65 परमेश्वरको न्यायको कामको उद्देश्य
पद १
अहिलेको काम मानवलाई आफ्नो पुरानो
पुर्खा, शैतान त्याग्न लगाउनु हो।
वचनद्वारा न्यायले तिनको@भ्रष्टता खुलासा गर्छन्,
ताकि तिनले जीवनको सार बुझ्नेछन्।
नियतिसँग सम्बन्धित यी न्यायले
मानव हृदय छेड्छन्,
त्यसमा चोट पुर्याउन हो,
ताकि उसले यी छोड्न सकोस्
र जीवन, परमेश्वरको बुद्धि,
शक्ति र शैतानद्वारा भ्रष्ट
तुल्याइएको मानवलाई जान्न सकोस्।
पूर्व कोरस १
जति न्याय र सजाय हुन्छ,
त्यति मानव हृदयमा चोट लाग्छ,
र त्यति उसको आत्मा जाग्न सक्छ।
कोरस
सबभन्दा ठगिएका र
भ्रष्टका आत्मा जगाउनु यस
प्रकारको न्यायको लक्ष्य हो।
पद २
मानव आत्मा धेरै अघि मर्यो,
ऊ स्वर्ग वा परमेश्वरलाई जान्दैन।
ऊ मृत्युको पातालमा छ वा पृथ्वीमा
नरकमा छ, उसको लास भ्रष्ट
तुल्याइएर मृत्युको पातालमा खसेको छ
वा उसले पृथ्वीलाई मर्मत बाहिर
ध्वस्त पारेको छ भनी कसरी जान्न सक्छ?
पूर्व कोरस २
उहाँले मुक्ति दिन सक्नुहुने
भ्रष्ट मानवलाई खोज्न आज
पृथ्वीमा आउनुभएको हो भनी
कसरी जान्न सक्छ?
कोरस
सबभन्दा ठगिएका र
भ्रष्टका आत्मा जगाउनु यस
प्रकारको न्यायको लक्ष्य हो।
पद ३
हरेक सम्भावित तरिकाले न्याय र
शोधन गरिसकेपछि पनि,
ऊ विरलै सचेत र प्रतिक्रिया रहित छ।
मानव कत्ति पतित छ!
र यो न्याय क्रूर असिना झैँ
वर्सिए पनि मानवको लागि निकै लाभदायी छ।
पूर्व कोरस ३
मानवलाई यसरी न्याय नगरिएको
भए, केही प्राप्त हुने थिएन;
उसलाई दुःखको पातालबाट बचाउन
असम्भव हुने थियो।
कोरस
सबभन्दा ठगिएका र
भ्रष्टका आत्मा जगाउनु यस
प्रकारको न्यायको लक्ष्य हो।
ब्रिज
यो काम नभएको भए
ऊ पातालबाट निस्कन सक्ने थिएन,
उसको हृदय धेरै अघि मृत र
आत्मा शैतानद्वारा कुल्चिएको छ।
निकै गहिराइमा डुबेका
तिमीहरूलाई मुक्ति दिने एउटै उपाय
न्याय गर्नु र कडा रूपमा बोलाउनु हो।
कोरस
सबभन्दा ठगिएका र
भ्रष्टका आत्मा जगाउनु यस
प्रकारको न्यायको लक्ष्य हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “सिद्ध पारिएकाहरूले मात्र अर्थपूर्ण जीवन जिउन सक्छन्” बाट परिमार्जित