269 क्रूसीकरणमा पत्रुसको प्रार्थना

पद १

हे परमेश्‍वर! तपाईँको समय आएको छ;

मेरो लागि तयार पार्नुभएको समय।

म तपाईँको निम्ति क्रूसमा

टाँगिनैपर्छ, यो गवाही दिनैपर्छ।

मेरो प्रेमले सन्तुष्ट पार्न सकोस्,

यो अझ शुद्ध हुन सकोस्।


पद २

तपाईँको निम्ति क्रूसमा टाँगिएर मर्दा,

म आनन्दित, आश्‍वस्त छु।

तपाईँको निम्ति क्रूसमा टाँगिनु,

तपाईँका इच्छा पूरा गर्नु,

जीवन र आफैलाई समर्पण गर्नु भन्दा

सन्तोषजनक मेरो लागि केही छैन।


कोरस १

हे परमेश्‍वर! कति प्रेमिलो हुनुहुन्छ!

मलाई बाँच्ने अनुमति दिनुभयो भने,

बाँचुन्जेल तपाईँलाई प्रेम गर्न अझ

इच्छुक हुनेथिएँ।

तपाईँलाई अझ गहन प्रेम गर्न चाहन्छु।

मलाई न्याय, जाँच गर्नुहुन्छ,

सजाय दिनुहुन्छ किनकि म

धर्मी छैन, पाप गरेको छु।


पद ३

तपाईँको धर्मी स्वभाव मलाई झन्

स्पष्ट हुन्छ। आशिषित छु, कारण

तपाईँको प्रेमबिना पनि,

तपाईँलाई झन् प्रेम गर्न सक्छु।

अर्थपूर्ण जीवन जिउन सक्षम हुन,

तपाईँको धर्मी स्वभाव हेर्न इच्छुक छु।


कोरस २

अब तपाईँको खातिर क्रूसमा टाँगिएकोले,

जीवनमा अझ अर्थ भएको आभास हुन्छ।

तपाईँको लागि मर्नु अर्थपूर्ण छ।

तैपनि म अझ सन्तुष्ट छैन, कारण

मसँग तपाईँबारे निकै थोरै ज्ञान छ।

तपाईँका इच्छा पुरा गर्न सक्दिनँ,

तपाईँलाई निकै थोरै फिर्ता

दिएको छु भनी म जान्दछु।


अन्त्य

मेरो जीवनमा, आफैलाई पूर्णरूपमा

फिर्ता दिन असक्षम रहेको छु।

यो क्षणलाई फर्केर हेर्दा, तपाईँप्रति

निकै ऋणी आभास गर्छु।

गल्ती र नतिरेका प्रेमको प्रायश्चित

गर्न मसँग यो क्षण मात्र छ।

अघिल्लो: 267 परमेश्‍वरको न्यायले उहाँलाई प्रेम गर्ने मेरो हृदय अझ शुद्ध बनायो

अर्को: 270 परमेश्‍वरको निम्ति एउटा वफादार हृदय

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्