668 परमेश्वरद्वारा मानिसको शोधन सबैभन्दा अर्थपूर्ण हुन्छ
पद १
मानिसको स्थिति र परमेश्वरप्रतिको मनोवृत्तिको सामना गर्दा, उहाँले एउटा
नयाँ काम गर्नुभएको छ, ताकि मानिसले
उहाँको ज्ञान, उहाँप्रति आज्ञापालन, प्रेम र उहाँको
गवाही सबै पाउन सकोस्।
पूर्व कोरस १
तसर्थ मानिसले उहाँको शोधन साथै न्याय, निराकरण
र काट-छाँट अनुभव गर्नै पर्छ, जुन बिना
मानिसले उहाँलाई कहिल्यै जान्न, साँच्चै प्रेम गर्न र
उहाँको साक्षी दिन सक्ने थिएन।
कोरस
उहाँको शोधन एकतर्फी प्रभावको खातिर
मात्र नभई बहु-पक्षीय प्रभावको खातिर हो।
यसरी मात्र उहाँ सत्यता खोज्न इच्छुकको शोधन गर्नुहुन्छ,
ताकि तिनको संकल्प र उहाँप्रतिको प्रेम,
उहाँद्वारै सिद्ध पारिनेछ।
ओह … उहाँद्वारै सिद्ध पारिनेछ।
पद २
सत्यता र उहाँको तृष्णा गर्नेलाई यस्तो शोधन निकै अर्थपूर्ण हुन्छ।
शोधन दौरान उहाँ धर्मी स्वभाव र माग सार्वजनिक गर्नुहुन्छ।
र थप अन्तर्दृष्टि र थप वास्तविक काट-छाँट र निराकरण गर्नुहुन्छ।
पूर्व कोरस २
सत्य र तथ्यको तुलना गर्नुभई,
मानिसलाई उसको बारे अझ बढी ज्ञान दिनुहुन्छ,
सत्यताको अझ बढी ज्ञान दिनुहुन्छ,
र उहाँको इच्छाको अझ बढी बुझाइ दिनुहुन्छ,
यसरी मानिसले उहाँलाई अझ साँचो र शुद्ध प्रेम गर्ने तुल्याउनुहुन्छ।
कोरस
उहाँको शोधन एकतर्फी प्रभावको खातिर
मात्र नभई बहु-पक्षीय प्रभावको खातिर हो।
यसरी मात्र उहाँ सत्यता खोज्न इच्छुकको शोधन गर्नुहुन्छ,
ताकि तिनको संकल्प र उहाँप्रतिको प्रेम,
उहाँद्वारै सिद्ध पारिनेछ।
ओह … उहाँद्वारै सिद्ध पारिनेछ।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “शोधन अनुभव गरेपछि मात्र मानिसमा साँचो प्रेम हुन सक्छ” बाट परिमार्जित