुन्छन् भनी थाहा पाउनु हो। कहिलेकाहीँ, अहङ्कार प्रकाश हुन्छ, अरूबेलामा छलीपन प्रकाश हुन्छ, वा सायद दुष्टता, हठीपन, वा विश्‍वासघात, आदि प्रकाश हुन्छन्। त्यसबाहेक, जब कसैलाई केही आइपर्छ, तब उसले आफूसँग सत्यताअनुरूप नभएका कुनै अभिप्राय वा मनसायहरू छन् कि भनी हेर्न आफैलाई जाँच्नुपर्छ। उसले आफ्नो बोली वा क्रियाकलापमा परमेश्‍वरको प्रतिरोध गर्ने वा उहाँविरुद्ध विद्रोह गर्ने कुनै चिज छ कि भनेर पनि जाँच्नुपर्छ। खास गरी, उसले आफूमा बोझको बोध छ कि छैन र आफ्नो कर्तव्यको कुरा आउँदा ऊ बफादार छ कि छैन, उसले आफूलाई निष्कपट रूपमा परमेश्‍वरप्रति समर्पित गरिरहेको छ कि छैन, र ऊ कारोबारी वा झाराटारुवा बनिरहेको छ कि छैन भनेर जाँच्नुपर्छ। आत्म-ज्ञानको अर्थ आफूमा परमेश्वरबारे धारणा र कल्पनाहरू, अनर्गल मागहरू, वा गलतफहमी र गथासोहरू छन् कि छैनन्, र आफूमा समर्पित हुने मन छ कि छैन भनेर थाहा पाउनु पनि हो। यसको अर्थ परमेश्‍वरले योजनाबद्ध गर्नुहुने परिस्थिति, मानिस, घटना, र कामकुराहरूसँग व्यवहार गर्दा आफूले सत्यता खोज्न, परमेश्‍वरबाट आएको भनी स्विकार्न र परमेश्‍वरप्रति समर्पणको हृदय राख्न सक्छु कि सक्दिनँ भनेर थाहा पाउनु हो। यसको अर्थ आफूमा विवेक र समझ छ कि छैन र आफू सत्यताप्रेमी हो कि होइन भनी थाहा पाउनु हो। यसको अर्थ कसैले, कामकुराहरू आइपर्दा, ऊ त्यसप्रति समर्पित हुन्छ कि बहस गर्ने कोसिस गर्छ, र यी मामलाहरूसँग व्यवहार गर्दा ऊ धारणा र कल्पनाहरूमा भर पर्छ कि सत्यताको खोजीमा भर पर्छ भनी थाहा पाउनु हो। यो सबै आत्मज्ञानको दायरा हो। व्यक्तिले विभिन्‍न परिस्थिति अनि मानिस, घटना, र कामकुराहरूप्रति आफ्नो मनोवृत्तिलाई ध्यानमा राखेर सत्यतालाई प्रेम गर्छ कि गर्दैन र परमेश्‍वरमाथि साँचो आस्था राख्छ कि राख्दैन भनी चिन्तन गर्नुपर्छ। यदि कसैले आफ्नो भ्रष्ट स्वभावलाई चिन्न र परमेश्‍वरविरुद्ध आफ्नो विद्रोह कति ठूलो छ भनी देख्न सक्छ भने, उसको वृद्धि भएको हुनेछ। यसका साथै, परमेश्‍वरसँगको व्यवहार संलग्न भएका मामलाहरूमा, व्यक्तिले परमेश्‍वरको नाम र देहधारणलाई गरिने आफ्नो व्यवहारमा धारणाहरू, डर, वा समर्पण छ कि छैन, र विशेषगरी सत्यताप्रति उसको मनोवृत्ति कस्तो छ भनेर चिन्तन गर्नुपर्छ। व्यक्तिले आफ्ना कमीकमजोरीहरू, आफ्नो कद, र आफूमा सत्यता वास्तविकता छ कि छैन, साथै उसको पछ्याइ र उसले हिँड्ने मार्ग सही र परमेश्‍वरका अभिप्रायहरूअनुरूप छन् कि छैनन् भन्‍ने पनि थाहा पाउनुपर्छ। यी सबै मानिसहरूले थाहा पाउनुपर्ने कुराहरू हुन्। सारांशमा, आत्म-ज्ञानका विभिन्‍न पक्षहरूमा सारभूत रूपले निम्न कुराहरू पर्छन्: आफ्नो क्षमता उच्च छ कि न्यून भन्‍ने ज्ञान, आफ्नो चरित्रको ज्ञान, व्यक्तिका क्रियाकलापहरूका आशय र मनसायहरूको ज्ञान, आफूले प्रकट गर्ने भ्रष्ट स्वभाव र प्रकृति सारको ज्ञान, आफ्ना प्राथमिकताहरू र पछ्याइको ज्ञान, आफूले हिँड्ने मार्गको ज्ञान, कामकुराहरूबारे आफ्ना विचारहरूको ज्ञान, जीवन र मूल्य-मान्यताहरूबारे आफ्नो दृष्टिकोणको ज्ञान, साथै परमेश्‍वर र सत्यताप्रति आफ्नो मनोवृत्तिको ज्ञान। आत्म-ज्ञानमा मुख्यतया यिनै पक्षहरू पर्छन्।

—वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू (२)

आफैलाई चिन्नका निम्ति, तैँले तेरा आफ्‍नै भ्रष्टताका प्रकाशहरू, तेरो आफ्नै भ्रष्ट स्वभाव, तेरा आफ्नै महत्त्वपूर्ण कमजोरीहरू, र तेरो प्रकृति सारलाई चिन्नुपर्छ। तैँले तेरो दैनिक जीवनमा प्रकट हुने कुराहरू—तेरा अभिप्रायहरू, तेरा दृष्टिकोणहरू, र हरेक कुराबारे तेरो मनोवृत्ति—तिमी घरमा भए पनि बाहिर भए पनि, तँ जब भेला हुन्छस्, जब तैँले परमेश्‍वरका वचनहरू खाँदै र पिउँदै गरिरहेको हुन्छस्, वा तैँले सामना गर्ने प्रत्येक कुराको बारेमा एक-एक गरी तँलाई सम्पूर्ण रूपमा थाहा हुनुपर्छ। यी पक्षहरूद्वारा तैँले आफैलाई चिन्नुपर्छ। अवश्य पनि, आफैलाई गहिरो रूपमा चिन्‍नका निम्ति तैँले परमेश्‍वरका वचनहरू लागू गर्नुपर्छ; उहाँका वचनहरूको आधारमा आफैलाई चिनेर मात्र तैँले परिणामहरू प्राप्त गर्न सक्छस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। सत्यलाई पछ्याउनुको महत्त्व र सत्यता पछ्याउने मार्ग

पत्रुसले परमेश्‍वरका वचनको शोधनमार्फत र परमेश्‍वरले तिनलाई प्रदान गर्नुभएका विभिन्‍न परीक्षाहरूभित्रबाट आफैलाई चिन्‍न अनि आफूमा प्रकट भएको कुरा जाँच्न खोजे। जब पत्रुसले आफैलाई साँचो रूपमा बुझे, तब तिनले मानिसहरू कति गहन रूपमा भ्रष्ट भएका छन्, उनीहरू परमेश्‍वरको सेवा गर्नका निम्ति कति धेरै बेकम्मा र अयोग्य छन्, र उनीहरू परमेश्‍वरको सामु जिउन योग्य छैनन् भन्‍ने बुझे। त्यसपछि पत्रुस परमेश्‍वरको सामु लम्‍पसार परे। धेरै अनुभव प्राप्त गरेपछि, पत्रुसले यस्तो अनुभूति गरे, “परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा अनमोल कुरा हो! यदि म उहाँलाई चिन्‍नुभन्दा पहिले नै मरेँ भने, त्यो दुःखको कुरा हुनेछ; परमेश्‍वरलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण, अर्थपूर्ण कुरा हो। यदि मानिसले परमेश्‍वरलाई चिन्दैन भने, ऊ जिउन योग्य हुँदैन, ऊ पशुसरह हुन्छ, र ऊसित जीवन हुँदैन।” पत्रुसको अनुभव यो अवस्थामा पुगिसक्दा, तिनले आफ्नो स्वभाव चिनिसकेका थिए र तिनले यसबारेमा तुलनात्मक रूपमा राम्रो बुझाइ प्राप्त गरिसकेका थिए। सायद पत्रुसले आजका मानिसहरूले जस्तो यसको स्पष्ट वर्णन गर्न सकेनन्, तापनि उनी साँच्‍चै यो अवस्थामा पुगेका थिए। त्यसकारण, सत्यता पछ्याउने बाटोमा हिँड्नु र परमेश्‍वरद्वारा सिद्धता प्राप्त गर्नका लागि मानिसले परमेश्‍वरका वाणीहरूबाट आफ्नो स्वभावलाई चिन्‍नु आवश्यक हुन्छ, साथै आफ्‍नो स्वभावका विभिन्‍न पक्षहरू बुझ्नु र शब्दहरूमा त्यसको सही वर्णन गर्नु, स्पष्ट र सरल रूपमा बोल्नु आवश्यक हुन्‍छ। यो मात्रै आफूलाई साँचो रूपमा चिन्‍नु हो, र यसरी मात्रै परमेश्‍वरले चाहनुभएको परिणाम तैँले प्राप्त गरेको हुन्छस्। यदि तेरो ज्ञान अहिलेसम्म यस बिन्दुमा पुगेको छैन, तर तैँले आफैलाई चिनेको दाबी गर्छस् र तैँले जीवन प्राप्त गरेको छस् भनी भन्छस् भने, के तैँले सेखी गरिरहेको हुँदैनस् र? तैँले आफैलाई चिन्दैनस्, न त परमेश्‍वरको अगाडि तँ के होस्, तैँले मानव हुनुका मापदण्डहरू साँच्‍चै पूरा गरेको छस् कि छैनस् वा तँभित्र अझै पनि कसरी धेरै शैतानी तत्त्वहरू छन् भन्‍ने कुरा नै जान्दछस्। तँ कसको होस् भन्‍ने विषयमा तँ अझै पनि अस्पष्ट छस्, र तँसँग अझै पनि आफ्नै बारेमा कुनै ज्ञान छैन—त्यसैले परमेश्‍वरको सामु तँसँग कसरी तर्कशक्ति हुनसक्छ? जब पत्रुसले जीवनको खोजी गरिरहेका थिए, तिनले परीक्षाहरूको अवधिमा आफूलाई जाँच्न र आफ्नो स्वभाव बदल्‍नमा आफ्‍नो ध्यान केन्द्रित गरे, र तिनले परमेश्‍वरलाई चिन्‍ने प्रयास गरे। अनि अन्त्यमा तिनले सोचे, “मानिसहरूले जीवनमा परमेश्‍वरको ज्ञान खोज्नुपर्छ; उहाँलाई चिन्‍नु नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो। यदि म परमेश्‍वरलाई चिन्दिनँ भने, म मरेपछि शान्तिमा विश्राम गर्न सक्दिनँ। मैले उहाँलाई चिनेपछि, यदि परमेश्‍वरले मलाई मर्नुपर्छ भनी भन्‍नुभयो भने, मलाई सबैभन्दा ठूलो सन्तुष्टि मिलेको अनुभूति हुनेछ। म अलिकति पनि गुनासो गर्नेछैनँ, र मेरो सम्पूर्ण जीवन पूर्ण हुनेछ।” पत्रुसले परमेश्‍वरमा विश्‍वास गर्न थाल्नासाथ उनी यस स्तरको बुझाइ प्राप्त गर्न वा तुरुन्तै यस बिन्दुमा पुग्‍न सक्षम भएनन्; बरु उनले धेरैपटक परीक्षाहरूमार्फत गुज्रनुपर्‍यो। तिनले परमेश्‍वरलाई चिन्‍नुको महत्त्वलाई अनुभूति गर्नुभन्दा पहिले, तिनको अनुभव एक निश्‍चित विन्दुसम्‍म पुग्‍नुपर्थ्यो, र तिनले आफूलाई पूर्ण रूपमा बुझ्नुपर्थ्यो। त्यसकारण, पत्रुसले लिएको मार्ग सत्यता पछ्याउने र जीवन प्राप्त गर्ने अनि सिद्ध तुल्याइने मार्ग थियो। तिनको निश्‍चित अभ्यास मुख्य रूपमा यही पक्षमा केन्द्रित थियो।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। पत्रुसको मार्गमा कसरी हिँड्ने

यदि तेरो आत्मज्ञानमा सतही कुराहरूलाई हतार-हतार पहिचान गर्ने कार्य मात्र समावेश छ भने—यदि तैँले आफू अहङ्कारी र स्वधर्मी छु र आफूले परमेश्‍वरको विरुद्ध विद्रोह र प्रतिरोध गर्छु भनेर मात्र भन्छस् भने—यो साँचो ज्ञान होइन, यो त धर्मसिद्धान्त हो। तैँले यसमा तथ्यहरूलाई एकट्ठा गर्नुपर्छ: तैँले गलत अभिप्राय र दृष्टिकोण वा विकृत विचारहरू राखेका जुनसुकै कुराहरूलाई सङ्गति र विश्लेषण गर्न प्रकाशमा ल्याउनैपर्छ। यो मात्र आफूलाई वास्तवमै चिन्नु हो। तैँले आफ्ना कार्यहरूको आधारमा मात्र आफू बारे बुझाइ प्राप्त गर्नु हुँदैन; तैँले यसको मूल तत्त्वलाई बुझ्नैपर्छ र समस्याको जडलाई समाधान गर्नुपर्छ। समयको एक अवधि बितेर गएपछि, तैँले आफ्‍नै बारेमा चिन्तन गर्नुपर्छ र तैँले कुन-कुन समस्याहरू समाधान गरिस्, र कुन-कुन अझै बाँकी छन् भनी सारसङ्क्षेप गर्नैपर्छ। र त्यहाँ पनि, यी समस्यालाई समाधान गर्न तैँले सत्यता खोज्नैपर्छ। तँ निष्क्रिय हुनु हुँदैन, कामकुरा गर्न तँलाई सधैँ अरूले फुस्लाउनु, जोड गर्नु वा हात समातेर डोऱ्याउनु हुँदैन; तँसँग जीवन प्रवेशको तेरो आफ्नै बाटो हुनुपर्छ। तैँले भनेका र गरेका कुन-कुन कुराहरू सत्यतासँग मेल खाँदैनन्, तेरा अभिप्रायमध्ये कुन-कुन गलत छन्, र तैँले कुन-कुन भ्रष्ट स्वभावहरू प्रकट गरेको छस् भनी हेर्न आफैलाई बारम्बार जाँच गर्नैपर्छ। यदि तँ सधैँ यसरी अभ्यास र प्रवेश गर्छस्—यदि तँ आफैँबाट कडा मागहरू गर्छस् भने—तँ बिस्तारै सत्यता बुझ्न सक्षम हुनेछस्, र जीवन प्रवेश पाउनेछस्। जब तैँले साँच्चै सत्यता बुझ्छस्, तँ आफू वास्तवमा केही पनि होइनस् भन्‍ने देख्नेछस्। एकातिर, तँमा गम्भीर भ्रष्ट स्वभाव छ; अर्कोतिर, तँमा धेरै कमी छन्, र तँ कुनै पनि सत्यता बुझ्दैनस्। यदि एक दिन तँ साँच्‍चै यस्तो आत्मज्ञानी भइस् भने, तँ त्यस उप्रान्त अहङ्कारी हुन सक्षम हुनेछैनस्, र धेरै मामलाहरूमा तँमा समझ हुनेछ, र तँ समर्पित हुन सक्षम हुनेछस्। अहिलेको मुख्य कुरा के हो? धारणाहरूको सारको सङ्गति र विश्लेषणद्वारा, मानिसहरूले आफूले धारणाहरू बनाउनुको कारण बुझेका छन्; तिनीहरू केही धारणाहरू समाधान गर्न सक्षम छन्, तर यसको मतलब यो होइन कि तिनीहरू प्रत्येक धारणाको सार स्पष्ट रूपमा देख्न सक्छन्, यसको मतलब यो मात्र हो कि तिनीहरूसँग केही आत्म-ज्ञान छ, तर तिनीहरूको ज्ञान अझै पर्याप्त रूपमा गहिरो वा स्पष्ट छैन। अर्को शब्दमा भन्नुपर्दा, तिनीहरूले अझै पनि आफ्नो प्रकृति सार स्पष्ट रूपमा देख्न सक्दैनन्, न त तिनीहरूको हृदयमा कस्ता भ्रष्ट स्वभावहरूले जरा गाडेका छन् भनी देख्न नै सक्छन्। कुनै व्यक्तिले यसरी आफ्नो बारेमा कत्तिको ज्ञान प्राप्त गर्न सक्छ भन्‍ने कुराको सीमा हुन्छ। केही मानिसहरू भन्छन्, “मलाई थाहा छ कि मेरो स्वभाव अत्यन्तै अहङ्कारी छ—के यसको मतलब म आफैलाई चिन्छु भन्‍ने होइन र?” यस्तो ज्ञान अति सतही हुन्छ; यसले समस्या समाधान गर्न सक्दैन। यदि तँ साँच्चै आफैलाई चिन्छस् भने, तँ किन अझै पनि व्यक्तिगत उन्नति खोजिरहेको छस्, तँ किन अझै पनि हैसियत र विशिष्टताको लालसा गर्छस्? यसको मतलब तेरो अहङ्कारी प्रकृति निर्मूल भएको छैन। यसर्थ, परिवर्तनको सुरुवात तेरा बोली र कार्य पछाडिका विचार, दृष्टिकोण र अभिप्रायहरूबाट हुनुपर्छ। मानिसहरूले भन्‍ने धेरैजसो कुराहरू काँडादार र विषाक्त हुन्छन्, र तिनीहरूले प्रयोग गर्ने बोलीमा अहङ्कारको तत्त्व हुन्छ भन्‍ने कुरालाई के तिमीहरू स्विकार्छौ? तिनीहरूका बोली-वचनले तिनीहरूका अभिप्राय र व्यक्तिगत रायहरू बोक्छन्। अन्तर्दृष्टि भएकाहरूले यो सुन्दा यो खुट्ट्याउन सक्षम हुनेछन्। केही मानिसहरू आफ्नो अहङ्कार प्रकट नहुँदा प्रायजसो निश्चित रूपमा बोल्छन् र निश्चित अभिव्यक्तिहरू राख्छन्, तर अहङ्कार प्रकट हुँदा तिनीहरूको व्यवहार निकै फरक हुन्छ। कहिलेकाहीँ तिनीहरू आफ्नै उच्च-सुनिने विचारहरूका बारेमा बोलिरहन्छन्, कहिलेकाहीँ आफ्नो दाह्रा र नङ्ग्राहरू देखाउँछन् र आफ्नो टाउको ठड्याउँछन्। तिनीहरू आफूलाई पहाडको राजा ठान्छन् र यसमा शैतानको कुरूप अनुहारको खुलासा हुन्छ। हरेक व्यक्तिभित्र धेरै प्रकारका अभिप्राय र भ्रष्ट स्वभावहरू हुन्छन्। छली मानिसहरूले कुरा गर्दा आँखा झिम्काएर मानिसहरूलाई आफ्नो आँखाको कुनाबाट हेरे जस्तै—यी कार्यहरूमा भ्रष्ट स्वभाव लुकेको हुन्छ। कतिपय व्यक्तिहरू घुमाईफिराई बोल्छन्, र अरूले तिनीहरूको कुराको अर्थ के हो भनेर कहिल्यै जान्दैनन्। तिनीहरूका शब्दहरूभित्र सधैँ गुप्त अर्थ र जालझेलहरू हुन्छन्, तर बाहिरबाट हेर्दा तिनीहरू निकै शान्त र संयमित हुन्छन्। यस्ता मानिसहरू झन् छली हुन्छन्, र तिनीहरूलाई सत्यता स्विकार्न झन् गाह्रो हुन्छ। तिनीहरूलाई मुक्ति दिन निकै गाह्रो छ।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। मानिस नयाँ युगभित्र कसरी प्रवेश गर्छ

कतिपय मानिसले आफूलाई जान्‍नेबारे सङ्गति गर्दा, तिनीहरूको मुखबाट सुरुमा यो कुरा निस्कन्छ, “म दियाबलस, जिउँदो शैतान हुँ, परमेश्‍वरलाई विरोध गर्ने व्यक्ति हुँ। म उहाँविरुद्ध विद्रोह गर्छु र उहाँलाई धोका दिन्छु; म सर्प हुँ, श्रापित हुनुपर्ने दुष्ट व्यक्ति हुँ।” के यो आफूलाई साँचो रूपमा चिन्‍न हो? तिनीहरूले समग्रमा मात्रै बोल्छन्। किन तिनीहरू उदाहरणहरू दिँदैनन्? तिनीहरू आफूले गरेका लाजमर्दा कुराहरूलाई किन चिरफार गर्नका लागि बाहिर ल्याउँदैनन्? कतिपय समझ नभएका मानिस तिनीहरूको कुरा सुनेर सोच्छन्, “यो त साँचो आत्मज्ञान हो! तिनीहरू आफूलाई दियाबलसका रूपमा चिनेर आफूलाई सराप्न—तिनीहरू कति उचाइमा पुगिसकेका रहेछन्!” धेरै मानिसहरू, विशेष गरी नयाँ विश्‍वासीहरू यस्तो कुराद्वारा भ्रमित हुने सम्‍भावना हुन्छ। तिनीहरूले यस्तो बोल्‍ने व्यक्ति शुद्ध छ र उसमा आत्मिक बुझाइ छ, ऊ सत्यतालाई प्रेम गर्ने व्यक्ति हो, त्यसकारण नेतृत्व पदका लागि ऊ योग्य छ भन्‍ने सोच्छन्। तैपनि, तिनीहरूले त्यस व्यक्तिसँग केही समय कुराकानी गरिसकेपछि, वास्तविकता यो रहेनछ, त्यो व्यक्ति तिनीहरूले कल्‍पना गरेजस्तो रहेनछ, बरु अत्यन्तै झूटो र छली रहेछ, वास्तविकता लुकाउन र बहाना बनाउनमा सिपालु रहेछ भन्‍ने थाहा पाउँछन्, र यसले तिनीहरूलाई निकै खिन्‍न तुल्याउँछ। मानिसहरूले आफूलाई चिन्‍न सक्छन् भनेर कुन आधारमा भन्‍न सकिन्छ? हामीले तिनीहरूले बोलेको कुरालाई मात्रै ध्यान दिनु हुँदैन—मुख्य कुरा तिनीहरूले सत्यता अभ्यास र स्वीकार गर्न सक्छन् कि सक्दैनन् भन्‍ने हो। साँचो रूपमा सत्यता बुझ्‍ने मानिसहरूका हकमा भन्‍नुपर्दा, तिनीहरूमा आफूबारे साँचो ज्ञान हुने मात्र होइन, अझै महत्त्वपूर्ण कुरा त तिनीहरूले सत्यता अभ्यास पनि गर्न सक्छन्। तिनीहरूले आफ्‍नो साँचो बुझाइबारे बोल्ने मात्रै होइन आफूले भनेको कुरालाई साँचो रूपमा गर्न पनि सक्छन्। अर्थात्, तिनीहरूका बोलीवचन र व्यवहार पूर्णतया सुसङ्गत हुन्छन्। यदि तिनीहरूले बोलेको कुरा उचित र सहमतयोग्य सुनिन्छ, तर तिनीहरू बोलेको काम गर्दैनन्, र बोलेअनुसार जिउँदैनन् भने, यस तरिकाले तिनीहरू फरिसी बनेका हुन्छन्; तिनीहरू ढोङ्गी हुन्, आफूलाई साँचो रूपमा चिन्‍ने मानिसहरू हुँदै होइनन्। सत्यताबारे सङ्गति गर्दा धेरै मानिसहरू अत्यन्तै उचित सुनिन्छन्, तर आफूमा भ्रष्ट स्वभावको प्रकाश भएको तिनीहरूलाई थाहै हुँदैन। के यी मानिसहरू आफूलाई चिन्‍ने मानिसहरू हुन्? यदि मानिसहरूले आफूलाई चिनेका छैनन् भने, के तिनीहरू सत्यता बुझ्‍ने मानिसहरू हुन्? आफूलाई नचिन्‍ने मानिसहरू सत्यता नबुझ्‍ने मानिसहरू हुन्, र आत्मज्ञानका खोक्रा शब्‍दहरू बोल्‍ने मानिसहरूमा झूटो आत्मिकता हुन्छ, तिनीहरू ढँटुवा हुन्। कतिपय मानिसहरूले वचन र धर्मसिद्धान्तहरू बोल्दा निकै तर्कसङ्गत सुनिन्छन्, तर आत्मामा तिनीहरूको स्थिति स्तब्ध र सुस्त हुन्छ, तिनीहरूले केही बुझ्दैनन्, र कुनै समस्याप्रति पनि प्रतिक्रिया दिँदैनन्। तिनीहरू भावशून्य हुन्छन् भनेर भन्‍न सकिन्छ, तर कहिलेकहीँ, तिनीहरूको कुरा सुन्दा, तिनीहरूको आत्मा निकै प्रखर छ जस्तो देखिन्छ। उदाहरणको लागि, कुनै घटना घटेपछि, तिनीहरूले तुरुन्तै आफूलाई चिन्‍न सक्छन्: “अहिले भर्खरै मभित्र एउटा विचार प्रकट भएको छ। यसबारे विचार गर्दा, मलाई महसुस भयो कि यो त छली कार्य रहेछ, र मैले परमेश्‍वरलाई धोका दिइरहेको रहेछु।” तिनीहरूले यसो भनेको सुन्दा कतिपय अविवेकी मानिसहरूले डाहा गर्दै भन्छन्: “आफूमा भ्रष्टताको प्रकाश हुँदा यस व्यक्तिले तुरुन्तै महसुस गर्न सक्दो रहेछ र यसबारेमा खुलेर सङ्गति गर्न पनि सक्दो रहेछ। ऊ प्रतिक्रिया दिन छिटो रहेछ, उसको आत्मा प्रखर रहेछ, र ऊ हामीभन्दा राम्रो रहेछ। ऊ पक्‍कै पनि सत्यता पछ्याउने व्यक्ति हो।” के यो मानिसहरूलाई मापन गर्ने सही तरिका हो त? (होइन।) त्यसो भए, मानिसहरूले आफूलाई साँच्‍चै चिनेका छन् कि छैनन् भनेर मूल्याङ्कन गर्ने आधार के हो? तिनीहरूको मुखबाट निस्कने कुराहरू मात्रै हेर्नु हुँदैन। तिनीहरूमा साँच्‍चै के प्रकट हुन्छ त्यसलाई हेर्नुपर्छ। यसको सबैभन्दा सरल विधि भनेको तिनीहरूले सत्यता अभ्यास गर्न सक्छन् कि सक्दैनन् भनेर हेर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। सत्यता अभ्यास गर्ने तिनीहरूको क्षमताले तिनीहरू साँचो रूपमा आफूलाई चिन्छन् भन्‍ने प्रमाणित गर्छ, किनभने आफूलाई साँचो रूपमा चिन्‍नेहरूले पश्‍चात्ताप गर्छन्, र पश्‍चात्ताप नदेखाएसम्म मानिसहरूले आफूलाई साँचो रूपमा चिन्दैनन्। उदाहरणको लागि, कुनै व्यक्तिले आफू छली छु, युक्ति र षड्यन्त्रले भरिएको छु भन्‍ने जानेको हुन सक्छ, र अरूले छलीपन प्रकट गर्दा उसले बताउन पनि सक्छ। त्यसैले, उसले आफू छली भएको स्विकारेपछि, साँचो रूपमा पश्‍चात्ताप गरेर आफ्‍नो छलीपन हटाउँछ कि हटाउँदैन, त्यो हेर्। अनि उसमा फेरि छलीपन प्रकट भयो भने, उसलाई फेरि छली भएकामा आफूप्रति धिक्‍कार र लाज लाग्छ कि लाग्दैन, उसले साँच्‍चै पछुतो गर्छ कि गर्दैन त्यसलाई हेर। यदि उसमा लाजको कुनै बोध पनि हुँदैन र उसले पश्‍चात्ताप पनि गर्दैन भने, उसको आत्मज्ञान सतही, र लटरपटर गरिएको कुरा मात्रै हुन्छ। उसले झारा मात्रै टारिरहेको हुन्छ; उसको ज्ञान साँचो हुँदैन। उसलाई छल त्यस्तो दुष्ट वा पिशाची कुरा हो भन्‍ने अनुभूति हुँदैन, र उसलाई निश्चय नै छल भनेको कति निर्लज्ज र नीच व्यवहार हो भन्‍ने अनुभूति हुँदैन। ऊ सोच्छ, “मानिसहरू सबै छली हुन्छन्। मूर्खहरू मात्र छली हुँदैनन्। अलिकति छली हुँदैमा तिमी खराब व्यक्ति हुँदैनौ। मैले दुष्टता गरेको छैनँ; म सबैभन्दा छली व्यक्ति होइन।” के यस्तो व्यक्तिले साँचो रूपमा आफूलाई चिन्‍न सक्छ? कदापि सक्दैन। किनकि उसलाई आफ्नो छली स्वभावबारे ज्ञान हुँदैन, उसले छललाई घृणा गर्दैन, र आत्मज्ञानबारे उसले भन्‍ने सबथोक ढोँग र खोक्रो कुरा मात्र हुन्। आफ्ना भ्रष्ट स्वभावहरू नचिन्‍नु साँचो आत्मज्ञान होइन। छली मानिसहरूले साँचो रूपमा आफूलाई चिन्‍न नसक्नुको कारण के हो भने, तिनीहरूका लागि सत्यता स्विकार्नु सजिलो कुरा होइन। त्यसैले, तिनीहरूले जति नै वचन र धर्मसिद्धान्त ओकल्न सक्ने भए पनि, तिनीहरू साँचो रूपमा परिवर्तन हुनेछैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। आत्मज्ञानले मात्रै सत्यता पछ्याउन सहयोग गर्छ

आफ्नो भ्रष्ट स्वभावको सार चिन्‍नु साधारण काम होइन। आफूलाई चिन्‍नु भनेको “म भ्रष्ट व्यक्ति हुँ; म दियाबलस हुँ; म शैतानको सन्तान हुँ, ठूलो रातो अजिङ्गरको बच्‍चा हुँ; म परमेश्‍वरप्रति प्रतिरोधी र शत्रुवत् छु; म उहाँको शत्रु हुँ” भनेर समग्रमा भन्‍नु मात्र होइन। त्यस्तो कुरा गर्दैमा तैँले आफ्‍नो भ्रष्टताको बारेमा साँचो ज्ञान पाएको छस् भन्‍ने हुँदैन। तैँले अरू कसैबाट यी शब्‍दहरू सिकेको हुन सक्छस् र तँलाई आफ्‍नो बारेमा त्यति धेरै थाहा नहुन सक्छ। साँचो आत्मज्ञान मानिसको सिकाइ वा मूल्याङ्कनमा आधारित हुँदैन, यो त परमेश्‍वरका वचनहरूमा आधारित हुन्छ—यो त भ्रष्ट स्वभावको कारण सिर्जित परिणामहरू र त्यसैको कारण आफूले भोगेका कष्टहरू देख्‍नु, र भ्रष्ट स्वभावले कसरी आफूलाई मात्रै होइन, अरूलाई पनि हानि गर्छ भन्‍ने अनुभव गर्नु हो। यो त भ्रष्ट स्वभावहरू शैतानबाट आउँछन्, ती शैतानको विष र दर्शनहरू हुन्, र ती सत्यता र परमेश्‍वरप्रति पूर्ण विरोधी हुन्छन् भन्‍ने तथ्य देख्‍नु हो। जब तैँले यो समस्या देखिसकेको हुन्छस्, तब आफ्‍नो भ्रष्ट स्वभावलाई पनि जानिसकेको हुन्छस्। कतिपय मानिसहरूले आफू दियाबलस र शैतान भएको कुरा स्वीकार गरेपछि पनि, काटछाँट हुन स्वीकार गर्दैनन्। तिनीहरूले कुनै गलत काम गरेको वा सत्यता उल्‍लङ्घन गरेको कुरा स्वीकार गर्दैनन्। तिनीहरूको कुराचाहिँ के हो त? तिनीहरूले अझै पनि आफूलाई चिनेका हुँदैनन्। कतिपय मानिसहरूले आफू दियाबलस र शैतान हुँ भन्छन्, तर तिनीहरूलाई “किन आफूलाई दियाबलस र शैतान भन्‍नुभएको?” भनेर सोधियो भने तिनीहरूले जवाफ दिन सक्दैनन्। यसले के देखाउँछ भने, तिनीहरूले आफ्‍नो भ्रष्ट स्वभाव, वा आफ्‍नो प्रकृति सार चिनेका हुँदैनन्। यदि तिनीहरूले तिनीहरूको प्रकृति दियाबलसको प्रकृति हो, तिनीहरूको भ्रष्ट स्वभाव शैतानको स्वभाव हो भनेर देख्थे, र त्यसैले तिनीहरू दियाबलस शैतान हुन् भनेर स्विकार्न सक्थे भने, तिनीहरूले अन्त्यमा आफ्‍नै प्रकृति सार चिन्‍न सक्थे। साँचो आत्मज्ञान परमेश्‍वरका वचनहरूको खुलासा, न्याय, अभ्यास र अनुभवबाट हासिल हुन्छ। यो कुरा सत्यता बुझेर हासिल हुन्छ। यदि व्यक्तिले सत्यता बुझ्दैन भने, उसले आफ्‍नो आत्मज्ञानको बारेमा जे भने पनि, यो खोक्रो र अव्यवहारिक हुन्छ, किनभने उसले मूलभूत र तात्त्विक कुराहरू पत्ता लगाउन वा बुझ्‍न सक्दैन। व्यक्तिले आफूलाई चिन्‍नको लागि, उसले खास परिस्थितिहरूमा के-कस्ता भ्रष्ट स्वभावहरू प्रकट गर्‍यो, उसको अभिप्राय के थियो, उसले कसरी व्यवहार गर्‍यो, कुन कुराले ऊ अशुद्ध बन्यो, र उसले किन सत्यता स्विकार्न सकेन भन्‍ने कुरा मान्‍नुपर्छ। उसले यी कुराहरूलाई स्पष्ट रूपमा उल्‍लेख गर्न सक्‍नुपर्छ, अनि मात्रै उसले आफूलाई चिन्‍न सक्छ। जब कतिपय मानिसहरूलाई काटछाँट हुनुपर्ने अवस्था आइपर्छ, तब तिनीहरूले सत्यताप्रति प्रतिकूल रहेको, तिनीहरूमा परमेश्‍वरबारे शङ्का र गलतफहमीहरू रहेको, र तिनीहरू उहाँप्रति रक्षात्मक अवस्थामा रहने गरेको कुरा स्विकार्छन्। तिनीहरूले मानिसलाई न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरू सबै वास्तविकता हुन् भन्‍ने कुरा पनि स्वीकार गर्छन्। यसले तिनीहरूमा केही न केही आत्मज्ञान छ भन्‍ने कुरा देखाउँछ। तर तिनीहरूसँग परमेश्‍वर वा उहाँको कामको ज्ञान नहुने हुनाले र तिनीहरूले उहाँका अभिप्रायहरू नबुझ्‍ने भएकाले, तिनीहरूको यो आत्मज्ञान निकै सतही हुन्छ। यदि कसैले आफ्‍नो भ्रष्टता मात्रै स्वीकार गर्छ तर उसले समस्याको जड पत्ता लगाएको छैन भने, के परमेश्‍वरसम्‍बन्धी उसको शङ्का, गलतफहमी, र सतर्कता समाधान गर्न सकिन्छ? अहँ, सकिँदैन। त्यसकारण आत्मज्ञान भनेको आफ्‍नो भ्रष्टता र समस्या स्वीकार गर्नु मात्रै होइन—उसले सत्यता बुझेर आफ्नो भ्रष्ट स्वभावको समस्या जराबाटै समाधान गर्नुपर्छ। व्यक्तिले आफ्‍नो भ्रष्टताको सत्यता देख्‍ने र साँचो पश्‍चात्ताप हासिल गर्ने एउटै मात्र उपाय यही हो। जब सत्यतालाई प्रेम गर्नेहरूले अन्ततः आफूलाई चिन्‍न पुग्छन्, तब तिनीहरू आफ्‍ना समस्याहरू समाधान गर्नहेतु सत्यता खोज्‍न र बुझ्‍न पनि सक्षम बन्छन्। यस्तो आत्मज्ञानले मात्रै परिणामहरू प्राप्त हुन्छ। सत्यतालाई प्रेम गर्ने व्यक्तिले जब मानिसलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरूको कुनै वाक्यांश पढ्छ, तब अरू कुनै कुराभन्दा पहिले, उसले मानिसलाई खुलासा गर्ने उहाँका वचनहरू वास्तविक र तथ्यगत छन्, र मानिसलाई न्याय गर्ने परमेश्‍वरका वचनहरू सत्यता हुन्, र ती वचनले उहाँको धार्मिकता प्रतिनिधित्व गर्छन् भन्‍ने विश्‍वास गर्छ। सत्यतालाई प्रेम गर्नेले कम्तीमा पनि यो कुरा पहिचान गर्न सक्‍नुपर्छ। यदि कसैले परमेश्‍वरको वचनमा विश्‍वाससमेत गर्दैन, र मानिसहरूलाई खुलासा र न्याय गर्ने परमेश्‍वरका वचनहरू तथ्य र सत्यता हुन् भन्‍ने कुरामा विश्‍वास गर्दैन भने, के उसले उहाँका वचनहरूमार्फत आफूलाई चिन्‍न सक्छ? अवश्य सक्दैन—तिनीहरूले चाहे पनि, त्यसो गर्न सक्दैनन्। यदि तँ परमेश्‍वरका सबै वचनहरू सत्यता हुन् भन्‍ने विश्‍वासमा दृढ रहन, र परमेश्‍वरले जे भन्‍नुभए पनि वा जसरी भन्‍नुभए पनि ती सबैमा विश्‍वास गर्न सक्छस् भने, यदि तैँले परमेश्‍वरका वचनहरू नबुझे पनि ती वचनहरूलाई विश्‍वास गर्न र स्विकार्न सक्छस् भने, तैँले ती वचनहरूमार्फत आफ्‍नो बारेमा मनन गर्न र आफूलाई चिन्‍न सहज हुनेछ। आत्मचिन्तन सत्यतामै आधारित हुनुपर्छ। यसमा कुनै शङ्का छैन। परमेश्‍वरका वचनहरू मात्रै सत्यता हुन्—मानिसका र शैतानका कुनै पनि वचनहरू सत्यता होइनन्। शैतानले मानवजातिलाई हरप्रकारका सिकाइ, शिक्षा, र सिद्धान्तहरूद्वारा हजारौँ वर्षदेखि भ्रष्ट तुल्याउँदै आएको छ, र मानिसहरू यति भावशून्य र सुस्त बनेका छन् कि तिनीहरूमा आफ्‍नो बारेमा कति पनि ज्ञान हुँदैन, र तिनीहरूले विधर्म र भ्रमहरूसमेत अङ्गाल्छन् र सत्यता स्विकार्न मान्दैनन्। त्यस्ता मानिसहरूलाई छुटकारा दिन सकिँदैन। परमेश्‍वरमा साँचो विश्‍वास गर्ने मानिसहरूले मात्रै उहाँका वचनहरू सत्यता हुन् भनेर विश्‍वास गर्छन्, परमेश्‍वरका वचनहरू र सत्यताका आधारमा आफूलाई चिन्‍न सक्छन्, अनि यसरी साँचो पश्‍चात्ताप हासिल गर्न सक्छन्। कतिपय मानिसहरूले सत्यता पछ्याउँदैनन्; तिनीहरूले आफ्नो आत्मचिन्तन मानिसको सिकाइमा मात्रै आधारित गर्छन्, र तिनीहरूले पापी व्यवहार स्विकार्नेबाहेक अरू केही गर्दैनन्, र यस क्रममा तिनीहरूले आफ्‍नै भ्रष्ट सार पहिचान गर्न सक्दैनन्। त्यस्तो आत्मज्ञान व्यर्थको प्रयास हो र यसले कुनै परिणाम ल्याउँदैन। व्यक्तिले आफ्‍नो आत्मचिन्तन परमेश्‍वरका वचनहरूमा आधारित गर्नुपर्छ, अनि चिन्तन गरेपछि आफूले प्रकट गरेका भ्रष्ट स्वभावहरू क्रमिक रूपमा पहिचान गर्नुपर्छ। व्यक्तिले आफ्‍ना कमीहरू, आफ्‍नो मानवता सार, आफ्नो दृष्टिकोण, जीवनसम्‍बन्धी आफ्ना विचार र मूल्य-मान्यताहरूलाई सत्यताको आधारमा मापन गरेर चिन्‍न सक्‍नुपर्छ, त्यसपछि यी सबै कुराहरूबारे सही मूल्याङ्कन र निर्णय गर्नुपर्छ। यसरी, तिनीहरूले आफ्‍नो बारेमा क्रमिक रूपमा ज्ञान हासिल गर्न सक्छन्। तर व्यक्तिले जीवनमा अझै धेरै अनुभव बटुल्दै जाँदा उसको आत्मज्ञान अझै गहन हुँदै जान्छ, र व्यक्तिले सत्यता प्राप्त गर्नुभन्दा पहिले, आफ्‍नो प्रकृति सारलाई पूर्ण रूपमा देख्‍नु असम्‍भव नै हुन्छ। यदि कुनै व्यक्तिले आफूलाई साँचो रूपमा चिनेको छ भने, उसले भ्रष्ट मानवहरू साँच्‍चै नै शैतानका सन्तान र मूर्तरूप हुन् भनेर देख्‍न सक्छन्। तिनीहरूले आफू परमेश्‍वरको अघि जिउन, र उहाँको प्रेम र मुक्ति पाउन लायक नरहेको महसुस गर्नेछन्, र तिनीहरू उहाँको अघि पूर्ण रूपमा लम्पसार पर्न सक्षम हुनेछन्। त्यस्तो हदको ज्ञान हुने मानिसहरूले मात्रै आफूलाई साँचो रूपमा चिन्‍न सक्छन्।

—वचन, खण्ड ६। सत्यताको पछ्याइमा। सत्यता पछ्याउनु भनेको के हो (१)

अब तिमीहरूसँग आफूले प्रकट गर्ने भ्रष्ट स्वभावबारे केही समझ छ। एकपटक तिमीहरूले कुन-कुन भ्रष्ट कुराहरू अझै पनि नियमित रूपमा प्रकट गर्न सक्छौ अनि सत्यतासँग नमिल्‍ने के-कस्ता कामहरू अझै पनि गर्न सक्छौ भनेर स्पष्ट रूपमा देख्न सक्षम भएपछि, तिमीहरूको भ्रष्ट स्वभावलाई धुन सहज हुनेछ। धेरै मामलाहरूमा किन मानिसहरूले आफूलाई काबुमा राख्‍न सक्दैनन्? किनभने हरपल र हर हिसाबमा, तिनीहरूलाई तिनीहरूको भ्रष्ट स्वभावले नियन्त्रण गरिरहेको हुन्छ, जसले तिनीहरूलाई हर कुरामा सिमित तुल्याइरहेको र बाधा दिइरहेको हुन्छ। सबै कुरा ठिकै हुँदा, र ठोकर नखाँदा वा नकारात्मक नहुँदा, केही मानिसहरूले सधैँ आफूसँग कद भएको महसुस गर्छन्, र दुष्ट व्यक्ति, झूटो अगुवा, वा ख्रीष्टविरोधीको प्रकाश हुँदा र निकालिँदा, त्यो ठूलो कुरा होइन भन्‍ने सोच्छन्। तिनीहरूले सबैसामु धाकसमेत लगाउनेछन्, “अरू जोकोहीले पनि ठोकर खान सक्ला, तर म ठोकर खादिनँ। अरू कसैले परमेश्‍वरलाई प्रेम नगर्ला, तर म त गर्छु।” तिनीहरूले हर अवस्था वा परिस्थितिमा आफू गवाहीमा दह्रिलो गरी खडा हुन सक्छु भन्‍ने सोच्छन्। अनि नतिजा के हुन्छ? एक दिन तिनीहरूलाई जाँचिन्छ र तिनीहरूले परमेश्‍वरको बारेमा गुनासो र गनगन गर्छन्। के यो असफल हुनु अनि ठोकर खानु होइन र? मानिसहरूलाई जाँचले जत्तिको अरू कुनै कुराले पनि प्रकाश गर्दैन। परमेश्‍वरले मानिसको अन्‍तस्‍करणको छानबिन गर्नुहुन्छ, र मानिसहरूले कहिल्यै धाक लगाउनु हुँदैन। तिनीहरूले जे कुराको धाक लगाउँछन्, ढिलोचाँडो, एकदिन तिनीहरूले त्यही कुरामा ठोकर खानेछन्। जब अरूहरूले कुनै निश्चित परिस्थितिमा ठोकर खाएको र असफल भएको देख्छन्, तिनीहरू यसलाई ठूलो कुरा मान्दैनन्, र तिनीहरू आफैले कुनै गलत काम गर्न सक्दैनन्, तिनीहरू दह्रिलोसित खडा हुन सक्‍नेछन् भन्‍नेसमेत सोच्छन्—तर तिनीहरू पनि आखिर उही परिस्थितिमा ठोकर खान र असफल हुन पुग्छन्। यो कसरी हुन सक्छ? किनभने मानिसहरूले आफ्नो प्रकृति सारलाई पूर्ण रूपमा बुझ्दैनन्; आफ्नो प्रकृति सारसम्बन्धी समस्याबारे उनीहरूको ज्ञान अझै पनि त्यति गहन हुँदैन, त्यसैले सत्यलाई अभ्यास गर्नका निम्ति उनीहरूले कडा परिश्रम गर्नुपर्ने हुन्छ। उदाहरणको लागि, कतिपय मानिसहरू अति छली, बोली र कार्यमा बेइमान हुन्छन्, तापनि यदि तैँले उनीहरूको भ्रष्ट स्वभाव कुन सम्बन्धमा अति गम्भीर छ भनेर सोधिस् भने उनीहरू यति मात्रै भन्छन्, “म थोरै छली छु।” उनीहरूले आफू थोरै छली छु भनेर मात्र भन्छन्, तर उनीहरूको प्रकृति आफैमा छली छ भनेर भन्दैनन्, र उनीहरू छली व्यक्ति हुन् भनेर भन्दैनन्। आफ्नो भ्रष्ट प्रकृतिको बारेमा तिनीहरूको ज्ञान त्यत्ति गहन हुँदैन, र तिनीहरू त्यसलाई गम्भीर रूपमा हेर्दैनन्, न त अरूले जस्तो त्यसलाई पूर्ण रूपमा नै हेर्छन्। अरूको दृष्टिकोणबाट हेर्दा यो व्यक्ति अति छली र अति धूर्त छ, र उनीहरूले बोल्ने हरेक कुरामा चालबाजी हुन्छ, र उनीहरूका वचन र काम कहिल्यै इमानदार हुँदैनन् भन्‍ने देख्छन्—तर त्यस व्यक्तिले आफैलाई त्यत्ति गहन रूपमा चिन्‍न सक्दैन। उनीहरूमा हुने कुनै पनि ज्ञान केवल सतही हुन्छ। जब-जब उनीहरू बोल्छन् र कार्य गर्छन्, उनीहरूले आफ्नो प्रकृतिको कुनै भाग प्रकट गर्छन्, तापनि उनीहरू त्यसबारे अनजान हुन्छन्। तिनीहरूले त्यस्तो व्यवहार गर्नु भ्रष्टताको प्रकटीकरण होइन, तिनीहरूले पहिल्यै सत्यता अभ्यास गरिसकेका छन् भन्‍ने विश्‍वास गर्छन्—तर अवलोकन गर्ने मानिसहरूका लागि, यस्ता मानिसहरू निकै कपटी र छली हुन्छन् र तिनीहरूका बोलीवचन र व्यवहार अत्यन्तै बेइमान हुन्छन्। भन्‍नुको मतलब, मानिसहरूसँग आफ्नै प्रकृतिको बारेमा अति नै सतही बुझाइ हुन्छ, र यो बुझाइ अनि तिनीहरूको न्याय र खुलासा गर्ने परमेश्‍वरका वचनहरूको बीचमा ठूलो भिन्‍नता हुन्छ। यो परमेश्‍वरले प्रकाश गर्नुहुने कुरामा हुने गल्ती होइन, बरु आफ्नै प्रकृतिको बारेमा मानिसमा रहेको पर्याप्त गहन बुझाइको कमी हो। मानिसहरूमा आफ्नै बारेमा आधारभूत वा आवश्यक बुझाइ छैन; यसको सट्टामा, तिनीहरूले आफ्ना कार्यहरू र बाहिरी प्रकटीकरणहरू चिन्‍नमा आफ्नो ध्यान केन्द्रित गर्छन् र ऊर्जा खर्चन्छन्। यदि केही मानिसहरूले कहिलेकहीँ आफ्नो स्व-ज्ञानबारे केही भन्‍न सक्छन् भने पनि त्यो त्यत्ति गहन हुनेछैन। तिनीहरूले कुनै निश्‍चित प्रकारको कार्य गरेकोले वा कुनै निश्‍चित कुरा प्रकट गरेकोले, तिनीहरू कुनै निश्‍चित प्रकारको व्यक्ति भएका हुन् वा तिनीहरूमा कुनै निश्‍चित प्रकारको प्रकृति छ भनी कुनै व्यक्तिले कहिल्यै सोचेको छैन। परमेश्‍वरले मानिसको प्रकृति र सार खुलासा गर्नुभएको छ, तर मानिसहरूले के बुझ्छन् भने तिनीहरूको काम गर्ने र बोल्ने तरिकाहरू त्रुटिपूर्ण र दोषपूर्ण छन्; परिणामस्वरूप, तुलनात्मक रूपमा तिनीहरूलाई सत्यताको अभ्यास गर्न कठिन हुन्छ। मानिसहरूले तिनीहरूका गल्तीहरू तिनीहरूको प्रकृतिको प्रकटीकरण नभएर लापरवाहीसाथ प्रकट हुने क्षणिक प्रकटीकरण मात्रै हुन् भनी सोच्छन्। जब मानिसहरूले यसरी विचार गर्छन्, तब तिनीहरूले आफूलाई साँचो रूपमा चिन्‍नु औधी गाह्रो हुन्छ, र सत्यता बुझ्‍नु र अभ्यास गर्नु पनि औधी गाह्रो हुन्छ। किनकि तिनीहरूले सत्यता जान्दैनन् र त्यसको तृष्णा गर्दैनन्, सत्यताको अभ्यास गर्दा तिनीहरूले लापरवाहीको साथ नीतिहरू पालन मात्रै गर्छन्। मानिसहरू तिनीहरूका आफ्नै प्रकृतिलाई अत्यन्तै नराम्रो भएको ठान्दैनन्, र तिनीहरू नाश पार्नु वा दण्ड दिनु पर्न हदसम्मको खराब छैनन् भनी विश्‍वास गर्छन्। तैपनि परमेश्‍वरका मापदण्डहरूअनुसार, मानिसहरू अति नै गहन रूपमा भ्रष्ट तुल्याइएका छन्, तिनीहरू अझै पनि मुक्तिको मापदण्डहरूभन्दा धेरै टाढा छन्, किनकि तिनीहरूसित सत्यतालाई बाह्य रूपमै उल्लङ्घन नगर्ने जस्तो देखिने केही दृष्टिकोणहरू मात्र हुन्छन्, र वास्तवमा, तिनीहरू सत्यता अभ्यास गर्दैनन् र परमेश्‍वरप्रति समर्पित हुँदैनन्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

यदि आफ्नै बारेमा मानिसहरूको ज्ञान अत्यन्तै कम छ भने, तिनीहरूलाई समस्याहरू समाधान गर्न असम्भव हुनेछ, र तिनीहरूको जीवन स्वभाव पूर्ण रूपले परिवर्तन हुनेछैन। आफैलाई एक गहन स्तरमा जान्‍नु जरुरी हुन्छ, जसको अर्थ आफ्नो वास्तविक प्रकृति जान्‍नु हो: त्यो प्रकृतिमा कुन-कुन तत्त्वहरू समावेश हुन्छन्, ती कुराहरू कसरी उत्पन्‍न भए, र ती कहाँबाट आए। यसबाहेक, के तँ साँच्चै ती कुराहरूलाई घृणा गर्न सक्छस्? के तैँले आफ्नै घिनलाग्दो प्राण र तेरो दुष्ट प्रकृतिलाई देखेको छस्? यदि तैँले आफ्नै बारेमा रहेको सत्यतालाई देख्न सक्छस् भने, तैँले आफैलाई घृणा गर्नेछस्। जब तैँले आफैलाई घृणा गर्छस् र परमेश्‍वरको वचनलाई अभ्यास गर्छस्, तब गाह्रो हुन्छ भन्‍ने विश्‍वास नगरी तैँले देहविरुद्ध विद्रोह गर्न र सत्यलाई अघि बढाउने सामर्थ्य पाउनेछस्। किन धेरै मानिसहरू आफ्ना देहगत रुचिहरूका पछि लाग्छन्? किनकि तिनीहरूले आफैलाई अति असल ठान्छन्, तिनीहरूका कार्यहरू सही र उचित छन्, तिनीहरूमा कुनै दोष छैन र तिनीहरू पूर्ण रूपमा सही समेत छन् भन्‍ने महसुस गर्छन्, त्यसैले तिनीहरूले न्याय तिनीहरूकै पक्षमा छ भन्‍ने मान्यतासहित काम गर्न सक्छन्। जब व्यक्तिले आफ्नो वास्तविक प्रकृति के हो—कति घिनलाग्दो, कति तुच्छ र कति दयनीय छ भनी बुझ्दछ—तब ऊ आफैप्रति धेरै घमण्ड गर्दैन, अति अहङ्कारी हुँदैन, र पहिलेको जस्तै आफूसँग त्यति प्रसन्‍न हुँदैन। यस्तो व्यक्तिले यस्तो महसुस गर्छ, “परमेश्‍वरका केही वचनहरू अभ्यास गर्नमा म गम्भीर र व्यावहारिक हुनुपर्छ। यदि होइन भने, म मानिस बन्‍नुको मापदण्डको स्तरसम्म पुग्दिन, र परमेश्‍वरको उपस्थितिमा जिउन लज्जित हुनेछु।” तब मात्र व्यक्तिले आफैलाई तुच्छ, साँच्चै महत्त्वहीन देख्दछ। यस बेला, सत्य पालन गर्न व्यक्तिलाई सजिलो हुन्छ, र मानिस जस्तो हुनुपर्छ ऊ त्यस्तै देखिन थाल्‍नेछ। मानिसहरूले आफैलाई साँच्चै घृणा गरे भने मात्र तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्छन्। यदि तिनीहरूले आफैलाई घृणा गर्दैनन् भने, तिनीहरूले देहविरुद्ध विद्रोह गर्न सक्‍नेछैनन्। आफैलाई साँचो रूपमा घृणा गर्नु सानोतिनो कुरा होइन। तिनमा भेट्टाइनुपर्ने कुराहरू धेरै हुन्छन्: पहिलो, आफ्नै प्रकृतिलाई जान्‍नु; र दोस्रो, आफूलाई अभावग्रस्त र दयनीय अवस्थाको देख्‍नु, आफैलाई अत्यन्तै सानो र नगण्य रूपमा देख्नु, र आफ्नै दयनीय र फोहोर प्राणलाई देख्नु। जब व्यक्तिले वास्तवमा ऊ के हो भनेर पूर्ण रूपमा बुझ्दछ, र यो नतिजा हासिल हुन्छ, तब उसले आफ्नै बारेमा साँचो ज्ञान प्राप्त गर्दछ, र व्यक्तिले आफैलाई पूर्ण रूपमा चिनेको छ भनी भन्‍न सकिन्छ। तब मात्र व्यक्तिले आफैलाई घृणा गर्न सक्दछ यहाँसम्म कि उसले आफैलाई सराप्छ, र शैतानले उसलाई गम्भीर रूपमा भ्रष्ट पारेकोले ऊ मानिस जस्तो समेत देखिँदैन भन्‍ने उसले महसुस गर्छ। अनि एक दिन, जब मृत्युको खतरा देखा पर्दछ, त्यस्तो व्यक्तिले सोच्‍नेछ, “यो परमेश्‍वरको धर्मी दण्ड हो। परमेश्‍वर साँच्चै धर्मी हुनुहुन्छ; म साँच्चै मर्नुपर्छ!” यस्तो अवस्थामा उसले कुनै गुनासो गर्नेछैन, परमेश्‍वरलाई दोष लगाउने त परै जाओस्, अनि उसले आफू अभावग्रस्त र दयनीय, अति फोहोर र भ्रष्ट भएकोले परमेश्‍वरले उसलाई हटाइनुपर्छ र नाश पार्नुपर्छ, र उसको जस्तो प्राण पृथ्वीमा जिउन योग्यको छैन भन्‍ने मात्र महसुस गर्छ। त्यसकारण, यस व्यक्तिले परमेश्‍वरको बारेमा गुनासो वा विरोध गर्नेछैन, उहाँको विश्‍वासघात गर्ने कुरा त परै जाओस्।

—वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन

सम्बन्धित अनुभवात्मक गवाहीहरू

तथाकथित आत्मज्ञान

सम्बन्धित भजनहरू

परमेश्‍वरका वचनहरूअनुसार आफूलाई बुझ

अघिल्लो: ३. परमेश्‍वरको न्याय र सजाय कसरी अनुभव गर्ने

अर्को: ५. कसरी आफूलाई चिन्ने र आफ्ना भ्रष्ट स्वभावहरू फाल्ने

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्