473 केवल सत्यताले मानिसको हृदयमा विश्राम ल्याउन सक्छ

शुरुवात

परमेश्‍वरको स्वभाव,

उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

सबै सत्यता हो, यसको मूल्य भौतिक वस्तुसँग

तुलना गर्न सकिँदैन,

कारण यो वस्तु होइन र

यसले हरेक हृदयको खाँचो आपूर्ति गर्छ।


पद १

उहाँद्वारा मुक्ति र आफ्नो स्वभावमा

परिवर्तन खोजिरहँदा,

सत्यता, उहाँको स्वभाव र इच्छा बुझेनौ भने,

के यसले छटपटी गराउनेछैन?

के तिम्रो हृदय भोको र प्यासो हुनेछैन?


पूर्व कोरस १

के तिम्रो हृदय बेचैन हुनेछैन?

के यसको समाधान तिमीसँग छ?


कोरस

मानिसको जीवनमा सत्यता हुनैपर्छ।

यो बिना चल्न सक्तैनन्।

यो सबभन्दा महान् कुरा—

यसलाई देख्न वा छुन नसकिए पनि,

यसको महत्व बेवास्ता गर्न सक्तैनौ।

यसले मात्र तिम्रो हृदयमा विश्राम ल्याउन सक्छ।


पद २

उहाँको इच्छा र सत्यता जान्न, उहाँको अन्तर्दृष्टि

पाउन चाहँदा, तिमीलाई सबभन्दा चाहिने कुरा भोजन,

दयालु वचन वा देहको सान्त्वना होइन,

उहाँका निर्देशन हुन्।


पद ३

के गर्ने, कसरी गर्ने र सत्यता के हो भनी स्पष्ट पार्न,

तिमीलाई उहाँ चाहिन्छ।

थोरै मात्र बुझ्यौ भने पनि,

के तिम्रो हृदयले मीठो भोजन भन्दा

बढी सन्तुष्टि महसुस गर्दैन र?


पूर्व कोरस २

हृदय सन्तुष्ट हुँदा,

के तिम्रो पूरै अस्तित्वले विश्राम पाउँदैन?


कोरस

मानिसको जीवनमा सत्यता हुनैपर्छ।

यो बिना चल्न सक्तैनन्।

यो सबभन्दा महान् कुरा—

यसलाई देख्न वा छुन नसकिए पनि,

यसको महत्व बेवास्ता गर्न सक्तैनौ।

यसले मात्र तिम्रो हृदयमा विश्राम ल्याउन सक्छ।


अन्त्य

उहाँबाट जे आउँछ, उहाँसँग जे छ र उहाँ जे हुनुहुन्छ,

अरू सबथोक भन्दा महान् छन्,

तिमीले सबभन्दा माया गरेको

कुरा वा व्यक्ति भन्दा पनि महान्।

उहाँका वचन प्राप्त गर्न वा उहाँको

इच्छा बुझ्न नसकेमा, कहिल्यै विश्राम पाउनेछैनौ।

उहाँले गर्नुहुने सबै सत्यता र जीवन हो।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् ३” बाट परिमार्जित

अघिल्लो: 472 जीवनको सबै उखानहरूमध्ये सत्यता सर्वोच्च हो

अर्को: 474 तिमीले सत्यताको निम्ति सबै त्याग्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्