अन्य विषयसम्बन्धी वचनहरू

अंश ७९

“सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर” भन्‍ने भजन गाएपछि त्यसले तिमीहरूमा छाप छोड्यो? के तिमीहरूले केही अन्तर्दृष्टि पायौ? जीवन जिएको हरेक व्यक्ति धेरै कठिनाइहरूबाट गुज्रेको हुन्छ, तर उसलाई यस्तो किन हुन्छ भनेर वास्तवमा थाहा हुँदैन, र कसैले पनि यी कठिनाइहरूको जडबारे, त्यो गुज्रन लायकको कुरा हो कि होइन भन्‍नेबारे, वा मानिसहरू यसरी जिउनु सही हो कि होइन भन्‍नेबारे राम्ररी चिन्तन गर्दैन। मानिसहरू जवान छँदा सधैँ राम्रो लुगा लगाउन र मिठो खान खोज्छन्, र तिनीहरूलाई यही नै खुसी हुने तरिका हो जस्तो लाग्छ। ठूलो भएपछि, मानिसहरू भीडभन्दा अलग हुन र राम्रो जीवन जिउन आफ्नो पढाइमा कसरी मिहिनेत गर्नुपर्छ भन्‍नेबारे मनन गर्न थाल्छन्। उमेर पुगेपछि, मानिसहरू टन्नै पैसा, ख्याति र नाफा कमाउन अनि शक्ति र प्रभाव हासिल गर्न चाहन थाल्छन्। तिनीहरू अरू सबैलाई उछिन्‍न चाहन्छन्। तिनीहरू सधैँ सरकारी ओहदामा रहन र मानिसहरूको सम्मान र प्रशंसा प्राप्त गर्न खोज्छन्। छोराछोरी पाएपछि तिनीहरू आफ्ना सन्तति पुस्तौँ-पुस्तासम्म फस्टाइरहुन् अनि तिनीहरूले समृद्धि पाउन र प्रगति गर्न जारी राखून् भन्‍ने आशा गर्छन्। मानिसहरूले लिने यी सब कदमहरूको पछाडि के उद्देश्य हुन्छ? मानिसहरूले किन यसरी सोच्छन्? तिनीहरू सबैजना किन यसरी जिउँछन्? मानिसहरू मार्गविना जिइरहेका छन्। म किन तिनीहरूसँग मार्ग छैन भनेर भन्छु? किनभने मानिसहरूलाई तिनीहरू कहाँबाट आउँछन् वा कहाँ जाँदैछन्, यो जीवनमा तिनीहरूले के गर्नुपर्ने हो, तिनीहरू कसरी जिउनुपर्छ, वा आफ्नो जीवनको मार्गमा कसरी हिँड्ने भनेर थाहा हुँदैन। मानिसहरूलाई यी कुरा थाहा हुँदैन। त्यसोभए मानिसहरू किन अझै पनि नमरुञ्जेल फर्केरै नहेरी अथक रूपमा ख्याति, लाभ र सुखी जीवनको पछि लाग्छन्? किनभने मानिसहरू शैतानद्वारा भ्रष्ट तुल्याइएका छन्, र तिनीहरूले जीवनबारे गलत मानसिकता र दृष्टिकोण विकास गरेका छन्। तिनीहरू यस्तो जीवनशैलीलाई सही अनि ख्याति र नाफाको पछि लाग्नुलाई सही र उचित मान्छन्। तिनीहरू ख्याति र लाभ पाउनु खुसी हो भन्‍ने सोच्छन्, अनि यी विश्‍वासअनुसार जिउँछन्। मानिसहरू यसरी नै ख्याति र लाभ पछ्याउने मार्गमा दौडन्छन्, र परिणामस्वरूप तिनीहरूले मृत्युसम्मै पनि कहिल्यै खुसी भेट्टाउँदैनन्। सबैजना यसरी नै जिउँछन्। यो संसारमा लिन मिल्ने अर्को कुनै मार्ग नै छैन। सबैजना पैसा कमाउन र असल जीवन जिउन चाहन्छन्। पैसाबिना जीवन कठिन हुन्छ, र त्यसले धेरै कुरा गर्न मिल्छ, त्यसैले सबैजना अझ बढी कमाउन चाहन्छन्। जब जीवन समृद्ध हुन्छ, तिनीहरू आफ्नो सम्पत्ति आफैसँग राख्न र आफ्ना छोराछोरीले तिनीहरूको विरासत जारी राखून् भन्‍ने चाहन्छन्, र कसैले पनि यसरी जिउनु खोक्रो हुन्छ भन्‍ने बुझ्दैन। सबैजना यस संसारबाट पछुतो, अनुत्तरित प्रश्नहरू र अनिच्छाको भावना बोकेर बिदा हुन्छन्। मानिसहरू यो जीवन गरिबी वा समृद्धिमा बिताउँछन् र लामो वा छोटो जीवन जिउँछन्। केही आम मानिस हुन्छन् भने अरू उच्च पदका अधिकृत र अभिजात वर्गका हुन्छन्। समाजमा हरेक तहका मानिसहरू हुन्छन्, तर तिनीहरू सबै मूलतः उही तरिकाले जिउँछन्: तिनीहरू आफ्ना चाहना, आकाङ्क्षा र शैतानी स्वभावअनुसार ख्याति र लाभका निम्ति प्रतिस्पर्धा गर्छन्, र यी लक्ष्यहरू हासिल नगरेसम्म व्यग्र नभई बस्दैनन्। मानिसहरूले यस्ता परिस्थितिहरू देख्दा, यसो सोच्लान्, “मानिसहरू किन यसरी जिउँछन्? के अर्को कुनै पनि मार्ग लिन मिल्दैन र? के मानिसहरू साँच्चै नमरुञ्जेल राम्ररी खान-पिउन मात्रै जिउँछन् त? तिनीहरू त्यसपछि कहाँ जान्छन्? मानिसका यति धेरै पुस्ता किन यसरी जिउँदै आएका छन्? यो सबैको जड के हो?” मानिसहरूलाई तिनीहरू कहाँबाट आएका हुन्, तिनीहरूको जीवनको मिसन के हो, वा रेखदेखकर्ता को हो र यो सबैमाथि कसले सार्वभौमिकता राख्छ भनेर थाहा हुँदैन। पुस्ताहरू एकपछि अर्को गर्दै आउँछन् अनि जान्छन्, र हरेक पुस्ता उही तरिकाले जिउँछ अनि मर्छ। तिनीहरू सबै उही तरिकाले आउँछन् अनि जान्छन्, र कसैले पनि वास्तविक जिउने विधि वा मार्ग भेट्टाउँदैन। कसैले पनि यसको सत्यता खोज्दैन। प्राचीन कालदेखि अहिलेसम्म, मानिसहरू उही तरिकाले जिउँदै आएका छन्। तिनीहरू सबै खोजिरहेका र पर्खिरहेका छन्, मानवता कस्तो हुनेछ भनेर हेर्ने आशा गरिरहेका छन्, तर कसैले पनि त्यो जानेको वा देख्न पाएको छैन। अन्त्यमा, मानिसहरूलाई यो सबमाथि शासन गर्ने र सार्वभौमिकता राख्ने को हुनुहुन्छ वा उहाँ हुनुहुन्छ कि हुनुहुन्‍न भन्‍ने पनि थाहा छैन। तिनीहरूलाई यसको उत्तर थाहा छैन, र तिनीहरू असहाय रूपमा, वर्षैपिच्छे तृष्णा गर्दै, दिन-दिनै सहँदै आजको दिनसम्म जिइरहन बाहेक केही गर्न सक्दैनन्। यदि मानिसहरूलाई यो सबै हुने कारण थाहा भएको भए, के यसले तिनीहरूलाई जीवन कसरी जिउनुपर्छ भनी पछ्याउनुपर्ने मार्ग दिनेथियो? के तिनीहरू त्यसपछि यो कष्टबाट उम्कन र उप्रान्त मानव इच्छा र आशाअनुसार जिउनु नपर्ने बन्‍न सक्नेथिए? जब मानिसहरूले तिनीहरू किन जिउँछन्, किन मर्छन्, र यो संसारको रेखदेखकर्ता को हो भनेर बुझ्छन्; जब तिनीहरूले सृष्टिकर्ताले नै सबथोकमाथि सार्वभौमिकता राख्नुहुन्छ बुझ्छन्, तब तिनीहरूसँग पछ्याउने मार्ग हुन्छ। तिनीहरूले अघि बढ्ने बाटो भेट्टाउन परमेश्‍वरका वचनमा सत्यता खोज्नुपर्छ र आफ्नै इच्छा र आशामा भर पर्दै यस्तो दुःखमा जिउनुपर्दैन भनेर थाहा पाउनेछन्। यदि मानिसहरूले तिनीहरू किन जिउँछन् र मर्छन् भन्‍ने प्रश्नको उत्तर पत्ता लगाए भने, के सबै मानव दुःख र कठिनाइहरूको समाधान हुँदैन र? के यसले मानिसहरूलाई छुटकारा दिँदैन र? मानिसहरूले साँच्चै छुटकारा पाएका हुनेछन्, र तिनीहरू पूर्ण रूपमा स्वतन्त्र हुनेछन्।

“सबै थोकमाथि सार्वभौमिकता भएका परमेश्‍वर” भन्‍ने भजन सुनेपछि, तिमीहरूले हृदयमा के मनन गर्नुपर्छ? मानवजातिलाई तिनीहरू किन जिउँछन्, किन मर्छन्, र वास्तवमा, यो संसार र यावत थोकका सार्वभौम अनि सबथोकमाथि शासन गर्नुहुने को हुनुहुन्छ, र उहाँ ठ्याक्कै कहाँ हुनुहुन्छ, र उहाँले मानिसबाट के माग गर्नुहुन्छ भन्‍ने थाहा भएको भए—यदि मानवजातिले यी कुराहरू बुझ्न सक्ने भए, तिनीहरूलाई सृष्टिकर्ताप्रति कस्तो व्यवहार गर्ने, उहाँलाई कसरी आराधना गर्ने र उहाँमा कसरी समर्पित हुने भनेर थाहा हुनेथियो, तिनीहरूले हृदयमा साथ पाउनेथिए, तिनीहरू शान्त र खुसी हुनेथिए, र उप्रान्त यस्तो यातना र पीडामा जिउने थिएनन्। अन्तिम विश्लेषणमा, मानिसहरूले सत्यता बुझ्नैपर्छ। तिनीहरूले आफ्नो जीवनका लागि छनौट गर्ने मार्ग महत्त्वपूर्ण हुन्छ र तिनीहरूको जिउने तरिका पनि महत्त्वपूर्ण हुन्छ। व्यक्तिको जिउने तरिका र उसले हिँड्ने मार्गले उसको जीवन हर्षमय हुन्छ कि दुःखी भन्‍ने कुरा निर्धारण गर्छ। यो मानिसहरूले बुझ्नुपर्ने कुरा हो। मानिसहरूले यो भजन सुन्दा, हृदयमा यस्तो गहन अनुभूति गर्न सक्लान्: “समस्त मानवजातिको जीवनशैली यस्तै खालको हुन्छ; प्राचीन मानिसहरू पनि अपवाद थिएनन्, र आधुनिक मानिसहरू पुराना मानिसजस्तै छन्। आधुनिक मानिसहरूले यी शैली बदलेका छैनन्। त्यसोभए, के मानवजातिमाझ कोही सार्वभौम, सबथोकका रेखदेखकर्ता पौराणिक परमेश्‍वर हुनुहुन्छ त? यदि मानवजातिले सबथोकका रेखदेखकर्ता परमेश्‍वर भेट्टाउन सक्छ भने, के मानवजाति खुसी महसुस गर्न सक्षम हुनेछैन र? अब महत्त्वपूर्ण कुरा भनेको मानवजातिको जरा पत्ता लगाउनु हो। यो जरा कहाँ छ? यो जरा पत्ता लगाएपछि, मानवजाति अर्कै खालको क्षेत्रमा जिउन सक्छ। यदि मानवजाति यो पत्ता लगाउन असक्षम हुन्छ, र सधैँ जस्तो उही खालको जीवन जिइरहन्छ भने, के तिनीहरूले खुसी प्राप्त गर्न सक्नेछन्?” यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् भने, तिनीहरूलाई मानवजाति गहन रूपमा भ्रष्ट छ भनी थाहा भए पनि, तिनीहरू के नै गर्न सक्छन्? के तिनीहरूले भ्रष्टताको वास्तविक समस्या समाधान गर्न सक्छन्? के तिनीहरूसँग मुक्तिको मार्ग हुन्छ? तैँले आफूलाई बदल्ने र मानव स्वरूप जिउने इच्छा राखे पनि, के तँ त्यसो गर्न सक्छस्? तँसँग त्यसो गर्ने मार्ग नै छैन! उदाहरणका लागि, केही मानिसहरू आफ्ना छोराछोरीका लागि जिउँछन्; तँ आफूलाई त्यस्तो गर्ने इच्छा छैन भनेर भन्लास्, तर के तैँले यो हासिल गर्न सक्छस्? केही मानिसहरू सम्पत्ति, ख्याति र लाभका निम्ति दौडधुप गर्छन् र व्यस्त रहन्छन्। तँ आफूमा यी कुराहरूका निम्ति दौडधुप गर्ने इच्छा छैन भनेर भन्लास्, तर के तैँले साँच्चै यो हासिल गर्न सक्छस्? तँ अनजानमै यो मार्गमा हिँडिसकेको छस्, र तैँले जीवनशैली बदल्न चाहे पनि, सक्दैनस्। तँ यो संसारमा कसरी जिउँछस् भन्‍ने कुरा तेरो हातबाहिर छ! यसको जड के हो? यसको जड मानिसहरू साँचो परमेश्‍वरमा विश्‍वास गर्दैनन् र तिनीहरूले सत्यता प्राप्त गरेका छैनन् भन्‍ने हो। मानिसको आत्मालाई के कुराले टिकाउँछ? तिनीहरू केमा आत्मिक साथ खोज्छन्? मानिसहरू आत्मिक साथका निम्ति पारिवारिक पुनर्मिलन; वैवाहिक परमानन्द; भौतिक कुराहरूको भोग; सम्पत्ति, ख्याति र लाभ; आफ्नो प्रतिष्ठा, भावना, र पेशा; र आफ्नो आउने पुस्ताको खुसीमा भर पर्छन्। के आत्मिक साथका लागि यी कुराहरूमा भर नपर्ने कोही छ? छोराछोरी भएकाहरू त्यो कुरा आफ्ना छोराछोरीमा पाउँछन्; छोराछोरी नभएकाहरू त्यो कुरा आफ्नो पेशा, विवाह, समाजमाझ आफ्नो हैसियत, अनि ख्याति र लाभमा पाउँछन्। तसर्थ यसरी पैदा हुने जीवन पद्धतिहरू सबै उस्तै हुन्छन्; ती शैतानको नियन्त्रण र शक्तिद्वारा नियन्त्रित हुन्छन्, र आफ्नो अभिप्राय त्यस्तो नभए पनि, सबै मानिसहरू ख्याति, लाभ, भविष्य, पेशा, विवाह, परिवार वा आउने पुस्ता वा दैहिक सुखको खातिर दौडधुप गर्छन् र व्यस्त रहन्छन्। के यो सही मार्ग हो? मानिसहरूले यो संसारमा जतिसुकै व्यस्त रहेर दौडधुप गरे पनि, तिनीहरू पेशागत रूपमा जतिसुकै निपुण भए पनि, तिनीहरूको परिवार जतिसुकै खुसी र ठूलो भए पनि, तिनीहरूको हैसियत जतिसुकै प्रतिष्ठित भए पनि-के तिनीहरू मानव जीवनको सही मार्गमा हिँड्न सक्षम हुन्छन्? ख्याति, लाभ, संसार वा पेशा पछ्याएर, के तिनीहरू परमेश्‍वरले यावत् थोकको सृष्टि गर्नुभयो र उहाँ मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य देख्न सक्छन्? यो सम्भव छैन। मानिसहरूले जे पछ्याए पनि, वा तिनीहरू जुन मार्गमा हिँडे पनि, यदि तिनीहरूले परमेश्‍वरले मानवजातिको नियतिमाथि सार्वभौमिकता राख्नुहुन्छ भन्‍ने तथ्य स्विकार्दैनन् भने, तिनीहरूले हिँड्ने मार्ग गलत हुन्छ। त्यो सही मार्ग होइन, बरु टेढो, दुष्ट मार्ग हो। तैँले आफ्नो आत्मिक साथबाट सन्तुष्टि प्राप्त गरेको वा नगरेको भए पनि त्यसले फरक पार्दैन, र त्यो साथ कहाँबाट प्राप्त गर्छस् भन्‍ने कुराले पनि फरक पार्दैन; त्यो वास्तविक आस्था होइन, र मानव जीवनका निम्ति त्यो सही मार्ग होइन। सच्चा आस्था हुनु भनेको के हो? यो त परमेश्‍वरको देखापराइ, काम र परमेश्‍वरले व्यक्त गर्नुभएका सबै सत्यता स्विकार्नु हो। यो सत्यता मानव जीवनका निम्ति सही मार्ग र मानिसहरूले पछ्याउनुपर्ने सत्यता र जीवन हो। जीवनमा सही मार्ग हिँड्नु भनेको परमेश्‍वरलाई पछ्याउनु र उहाँका वचनहरूको अगुवाइमा सत्यता बुझ्न, असल-खराब छुट्टयाउन, सकारात्मक के हो र नकारात्मक के हो भनी जान्‍न, र उहाँको सार्वभौमिकता र सर्वशक्तिमानता बुझ्न सक्नु हो। जब मानिसहरूले आफ्नो हृदयमा परमेश्‍वरले स्वर्ग र पृथ्वी अनि यावत् थोकको सृष्टि गर्नु मात्र भएको नभई, उहाँ ब्रह्माण्ड र सबथोकमाथि सार्वभौम पनि हुनुहुन्छ भनेर साँच्चै बुझ्छन्, तिनीहरूले उहाँका सबै योजनाबद्ध कार्य र बन्दोबस्तहरूमा समर्पित हुन, उहाँका वचनअनुसार जिउन, उहाँको डर मान्‍न र दुष्टताबाट अलग बस्न सक्छन्। मानव जीवनको सही मार्गमा हिँड्नु भनेको यही हो। जब मानिसहरूले जीवनमा सही मार्ग लिन्छन्, तिनीहरूले ज्योतिमा जिउन र परमेश्‍वरको आशिष् र अनुमोदन पाउन मानिसहरू किन जिउँछन् र तिनीहरू कसरी जिउनुपर्छ भनेर बुझ्न सक्छन्।

तिमीहरू अहिले केका लागि जिउँछौ? के तिमीहरू बुझ्छौ? (हामी परमेश्‍वरले हामीलाई सुम्पनुभएका कुराहरू र मिसनहरू पूरा गर्न अनि सृजित प्राणीको कर्तव्य निर्वाह गर्न जिउँछौँ।) यदि तँ सृजित प्राणीको कर्तव्य निर्वाह गर्न र परमेश्‍वरले सुम्पनुभएको कुरा पूरा गर्न चाहन्छस् भने, यो तेरो आत्मगत इच्छा र तैँले छनौट गरेको जीवन मार्ग हो, र यो सही हो। तर तैँले बुझ्नुपर्ने एउटा तथ्य छ: मानिसहरू यो संसारमा जिउँछन् र यो परमेश्‍वरले बन्दोबस्त गर्नुभएको कुरा हो। हरेक व्यक्ति संसारमा एउटा मिसन बोकेर प्रवेश गर्छ। तिनीहरू त्यत्तिकै आइपुग्दैनन्; यो सबै परमेश्‍वरद्वारा कुनै पनि त्रुटिविना शासित, प्रबन्धित, र योजनाबद्ध गरिएको हुन्छ। सबैजना संसारमा प्रवेश गर्दा, तिनीहरूले सिक्ने वा गर्ने जुनसुकै कुरा पनि संसारभित्र एउटा भूमिका निर्वाह गर्नका लागि हो। यो भूमिका के हो त? त्यो के हो भने, तिनीहरूले यो संसारमा एउटा कार्य पूरा गर्नुपर्छ; तिनीहरूले गर्नुपर्ने कुराहरू छन्। उदाहरणका लागि, दुई जनाले विवाह गर्छन् र एउटा सन्तान जन्माउँछन्, र तिनीहरू तीन जना मिलेर एउटा परिवार बन्छ। यो परिवारभित्र, श्रीमती आफ्नो मिसन पूरा गर्न, अर्थात् आफ्नो श्रीमान् र सन्तानको हेरचाह गर्न, परिवारको हेरचाह गर्न जिउँछे। त्यसोभए त्यो सन्तान केका लागि जिउँछ त? उसले कुन भूमिका खेल्छ? परिवारको उत्तराधिकारीको रूपमा, उसले त्यो परिवारलाई निरन्तरता दिन्छ। ऊ यो परिवारको अर्को पुस्ता हुन्छ। यो सन्तान जन्मिएकोले यो परिवार पूरा हुन्छ, र यो उसले खेल्ने पहिलो भूमिका हो। चाहे ऊ छोरा होस् वा छोरी होस्, उसको आफ्नो मिसन हुन्छ। जहाँसम्म उसको भविष्यको नियतिको कुरा छ, हुर्किएपछि उसको शैक्षिक प्रमाणपत्र, सीप वा पेशा के-कस्तो हुन्छ, वा उसले कहिले परमेश्‍वरमा विश्‍वास गर्छ अनि पछि के-कस्तो कर्तव्य निर्वाह गर्छ, के यी सबै चरणहरू परमेश्‍वरद्वारा योजना र बन्दोबस्त गरिएका हुँदैनन् र? (हुन्छन्।) के उसको आफै छनौट गर्छ त? (गर्दैन।) व्यक्ति परिवारमा जन्मेदेखि नै, उसले आफ्नो नियतिको एउटा पनि चरण आफै छनौट गर्दैन र त्यो सबै परमेश्‍वरद्वारा प्रबन्धित हुन्छ। त्यो सबै परमेश्‍वरद्वारा प्रबन्धित हुन्छ, र यसमा सत्यता छ। यो मानिसहरू केका लागि जिउँछन् भन्‍ने कुरासँग सम्बन्धित छ। उदाहरणका लागि, यदि तँ सङ्गीत पढ्छस् र तेरो अवस्था र पारिवारिक वातावरण त्योअनुरूप छ भने, के तैँले आफै सङ्गीत पढ्ने छनौट गरेको होस् त? (होइन।) तँ यो वातावरणमा जन्मिइस्, तैँले यो वातावरणको पालनपोषणमा एउटा पेशागत सीप सिकिस्, र यो मिसन पूरा गरिस्। तँलाई के कुराले यो पूरा गर्न सक्षम बनायो? तैँले आफै छनौट गरेकाले नभई परमेश्‍वरले निर्धारित गर्नुभएको तथ्यले तँलाई सक्षम बनायो। के यो सृष्टिकर्ताको योजनाबद्ध कार्यले गर्दा पूरा भएको होइन? अहिले तैँले आफ्नो कर्तव्य निर्वाह गर्नु र आफूले जानेका र सिकेका कुरा त्यसमा लगाउनु, यो कसले निर्धारण गर्नुभयो? (परमेश्‍वरले।) यो तैँले नभई परमेश्‍वरले निर्धारण गर्नुभयो। वस्तुगत रूपमा कुरा गर्दा, तँ अहिले कसको खातिर जिउँछस्? (हामी परमेश्‍वरको खातिर जिउँछौँ।) वास्तवमा हरेक व्यक्तिका हकमा यो कुरा समान छ। तिनीहरू त्यसबारे सचेत र सजग भए वा नभए पनि, सबै परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तको खातिर जिउँछन्। मानिसहरू खेलका पिउसाहरू जस्तै हुन्। परमेश्‍वरले तँलाई चाहे जहाँ राख्नु भए पनि, जे गराउनु भए पनि, र एउटा ठाउँमा जति समय बस्न लगाउनुभए पनि, त्यो सबै उहाँको योजनाबद्ध कार्यअन्तर्गत हुन्छ। परमेश्‍वरको योजनाबद्ध कार्यका सन्दर्भमा भन्दा, वास्तवमा सबै मानिसहरू उहाँको सार्वभौमिकता र बन्दोबस्त अनि व्यवस्थापनको खातिर जिउँछन्, र तिनीहरू आफैले केही नियन्त्रण गरिरहेका हुँदैनन्। तँ जतिसुकै सक्षम वा प्रतिभाशाली भए पनि, तँ परमेश्‍वरले तेरो लागि निर्धारित गर्नुभएको नियतिलाई पार गर्न सक्दैनस्। कोही पनि यी सीमाबाहिर जिउन वा सृष्टिकर्ताले तिनीहरूका निम्ति तोक्नुभएको र बन्दोबस्त गर्नुभएको नियति र जीवनबाहिर जान सक्दैन। वास्तवमा मानिसहरूलाई यी कुराहरूबारे केही थाहै छैन, र तिनीहरू अहिलेसम्म अनजानमै र अनिच्छुक रूपमै परमेश्‍वरको योजनाबद्ध कार्य र सार्वभौमिकताबाट गुज्रिरहेका छन्। यसलाई वस्तुगत रूपमा हेर्दा, मानिसहरूले के बुझेका छन्? (तिनीहरूको जीवन र मृत्यु तिनीहरूको आफ्नै हातमा हुँदैन, बरु परमेश्‍वरको सार्वभौमिकता र योजनाबद्ध कार्यहरूको हातमा हुन्छ।) (तिनीहरू आफै आफ्नो नियतिको रेखदेखकर्ता बन्‍न खोज्नु हुँदैन, र परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तमा समर्पित हुनुपर्छ।) तैँले यसलाई यसरी हेर्न सकिस् भने प्रगति गर्नेछस्। परमेश्‍वरमा समर्पित हुन सक्षम हुन तैँले कुन सत्यताहरू बुझ्नुपर्छ? तँ जस्तोसुकै परिवारमा जन्मिएको भए पनि र तेरो क्षमता, बुद्धि, विचारजस्ता कुराहरू जस्तोसुकै भए पनि, तेरो नियति र सबथोक परमेश्‍वरको योजनाबद्ध कार्यहरूअन्तर्गत हुन्छ। यसमाथि तेरो आफ्नो कुनै नियन्त्रण हुँदैन। मानिसहरूले छनौट गर्नुपर्ने मार्ग यही हो: परमेश्‍वरले तेरो सबथोक कसरी बन्दोबस्त गर्नुभएको छ, त्यसलाई कसरी मार्गनिर्देशन गर्नुहुन्छ, भविष्यमा त्यसलाई कसरी मार्गनिर्देशन गर्नुहुनेछ भन्‍ने कुरा बुझ्नु, परमेश्‍वरका चाहना र अभिप्राय बुझ्न खोज्नु, अनि सृष्टिकर्ताले शासन र योजनाबद्ध गर्नुभएको नियतिअनुसार जिउनु। त्यो भनेको कुराहरूका लागि प्रतिस्पर्धा गर्नु, कुराहरू खोस्नु वा कुम्ल्याउनु होइन। यो सृष्टिकर्ताका चाहनाहरूको सूक्ष्म जाँच गर्नु वा प्रतिरोध गर्नु होइन; यो परमेश्‍वरले तेरो लागि बन्दोबस्त गर्नुभएका सबै कुराको सूक्ष्म जाँच गर्नु वा प्रतिरोध गर्नु होइन। के यसले तेरो जीवन सही र उचित बनाउँदैन? यसले “मानिसहरू किन जिउँछन्, र किन मर्छन्” वा “जिउँदाहरूले मरेकाहरूका उही दुःखद इतिहासलाई दोहोऱ्याउँछन्” जस्ता शङ्काहरू हटाउँछ। मानिसहरूलाई यो जीवन जिउन खासै कठिन छैन र तिनीहरूले जीवनको स्रोत भेट्टाएका छन् भन्‍ने अनुभूति हुन्छ। तिनीहरूले नियतिबारे सबथोक बुझ्छन्, मानिसहरू सृष्टिकर्ताको बन्दोबस्तमा कसरी समर्पित हुनुपर्छ भनेर जान्दछन्, र प्रतिरोध गर्दैनन्। यो जिउने अर्थपूर्ण तरिका हो। मानिसहरू खुसीका लागि सङ्घर्ष र प्रतिस्पर्धा गर्न मनका कल्पना वा आफ्नै बलमा भर पर्न छोड्छन्। तिनीहरू त्यो सबै मूर्खता र हठीपन हो भनेर बुझ्छन्, र त्यो गर्न छोड्छन्। तिनीहरूले सृष्टिकर्ताको सार्वभौमिकता र बन्दोबस्त स्वीकार गर्न सिकेका हुन्छन्, र यसले कति धेरै पीडाबाट जोगाएको छ! के तिमीहरू अहिले यसरी जिइरहेका छौ त? के तिमीहरूलाई आफू अन्यायमा र सराहनाविना जिइरहेका छौ जस्तो लाग्छ? तिमीहरूलाई तिमीहरूको प्रतिभा र कर्तव्य परमेश्‍वरले बन्दोबस्त गर्नुभएको र दिनुभएको हो भन्‍ने थाहा छ, तर तिमीहरूलाई अझै पनि आफू अन्यायमा परेको अनि तिमीहरूको कर्तव्यले तिमीहरूलाई आफ्नो आकाङ्क्षा पूरा पार्न नदिएको जस्तो लाग्छ। तिमीहरूसँग वास्तवमा अझ ठूला उद्देश्यहरू हुन्छन्, तर तैँले कर्तव्य निभाइरहेको यो निश्चित क्षेत्रले तँलाई ती पूरा गर्न खासै दिँदैन। के तँ यसरी सोचिरहेको छस्? (छैनँ।) तँमा कुनै महत्त्वाकाङ्क्षा वा चाहना छैन, तँ असाधारण मागहरू गर्दैनस्, तैँले पन्छाउनुपर्ने सबै कुरा पन्छाएको छस्, र तैँले नपाएको एउटा मात्र कुरा भनेको आफ्नो भ्रष्ट स्वभाव समाधान गर्ने सत्यताको बुझाइ हो। यसले मानिसहरूले हिँड्नुपर्ने मार्ग र लिनुपर्ने दिशा झन्-झन् स्पष्ट बनाउँछ। तिनीहरूले उप्रान्त “मानिसहरू किन जिउँछन्? र तिनीहरू किन मर्छन्? यावत् थोकमाथि शासन गर्ने को हुनुहुन्छ?” जस्ता प्रश्नहरू सोध्नुपर्दैन। तैँले जेसुकै पछ्याए वा चाहे पनि, तँ सृष्टिकर्ताका उपस्थितिमा फर्केर, आफ्नो स्थान कायम राखेर र आफूले गर्नुपर्ने कुरा कर्तव्यनिष्ठ भई पूरा गरेर अनि आफ्नो कर्तव्य निर्वाह र पूरा गरेर मात्र अन्तस्करण स्पष्ट बनाउने तरिकाले अनि सही र उचित रूपमा जिउन सक्छस्। त्यसमा कुनै पीडा समावेश हुँदैन। जीवनको अर्थ र महत्त्व यही हो।

अंश ८०

मानव नियतिमाथि परमेश्‍वरले सार्वभौमिकता राख्‍नुहुन्छ र व्यक्तिको सम्पूर्ण जीवन परमेश्‍वरको हातमा हुन्छ भन्‍ने कुरा सबैले स्विकार्छन्, तर यदि तैँले व्यक्तिको जीवनको हरेक समय र अवधिमा घट्ने प्रत्येक ठूलो घटना उसको आफ्नो योजना र प्रबन्धअनुसार नभई कसरी परमेश्‍वरद्वारा शासित र प्रबन्धित हुन्छ भनेर साँच्चै अनुभव गर्न सक्छस् भने, यदि तैँले मानिसहरूले आफ्नो नियति वा आफूले झेल्नुपर्ने कुनै पनि कष्टमाथि विजय हासिल गर्न सक्दैनन् भन्‍ने कुरा देख्न सक्छस् भने, र जब तँ यी कुराहरू अनुभव गर्न सक्ने हुन्छस्, तब यसलाई साँचो आस्था हुनु भनिन्छ। जब तँ “परमेश्‍वरले मानव नियतिमाथि सार्वभौमिकता राख्‍नुहुन्छ, र सबै कुरा परमेश्‍वरको हातमा छ” भनेर भन्छस्, यो कुरा अझ वास्तविक बन्छ। परमेश्‍वरको सार्वभौमिकता र उहाँको प्रबन्ध र योजनाबद्ध कार्यहरूको अनुभव गर्नु सूक्ष्म कुरा हो। यो तैँले अनुभव गर्ने कुरा हो, र आफूले अनुभव नगरी व्याख्या गर्न नसकिने कुरा हो। तर तैँले यो जति धेरै अनुभव गर्छस् र जति धेरै भोग्छस्, यसलाई त्यति नै राम्रोसँग व्याख्या गर्न सक्छस्। एउटा भनाइ छ, “५० पुग्दासम्ममा आफ्नो नियति बुझ्नेछौ।” आफ्नो नियति बुझ्छस् भन्नुको अर्थ के हो? जीवनको तेस्रो दशकमा भएका मानिसहरूले भर्खरै संसारको सामना गरेका हुन्छन्। तिनीहरू कलिलै र लापरवाह हुन्छन्, र तिनीहरूलाई केही पनि थाहा हुँदैन, र यो मानव जीवन सबै परमेश्‍वरको हातमा छ भनेर बुझ्न सक्दैनन्। तिनीहरू आफ्नो नियतिसँग सङ्घर्ष गर्न चाहिरहन्छन् र आफूमा प्रतिभा र दक्षता छ भनी सोचिरहन्छन्, र तिनीहरू नाम, दाम र पद कमाउने प्रयास गरिरहन्छन्। तिनीहरू असफल हुँदा पनि प्रयास जारी राखिरहन्छन्, र सधैँ अर्को एउटा मौका हात पार्ने प्रयास गरिरहन्छन्। अनि ५० को दशकमा पुगेपछि जीवनलाई फर्केर हेर्छन् र यस्तो सोच्छन्, “हैट, तीसौँ वर्ष पृथ्वीमा दौडधुप गर्दै यी सब सङ्घर्ष गर्न अत्यन्तै गाह्रो रहेछ! मेरो विवाह गर्ने, करियर निर्माण गर्ने र सन्तान जन्माउने एउटै चरणसमेत मेरो आफ्नै योजना र हिसाबअनुसार भएन—यो सबै भाग्यको खेला त रहेछ नि!” यो भनेको आफ्नो नियति बुझ्नु हो; अब त्योविरुद्ध कुनै सङ्घर्ष बाँकी छैन। ५० पुग्दासम्ममा आफ्नो नियति बुझ्नेछौ भनेको वास्तवमा मानिसहरूले ५० वर्ष पुगेर धेरै ठक्कर खाइसकेपछि नियतिसँग मिलाप गर्न सिक्नु हो। मानिसहरूले जब आफ्नो नियति बुझ्छन्, तिनीहरूले नियतिसँग लडाइँ गर्न छोड्छन्। जहाँसम्म मानवजीवन के हो, मानवतामाथि परमेश्‍वरको सार्वभौमिकता के हो, मानिसहरूले वास्तवमा केको लागि र कसरी जिउनुपर्छ भन्‍ने कुरा छ, के मानिसहरूले ती कुराहरू पूर्ण रूपमा बुझ्छन् त? गैरविश्‍वासीहरूले यी कुराहरू बुझ्न सक्दैनन्, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन्, र तिनीहरूले धेरै भए आफ्नो नियति स्विकार्न सक्छन् र यसको प्रतिरोध गर्नु बेकार छ भनेर बुझ्न सक्छन्। त्यसपछि तिनीहरूले आफ्ना छोराछोरी र नातिनातिनाहरू नियतिसँग लडिरहेको देख्छन्, र यसो भन्छन्, “प्रकृतिलाई आफ्नो बाटो लिन देऊ, प्रत्येक पुस्तासँग आफ्नै आशिष् हुन्छ। छोड्देऊ, तिनीहरू ५० वर्ष पुगेपछि नियतिसँग लडाइँ गर्न छोड्नेछन्। यसरी नै पुस्तौँपुस्ता जान्छ। तिनीहरू सबै बुढाबुढी भएर लडाइँ गर्न असक्षम नहोउञ्जेल नियतिसँग लडाइँ गरिरहन्छन्। तब तिनीहरूले आफ्नो नियति स्विकार्नेछन् र पाठ सिक्नेछन्। तिनीहरू त्यसउप्रान्त उति उग्र र अहङ्कारी हुनेछैनन्, बरु अझ बढी स्थिर भइसकेका हुनेछन्।” गैरविश्‍वासीहरूले बढीभन्दा बढी यत्ति देख्न सक्छन्, तर के तिनीहरूले सत्यता बुझ्न सक्छन् त? पक्कै पनि सक्दैनन्, किनभने तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्दैनन् र उहाँका वचनहरू पढ्दैनन्। अनि तिनीहरूले कसरी सत्यता बुझ्न सक्थे र? के ५० वर्षको उमेरमा आफ्नो नियति थाहा पाउनु भनेको सत्यता बुझ्नु हो त? मानिसहरू “मानिसको भाग्य स्वर्गले निर्धारित गर्छ” भनी विश्‍वास गर्छन्। के यसको मतलब तिनीहरू स्वर्गको इच्छामा समर्पित हुन्छन् भन्‍ने हो त? (होइन।) यसमा मात्रै विश्‍वास गरेर हुँदैन। यी कुराहरू जान्नु भनेको केवल भाग्यविरुद्ध सङ्घर्ष नगर्नु हो, तर यो सत्यता बुझ्नुचाहिँ अझै पनि होइन। यदि मानिसहरूले सत्यता बुझ्न चाहन्छन् भने, तिनीहरू परमेश्‍वरसामु आएर उहाँको मुक्ति प्राप्त गर्नैपर्छ, तिनीहरूले उहाँका वचनहरूको न्याय, अनि उहाँबाट आउने सत्यता र जीवनको भरणपोषण प्राप्त गर्नैपर्छ। त्यसपछि मात्रै तिनीहरूले ती सब कुराहरूको रहस्य बुझ्न सक्नेछन्। नत्र, मानिसहरू ७०, ८० वा सय वर्ष बाँचे पनि, तिनीहरूले मानव जीवन के हो, मानिसहरू किन जिउँछन् र किन मर्छन् भन्‍ने कुरा अझै पनि थाहा पाउनेछैनन्। मानिसहरू पृथ्वीमा यो छोटो यात्रा हिड्छन् र मानवजीवन समाप्त हुनुअघि यो के हो भनेर पत्ता नलगाई दशकौँ जिउँछन्। मृत्युको समयमा, तिनीहरू असन्तुष्ट महसुस गर्छन् र नानाभाँती सोचिरहन्छन्, र अन्त्यमा बिनाकुनै प्राप्ति, पछुतोसाथ यो संसार छोड्छन्। यिनीहरू पुनर्जन्म लिएर यसरी नै जिए भने, के यो दुःखलाग्दो कुरा हुनेछैन र? (हुनेछ।) हरेक पुस्ताका मानिसहरू दुःखलाग्दो रूपमा एकपछि अर्को गर्दै आउने र जाने गर्छन्, जीवितहरूले दिवङ्गतहरूलाई बिदा गर्छन् र त्यसपछि अर्को पुस्ताले तिनीहरूलाई बिदा गर्छ। तिनीहरू केही नबुझी रनभुल्लमा जिउँदै यस चक्रमा घुमिरहन्छन्। आखिरी दिनहरूमा परमेश्‍वरको काम स्वीकार गरेका तिमीहरूको लागि यो फरक छ। तिमीहरूले आखिरी दिनहरूमा मानवजातिलाई मुक्ति दिन परमेश्‍वर देहधारी हुनुहुभएको बहुमूल्य र दुर्लभ अवसर भेटेका छौ। तिमीहरूले परमेश्‍वरका वचनहरूको न्याय र सजाय अनि उहाँको व्यक्तिगत गोठालो र अगुवाइ प्राप्त गर्न सक्छौ। तिमीहरू थुप्रै रहस्य र धेरै सत्यता बुझ्छौ, र सृष्टि गरिएको प्राणीको रूपमा आफ्नो कर्तव्य पूरा गर्न सक्छौ। तिमीहरूका भ्रष्ट स्वभावहरू धुन र परिवर्तन गर्न सकिन्छ। तिमीहरूले अत्यन्तै धेरै, विगतका पुस्ताका सन्तहरूले भन्दा पनि धेरै पाएका छौ। के यो सबैभन्दा आशिषित कुरा होइन र? तिमीहरू सबैभन्दा बढी आशिषित छौ।

परमेश्‍वरका वचनहरू पढेपछि र तिनीहरूको न्याय र सजाय वर्षौं अनुभव गरिसकेपछि, तिमीहरूले बिस्तारै परमेश्‍वरको मानवजाति व्यवस्थापनको उद्देश्य र उहाँको मानवजाति व्यवस्थापन र मुक्ति प्रदान गर्ने कार्यको रहस्य बुझ्न थालेका छौ। तिमीहरूले परमेश्‍वरका अभिप्रायहरू बुझेका छौ र उहाँको सार्वभौमिकता जानेका छौ। तिमीहरू हृदयमा परमेश्‍वरप्रति समर्पित हुन इच्छुक छौ, र उहाँप्रति समर्पित हुन सक्षम छौ। जीयाइ पनि सुरक्षित र तृप्त भएको महसुस हुन्छ। तँलाई परमेश्‍वरले जिउन दिनुभएको छ, तँ परमेश्‍वरको लागि जिउँछस्, र तँ सृजित प्राणीको रूपमा कर्तव्य निर्वाह गर्न जिउँछस्। यो जिउने अर्थपूर्ण तरिका हो। यदि मानिसहरू सत्यता नस्विकारी वा नबुझी जिउँछन् अनि केवल देहको लागि जिउँछन् भने, त्यसमा कुनै पनि मूल्य हुँदैन। तिमीहरू सबै अहिले सत्यतातर्फ लागिपरिरहेका छौ, र झन्झन् विवेक र समझसाथ जिइरहेका छौ। तिमीहरू मानव जस्तो हुनुपर्ने हो, झन्झन् त्यस्तो बन्दै छौ, र तिमीहरू झन्झन् बढी सत्यता बुझ्छौ। तिमीहरू परमेश्‍वरमा समर्पित कसरी हुने भनी झन्झन् बढी जान्दछौ, र सृजित प्राणीको रूपमा कर्तव्य निभाउन र परमेश्‍वरको साक्षी दिन सक्छौ। यसरी जिउँदा तिमीहरूको हृदय शान्ति र आनन्दले भरिनेछ, र यो सम्भव हुनसक्ने सबैभन्दा अर्थपूर्ण जीवन हो। यो सम्पूर्ण मानवतामाझ तिमीहरूले मात्र प्राप्त गरेको आशिष् हो। यस विशाल संसारमा र सम्पूर्ण मानवजातिमा, परमेश्‍वरले तिमीहरू थोरैलाई मात्र चुन्नुभएको छ र तिमीहरूलाई यो अन्तिम युगमा र ठूलो रातो अजिङ्गरको देशमा जन्मने तुल्याउनुभएको छ। तिमीहरू उहाँको आज्ञा प्राप्त गर्न, आफ्नो कर्तव्य निर्वाह गर्न, र उहाँप्रति समर्पित हुन सक्छौ। तिमीहरू परमेश्‍वरद्वारा रुचाइएका र उहाँद्वारा चुनिएकाहरू हौ। के यो सबैभन्दा आशिषित कुरा होइन र? (हो।) यो एकदमै आशिषित कुरा हो। यस्ता मानिसहरू पनि छन्, जो परमेश्‍वरमा विश्‍वास गर्छन्, तर आफ्नो कर्तव्य निर्वाह गर्न सबै कुरा पन्छाउन सक्दैनन्, र यो खेदजनक कुरा हो। यस्ता अनि, मानिसहरू पनि छन्, जो सत्यता बुझ्दैनन्, र आफ्नो कर्तव्य निर्वाह गर्दा पनि तिनीहरू परमेश्‍वरको लागि श्रम गरिरहेका छन् मात्र भन्न सकिन्छ। तिनीहरूले हृदयमा परमेश्‍वरसँग सौदा गर्दै आशिष् प्राप्त गर्ने आशामा आफूसँग भएको शक्ति अर्पण गर्छन्। तिनीहरूले कुनै दिन जब सत्यता बुझ्छन्, तब स्थिर भएर स्वेच्छाले आफ्नो कर्तव्य पूरा गर्न सक्नेछन्। तिमीहरूको अहिलेको जीवन र तिमीहरूले परमेश्‍वरको साक्षी दिन र परमेश्‍वरको राज्य सुसमाचार फैलाउनको लागि जिउने दैनिक जीवन नै उहाँले अनुमोदन गर्नुहुने जीवनशैली हो। यसलाई सरल भाषामा भन्नुपर्दा, परमेश्‍वरले तिमीहरूलाई यसरी जिउन अनुमति दिनुहुन्छ, र तिमीहरूलाई यो अवसर दिनुहुने परमेश्‍वर नै हुनुहुन्छ। परमेश्‍वरले नै तँलाई कर्तव्य निर्वाह गर्दै र उहाँप्रति समर्पित हुँदै जिउने यो अवसर दिनुभएको छ, र यो सबैभन्दा अर्थपूर्ण कुरा हो। तिमीहरूले गर्वित र सम्मानित महसुस गर्नुपर्छ र यो अवसरको कदर गर्नुपर्छ। तिमीहरू कलिलै छौ, र तिमीहरूले विपत्तिमाझ, र यस्तो प्रतिकूल परिवेश र परिस्थितिहरूमा आफ्नो कर्तव्य निर्वाह गर्नु, परमेश्‍वरलाई पछ्याउनु, र उहाँको साक्षी दिनु—यो कति दुर्लभ मौका हो! मानवजातिले सत्यता प्राप्त गरून् र मानवजाति शुद्ध पारिऊन् भनेर आखिरी दिनहरूमा परमेश्‍वर देहधारी हुनु र उहाँले मानवजातिलाई पूर्ण रूपमा मुक्ति दिन यति धेरै सत्यता व्यक्त गर्नु भनेको सबैभन्दा दुर्लभ अवसर हो। तर समय धेरै छैन, र यो आँखा झिमिक्क गर्दा गइसक्छ। तिमीहरूले यो मौका छोपेर प्राप्त गर्नुपर्ने सबै सत्यता प्राप्त गर्नुपर्छ। यो सबैभन्दा ठूलो आशिष् हो, र यो विगतका सबै सन्तहरूले पाएको भन्दा पनि ठूलो आशिष् हो।

अंश ८१

परमेश्‍वरलाई पछ्याउनेहरूले कम्तीमा पनि आफूसँग भएका सबै कुरा त्याग्न सक्नैपर्छ। परमेश्‍वरले एकपटक बाइबलमा यसो भन्‍नुभयो, “तिमीहरूमध्येमा जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। आफूसँग भएका सबै कुरा त्याग्नुको अर्थ के हो? त्यसको अर्थ आफ्नो परिवार त्याग्नु, आफ्नो काम त्याग्नु, आफ्ना सबै सांसारिक उल्झनहरू त्याग्नु हो। के यसो गर्नु सजिलो हुन्छ? यो धेरै कठिन हुन्छ। त्यसो गर्ने इच्छाविना यो कदापि गर्न सकिँदैन। जब कोहीसँग ती कुरा त्याग्ने इच्छा हुन्छ, तब उसमा स्वाभाविक रूपले कठिनाइ सहने इच्छा हुन्छ। यदि व्यक्तिले कठिनाइ सहन सक्दैन भने, चाहेर पनि कुनै कुरा त्याग्न सक्नेछैन। कतिपयले आफ्नो परिवार त्यागेर र आफ्ना प्रियजनदेखि टाढिएर, केही समय आफ्नो कर्तव्य निभाएपछि तिनीहरूलाई घरको याद आउँछ। तिनीहरू आफूलाई असह्य भएमा हालचाल बुझ्न सुटुक्क घर गई फेरि आफ्ना कर्तव्यमा फर्केलान्। आफ्नो घर छाडेर कर्तव्य निभाउन हिँडेका कतिपय मानिस नयाँ वर्ष र अन्य छुट्टीको बेला आफ्ना प्रियजनहरूको अभाव महसुस गर्छन्, र राती सबै जना सुतेका बेला एक्लै रुन्छन्। रोइसकेपछि तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्छन् र निकै हल्का महसुस गर्छन्, अनि त्यसपछि आफ्नो कर्तव्य निर्वाहमा लाग्छन्। यी मानिसहरूले आफ्ना परिवार त्याग्न सके पनि, ठूलो पीडा सहन सक्दैनन्। यदि तिनीहरूले यी सम्बन्धहरूका लागि आफ्नो भावना हटाउनसमेत सक्दैनन् भने, कसरी आफूलाई परमेश्‍वरमा समर्पित गर्न सक्लान्? कतिपय मानिस आफ्नो जागिर र परिवार, आफ्ना सबै कुरा त्यागेर परमेश्‍वरलाई पछ्याउन सक्छन्, तर तिनीहरूले यसो गर्नुको लक्ष्य के हुन्छ? कतिपय मानिस अनुग्रह र आशिष् प्राप्त गर्न खोजिरहेका हुन्छन्, र कतिपयचाहिँ मुकुट र इनाम मात्र पछ्याउने पावलजस्ता हुन्छन्। थोरै मानिस सत्यता र जीवन पाउन अनि मुक्ति प्राप्त गर्न आफूसँग भएका सबै कुरा त्याग्छन्। त्यसोभए, यी पछ्याइमध्ये कुनचाहिँ परमेश्‍वरका अभिप्रायसँग मिल्छ? त्यो अवश्य पनि सत्यता पछ्याइ र जीवन प्राप्ति हो। यो पूर्णतया परमेश्‍वरका अभिप्रायसँग मिल्छ, र परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष यही नै हो। यदि व्यक्तिले सांसारिक कुरा र धनसम्पत्ति त्याग्न सक्दैन भने, के उसले सत्यता प्राप्त गर्न सक्छ? कदापि सक्दैन। कतिपय मानिसले आफ्ना सबै कुरा त्यागेर आफ्नो कर्तव्य निभाएका छन्, तर तिनीहरू सत्यता पछ्याउँदैनन्, र आफ्नो कर्तव्य निर्वाहमा सधैँ झारा टार्छन्। केही वर्ष यसरी भौँतारी हिँडेपछि, तिनीहरूमा कुनै अनुभवात्मक गवाही हुँदैन र तिनीहरूले केही पनि प्राप्त गरेका हुँदैनन्। ख्याति, लाभ र हैसियत मात्र पछ्याउने र ख्रीष्टविरोधीको मार्गमा हिँड्ने मानिसहरू सत्यता प्राप्त गर्न झनै सक्दैनन्। थुप्रै मानिस परमेश्‍वरलाई विश्‍वास गर्ने नाममा आफ्नो फुर्सदको बेला छिटपुट कर्तव्य निर्वाह गर्छन्। के यस्ता मानिसहरूलाई सत्यता प्राप्त गर्न सजिलो हुनेछ? मलाई लाग्छ, तिनीहरूलाई सजिलो हुनेछैन। सत्यता प्राप्त गर्नु सानोतिनो कुरा होइन। व्यक्तिले धेरै कठिनाइ सहनैपर्छ र ठूलो मूल्य चुकाउनैपर्छ। विशेष गरी, व्यक्तिले न्याय र दण्डको, परीक्षा र शोधनको, अनि काटछाँटको कठिनाइ अनुभव गर्नैपर्छ। यी सबै कठिनाइ सहनैपर्छ। धेरै पीडा नसहीकन सत्यता प्राप्त गर्न सकिँदैन। यस अवधिमा व्यक्तिले परमेश्‍वरलाई कति पटक प्रार्थना गरेर सत्यता खोज्नुपर्छ? उसले परमेश्‍वरसामु कति पछुतोको आँसु पोख्नुपर्छ? उसले अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्नुअघि परमेश्‍वरका कति वटा वचन पढ्नुपर्छ? उसले शैतानलाई जित्न सक्नुअघि कति वटा आत्मिक युद्धहरू लड्नैपर्छ? अनि यी कुराहरू अनुभव गर्ने प्रक्रिया कति लामो हुन्छ? कति वर्षपछि व्यक्तिले अन्ततः सत्यता प्राप्त गर्न र परमेश्‍वरको अनुमोदन पाउन सक्छ? पत्रुसको अनुभवलाई हेर, अनि तिमीहरूले थाहा पाउनेछौ। के परमेश्‍वरले मान्छेलाई मुक्ति दिने र सिद्ध पार्ने काम मानिसहरूले कल्पना गरेजस्तो सजिलो हुन्छ? आफ्ना सबै कुरा त्याग्नु सानोतिनो कुरै होइन। आफ्ना सबै कुरा त्याग्नुको वास्तविक अर्थ के हो? “आफ्ना सबै कुरा” मा बाहिरी कुरा, परिवार, प्रियजन, साथीसँगी, पेशा, तलब, धनसम्पत्ति, र सम्भावनाहरू मात्र पर्दैनन्। यी कुराबाहेक, त्यसमा मन र आत्माका कुराहरू पर्छन्: ज्ञान, सिकाइ, कामकुराबारे व्यक्तिको दृष्टिकोण, जियाइको नियम, व्यक्तिको देहगत रुचि, साथै व्यक्तिले पछ्याउने र आकाङ्क्षा राख्ने कुरा, जस्तै ख्याति, लाभ र हैसियत। आफ्ना सबै कुरा त्याग्नुमा मुख्यतः यिनै कुराहरू पर्छन्; ती सबै आफ्ना सबै कुरा त्याग्नुका पाटो हुन्। बाहिरी कुराहरू एकै पटकमा त्याग्न सजिलो हुन्छ। तर मानिसहरूले मन पराउने, पछ्याउने र आफ्नो हृदयको गहिराइमा राख्ने कुराहरू नै तिनीहरूका लागि सबैभन्दा महत्त्वपूर्ण र अमूल्य हुन्छन्, तिनले नै व्यक्तिका सबै कुरालाई जनाउँछन्, र ती कुराहरू त्याग्न सबैभन्दा कठिन हुन्छ। अहिले धेरैजसो मानिसले ती त्याग्न नसक्नुको कारण के हो भने, तिनीहरू ती कुरा छोड्नै सक्दैनन्, किनभने तिनीहरू तिनलाई सबैभन्दा बढी महत्त्व दिन्छन् र बहुमूल्य ठान्छन्। उदाहरणका लागि, ख्याति, लाभ र हैसियत, वा महिमा र भाग्य, आफ्नो प्रिय करियर वा सबैभन्दा मूल्यवान् कुराहरू—यी नै व्यक्तिका सबै कुरा हुन्, र ती कुरा त्याग्न सबैभन्दा कठिन हुन्छ। एक जना ब्याङ्क प्रबन्धकले परमेश्‍वरमा विश्‍वास गऱ्यो। उसले परमेश्‍वरका वचनहरू वास्तवमै सत्यता हुन् र परमेश्‍वरले गर्ने हरेक कुरा मान्छेलाई मुक्ति दिने काम हो भन्‍ने बुझ्यो। तर जब उसले आफ्ना सबै कुरा त्यागेर परमेश्‍वरलाई पछ्याउने निर्णय गर्‍यो, तब उसलाई ब्याङ्कको आफ्नो पद समस्या बन्यो। उसले एक मनले सोच्यो, “ब्याङ्कको मेरो पद अमूल्य कुरा हो। यसबाट राम्रो तलब आउँछ र त्यो प्रभावशाली छ,” फेरि अर्को मनले सोच्यो, “म परमेश्‍वरमा विश्‍वास गरेर सत्यता र अनन्त जीवन प्राप्त गर्न सक्छु। महत्त्वपूर्ण कुरा यही हो।” उसको मनमा द्वन्द्व चलिरह्यो। ऊ एक मनले ब्याङ्क प्रबन्धक हुन चाहन्थ्यो र अर्को मनले परमेश्‍वरमा विश्‍वास गर्न चाहन्थ्यो। एक मनले ऊ पैसाको पछि लाग्न चाहन्थ्यो भने अर्को मनले सत्यता प्राप्त गर्न चाहन्थ्यो। एक मनले ऊ आफ्नो हैसियत छोड्न सक्दैनथ्यो र अर्को मनले अनन्त जीवन प्राप्त गर्न चाहन्थ्यो। उसको मनमा दोधार भइरह्यो। उसलाई आफ्नो ब्याङ्क प्रबन्धकको हैसियत अत्यन्तै अमूल्य थियो, र ऊ त्यो त्याग्न सक्दैनथ्यो। अनेकौँ महिनासम्म उसको हृदयमा यो द्वन्द्व चलिरह्यो, र अन्त्यमा उसले सायद मन नलागी-नलागी त्यो कुरा त्याग्यो। उसलाई आफ्ना सबै कुरा त्याग्न कत्ति कठिन भयो! उसलाई आफ्नो ब्याङ्क प्रबन्धक पद धूवाँझैँ हराएर जान सक्ने क्षणिक कुरा हो भन्‍ने थाहा भए पनि, उसलाई त्यो कुरा त्याग्न सजिलो भएन। कतिपय मानिस चिकित्सक वा वकिल वा उच्च दर्जाका कर्मचारी हुन्छन्, र तिनीहरूको ज्याला र तलब उच्च हुन्छ। यी कुराहरू त्याग्न सजिलो हुँदैन; यी कुरा त्याग्न तिनीहरूले आफूभित्र कति महिनासम्म द्वन्द्व लड्नुपर्न हो, त्यो कसलाई थाहा छ र। यदि कसैले कैयौँ वर्षसम्म द्वन्द्व लडेर यी कुराहरू त्याग्छ, र त्यतिन्जेल परमेश्‍वरको काम अन्त्य भइसकेको हुन्छ भने, के त्यसको कुनै अर्थ रहनेछ र? त्यति बेला, व्यक्ति विपत्तिमा मात्र पर्न सक्छ, अनि विलाप गर्न र दाह्रा किट्न मात्र सक्छ। यदि तैँले परमेश्‍वरलाई पछ्याउन र आफ्नो कर्तव्य निभाउन, अनि सत्यता पछ्याउन र जीवन प्राप्त गर्न आफूलाई सबैभन्दा महत्त्वपूर्ण लाग्ने कुरा त्याग्न सकिस् भने मात्र तँ परमेश्‍वरको राज्यमा प्रवेश गर्न सक्नेछस्। परमेश्‍वरको राज्यमा प्रवेश गर्नुको अर्थ के हो? त्यसको अर्थ, तैँले आफ्नो सबै कुरा त्यागेर परमेश्‍वरलाई पछ्याउन, उहाँको वचन मान्‍न, र उहाँका बन्दोबस्तहरूप्रति समर्पित हुन, सबै कुरामा उहाँप्रति समर्पित हुन सक्छस् भन्‍ने हो; त्यसको अर्थ, उहाँ तेरा प्रभु र तेरा परमेश्‍वर बन्‍नुभएको छ भन्‍ने हो। परमेश्‍वरको नजरमा, त्यसको अर्थ तँ उहाँको राज्यमा प्रवेश गरेको हुन्छस् भन्‍ने हो, र तँलाई जेजस्तो विपत्ति आइपरे पनि, उहाँले तँलाई सुरक्षा दिनुहुनेछ र तँ बच्न सक्नेछस्, अनि तँ उहाँको राज्यका मानिसहरूमध्ये एक हुनेछस्। परमेश्‍वरले तँलाई उहाँको अनुयायीको रूपमा स्विकार्नुहुनेछ, वा तँलाई सिद्ध पार्ने वाचा गर्नुहुनेछ—तर तैँले पहिलो चरणमा ख्रीष्टलाई पछ्याउनैपर्छ। यसरी मात्र तँ राज्यको तालिममा सहभागी हुनेछस्। यदि तँ ख्रीष्टलाई पछ्याउँदैनस् र परमेश्‍वरको राज्यबाहिर छस् भने, उहाँले तँलाई स्विकार्नुहुनेछैन। र यदि परमेश्‍वरले तँलाई स्विकार्नुभएन भने, तैँले मुक्ति र परमेश्‍वरको वाचा प्राप्त गर्ने र उहाँद्वारा सिद्ध पारिने इच्छा गरे पनि, के यी कुराहरू प्राप्त गर्न सक्नेछस्? सक्नेछैनस्। यदि तँ परमेश्‍वरको अनुमोदन प्राप्त गर्न चाहन्छस् भने, पहिला तँ उहाँको राज्यमा प्रवेश गर्न योग्य हुनैपर्छ। यदि तँ सत्यता पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्छस्, आफ्नो कर्तव्य पालनमा सत्यता खोज्न सक्छस्, सिद्धान्तअनुसार कार्य गर्न सक्छस्, र तँसँग साँचो अनुभवात्मक गवाही छ भने, तँ परमेश्‍वरको राज्यमा प्रवेश गर्न र उहाँको वाचा प्राप्त गर्न योग्य हुन्छस्। यदि तँ परमेश्‍वरलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, तँ उहाँको राज्यमा प्रवेश गर्नसमेत योग्य हुँदैनस्, र तैँले उहाँको आशिष् र उहाँको वाचा पाउने दाबी गर्न बिलकुलै मिल्दैन। अहिले धेरै मानिसले आफ्ना सबै कुरा त्यागेर परमेश्‍वरको घरमा कर्तव्य निभाइरहेका छन्, तैपनि तिनीहरूले सत्यता प्राप्त गर्न सक्नेछन् भन्‍न मिल्दैन। व्यक्तिले सत्यतालाई प्रेम गर्न र स्विकार्न सकेपछि मात्र सत्यता प्राप्त गर्न सक्छ। यदि उसले सत्यता पछ्याउँदैन भने, त्यो प्राप्त गर्न सक्दैन। त्यसका साथै, फुर्सदको समयमा आफ्नो कर्तव्य निभाउनेहरूमा परमेश्‍वरको कामसम्बन्धी तिनीहरूको अनुभव यति सीमित हुन्छ कि तिनीहरूलाई सत्यता प्राप्त गर्न झनै कठिन हुनेछ। यदि कसैले आफ्नो कर्तव्य निभाउँदैन वा सत्यता पछ्याउँदैन भने, उसले परमेश्‍वरबाट मुक्ति र सिद्धता प्राप्त गर्ने असाधारण अवसर गुमाउनेछ। कतिपय मानिस परमेश्‍वरमा विश्‍वास गरेको दाबी गर्छन्, तर आफ्ना कर्तव्यहरू निभाउँदैनन् र सांसारिक कुराहरू पछ्याउँछन्। के यो आफ्ना सबै कुरा त्याग्नु हो? यदि कसैले यस तरिकाले परमेश्‍वरमा विश्‍वास गर्छ भने, के उसले अन्त्यसम्मै उहाँलाई पछ्याउन सक्छ? प्रभु येशूका चेलाहरूलाई हेर्: तिनीहरूमध्ये मछुवा, किसान, र कर उठाउनेहरू थिए। जब प्रभु येशूले तिनीहरूलाई बोलाएर “मलाई पछ्याओ” भन्‍नुभयो, तब तिनीहरू आफ्ना कामदाम छाडेर प्रभुको पछि लागे। तिनीहरूले आफ्नो रोजगारीबारे सोचेनन्, न त पछि आफूसँग संसारमा बाँच्ने कुनै मार्ग हुनेछ कि छैन भन्‍ने समस्याबारे नै सोचे, तर तिनीहरू तुरुन्तै प्रभु येशूको पछि लागिहाले। पत्रुसले आफूलाई पूर्ण हृदयले समर्पित गरे, प्रभु येशूको आज्ञा अन्त्यसम्मै पूरा गरे र आफ्नो कर्तव्य जारी राखे। उनले जीवनभरि परमेश्‍वरको प्रेमलाई पछ्याए, र अन्त्यमा, उनी परमेश्‍वरद्वारा सिद्ध पारिए। अहिले कतिपय मानिस आफ्ना सबै कुरा त्याग्नसमेत सक्दैनन्, तैपनि राज्यमा प्रवेश गर्ने इच्छा गर्छन्। के तिनीहरू सपना देखिरहेका छैनन् र?

परमेश्‍वरमा विश्‍वास गर्नलाई उत्साहले मात्र पुग्दैन। तैँले उहाँका अभिप्राय, मानिसहरूलाई सिद्ध पार्ने उहाँको विधि, उहाँ कुन मानिसहरूलाई सिद्ध पार्नुहुन्छ भन्‍ने कुरा, र परमेश्‍वरले मानिसहरूलाई सिद्ध पार्ने कामप्रति व्यक्तिमा हुनुपर्ने मनोवृत्ति र विचारबारे बुझ्नैपर्छ। साथै, परमेश्‍वरको अनुयायीको रूपमा, परमेश्‍वरको मार्ग पछ्याउनु कति महत्त्वपूर्ण छ भन्‍ने कुरा उसलाई थाहा हुनैपर्छ। यो कुरा व्यक्तिले सत्यता प्राप्त गर्न सक्छ कि सक्दैन भन्‍ने प्रश्नसित सम्बन्धित छ। परमेश्‍वरको मार्ग पछ्याउनु भनेको सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गरेर मात्रै परमेश्‍वरप्रति समर्पित हुन सकिन्छ, त्यसैले सत्यता प्राप्त गर्नका निम्ति सत्यता अभ्यास गर्नु जरुरी छ। यदि कसैले सत्यता बुझ्दैन वा त्यसलाई अभ्यास गर्न जान्दैन भने, ऊसित त्यो प्राप्त गर्नलाई कुनै मार्ग हुनेछैन। त्यसै कारणले गर्दा परमेश्‍वरमा विश्‍वास गर्नुको सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको सत्यता अभ्यास गर्नु हो। सत्यता अभ्यास गर्नेहरू मात्र परमेश्‍वरमा समर्पण हुन सक्छन्, तिनीहरूले मात्र सत्यतालाई पूर्ण रूपले बुझ्छन् र सत्यतालाई पूर्ण रूपले बुझ्नेहरू मात्र परमेश्‍वरलाई चिन्छन्। यी सबै कुरा सत्यता अभ्यास गरेर हासिल हुन्छन्। मानिसहरूले परमेश्‍वरमा जति नै विश्‍वास गरे पनि, उहाँ क-कसले उहाँको मार्ग पछ्याउँछन्, क-कसले सत्यता अभ्यास गर्छन्, र को-को उहाँप्रति साँच्चै समर्पित हुन्छन् भनी हेर्नुहुन्छ। परमेश्‍वरका विश्‍वासीहरूले उहाँको इच्छा पछ्याउने र उहाँप्रति समर्पित हुने मानिस बन्‍नका लागि सत्यता बुझ्नु र अभ्यास गर्नु जरुरी छ। सत्यता पछ्याउने मानिसहरूले पहिला मानिसहरूले जीवनमा किन परमेश्‍वरमा विश्‍वास गर्नुपर्छ, धर्तीमा आएदेखि परमेश्‍वरले कसरी मानिसलाई मुक्ति दिने काम गर्दै आउनुभएको छ, र मुक्ति पाउन अनि परमेश्‍वरको वाचा र आशिष् प्राप्त गर्न योग्य हुन व्यक्तिले सत्यता पछ्याइमा के कुरा हासिल गर्नुपर्छ भन्‍ने कुरा बुझ्नैपर्छ। विगतमा यी सत्यताहरू कसैले पनि बुझ्दैनथे। हरव्यक्तिले मानव धारणा र कल्पनाअनुसार परमेश्‍वरमा विश्‍वास गर्थे, र परमेश्‍वरमा विश्‍वास गर्नु भनेको आशिष्, मुकुट र इनाम पाउनु हो भन्ठान्थे। फलस्वरूप, तिनीहरू सबै परमेश्‍वरका अभिप्रायविरुद्ध गए, साँचो मार्गबाट बहकिए, र ख्रीष्टविरोधीहरूको मार्गमा हिँडे। त्यसकारण, यदि कसैले सत्यता बुझ्ने, सत्यता प्राप्त गर्ने, र मुक्ति पाउने इच्छा गर्छ भने, तिनीहरूले परमेश्‍वरमाथिको विश्‍वासबारे विगतका यी गलत विचारहरू सच्याउनैपर्छ। विशेष गरी, मानिसका धार्मिक धारणा र कल्पनाहरू र तिनीहरूका धर्मशास्त्रीय विचारहरू बेतुक हुन्छन्; ती सबै सत्यताविरोधी हुन्छन् र ती छलपूर्ण भ्रम हुन्। धार्मिक मानिसहरूले विश्‍वास गर्ने तरिकाहरूलाई परमेश्‍वर बिलकुलै अनुमोदन गर्नुहुन्‍न। यदि मानिसहरू अहिले ती मार्गहरू निरन्तर पालना गर्छन्, र आशिष्, मुकुट र इनाम पछ्याउँछन् भने—यदि तिनीहरू यस्तो मनोवृत्तिले परमेश्‍वरमा विश्‍वास गरिरहन्छन् भने, के तिनीहरूले सत्यता र जीवन प्राप्त गर्न सक्नेछन् र? कदापि सक्नेछैनन्। त्यसोभए परमेश्‍वरप्रतिको विश्‍वासमा मानिसहरूले कस्तो दृष्टिकोण अपनाउनुपर्छ? तैँले सुरुमा परमेश्‍वरका अभिप्राय बुझ्नैपर्छ र उहाँले मानिसहरूलाई मुक्ति दिने तरिका हेर्नैपर्छ। यदि तँ सत्यता खोज्दैनस्, तर आफ्नै धारणा र कल्पनाअनुसार परमेश्‍वरमा विश्‍वास गरिरहन्छस् भने, यदि तँ ख्याति, लाभ, हैसियत, धन र सांसारिक कुराहरू पछ्याइरहन्छस् भने, तैँले पूरै संसार जितिस् भने पनि, के त्यो तैँले अन्त्यमा आफ्नो जीवन गुमाउन लायक हुनेछ? कतिपय मानिस यसो भन्छन्, “मैले पर्याप्त पैसा कमाइसकेपछि र सफल करियर बिताएपछि, जब मैले मेरा महत्त्वाकाङ्क्षाहरू पूरा गरेको र मेरा सपनाहरू हासिल गरेको हुन्छु, तब म असल विश्‍वासी हुनेछु।” के परमेश्‍वर तेरो प्रतीक्षा गर्नुहुन्छ? के परमेश्‍वरको कामले तेरो प्रतीक्षा गर्छ? यदि तैँले ती कुराहरू अहिले नै त्याग्न सक्दैनस् भने, परमेश्‍वर तँलाई ती कुराहरू तुरुन्तै त्याग्न लगाउनुहुन्‍न, तर तैँले त्याग्ने अभ्यास गर्नैपर्छ। यदि तँ सक्दै सक्दैनस् भने, परमेश्‍वरलाई प्रार्थना गर् अनि उहाँमा भर पर्। उहाँलाई तँमा मार्गदर्शन गर्न दे। साथै, तैँले सहकार्य गरेर आफ्नो कर्तव्य निभाउनैपर्छ। आफ्नो कर्तव्य निभाउनुको उद्देश्य के हो? वास्तवमा, असल कार्यहरू तयार गर्न त्यसो गरिन्छ। यदि तँ अन्त्यमा पूर्णतया सिद्ध हुन सकिनस् भने पनि, तैँले कम्तीमा केही असल कार्यहरू तयार पार्नैपर्छ, ताकि परमेश्‍वरले असललाई इनाम र दुष्टलाई दण्ड दिने समय आउँदा तैँले उहाँलाई तीबारे बताउन सक्। एक दिन, परमेश्‍वरको काम समाप्त हुनेछ, र उहाँले असललाई इनाम र दुष्टलाई दण्ड दिन थाल्नुहुनेछ। उहाँ तँलाई तेरा असल कार्यहरू प्रस्तुत गर्न लगाउनुहुनेछ, र यदि तैँले कुनै असल कार्य गरेको छैनस् भने, तँ समाप्त हुन्छस्—तँ निश्चय नै दण्डित हुनेछस्। उदाहरणका लागि, मानिलिऊँ तैँले परमेश्‍वरमा करिब दश वर्ष विश्‍वास गरेको छस्, र तैँले निभाएको सबैभन्दा मूल्यवान् कर्तव्य भनेको फुर्सदको समयमा सुसमाचार सुनाउनु र फलस्वरूप थोरै नयाँ विश्‍वासीहरू भित्र्याउनु मात्र हो। तँलाई ती मानिसहरू अन्त्यमा अडिग रहन सक्नेछन् कि सक्नेछैनन् भन्‍नेसमेत थाहा छैन। के तँ यसबारे परमेश्‍वरलाई बताउन सक्छस्? तँ सक्दै सक्दैनस्। तँ परमेश्‍वरलाई कस्ता परिणामहरूबारे बताउन सक्छस्, र परमेश्‍वरलाई सन्तुष्ट पार्न अनि उहाँले तँलाई आफ्नो अनुयायीको रूपमा चिनेको तुल्याउन तँसँग कस्तो अनुभवात्मक गवाही हुनुपर्छ भन्‍नेबारे तैँले सोचविचार गर्नैपर्छ। परमेश्‍वरको वर्तमान देहधारणसम्बन्धी तथ्यलाई स्विकार्नु र हृदयदेखि नै आखिरी दिनहरूको ख्रीष्टलाई स्विकार्नुबाहेक अरू केही नगरी तैँले चित्त बुझाउन मिल्दैन। परमेश्‍वर तेरो साँचो अनुभवात्मक गवाही र उहाँको कामप्रति तेरो समर्पणको प्रतिफल हेर्न चाहनुहुन्छ। अन्त्यमा परमेश्‍वरले तैँले सत्यता प्राप्त गरेको छस् कि छैनस् र तँसित जीवन छ कि छैन भन्‍ने कुरा जाँच्नुहुनेछ। तैँले परमेश्‍वरका अभिप्राय बुझ्नैपर्छ। यदि तँ केवल मण्डलीको सूचीमा आफ्नो नाम चढाउँछस् वा कुनै कर्तव्य निभाउँछस्, तर सत्यता पछ्याउँदैनस्, र परमेश्‍वरमा विश्‍वास गरेको केही वर्षपछि तँसित अनुभवात्मक गवाही छैन भने, के परमेश्‍वर अझै तँलाई स्विकार्न सक्नुहुन्छ? यदि परमेश्‍वरले तँलाई स्विकार्नुभएन भने, तँ उहाँको घरबाहिर रहन्छस्। यदि तँ परमेश्‍वरमा विश्‍वास गर्ने दाबी मात्र गर्छस् तर सत्यता पछ्याउँदैनस् भने, परमेश्‍वरप्रतिको तेरो विश्‍वासबाट अन्त्यमा के हासिल हुन सक्छ? तँ परमेश्‍वरको मापदण्डका मानकहरूभन्दा निकै टाढा रहेको हुनेछस्! सत्यता प्राप्त गर्नु मानिसहरूले सोचेजस्तो सजिलो छैन; व्यक्तिले धेरै परीक्षा र सङ्कष्टहरू, अनि धेरै पीडा र शोधन भोगेपछि मात्र सत्यता प्राप्त गर्न र परमेश्‍वर चिन्‍न सक्छ। यदि तैँले परमेश्‍वरको कामको यो शैली अनुभव गरेपछि उहाँलाई पछ्याउन आफ्ना सबै कुरा त्याग्दैनस् भने, के तैँले मुक्ति प्राप्त गर्न सक्छस्? के तैँले तेरो फुर्सदको समयमा परमेश्‍वरमा छिटपुट विश्‍वास गरेर उहाँको काम अनुभव गर्न सक्छस्? परमेश्‍वरलाई घरमा विश्‍वास गरेर तैँले त्यो कुरा कसरी अनुभव गर्न सक्छस्? बाहिरी संसारमा जिएर तैँले कसरी त्यो अनुभव गर्न सक्छस्? त्यसकारण, आफ्ना सबै कुरा त्याग्नु भनेको परमेश्‍वरलाई पछ्याउनुको एउटा सर्त हो। यदि तँ आफ्ना सबै कुरा त्याग्न सक्दैनस् भने, सत्यता प्राप्त गर्न कदापि सक्दैनस्, र यदि तँ सत्यता प्राप्त गर्न सक्दैनस् भने, परमेश्‍वरको राज्यमा प्रवेश गर्न योग्य छैनस्। यो कुनै व्यक्तिले परिवर्तन गर्नै नसक्ने तथ्य हो।

अंश ८२ (विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूका प्रश्नहरूको उत्तर दिँदै)

(आफ्नो कर्तव्य निर्वाह गर्दा, मलाई अझै पनि आफ्नो परिवारप्रतिको मोहले बाँधिरहेको हुन्छ। म बारम्बार तिनीहरूलाई सम्झिन्छु, र त्यसले मेरो कर्तव्य निर्वाहलाई असर गर्छ। हालका दिनमा मेरो स्थिति अलिकति सुध्रिएको छ, तर म अझै पनि कहिलेकाहीँ ठूलो रातो अजिङ्गरले मलाई धम्क्याउन मेरो परिवारका सदस्यलाई पक्राउ गर्छ कि भनेर चिन्ता गर्छु, र त्यतिबेला म दृढ भई खडा रहिरहन सक्दिनँ भन्‍ने डर लाग्छ।) यी आधारहीन डरहरू हुन्। तैँले यी कुराहरूबारे सोच्दा, तिनलाई समाधान गर्न सत्यता खोज्नुपर्छ। तैँले जस्तोसुकै अवस्था सामना गरे पनि, त्यो परमेश्‍वरले नै योजनाबद्ध र प्रबन्ध गर्नुभएको हो भनेर बुझ्नुपर्छ। तैँले परिस्थितिहरू सामना गर्दा परमेश्‍वरमा समर्पित हुन सिक्नुपर्छ र सत्यता खोज्न सक्नुपर्छ। यो मानिसहरूले सिक्नैपर्ने पाठ हो। तैँले बारम्बार यो मनन गर्नुपर्छ: तैँले यो समयावधिमा परमेश्‍वरको मलजल र रेखदेख कसरी अनुभव गरिरहेको छस्? तेरो वास्तविक कद के हो? तैँले सृजित प्राणीको कर्तव्य कसरी निभाउनुपर्छ? तैँले यी कुराहरू पत्ता लगाउनुपर्छ! यदि तँ ठूलो रातो अजिङ्गरले तँलाई धम्क्याएको सोच्न सक्छस् भने, सत्यतामा कसरी प्रवेश गर्ने भनेर किन सोच्दैनस्? तँ सत्यताबारे किन मनन गर्दैनस्? (जब ममा यी विचारहरू आउँछन्, म परमेश्‍वरलाई प्रार्थना त गर्छु र यदि कुनै दिन मैले यस्ता परिस्थितिहरू साँच्चै सामना गर्नै पऱ्यो भने, म नमरुञ्जेल परमेश्‍वरप्रति साँचो रहनेछु भनेर प्रतिबद्धता जनाउँछु। तर म आफ्नो सानो कदको कारण सफल हुनेछैनँ भनेर डराउँछु।) अनि तँ यसरी प्रार्थना गर्छस्, “हे परमेश्‍वर, म आफ्नो सानो कदको कारण सफल हुनेछैन भनेर डराउँछु। म अति भयभीत छु। कृपया त्यसो नगर्नुहोस्। मैले उचित कद प्राप्त गरिसकेपछि त्यसो गर्नुहोला।” के यसरी प्रार्थना गर्नु राम्रो हो त? (होइन।) तैँले यसरी प्रार्थना गर्नुपर्छ: “हे परमेश्‍वर, अहिले मेरो कद र आस्था सानो छ, म परिस्थितिहरू सामना गर्नुपर्छ कि भनेर डराउँछु; वास्तवमा, म सबै मामला र कुराहरू तपाईँकै हातमा छन् भनेर विश्‍वास गर्दिनँ। मैले आफूलाई तपाईँको हातमा सुम्पेको छैनँ; यो त ठूलो विद्रोह हो! म तपाईँका प्रबन्ध र योजनाबद्ध कार्यहरूमा समर्पित हुन इच्छुक छु। तपाईँले जे गर्नुभए पनि, मेरो हृदय तपाईँको गवाही दिन इच्छुक छ। म तपाईँको अपमान नगरी आफ्नो गवाहीमा दह्रिलो भई खडा रहन इच्छुक छु। कृपया, तपाईँ आफ्नो इच्छाअनुसार काम गर्नुहोस्।” तैँले आफ्ना आकाङ्क्षा र आफूले भन्‍न चाहेका कुराहरू परमेश्‍वरसामु राख्नुपर्छ—साँचो आस्था यसरी नै उत्पन्‍न गरिन्छ। यदि तँ यसरी प्रार्थना गर्नसमेत सङ्कोच मान्छस् भने, तेरो आस्था कति सानो होला! तैँले बारम्बार यसरी प्रार्थना गर्नुपर्छ। तँ यसरी प्रार्थना गरिस् भने पनि, परमेश्‍वरले अनिवार्य रूपमा जवाफ फर्काउनुहुनेछ भन्‍ने छैन। परमेश्‍वरले मानिसहरूलाई तिनीहरूले सहन सक्ने भन्दा बढी बोझ दिनुहुन्‍न, तर यदि तैँले आफ्नो मनोवृत्ति र सङ्कल्प स्पष्ट बनाइस् भने, परमेश्‍वर प्रसन्‍न हुनुहुनेछ। परमेश्‍वर प्रसन्‍न हुनुभएपछि तेरो हृदयलाई यो कुराले बाधा वा अवरोध गर्नेछैन। “श्रीमान, सन्तान, परिवार, सम्पत्ति जस्ता कुराहरू—यी सबै परमेश्‍वरकै हातमा छन्। तिनको कुनै मूल्य हुँदैन। पूरै ब्रह्माण्ड नै परमेश्‍वरको हातमा छ; के मेरो परिवार पनि उहाँकै हातमा छैन र? मैले तिनीहरूको चिन्ता गर्नुको के अर्थ हुन्छ र? यसमा मेरो राय चल्दैन, म सक्षम नै छैनँ, र म तिनीहरूको रक्षा गर्न सक्दिनँ। तिनीहरूको नियति र सबैथोक परमेश्‍वरकै हातमा छ!” तँमा परमेश्‍वरसामु आएर प्रार्थना गर्नका निम्ति आस्था हुनैपर्छ, तैँले दृढ सङ्कल्प राख्नुपर्छ र परमेश्‍वरका प्रबन्धहरूमा समर्पित हुने निर्णयमा पुग्नुपर्छ। अनि तँभित्रको स्थिति परिवर्तन हुनेछ। तँमा चिन्ता बाँकी रहनेछैन, र तँ उप्रान्त चिन्तित हुनेछैनस्। तँ आफूले गर्ने सबै कुरामा अति सावधान र आशङ्काले भरिएको हुनेछैनस्। अरू सबै अघि बढ्दा, तँ पछाडि नै रहन्छस्, सधैँ उम्किन चाहन्छस्—के यो कायरले गर्ने काम होइन? राज्यमा परमेश्‍वरका जनहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा अनि सृष्टिकर्तासामु सृजित प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा, तिनीहरू शान्त रूपमा, परमेश्‍वरको डर मान्‍ने हृदयका साथ अघि बढ्नुपर्छ। तिनीहरूले अल्याङटल्याङ गर्ने, पछि हट्ने वा अति सावधान हुने गर्नुहुन्‍न। यदि तँलाई यो स्थिति गलत हो भन्‍ने थाहा छ र यदि तँ यसलाई समाधान गर्नहेतु सत्यता खोज्नुको सट्टा निरन्तर यसबारे चिन्ता गरिरहन्छस् भने, तँलाई त्यसले बाधा पुर्‍याइरहेको र बाँधिरहेको छ, र तैँले आफ्नो कर्तव्य निभाउन सक्नेछैनस्। तँ सृजित प्राणीको रूपमा आफ्नो सम्पूर्ण हृदय, मन र बलले आफ्नो कर्तव्य निभाउन चाहन्छस्, तर के तैँले यो हासिल गर्न सक्छस् त? तँ आफ्नो सम्पूर्ण हृदय समर्पित गर्ने अवस्थामा पुग्न सक्दैनस्, किनभने तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाएकै छैनस्—तैँले धेरै भए आफ्नो हृदयको दशांश मात्र समर्पित गरेको छस्। पूरै हृदय नलगाई, तैँले आफ्नो पूरै मन र बल कसरी लगाउन सक्छस्? तैँले आफ्नो हृदय आफ्नो कर्तव्यमा लगाएको छैनस्, र तँमा त्यो निर्वाह गर्ने अलिकति इच्छुकता मात्र छ। के तँ आफ्नो पूरै हृदय र मन लगाएर साँच्चै आफ्नो कर्तव्य निभाउन सक्छस् त? तँमा सत्यता अभ्यास गर्ने सङ्कल्प छैन, त्यसैले तँ परिवार र तिनीहरूप्रतिको मोहमा बाँधिन्छस् नै। तिनीहरूले तेरो हात-खुट्टा बाँधिदिनेछन्; तिनीहरूले तेरो विचार र हृदयलाई नियन्त्रण गर्नेछन्, अनि तैँले सत्यता र परमेश्‍वरका मागहरू पूरा गर्न सक्नेछैनस्—तँ इच्छुक हुनेछस् तर तँमा बलको कमी हुनेछ। त्यसैले, तैँले परमेश्‍वरसामु प्रार्थना गर्नुपर्छ, एकातिर उहाँका अभिप्राय बुझ्नुपर्छ र साथसाथै आफू सृजित प्राणीका रूपमा कहाँ उभिनुपर्छ भनेर पनि जान्‍नुपर्छ; तैँले आफूमा हुनुपर्ने सङ्कल्प र मनोवृत्तिलाई परमेश्‍वरसामु राख्नुपर्छ। तँमा हुनुपर्ने मनोवृत्ति यही हो। अरू मानिसहरूमा यी चिन्ता किन हुँदैन? के तँलाई अरू मानिसहरूसँग परिवार वा यस्ता कठिनाइहरू हुँदैनन् जस्तो लाग्छ? वास्तवमा, सबैका निश्चित देहगत वा पारिवारिक उल्झनहरू हुन्छन्, तर केही मानिसहरू परमेश्‍वरलाई प्रार्थना गरेर अनि सत्यता खोजेर तिनलाई सुल्झाउन सक्षम हुन्छन्। खोजी गरेको केही अवधिपछि, तिनीहरूले यो देहप्रतिको मोह छर्लङ्गै देख्छन् र हृदयबाटै तिनलाई त्यागिदिन्छन्; त्यस उप्रान्त, तिनीहरूका निम्ति यी कुराहरू कठिनाइ हुँदैनन्, र तिनीहरूलाई तिनले नियन्त्रण गर्ने वा बाधा पुर्‍याउने छैन। तिनले तिनीहरूको कर्तव्य निर्वाहलाई असर गर्दैनन्, र त्यसैले तिनीहरू स्वतन्त्र बन्छन्। बाइबलमा परमेश्‍वरका वचनहरूको एउटा पङ्क्ति छ, जसले यसो भन्छ, “तिमीहरूमध्ये जसले ऊसँग भएको सबै कुरा त्याग्दैन, ऊ मेरो चेला हुन सक्दैन” (लूका १४:३३)। व्यक्तिसँग भएको सबै कुरा त्याग्नु भनेको के हो? “सबै कुरा” भनेको के हो? “सबै कुरा” मा हैसियत, ख्याति र लाभ, समृद्धि, परिवार, मित्रजन र सम्पत्तिजस्ता यी सबै कुराहरू समावेश हुन्छन्। त्यसोभए, तेरो हृदयमा के-कस्ता कुराहरूले महत्त्वपूर्ण स्थान ओगट्छन् त? कसैका लागि महत्त्वपूर्ण स्थान ओगट्ने कुरा सन्तान हुन्छ, कसैका लागि आमाबाबु, कसैका लागि सम्पत्ति, र अरूका लागि त्यो हैसियत, ख्याति र लाभ हुन्छ। यदि तँ यी कुराहरूलाई कदर गर्छस् भने, तिनले तँलाई नियन्त्रण गर्नेछन्। तैँले यी कुराहरूलाई कदर नगरी पूर्णतः त्याग्छस् भने, तिनले तँलाई नियन्त्रण गर्न सक्दैनन्। यो कुरा तीप्रति तेरो मनोवृत्ति कस्तो छ र तैँले तिनलाई कसरी सम्हाल्छस् भन्‍ने कुरामा मात्र भर पर्छ।

परमेश्‍वरले जुनै समयको वा जुनसुकै चरणको काम गरिरहनुभएको भए पनि, उहाँलाई जहिले पनि उहाँसँग सहकार्य गर्न केही मानिसहरू आवश्यक पर्छन् भन्‍ने कुरा तिमीहरूले बुझ्नुपर्छ। यी मानिसहरूले उहाँको काममा वा सुसमाचार सुनाउन सहकार्य गर्छन् भनेर उहाँले नै पूर्वनिर्धारित गर्नुहुन्छ। त्यसोभए, के परमेश्‍वरसँग उहाँले पूर्वनिर्धारित गर्नुभएको हरेक व्यक्तिका लागि आज्ञा हुन्छ त? हरेक व्यक्तिको मिसन र जिम्मेवारी हुन्छ; सबैका लागि आज्ञा हुन्छ। जब परमेश्‍वरले तँलाई आज्ञा दिनुहुन्छ, त्यो तेरो जिम्मेवारी बन्छ। तैँले यो जिम्मेवारी वहन गर्नुपर्छ; यो तेरो कर्तव्य हो। कर्तव्य भनेको के हो? कर्तव्य भनेको परमेश्‍वरले तँलाई दिनुभएको मिसन हो। मिसन भनेको के हो? (परमेश्‍वरको आज्ञा नै मानिसको मिसन हो। व्यक्तिले आफ्नो जीवन परमेश्‍वरको आज्ञाका निम्ति जिउनुपर्छ। यो आज्ञा तिनीहरूको हृदयको एकमात्र कुरा हुनुपर्छ र तिनीहरू अरू कुनै पनि कुराका निम्ति जिउनुहुँदैन।) परमेश्‍वरको आज्ञा नै मानिसको मिसन हो; यो सही बुझाइ हो। परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूलाई परमेश्‍वरको आज्ञा पूरा गर्न पृथ्वीमा राखिएको हो। यदि तँ यो जीवनमा सामाजिक खुड्किलो चढ्ने, सम्पत्ति बटुल्ने, राम्रो जीवन जिउने, परिवारको सामिप्यतामा रमाउने, र ख्याति, लाभ र हैसियतको आनन्द उठाउने जस्ता कुराहरू मात्र पछ्याउँछस् भने—यदि तैँले सामाजिक हैसियत कमाइस्, तेरो परिवार प्रतिष्ठित भयो, तेरो परिवारका सबैजना सुरक्षित र स्वस्थ भए—तर तँ परमेश्‍वरले तँलाई दिनुभएको मिसनलाई बेवास्ता गर्छस् भने, के तैँले जिइरहेको यो जीवनको कुनै मूल्य हुन्छ र? तैँले मरेपछि परमेश्‍वरलाई के जवाफ दिनेछस्? तैँले जवाफ दिन सक्नेछैनस्, र यो सबैभन्दा ठूलो विद्रोह हो; यो सबैभन्दा ठूलो पाप हो। तिमीहरूमध्ये कसले अहिले परमेश्‍वरको घरमा संयोगवश कर्तव्य निर्वाह गरिरहेका छौ र? तिमीहरू आफ्नो कर्तव्य निर्वाह गर्न जुनसुकै पृष्ठभूमिबाट आए पनि, त्यो संयोगवश भएको होइन। यो कर्तव्य जथाभावी केही नयाँ विश्‍वासीहरू खोजेर मात्र निर्वाह गर्न सकिँदैन; यो युगहरूभन्दा अगाडि नै परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको कुरा हो। कुनै कुरा पूर्वनिर्धारित हुनु भनेको के हो? किटान नै गरेर भन्‍नुपर्दा के हो त? यो के हो भने, उहाँको सम्पूर्ण व्यवस्थापन योजनामा परमेश्‍वरले धेरै लामो समयअघि नै तँ कति चोटि पृथ्वीमा आउनेछस्, आखिरी दिनहरूको समयमा तँ कुन वंश र कुन परिवारमा जन्मनेछस्, यो परिवारका परिस्थितिहरू कस्ता हुनेछन्, तँ पुरुष हुनेछस् कि महिला, तेरा के सबलताहरू हुनेछन्, तँसित कुन तहको योग्यता हुनेछ, तँ कतिको स्पष्टवादी हुनेछस्, तेरो के क्षमता हुनेछ र तँ कस्तो रूपरङ्गको हुनेछस् भनेर योजना बनाइसक्नुभएको छ। उहाँले तँ परमेश्‍वरको घरमा आएर आफ्नो कर्तव्य निर्वाह गर्न थाल्ने उमेर र तैँले कुन समयमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनेर योजना बनाइसक्‍नुभएको छ—परमेश्‍वरले सुरुमै तेरो लागि हरकदम पूर्वनिर्धारित गरिसक्‍नुभएको छ। तँ जन्मनुअघि र तँ पछिल्ला धेरै वटा जीवनमा पृथ्वीमा आउँदा, परमेश्‍वरले तैँले, कामको यो अन्तिम चरणमा के-कस्तो कर्तव्य निर्वाह गर्नेछस् भनी परमेश्‍वरले प्रबन्ध गरिसक्नुभएको थियो। यो निश्चय नै ठट्टा होइन! तिमीहरूले यहाँ प्रवचन सुन्‍न सकिरहेका छौ, यो पनि परमेश्‍वरले पूर्वनिर्धारित गर्नुभएको थियो। यसलाई हल्का रूपमा लिन मिल्दैन! यसका साथै, तेरो उचाइ, तेरो रूपरङ्ग, तेरा आँखा कस्ता देखिन्छन्, तेरो आकृति, तेरो स्वास्थ्य अवस्था, तेरा जीवन अनुभवहरू के-कस्ता छन् र तँ निश्चित उमेरमा कुन कर्तव्यहरू लिन सक्छस्, र तेरो गुणस्तर र क्षमता कस्तो छ—परमेश्‍वरले तेरो निम्ति यी कुराहरू धेरै अघि पूर्वनिर्धारित गर्नुभएको थियो, र ती निश्चय नै अहिले प्रबन्ध गरिएका होइनन्। परमेश्‍वरले धेरै अघि तेरो निम्ति यी कुराहरू पूर्वनिर्धारित गर्नुभएको छ, भन्‍नुको मतलब, यदि उहाँले तँलाई प्रयोग गर्ने मनसाय बनाउनुभयो भने, उहाँले तँलाई यो आज्ञा र यो मिसन दिनुअघि नै तँलाई तयार गरिसक्नुभएको हुनेछ। त्यसैले, के तँ त्यसबाट भाग्नु स्वीकार्य हुन्छ त? के तँ त्यसबारे अर्धमनको हुनु स्वीकार्य हुन्छ त? ती दुवै स्वीकार्य हुँदैनन्; त्यसो गर्नु परमेश्‍वरलाई निराश तुल्याउनु हो! मानिसहरूले आफ्नो कर्तव्य त्याग्नु भनेको सबैभन्दा घटिया खालको विद्रोह हो। त्यो जघन्य कार्य हो। परमेश्‍वरले विचारशील र गम्भीर भएर मिहिनेत गर्नुभयो, अनादिकालदेखि नै तँलाई आजसम्म ल्याउन र यो मिसन दिन पूर्वनिर्धारित गर्नुभयो। त्यसोभए के यो मिसन तेरो जिम्मेवारी होइन त? के तेरो यो जीवनलाई मूल्य दिने कुरा यही होइन र? यदि तँ परमेश्‍वरले तँलाई दिनुहुने मिसन पूरा गर्दैनस् भने, तैँले जिउनुको मूल्य र अर्थ गुमाउँछस्; तँ व्यर्थमा जिएको जस्तै हुन्छ। परमेश्‍वरले तेरो निम्ति उचित परिस्थिति, वातावरण र पृष्ठभूमि प्रबन्ध गर्नुभयो। उहाँले तँलाई यो गुणस्तर र क्षमता प्रदान गर्नुभयो, तँलाई यो उमेरसम्म जिउन तयार गर्नुभयो, र तँलाई आफ्नो यो कर्तव्य निर्वाह गर्न चाहिने सबै योग्यताहरू प्राप्त गर्न तयार पार्नुभयो, उहाँले तेरो निम्ति यो सबै प्रबन्ध गर्नुभएको छ, तैपनि तैँले लगनशीलतापूर्वक यो कर्तव्य निभाइरहेको छैनस्। तँ परीक्षा सहन नसकेर उम्किन रोज्छस्, सधैँ राम्रो जीवन जिउन र सांसारिक कुराहरू पछ्याउन खोज्छस्। तँ परमेश्‍वरले तँलाई दिनुभएको वरदान र क्षमताहरू लिएर शैतानका निम्ति जिउँदै त्यसको सेवा गर्छस्। यसले परमेश्‍वरलाई कस्तो महसुस गराउँछ? उहाँका तँप्रतिका आशाहरू पूरा नहुँदा, के उहाँले तँलाई घृणा गर्नुहुनेछैन र? के उहाँले तँलाई हेला गर्नुहुनेछैन र? उहाँले तँमाथि ठूलो क्रोध बर्साउनुहुनेछ। अनि त्यसपछि के यो मामला सुल्झेको मान्‍न सकिन्छ? के यो तैँले सोचेझैँ सरल हुन सक्छ? के तँलाई तैँले यो जीवनमा आफ्नो मिसन पूरा गरिनस् भने, तँ मरेपछि कुरा सक्किन्छ जस्तो लाग्छ? कुरा त्यहाँ सकिन्‍न; त्यसपछि तेरो आत्मा खतरामा हुनेछ। तैँले आफ्नो कर्तव्य निर्वाह गरिनस्, परमेश्‍वरको आज्ञा स्विकारिनस्, र तँ परमेश्‍वरको उपस्थितिबाट भागिस्। कुरो गम्भीर भइसक्यो। तँ भागेर कहाँ जान सक्छस्? के तँ परमेश्‍वरको हातबाट उम्किन सक्छस्? परमेश्‍वरले यस्तो व्यक्तिलाई कसरी वर्गीकरण गर्नुहुन्छ? (यी मानिसहरूले उहाँलाई धोका दिएका छन्।) परमेश्‍वरले उहाँलाई धोका दिएका मानिसहरूलाई कसरी पारिभाषित गर्नुहुन्छ? परमेश्‍वरको न्यायको सिंहासनबाट भागेर जाने मानिसहरूलाई उहाँले कसरी वर्गीकरण गर्नुहुन्छ? यी मानिसहरूले हुन् विनाश भोग्नेछन् र नष्ट हुनेछन्। तैँले अर्को जीवन वा पुनर्जन्म कहिल्यै पनि पाउनेछैनस् र परमेश्‍वरले सम्भवतः तँलाई अर्को कुनै आज्ञा दिनुहुनेछैन। उप्रान्त तेरो लागि कुनै मिसन छैन, र तँसँग मुक्ति प्राप्त गर्ने कुनै मौका छैन। यो त गम्भीर समस्या हो! परमेश्‍वरले यसो भन्‍नुहुनेछ: “यो व्यक्ति पहिले एकचोटि मेरो नजरबाट भागिसक्यो, मेरो न्यायको सिंहासन र मेरो उपस्थितिबाट उम्किसक्यो। उसले आफ्नो मिसन पूरा वा आफ्नो आज्ञा पालन गरेन। उसको जीवन यहीँ सक्किन्छ। खतम; जीवन सक्कियो।” कस्तो दुःखद घटना! चाहे तिमीहरूको कर्तव्य ठूलो होस् वा सानो, भौतिक होस् वा मानसिक, बाह्य मामलाहरू सम्हाल्ने कुरा होस् वा भित्री काम, तिमीहरूले आज परमेश्‍वरको घरमा आफ्नो कर्तव्य निभाउन सक्छौ, र कसैले पनि आफ्नो कर्तव्य संयोगवश निभाइरहेको छैन। यो तेरो रोजाइ कसरी हुन सक्छ? यो सबैको अगुवाइ परमेश्‍वरले नै गर्नुहुन्छ। परमेश्‍वरले तँलाई आज्ञा दिनुभएको कारण मात्र तँ यसरी उत्प्रेरित भएको छस्, तँमा मिसन र जिम्मेवारीको यो समझ छ, र तँ यो कर्तव्य निभाउन सक्छस्। गैरविश्‍वासीहरूमध्ये कति धेरै जनामा सुन्दर रूप, ज्ञान वा प्रतिभा हुन्छ, तर के परमेश्‍वरले तिनीहरूलाई रुचाउनुहुन्छ त? अहँ, रुचाउनुहुन्‍न। परमेश्‍वरले तिनीहरूलाई चुन्‍नुभएन, र उहाँ तिमीहरूलाई मात्र रुचाउनुहुन्छ। उहाँले आफ्नो व्यवस्थापन योजनामा तिमीहरू सबैलाई हरेक प्रकारको भूमिका निर्वाह गर्न, हरेक प्रकारको कर्तव्य निर्वाह गर्न, र विभिन्‍न प्रकारका जिम्मेवारी वहन गर्न लगाउनुभएको छ। जब अन्ततः परमेश्‍वरको व्यवस्थापन योजना सक्किन्छ र हासिल हुन्छ, यो कत्रो महिमा र गौरवको कुरा हुनेछ! त्यसैले, मानिसहरूले आज आफ्नो कर्तव्य निभाउने क्रममा अलिकति कठिनाइ भोग्दा; केही कुराहरू त्याग गर्नुपर्दा, आफूलाई अलिकति समर्पित गर्दा, र निश्चित मूल्य चुकाउँदा; संसारमा आफ्नो हैसियत अनि प्रसिद्धि र प्राप्ति गुमाउँदा; र यी सबै कुराहरू बिलाउँदा, परमेश्‍वरले तिनीहरूबाट यी सबै कुराहरू लैजानुभए जस्तै देखिन्छ, तर तिनीहरूले अझ बढी बहुमूल्य र मूल्यवान् कुरा प्राप्त गरेका छन्। मानिसहरूले परमेश्‍वरबाट के प्राप्त गरेका छन्? तिनीहरूले आफ्नो कर्तव्य निभाएर सत्यता र जीवन प्राप्त गरेका छन्। तैँले आफ्नो कर्तव्य निर्वाह गरिसकेपछि मात्रै परमेश्‍वरको आज्ञा पूरा गरेको हुन्छस्, तँ आफ्नो पूरै जीवन आफ्नो मिसन र परमेश्‍वरले तँलाई दिनुभएको आज्ञाका निम्ति जिउँछस्, तँसँग सुन्दर गवाही हुन्छ, र तँ मूल्यवान् जीवन जिउँछस्—तब मात्र तँ वास्तविक व्यक्ति बन्छस्! अनि म किन तँलाई वास्तविक व्यक्ति भन्छु? किनभने परमेश्‍वरले तँलाई चुन्नुभएको छ र उहाँको व्यवस्थापनअन्तर्गत तँलाई सृजित प्राणीका रूपमा आफ्नो कर्तव्य निभाउने तुल्याउनुभएको छ। यो तेरो जीवनको सबैभन्दा ठूलो मूल्य र अर्थ हो।

परमेश्‍वरले मानिसहरूबाट धेरै माग गर्नुहुन्‍न। जब परमेश्‍वरले तँलाई कुनै आज्ञा र जिम्मेवारी दिनुहुन्छ, तब यदि तैँले तँमा अलिकति मात्र आस्था छ र यो तैँले गर्न सक्ने सर्वोत्तम प्रयास हो, तैँले दिन सक्ने यत्ति नै हो, र तैँले यी कुराहरू मात्रै वहन गर्न सक्छस् भनेर भन्छस् भने, परमेश्‍वरले तँलाई जोड-जबरजस्ती गर्नुहुनेछैन। यदि उहाँले तँसँग शतप्रतिशत माग गर्नुभयो, र तँ पन्चानब्बे दिन्छस् भने, उहाँ असन्तुष्ट हुनुहुनेछ, उहाँले तँलाई त्यत्तिकै जान दिनुहुनेछैन, र तँ उहाँले माग गर्नुहुने शतप्रतिशतमा पुग्न सक् भनेर निरन्तर तँलाई उत्प्रेरित र आग्रह गर्नुहुनेछ भन्‍ने होइन। परमेश्‍वरले त्यसो गर्नुहुनेछैन। बरु, उहाँले तेरो कद, ऊर्जा र क्षमताअनुसार तँलाई क्रमिक रूपमा, पाइला दर पाइला माथि चढ्ने तुल्याउनुहुनेछ। परमेश्‍वर आफ्नो काममा निष्पक्ष र व्यावहारिक हुनुहुन्छ। उहाँले मानिसहरूलाई जोर-जबरजस्ती गर्नुहुन्‍न; उहाँले तँलाई आराम र सहज महसुस गराउनुहुन्छ, उहाँले तेरो लागि गर्ने सबथोकमा उहाँ तँलाई बुझ्न र तेरो ख्याल राख्न सक्नुहुन्छ भनेर महसुस गराउनुहुन्छ। मानिसहरू परमेश्‍वरको कष्टप्रद मिहिनेत, साथै उहाँको मानवजातिप्रतिको कृपा, प्रेमिलो दयालुपन र सहनशीलताबारे सचेत हुनुपर्छ। त्यसपछि मानिसहरूले के गर्नुपर्छ, र तिनीहरूले कसरी सहकार्य गर्नुपर्छ? तिनीहरूले यसरी सहकार्य गर्नुपर्छ: “म परमेश्‍वरका अभिप्राय सन्तुष्ट पार्न लागिपर्नैपर्छ। परमेश्‍वर मबाट शतप्रतिशत चाहनुहुन्छ; यदि म साठी प्रतिशत दिन सक्छु भने म तीस प्रतिशत मात्र दिनेछैनँ। म मेरो पूरै बल लगाउनेछु। म अस्थिर हुनेछैनँ, म झारा टार्ने छैनँ, र म भाग्यमा भर पर्ने मानसिकता राख्नेछैनँ।” त्यति गरे पुग्छ। परमेश्‍वर मानिसको हृदयलाई नियाल्नुहुन्छ। उहाँ सबै मानिसहरूबाट समान मागहरू गर्नुहुन्‍न; अरू कसैले आफ्नो छोराछोरी र परिवार वा जागिर त्याग्यो भन्दैमा तैँले पनि त्यस्तै गर्नुपर्छ भन्‍ने छैन। परमेश्‍वर “सबैका लागि एउटै नाप मिल्छ” भन्‍ने दृष्टिकोण राख्नुहुन्‍न, उहाँ तेरो कद र तँ के हासिल गर्न सक्छस्, त्यही अनुसार तँसँग माग गर्नुहुन्छ। त्यसैले, तैँले कुनै चिन्ता वा दबाब महसुस गर्नै पर्दैन। तँ जे हासिल गर्न सक्षम छस्, त्यसैको आधारमा परमेश्‍वरसामु प्रार्थना मात्र गर्। जे सुकै कठिनाइ भए पनि, वा तँ जस्तो सुकै बन्धनमा भए पनि, तीबाट पछि नहट्। तिनलाई तँलाई असर गर्न नदे। त्यो नै सही तरिका हो। तँ एकपटक तीबाट प्रभावित भएपछि, यसो सोचिरहनेछस्, “मैले त्यत्ति राम्रो काम गरेको छैनँ। परमेश्‍वर मदेखि अप्रसन्‍न हुनुहुन्छ, हुनुहुन्‍न र? मैले निकै ख्याल गर्नुपर्छ। मैले धेरै जोड गर्नुहुन्‍न; अलिकति खुला ठाउँ छोड्नुपर्छ।” यो गलत हो; यो परमेश्‍वरबारे गलत बुझाइ हो। मानिसहरूले क्रमिक रूपमा यस्तो अनुभव गर्दा तिनीहरूलाई झन्-झन् के महसुस हुन्छ भने, तिनीहरूको आस्था यति सानो छ कि तिनीहरू “महान् व्यक्तिलाई अज्ञानीको मापदण्डअनुसार मुल्याङ्कन गर्नु” भन्‍ने भनाइ जस्तै परमेश्‍वरलाई आफ्ना धारणा र कल्पनाका आधारमा शङ्का गर्न सक्छन्। तिनीहरू परमेश्‍वरमा विश्‍वास त गर्छन्, तर उहाँमा भर पर्न डराउँछन्; तिनीहरू परमेश्‍वरको सार्वभौमिकतामा विश्‍वास त गर्छन् तर उहाँको हातमा सबथोक सुम्पिन डराउँछन्। मानिसहरू प्रायः यसो भन्छन्, “परमेश्‍वरले यावत् थोकमाथि सार्वभौमिकता राख्नुहुन्छ” र “सबै कुरा परमेश्‍वरकै हातमा छन्,” तर कुनै परिस्थिति सामना गर्दा, तिनीहरू यसो सोच्छन्, “के परमेश्‍वरले साँच्चै यो कुरामाथि सार्वभौमिकता राख्न सक्नुहुन्छ र? के उहाँ साँच्चै भरपर्दो हुनुहुन्छ र? मैले अरू मानिसहरूमै भर परेको राम्रो हुन्छ, र यदि त्यो काम लागेन भने, म आफै केही उपाय निकाल्नेछु।” त्यसपछि, तिनीहरू आफू कति अपरिपक्व, हास्यास्पद र कदमा कति सानो छन् भनी बुझ्छन्। तिनीहरू फेरि पछाडि फर्किन्छन्, परमेश्‍वरमा भर पर्न खोज्छन्, तर अझै पनि मार्ग भेट्टाउँदैनन्। यद्यपि, तिनीहरूलाई हृदयको गहिराइमा परमेश्‍वर विश्‍वासयोग्य र भरपर्दो हुनुहुन्छ भनेर थाहा हुन्छ; तिनीहरूको आस्था निकै कम रहेको र तिनीहरू सधैँ शङ्कालु भएका मात्रै हुन्। तँ यो समस्यालाई कसरी समाधान गर्छस् त? तँ आफ्नो अनुभव अनि सत्यताको पछ्याइ र बुझाइमा भर पर्नुपर्छ—तब मात्र तैँले साँचो आस्था उत्पन्‍न गर्न सक्छस्। तैँले जति धेरै अनुभव गर्छस् र तँ जति धेरै परमेश्‍वरमा भर पर्छस्, तैँले उहाँ त्यति धेरै भरपर्दो हुनुहुन्छ भनेर महसुस गर्नेछस्। जब तैँले अझ बढी मामलाहरू अनुभव गर्दै जान्छस्, तब परमेश्‍वरले कसरी तेरो बारम्बार सुरक्षा गर्नुहुन्छ, कठिनाइहरू पार गर्न र खतराबाट टाढा रहन कसरी मद्दत गर्नुहुन्छ भन्‍ने देख्दा, तैँले थाहै नपाई परमेश्‍वरप्रतिको साँचो आस्था र भरोसा विकास गर्नेछस्। तँलाई परमेश्‍वर विश्‍वासयोग्य र भरपर्दो हुनुहुन्छ भन्‍ने अनुभूति हुनेछ। सर्वप्रथम तेरो हृदयमा यो आस्था हुनुपर्छ।

हरेक व्यक्तिको आफ्नै नियति हुन्छ, र यो सबै परमेश्‍वरद्वारा पूर्वनिर्धारित हुन्छ; कसैले पनि अरूको भाग्यलाई नियन्त्रण गर्न सक्दैन। तैँले आफ्नो परिवारबारे चिन्ता गर्न छोड्नुपर्छ र सबै थोक छोड्न र त्याग्न सिक्नुपर्छ। तैँले यो कसरी गर्न सक्छस् त? एउटा तरिका भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु हो। तैँले परमेश्‍वरमा विश्‍वास नगर्ने तेरा आफन्तहरूले कसरी सांसारिक कुराहरू, सम्पत्ति र भौतिक सुख पछ्याउँछन् भनेर पनि चिन्तन गर्नुपर्छ। तिनीहरू शैतानका हुन्, र तिनीहरू तँभन्दा फरक किसिमका मानिस हुन्। यदि तैँले आफ्नो कर्तव्य निर्वाह गर्दैनस् र तिनीहरूमाझ जिउँछस् भने, पीडादायी जीवन जिउनेछस्। तैँले काम-कुराबारे तिनीहरूभन्दा फरक दृष्टिकोण राख्ने भएकोले, तँ तिनीहरूसँग मिल्नेछैनस्, बरु यातना भोग्नेछस्। त्यहाँ पीडा मात्र हुनेछ, खुसी हुनेछैन। के मोहले तँलाई शान्ति र आनन्द दिन सक्छ? देहको खाँचो पूरा गर्दा तैँले पीडा, खोक्रोपन, र जीवनभरको पछुतो मात्र पाउनेछस्। यो तैँले राम्ररी बुझ्नुपर्ने कुरा हो। त्यसैले, तैँले आफ्नो परिवारलाई सम्झिनु एकतर्फी हुन्छ; यो अनावश्यक रूपमा भावनात्मक हुनु हो। तँ तिनीहरू भन्दा फरक मार्गमा हिँडिरहेको छस्। जीवन र संसारबारे तेरो दृष्टिकोण, जीवन मार्ग, र पछ्याइका उद्देश्यहरू सबै फरक छन्। तँ अहिले आफ्नो परिवारसँग छैनस्, तर रगतको सम्बन्ध भएकोले, तँ जहिले पनि तिनीहरूको नजिक भएको अनि एकै परिवार भएको आभास गर्छस्। तर, जब तँ तिनीहरूसँग वास्तवमै बस्छस्, तब तँ केही दिन तिनीहरूसँग व्यवहार गर्दा नै दिक्क हुनेछस्। तिनीहरू झूटले भरिएका छन्; तिनीहरूले भन्‍ने कुरा सबै गलत, गुलियो र कपटी हुन्छन्। तिनीहरूको आचरण र संसारसँग व्यवहार गर्ने तरिका सबै शैतानी दर्शनमा र जीवनका भनाइहरूमा आधारित हुन्छन्। तिनीहरूको विचार र दृष्टिकोण सबै गलत र बेतुका हुन्छन्, र तिनीहरूलाई सुन्दा कान पाक्छ। अनि तँ मनमनै यसो सोच्नेछस्, “म तिनीहरूलाई सधैँ सम्झिरहन्थेँ, र तिनीहरू राम्ररी जिइरहेका छैनन् भनेर सधैँ चिन्तित रहन्थेँ। तर अहिले तिनीहरूसँग जिउनु त साँच्चै असहनीय छ!” तँ तिनीहरूबाट वाक्क हुनेछस्। तैँले अझै पनि तिनीहरू कस्ता मानिस हुन् भनेर पत्ता लगाएको छैनस्, त्यसैले तँ अझै पनि पारिवारिक बन्धनहरू अरू कुनै पनि कुरा भन्दा महत्त्वपूर्ण र वास्तविक हुन्छन् भनेर सोच्छस्। तँ अझै पनि मोहमा बाँधिएको छस्। तैँले जसरी भए पनि ती मोहका कुराहरूलाई छोड्न खोज्। तैँले छोड्न सक्दैनस् भने, आफ्नो कर्तव्यलाई प्राथमिकता दे। परमेश्‍वरको आज्ञा र तेरो मिसन सबैभन्दा महत्त्वपूर्ण कुरा हुन्। सुरुमा आफ्नो कर्तव्य निभाउनु सबैभन्दा पहिला आउँछ, र अहिलेका लागि तेरा देहमा भएका नातेदारहरूका बारेमा चिन्ता नगर्। जब तेरो आज्ञा र कर्तव्य पूरा हुन्छन्, तब तँलाई सत्यता झन्-झन् स्पष्ट हुँदै जान्छ, परमेश्‍वरसँगको तेरो सम्बन्ध झन्-झन् सामान्य बन्दै जान्छ, तेरो परमेश्‍वरप्रतिको समर्पणकारी हृदय झन्-झन् बढ्दै जान्छ, र परमेश्‍वरको डर मान्‍ने तेरो हृदय झन्-झन् बढ्दै र झन्-झन् स्पष्ट हुँदै जान्छ, त्यसपछि तँभित्रको स्थिति परिवर्तन हुनेछ। तेरो स्थिति परिवर्तन भएपछि, तेरा सांसारिक दृष्टिकोण र मोहहरू बिलाएर जानेछन्, तैँले उप्रान्त ती कुराहरू खोज्नेछैनस्, र तेरो हृदयले परमेश्‍वरलाई कसरी प्रेम गर्ने, उहाँलाई कसरी सन्तुष्ट पार्ने, उहाँलाई प्रसन्‍न तुल्याउने शैलीमा कसरी जिउने, र सत्यतासाथ कसरी जिउने भनेर खोज्न मात्र चाहनेछ। तेरो हृदय यसमा लागिपरेपछि, देहगत मोहसँग सम्बन्धित कुराहरू बिस्तारै हराएर जानेछन्, र तिनले उप्रान्त तँलाई बाँध्न वा नियन्त्रण गर्न सक्नेछैनन्।

केही मानिसहरू भन्छन्: “म आफ्ना कर्तव्य निभाउँदा, आफ्नो परिवारको मोहले बाँधिन्‍न, तर जब पनि म खाली समय पाउँछु, तिनीहरूलाई सम्झिन थाल्छु।” ठिक छ, आफ्नो परिवारलाई सम्झिनुका परिणामहरू के-कस्ता हुन्छन् त? यदि त्यसले तँलाई नकारात्मक र कर्तव्य निर्वाह गर्न अनिच्छुक बनाउन सक्छ भने, तैँले त्यो हल गर्नका निम्ति सत्यता खोज्नुपर्छ। तैँले समस्या हल गरिसकेपछि, अर्को पटक खाली समय पाउँदा एकैनासले परिवारलाई सम्झिरहनेछैनस्, र त्यसले कुनै परिणाम ल्याउनेछैन। त्यसैले, जे समस्या आइपरे पनि, तैँले तिनलाई हल गर्न सधैँ सत्यता खोज्नुपर्छ; यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। आफ्नो परिवारलाई सम्झिनु चिन्ताको विषय होइन; मुख्य कुरा, तैँले एकैनासले घर सम्झिरहनुको परिणाम के हुनेछ, र यो मामलालाई कसरी समाधान गरिनुपर्छ भन्‍ने कुराबारे सोच्नुपर्छ। तैँले मनन गर्नुपर्छ; “ममा यस्तो अवस्था कसरी पैदा भयो? म किन सधैँ आफ्नो परिवारलाई सम्झिरहन्छु? मलाई सत्यताका कुन अंशहरू स्पष्ट छैनन्? म कुन सत्यताहरूमा प्रवेश गर्नुपर्छ?” यसरी अभ्यास गर्, अनि तैँले छिट्टै सत्यतामा प्रवेश पाउनेछस्। तैँले आफ्नो मनमा सधैँ सत्यताबारे चिन्तन गरिरहनुपर्छ; तैँले जति धेरै चिन्तन गर्छस्, सत्यताबारेको तेरो बुझाइ त्यति नै स्पष्ट हुनेछ, र तँसँग मनमा त्यति नै धेरै अभ्यासका मार्गहरू हुनेछन्। यसले सत्यताको ज्ञानको टुक्रा हुनुको सट्टा साँच्चै सत्यता बुझ्नतर्फ डोऱ्याउनेछ। यो अवस्थामा, तैँले तँसँग सङ्गति गर्न मान्छेहरू खोज्न चाहनेछस्। सङ्गतिको उद्देश्य के हो? यो पुष्टि प्राप्त गर्नका निम्ति हो, सत्यतालाई अझ सटिक रूपमा र कुनै विचलन बिना बुझ्नका निम्ति हो। यसरी, तँलाई कुनै पनि कठिनाइ हुनेछैन, र उप्रान्त तेरो मन बन्धनमा पर्नेछैन र त्यसले स्वाधीनता र स्वतन्त्रता प्राप्त गर्नेछ। तैँले उप्रान्त एकैनासले आफ्नो परिवारलाई सम्झिरहनेछैनस्, र तँ सांसारिक उल्झनहरूबाट उम्किन सक्नेछस्। तेरो स्थिति बढ्दो रूपमा सामान्य हुनेछ। तिमीहरू सबैले सत्यताबारे चिन्तन गर्न सिक्नुपर्छ। तिमीहरूले त्यो कसरी गर्न सक्छौ? उदाहरणका लागि, मानौँ तैँले आज केही कुरा गरिस् जुन तँलाई त्यत्ति ठिक लागिरहेको छैन र त्यो सिद्धान्तहरू विपरीत गए जस्तो देखिन्छ, तर तँलाई समस्या ठ्याक्कै कहाँ छ भनेर थाहा छैन। तैँले यही बेला, “यो समस्या कुन सत्यतासँग सम्बन्धित छ? यो कुन सिद्धान्तसँग सम्बन्धित छ?” भनेर सोच्दै परमेश्‍वरलाई प्रार्थना गरेर सत्यता खोज्नुपर्छ। तैँले सत्यताबारे सङ्गति गर्न, समीक्षा गर्न र चिन्तन गर्न कुनै व्यक्ति खोज्नुपर्छ। जब तैँले अन्ततः समस्याको स्रोत पत्ता लगाउँछस् र सत्यता खोजेर त्यसलाई समाधान गर्छस्, तँमा परमेश्‍वरप्रति झन् बढी आस्था हुनेछ, र तैँले सत्यताका सन्दर्भमा अझ बढी प्रगति गरेको महसुस गर्नेछस्। तैँले केही मामलाहरू छर्लङ्ग देख्न र केही आत्मिक शब्दहरू बुझ्न सक्नेछस्; वा, तँ बारम्बार दोहोरिइरहने कुनै धर्मसिद्धान्त वा नाराले वास्तवमा के जनाउँछ र त्यसको अर्थ के हो भनेर बुझ्न सक्षम हुनेछस्। यो भनेको सत्यताबारे केही बुझाइ हुनु र त्यसलाई कसरी अभ्यास गर्ने भनेर जान्‍नु हो। त्यसपछि तँ गएर अरूसँग सङ्गति गर्नेछस्, यो नारा स्पष्टसँग नबुझिएसम्म यसबारे सङ्गति गर्नेछस्, यसलाई अभ्यासको एउटा मार्गमा परिणत गर्नेछस्। के यो राम्रो कुरा होइन र? यो अघि बढ्ने अर्को मार्ग हो। कहिलेकाहीँ, तैँले निश्चित स्थिति भएको कुनै व्यक्ति देख्नेछस् र यसो सोच्न सक्छस्: “यो व्यक्तिको स्थिति किन यस्तो छ? उसको यस्तो स्थिति कसरी हुन आयो? मेरो स्थिति किन यस्तो छैन? उसले भनेको कुराले एउटा निश्चित स्थिति र मानसिकताको प्रतिनिधित्व गर्छ। उसमा यो मानसिकता कसरी विकास भयो? समस्या कहाँ उत्पन्‍न भयो? यो सत्यताको कुन पक्षसँग सम्बन्धित छ? के मैले पनि सत्यता खोज्नु पर्दैन र?” सङ्गति र खोजीद्वारा, तैँले समस्या फेला पार्छस् अनि उसको त्यो स्थिति तँसँग पनि छ भनेर बुझ्छस्। तैँले उसको अवस्थालाई आफ्नै अवस्थासँग मिलाइस्, मिलाइनस् र? के यो प्रयास सार्थक थिएन र? (थियो।) समस्या पत्ता लगाएपछि, तैँले सङ्गति गर्न कुनै व्यक्ति फेला पार्छस्। जब तैँले अन्त्यमा उत्तर फेला पार्छस् अनि समस्या के हो भनेर पत्ता लगाउँछस्, तब समस्या सुल्झिन्छ। समस्या पत्ता लगाइसकेपछि त्यसलाई समाधान गर्न सजिलो हुन्छ। यदि तँ त्यसलाई पत्तै लगाउन सक्दैनस् भने, त्यो समस्या कहिल्यै समाधान हुन सक्दैन। कहिलेकाहीँ, जब तेरो मन शान्त भएको हुन्छ, त्यो समय सत्यता र परमेश्‍वरका वचनबारे मनन गर्ने सर्वोत्तम समय हुन सक्छ। यो अवसरलाई भावनात्मक सम्बन्धहरूलाई मलजल गरेर, एकोहोरो रूपमा परिवारसँग पुनर्मिलन हुनेबारे सोचेर कदापि खेर नफाल्; यो समस्याजनक कुरा हो। यदि तँ निरन्तर आफ्नो परिवारबारे चिन्तित रहन्छस् र कुनै पनि मौका पाउनेबित्तिकै तिनीहरूसँग भावनात्मक रूपमा जोडिन्छस् भने, तेरो मन सधैँ यी भावनात्मक उल्झनहरूले भरिएको हुनेछ; तैँले यी बन्धन तोड्न र छोड्न सक्नेछैनस्। तैँले अझ बढी प्रार्थना गर्नुपर्छ, अझ धेरै परमेश्‍वरका वचनहरू पढ्नुपर्छ, र आफ्ना विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूसँग बारम्बार सङ्गति गर्नुपर्छ। जब तैँले सत्यता बुझ्छस्, कमसेकम तँ परिवार, देह वा मोहले बाँधिएको त हुनेछैनस्। यी कुराहरू छोड्न सजिलो हुनेछ; अघि बढ्ने मार्ग यही हो। वास्तवमा, धेरै मानिसहरूको अनुभव यस्तै छन्। भावनात्मक समस्याहरू समाधान गर्न केही समयको अनुभव चाहिन्छ; तैँले सत्यता बुझेपछि, समस्याहरू समाधान गर्न सहज हुन्छ।

अंश ८३

परमेश्‍वरमा वर्षौँदेखि विश्‍वास गर्दै आएका मानिसहरूले जग बसालेको भए पनि, समाधान गर्नैपर्ने वास्तविक समस्या छ। धेरैजसो मानिसले सत्यताका सबै पक्षलाई केही मात्रामा बुझ्छन्, अनि सही वचन तथा धर्मसिद्धान्तहरू बोल्न र प्रचार गर्न सक्छन्, तर तिनीहरूले आफ्नो वास्तविक जीवनमा यी वचनहरूको शुद्धता अनुभव गरेका हुँदैनन्। तिनीहरूले यी वचनहरूमा भएको सत्यताको वास्तविक अर्थ र व्यावहारिक पक्षलाई साँच्चै अनुभव गरेका हुँदैनन्। तँलाई सत्यताको वास्तविकतामा प्रवेश गर्नका लागि उपयुक्त वातावरण, आफ्नो पक्षमा सही मान्छेहरू, अनि तँलाई जीवनमा प्रगति गर्न सक्षम बनाउने उपयुक्त मानिस, घटना र परिस्थितिहरू चाहिन्छ। यसरी तैँले बुझ्ने यी सत्यता र यी धर्मसिद्धान्तहरू दुवैको पुष्टि हुनेछ, र तिनले तँलाई अनुभव प्राप्त गराउनेछन्। यदि सद्दे बिउलाई मलिलो माटोमा रोपियो, तर त्यसले सूर्यको प्रकाश र पानीको ओस पाएन भने, त्यसको अङ्कुर ओइलाएर जानेछैन र? (हो, त्यो ओइलाएर जानेछ।) त्यसैले, जब तैँले धेरै प्रवचन, धेरै सत्यता र परमेश्‍वरका धेरै वचन सुनेको हुन्छस्, र यो मार्ग नै सही र जीवनको सही मार्ग हो भन्‍ने थाहा पाइसकेको हुन्छस्, तब त्यस बेला तँलाई कुन कुरा आवश्यक हुन्छ? तैँले परमेश्‍वरलाई आफ्नो जीवनका लागि शिक्षाप्रद र सहयोगी हुने अनि आफूलाई जीवनमा प्रगति गराउन सक्ने उपयुक्त वातावरणको व्यवस्था गरिमाग्नुपर्छ। यो वातावरण एकदमै आरामदायी नहोला—व्यक्तिको देहले कठिनाइ खेप्नैपर्छ, र उसले धेरै कुरा त्याग्नैपर्छ र छोड्नैपर्छ। यो तिमीहरूले अहिलेसम्म अनुभव गरिसकेको कुरा हो। उदाहरणका लागि, मानिलिऊँ तँ सतावटमा परिस् र घर फर्कन, आफ्ना छोराछोरी वा जीवनसङ्गीलाई भेट्न वा सम्पर्क गर्न, आफ्ना नातेदार र इष्टमित्रलाई भेट्न वा तिनीहरूबाट कुनै खबर प्राप्त गर्न सकिनस्। मध्यरातमा तँ घरबारे यसरी सोच्न थाल्नेथिइस्: “मेरा बुबालाई कस्तो होला? उहाँ वृद्ध हुनुहुन्छ र उहाँको कदर गर्न मलाई असम्भव छ। मेरी आमाको स्वास्थ्य ठिक छैन र उहाँलाई अहिले कस्तो छ, मलाई केही थाहा छैन।” के तँ सधैँ यिनै कुराहरूबारे सोचिरहने थिइनस् होला? यदि तेरो हृदय सधैँ नै यस्ता कुराहरूको बन्धनमा रह्यो भने, त्यसले तेरो कर्तव्य निर्वाहमा कस्तो असर पार्नेछ? तैँले आफूलाई सांसारिक र दैहिक मामिलाहरूमा अति नै मुछिनस् र तीसँग त्यति सरोकार राखिनस् भने, त्यो तेरो जीवनको प्रगतिका निम्ति लाभदायक हुन्छ। तेरो सोचाइ र चिन्ता पटक्कै काम लाग्नेछैन; यी सबै मामिला परमेश्‍वरको हातमा छन्, र तैँले आफ्नो परिवारका सदस्यहरूको नियति परिवर्तन गर्न सक्दैनस्। तैँले परमेश्‍वरको विश्‍वासीको रूपमा आफ्नो पहिलो प्राथमिकता भनेको उहाँका अभिप्रायलाई ध्यान दिनु, आफ्नो कर्तव्य पूरा गर्नु, साँचो आस्था प्राप्त गर्नु, परमेश्‍वरका वचनहरूको सत्यतामा प्रवेश गर्नु, जीवनमा उन्‍नति गर्नु र सत्यता प्राप्त गर्नु हो भन्‍ने बुझ्नैपर्छ। यो नै सबैभन्दा अर्थपूर्ण कुरा हो। यसो हेर्दा, मानिसहरूले साँच्चै नै संसार र आफ्नो परिवार त्यागेजस्तो देखिन्छ, तर वास्तवमा के भइरहेको हो? (यसमाथि सार्वभौमिकता राख्नुहुने र यसलाई योजनाबद्ध गर्नुहुने परमेश्‍वर नै हुनुहुन्छ।) यसलाई परमेश्‍वरले नै योजनाबद्ध गर्नुहुन्छ; उहाँले नै तँलाई आफ्नो परिवार भेट्न रोक्नुहुन्छ। यसलाई अझ उचित तरिकामा भन्‍नुपर्दा, परमेश्‍वर तँलाई ती कुराबाट वञ्चित गर्नुहुन्छ। के यी सबैभन्दा व्यावहारिक वचन होइनन् र? (हुन्।) मानिसहरू सधैँ परमेश्‍वरले मामिलाहरूमाथि सार्वभौमिकता राख्नुहुन्छ र तिनको बन्दोबस्त गर्नुहुन्छ भनी भन्‍ने गर्छन्, त्यसोभए, उहाँ यस मामिलामाथि कसरी सार्वभौमिकता राख्नुहुन्छ? उहाँले तँलाई तेरो घरबाट बाहिर ल्याएर तेरो परिवारलाई तँमाथि बोझ बन्‍न दिनुहुन्‍न। त्यसोभए, उहाँ तँलाई कहाँ लग्नुहुन्छ? उहाँ तँलाई कुनै दैहिक उल्झन नभएको, तैँले आफ्ना प्रियजनलाई देख्न नसक्ने वातावरणमा लग्नुहुन्छ। तँलाई तिनीहरूबारे चिन्ता लाग्दा, र तिनीहरूका लागि आफूले केही गर्न चाहँदा, तँ त्यो गर्न सक्दैनस्, र तैँले छोराछोरीको धर्म पूरा गर्न चाहँदा, त्यो गर्न सक्दैनस्। तिनीहरूले अब तँलाई उल्झनमा पार्न सक्दैनन्। परमेश्‍वरले तँलाई तिनीहरूदेखि टाढा लग्नुभएको छ, र यी सब उल्झनबाट तँलाई वञ्चित गर्नुभएको छ, नत्र त तँ अझै पनि तिनीहरूप्रति छोराछोरीको धर्म पूरा गर्नतिर लाग्नेथिइस्, तिनीहरूको सेवा गर्नेथिइस् र तिनीहरूका लागि कठोर परिश्रम गर्नेथिइस्। परमेश्‍वरले तँलाई यी बाहिरी उल्झनहरूबाट पर लैजानु राम्रो कुरा हो कि नराम्रो? (राम्रो कुरा।) यो राम्रो कुरा हो, र त्यसमा पछुताउनुपर्ने कुनै कारण छैन। यो राम्रो कुरा भएकाले, मानिसहरूले के गर्नुपर्छ? मानिसहरूले परमेश्‍वरलाई यसो भन्दै धन्यवाद दिनुपर्छ: “परमेश्‍वर मलाई अति माया गर्नुहुन्छ!” कसैले पनि आफ्नै प्रयासमा स्नेहको बन्धनबाट उम्कन सक्दैन, किनभने सबै मानिसहरूको हृदय स्नेहको बन्धनमा परेको हुन्छ। तिनीहरू सबै आफ्नो परिवारसँग एकसाथ हुन, पूरै परिवार एकसाथ भेला हुन, सबै जना सुरक्षित, स्वस्थ र खुसी रहन, र कहिल्यै नछुट्टी हरेक दिन यसै गरी बिताउन चाहन्छन्। तर यसको नराम्रो पक्ष छ। तैँले आफ्नो जीवनका सम्पूर्ण ऊर्जा र प्रयास, आफ्नो युवावस्था, आफ्नो सर्वोत्तम कालखण्ड र आफ्नो जीवनका सर्वोत्तम भाग तिनीहरूमा खर्च गर्नेछस्; तैँले आफ्नो सारा जीवन आफ्नो देह, परिवार, प्रियजन, काम, ख्याति र लाभ र सबै खाले जटिल सम्बन्धहरूमा लगाउनेछस्, र फलस्वरूप आफूलाई पूर्णतः नष्ट गर्नेछस्। त्यसोभए, परमेश्‍वर मानिसलाई कसरी प्रेम गर्नुहुन्छ? परमेश्‍वर भन्‍नुहुन्छ: “तँ यो दलदलमा परेर आफैलाई नष्ट नगर्। यदि तेरा दुवै खुट्टा भासिएका छन् भने, तैँले जतिसुकै बल लगाए पनि आफूलाई बाहिर निकाल्न सक्नेछैनस्। तँसँग कद वा साहस छैन, झन् आस्था हुनु त परको कुरा हो। म नै तँलाई बाहिर निकाल्नेछु।” परमेश्‍वर यही गर्नुहुन्छ, र उहाँ तँसँग यसबारे कुरा गर्नुहुन्‍न। किन परमेश्‍वर मानिसहरूको धारणा माग्नुहुन्‍न? केही मानिस भन्छन्: “परमेश्‍वर सृष्टिकर्ता हुनुहुन्छ, उहाँ आफू जे चाहनुहुन्छ, त्यही गर्नुहुन्छ। मानिसहरू किरा-फट्याङ्ग्राजस्ता हुन्, परमेश्‍वरको नजरमा तिनीहरू केही पनि होइनन्।” तिनीहरू यसै भन्छन्, तर के परमेश्‍वर मानिसहरूलाई त्यसरी नै व्यवहार गर्नुहुन्छ त? अहँ, गर्नुहुन्‍न। परमेश्‍वर धेरै सत्यता व्यक्त गर्नुहुन्छ र ती मान्छेलाई उपहारस्वरूप दिनुहुन्छ, र यसरी मानिसहरूलाई आफ्नो भ्रष्टताबाट मुक्त हुन र उहाँबाट नयाँ जीवन प्राप्त गर्न सक्षम पार्नुहुन्छ। मानिसहरूका लागि परमेश्‍वरको प्रेम अपार छ। यी सबै मानिसहरूले देख्न सक्ने कुरा हुन्। परमेश्‍वरसँग तेरा लागि अभिप्रायहरू छन्, उहाँले तँलाई यहाँ ल्याउनुको उद्देश्य तँलाई जीवनको सही मार्गमा हिँड्न र अर्थपूर्ण जीवन जिउन लगाउनु हो, यो मार्ग तँ आफै चुन्‍न सक्दैनस्। मानिसहरू आफ्नो जीवनकाल सुरक्षित र राम्रोसँग बिताउने व्यक्तिगत चाहना राख्छन् र तिनीहरूले धनसम्पत्ति नकमाए पनि, कम्तीमा तिनीहरू आफ्नो परिवारसँग सदाका लागि एकसाथ हुन र यस प्रकारको पारिवारिक सुख भोग्न चाहन्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायप्रति कसरी विचारशील हुने भनेर बुझ्दैनन्, न त आफ्नो भावी गन्तव्य वा मानवजातिलाई मुक्ति दिने परमेश्‍वरका अभिप्रायलाई कसरी ध्यान दिने भनेर नै बुझ्छन्। तर परमेश्‍वर तिनीहरूको बुझाइको कमीलाई ज्यादा ध्यान दिनुहुन्‍न, र उहाँले तिनीहरूलाई धेरै कुरा भनिरहनु आवश्यक छैन, किनभने तिनीहरू बुझ्दैनन्, तिनीहरूको कद अति सानो छ, र कुनै पनि छलफलले निकास निकाल्नेथिएन। किन त्यसले निकास निकाल्नेथिएन? किनभने मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको व्यवस्थापन योजनाको ठूलो मामिलालाई मानिसहरूले केवल एक वा दुई वाक्यको व्याख्याद्वारा बुझ्न सक्दैनन्। त्यो अवस्था भएको हुनाले, आखिर मानिसहरूले बुझ्ने दिन नआइञ्जेलसम्म परमेश्‍वर प्रत्यक्ष रूपमा निर्णयहरू लिनुहुन्छ र काम गर्नुहुन्छ।

जब परमेश्‍वर आफ्ना केही चुनिएका मानिसहरूलाई चिनियाँ मुख्य भूमिको प्रतिकूल वातावरणबाट बाहिर निकाल्नुहुन्छ, तब त्यसमा उहाँको सद्भाव हुन्छन्, जसलाई अहिले सबैले देख्न सक्छन्। यस सन्दर्भमा, मानिसहरूले परमेश्‍वरले आफूप्रति देखाएको अनुग्रहका लागि बारम्बार कृतज्ञता देखाउनैपर्छ र धन्यवाद दिनैपर्छ। तँ त्यो पारिवारिक वातावरणबाट निस्केको छस्, देहगत सबै जटिल पारस्परिक सम्बन्धहरूबाट अलग भएको छस्, र आफूलाई सबै सांसारिक र दैहिक उल्झनहरूबाट मुक्त गरेको छस्। परमेश्‍वरले तँलाई कठिन पासोबाट निकालेर उहाँसामु र उहाँको घरमा ल्याउनुभएको छ। परमेश्‍वर भन्‍नुहुन्छ: “यहाँ शान्ति छ, यो ठाउँ साह्रै राम्रो छ, र तेरो विकासका लागि एकदमै उपयुक्त छ। परमेश्‍वरको वचन र मार्गदर्शन यहीँ छन्, र यहाँ सत्यताले शासन गर्छ। मानवजातिलाई मुक्ति दिने परमेश्‍वरको अभिप्राय यहीँ छ, र मुक्तिको काम यहीँ केन्द्रित छ। त्यसैले, यहाँ तेरो मन भरुन्जेल आफ्नो विकास गर्।” परमेश्‍वर तँलाई यस्तो वातावरणमा ल्याउनुहुन्छ, त्यस्तो वातावरण जहाँ तैँले आफ्ना प्रियजनको सुख नपाउलास्, आफू बिरामी पर्दा तेरो हेरचाह गर्न वरिपरि तेरा बालबच्चा हुनेछैनन्, आफ्ना मनको कुरा पोख्नका लागि कोही हुँदैन। कोही नभएको बेला आफ्नो देहगत कष्ट र कठिनाइहरू अनि भविष्यमा आफूले भोग्ने सबथोकबारे सोच्दा तँलाई एक्लो महसुस हुनेछ। किन तँलाई एक्लो महसुस हुनेछ? एउटा वस्तुगत कारण भनेको मानिसहरू कदमा अत्यन्तै सानो हुनु हो। व्यक्तिगत कारण चाहिँ के हो त? (मानिसहरू आफ्ना साक्खे प्रियजनलाई पूर्णतः त्याग्न सक्दैनन्।) त्यो सही हो, त्यो व्यक्तिगत कारण भनेको मानिसहरूले ती प्रियजनलाई त्याग्न नसक्नु हो। देहमा जिउने मानिसहरूले देहका विभिन्‍न सम्‍बन्ध र पारिवारिक बन्धनहरूलाई सुखचैनको रूपमा लिन्छन्। तिनीहरूले मानिसहरू आफ्‍ना प्रियजनहरूविना जिउन सक्दैनन् भन्‍ने विश्‍वास गर्छन्। तँ मानव संसारमा कसरी आइस् भन्‍नेबारे तँ किन विचार गर्दैनस्? सुरुमा त तँ अरूसँग कुनै सम्‍बन्ध नगाँसी एक्लै आएको थिइस्। परमेश्‍वरले मानिसहरूलाई यहाँ एकएक गरी ल्याउनुहुन्छ; तँ आउँदा तँ वास्तवमा एक्लै थिइस्। तँलाई त्यस बेला त एक्लो महसुस भएन, अहिले परमेश्‍वरले तँलाई यहाँ ल्याउनुहुँदा चाहिँ किन तँ एक्लो महसुस गर्छस्? तँलाई आफ्नो मनको कुरा पोख्नका लागि साथीको कमी भएजस्तो लाग्छ, चाहे त्यो आफ्ना छोराछोरी हुन्, आफ्ना आमाबुबा हुन्, वा तेरो जीवनसाथी—पति वा पत्नी—आदि किन नहोस्, तँ एक्लो महसुस गर्छस्। त्यसोभए, तँलाई एक्लो महसुस भएको बेला, किन तँ परमेश्‍वरलाई सम्झँदैनस्? के परमेश्‍वर मानिसका साथी हुनुहुन्‍न र? (उहाँ साथी हुनुहुन्छ।) तँलाई सबैभन्दा बढी पीडा र दुःख लागेको बेला, कसले तँलाई साँच्चै सान्त्वना दिन सक्छ? कसले तेरा समस्याहरूको पूर्ण समाधान गर्न सक्छ? (परमेश्‍वरले सक्नुहुन्छ।) परमेश्‍वरले मात्र मानिसहरूको समस्या साँच्चै समाधान गर्न सक्नुहुन्छ। यदि तँ बिरामी परिस् र तेरा छोराछोरीले छेउमा रहेर तँलाई पानी दिँदा र रुँगेर बस्दा तँलाई निकै खुसी लाग्नेछ, तर केही समयपछि नै तेरा छोराछोरीले वाक्क मान्‍नेछन् र कोही पनि तँलाई रुँगेर बस्न चाहँदैन। त्यस्तो बेला तैँले वास्तवमै एक्लो महसुस गर्नेछस्! त्यसैले, अहिले तँलाई आफूसँग साथी छैन भन्‍ने लाग्नु, के त्यो वास्तवमै साँचो हो त? त्यो वास्तवमा साँचो होइन, किनभने परमेश्‍वर सधैँ तेरो साथ रहनुहुन्छ! परमेश्‍वर मानिसहरूलाई त्याग्नुहुन्‍न। उहाँ नै तिनीहरूले सधैँ भर पर्न र आश्रय लिन सक्ने व्यक्ति हुनुहुन्छ, र उहाँ नै तिनीहरूको एकमात्र विश्‍वासपात्र हुनुहुन्छ। त्यसैले, तँलाई जस्तोसुकै कठिनाइ र कष्ट आइपरे पनि, वा तैँले जस्तोसुकै दुःख, वा नकारात्मक कुरा वा कमजोरी सामना गर्नुपरे पनि, यदि तत्कालै परमेश्‍वरसामु आएर प्रार्थना गरिस् भने उहाँको वचनले तँलाई सान्त्वना दिनेछ अनि तेरा कठिनाइ र सबै प्रकारका समस्याहरू हटाउनेछ। यस्तो वातावरणमा तेरो एक्लोपन परमेश्‍वरको वचन अनुभव गर्न र सत्यता प्राप्त गर्नका लागि आधारभूत अवस्था बन्‍नेछ। तैँले अनुभव गर्दै जाँदा बिस्तारै यस्तो सोच्न थाल्नेछस्: “मैले मेरा बाबुआमालाई त्यागेपछि पनि राम्रो जीवन, मेरो लोग्नेलाई छोडेपछि पनि सन्तुष्टदायी जीवन, आफ्ना बालबच्चालाई छोडेपछि पनि आनन्दमय जीवन जिइरहेको छु। म अब रित्तो छैनँ। अबदेखि म मानिसहरूमा भर पर्नेछैनँ, बरु परमेश्‍वरमा भर पर्नेछु। उहाँले हर समय मेरो भरणपोषण र मद्दत गर्नुहुनेछ। मैले उहाँलाई छुन वा देख्न नसके पनि, उहाँ हर समय र हर ठाउँ मेरो साथमा हुनुहुन्छ भन्‍ने कुरा मलाइ थाहा छ। यदि मैले उहाँलाई प्रार्थना गरेँ, उहाँलाई पुकारेँ भने, उहाँले मलाई प्रेरित गर्नुहुनेछ, र मलाई उहाँका अभिप्राय बुझ्ने र सही मार्ग देख्ने तुल्याउनुहुनेछ।” त्यस बेला उहाँ साँच्चै तेरो परमेश्‍वर बन्‍नुहुनेछ, र तेरा सबै समस्या समाधान हुनेछन्।

अंश ८४

ताइवान स्थिर समाज भएको प्रजातान्त्रिक राष्ट्र हो जहाँ जनता समृद्ध जीवन जिउँछन्। यहाँको सार्वजनिक व्यवस्था, जीवनस्तर, सांस्कृतिक मान्यता लगायत अरू धेरै कुरा मुख्यभूमि चीनभन्दा धेरै राम्रो छ। जनता निकै आरामदायी जीवन जिउँछन्। आरामदायी जीवन जिउनु राम्रो कुरा भए पनि, परमेश्‍वरमा विश्‍वास गर्ने र आरामदायी जीवन जिउने कतिपय मानिसहरू उहाँलाई पछ्याउन इच्छुक छैनन्, कष्ट सहन वा मूल्य चुकाउन त परै जाओस्। तिनीहरूसँग भएका सबै कुरा त्यागेर आफूलाई परमेश्‍वरमा समर्पित गर्न तिनीहरूका लागि एकदम कठिन छ। के साँच्चै यस्तै छैन र? मानिसहरू आरामदायी जीवन जिउँदा सधैँ खाने, पिउने, रमाइलो गर्ने, देह र जीवनको कसरी आनन्द उठाउने भनेर सोचिरहेका हुन्छन्। यसले परमेश्‍वरमा विश्‍वास गर्ने र सत्यता पछ्याउने मानिसहरूलाई विशेष रूपमा असर गर्छ। तसर्थ, यस्तो आरामदायी सामाजिक वातावरणमा धेरै मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न चाहन्छन् तर तिनीहरूलाई त्यसो गर्न हम्मेहम्मे पर्छ। तिनीहरू अलिकति पनि कष्ट सहन इच्छुक हुँदैनन्, अनि आफ्नो कर्तव्य निर्वाह गर्दा वा मण्डलीको निम्ति विभिन्‍न प्रकारको कार्य गर्दा कुशलतापूर्वक काम गर्दैनन्। कहिलेकाहीँ तिनीहरूको कामको प्रगतिमा असर पर्छ, र यो तिनीहरूको सामाजिक वातावरणसँग विशेष रूपमा सम्बन्धित हुन्छ। हरेक पटक हामी भेला हुँदा तिमीहरू सुरुवातदेखि अन्त्यसम्म यहाँ बसेर प्रवचनहरू सुन्‍न सकेको देख्दा म भावुक हुन्छु। मुख्यभूमि चीनका केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्न सक्छन् किनकि तिनीहरूलाई आफ्नो वातावरणले दबाएको छ, समाजले दमन र भेदभाव गरेको छ, अनि तिनीहरूले कठोर सतावट सहनुपरेको छ, जबकि केही मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् किनकि तिनीहरू केवल न्याय र तर्क वा आत्मिक सहारा र भर पर्न मिल्ने केही कुरा खोजिरहेका छन्। केही मानिसमा, तिनीहरूको उत्सुकता, आस्था र निष्ठा ठूलो रातो अजिङ्गरको क्रूर सतावटमा पर्दा जाग्यो। केही उपाय नै नभएर विदेश भाग्न बाध्य भएका छन् किनकि मुख्यभूमि चीनमा परमेश्‍वरमा विश्‍वास गर्न एकदम कठिन छ अनि धेरै मानिसहरू लखेटिएर पक्राउ परेका छन्—तिनीहरूको कुनै लुक्ने ठाउँ नै छैन। तिनीहरू विदेश भाग्ने कारण यिनै हुन्। मुख्यभूमि चीनको दमनकारी अनि कठोर जिउने वातावरणको तुलनामा ताइवानका जनतालाई निकै सजिलो छ। जीवन यति आरामदायी हुँदा, परमेश्‍वरमा विश्‍वास गर्नेहरू कष्ट भोग्न वा मूल्य चुकाउन नै चाहँदैनन्, अनि जब तिनीहरूले कुनै पनि सतावट वा सङ्कटको सामना गर्छन्, उप्रान्त आफ्नो कर्तव्य निर्वाह गर्न नै चाहँदैनन्। मानिसहरू जीवन यति आरामदायी हुँदा केवल खान, पिउन अनि रमाइलो गर्न आनन्द मान्छन्। तिनीहरू सधैँ: “के खाने होला? कहाँ घुम्न जाने होला? म अहिलेसम्म कुन देश गएको छैनँ? एक सिङ्गो मानव जीवनकाल केवल केही दशकको त हुन्छ। यदि मैले सारा संसारभरका देशहरू भ्रमण गरिनँ अनि आफ्नो क्षितिज अझ फराकिलो बनाइनँ भने जीवन व्यर्थमै जिएजस्तो हुनेछैन र?” जस्ता कुराहरूबारे चासो राख्छन्। व्यक्तिको हृदय यसरी बेलगाम बन्छ अनि यसलाई सम्हाल्न सकिँदैन। के यस्तो अवस्थामा उसले अझै पनि परमेश्‍वरसामु चुपचाप बसेर उहाँका वचन खान र पिउन सक्छ? के उसले अझै पनि भेलामा ध्यान दिएर प्रवचनहरू सुन्‍न सक्छ? यो पक्कै पनि मुस्किल हुन्छ। त्यसैले, जब उसलाई परमेश्‍वरमा विश्‍वास गर्न, सत्यता पछ्याउन, अनि आफ्नो कर्तव्य निर्वाह गर्न प्रोत्साहित गरिन्छ, उसले आफूलाई अन्यायपूर्ण रूपमा व्यवहार गरिएको र दबाइएको ठान्छ अनि आफू व्यर्थमै जिइरहेको महसुस गर्छ। के यो अनुकूल वातावरणले मानिसहरूका लागि गम्भीर परीक्षा र बाधा पैदा गर्दैन र? गर्छ। सबै मानिस देहगत सुखको तृष्णा गर्छन् तर परमेश्‍वरमा विश्‍वास गर्ने अनि सत्यता पछ्याउनेहरूको लागि, जीवन वृद्धिको सन्दर्भमा सुख खासै राम्रो कुरा होइन। अधिकांश मानिसहरू थोरै कष्ट भोग्दा नै नकारात्मक र कमजोर हुन्छन् अनि तिनीहरूमा आत्मबल नै हुँदैन; के यो आरामदायी वातावरणको परिणाम होइन र? विभिन्‍न प्रकारका अनुभवात्मक गवाहीका भिडियोहरू छन् जसमा मुख्यभूमि चीनमा भएका दाजुभाइ-दिदीबहिनीहरूलाई जेलमा यातना दिइएको, अपराधी ठहराइएर कैद गरिएको देखाइएको छ। के तिमीहरूले यी सबै भिडियोहरू हेरेका छौ? (छौँ।) अनि तिमीहरूलाई त्यो हेरेपछि कस्तो महसुस हुन्छ? (परमेश्‍वर, म आफूलाई लागेको कुरा अलिकति भन्‍न चाहन्छु। मुख्यभूमि चीनमा दाजुभाइ-दिदीबहिनीहरूले त्यो सब यातना र सतावट अनुभव गरेको देख्दा अनि उनीहरूले यस्तो कठिन वातावरणमा पनि परमेश्‍वरलाई प्रार्थना गर्न, उहाँमाथि भर पर्न अनि आफ्नो विश्‍वास कायम राख्न, परमेश्‍वरको अगुवाइमुनि रहेर चरणबद्ध रूपमा अनुभव गर्दै उहाँलाई धोका नदिइकन आफ्नो साक्षीमा दह्रिलो गरी खडा रहन सकेको देख्दा मलाई उनीहरूमा हामीभन्दा धेरै विश्‍वास छ र उनीहरूको कद हाम्रोभन्दा ठूलो छ भन्‍ने महसुस हुन्छ। यदि म त्यही वातावरणमा भएको भए, म उनीहरू जसरी दह्रिलो गरी खडा हुन सक्दिनथेँ कि जस्तो लाग्छ, जसले मलाई आफू एकदम सानो कदको भएको महसुस हुन्छ।) मुख्यभूमि चीनमा भएका दाजुभाइ-दिदीबहिनीहरू ठूलो रातो अजिङ्गरको क्रूर सतावट भोग्नुपर्ने यस्तो वातावरणमा अझै पनि परमेश्‍वरमा विश्‍वास गर्न, भेलाहरूमा सहभागी हुन, अनि आफ्नो कर्तव्य निर्वाह गर्न दृढ रहन सक्छन्। यो एक गवाही हो, एक शक्तिशाली गवाही। तिनीहरू यस्तो शत्रुवत् वातावरणमा दह्रिलो गरी खडा रहन सक्नु एक गवाही हो, त्यसैले यस्तो आरामदायी वातावरणमा रहेका तिमीहरूले कसरी फरक खालको गवाही दिने भनेर मनन गर्नुपर्छ। सर्वप्रथम, तिमीहरूले परमेश्‍वरले तिमीहरूलाई दिनुभएको यो जीवन र यी वातावरणहरूको सबै कुराको कदर गर्नुपर्छ। साथै, तिमीहरूले यस्तो वातावरणमा कसरी आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुन, परमेश्‍वरलाई लज्जित नपार्न अनि विजेता बन्न सक्नेछौ भन्‍नेबारे मनन गर्नुपर्छ। प्रजातान्त्रिक देशमा परमेश्‍वरमा विश्‍वास गर्दा व्यक्तिलाई सरकारले यातना दिएर दबाउने र सताउने नगर्ला तर परिवार र नातेदारहरूले सताउनेछन्, तैपनि उसले परमेश्‍वरका वचन अनुभव गर्नुपर्छ, सत्यता प्राप्त गर्नुपर्छ, अनि आफ्नो साक्षीमा दह्रिलो गरी खडा हुनुपर्छ। व्यक्तिले परमेश्‍वरमा विश्‍वास गर्ने वातावरण जस्तोसुकै भए पनि, सत्यता पाउन सजिलो छैन। तैँले सत्यता बुझ्न र वास्तविकतामा प्रवेश गर्न कष्ट भोग्नैपर्छ र मूल्य चुकाउनैपर्छ। परमेश्‍वरको साक्षी दिन, तैँले अनुभवका सबै पक्षमा सत्यता बुझ्न अनिवार्य छ। यसको अर्थ सुसमाचार र परमेश्‍वरको नाम फैलाउने मात्र होइन; यसले मुख्य रूपमा जीवनको अनुभवात्मक गवाहीलाई इङ्गित गर्छ। मानिसको कुनै पनि समूहमा वा कुनै पनि देशको सामाजिक व्यवस्थाअन्तर्गत मानिसहरू सत्यता अनुसार जिए भने, इमानदार व्यक्ति बन्‍न अनि परमेश्‍वरप्रति समर्पित हुन खोजे भने केही भेदभाव, बहिष्कार वा सतावट भोग्नेछन्। किनकी प्रजातान्त्रिक देशहरू पनि परमेश्‍वरप्रति समर्पित हुँदैनन्। सत्तामा नास्तिक राजनीतिक पार्टीहरू छन् अनि तिनीहरू पनि सत्यता अनि परमेश्‍वरलाई अस्वीकार गर्छन्। यस्तो देशमा परमेश्‍वरमा विश्‍वास गर्दा, सतावट वा सङ्कष्ट नभए पनि, तैँले सुसमाचार फैलाउन अनि परमेश्‍वरको साक्षी दिन चाहिस् भने निश्चित बन्देजहरू हुनेछन् र त्यसका साथै तैँले केही भेदभाव, मानहानि, आलोचना र निन्दा पनि भोग्नुपर्नेछ—यो सब तथ्य हो। यदि तैँले यी कुरा स्पष्ट रूपमा बुझ्न सक्दैनस् भने तँ सत्यता बुझ्ने व्यक्ति होइनस्। कुनै पनि देशमा ख्रीष्टलाई स्विकार्दा र पछ्याउँदा एक तहको सतावट र सङ्कष्ट सँग-सँगै आउँछ। तैँले सधैँ सावधानीपूर्वक कार्य गर्नुपर्छ र परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ अनि उहाँमा निर्भर हुनुपर्छ, अनि तँमा बुद्धिमानी र अक्कल पनि हुनैपर्छ। तँ जुनसुकै देश र सामाजिक वातावरणमा भए पनि, ती सबैमा परमेश्‍वरले तेरो निम्ति तयार र बन्दोबस्त गर्नुभएको उचित वातावरण हुन्छ। यो सब तैँले सत्यता पछ्याउँछस् वा पछ्याउँदैनस्, त्यसमा भर पर्छ। आरामदायी वातावरणले मानिसहरूको लागि परीक्षाहरू निम्त्याउँछ भने यातनाद्वारा गरिने सतावटले पनि मानिसहरूको लागि परीक्षा र जाँचहरू निम्त्याउँछ। के त्यसोभए आरामदायी वातावरणहरूमा पनि जाँच हुन्छन् त? परमेश्‍वरले लिने जाँचहरू पनि हुन्छन् नि। परमेश्‍वरले तेरो लागि यो आरामदायी वातावरण बन्दोबस्त गर्नुभएको छ, अनि सबै कुरा तैँले यसलाई कसरी अनुभव गर्छस्—तँ शैतानको जाल र परीक्षामा पूर्ण रूपमा फस्नेछस् कि आफ्नो निष्ठा र कर्तव्य कायम राख्दै हरेक तवरले यसमाथि विजय पाएर परमेश्‍वरको साक्षी बन्‍नेछस् भन्‍नेमा भर पर्छ। यो सब तैँले यसलाई कसरी अनुभव गर्छस् र तेरा रोजाइहरू के-के हुनेछन् भन्‍नेमा भर पर्छ। मुख्यभूमि चीनका दाजुभाइ-दिदीबहिनीहरूको वातावरण अलि बढी कठोर छ, र परमेश्‍वरले तिनीहरूलाई अलि बढी गह्रुँगो भार दिनुभएको छ अनि अलि बढी रुखो वातावरण तयार गर्नुभएको छ, तर उहाँले तिनीहरूलाई झन् धेरै पनि दिनुभएको छ। परमेश्‍वरले तयार गर्ने वातावरण जति कठोर अनि परीक्षाहरू जति ठूला हुन्छन्, मानिसले त्यति नै बढी प्राप्त गर्छन्। तर आरामदायी वातावरणमा पनि मानिसले जताततै परीक्षा र जाँचहरू अनुभव गर्छन्, अनि परमेश्‍वरले तँलाई पनि धेरै दिनुभएको छ। यदि तैँले हरेक पटक ती परीक्षाहरू सामना गर्दा तीमाथि विजय पाउन सक्छस् भने, तैँले यातनाद्वारा सतावट अनुभव गर्ने तेरा दाजुभाइ-दिदीबहिनीहरूभन्दा केही कम प्राप्त गर्नेछैनस्। यसका लागि पनि सत्यता पछ्याउनुपर्छ अनि विजयी हुने कद हासिल गर्नुपर्छ। उदाहरणका लागि, तँ आफ्नो परिवारसँग हुने, राम्रो खानपान गर्ने, मनोरञ्जन र आनन्द जस्ता कुराहरू, अनि देहलाई आराम दिने र पतन गराउने केही सामाजिक चलनहरू सब तेरो लागि परीक्षा हुन्। जब तैँले यी परीक्षाहरू सामना गर्छस् तिनमा तेरो नजर जाने मात्र होइन, तँलाई तिनले बाधा पुऱ्याउने र लोभ्याउने पनि गर्छन्। जब तँ सांसारिक कुरा अनि चलनहरू पछ्याउँछस्, तब शैतानका परीक्षा, वा भनौँ—परमेश्‍वरका जाँचहरू देखा पर्नेछन्। तैँले ती परीक्षा र जाँचहरूको कसरी जवाफ दिने भनेर छनौट गर्नुपर्नेछ र परमेश्‍वरले मानिसलाई जाँच्नुहुने र तिनीहरूलाई तिनीहरूको वास्तविक रूप देखाउनुहुने बेला यही नै हो। तँमा परमेश्‍वरले भन्‍नुभएको कुरा र तैँले बुझेका सत्यताहरूको प्रभाव देखिनुपर्ने समय यही हो। यदि तँ सत्यता पछ्याउने व्यक्ति होस् अनि तेरो हृदयमा परमेश्‍वरप्रति साँचो आस्था छ भने तैँले यी परीक्षाहरूमाथि विजय पाउन सक्नेछस् अनि परमेश्‍वरले तेरो लागि तयार पार्नुभएको जाँचमा दह्रिलो गरी खडा भएर उहाँको साक्षी दिन सक्नेछस्। यदि सत्यतालाई प्रेम गर्नुको सट्टा तँ संसारलाई, चलनहरूलाई, आनन्दको तृष्णा र आफ्नो देह सन्तुष्टि अनि खोक्रो जीवनलाई प्रेम गर्छस् भने तैँले यी सांसारिक कुराहरूलाई पछ्याउनेछस्। तैँले यी कुराहरूप्रति लगाव महसुस गर्नेछस् अनि ती कुराप्रति आकर्षित भएर तिनको अधीनमा पर्नेछस्। अलिअलि गर्दै, तेरो हृदयबाट परमेश्‍वरप्रतिको विश्‍वासको रुचि हराउँदै जानेछ, तँ सत्यतादेखि वितृष्ण हुनेछस्, अनि त्यसपछि, परीक्षामाझ नै, तँलाई शैतानले खोसेर लानेछ। यस्तो परीक्षामा तैँले आफ्नो गवाही गुमाएको हुनेछस्। यस्ता कैयौँ मानिसहरू छन् जसले धेरै प्रवचनहरू सुनेका छन् अनि आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् तर अझै भित्र खोक्रो महसुस गर्छन्। तिनीहरू अझै पनि पप कलाकारहरू अनि प्रसिद्ध व्यक्तित्वहरूलाई पछ्याउन, चलनहरूअनुसार चल्न, टिभीमा मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्न, अनि निशाचर बन्दै रातभर कार्यक्रमहरू लगातार हेर्नसम्म पनि रुचाउँछन्। केही युवाहरू त भिडियो गेमहरू पनि खेलिरहेका छन्। समग्रमा भन्‍नुपर्दा, तिनीहरू कुनै पनि मूल्य तिर्न र उन्माद भएर यी चलनचल्तीका कुराहरू पछ्याउन हिचकिचाउँदैनन्। अनि तिनीहरू किन यसो गर्छन्? किनकी तिनीहरूले सत्यता पाएका छैनन्। सत्यता नपाएका मानिसहरूमा परमेश्‍वरमा विश्‍वास गर्नु र उहाँमा विश्‍वास नगर्नुमा खासै केही फरक देखिन्‍न त भन्‍ने निश्चित भाव हुन्छ। तिनीहरू अझ पनि आफ्नो हृदयभित्र खोक्रोपन र आफ्नो जीवन अर्थहीन भएको महसुस गर्छन्। यदि तिनीहरूले चलनहरू पछ्याए भने बढी परिपूर्ण भएको महसुस गर्छन्, आफ्नो जीवनमा अलि बढी समृद्दि भएको, अनि दैनिक हिसाबमा अलि बढी खुसी भएको महसुस गर्छन्। यदि तिनीहरू परमेश्‍वरमा विश्‍वास गर्छन् अनि चलनहरू पछ्याउँदैनन् भने पनि तिनीहरू आफ्नो जीवन अर्थहीन र खोक्रो भएको महसुस गर्छन्। किनकी तिनीहरू सत्यतालाई प्रेम गर्दैनन्। तैँले ढुक्क भएर के पनि भन्‍न सक्छस् भने तिनीहरूले अलिकति पनि सत्यता बुझ्दैनन् र तिनीहरूसँग सत्यता वास्तविकता छैन, र तसर्थ तिनीहरू चलनहरू नपछ्याई जिउन सक्दैनन्। केही मानिसहरूले कहिल्यै पनि सत्यता पछ्याएका छैनन् अनि तिनीहरू आफ्नो कर्तव्य निर्वाह गरिरहँदा पनि अशान्त हुन्छन्। तिनीहरू परीक्षा सामना गर्दा दह्रिलो भएर खडा हुन सक्दैनन् अनि अन्ततः तिनीहरू पछि हट्नै पर्ने हुन्छ। केही मानिसहरू आफ्नो कर्तव्य निर्वाह गर्न थाल्दा एकदम जोसिलो र दृढ हुन्छन् तर परीक्षाहरू सामना गर्नेबित्तिकै कर्तव्य निर्वाह गर्नै चाहँदैनन्, झारा-टारुवा बन्छन् अनि तिनमा भक्तिभाव नै हराउँछ। यसमा कुनै गवाही हुँदैन। यदि तिनीहरू परीक्षाहरू सामना गर्नेबित्तिकै आफ्नो कर्तव्य त्याग्न अनि आफूलाई जे ठिक लाग्छ त्यही रोज्न सक्छन् भने तिनीहरूमा कुनै गवाही हुँदैन। यदि अर्को परीक्षा आयो भने तिनीहरूले परमेश्‍वरलाई इन्कार गर्ने र सांसारिक चलनहरू पछ्याउन चाहने अनि मण्डली छोड्ने सम्भावना हुन्छ। वा अर्को परीक्षा आउँदा तिनीहरू परमेश्‍वरलाई शङ्का गर्न थाल्छन् र उहाँको अस्तित्त्व छ कि छैन भन्‍नेमा पनि निश्चित हुँदैनन्, अनि अझ तिनीहरू बाँदरबाट विकास भएका हुन् भनेर समेत विश्‍वास गर्न थाल्छन्। यी मानिसहरूलाई शैतानले पूर्णरूपमा कब्जा गरिर्सकेको छ। तिनीहरू यी सब परीक्षाहरूमा अल्झिएर परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोज्ने नै गर्दैनन्। तिनीहरू केवल आफ्नो देहको नियतिबारे मात्र सोच्छन् अनि परिणामस्वरूप आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्दैनन्। तिनीहरू पाइला दर पाइला शैतानद्वारा नर्क अनि मृत्युको पातालभित्र घिसारिन्छन्। परमेश्‍वरले यो व्यक्तिलाई शैतानको हातमा सुम्पिदिनुभएको छ अनि ऊसँग यस उप्रान्त मुक्ति पाउने कुनै अवसर हुँदैन। मलाई भन्, के सत्यता पछ्याउनु महत्त्वपूर्ण छैन? (महत्त्वपूर्ण छ।) सत्यता एकदम महत्त्वपूर्ण छ। सत्यताले कुन प्रकार्य पूरा गर्न सक्छ? कम्तीमा पनि, तैँले परीक्षा सामना गर्दा यसले तँलाई शैतानका षड्यन्त्रहरू छर्लङ्ग देख्न, तैँले के गर्नुपर्छ र के गर्नुहुँदैन अनि के छान्‍नुपर्छ भनेर जान्‍न मद्दत गर्छ। कमसेकम सत्यताले तँलाई यी कुराहरू जान्‍ने तुल्याउँछ। सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको सत्यताले तँलाई परीक्षामा दह्रिलो गरी खडा हुन सक्ने बनाउँछ। तँ दह्रिलो गरी, दृढ र अटल भएर खडा हुन सक्नेछस्, र साथै तँ परमेश्‍वरले दिनुभएको कर्तव्य कायम राख्न, यस कर्तव्यमा निष्ठावान् हुन, अनि शैतानलाई अस्वीकार गर्न सक्नेछस्। अय्यूबले गरेझैँ तँ पनि परीक्षाहरूमाझ आफ्नो साक्षीमा दह्रिलो भएर खडा हुन सक्नेछस्। मानिसहरूले सत्यता पछ्याएर कम्तीमा यति चाहिँ पाउनुपर्ने हो।

अंश ८५

के तिमीहरूले परमेश्‍वरलाई गर्ने प्रार्थनाका सिद्धान्तहरू हुन्छन्? तिमीहरू कस्ता परिस्थितिहरूमा परमेश्‍वरलाई प्रार्थना गर्छौ? तिमीहरूको प्रार्थनाका विषय के हुन्छन्? अधिकांश मानिस दुःख पर्दा यसो भन्दै प्रार्थना गर्छन्: “हे परमेश्‍वर, म दुःखमा परेको छु, बिन्ती छ, मलाई मद्दत गर्नुहोस्।” तिनीहरूले भन्‍ने पहिलो कुरा त्यही हो। के प्रार्थना गर्दा सधैँ आफू दुःखमा परेको कुरा बताउनु राम्रो हो र? (होइन।) किन होइन? अनि त्यो राम्रो होइन भने, किन तिमीहरू अझै पनि त्यसरी प्रार्थना गर्छौ? यसले तिमीहरूलाई प्रार्थना कसरी गर्ने, वा व्यक्तिले परमेश्‍वरसामु आउँदा के भन्‍नुपर्छ वा खोज्नुपर्छ भन्‍ने थाहा छैन भनेर देखाउँछ। तिमीहरूले अलिकति कष्ट भोग्दा वा दुःखी हुँदा, परमेश्‍वरलाई यसो भन्दै प्रार्थना गर्न मात्र जान्दछौ, “हे परमेश्‍वर, म कष्टमा परेको छु! म अति दयनीय हालतमा छु, कृपया मलाई मद्दत गर्नुहोस्।” परमेश्‍वरमा भर्खरै विश्‍वास गर्न थालेको व्यक्तिको प्रार्थना यस्तै हुन्छ। यो नवजात शिशुको प्रार्थना हो। यदि व्यक्तिले निकै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि यसरी प्रार्थना गर्छ भने, यो गम्भीर समस्या हो। यसले ऊ अझै पनि जीवनमा नबढेको नवजात शिशु हो भन्‍ने देखाउँछ। परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँको काम कसरी अनुभव गर्ने भनेर नजान्‍ने हरू जीवनमा नबढेका र परमेश्‍वरप्रतिको विश्‍वासमा अझसम्म सही मार्गमा प्रवेश नगरेका मानिस हुन्। यदि व्यक्ति साँच्चै विचारशील छ भने, उसले परमेश्‍वरको काम कसरी अनुभव गर्ने, साथै उहाँका वचनहरू कसरी खाने र पिउने अनि ती कसरी अनुभव र अभ्यास गर्ने भनेर ख्याल गर्नैपर्छ। परमेश्‍वरका वचनहरू जहाँ-जहाँ जान्छन्, व्यक्तिको अनुभव पनि त्यतै जानुपर्छ; उसले उहाँका वचनलाई त्यही ठाउँसम्म पछ्याउनैपर्छ। यदि व्यक्तिले परमेश्‍वरका वचनहरू यसरी अभ्यास र अनुभव गर्न सक्छ भने, उसले धेरै समस्या सामना गर्दा स्वाभाविक रूपमै ती समाधान गर्न परमेश्‍वरबाट सत्यता खोज्नेछ। यदि व्यक्तिले आफ्ना कठिनाइहरू हटाउन सधैँ परमेश्‍वरलाई यसरी प्रार्थना गर्छ र सत्यता खोज्छ भने, उसले परमेश्‍वरको काम अनुभव गरिरहेको हुन्छ। व्यक्तिले निरन्तर आफ्ना समस्याहरू समाधान गर्दा, उसका कठिनाइहरू झन्-झन् कम हुँदै जानेछन्, र उसले बिस्तारै सत्यता बुझ्नेछ अनि परमेश्‍वरको कामबारे ज्ञान प्राप्त गर्नेछ। उसले परमेश्‍वरसँग कसरी सहकार्य गर्नुपर्छ र उहाँको काममा कसरी समर्पित हुनुपर्छ भनेर थाहा पाउनेछ। परमेश्‍वरप्रति विश्‍वासको सही मार्गमा प्रवेश गर्नु भनेको यही हो। परमेश्‍वरमा विश्‍वास गर्ने कतिपय मानिसलाई उहाँको काम अनुभव गर्न आउँदैन। तिनीहरू सधैँ अलमल्ल पर्छन्—तिनीहरू परमेश्‍वरका वचनहरू पढ्छन्, तर तीबारे चिन्तन गर्दैनन्; तिनीहरू प्रवचन सुन्छन्, तर सङ्गति गर्दैनन्; अनि परिस्थितिहरू आइपर्दा, तिनीहरूलाई सत्यता खोज्न आउँदैन, न त परमेश्‍वरका अभिप्राय कसरी बुझ्ने भनेर नै थाहा हुन्छ, र तिनीहरू आफूले कस्तो मनोवृत्ति अपनाउनुपर्छ वा कसरी सहकार्य गर्नुपर्छ भन्‍ने जान्दैनन्। तिनीहरू यी कुरा बुझ्दैनन्। तिनीहरू यी मामलाहरूमा अनुभवी हुँदैनन्, र तिनीहरूमा आत्मिक बुझाइको कमी हुन्छ। तिनीहरू आफूलाई जे-जस्तो समस्या आइपरे पनि, कहिल्यै परमेश्‍वरलाई प्रार्थना गर्ने र सत्यता खोज्ने गर्दैनन्, र मनैदेखि साँच्चै परमेश्‍वरमा भर पर्ने वा उहाँलाई आदर गर्ने गर्दैनन्। तिनीहरू यसो मात्र भन्छन्, “हे परमेश्‍वर, म कष्टमा छु। हे परमेश्‍वर, म कष्टमा छु।” तिनीहरू यो वाक्य यति साह्रो दोहोऱ्याउँछन् कि मानिसहरू यो सुनेर वाक्क-दिक्क मान्छन्। तिमीहरूमध्ये धेरैजसो यसरी नै प्रार्थना गर्छौ, गर्दैनौ र? (गर्छौँ।) मानिसहरूको प्रार्थनाबाट तिनीहरूको अवस्था कति दयनीय छ भनेर देख्न सकिन्छ! तँ दुःख पाउँदा मात्र परमेश्‍वरलाई खोज्छस्। तैँले दुःख नपाउँदा वा कुनै समस्यामा नपर्दा, तँलाई परमेश्‍वरको खाँचो महसुस हुँदैन, न त तँ उहाँमा भर पर्न नै चाहन्छस्। तँ आफ्नो मालिक आफै बन्‍न मात्र चाहन्छस्। के तँ यही अवस्थामा छैनस् र? (छु।) अधिकांश मानिसले परमेश्‍वरको वचनको न्याय र सजाय अनुभव गर्दा, र तिनीहरूलाई तीद्वारा काटछाँट गरिँदा, अनि तिनीहरूले आत्मचिन्तन गरेर आफूलाई चिन्‍ने प्रयास गर्दा कसरी प्रार्थना गर्छन्? तिनीहरू सबै जना एउटै कुरा भन्छन्, “हे परमेश्‍वर, म कष्टमा छु। हे परमेश्‍वर, म कष्टमा छु।” के यी शब्दहरू सुन्दा तँलाई घिन लागेर आउँदैन? (आउँछ।) मानिसहरू भित्रभित्रै अति ओइलाएका छन्—तिनीहरूको अवस्था कति दयनीय! तिनीहरूले हरेक पटक परमेश्‍वरलाई प्रार्थना गर्दा एउटा पनि हार्दिक शब्द नबोली उही साधारण वाक्य दोहोऱ्याइरहन्छन्। तिनीहरू सत्यता खोज्दैनन् र आफ्नो समस्या समाधान गर्न चाहँदैनन्। यो कस्तो खालको प्रार्थना हो? व्यक्तिले प्रार्थनामा हार्दिक शब्द बोल्न नसक्नु र आफ्ना कमीकमजोरी थाहा नहुनु कस्तो खालको समस्या हो? जब तँ परमेश्‍वरसामु आउँछस्, तब के तँलाई कुनै कुरामा पनि उहाँको अन्तर्दृष्टि चाहिँदैन? के तँलाई आस्था, वा बल, वा तेरो सुरक्षा गर्न परमेश्‍वर चाहिँदैन र? के तँलाई अघि बढ्न परमेश्‍वरको अन्तर्दृष्टि र मार्गदर्शन झनै चाहिँदैन र? के तैँले आफूमा भएका समस्या समाधान गर्न सत्यता बुझ्नुपर्दैन र? के तँलाई परमेश्‍वरको अनुशासन र ताडना, वा उहाँको मार्गदर्शन चाहिँदैन र? के तँ परमेश्‍वरबाट आफ्नो दुःखको निवारण मात्र चाहन्छस्? के तँ आफूमा अति धेरै कमीकमजोरी छन् भनेर हृदयदेखि नै साँच्चै महसुस गर्न सक्दैनस्? कसरी प्रार्थना गर्ने भनेर थाहा नहुनु सानो समस्या होइन; यसले तँलाई परमेश्‍वरको काम कसरी अनुभव गर्ने भनी थाहा छैन, तैँले परमेश्‍वरका वचनहरूलाई वास्तविक जीवनमा उतारेको छैनस्, र आफ्नो जीवनमा परमेश्‍वरसँग बिरलै सच्चा अन्तरक्रिया गरेको छस् भन्‍ने देखाउँछ। तैँले परमेश्‍वरसँग त्यस्तो सम्‍बन्ध स्थापना नै गरेको छैनस् जुन सम्‍बन्ध परमेश्‍वर र उहाँका अनुयायीहरू, सृष्टि गरिएका प्राणीहरू र सृष्टिकर्ताको बीचमा हुनुपर्छ। समस्याको सामना गर्दा, तँ आफ्‍नै व्यक्तिगत अनुमान, धारणा, विचार, ज्ञान, वरदान र प्रतिभा, अनि भ्रष्ट स्वभावहरूद्वारा डोऱ्याइएको हुन्छस्। परमेश्‍वरसँग तेरो कुनै सरोकार हुँदैन, त्यसकारण जब तँ उहाँको अघि आउँछस्, तँसँग प्रायजसो भन्‍नलाई कुनै कुरा हुँदैन। यो त परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूको दुःखलाग्दो स्थिति हो! यो साँच्‍चै नै दयनीय अवस्था हो! आफ्नो आत्मामा, मानिसहरू सुकिसकेका र स्तब्ध छन्। तिनीहरूले जीवनमा यी आत्मिक मामलाहरूको विषयमा केही पनि अनुभूति गर्दैनन्, न त तिनीहरूसँग यी कुराहरूको विषयमा कुनै बुझाइ नै हुन्छ, र जब तिनीहरू परमेश्‍वरको अघि आउँछन्, तिनीहरूसँग भन्‍ने केही पनि हुँदैन। तँ जस्तोसुकै परिस्थितिमा परे पनि, तैँले जस्तोसुकै दुर्दशाको सामना गरे पनि, र तँमाथि जे-जस्ता कठिनाइहरू आइपरे पनि, यदि तँ परमेश्‍वरको अघि अवाक् बन्छस् भने, के तेरो विश्‍वासमाथि प्रश्‍न उठाउनु पर्दैन र? के यो मानिसहरूको दयनीय हालत होइन र?

मानिसहरूले किन परमेश्‍वरलाई प्रार्थना गर्नैपर्छ? मानिसले परमेश्‍वरलाई आदर गर्ने र उहाँमा भर पर्ने एकमात्र मार्ग भनेको परमेश्‍वरलाई प्रार्थना गर्नु हो। प्रार्थनाविना यी कुराहरू हुनु सम्भव छैन; प्रार्थनाद्वारा नै परमेश्‍वरमा भर पर्न र उहाँको आदर गर्न सकिन्छ। के परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्तिले प्रार्थनाविना नै पवित्र आत्माको अन्तर्दृष्टि र ज्योति प्राप्त गर्न सक्छ? के उसले परमेश्‍वरको काम र मार्गदर्शन पाउन सक्छ? यदि तँ आफ्ना कठिनाइहरू परमेश्‍वरलाई सुम्पिँदैनस् र उहाँलाई प्रार्थना गर्दैनस् र सत्यता खोज्दैनस् भने, उहाँले ती कसरी समाधान गर्नुहुनेछ? उहाँले तँलाई अगाडिको बाटोमा उहाँलाई पछ्याउन कसरी मार्गदर्शन गर्नुहुनेछ? उहाँले तँलाई तेरो भ्रष्ट स्वभावबाट कसरी मुक्ति दिनुहुनेछ? प्रार्थनाविना परमेश्‍वरमा विश्‍वास गर्नु परमेश्‍वरप्रति साँचो विश्‍वास होइन भनेर भन्‍न सकिन्छ। परमेश्‍वर र मानिसबीचको सामान्य सम्बन्ध प्रार्थनामा आधारित हुनैपर्छ, र प्रार्थनाद्वारा नै कायम गरिनुपर्छ। प्रार्थना परमेश्‍वरप्रति मानिसको विश्‍वासको चिन्ह हो; परमेश्‍वरसँग व्यक्तिको सम्बन्ध सामान्य छ कि छैन भनी जाँच गर्ने एकमात्र मापदण्ड उसले साँचो प्रार्थना गर्छ कि गर्दैन भन्‍ने हो। यदि व्यक्तिले हार्दिक शब्दहरूमा प्रार्थना गर्छ, प्रार्थनामा सत्यता खोज्न सक्छ भने, पवित्र आत्माको काम प्राप्त गर्न सक्छ, र यसले परमेश्‍वरसँगको उसको सम्बन्ध सामान्य छ भन्‍ने देखाउँछ। यदि व्यक्तिले बिरलै प्रार्थना गर्छ र हार्दिक शब्दहरू बोल्न सक्दैन, ऊ परमेश्‍वरदेखि सधैँ सतर्क रहन्छ भने, यसले परमेश्‍वरसँगको उसको सम्बन्ध सामान्य छैन भन्‍ने देखाउँछ। अनि यदि व्यक्तिले पटक्कै प्रार्थना गर्दैन भने, यसले परमेश्‍वरसँग उसको कुनै सम्बन्ध छैन भन्‍ने देखाउँछ। यदि व्यक्तिले राम्ररी र परमेश्‍वरका अभिप्रायअनुरूप प्रार्थना गर्छ भने ऊ उहाँमा समर्पित हुन सक्नेछ र ऊ परमेश्‍वरले प्रेम गर्ने व्यक्ति हो; प्रायः सच्चा रूपमा प्रार्थना गर्नेहरू इमानदार र परमेश्‍वरलाई सरल तरिकामा प्रेम गर्ने मानिस हुन्। त्यसैले, परमेश्‍वरमा विश्‍वास गर्ने तर उहाँलाई प्रार्थना नगर्ने कसैको पनि परमेश्‍वरसँग सामान्य सम्बन्ध हुँदैन। तिनीहरू सबै परमेश्‍वरबाट टाढा हुन्छन्, अनि उहाँको विद्रोह र प्रतिरोध गर्छन्। परमेश्‍वरलाई प्रार्थना नगर्ने धेरैजसो मानिस सत्यतालाई प्रेम गर्दैनन् वा खोज्दैनन्, र सत्यतालाई प्रेम नगर्ने वा नखोज्नेहरू इमानदारीपूर्वक प्रार्थना गर्न सक्दैनन्। तिनीहरू जस्तोसुकै कठिनाइमा परे पनि प्रार्थना गर्दैनन्, अनि प्रार्थना गर्दा आफ्ना कठिनाइ र दुःख हटाउन परमेश्‍वरबाट फाइदा उठाउने इच्छा मात्र राख्छन्। तिनीहरू परमेश्‍वरका अभिप्रायलाई वास्ता गर्दैनन्, र आफ्ना कठिनाइमा आफूले बुझ्नुपर्ने र प्रवेश गर्नुपर्ने सत्यताका पक्षहरू खोज्दैनन्। त्यस्ता मानिसहरू सत्यताको तृष्णा गर्दैनन् र परमेश्‍वरमा साँचो आस्था राख्दैनन्—मूलतः तिनीहरू अविश्‍वासी हुन्। तैँले परमेश्‍वरको विश्‍वासीका रूपमा उहाँलाई प्रार्थना गर्नैपर्छ र सबै कुरामा सत्यता खोज्नैपर्छ। तँलाई प्रार्थना गर्नेबित्तिकै आफ्नो हृदय अझ प्रफुल्ल भएको वा आफूले अभ्यासको मार्ग पाएको झैँ नलागे पनि, परमेश्‍वरलाई पर्खी, र पर्खँदै गर्दा परमेश्‍वरका वचन पढ् र सत्यता खोज्। परमेश्‍वरका वचन खाँदा र पिउँदा वा प्रवचन र सङ्गति सुन्दा, आफ्नो चिन्तन र खोजीमा आफ्ना समस्यालाई समावेश गर्नमा ध्यान दे। यदि तैँले यसरी व्यावहारिक रूपमा सहकार्य गरिस् भने, परमेश्‍वरको वचनबारे चिन्तन गर्दा वा प्रवचन र सङ्गति सुन्दा तुरुन्तै अन्तर्ज्ञान पाउन सक्लास्। अथवा तैँले कुनै कुरा सामना गर्दा, त्यसबाट उत्प्रेरित भएर आफूले हल गर्न खोजिरहेकै प्रश्नको उत्तर भेट्टाउलास्। के यो परमेश्‍वरको मार्गदर्शन र प्रबन्ध होइन? त्यसैले, परमेश्‍वरलाई सच्चा प्रार्थना गर्नु प्रभावकारी हुन सक्छ, तर यो प्रभाव प्रार्थना गर्नेबित्तिकै हासिल हुने कुरा होइन। यसलाई समय लाग्छ, र यसका लागि व्यक्तिले सहकार्य र अभ्यास गर्नुपर्छ। पवित्र आत्माले तँलाई कहिले अन्तर्दृष्टि र उत्तर दिनुहुनेछ भनेर भन्‍न सकिन्‍न। यो त सत्यता खोज्ने र बुझ्ने प्रक्रिया, अनि मानिसले जीवनमा बढ्ने मार्ग हो। तिमीहरूले परमेश्‍वरमा वर्षौँ विश्‍वास गरेपछि पनि फेरि सुरुदेखि प्रार्थना कसरी गर्ने भनेर सिक्नुपर्छ। तिमीहरूलाई अझै पनि प्रार्थना कसरी गर्ने भनेर थाहा छैन, र समस्या आइपर्दा तिमीहरू जहिले पनि या त थेगो भट्टयाउने र प्रण गर्ने या आफूले कसरी दुःख भोगिरहेको छु भन्दै परमेश्‍वरसँग गुनासो गर्ने र आफ्नो दुखेसो पोख्ने, वा नत्र तर्क गरेर आफूलाई सही ठहराउने गर्छौ। यी तिमीहरूको हृदयमा बसेका कुराहरू हुन्, र तिमीहरू सत्यतामा प्रवेश गर्न अति सुस्त भएकोमा अचम्म मान्‍नु पर्दैन। तिमीहरू बहकिरहेका छौ। तिमीहरूलाई सत्यता कसरी पछ्याउने भनी थाहा छैन, र मुक्ति प्राप्त गर्न यसरी परमेश्‍वरमा विश्‍वास गरे पुग्छ कि पुग्दैन भनेर भन्‍न सकिँदैन।

अंश ८६

मण्डलीको एउटा भजनमा एक हरफले यसो भन्छ, “सबै सत्यता-प्रेमी मानिसहरू दाजुभाइ र दिदीबहिनीहरू हुन्।” यो भनाइ सही हो। सत्यतालाई प्रेम गर्नेहरू मात्रै परमेश्‍वरको घरका हुन्छन्; तिनीहरू मात्रै वास्तविक दाजुभाइ-दिदीबहिनीहरू हुन्। तँलाई के लाग्छ, के परमेश्‍वरको घरको सभामा प्रायः सहभागी भइरहनेहरू सबैजना दाजुभाइ-दिदीबहिनीहरू हुन्? हुन् नै भन्‍ने जरुरी छैन। कस्ता मानिसहरू दाजुभाइ-दिदीबहिनीहरू होइनन्? (सत्यताप्रति वितृष्ण रहने, र सत्यता स्वीकार नगर्नेहरू।) सत्यता स्वीकार नगर्ने र सत्यताप्रति वितृष्ण रहने मानिसहरू सबै दुष्ट मानिसहरू हुन्। तिनीहरू सबै विवेक वा समझ नभएका मानिसहरू हुन्। तिनीहरूमध्ये कसैलाई पनि परमेश्‍वरले मुक्ति दिनुहुन्‍न। ती मानिसहरू मानवताहीन हुन्छन्, तिनीहरू उचित काममा ध्यान दिँदैनन् र नराम्रो काम गर्दै बेकाबु भई हिँड्छन्। तिनीहरू शैतानी दर्शनअनुसार जिउँछन् र धूर्त युक्तिहरू प्रयोग गर्छन्, अनि अरूलाई प्रयोग गर्छन्, फुस्ल्याउँछन्, र ठग्छन्। तिनीहरूले अलिकति पनि सत्यता स्वीकार गर्दैनन्, र तिनीहरू आशिष्‌ पाउनलाई मात्रै परमेश्‍वरको घरमा घुसपैठ भएका हुन्छन्। किन हामी तिनीहरूलाई अविश्‍वासीहरू भन्छौँ? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण रहन्छन्, र सत्यता स्वीकार गर्दैनन्। सत्यता सङ्गति गर्नेबित्तिकै, तिनीहरूको रुचि हट्छ, तिनीहरू सत्यताप्रति वितृष्ण हुन्छन्, सत्यता सुन्‍नै सक्दैनन्, सत्यता अल्छीलाग्दो भएको महुसुस गर्छन् र सुन्न बसिरहन सक्दैनन्। यस्ता मानिसहरू स्पष्टतः अविश्‍वासी र गैरविश्‍वासीहरू हुन्। तैँले तिनीहरूलाई दाजुभाइ-दिदीबहिनीहरू मान्नै हुँदैन। तिनीहरूले तँसँग नजिकिन चाहन तँलाई केही फाइदाहरू प्रस्ताव गर्न सक्छन्, र तँलाई सानातिना सहयोग गरेर तँसँग सम्बन्ध स्थापना गर्ने प्रयास गरिरहेका हुन सक्छन्। तर जब तँ तिनीहरूसँग सत्यता सङ्गति गर्छस्, तब तिनीहरूले देह, काम, सांसारिक मामिलाहरू, गैरविश्‍वासी चलनहरू, भावनाहरू, पारिवारिक मामिलाहरू, र यस्तै बाहिरी कुराहरू छलफल गर्दै मामूली कुराकानीहरूतर्फ मोडिन्छन्। तिनीहरूले भन्‍ने कुनै पनि कुरा सत्यतासँग, र परमेश्‍वरप्रतिको विश्‍वास वा सत्यता अभ्याससँग सम्बन्धित हुँदैन। ती मानिसहरूले सत्यता पटक्कै स्विकार्दैनन्। तिनीहरू कहिल्यै पनि परमेश्‍वरका वचनहरू पढ्ने वा सत्यता सङ्गति गर्ने गर्दैनन्, र तिनीहरू कहिल्यै पनि प्रार्थना वा आत्मिक उपासना गर्ने गर्दैनन्। के ती मानिसहरू दाजुभाइ र दिदीबहिनी हुन् त? होइनन्। ती मानिसहरू सत्यता अभ्यास गर्दैनन्, र सत्यताप्रति वितृष्ण हुन्छन्। तिनीहरू परमेश्‍वरको घरमा घुसेपछि, जब तिनीहरूले भेलाहरूमा सधैँ परमेश्‍वरका वचनहरू पढ्दै सत्यता सङ्गति गरिएको, आफूलाई चिन्नेबारे कुराकानी गरिएको, र कर्तव्य निर्वाह गर्दा आइपर्ने समस्याहरूबारे सङ्गति गरिएको देख्छन्, तब तिनीहरू हृदयदेखि नै वितृष्ण बन्छन्। तिनीहरूसँग कुनै बुझाइ वा अनुभव नहुने भएकोले, र भन्नको लागि केही पनि नभएर, तिनीहरू मण्डली जीवनबाट वाक्‍क हुन्छन्। तिनीहरू निरन्तर यस्तो सोच्छन्, “किन सधैँ परमेश्‍वरका वचनबारे सङ्गति गर्ने? किन सधैँ आफूलाई चिन्नेबारे कुराकानी गर्ने? मण्डली जीवनमा किन कुनै मनोरञ्जन वा आनन्द छैन? यस्तो मण्डली जीवन कहिले सक्किन्छ? हामीले कहिले राज्य प्रवेश गरेर आशिष् पाउनेछौँ?” तिनीहरूलाई सत्यता सङ्गति पट्यारलाग्दो लाग्छ र त्यो सुन्न चाहँदैनन्। ती मानिसहरूलाई केही हुँदा, तिमीहरू के भन्छौ, के तिनीहरूले सत्यता खोज्छन् त? के तिनीहरू सत्यता अभ्यास गर्न सक्छन् त? (सक्दैनन्।) यदि सत्यताप्रति चासो नै राख्दैनन् भने, तिनीहरूले कसरी सत्यता अभ्यास गर्न सक्छन् र? त्यसो भए, तिनीहरू केअनुसार जिउँछन् त? निस्सन्देह नै, तिनीहरू शैतानका दर्शनहरूअनुसार जिउँछन्, र तिनीहरू सधैँ कुटिल र धूर्त हुन्छन्, र तिनीहरूमा सामान्य मानवताको जीवन हुँदैन। तिनीहरूले कहिल्यै पनि परमेश्‍वरलाई प्रार्थना गर्ने वा सत्यता खोजी गर्ने गर्दैनन्, बरु मानव छल, युक्ति र दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू प्रयोग गरेर सबै कुरा सम्‍हाल्छन्—जसले गर्दा तिनीहरूको अस्तित्व थकाइलाग्दो र पीडादायी हुन्छ। तिनीहरू दाजुभाइ र दिदीबहिनीहरूसँग गैरविश्‍वासीहरूसँग झैँ अन्तरक्रिया गर्छन्, र तिनीहरू शैतानी दर्शनहरू पछ्याउँछन् अनि झूट बोल्छन् र ठग्छन्। तिनीहरू विवाद गर्न र ससाना कमजोरी केलाउन रुचाउँछन्। तिनीहरू जुनसुकै समूहमा जिइरहेका भए पनि, सधैँ को कोसँग मिल्छ, र कसले कोसँग समन्वय गरेको छ भनेर हेर्न खोज्छन्। तिनीहरू बोल्दा, अरू मानिसहरूका प्रतिक्रियाहरूलाई ध्यानपूर्वक नियाल्न्छन्, सधैँ सचेत रहन्छन्, र कसैलाई पनि नचिढ्याउने प्रयास गरिरहेका हुन्छन्। तिनीहरू आफ्नो वरपरका सबै कुराहरू र अरूसँगको सम्बन्ध सम्हाल्न सधैँ दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू पछ्याइरहेका हुन्छन्। त्यसैले नै तिनीहरूको अस्तित्व निकै थकानपूर्ण हुन्छ। तिनीहरू अन्य मानिसहरूमाझ सक्रिय देखिए पनि, वास्तवमा तिनीहरू आफैलाई मात्र तिनीहरूको अप्ठ्यारो थाहा हुन्छ, र यदि तिमीहरूले नजिकबाट नियाल्यौ भने, तिनीहरूको जीवन थकानपूर्ण भएको महसुस गर्नेछौ। ख्याति, लाभ, वा इज्जतको कुरामा, तिनीहरू को सही को गलत, को उच्च को निम्न हो भनी स्पष्ट पार्न जोड दिन्छन्, र तिनीहरूलाई आफ्नो कुरा प्रमाणित गर्न बहस गर्नैपर्ने हुन्छ। अरूले त्यो सुन्न चाहँदैनन्। मानिसहरू भन्छन्, “के तपाईं आफूले भनेको कुरालाई सरल बनाउन सक्नुहुन्छ? के तपाईं सीधासीधा भन्न सक्नुहुन्छ? तँपाईलाई किन यति फोगट्या बन्‍नुपरेको हो?” तिनीहरूका विचारहरू अत्यन्त जटिल र कठिन हुन्छन्, र तिनीहरू वास्तविक समस्याहरू महसुस नगरी त्यस्तो थकानपूर्ण जीवन जिउँछन्। तिनीहरू किन सत्यता खोज्न र इमानदार हुन सक्दैनन्? किनभने तिनीहरू सत्यताप्रति वितृष्ण छन् र इमानदार हुन चाहँदैनन्। त्यसोभए, तिनीहरू जीवनमा के कुरामा भर पर्छन् त? (दुनियाँसित व्यवहार गर्ने सांसारिक दर्शनहरू र मानव विधिहरूमा।) काम गर्न मानव विधिहरूमा भर पर्दा त्यस्ता नतिजाहरू निम्तिने सम्भावना हुन्छ जसमा व्यक्ति स्वयम्‌को खिल्ली उडाइन्छ वा उसको कुरूप पक्ष प्रकट भइदिन्छ। त्यसैले, अझ नजिकबाट जाँच्दा, तिनीहरूका कार्यहरू, तिनीहरूले पूरै दिनभर गरिरहने कामकुराहरू—ती सबै तिनीहरूको आफ्नै इज्जत, ख्याति, लाभ र आडम्बरसँग सम्बन्धित हुन्छन्। तिनीहरू जालोमै जिइरहेका छन् जस्तो गरी, तिनीहरूलाई हरेक कुरामा तर्कसङ्गत हुनुपर्छ, या त हरेक कुराको लागि बहाना बनाउनुपर्छ, र यसरी तिनीहरू सधैँ आफ्नै खातिर बोलिरहेका हुन्छन्। तिनीहरूको सोचाइ जटिल हुन्छ, तिनीहरू अति बकवास गर्छन्, र तिनीहरूका शब्दहरू अत्यन्तै उल्झनपूर्ण हुन्छन्। तिनीहरू जहिले पनि के सही र के गलत भनी बहस गरिरहेका हुन्छन्, त्यसको कुनै अन्त्य हुँदैन। यदि तिनीहरू इज्जत कमाउन खोजिरहेका छैनन् भने पनि, प्रतिष्ठा र हैसियतको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन्, र तिनीहरू यी कुराहरूको लागि नजिएको कुनै समय नै हुँदैन। अनि अन्तिम परिणाम के हुन्छ त? तिनीहरूले इज्जत त कमाएका हुन सक्छन्, तर सबैजना तिनीहरूदेखि दिक्क र थकित हुन्छन्। मानिसहरूले तिनीहरूलाई भित्रैदेखि चिनिसकेका हुन्छन् र तिनीहरूमा सत्यता वास्तविकता छैन र तिनीहरू इमानदारीपूर्वक परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति होइनन् भनेर बुझिसकेका हुन्छन्। अगुवाहरू र कामदारहरू वा अन्य दाजुभाइ र दिदीबहिनीहरूले तिनीहरूलाई काटछाँट गर्न केही शब्दहरू प्रयोग गर्दा, तिनीहरू ढीठ भई स्विकार्न अस्वीकार गर्छन्, अनि तर्क गर्न वा बहाना बनाउन जोड दिन्छन्, र जिम्मेवारी अरूमा थोपर्न खोज्छन्। सभाहरू दौरान तिनीहरू आफ्नो प्रतिरक्षा गर्छन्, विवाद सुरु गर्छन्, र परमेश्‍वरका चुनिएका मानिसहरूमाझ समस्या पैदा गर्छन्। तिनीहरू हृदयमा यस्तो सोचिरहेका हुन्छन्, “के मैले आफ्नो कुरा राख्ने ठाउँ कहीँ छैन?” यो कस्तो व्यक्ति हो? के यो सत्यतालाई प्रेम गर्ने व्यक्ति हो? के यो परमेश्‍वरमा विश्‍वास गर्ने व्यक्ति हो? जब तिनीहरूले कसैले तिनीहरूको अभिप्रायसँग नमिल्ने कुरा गरेको सुन्छन्, तिनीहरू सधैँ विवाद गर्न र स्पष्टीकरण माग्न चाहन्छन्; को सही र को गलत भन्‍ने कुरामा अल्झिन्छन्, र सत्यता खोजी गर्ने र सत्यता सिद्धान्तअनुसार ती कुराप्रति व्यवहार गर्ने गर्दैनन्। तिनीहरूलाई मामला जतिसुकै सरल भए पनि, त्यसलाई अत्यन्तै जटिल बनाउनैपर्छ—तिनीहरू केवल समस्या निम्त्याइरहेका हुन्छन्, तिनीहरू अत्यन्त थकित हुनै योग्य छन्! मानिसहरूले सामना गर्ने धेरै समस्याहरू स्व-निर्मित हुन्छन्। तिनीहरू बिनाकारण समस्या खोज्छन्। सरल शब्‍दमा भन्‍नुपर्दा, तिनीहरूले सही कुराहरूमा आफ्नो समय लगाइरहेका हुँदैनन्। निरर्थक मानिसहरूको जीवनशैली यही हो। अनि कतिपय मूर्ख मानिसहरूचाहिँ सही र गलतमा नअल्झिए पनि, तिनीहरूको क्षमता यति कमजोर हुन्छ कि तिनीहरूले कुनै पनि कुरा छर्लङ्ग देख्न सक्दैनन्। तिनीहरू सुँगुरजस्तै अन्योलमा जिउँछन्। यी दुई प्रकारका मानिसहरू पूर्णतया फरक हुन्छन्: एउटा बायाँ झुक्छ र अर्को दायाँ, तर दुवै गैरविश्‍वासी वर्गमा पर्छन्। त्यस्ता मानिसहरूले जति नै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गरेका भए पनि वा जति धेरै प्रवचनहरू सुनेका भए पनि, कहिल्यै सत्यता बुझ्न सक्दैनन्, झन् सत्यता अभ्यास के हो भनेर तिनीहरूले जान्ने त कुरै नगरौँ। जुनसुकै परिस्थिति सामना गर्दा पनि तिनीहरू कहिल्यै सत्यता खोजी गर्दैनन्, बरु मानव विधिहरू र शैतानका दर्शनहरूद्वारा थकाइलाग्दो र दयनीय जीवन जिउँछन्। के तिनीहरू परमेश्‍वरका इमानदार विश्‍वासीहरू हुन्‌ त? बिल्कुलै होइनन्। सत्यतालाई प्रेम नगर्नेहरूले वास्तवमै परमेश्‍वरमा विश्‍वास गर्दैनन्। सत्यता स्विकार्न सक्दै नसक्‍ने मानिसहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू भनेर भन्‍न सकिँदैन। सत्यतालाई प्रेम गर्ने र सत्यता स्विकार्न सक्‍ने मानिसहरू मात्रै विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरू हुन्। अब, सत्यतालाई प्रेम नगर्नेहरू को हुन् त? तिनीहरू सबै गैरविश्‍वासीहरू हुन्। सत्यता पटक्कै नस्विकार्नेहरू सत्यताप्रति वितृष्ण हुन्छन् र सत्यता इन्कार्छन्। अझै स्पष्ट रूपमा भन्दा, तिनीहरू सबै मण्डलीमा घुसपैठ भएका गैरविश्‍वासीहरू हुन्। यदि तिनीहरूले हरकिसिमका दुष्कर्महरू गर्न र मण्डलीको काममा बाधा र अवरोध पुऱ्याउन सक्छन् भने, तिनीहरू शैतानका दासहरू हुन्। तिनीहरूलाई हटाइनु र निष्कासित गरिनुपर्छ। तिनीहरूलाई विश्‍वासी दाजुभाइ-दिदीबहिनीहरूको रूपमा व्यवहार गर्न बिलकुलै सकिँदैन। तिनीहरूलाई प्रेम गर्ने सबै मानिसहरू अत्यन्तै मूर्ख र अज्ञानी हुन्छन्।

अंश ८७

यदि अहिले तिमीहरूले अझै पनि एक सन्त बन्‍नुको भावना र सिद्धान्तहरू प्राप्त गर्न बाँकी छ भने, त्यसले तिमीहरूको जीवन प्रवेश धेरै सतही छ, र तिमीहरूले अझै पनि सत्यता बुझेका छैनौ भन्‍ने प्रमाणित गर्दछ। तिमीहरूको सामान्य व्यवहार र चालचलनमा अनि तिमीहरू प्रत्येक दिन जिउने वातावरणमा, तिमीहरूले स्वाद लिनुपर्छ र होसियारीसाथ चिन्तन गर्नुपर्छ, एकअर्कासँग सङ्गति गर्नुपर्छ, एकअर्कालाई प्रोत्साहन दिनुपर्छ, एकअर्कालाई सम्झौटो दिनुपर्छ, एकअर्कालाई सहायता र ख्याल गर्नुपर्छ, अनि एकअर्कालाई साथ दिनुपर्छ र भरणपोषण गर्नुपर्छ। दाजुभाइ-दिदीबहिनीहरूले कसरी पारस्परिक व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्तहरू हुनुपर्छ। सधैँ अरूका गल्तीहरूमा ध्यान नदेऊ, बरु तिमीहरूले बारम्बार आफूलाई जाँच्नैपर्छ, र त्यसपछि आफूले अरू मानिसलाई दखल पुग्ने वा हानि हुने कुरा गरेको सक्रियतासाथ स्वीकार गर, अनि खुलस्त हुन र सङ्गति गर्न सिक। यसरी आपसी समझदारी हुन सक्छ। यसबाहेक, आफूमाथि जे आइपरे पनि, तिमीहरूले परिस्थितिलाई परमेश्‍वरका वचनहरूको आधारमा हेर्नुपर्छ। यदि मानिसहरूले सत्यता सिद्धान्तहरू बुझ्‍न र अभ्यासको मार्ग भेट्टाउन सक्छन् भने, तिनीहरू एकै मन र हृदयका बन्‍नेछन्, अनि दाजुभाइ-दिदीबहिनीहरूबीचको सम्‍बन्ध सामान्य हुनेछ, तिनीहरू गैरविश्‍वासीहरूजस्तो उदासीन, रूखो, र निर्दयी बन्‍नेछैनन्, र तिनीहरूले आपसी शङ्का र चिन्तालाई त्याग्‍नेछन्। दाजुभाइ-दिदीबहिनीहरू एकअर्कासँग अझ घनिष्ठ बन्‍नेछन्; तिनीहरूले एकअर्कालाई सहयोग गर्न प्रेम गर्न सक्‍नेछन्; तिनीहरूको हृदयमा सद्‌भाव हुनेछ, र तिनीहरू एकअर्काप्रति सहनशील र दयालु हुनेछन्, र तिनीहरूले एकअर्कालाई एक्ल्याउनुको सट्टा, एकअर्काको डाहा गर्नुको सट्टा, एकअर्कासँग आफूलाई तुलना गर्नुको सट्टा, र एकअर्काविरुद्ध गुप्त रूपमा प्रतिस्पर्धा र अवज्ञा गर्नुको सट्टा, एकअर्कालाई साथ र सहयोग दिनेछन्। यदि मानिसहरू गैरविश्‍वासीहरूजस्ता छन् भने तिनीहरूले कसरी आफ्‍नो कर्तव्य राम्ररी पूरा गर्न सक्छन्? यसले तिनीहरूको जीवन प्रवेशमा असर गर्ने मात्र होइन, अरूलाई समेत हानि र असर गर्नेछ। उदाहरणका लागि, मानिसहरूले तँलाई गलत तरिकाले हेर्दा, वा तिनीहरूले तेरो इच्छासँग नमिल्ने कुनै कुरा भन्दा तँ रिसाउँछस् होला, र जब कसैले तँलाई भिन्नै पहिचान बनाउन नदिन केही कुरा गर्छ, तब तँ तिनीहरूसित अप्रसन्‍न हुन्छस् होला, अनि असहज अनि दुःखी महसुस गर्छस् होला, र आफ्नो प्रतिष्ठा कसरी फेरि प्राप्त गर्न सकिन्छ भनेर सधैँ सोच्छस् होला। महिला र जवान मानिसहरूले विशेष गरी यसमाथि विजय पाउन सक्दैनन्। तिनीहरू सधैँ सानातिना विवाद र असहमतिहरूमै लग्गु हुन्छन्, हठी बन्‍ने झुकाव राख्छन् र नकारात्मक अवस्थामा जिउँछन्। तिनीहरू परमेश्‍वरलाई प्रार्थना गर्न वा उहाँको वचन खान र पिउन इच्छुक हुँदैनन्, जसले तिनीहरूको जीवन प्रवेशमा असर गर्छ। जब मानिसहरू आफ्‍नो भ्रष्ट स्वभावअनुसार जिउँछन्, तब तिनीहरूलाई परमेश्‍वरको अघि शान्त रहन अत्यन्तै गाह्रो हुन्छ, र सत्यताको अभ्यास गर्न र परमेश्‍वरका वचनहरूअनुसार जिउन निकै कठिन हुन्छ। परमेश्‍वरसामु जिउनका लागि, तिमीहरूले आफूबारे मनन गर्न र आफूलाई चिन्‍न, अनि परमेश्‍वरलाई साँचो रूपमा प्रार्थना गर्न सिक्‍नुपर्छ, र त्यसपछि तिमीहरूले दाजुभाइ-दिदीबहिनीहरूसँग कसरी मिलेर बस्‍ने भनेर सिक्‍नुपर्छ। तिमीहरू एकअर्काप्रति सहनशील हुनैपर्छ, एकअर्काप्रति कोमल हुनैपर्छ, र अरूसित कस्ता सामर्थ्य र गुण छन् भनेर देख्न सक्नुपर्छ, अनि तिमीहरूले अरूका विचारहरू अनि सही कुराहरू स्वीकार गर्न सिक्‍नुपर्छ। आफैमा लिप्त नहोओ, महत्त्वाकाङ्क्षा र चाहना नराख, अनि आफू अरू मानिसहरूभन्दा असल छु भन्‍ने नसोच, र आफूलाई महान् व्यक्तित्व ठान्‍ने अनि अरूलाई तिमीहरूले भनेको कुरा मान्‍न लगाउने, तिमीहरूको आज्ञापालन गर्न लगाउने, र तिमीहरूलाई आदर गर्न र उचाल्‍न लगाउने नगर—यो विकृति हो। यदि कुनै व्यक्तिको अहङ्कारी स्वभाव हटाइएन र त्यसमा बढ्दो महत्त्वाकाङ्क्षा र चाहना थपियो भने, त्यसले सजिलै विकृति ल्याउन सक्छ। त्यसैले, सत्यता स्विकार्न र आत्मचिन्तन गरेर आफूलाई जान्‍न नसक्नेहरू ठूलो खतरामा हुन्छन्। तिनीहरू सधैँ महत्त्वाकाङ्क्षा पाल्छन्, सधैँ महान् व्यक्ति र महामानव बन्‍ने आकाङ्क्षा साँच्छन्—यो विकृति हो, यो चरम अहङ्कार हो। तिनीहरूले सबै समझ गुमाएका छन्, तिनीहरू सामान्य मानिस होइनन्, तिनीहरू विकृत मानिस हुन्, र तिनीहरू पिशाच हुन्। तिनीहरू अहङ्कारी स्वभावको वशमा परेर अरूलाई हृदयदेखि नै तुच्छ ठान्छन्, र उनीहरूलाई अत्यन्तै महत्त्वहीन र अज्ञानी ठान्छन्। तिनीहरू अरूको सबलता पहिचान गर्न सक्दैनन्, तर अरूका कमीकमजोरीलाई बढाइचढाइ गर्न कहिल्यै थाक्दैनन्; तिनीहरू मनैदेखि उनीहरूलाई घृणा गर्छन्, र हरपल यी कमीकमजोरीहरूबारे बताउँछन् र तिनलाई तुच्छ देखाउँछन् अनि अरूलाई चोट पुर्‍याउँछन् र दुःख दिन्छन्, र अन्ततः अरू मानिसलाई कि त तिनीहरूको कुरा मान्‍ने र सुन्‍ने, कि तिनीहरूको डर मान्‍ने र तिनीहरूबाट लुक्ने बनाउँछन्। जब मानिसहरूबीच यस्तो सम्बन्ध पैदा हुन्छ वा रहन्छ, के तिमीहरूले देख्न चाहने यही हो? के तिमीहरू यसलाई स्विकार्न सक्छौ? (सक्दैनौँ।) उदाहरणका लागि, मानिलिऊँ तँ अरूभन्दा अलि अग्लो र आकर्षक छस्, जसले गर्दा मानिसहरू तेरो तारिफ गर्छन्। फलस्वरूप, तँ आफैदेखि दङ्ग पर्छस् र तत्पश्चात् अलि होचा र कम आकर्षक मानिसहरूलाई तुच्छ ठान्छस्। यसमा कस्तो स्वभाव प्रकट हुन्छ? केही मानिस त्यति आकर्षक नदेखिने, अलि होचा, अलि बढी मूर्ख र तीक्ष्ण बुद्धि नभएका मानिसहरूलाई तिरस्कारपूर्ण नजरले हेर्छन्, र तिनीहरूको मजाक उडाउन छड्केसमेत हान्छन्। के मानिसहरूलाई यस्तो व्यवहार गर्नु उचित हो? के यो सामान्य मानवता प्रकट भएको हो? निश्चय नै होइन। त्यसोभए, यस्तो अवस्थालाई सम्हाल्ने सबैभन्दा सही तरिका के हो? (अरूलाई तिनीहरूको कमीकमजोरीका लागि उपहास नगर्नु, र अरूको सम्मान गर्नु।) यो एउटा सिद्धान्त हो। तिमीहरूले यसबारे केही मात्रा बुझ्यौ जस्तो प्रतीत हुन्छ। त्यसोभए, परमेश्‍वरले मानिसहरूसँग कस्तो व्यवहार गर्नुहुन्छ? परमेश्‍वरले मानिसहरू कस्ता देखिन्छन्, तिनीहरू अग्ला छन् कि होचा छन् भनेर वास्ता गर्नुहुन्‍न। बरु, उहाँले तिनीहरूको हृदय दयालु छ कि छैन, तिनीहरू सत्यतालाई प्रेम गर्छन् कि गर्दैनन्, र तिनीहरू परमेश्‍वरलाई प्रेम गर्छन् कि गर्दैनन् र उहाँप्रति समर्पित हुन्छन् कि हुँदैनन् भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूप्रतिको आफ्‍नो व्यवहार यही कुरामा आधारित गर्नुहुन्छ। यदि मानिसहरूले पनि यसो गर्न सक्छन् भने, तिनीहरूले अरूलाई निष्पक्ष सत्यता सिद्धान्तहरूअनुरूप व्यवहार गर्न सक्नेछन्। सर्वप्रथम, हामीले परमेश्‍वरका अभिप्राय बुझ्नैपर्छ, र परमेश्‍वर मानिसहरूलाई कस्तो व्यवहार गर्नुहुन्छ भनेर थाहा पाउनैपर्छ, त्यसपछि हामीसँग पनि मानिसहरूलाई कस्तो व्यवहार गर्ने भन्‍नेबारे सिद्धान्त र मार्ग हुनेछ। सामान्यतया, मानिसहरूमा अलिकता अभिमान हुने गर्दछ। तिनीहरू प्रशंसामा केही शब्द पाउँदा, आफैमा दङ्ग पर्छन् र गुनगुनाउँदै गमक्क परेर हिँड्छन्। यो शैतानी स्वभाव प्रकट भएको हो। यदि तिनीहरू अरूको निन्दा गर्छन् र उनीहरूलाई तुच्छ ठान्छन् भने त्यो कस्तो प्रकारको स्वभाव हो? त्यो नीच, अहङ्कारी र दुष्ट स्वभाव हो। यदि मानिसहरूले आफ्नो भ्रष्ट स्वभाव पहिचान गर्न र आफ्नो भ्रष्ट स्वभावअनुसार जिउँदाको कुरूपतालाई बुझ्न सकेनन् भने, तिनीहरूलाई यी भ्रष्ट स्वभावहरू फाल्न गाह्रो हुनेछ, र तिनीहरू वास्तविक मानव स्वरूपमा जिउन सक्दैनन्।

अंश ८८

परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता कसलाई दिनको लागि व्यक्त गरिन्छ ताकि त्यो तिनीहरूको जीवन बन्न सकोस्? कसको लागि सत्यता सङ्गति गरिँदै छ? (सत्यतालाई प्रेम गर्ने र स्विकार्नेहरूको लागि।) हृदयमा सत्यतालाई वास्तवमै प्रेम गर्न सक्ने र स्विकार्नेहरू को हुन्? यदि तँ यस प्रश्नलाई बुझ्न सक्छस् भने, परमेश्‍वरले कस्तो व्यक्तिलाई मुक्ति दिनुहुन्छ भनेर थाहा पाउनेछस्। सुरुमा, हामीले परमेश्‍वरले व्यक्त गर्नुहुने सत्यता मानवता र समझ हने, सकारात्मक कुरालाई प्रेम गर्ने र आफ्नो विवेकबारे सचेत हुनेहरूको लागि हो भनेर बुझ्नैपर्छ। अन्य मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, र सत्यता सुनेपछि, उदासीन हुन्छन्, उत्प्रेरित हुँदैनन्, र तिनीहरू आत्मनिन्दा गर्दैनन् र केही पनि महसुस गर्दैनन्—तिनीहरू जिउँदो लाश हुन्, तिनीहरूले जीवन प्रवेश नपाउने निश्‍चित छ। कतिपयले सोध्नेछन्, “अधिकांश मानिसहरू सत्यतालाई प्रेम गर्दैनन्, वा तिनीहरूमा असल मानवता छैन, वा तिनीहरू सत्यता स्विकार्दैनन्, र तिनीहरू मुक्तिका लक्षित पात्र होइनन्, बरु सेवाकर्ता मात्रै हुन्, तैपनि यति धेरै वचनहरू बोल्न परमेश्‍वर किन दुःख गर्नुहुन्छ?” के यो सही कुरा हो? (होइन। अधिकांश मानिसहरू सत्यता पछ्याउन इच्छुक नभए तापनि, एउटा सानो समूह अझै पनि यसलाई पछ्याउन इच्छुक छ र तिनीहरूमा केही मानवता छ, र परमेश्‍वर यही सानो समूहलाई नै मुक्ति दिन चाहनुहुन्छ।) ठिक भनिस्। परमेश्‍वरका वचनहरू मानिसहरूले सुन्नको निम्ति हो, जनावर वा दियाबलहरूको निम्ति होइन। मण्डलीभित्र, चाहे तीन भाग वा पाँच भाग मानिसहरूले सत्यता स्विकार्न सके पनि, चाहे जे भए पनि अन्त्यसम्मै रहिरहनेहरू अल्पसङ्ख्यक नै हुन्छन्। त्यसैले हामीले परमेश्‍वरको सच्चा विश्‍वासी को हो, र को रहिरहन सक्छ भनेर कसरी मापन गर्नुपर्छ? यो कुरा हामीले व्यक्तिमा विवेक छ कि छैन, उसको विवेकले परमेश्‍वरको वचन सुनेर केही मात्रमा सचेतना हासिल गरेको छ कि छैन, ऊ परमेश्‍वरको वचन बुझ्न सक्छ कि सक्दैन, ऊ प्रवचन सुनेर सत्यता बुझ्न सक्छ कि सक्दैन र सत्यता बुझेपछि अभ्यास गर्न सक्छ कि सक्दैन, अनि ऊ आफ्नो भ्रष्ट स्वभाव परिवर्तन गर्न सक्छ कि सक्दैन भन्‍ने कुराहरूको आधारमा मापन गर्न सक्छौँ। यी कुराहरूको आधारमा, हामी ऊ सत्यता स्विकार्ने व्यक्ति र परमेश्‍वरको भेडा हो कि होइन भनेर खुट्ट्याउन सक्छौं। परमेश्‍वरका भेडाहरूले उहाँको सोर सुन्न सक्छन्, तिनीहरू उहाँको सोर सुनेपछि प्रत्युत्तर दिन्छन् र सचेत हुन्छन्, अनि उहाँलाई पछ्याउन इच्छुक हुन्छन्। ती मानिसहरू परमेश्‍वरका भेडा हुन्। ती मानिसहरूको मानवतामा कस्ता कुरा हुन्छन्? (ती मानिसहरू सकारात्मक कुराहरू मन पराउँछन्, सत्यता पछ्याउन इच्छुक हुन्छन्, र तिनीहरूमा अलिक विवेक हुन्छ।) तिनीहरू किन सत्यता पछ्याउन इच्छुक हुन्छन् त? तिनीहरूको मानवतामा सत्यताप्रतिको प्रेम, विवेक र समझ हुन्छ। तिनीहरू परमेश्‍वरका वचन बुझ्न पनि र आफ्नो स्थितिमा लागू गर्न पनि सक्छन्, र त्यसपछि परमेश्‍वरका वचनलाई दैनिक जीवनको पाटो, आफ्नो जीवन, अनि आफ्नो व्यवहार र आचरणको लक्ष्य, सिद्धान्त र आधार बनाउन सक्छन्। अर्थात्, परमेश्‍वरका वचन तिनीहरूको जीवनको वास्तविकता बन्छन्, र तिनीहरू परमेश्‍वरका वचन अभ्यास गर्न सक्षम हुन्छन्। ती मानिसहरू परमेश्‍वरका भेडा हुन्। कतिपय मानिसहरू बाहिरबाट खराब देखिँदैनन् र निकै कपटरहित हुन्छन्, तर तिनीहरू परमेश्‍वरका वचन सुनेपछि तिनलाई अभ्यास गर्न सक्दैनन्। ती मानिसहरू परमेश्‍वरका भेडा होइनन्। श्रम-कर्ताहरूमाझ यस्ता कैयौँ मानिसहरू छन्, जो परमेश्‍वरका वचन जति नै सुने पनि बुझ्दैनन्, झन् तिनलाई अभ्यास गर्न सक्‍नु त परै जाओस्। तिनीहरू परमेश्‍वरलाई वर्षौंसम्म विश्‍वास गर्न सक्छन्, तर कुनै जीवन प्राप्त गर्दैनन्। तसर्थ, मानिसहरूले परमेश्‍वरका वचनमार्फत ठ्याक्कै कसलाई मुक्ति दिइनेछ भनेर बुझ्नुपर्छ। परमेश्‍वरले मुक्ति दिनुहुने मानिसहरूबारे भन्नुपर्दा, तिनीहरूको संख्या जति भए पनि फरक पर्दैन। यदि एकै जनाले मात्र परमेश्‍वरका वचन बुझ्न सक्छ भने पनि, उहाँले गर्नुपर्ने काम उहाँले गर्नु नै हुनेछ। सबैलाई थाहै छ, नोआले जहाज बनाउँदा केवल आठ जना बाँचेका थिए। पुरानो करारको समयदेखि अहिलेसम्म, थोरैलाई मात्र मुक्ति दिइएको छ। व्यवस्थाको युगमा, जब परमेश्‍वरले मुक्तिको काम औपचारिक रूपमा गर्नुभएको थिएन, न त मानवजातिलाई सत्यता नै दिनुभएको थियो, त्यो बेला कति जनालाई परमेश्‍वरले स्विकार्नुभयो? के धेरैलाई स्विकार्नुभयो? त्यति बेला उहाँको अनुमोदन प्राप्त गर्ने मानिसहरू निकै कम थिए। अनि, आखिरी दिनहरूको कामको सन्दर्भमा चाहिँ कुरा के छ त? न्याय, सजाय, परीक्षा र शोधनमार्फत सत्यता स्विकार्न सक्ने मानिसहरू अल्पसङ्ख्यक नै छन्, तर यो संख्या व्यवस्थाको युग र अनुग्रहको युगमा परमेश्‍वरले प्राप्त गर्नुभएका मानिसहरूको संख्याभन्दा धेरै छ। अहिले, धेरै मानिसहरूले अनुभवात्मक गवाही दिन सक्छन् र आफ्नो स्वभाव परिवर्तन गरेका केही मानिसहरू वास्तवमै छन्, त्यसैले, यो कुराले परमेश्‍वरको हृदयलाई कसरी सान्त्वना नमिलेको हुन सक्ला र?

जब तिमीहरूले मण्डलीमा अधिकांश मानिसहरूलाई वर्षौंदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएर पनि सत्यता नपछ्याएको, बिलकुलै परिवर्तन नभएको, र अझै पनि गैरविश्‍वासीझैँ रहेको देख्छौ, के तिमीहरू नकारात्मक हुन्छौ? (कहिलेकाहीँ म अलि नकारात्मक हुन्छु, तर मलाई थाह छ, व्यक्ति जतिसुकै विद्रोही भए पनि वा उसको क्षमता जतिसुकै कमजोर भए पनि, यदि उसको हृदय सही छ र ऊ सत्यता पछ्याइमा लागिपर्न इच्छुक छ भने, परमेश्‍वरले सत्यतालाई अलि अलि गर्दै टुक्र्याउँदै र छुट्याउँदै, अनि तिनीहरूसँग सक्दो विस्तारमा सङ्गति गरेर अपार धैर्य देखाउँदै, उसमा काम गर्न जारी राख्नुहुनेछ। परमेश्‍वरले मानवजातिलाई पूर्ण बनाउन यति धेरै मूल्य चुकाउनुभएको, र यसमा सफलता नपाएसम्म कहिल्यै हार नमान्नुभएको देख्दा, मेरो मन साह्रै छुन्छ। मलाई लाग्छ, मेरो क्षमता जतिसुकै कमजोर भए पनि, मैले अझै राम्रो गर्ने, आफ्नो पछ्याइमा लगनशील हुने र हिम्मत नहार्ने कोसिस गर्नैपर्छ।) मानिसहरू कमजोर क्षमताका वा विद्रोही हुन्छन् भनेर सबैलाई थाहा छ, तर परमेश्‍वरले यस कारण तैँले मुक्ति पाउनेछैनस् भनेर कहिल्यै भन्नुभएन। यदि उहाँले तँलाई मुक्ति दिनुहुन्थेन भने, यी वचनहरू किन बोल्नुहुन्थ्यो, वा त्यस्तो मूल्य किन चुकाउनुहुन्थ्यो र? परमेश्‍वरले यी सबै कुरा गरेर, मानवजातिलाई उहाँको अभिप्राय पहिल्यै स्पष्टसित बताउनुभएको र छर्लङ्ग हुने गरी थाहा दिनुभएको छ। यो कुरा गोप्य राखिएको छैन, बरु सर्वविदित गराइएको छ, र हृदय र आत्मा भएका जोकोहीले यो कुरा बुझ्न सक्छ; आत्मिक बुझाइ नभएका मूर्खहरू मात्र नकारात्मक बन्न सक्छन्, अनि सत्यता नबुझ्नेहरू मात्रै, आफू मुक्ति पाउन अयोग्य रहेको सोच्दै, हतोत्साहित र निराश हुन सक्छन्। परमेश्‍वरमा विश्‍वास गर्नेबारे सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, उहाँले बोल्नुहुने यी सबै वचन र सत्यतालाई तैँले विश्‍वास गर्नैपर्छ। जबसम्‍म तँसित सङ्कल्प हुन्छ र जबसम्‍म तैँले सत्यता अभ्यास गर्न सक्छस्, तबसम्‍म ती तेरो जीवन बन्न सक्छन्। जबसम्‍म तैँले जानाजान परमेश्‍वरको वचन वा सत्यता उल्लङ्घन नगरी सकारात्मक र सक्रिय रूपमा उहाँका वचन अभ्यास गर्छस्, र जबसम्‍म आफूले बुझेजति अभ्यास गर्छस् र सत्यताप्रति लागिपर्छस्, र आफ्नो सारा हृदय र तागतसाथ कर्तव्य निर्वाह गर्छस्, तबसम्‍म अन्ततः तेरो जीवन कति परिपक्‍व छ भन्‍ने कुराले केही फरक पार्दैन, त्यो मापदण्डअनुरूप नै हुन्छ। मान्छेप्रतिका परमेश्‍वरका मापदण्डहरू उच्च छैनन्। परमेश्‍वरले जुन सत्यताहरू सङ्गति गर्नुहुन्छ, ती सत्यताहरू विस्तृत छन्, र उहाँका वचनहरू विशेष रूपले विस्तारित र निर्दिष्ट छन्। किन यसरी बोल्नुपर्‍यो त? यो एक सानो समूह वा केही प्रकारका मानिसहरूलाई मात्र नभई सबै मानवजातिलाई प्रदान गर्नको निम्ति हो। सारा मानवजातिलाई उपलब्ध गराइएका सबै सत्यतामा तैँले के अभ्यास गर्न र प्राप्त गर्न सक्छस् भन्‍ने कुरामा पनि सीमा हुन्छ। किन म सीमा हुन्छ भनेर भन्दै छु? किनभने हरेक व्यक्तिको लागि परमेश्‍वरले प्रबन्ध गर्नुहुने वातावरण र उसले निर्वाह गर्ने कर्तव्य भिन्न भएझैँ, उसको क्षमता, अन्तर्ज्ञान र बुझाइ क्षमता पनि भिन्न नै हुन्छ, यी “भिन्नताहरू” ले गर्दा हरव्यक्तिले परमेश्‍वरको वचनको एक भाग मात्र अभ्यास गर्न र त्यो एक भागमा मात्र प्रवेश गर्न सक्छ, अनि उसले हासिल गर्न वा अभ्यास गर्न सक्ने कुरा सीमित हुन्छ। उदाहरणको लागि, यदि कसैले रोगबिमारको परीक्षा अनुभव गर्छ, र यो परीक्षा परमेश्‍वरबाट आउँछ भनेर बुझ्छ, तर त्यसपछि परमेश्‍वरले हरव्यक्तिलाई रोगबिमारको परीक्षा अनुभव गर्ने तुल्याउनुपर्छ भनेर सोच्छ भने, के त्यो कुरा उचित हो त? (अहँ, होइन।) यो त पूर्णतया मानव इच्छाको कुरा भयो। परमेश्‍वर हरेक व्यक्तिमा फरकफरक तरिकाले कार्य गर्नुहुन्छ, अनि यो परीक्षा मानिसहरूको एक निश्चित समूहप्रति लक्षित हुन्छ। परमेश्‍वर तिनीहरूलाई रोगबिमारको परीक्षा अनुभव गर्ने तुल्याउन तिनीहरूमा कार्य गर्नुहुन्छ। परमेश्‍वरले मानिसहरूको एक समूहलाई रोगबिमारको परीक्षा अनुभव गर्ने तुल्याउनु भइसकेपछि, सबै मानिसहरूले के हासिल गर्छन्? तिनीहरूले यस्तो परीक्षा दौरान परमेश्‍वरमा समर्पित कसरी हुने, आफ्नो विद्रोहीपन कसरी चिन्ने, सृष्टि गरिएको प्राणी र सृष्टिकर्ताबीचको सम्बन्ध कसरी सुधार्ने, मान्छे र परमेश्‍वरबीचको सम्बन्ध कसरी सच्याउने, परमेश्‍वरको हृदय बुझ्न कसरी सक्षम हुने, उहाँप्रतिको समर्पण कसरी हासिल गर्ने र, जे आइपरे पनि, परमेश्‍वरलाई गलत नबुझी कसरी समर्पित हुने भन्‍ने कुराहरू सिक्छन्। सत्यताको यो पक्ष सबैले हासिल गर्नुपर्छ। यदि तैँले अरू कसैको अनुभवबाट सत्यताको यो पक्ष हासिल गरिस् भने, त्यसपछि के यो परीक्षा पनि अनुभव गर्नैपर्छ त? अनुभव गर्नैपर्छ भन्‍ने छैन। परमेश्‍वर यस्तो परीक्षा र उहाँको कामको यो भाग अनुभव गराउन फरकफरक मानिसहरू—सायद सही व्यक्ति, वा विशेष व्यक्तिहरू—चुन्नुहुन्छ। परमेश्‍वरले मान्छेलाई प्रतिज्ञा गर्नुभएको कुरा यही हो र उहाँले यही नै गर्नुहुनेछ। कतिपय मानिसहरूले आफ्ना प्रियजन गुमाउनुपर्दाको पीडा अनुभव गरेका हुन्छन् अनि यो पीडाबाट अनुभव र गवाही, परमेश्‍वरप्रतिको समर्पण, साँचो भरोसा र विश्‍वास पाएका हुन्छन्। परमेश्‍वरले मानिसहरूको निश्चित समूहमा गर्नुहुने यस्तो कार्यबाट, सबैले परमेश्‍वरद्वारा गरिने सबथोक सही हुन्छ र मानिसहरूले चुन्नुपर्ने कुरा समर्पण हो, विश्लेषण र अनुसन्धान गर्नु वा उहाँलाई स्पष्ट र विस्तारमा व्याख्या गर्ने तुल्याउँदै उहाँसँग तर्क गर्नु होइन, तिनीहरूले कुनै सर्त र गुनासोबिना समर्पित हुनुपर्छ भन्‍ने गवाही देख्छन्। यसअलावा, मानिसहरूले परमेश्‍वरले गर्नुहुने सम्पूर्ण कामको अर्थ र महत्त्व बुझ्न पनि सिक्नुपर्छ। परमेश्‍वरका काम गर्ने यी तरिकाहरू र उहाँका वचनका सबै पक्षबाट हरव्यक्तिले परमेश्‍वरको वचनको सानो अंश मात्र अनुभव गर्छ। यो सानो अंशभित्र, तेरो क्षमता, पारिवारिक वातावरण, र तैँले हाल गरिरहेको कर्तव्यको आधारमा, तैँले परमेश्‍वरको वचनबाट अनुभव गर्ने कुरा त दश हजार भागको एक अंश मात्रै हो, अथवा यसलाई दस हजारको एक भाग मात्र भनेर भन्न सकिन्छ। यदि तँ यो दस हजारको एक भागमा प्रवेश गर्छस् र परमेश्‍वरप्रति साँच्चै सर्तरहित, निरपेक्ष समर्पण हासिल गर्छस्, आफूलाई सृष्टि गरिएको प्राणीको स्थानमा राख्छस्, सृष्टिकर्ताको सार्वभौमिकता र प्रबन्धमा समर्पित हुन्छस्, अनि परमेश्‍वरले तँमा प्राप्त गर्न चाहनुभएको नतिजा हासिल गर्छस् भने, तैँले मुक्ति पाउनेछस्। यो कुरा बुझ्न सजिलो छ, र वास्तविक परिथिति पनि यही हो।

तिमीहरूले आफ्नो कर्तव्य निर्वाह गर्दा चाहिने मुख्य कुरा बफादारी हो। बफादारी भनेको के हो? यसको अर्थ गम्भीर र जिम्मेवार हुनु, अलिकति पनि झारा नटारी पूर्ण रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्नु हो। यदि तिमीहरू झाराटारुवा भयौ भने, केही गलत कुरा हुँदा यो लाजको दाग हुन्छ, र यो बिलकुलै पनि सानो कुरा होइन। त्यसबाहेक, परमेश्‍वरको घरमा तिमीहरूलाई अह्राइएको कामको सम्बन्धमा, सबैले सँगै मिलेर अझ धेरै सङ्गति गर्नुपर्छ, अझ धेरै सत्यता सिद्धान्तहरू खोजी गर्नुपर्छ र सही सिद्धान्तहरू पत्ता लगाउनुपर्छ। समस्याहरू पत्ता लाग्दा, तिनलाई तुरुन्तै समाधान गर्नुपर्छ, तर समाधान गर्न नसकिने समस्याहरू भएमा, उच्च तहका सहकर्मीलाई तुरुन्तै रिपोर्ट गरिहाल्नू। परमेश्‍वरको घरका कामहरू बाधा, त्रुटि वा ढिलाइविना सहज ढङ्गले चलेको सुनिश्चित गर्ने प्रयास गर्नू। आफ्नो काम राम्ररी गर्नू, सुसमाचार प्रचारको कामलाई बढावा दिनू, र परमेश्‍वरको इच्छा पृथ्वीमा पूर्ण रूपमा पूरा हुन दिनू। यस तरिकाले, तिमीहरूको कर्तव्य राम्ररी निर्वाह भएको हुनेछ। वास्तवमा, यी कुरा व्यक्तिले आफ्नो कर्तव्य निर्वाह गर्ने दायराभित्र पर्ने सत्यताका केही पक्ष हुन्, जुन उसले अभ्यास गर्न, हासिल गर्न र समेट्न सक्छ, अनि यी सत्यताको वास्तविकतामा प्रवेश गर्नु भनेको परमेश्‍वरले मानवजातिलाई दिनुभएको मापदण्डको न्यूनतम मानक हासिल गर्नु हो। कतिपय मानिसहरूको विश्‍वास कमजोर हुन्छ, कतिपय मानिसहरू डरपोक हुन्छन् भने, अरूहरूको क्षमता कमजोर हुन्छ वा तिनीहरू विकृत बुझाइ, वा मूर्ख सोचाइ राख्छ्न्; यी र अन्य नकारात्मक अनि निष्क्रिय कुराहरूले सबै पक्षमा मानिसहरूको सत्यता अभ्यास गर्ने र आफ्नो कर्तव्य प्रभावकारी तरिकाले निर्वाह गर्ने क्षमतामा असर गर्नेछन्। परमेश्‍वरले मानिसहरूको क्षमता, चरित्र र तिनीहरूले कुन हदसम्म सत्यता बुझ्छन् भन्‍ने आधारमा तिनीहरूको लागि मापदण्ड तय गर्नुहुन्छ। यो मापदण्डको मानक के हो? परमेश्‍वरले व्यक्ति परमेश्‍वरप्रतिको आफ्नो विश्‍वासमा इमानदार छ कि छैन अनि उसले सत्यता स्विकार्न सक्छ कि सक्दैन त्यो हेर्नुहुन्छ; यी दुई नै सबैभन्दा महत्त्वपूर्ण सर्त हुन्। कतिपय मानिसहरू प्राकृतिक रूपमै मूर्ख हुन्छन्, तिनीहरू विकृत बझाइ राख्‍छन्, तिनीहरूमा अन्तर्दृष्टिको कमी हुन्छ, र तिनीहरू जुनै कुरा सिक्नमा पनि सुस्त हुन्छन्, अरूले जे भने पनि केही बुझ्दैनन् जस्तो देखिन्छन्, अनि तिनीहरूलाई हात समाइसमाइ सिकाउनुपर्ने हुन्छ—तिनीहरू निकै कमजोर क्षमता भएका मानिसहरू हुन्, र यो कुरा कहिल्यै परिवर्तन हुनेछैन। कतिपयसित ज्ञानको भण्डार हुन सक्छ, वा तिनीहरू गहन ज्ञानले भरिएका हुन सक्छन्, र यसो हेर्दा बाहिर तिनीहरू निकै बाठो देखिन सक्छन्, तर सत्यतासँग सम्बन्धित मामलाहरूबारे तिनीहरूको बुझाइ विकृत हुने सम्भावना धेरै हुन्छ। तिनीहरूले सत्यता बुझे नै भने पनि स्विकार्न सक्दैनन्, र त्यो तिनीहरूको घातक कमजोरी हो। यस्ता व्यक्ति आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा ज्ञान र धर्मसिद्धान्तहरूद्वारा सजिलै प्रभावित हुन्छन् र सत्यता सिद्धान्तहरूअनुसार कार्य गर्न वा विभिन्‍न कुराप्रतिका आफ्ना दृष्टिकोणहरू बदल्न गाह्रो मान्छन्। त्यसैले, यदि तिनीहरूले साँच्चै सत्यता पछ्याउन चाहन्छन् भने, के गर्नुपर्छ? मुख्य कुरा भनेको तिनीहरूले सत्यता स्विकार्न सक्छन् कि सक्दैनन् भनी हेर्नु हो। यदि स्विकार्न सक्छन् भने, समस्या सजिलै समाधान हुन्छ, तर तिनीहरूले सत्यता स्विकार्न अटेर गर्छन् भने, खेलै खतम हुन्छ। तिनीहरूले राम्रोसित कर्तव्य निर्वाह गर्न नसक्ने मात्र होइन, कसै गरी मुक्ति नपाउने डर पनि हुन्छ। मान्छेको शैक्षिक योग्यताले केही फरक पार्दैन, न त तिनीहरू जति नै जान्नेबुझ्ने भए पनि त्यसले केही फरक नै पार्छ—महत्त्वपूर्ण कुरा त सत्यता स्विकार्न र परमेश्‍वरका वचनहरूलाई प्रेम गर्न सक्नु हो। परमेश्‍वर उहाँले प्रबन्ध गर्नुभएको वातावरणमा तैँले सत्यता बुझ्ने अन्तर्दृष्टि पाएर कति सत्यता अभ्यास गर्न सक्छस् भन्‍ने कुरा हेर्नुहुन्छ। परमेश्‍वर उहाँले तोक्‍नुभएका कार्यहरूमा तँ कति अर्पित हुन्छस्, तिनमा कति बल लगाउँछस् र कति प्रयास खर्चन्छस्, त्यो हेर्नुहुन्छ। उदाहरणको लागि, तँसित औसत क्षमता छ, तँ धेरै पढेलेखेको छैनस्, र तेरो बोध क्षमता कमजोर र अलि विकृत छ। यी ठोस तथ्यहरू हुन्। तैपनि केही कुरा आइपर्दा, र परमेश्‍वरले तँलाई त्यसमा त्रुटि रहेको, त्यसमा समस्या भएको र त्यसको जिम्मेवार को हो भनी देख्ने तुल्याउनुहुँदा, यो मामलाले तँ सिद्धान्तहरू कायम राख्न सक्छस् कि सक्दैनस् र सत्यता अभ्यास गर्ने व्यक्ति होस् कि होइनस् भन्‍ने कुरा खुलासा गर्नेछ। यदि तँ बफादारीसाथ कर्तव्य निर्वाह गर्छस् र परमेश्‍वरप्रति इमानदार छस् भने, त्यतिबेला तैँले त्यसबारे के गर्नुपर्छ? तैँले सत्यताअनुरूप हुन, र परमेश्‍वरले तोक्‍नुभएअनुसार गर्न के गर्नुपर्छ? यस्ता परिस्थितिहरूमा, परमेश्‍वर तेरो क्षमताको गुणस्तर कति छ वा तँ कति शिक्षित छस्, वा तैँले परमेश्‍वरलाई कति वर्षदेखि विश्‍वास गरिरहेको छस् भनी हेर्नुहुन्न; उहाँ त आइपरेको कुराप्रति तेरो मनोवृत्ति र दृष्टिकोण कस्तो छ, तँ इमानदार छस् कि छैनस्, र त्यतिबेला आफ्नो विवेक चलाउँछस् कि चलाउँदैनस् भनी हेर्नुहुन्छ। यदि तँ परमेश्‍वरप्रति इमानदार छस् भने, तँमा जिम्मेवारी बोध हुनेछ र तैँले यस्तो सोच्नेछस्, “यो कुरा मलाई आइपर्दैन होला, तर यसले मण्डलीको काममा त असर गर्छ नै। मैले यसबारे अझै सोधपुछ गरेर बुझ्नुपर्छ।” अनि, तैँले सोधपुछ गरिसकेपछि सुपरिवेक्षक अल्छे र गैरजिम्मेवार भएको, र उसले मामिलालाई गम्भीरतापूर्वक नलिएको र थाँती राखेको थाहा पाउन सक्छस्। त्यसपछि तैँले सुपरिवेक्षकलाई भेटेर सङ्गति गर्नेछस् र तुरुन्तै त्यो मामिला सच्याउनेछस्। तैँले माथिबाट मदत खोज्नुपर्ने हुनेछैन; तैँले आफैले समस्या सुल्झाएको हुनेछस्। तँ सामान्य क्षमताको छस् र तँमा केही कमीकमजोरी र त्रुटिहरू छन्, तर के ती कुराले तेरो सत्यता अभ्यासलाई असर गरेका हुनेछन् त? के तिनले तेरो कर्तव्य निर्वाह वा परमेश्‍वरप्रतिको तेरो बफादारीमा असर गरेका हुनेछन् त? हुनेछैनन्। कतिपय मानिसहरू आफू मूर्ख र आफ्नो बुझाइ विकृत रहेको कुरा गर्छन्, कतिपयले चाहिँ आफूमा आत्मिक बुझाइ छैन भन्छन्, र कति अरूले चाहिँ आफू कमजोर क्षमताको र अशिक्षित रहेको बताउँछन्। यदि त्यसो हो भने, के तैँले केही कुरा आइपरे केवल सत्यता अभ्यास गरे हुँदैन त? परमेश्‍वर मानिसहरूको क्षमताको गुणस्तर वा शिक्षाको स्तर हेर्नुहुन्न। यी कुराहरूले सत्यता अभ्याससँग त्यति सरोकार राख्दैनन्। यी कमी र कमजोरीहरूले तेरो सत्यता अभ्यास, वा परमेश्‍वरप्रतिको तेरो बफादारी, वा कर्तव्य निर्वाहमा तैँले लिने तेरो जिम्मेवारीलाई असर गर्दैनन्। परमेश्‍वर त तँ इमानदार छस् कि छैनस् भनेर हेर्नुहुन्छ—यो सबैभन्दा व्यवहारिक कुरा हो, र यो मानिसहरूले हासिल गर्न सक्ने कुरा पनि हो। परमेश्‍वर हरेक व्यक्तिलाई मापन गर्न सबैभन्दा व्यवहारिक माध्यम प्रयोग गर्नुहुन्छ। कतिपय मानिसहरू भन्छन्, “मेरो क्षमता कमजोर छ, म अज्ञानी छु, र मसँग अति धेरै ज्ञान छ; यसले मेरो सत्यता अभ्यासमा असर गर्छ।” यी सब बहानाहरू हुन्, यी कुराको कुनै तुक छैन। तर किन? किनभने मानिसहरूलाई मापन गर्ने परमेश्‍वरको तरिका त्यो होइन। त्यो त तेरो आफ्नै मानक हो, परमेश्‍वरको होइन। व्यक्तिलाई मापन गर्ने परमेश्‍वरको मानक के हो त? परमेश्‍वर कुनै व्यक्ति उहाँप्रति बफादार छ कि छैन, र ऊ इमानदार छ कि छैन भनी हेर्नुहुन्छ। यदि तँ परमेश्‍वरप्रति बफादार छस् भने, तेरो बुझाइ अलिकति विकृत वा असङ्गत भए पनि त्यसले केही फरक पार्दैन। कतिपय मानिसहरू भन्छन्, “ममा आत्मिक बुझाइ छैन।” त्यसोभए, के तँ परमेश्‍वरप्रति बफादार छस्? यदि छस् भने, यसले तेरो सत्यता अभ्यासमा केही असर गर्नेछैन। के यो राम्ररी स्पष्ट भयो? यदि तँ परमेश्‍वरप्रति बफादार छस्, र इमानदारीपूर्वक आफ्‍नो कर्तव्य पूरा गर्छस् भने, काटछाँट गरिँदा, के तँ अझै पनि नकारात्मक र कमजोर हुन सक्छस्? अनि, तँ साँच्‍चै नकारात्मक र कमजोर भइस् भने के गर्नुपर्छ? (हामीले परमेश्‍वरलाई प्रार्थना गर्नुपर्छ र उहाँमा भर पर्नुपर्छ, परमेश्‍वरले के माग्‍नुहुन्छ त्यो सोच्‍ने प्रयास गर्नुपर्छ, र हामीमा के कमी छ, र हामीले कुन गल्ती गर्‍यौँ त्यो मनन गर्नुपर्छ; हामी जुन ठाउँमा लडेर झरेका हुन्छौँ, त्यहीँबाटै उठेर फेरि चढ्नुपर्छ।) ठीक भन्यौ। नकारात्मकता र कमजोरी ठूला समस्या होइनन्। परमेश्‍वरले तिनको निन्दा गर्नुहुन्‍न। जबसम्‍म व्यक्ति तल झरेपछि फेरि माथि आउन सक्छ, र जसबम्‍म उसले पाठ सिक्‍न, र सामान्य रूपमा कर्तव्य निर्वाह गर्न सक्छ, तबसम्‍म त्यो काफी नै हुन्छ। कसैले पनि तँलाई यो कुराको कारण नराम्रो ठान्‍नेछैन, त्यसकारण अटुट रूपमा नकारात्मक नबन्। यदि तैँले आफ्‍नो कर्तव्य त्यागेर भागिस् भने, तैँले आफूलाई पूर्ण रूपमा बरबाद गरेको हुनेछस्। हरव्यक्ति कहिलेकहीँ नकारात्मक र कमजोर हुन्छ—तर सत्यता खोजी गरेमा नकारात्मकता र कमजोरी सहजै हल हुन्छ। कति मानिसहरूको स्थिति परमेश्‍वरका वचनहरूको एउटा खण्ड पढ्दा वा एकदुई भजन गाउँदा नै पूर्ण रूपमा परिवर्तन हुन्छ; तिनीहरूले परमेश्‍वरलाई प्रार्थना गर्दा हृदय खोलेर उहाँको प्रशंसा गर्न सक्छन्। के तिनीहरूको समस्या हल भइसकेको हुँदैन र? काटछाँट गरिनु वास्तवमा पूर्ण रूपमा असल कुरा हो। काटछाँटका शब्‍दहरू अलिक कठोर, घोच्‍ने किसिमका भए पनि, तैँले समझैविना काम गरेकोले, र थाहै नपाई सिद्धान्तहरू उल्‍लङ्घन गरेकोले यस्तो गरिएको हो—यस्तो परिस्‍थितिमा तँलाई कसरी काटछाँट नगरी बस्‍न सकिन्थ्यो र? तँलाई यसरी काटछाँट गर्नु त तँलाई सहयोग गर्नु हो, तँप्रतिको प्रेम हो। तैँले यो कुरा बुझ्‍नुपर्छ र गुनासो गर्नु हुँदैन। त्यसकारण, यदि काटछाँटले नकारात्मकता र गुनासो पैदा हुन्छ भने, यो मूर्खता र अज्ञानता हो, यो समझ नभएको व्यक्तिले गर्ने व्यवहार हो।

परमेश्‍वरमा विश्‍वास गर्दा ध्यान दिनुपर्ने सबैभन्दा महत्त्वपूर्ण कुरा के हो? कसैको क्षमता धेरै छ कि थोरै, उसमा आत्मिक बुझाइ छ कि छैन, वा उसले कस्तो खालको काँटछाँट सामना गर्छ—यी मध्ये कुनै कुरा पनि महत्त्वपूर्ण छैनन्। अहिले महत्त्वपूर्ण कुरा के हो? तिमीहरू सत्यता वास्तविकताहरूमा कसरी प्रवेश गर्छौ, त्यो महत्त्वपूर्ण कुरा हो। त्यसो गर्नको लागि, व्यक्तिमा हुनुपर्ने सबैभन्दा आधारभूत कुरा के हो? तिनीहरूमा इमानदार हृदय हुनैपर्छ। इमानदार हुनु भनेको के हो? यसको अर्थ केही कुरा आइलाग्दा चिप्‍ले नहुनु, आफ्नो स्वार्थको ख्याल नगर्नु, अरूविरुद्ध षड्यन्त्र नगर्नु, र परमेश्‍वरसित छल्ने खेल नखेल्नु हो। यदि तैँले परमेश्‍वरलाई धोका दिन र उहाँप्रति इमानदार नहुन सक्छस् भने, तँ सक्किन्छस् र तँलाई परमेश्‍वरले मुक्ति दिनुहुनेछैन, तब सत्यता बुझेको के मतलब भयो र? तँमा आत्मिक बुझाइ हुन सक्छ, तेरो क्षमता पनि असल होला, तँ बोल्न सिपालु होलास्, र तैले छिट्टै कुरा बुझ्न, निष्कर्ष निकाल्न, र परमेश्‍वरले भन्नुहुने सबै कुरा बुझ्‍न सक्लास्, तर तँमाथि केही आइपर्दा, तैँले परमेश्‍वरसित छल्ने खेल खेल्छस् भने, त्यो शैतानी स्वभाव हो र त्यो निकै खतरनाक हुन्छ। तेरो क्षमता जतिसुकै असल भए पनि, त्यो केही काम लाग्दैन, र परमेश्‍वरले तँलाई चाहनुहुनेछैन। परमेश्‍वरले भन्नुहुनेछ, “तँ राम्रै बोल्छस्, तेरो क्षमता असल छ, तँ चलाख छस्, तँमा आत्मिक बुझाइ छ, तर केवल एउटा समस्या छ—तँ सत्यतालाई प्रेम गर्दैनस्।” सत्यतालाई प्रेम नगर्नेहरू समस्याजनक हुन्छन्, र परमेश्‍वर तिनीहरूलाई चाहनुहुन्न। जसरी बाहिरबाट हेर्दा चिटिक्क देखिने, तर खराब इन्जिन भएको गाडीलाई पूराको पूरा फालिन्छ, त्यसरी नै असल हृदय नभएको व्यक्तिलाई पनि फालिनेछ। मानिसहरू पनि यस्तै हुन्छन्, तेरो क्षमता जति नै राम्रो देखिए पनि, तँ जति नै बाठो, बोल्न सिपालु वा क्षमतावान् भए पनि, वा समस्याहरू सम्हाल्न तँ जति नै राम्रो भए पनि, त्यसको केही फाइदा हुँदैन र यो मुख्य कुरो होइन। त्यसोभए मुख्य कुरा के हो त? मुख्य कुरा, व्यक्तिको हृदयले सत्यतालाई प्रेम गर्छ कि गर्दैन भन्‍ने हो। त्यो तिनीहरू के भन्छन्, त्यो सुन्नु होइन, बरु तिनीहरू कस्तो व्यवहार गर्छन्, त्यो हेर्नु हो। तैँले परमेश्‍वरसामु के भन्छस् वा के प्रतिज्ञा गर्छस्, परमेश्‍वर त्यो हेर्नुहुन्‍न। उहाँ त तैँले गर्ने कार्यमा सत्यता वास्तविकता छ कि छैन भनेर हेर्नुहुन्छ। साथै, परमेश्‍वर तेरा कार्यहरू कति उच्‍च, गहन, वा शक्तिशाली छन् भनेर वास्ता गर्नुहुन्‍न, र तैँले कुनै सानो कुरा नै गरे पनि, यदि परमेश्‍वरले तेरो हरेक चालमा इमानदारिता देख्‍नुभयो भने, उहाँले यसो भन्‍नुहुनेछ, “यो व्यक्तिले इमान्दारितासाथ ममा विश्‍वास गर्छ। उसले कहिल्यै घमण्ड गरेको छैन। उसले आफ्‍नो स्थानअनुसार आचरण गर्छ। उसले परमेश्‍वरको घरमा ठूलो योगदान नदिएको भए पनि र ऊ कमजोर क्षमताको भए पनि, आफूले गर्ने हरेक काममा ऊ दृढ र इमानदार छ।” यो “इमानदारीता” मा के कुरा समावेश हुन्छ? यसमा परमेश्‍वरप्रतिको डर र समर्पण, साथै साँचो विश्‍वास र प्रेम समावेश हुन्छ; यसमा परमेश्‍वरले हेर्न चाहनुहुने सबै कुरा समावेश हुन्छ। त्यस्ता मानिसहरू अरूको नजरमा उल्‍लेखनीय नदेखिन सक्छ, अनी तिनीहरू खाना पकाउने वा सरसफाइ गर्ने, अर्थात् साधारण कर्तव्य पूरा गर्ने व्यक्तिसमेत हुन सक्छन्। त्यस्ता मानिसहरू अरूको लागि उल्‍लेखनीय हुँदैनन्, तिनीहरूले ठूलो उपलब्धि केही पनि हासिल गरेका हुँदैनन्, र तिनीहरूमा कुनै पनि आदरणीय, प्रशंसनीय वा डाहा गर्नलायक कुरा हुँदैन—तिनीहरू केवल साधारण मानिसहरू हुन्छन्। तैपनि, परमेश्‍वरले तोक्‍नुभएका सबै कुरा तिनीहरूमा पाइन्छ, र तिनीहरू ती मापदण्डअनुसार नै जिउँछन्, र तिनीहरूले परमेश्‍वरलाई सर्वस्व दिएका हुन्छन्। ल मलाई भन त, तिमीहरूलाई परमेश्‍वरले योभन्दा बढी के चाहनुहुन्छ जस्तो लाग्छ? उहाँ तिनीहरूसँग सन्तुष्ट हुनुहुन्छ। तसर्थ, तैँले आफ्नो कद अत्यन्तै सानो भएकोले र सत्यता नबुझेकोले, वा अरूले संकष्ट सामना गरेपछि र परीक्षा र शोधन अनुभव गरेपछि सिद्ध पारिने मार्ग हिँडेको देख्दा, हतोत्साही वा नकारात्मक नहो, अनि परमेश्‍वरले तँलाई प्रेम गर्नुहुन्न, वा उहाँ तँलाई सिद्ध पार्न इच्छुक हुनुहुन्न भनेर नसोच्। तँलाई के को हतार हो? परमेश्‍वरले हरेक व्यक्तिलाई दिनुहुने कुरा फरक हुन्छ, अनि तैँले आफैलाई मापन गर्दा, पहिला परमेश्‍वरले तँलाई के दिनुभएको छ र तेरो आफ्नै अवस्था कस्तो छ, त्यो मापन गर्, र त्यसपछि तैँले परमेश्‍वरले गर्नुहुने प्रत्येक कुरा असल हुन्छ भनी बुझ्न सक्‍नेछस्। कसैले भन्‍न सक्छ, “मेरो क्षमता कमजोर छ। के परमेश्‍वरले मलाई दिनुहुने कुरा असल नै हो र?” हो, असल हो। कसैले यसो पनि भन्‍न सक्छ, “म त निकै मूर्ख छु। के परमेश्‍वरले मलाई दिनुहुने कुरा असल नै हो र?” हो, सबै असल नै हो। कसरी असल नै हो त? यदि तँ मूर्ख नभएको भए, तँ अहङ्कारी बन्थिस् र आफ्नो स्थान बिर्सिन्थिस्, त्यसैले यसले तेरो सुरक्षा गर्छ र यो असल कुरा हो। यदि तिमीहरू सबैमा अहिलेभन्दा धेरै दक्षता र सीप भएको भए, यति सुशील भएर को रहन सक्थ्यो होला, अनि परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न को इच्छुक हुन्थ्यो होला र? धेरै त होइन तर यस्ता केही मानिसहरू छन् नि, होइन र? (हो।) परमेश्‍वरले गर्नुहुने सबै कुरा असल र सही हुन्छ, मानिसहरूले यसलाई स्पष्ट रूपमा नबुझ्ने मात्र हुन्। मानिसहरू परमेश्‍वरबाट सधैं अझै धेरै चाहन्छन्, मानौं उहाँले कसैलाई अझै धेरै दिनुभयो भने, तिनीहरू सत्यता अझै धेरै अभ्यास गर्न सक्नेछन्, तर वास्तविकता त्यस्तो हुँदै होइन। परमेश्‍वरले तँलाई पहिल्यै पर्याप्त दिनुभएको छ; उहाँले तँलाई सबै थोक दिनुभएको छ र तँमा उहाँको जीवन बर्साउनुभएको छ, त्यसैले तँलाई अरू के चाहियो? परमेश्‍वरले बोल्‍नुहुने सबै वचनहरू र उहाँले गर्नुहुने सबै कामहरू मानवजातिको लागि प्रशस्त र पर्याप्त हुन्छन्। मानिसहरूले परमेश्‍वरसित माग गर्न सक्ने कुनै कुरा छैन, र तिनीहरूले उहाँलाई यसो भन्दै गुनासो गर्नु हुँदैन, “मैले यो क्षमता वा परमेश्‍वरले दिनुभएका यी तुच्छ उपहारहरूसाथ के गर्न सक्छु?” तैँले गर्नसक्ने कुराहरू धेरै छन्। परमेश्‍वरले चाहनुहुने कुरा तैँले कल्पना गरेको कुरा होइन—उहाँ तैँले सत्यता अभ्यास गरेको, सिद्धान्तअनुसार काम गरेको, र पूरा गर्नुपर्ने कर्तव्यहरू पूरा गरेको चाहनुहुन्छ। तँ आफूले गर्नसक्ने कामहरू गर्दैनस्, तर गर्नु नपर्ने कामहरू अन्धाधुन्ध गर्छस्। यसलाई भनिन्छ, आफ्नो कामलाई बेवास्ता गर्नु। के तँ अलि बढी नै महत्त्वाकाङ्क्षी भइरहेको छैनस् र? (छु।) मानिसहरू के गर्न चाहन्छन्? तिनीहरू अरूको अगाडि आफ्नो प्रतिष्ठा स्थापना होस्, आफ्नो बोली र कार्यको उच्‍च प्रशंसा र आदर गरियोस्, अनि चारैतिर प्रसिद्ध भइयोस् भन्‍ने चाहन्छन्। परमेश्‍वर तँ त्यस्तो मानिस बन्‌ भन्‍ने चाहनुहुन्न, त्यसैले उहाँले तँलाई त्यस्ता कुराहरू दिनुभएन। यदि तैँले त्यस्तो मानिस बन्ने मौका पाएको भए, के तँ त्यसलाई नकार्न इच्छुक हुन्थिस्? के तँ त्यसलाई सजिलै जान दिन सक्थिस्? त्यसको परिणाम डरलाग्दो हुन्छ। के तैँले ती कुराहरू असल ठानेको थिइस्? किन केही मानिसहरू ख्रिष्टविरोधी बन्छन्? तिनीहरूले आफूसित अलिकति सीप छ भन्‍ने सोचेको कारणले गर्दा नै तिनीहरू अति अहङ्कारी बनेका होइनन् र? तिनीहरू किन त्यस्तो बाटो हिँड्न सक्षम छन्? तिनीहरू त्यस्तै खालका मानिसहरू हुन्; ढिलोचाँडो तिनीहरू त्यही बाटो नै हिँड्नुपर्नेछ, अनि परमेश्‍वरको तिनीहरूलाई सत्यता बताउने वा मुक्ति दिने कुनै योजना छैन। त्यसैले परमेश्‍वरले तँलाई दिनुहुने कुरा अरूलाई दिनुहुने कुराभन्दा अवश्य नै फरक हुन्छ। यदि तँ जहिले पनि आफूलाई अरूसित तुलना गरिरहन्छस् अनि जहिले पनि तिनीहरूसित जे छ, त्यही चाहिरहन्छस् भने, के यो शुद्ध बोध हो र? तँ परमेश्‍वरका अभिप्रायहरू नै बुझ्दैनस्! त्यसैले, जब तैँले तेरो क्षमता कमजोर छ, तँमा आत्मिक बुझाइ छैन र तेरो बुझाइ विकृत छ, तँ प्रायजसो कमजोर हुन्छस् भनेर महसुस गर्छस्, वा जब तेरा समस्या र कमजोरीहरू अत्यन्तै धेरै छन् भनेर सोच्छस्, तब तैँले सुरुमा परमेश्‍वरले तँलाई निश्चित वरदान किन दिनुभएन भनेर विचार गर्नैपर्छ। यहींनेर परमेश्‍वरको सदिच्छा लुकेको हुन्छ। ती प्रतिभाशाली र कुशल मानिसहरूमध्ये अधिकांशले अपनाउने मार्ग र तिनीहरूप्रति परमेश्‍वरको मनोवृत्तिलाई फेरि हेर्। यो मामला बुझेपछि तँलाई सबैभन्दा बढी भन्न मन लाग्ने एउटा वाक्य के हो? (तपाईँको सुरक्षाको लागि धन्यवाद परमेश्‍वर।) एकदम ठिक, तैँले परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र यसो भन्नुपर्छ, “परमेश्‍वर, तपाईं मप्रति कत्ति असल हुनुहुन्छ, तपाईंले मलाई वरदान र प्रतिभाहरू दिनुभएन, बरु मलाई मूर्ख, लम्फूजस्तो बनाउनुभयो। यो मेरो निम्ति आशिष् हो! म नकारात्मक वा दुःखी छैन। अहिले ममा नभएको कुरा भनेको तपाईंप्रतिको इमानदारी र बफादारी हो। मलाई चतुर र बोल्न सिपालु बनाइदिनुहोस्, वा वरदान र प्रतिभाहरू दिनुहोस् भनेर म बिन्ती गर्दिनँ। म केवल तपाईंलाई मेरो इमानदारी अर्पण गर्न चाहन्छु, वरदान, प्रतिभा र ज्ञान, साथै मानिसहरूमाझको हैसियत र ख्याति असल कुराहरू होइनन्, र म ती चाहन्नँ।” के यसले रूपान्तरण भएको देखाउँदैन र? (हो, देखाउँछ।) त्यसोभए आफूसित धेरै कुराको कमी भएको कारण, के तँ अझै पनि दुःखी हुन र रुन सक्छस् त? तैँले अबउप्रान्त त्यसो गर्नेछैनस्, अनि आफूलाई अन्याय गरिएको भन्‍ठान्नेछैनस्। नत्र, अरूले तेरो काँटछाँट गर्दा, तैँले यस्तो सोच्‍नेथिस्, “म मूर्ख छु, संसारका सबैले मलाई अवहेलना गर्छन्, अनि परमेश्‍वरको घरमा मेरो पदोन्नति कहिल्यै हुनेछैन या मलाई महत्त्वपूर्ण स्थान ग्रहण गर्न कहिल्यै दिइनेछैन।” यस्तो भन्नुको आशय यो हो, “परमेश्‍वरले मलाई अति थोरै दिनुभएको छ, अनि अरूलाई चाहिँ किन यत्ति धेरै दिनुहुन्छ?” तँ जहिले पनि मनैमन गुनासो गर्नेछस् र आफूलाई अन्याय गरियो भन्‍ने सोच्नेछस्। वास्तवमा, तैँले ठूलो आशिष् पाएको छस्, अनि तँलाई यसको पत्तो पनि छैन। भविष्यमा फेरि पनि यस्तो कुरा भयो भने, के तेरो दृष्टिकोण फरक हुनेछ? (हो, हुनेछ।) मानिसहरूको दृष्टिकोण फरक भएपछि, तिनीहरूमा के परिवर्तन हुनेछ? (तिनीहरूले ठूलो महत्त्वाकाङ्क्षा राख्ने वा उच्‍च कुराहरू पछ्याउने गर्नेछैनन्, अनि तिनीहरू कृतज्ञ हृदयसाथ र आफ्नो खुट्टा जमिनमै राखेर कर्तव्य निर्वाह गर्न सक्षम हुनेछन्।) तिनीहरू दह्रिलो गरी उभिन, वास्तविक र यथार्थ रूपमा जिउन, अनि विभिन्न उद्देश्यहरू पछ्याउन सक्‍नेछन्। मलाई भन् त, परमेश्‍वरले तँलाई मुक्ति दिन सकियोस् भनी तँलाई अडिग भई उचित रूपमा कर्तव्य निर्वाह गर्नसक्ने मूर्ख र लम्फू व्यक्ति बनाउनु राम्रो हो कि, तँ जहाँसुकै गए पनि मानिसहरूले तेरो आदर गरून्, तँ पुड्काहरूमाझ भीमकाय देखिई, अनि तँ ख्रिष्टविरोधीको मार्ग हिँड् भनी तँलाई उच्च क्षमता, उच्च शिक्षा, राम्रो रूप, र वाक्पटुता, साथै कार्यदक्षता र विशेष बलहरू दिनु राम्रो? तँ के रोज्छस्? (मूर्ख र लम्फू हुनु नै राम्रो हो।) अहिले त तँ यसो भन्न सक्छस्, तर साँच्चै नै कसैले तँलाई मूर्ख र लम्फू भनेर सम्बोधन गर्ने हो भने, त्यसले तँलाई दुःखी तुल्याउनेछ। तैँले यसरी सोच्नुपर्छः “मेरो क्षमता कमजोर अनि म अज्ञानी भए पनि, म दुष्ट मानिसहरू र ख्रिष्टविरोधीहरूभन्दा राम्रो छु, किनभने अझै पनि मैले मुक्ति पाउने सम्भावना छ।” तैँले आफैलाई सान्त्वना दिन सिक्नुपर्छ। (मलाई याद छ, मसँगसँगै परमेश्‍वरमा विश्‍वास गर्ने अरू पनि केही मानिसहरू थिए। तिनीहरू सबैको क्षमता उच्च थियो र तिनीहरू निकै बाठा थिए, तर तिनीहरू जहिले पनि शक्ति र फाइदाको लागि हानथाप गर्थे र मण्डलीको काममा बाधा पुऱ्याउँथे, त्यसैले तिनीहरूलाई हटाइयो र निष्कासन गरियो। मलाई लाग्छ, मेरो क्षमता कमजोर भएकैले, र म मूर्ख र शिष्ट भएकै कारण, म आज जहाँ छु त्यहाँ पुग्न सकेको हुँ—यो पनि परमेश्‍वरको महान् सुरक्षा हो।) परमेश्‍वरले तेरो सुरक्षा किन गर्नुहुन्छ? के तँ मूर्ख भएकोले हो? के उहाँ कमजोरहरूलाई सहानुभूति देखाउनुहुन्छ? होइन, उहाँले त्यसो गर्नुहुन्न; यो गैरविश्‍वासीहरूले भन्‍ने गरेको जस्तो रुने बालकले मिठाई पाउँछ भन्‍ने होइन। यो त्यस्तो हुँदै होइन। यसलाई हेर्ने सही तरिका के हो त? यसलाई कसरी हेर्दा यो सत्यताअनुरूप हुन्छ त? (यस्तो किन हो भने, मानिसहरूले हृदयमा अलिकति इमानदारी र सत्यताप्रति प्रेम राखेर विश्‍वास गर्छन्, र तिनीहरू सत्यता पछ्याउन इच्छुक हुन्छन्—परमेश्‍वरले यस्ता हृदय भएकाहरूलाई मुक्ति दिनुहुन्छ, तसर्थ तिनीहरूको सुरक्षा गर्न अनेक वातावरणहरू प्रबन्ध गर्नुहुन्छ।) ठिक हो। परमेश्‍वरप्रतिको तेरो इमानदारीको बदलामा उहाँले तँलाई सुरक्षा दिनुहुन्छ। त्यसोभए, सबैभन्दा मूल्यवान् कुरा के हो त? मानिसको इमानदारी नै सबैभन्दा मूल्यवान् कुरा हो। तँमा सकारात्मक कुराहरूप्रति अलिअलि प्रेम छ अनि परमेश्‍वरप्रति इमानदारिता छ, अनि तँ यी कुराहरू परमेश्‍वरको सुरक्षा र अनुग्रहसित साट्छस्—तैँले धेरै पाएको छस्। कसैले भन्‍न सक्छ, “मेरो क्षमता कमजोर छ, अनि मैले धेरै पाए पनि, अझै पनि केही बुझ्दिनँ।” के तँ धेरै बुझ्दैनस् र? आज तेरो कर्तव्य निभाउने र परमेश्‍वरलाई पछ्याउने क्षमता तेरो सत्यताको बुझाइसित सम्बन्धित छ। अरू कसैले यसो भन्‍न सक्छ, “मैले के बुझ्छु र? म स्पष्टसित बताउनै सक्दिनँ।” तैँले स्पष्टसित बताउन नसक्लास्, तर तँ परमेश्‍वरको घरमा कर्तव्य निर्वाह गर्न सक्छस्, र तैँले धेरै बुझेको छस्। यी कुराहरूबारे तेरो बुझाइ जति नै गहन वा सतही भए पनि, त्यो निश्चय नै सत्यतासित सम्बन्धित र सत्यतानजिक छ, त्यही कारण त तँलाई अहिलेसम्म सहयोग मिलिरहेको छ र तैँले निरन्तर कर्तव्य निर्वाह गरिरहेको छस्। के अवस्था यही होइन र? (हो, यही हो।) तैँले आफूलाई मूर्ख वा लम्फू सोच्नु नराम्रो कुरा होइन, अहिले हेर्दा, “मूर्ख” र “लम्फू” अपमान र अवहेलनारहीत उपनामहरू मात्र हुन्। मूर्ख र लम्फू कहलिनुलाई, खिष्टविरोधी कहलिनुसँग तुलना गर्दा, कुन चाहिँ राम्रो हो त? (मूर्ख र लम्फू कहलिनु नै राम्रो हो।) यदि कुनै दिन परमेश्‍वरले, “ए मूर्ख, यता आइज। ए लम्फू, यता आइज” भनेर भन्नुभयो भने, तँ त्यति प्रसन्न नहोलास्, तर तैँले त्यसबारे मनन गरेर यस्तो सोच्नेछस्, “उहाँले मलाई मूर्ख भनेर बोलाउनुभयो, ख्रिष्टविरोधी त भन्नुभएन, त्यसैले म त्यहाँ जानेछु।” अनि तँ खुशीखुशी जानेछस्। त्यसपछि कसैले भन्‍नेछ, “आफूलाई मूर्ख भन्दा पनि तँ कसरी यत्ति खुशी हुन सक्छस्?” अनि तैँले भन्‍नेछस्, “उहाँले मलाई मूर्ख भन्नुभयो तर मलाई ख्रिष्टविरोधी भन्नुभएन, या मलाई मुक्ति दिन सकिँदैन भनेर पनि भन्नुभएन। त्यसैले म खुशी छु।” तँलाई मूर्ख भनेर बोलाउनु भनेको तँलाई बाहिरी व्यक्तिजस्तो व्यवहार गर्नु होइन, बरु परिवारकै सदस्य, परिचित व्यक्तिजस्तै व्यवहार गर्नु हो। यो त मानिसहरूले छोराछोरीहरूलाई “फुच्चे राक्षस” भनेर बोलाउनुजस्तै हो; सुन्दा त अलि नराम्रो सुनिएला, तर वास्तवमा त्यो सत्य नै हो, अनि त्यो मायाले बोलाउने नाम हो। अनि तँलाई ख्रीष्टविरोधी भनेर बोलाइयो भनेचाहिँ के होला नि? त्यतिबेला चाहिँ तँ समस्यामा हुनेछस्, किनभने त्यो नाम फेरेर बोलाउनु भनेको त्यो नामको प्रकृति नै फरक हुन्छ, अनि तेरो परिणाम पनि फरक हुनेछ। तिमीहरूले कुनचाहिँ रोज्नेथ्यौ त? (म त मूर्ख र लम्फू कहलिन रोज्नेथेँ।) सदैव मूर्ख र लम्फू हुनु पनि राम्रो होइन; तेरो क्षमता पनि अलिअलि बढ्नैपर्छ। यी वर्षहरूमा के तिमीहरूको क्षमता बढेको छ त? (अलिअलि बढेको छ, तर त्यत्ति धेरै होइन।) जीवन प्रवेशको मामलामा, यदि तैँले साँच्चै कडा मेहनत गर्छस् र लागिपर्छस् भने, तैँले पक्कै सुधार हासिल गर्नेछस्, तर एकैपल्टमा ठूला सुधारहरू देख्नचाहिँ असम्भव नै हुन्छ। यो त बिस्तारै बढ्दै जाने प्रक्रिया हो, तर तँसँग प्रवेश भएसम्म्स, तँ उँधो लाग्नेछैनस् अनि पछ्याइरहेसम्म तेरो जीवन प्रवेश विस्तारै, अलिअलि गर्दै बढ्दै नै जानेछ।

परमेश्‍वरको लागि मानिसहरूभित्र सत्यता घुसाउने काम गर्नु सजिलो कार्य होइन। यो जमीनमा कुनै बीउ छरेपछि छिटोछिटो अंकुराएजस्तो कुरो होइन—यो धेरै फरक छ। परमेश्‍वरले मानिसलाई राम्ररी धोइपखाली गरेर अनि उसको शैतानी स्वभाव रूपान्तरित गरेर अनि उसलाई उहाँको वचनहरूको सत्यता वास्तविकतामा जीउने तुल्याएर मुक्ति दिनुहुन्छ, तर यी सरल मामलाहरू होइनन्। तैँले हरेक दिन प्रवचनहरू सुन्‍ने, परमेश्‍वरको वचन पढ्ने, प्रार्थना गर्ने, र अनुभव गर्ने गर्छस् भने पनि, तेरो प्रगति सीमित हुनेछ, र तेरो जीवन वृद्धि सुस्त हुनेछ। व्यक्तिलाई सत्यता बुझ्न धेरै प्रकियाहरू आवश्यक पर्छ। मानिसहरूले बारम्बार एकै खालका अनुभवहरू गरिरहनुपर्ने हुन्छ, अनि सत्यता बुझ्नमा तिनीहरू लागिरहनुपर्ने हुन्छ र तिनीहरूले मेहनत गरिरहनुपर्ने हुन्छ—अनि मात्रै तिनीहरूले सत्यता बुझ्न सक्छन्। यसको साथै, पवित्र आत्माको काम पनि आवश्यक हुन्छ, नत्र मानिसहरूले हासिल गर्ने कुराहरू झनै सीमित हुनेछन्। धेरै मानिसहरुले बीस या तीस वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएका हुन्छन्, तर अझै पनि आफ्नो अनुभवात्मक गवाहीबारे बोल्न सक्दैनन्। यस्तो किन हुन्छ भने, तिनीहरूले कहिल्यै सत्यता पछ्याएका हुँदैनन् न सत्यता बुझ्न एकचित्तले मेहनत नै गरेका हुन्छन्, परिणास्वरूप तिनीहरूले दशकौँ परमेश्‍वरमा विश्‍वास गरेर पनि केही प्राप्त गर्न सक्दैनन्। मानिसहरूले सत्यता बुझ्न, अनुभव गर्न, र बोध गर्न जरुरी छ, अनि तिनीहरूलाई आफ्नो निम्ति वातावरण मिलाइदिन परमेश्‍वरको विशेष खाँचो हुन्छ। यी विभिन्न पक्षहरूको मेलले गर्दा नै मानिसहरूले अलिअलि बुझाइ र प्रवेश प्राप्त गर्न सक्छन्। एकपल्ट यो तँभित्र पैदा भएपछि, यसले तँलाई विभिन्न ज्ञान, अनुभूति, र विचार प्रदान गर्नेछ, जसले तेरो चेतना र विचारमा अलिअलि प्रगति र परिवर्तन ल्याउनेछ, र फलस्वरूप परमेश्‍वरप्रतिको तेरो आस्था अलिक बलियो हुनेछ, अनि सत्यताप्रतिको र तेरो आफ्‍नै जीवन मार्गप्रतिको तेरो मनोवृत्ति अलिकति रूपान्तरित हुनेछ। यी सबै झिनामसिना, साना परिवर्तनहरू हुन्, तर यी साना परिवर्तनहरूले नै तेरो जीवनप्रतिको दृष्टिकोण, तेरो सोच र विचार, अनि विभिन्‍न कुरा र परमेश्‍वरप्रतिको तेरो मनोवृत्तिमा ठूलो फड्को पैदा गर्नेछ। यही नै परमेश्‍वरको वचनको शक्ति, अर्थात् सत्यता हो।

अंश ८९

परमेश्‍वरले मानिसलाई मुक्ति दिने अवधिमा, मानिसहरू जति नै विद्रोही भए पनि, वा तिनीहरूको स्वभाव जति नै भ्रष्ट भए पनि, तिनीहरूलाई कस्तो स्तर दिनुहुन्छ? अर्थात्, कुन परिस्थितिमा परमेश्‍वर मानिसहरूलाई त्याग्नुहुन्छ र हटाउनुहुन्छ? परमेश्‍वरले तँलाई राख्न र नहटाउन तैँले पूरा गर्नैपर्ने न्यूनतम मानक के हो? यो त परमेश्‍वरका चुनिएका सबै मानिस स्पष्ट हुनैपर्ने कुरा हो। प्रथमतः परमेश्‍वरलाई इन्कार नगर्नु—यो सबैभन्दा मूलभूत सर्त हो। परमेश्‍वरलाई इन्कार नगर्नुको अर्थभित्र व्यावहारिक कुरा छ। यो कुरा आकाशमा एक बुढो मानिस हुनुहुन्छ, वा परमेश्‍वर देह हुनुभएको छ, वा परमेश्‍वरको नाम सर्वशक्तिमान् परमेश्‍वर हो भनेर स्वीकार गर्नु मात्र होइन। यो पर्याप्त छैन, यसले परमेश्‍वरमा विश्‍वास गर्नुको मानक पूरा गर्दैन। तैँले कम्तीमा पनि देहाधारी परमेश्‍वर नै व्यावहारिक परमेश्‍वर हुनुहुन्छ भनेर स्विकार्नैपर्छ; तैँले शङ्का वा निन्दा गर्नु पटक्कै हुँदैन; तँसँग धारणाहरू भए पनि तँ समर्पित हुन सक्नैपर्छ—परमेश्‍वरमा विश्‍वास गर्नुको मानक यही नै हो। यो मानक पूरा गरेर मात्रै परमेश्‍वरले तँलाई आफ्नो विश्‍वासी व्यक्तिको रूपमा स्वीकार गर्नुहुनेछ। परमेश्‍वरसँग मानिसहरूका लागि कम्तीमा पनि तीन वटा स्तर छन्। पहिलो, तिनीहरूले उहाँलाई स्वीकार गर्नैपर्छ, उहाँमा विश्‍वास राख्नैपर्छ र उहाँलाई पछ्याउनैपर्छ। तिनीहरू परमेश्‍वरका सच्चा विश्‍वासी हुनैपर्छ, तिनीहरूले सक्दो आफ्नो कर्तव्य पूरा गर्नैपर्छ, र तिनीहरूले दुष्कर्म गर्ने वा खलबल मच्चाउने पटक्कै गर्नु हुँदैन। यो पहिलो स्तर हो। दोस्रो, तिनीहरूले परमेश्‍वरलाई पछ्याउने क्रममा कम्तीमा पनि आफ्नो कर्तव्यलाई फिटिक्कै त्याग्नु हुँदैन। तिनीहरूले आफ्नो कर्तव्य पूरा गर्दा आज्ञापालन गर्नैपर्छ र समर्पित हुनैपर्छ, तिनमा औसत नतिजा हासिल गर्नैपर्छ र कम्तीमा पनि स्वीकार्य मानकअनुसार श्रम गर्नैपर्छ। यो दोस्रो स्तर हो। तेस्रो, तिनीहरूको मानवताले मानक पूरा गर्नैपर्छ। तिनीहरू असल मानिस, वा कम्तीमा पनि विवेकी र समझदार मानिस ठानिनैपर्छ। तिनीहरू मूलतः परमेश्‍वरका चुनिएका अधिकांश मानिसहरूसँग घुलमिल हुन र कुहिएको आलु नबन्‍न सक्नुपर्छ। यस्ता मानिसहरू कम्तीमा पनि खराब वा दुष्ट हुँदैनन्। यो तेस्रो स्तर हो। यदि कसैले सत्यता स्वीकार गर्न सक्दैन वा कर्तव्य जे भए पनि, त्यो अस्वीकार गर्छ भने ऊ परमेश्‍वरको साँचो विश्‍वासी होइन—कम्तीमा पनि उसको मानवताले मानक पूरा गरेको छैन। यसको अर्थ, ऊ मानकभन्दा मुनि झरेको छ र उसलाई हटाउनैपर्छ। खराब मानवता भएका, अलिकति पनि सत्यता स्वीकार गर्न नसक्ने, बाधा दिने र खलबल मच्चाउने अनि मण्डलीमा सकारात्मक भूमिका नखेल्ने, ती सबैलाई दुष्ट मानिसको रूपमा वर्गीकरण गर्न सकिएला। अन्य अधिकांश मानिसहरूसँग मिलजुल गर्न नसक्ने व्यक्ति कुहिएको आलु हो, ऊ दुष्ट मानिस हो, र अझ बढी ऊ स्तरभन्दा मुनि झरिसकेको र हटाइनुपर्ने व्यक्ति हो। ती दुष्ट मानिस र ख्रीष्टविरोधीहरूले कर्तव्य त निभाउलान्, तर केवल बाधा, खलबल र विनाश निम्त्याउँछन्, र दुष्कर्म गर्छन्—के परमेश्‍वर यस्ता मानिसलाई मन पराउन सक्नुहुन्छ र? के तिनीहरूले आफ्नो कर्तव्य निभाइरहेका छन्? (तिनीहरूले निभाइरहेका छैनन्।) परमेश्‍वरको नजरमा तिनीहरूका कार्यले स्तर उल्लङ्घन गरेका छन्। तिनीहरू आफ्नो कर्तव्य निर्वाह गर्न सक्षम छैनन्, र तिनीहरूले पूरा गर्ने कुनै पनि कर्तव्यको तुलनामा तिनीहरूले पुर्‍याउने हानि बढी हुन्छन्, त्यसैले तिनीहरूलाई मण्डलीबाट पखालेर धपाउनैपर्छ। के परमेश्‍वरको घरमा मानिसहरूलाई गरिने व्यवहारको सिद्धान्त यही होइन र? के क्षणिक रूपमा दुरावस्थामा रहेको, अनि नकारात्मक र कमजोर महसुस गरेको कारण कहिल्यै कसैलाई हटाइएको थियो? के कहिलेकाहीँ अलि झारा टार्ने र आफ्नो कर्तव्य राम्रोसँग पूरा नगर्ने गरेको कारण कहिल्यै कसैलाई कर्तव्य पूरा गर्न रोक लगाइएको थियो? के कहिल्यै कसैलाई आफ्नो कर्तव्यमा खराब नतिजा ल्याएको, वा खराब सोच वा विचार प्रकट गरेको कारण हटाइएको थियो? के कहिल्यै कसैलाई सानो कद भएको अनि उसमा परमेश्‍वरप्रति धारणा र शङ्का उब्जेको कारण हटाइएको थियो? (थिएन।) त्यसोभए, मानिसहरूलाई हटाउनका लागि परमेश्‍वरको घरको सिद्धान्त के हो? कस्ता मानिसलाई हटाइन्छ र कर्तव्य पूरा गर्न रोक लगाइन्छ? (त्यस्ता व्यक्तिलाई जसको श्रमले लाभभन्दा बढी हानि पुर्‍याउँछ, र जसले निरन्तर बाधा दिन्छ र खलबल मच्चाउँछ।) यस्तो व्यक्ति कर्तव्य पूरा गर्न योग्य हुँदैन। यसको अर्थ कुनै व्यक्ति ऊप्रति पूर्वाग्रही छ, वा त्यसले व्यक्तिगत द्वेषको कारण उसलाई बन्देज लगाउँदै छ र हटाउँदै छ भन्‍ने होइन; यसको अर्थ उसले आफ्नो कर्तव्यमा कुनै नतिजा हासिल गर्दैन, र उसले बाधा दिन्छ र खलबल मच्चाउँछ भन्‍ने हो। उसलाई कर्तव्य पूरा गर्न योग्य नभएकै कारण हटाइन्छ। यो कुरा पूर्णतया सत्यताको सिद्धान्तअनुरूप छ। मानिसहरूलाई सम्हाल्ने र तिनीहरूसँग व्यवहार गर्ने परमेश्‍वरको घरका सिद्धान्तहरू सबै निष्पक्ष छन्। परमेश्‍वरको घरले मानिसहरूलाई रङ्गेहात पक्रने, तिललाई पहाड बनाउने र झिनोमसिनो कुरामा कोहोलो मच्चाउने प्रयास गर्दैन। तिमीहरूले परमेश्‍वरको घर सत्यताअनुसार चल्छ भनेर विश्‍वास गर्नैपर्छ। हटाइएका कतिपय मानिसले सत्यता स्विकार्न र सच्चा रूपले परमेश्‍वरसामु पश्चात्ताप गर्न सकेमा मुक्तिको आशा अझै पाउलान्। तर, अलिकति पनि सत्यता स्वीकार गर्न नसक्ने, विवेक र समझ नभएका अविश्‍वासी र दुष्ट मानिसहरूलाई प्रकाश गरिएपछि सदाका लागि हटाइनेछ। यो परमेश्‍वरको धार्मिकता हो।

अंश ९०

परमेश्‍वर किन मानिसहरूलाई उहाँलाई चिन्‍नैपर्ने मापदण्ड दिनुहुन्छ? किन उहाँ मानिसहरूलाई आफूलाई चिन्‍नू भनेर भन्‍नुहुन्छ? यो आफूलाई चिन्‍नुको उद्देश्य के हो? यसको अपेक्षित परिणाम के हो? अनि परमेश्‍वरलाई चिन्‍नुको उद्देश्य के हो? मानिसहरूलाई परमेश्‍वर चिन्‍न लगाएर तिनीहरूमा पाउन खोजिएको परिणाम के हो? के तिमीहरूले यी प्रश्‍नहरूबारे सोचेका छौ? मानिसहरूलाई आफैलाई चिन्‍ने तुल्याउन परमेश्‍वरले विविध युक्तिहरू प्रयोग गर्नुहुन्छ। मानिसहरूले आफ्नो भ्रष्टता प्रकाश गरून् र आफूलाई अनुभवमार्फत बिस्तारै चिनून् भनेर परमेश्‍वरले विविध वातावरणहरू तयार गर्नुभएको छ। चाहे त्यो परमेश्‍वरका वचनहरूको खुलासा होस् वा चाहे उहाँको न्याय र सजाय होस्, के तिमीहरू परमेश्‍वरले काम गर्नुको अन्तिम उद्देश्य बुझ्छौ? परमेश्‍वरले यसरी उहाँको काम गर्नुको अन्तिम उद्देश्य उहाँको काम अनुभव गर्ने हरेक व्यक्तिलाई मानव के हो भनी जान्‍न दिनु हो। अनि यो “मानव के हो” भन्‍नेमा के-के पर्छन्? यसमा मान्छेलाई उसको पहिचान र हैसियत, उसको कर्तव्य र जिम्मेवारी थाहा दिने कुराहरू पर्छन्। यसको अर्थ तँलाई मानव हुनुको अर्थ थाहा दिनु, र तँ को होस् भनी बुझ्न दिनु हो। मानिसहरूलाई आफैलाई चिन्‍न लगाउनुको परमेश्‍वरको अन्तिम लक्ष्य यही हो। त्यसोभए परमेश्‍वर किन मानिसहरूलाई उहाँलाई चिन्‍न लगाउनुहुन्छ? यो उहाँले मानवजातिलाई प्रदान गर्नुहुने विशेष अनुग्रह हो, किनकि परमेश्‍वरलाई चिनेर मान्छेले थुप्रै सत्यताहरू बुझ्न र थुप्रै रहस्यहरू छर्लङ्गै देख्न सक्छ। परमेश्‍वरलाई चिनेर मानिसहरूले धेरै कुरा प्राप्त गर्छन्। जब मानिसहरूले परमेश्‍वरलाई चिन्छन्, तब तिनीहरूले सबैभन्दा अर्थपूर्ण रूपमा कसरी जिउने भनेर सिक्छन्, त्यसैले मानिसहरूलाई परमेश्‍वरको ज्ञान पछ्याउन लगाउनु परमेश्‍वरको सबैभन्दा ठूलो प्रेम, उहाँको सबैभन्दा ठूलो आशिष्‌ हो। अनि, परमेश्‍वरले मानिसहरूलाई उहाँलाई चिन्‍न लगाउन धेरै तरिकाहरू उपलब्ध गराउनुहुन्छ, जसमध्ये सबैभन्दा प्रमुखमा उहाँका वचनहरूको न्याय र सजाय, मार्गदर्शन र प्रबन्ध पर्छ। निश्‍चय नै, उहाँले मानिसहरूलाई न्याय र सजायमार्फत उहाँको स्वभाव बुझ्ने पनि तुल्याउनुहुन्छ—यो परमेश्‍वरलाई चिन्‍ने सजिलो तरिका हो। मानिसहरूले परमेश्‍वरको स्वभाव देखेर-जानेर हासिल गर्ने अन्तिम परिणाम के हो? यो भनेको मानिसहरूलाई परमेश्‍वर को हुनुहुन्छ, उहाँको सार के हो, उहाँका पहिचान र हैसियत के हुन्, उहाँसँग के छन् र उहाँ के हुनुहुन्छ, र उहाँको स्वभाव के हो भनी चिन्‍ने तुल्याउनु हो। यो हरेक व्यक्तिलाई ऊ सृष्टि गरिएको प्राणी हो, परमेश्‍वर मात्र सृष्टिकर्ता हुनुहुन्छ, र सृष्टि गरिएका प्राणीहरू कसरी सृष्टिकर्ताप्रति समर्पित हुनुपर्छ भनी प्रस्ट बुझ्ने तुल्याउनु हो। यो सबै जानेपछि, मान्छेको जीवन मार्ग पूरै प्रस्ट बन्छ। जब मानिसहरूले आफूलाई साँच्चिकै चिन्छन्, के तिनीहरूले त्यसपछि आफ्ना अनावश्यक चाहना र विविध अनुचित अभिप्रायहरू बिस्तारै त्याग्न सक्दैनन् र? (सक्छन्।) त्यसोभए के तिनीहरू त्यसपछि पूरै त्याग्न सक्ने बिन्दुमा पुग्न सक्छन्? यो कुरा व्यक्तिमै भर पर्छ। व्यक्तिले आफ्ना अनावश्यक चाहना र परमेश्‍वरप्रतिका विविध मागहरू तब मात्र साँच्चिकै त्याग्न सक्छ, जब उहाँको काममार्फत उसले परमेश्‍वरबारे ज्ञान प्राप्त गर्छ र उहाँको सार, पहिचान र हैसियतबारे सही ज्ञान र परिभाषा प्राप्त गर्छ। यस प्रकारको व्यक्तिले मात्र पत्रुसले जस्तै आफ्नो हृदयको गहिराइबाट परमेश्‍वरलाई प्रेम गर्ने हार्दिक इच्छा र चाहना व्यक्त गर्न, र परमेश्‍वरको प्रेमलाई व्यवहारमा लागू गर्न सक्छ। यसर्थ, परमेश्‍वरलाई चिन्‍नु र आफैलाई चिन्‍नु—यी दुईमध्ये कुनै कुरालाई पनि त्याग्न मिल्दैन। तँ परमेश्‍वरलाई प्रेम गर्न चाहन्छु भनेर भन्छस्, तर यदि तँ उहाँलाई बुझ्दैनस् भने, के तैँले उहाँलाई कसरी प्रेम गर्ने भनी जान्‍न सक्छस् र? उहाँका कुन कुराहरू प्रेम गर्नलायक छन्? उहाँका सबैभन्दा प्रेम गर्नलायक पक्षहरू के-के हुन्? यदि तँलाई यो कुरा थाहा छैन भने, तँ उहाँलाई प्रेम गर्न सक्दैनस्। तँ चाहेर पनि उहाँलाई प्रेम गर्न सक्षम हुनेछैनस्, र तैँले आफूभित्र उहाँबारे धारणाहरू र विद्रोहीपन अनजानमा उत्पन्‍न भइरहेको पनि पाउन सक्छस्, जसले तँलाई नकारात्मकतातर्फ डोर्‍याउनेछ। के यस्तो व्यक्तिले परमेश्‍वरको अनुमोदन प्राप्त गर्नेछ? गर्नेछैन। जब कसैले परमेश्‍वरलाई नचिन्दा नचिन्दै पनि उहाँलाई प्रेम गर्छु भनेर भन्छ, तब यो तथाकथित “प्रेम” मानव तर्क र विचारद्वारा पैदा भएको खोक्रो सिद्धान्त मात्र हुन्छ। यो परमेश्‍वरसम्बन्धी ज्ञानबाट उत्पन्‍न हुँदैन, र यो परमेश्‍वरसित बिलकुलै मिल्दैन। के अब तिमीहरू मैले यी दुई मामिलाहरूबारे भनिरहेको कुरा बुझ्छौ? (बुझ्छौँ।) त्यसोभए तिमीहरूले भर्खरै त्यो कुरा किन भन्‍न सकेनौ? यसले प्रमाणित गर्छ कि तिमीहरूले व्यावहारिक अनुभवमार्फत आफूबारे बुझेको ज्ञान अन्योलपूर्ण छ, र तिमीहरूमा परमेश्‍वरबारे साँचो ज्ञान पनि छैन। के तिमीहरूलाई यसमा रहेको समस्या थाहा छ? (हामीले अभ्यासको सही मार्ग भेट्टाएका छैनौँ। हामी परमेश्‍वरलाई चिन्‍ने र आफूलाई चिन्‍ने दुईवटा पक्षहरूबाट एकैसाथ प्रवेश गर्न सक्दैनौँ। हामी एउटा पक्षबाट प्रवेश गर्नमा मात्र ध्यान दिन्छौँ, जसले हाम्रो जीवनवृद्धिलाई सीमित गराउँछ।) अहिले यही स्थितिमा रहँदै गर्दा, तिमीहरूको कद कस्तो छ? के त्यो अपरिपक्व छैन र? के तिमीहरू आफूलाई चिन्‍ने सम्बन्धमा परमेश्‍वरको मापदण्ड र मानकबाट निकै पर छैनौ र? कम्तीमा, तँ अझै पनि तेरा व्यक्तिगत चाहना र अभिप्रायहरू त्याग्न सक्दैनस्। के परमेश्‍वरप्रतिको तेरो समर्पण सत्यतासँग मिल्न सक्छ? के तँ तेरो हृदयमा परमेश्‍वरको कुनै हैसियत छ कि छैन भनेर जान्‍न सक्छस्? त्यस्ता धेरै मानिसहरू छन् जो अझै पनि परमेश्‍वरको देहधारण मानव हो कि परमेश्‍वर भनी प्रश्‍न गर्छन्; तिनीहरूको दुइटा नाउमा खुट्टा छन्, तिनीहरू एकैछिनमा धर्तीको परमेश्‍वरमा विश्‍वास गर्छन् र एकैछिनमा आकाशको अस्पष्ट परमेश्‍वरमा विश्‍वास गर्छन्। अनि परमेश्‍वरको सारमाथि प्रश्‍न गर्ने कतिपय मानिसहरू पनि छन्, जो यसो भन्छन्, “देहधारी परमेश्‍वर र आकाशका परमेश्‍वर कसरी एउटै परमेश्‍वर हुन सक्नुहुन्छ? यदि उहाँ वास्तवमै परमेश्‍वर हुनुहुन्छ भने, उहाँले किन आश्‍चर्यकर्म र चिन्हहरू देखाउनुहुन्‍न?” यसले तिमीहरूमा आत्मिक बुझाइको अत्यन्तै धेरै कमी भएको देखाउँछ। तिमीहरूको कद यस्तो छ कि परमेश्‍वरले जति नै धेरै भन्‍नुभए पनि तिमीहरू त्यो बुझ्दैनौ। अहिले तिमीहरू परमेश्‍वर देहधारी बन्‍नुभएको कुरा मात्र स्विकार्छौ, र देहधारी परमेश्‍वरले व्यक्त गर्नुभएको सत्यता मात्र स्विकार्छौ; तर परमेश्‍वरको सार, पहिचान र हैसियत सम्बन्धमा तिमीहरूमा खासै केही ज्ञान छैन। तिमीहरूले आफ्नो हृदयमा यो ज्ञान शून्यबराबर छ भनेर भन्‍न पनि त मिल्छ, मिल्दैन र? (मिल्छ।) खासमा यो कुरा प्रमाणित नै गर्न सकिन्छ: मैले परमेश्‍वरको सार र परमेश्‍वरका अभिप्रायजस्ता सत्यताका पक्षहरूबारे सङ्गति गर्नुअघि, तैँले परमेश्‍वरबारे तेरो ज्ञान प्रखर छ र परमेश्‍वरप्रति तेरो विश्‍वास स्थिर र अटल छ भन्‍ने सोच्थिस्। तर जब मैले तिमीहरूसँग परमेश्‍वर स्वयम्, परमेश्‍वरको स्वभाव, र परमेश्‍वरको सारजस्ता सत्यताहरूबारे सङ्गति गरेँ, तब यी वचन र यी कुराहरूले तिमीहरूको हृदयमा एउटा कडा प्रतिक्रिया उब्जायो। यो प्रतिक्रिया तीव्र थियो, जसले गर्दा तिमीहरूलाई स्वीकार गर्न कठिन पर्‍यो, र त्यसले तिमीहरूले हृदयमा कल्पेका परमेश्‍वरहरूसँग ठूलो द्वन्द्व सिर्जना गरायो। के यो तथ्य होइन र? (हो।) त्यसैले, जब म तिमीहरूले पहिले नसुनेका केही कुराहरू भन्छु, तब सुरुमा तिमीहरूलाई स्विकार्न असम्भव लाग्छ, मानौँ मैले भनिरहेको कुरा तिमीहरू बुझ्नै सक्दैनौ। यसले प्रमाणित गर्छ कि तिमीहरूको कद अत्यन्तै सानो छ, यति सानो कि तिमीहरू परमेश्‍वरका वचनहरू बुझ्नसमेत सक्दैनौ वा तिनको लायकसमेत छैनौ। यो सब बुझ्न सक्‍नको लागि तिमीहरूलाई अझै थुप्रै वर्षको अनुभव आवश्यक पर्छ।

अंश ९१

अय्यूबबारे परमेश्‍वरको मूल्याङ्कन पुरानो करारमा अभिलिखित छ: “त्योजस्तो सिद्ध र सोझो, परमेश्‍वरको डर मान्‍ने र दुष्टताबाट अलग बस्ने पृथ्वीमा कोही पनि छैन” (अय्यूब १:८)। आखिरी दिनहरूमा परमेश्‍वरले उहाँलाई पत्रुसले साँचो प्रेम गरेको थियो भन्‍ने तथ्यबारे गवाही मात्र दिनुभएन, तर पत्रुस उहाँमा साँचो आस्था राख्ने व्यक्ति थियो भनेर पनि गवाही दिनुभयो, र परमेश्‍वर उहाँका चुनिएका मानिसहरूले उहाँलाई अन्त्यसम्मै पछ्याउने हो भने तिनीहरूमा कम्तीमा पनि अय्यूबको जस्तै आस्था हुनैपर्छ भन्‍ने माग गर्नुहुन्छ। तिमीहरूको कल्पनामा, र तिमीहरूले बुझ्ने सीमित शब्दहरूको दायराभित्र रहेर हेर्दा, अय्यूब कस्तो प्रकारको व्यक्ति थियो? के ऊ असल व्यक्ति थियो? (थियो।) यो मुख्य रूपमा कसरी व्यक्त भएको थियो? पहिलो, ऊ परमेश्‍वरको भय मान्‍ने व्यक्ति थियो र उसले कहिल्यै दुष्कर्म गरेन। यो एउटा असल व्यक्तिको मुख्य प्रकटीकरण र चिन्ह हो। त्यसबाहेक, ऊ आफ्नो आचरणमा सिद्धान्त पछ्याउँथ्यो, अनि आफ्ना छोराछोरी र परिवारसँग सिद्धान्तअनुसार व्यवहार गर्थ्यो। उसले आफ्ना छोराछोरीको गल्ती ढाकछोप गर्ने प्रयास गर्दैनथ्यो र ऊ परमेश्‍वरलाई प्रेम गर्थ्यो अनि उसले आफ्ना छोराछोरी उहाँलाई सुम्पियो, यसबाट मानिसहरूले के देखे भने आफ्नो छोराछोरीप्रति उसको मनोवृत्ति पूर्ण रूपमा सही र परमेश्‍वरको अभिप्रायअनुरूप थियो। छोराछोरीको रूपमा तिमीहरूले ऊजस्तो बुबा भेट्टाएको भए तिमीहरूलाई कस्तो लाग्नेथ्यो? के यसमा तिमीहरूलाई खुसी लाग्नेथिएन र? तर अय्यूबका साथीहरू कस्ता थिए? अय्यूबलाई परीक्षा र सङ्कष्टहरू आइपर्दा, उसका साथीहरूले उसलाई कस्तो व्यवहार गरे? कसैले पनि उसलाई बुझ्न सकेन र अझ यसो भन्दै उसको आलोचना गरे “तिमीले परमेश्‍वरलाई चिढ्यायौ र उहाँले तिमीलाई श्राप दिनुभयो। हेर त, परमेश्‍वरप्रतिको तेरो विश्‍वासले तँलाई कहाँ पुर्‍यायो। कस्तो दुःखलाग्दो!” अय्यूबकी श्रीमतीले समेत य यसो भनी, “के तपाईँ अझै पनि आफ्नो निष्ठा कायम राख्नुहुन्छ? परमेश्‍वरलाई सराप्‍नुहोस् र मर्नुहोस्” (अय्यूब २:९)। अत्यन्त कष्टको यस घडीमा अय्यूबका साथीहरू र उसलाई आफ्नी श्रीमतीले त्यस्तो व्यवहार गरेकी थिई, जसले गर्दा उसलाई ठूलो चोट पुग्यो र पीडा भयो। तर अय्यूबलाई बुझ्ने एकदमै थोरै मानिस थिए—यो कुरा साँचो हो। अहिले हामी अय्यूबको कथा पढ्दा, हामीलाई के लाग्दछ भने वास्तवमा अय्यूबजस्ता मानिसहरू नै एकदमै भरपर्दा र भरोसायोग्य हुन्छन्, र यस प्रकारका व्यक्ति साँच्चै असल व्यक्ति हुन्। तिनीहरूले तँलाई कहिल्यै छल वा हानि गर्दैनन्, र तँलाई सधैँ सिद्धान्तहरू पालना गरेर व्यवहार गर्छन्। यदि तँ सही व्यक्ति होस् भने तिनीहरूले तँलाई तैँले एउटा खराब काम गर्दा वा अरू मानिसले तेरो कुरा काट्दैमा निन्दा गर्नेछैनन् वा तेरो बारेमा खराब कुरा बोल्नेछैनन्। तिनीहरू तथ्यविरुद्धमा जानेछैनन् र मानिसहरूलाई धूर्त तरिकाले झुटो आरोप लगाउनेछैनन्। तिनीहरू भावनामा बगेर र प्राथमिकतालाई अघि राखेर बोल्नेछैनन्। समय बित्दै जाँदा, तैँले देख्नेछस्: “यो त असल व्यक्ति रहेछ। हामी त अलिकति कठिनाइ आइपर्दा पनि आफ्नो कर्तव्यलाई पन्छाउँछौँ, तर ऊ भने जति नै ठूलो परीक्षा र सङ्कष्ट आए पनि कहिल्यै परमेश्‍वरको नाम त्याग्दैन। परमेश्‍वरले यस प्रकारको व्यक्तिलाई मन पराउनु कुनै आश्चर्य होइन। यदि मेरो साथमा यस्तो व्यक्ति भएको भए त, मलाई जुनसुकै बिमार वा सङ्कष्ट किन आइनपरोस्, उसले मलाई पहिले झैँ निरन्तर मद्दत, सहायता, हेरचाह र सहन सक्नेछ। यस प्रकारका व्यक्ति अद्भुत हुन्छ। उसले कहिलेकाहीँ मलाई दिक्क लगाए पनि वा हाम्रो सधैँ ठ्याक नमिले पनि, म कुनै शैतान र दियाबलसलाई भन्दा उसैलाई साथ लिन्छु!” सामान्यतया, शैतान र दियाबलसहरूले बाहिरी रूपमा यसो भन्‍नेछन्, “तिमी धेरै महान् छौ। म तिमीलाई प्रेम गर्छु र धेरै ख्याल गर्छु” तर जसै तँलाई कुनै समस्या आइपर्छ, तसै तिनीहरूले तँलाई उपेक्षा गर्नेछन् अनि तब मात्र तँलाई असल व्यक्ति के हो र भरपर्दो व्यक्ति के हो भन्‍ने थाहा हुनेछ। भरपर्दा, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्नेहरू मात्र साँचो असल मानिस हुन् र असल मानिसहरू अत्यन्त मूल्यवान् हुन्छन्। यदि तँसँग अय्यूबजस्ता दर्जनौँ मानिस भएको भए कति राम्रो हुनेथ्यो—तर अहिले तँसँग कोही पनि छैन! यस समय, तँ असल व्यक्ति कति दुर्लभ छ भन्‍ने महसुस गर्नेछस्। सबैलाई यस्तो असल व्यक्ति चाहिन्छ। सबैले धर्मी र परोपकारी, सिद्धान्तमा काम गर्ने दयालु हृदयका, न्यायबोध भएका, परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्ने, अनि भरोसायोग्य मानिस मन पराउँछन्।

जब तँ सङ्कष्ट र बिमारले घेरिएको हुन्छस्, जब तेरो हृदयमा एकदमै कष्ट हुन्छ, तब तँ कस्तो प्रकारको व्यक्ति साथमा चाहन्छस्? के तँ झूटो र मिठो बोल्ने व्यक्ति चाहन्छस्? के तँ तँलाई मूल्याङ्कन, निन्दा र आलोचना गर्ने व्यक्ति चाहन्छस्? (अहँ।) त्यसोभए, तँलाई कस्तो प्रकारको व्यक्तिको सबभन्दा धेरै आवश्यकता छ? तँलाई त्यस्तो व्यक्तिको आवश्यकता हुन्छ जसले तेरो कठिनाइप्रति सहानुभूति देखाउन र तँलाई सान्त्वना दिन सक्छ, जसले तैँले हृदयको पीडा बताउँदा सुन्‍न र त्यसपछि तँलाई तेरो नकारात्मकता, कमजोरी र कष्टबाट बाहिर निस्कन मद्दत गर्न सक्छ। यस्तो व्यक्तिले तँलाई सहयोग गर्न सक्छ—उसले तँ निराश हुँदा तँलाई उपहास गर्दैन वा लत्त्याउँदैन, र तेरो कठिनाइलाई अनदेखा गर्दैन। अर्थात्, यदि तँलाई उसको सान्त्वना चाहियो र तँलाई कठिनाइ आइपऱ्यो, तँ कमजोरी अवस्था छस् भने वा निजी समस्या पऱ्यो भने तँ यी कुराहरू उसलाई बताउन सक्छस् र उसले तेरो पछाडि यी कुराहरू फिँजाउनेछैन, तँलाई गिज्याउनेछैन र खिसी गर्नेछैन वा तेरो व्यक्तिगत मामिलाहरूलाई अस्तव्यस्त पार्नेछैन। उसले तेरो कठिनाइ, कमजोरी, नकारात्मकता र तेरो मानवताको कमजोर पक्षहरूलाई सही ढङ्गले सम्हाल्न सक्छ। के यी कुराहरू सही ढङ्गले सम्हाल्नु सिद्धान्तपरक होइन र? के यो असल व्यक्तिको प्रकटीकरण होइन? यस्तो व्यक्तिले तँलाई बुझ्न, सहन र देखभाल गर्न सक्छ। उसले तँलाई सहयोग र भरणपोषण गर्न सक्छ, अनि तँलाई पीडा र कमजोरीबाट बाहिर निस्कन मद्दत गर्न सक्छ। उसले तँलाई यस्तो ठूलो सहायता गर्छ। यस्तो व्यक्ति अत्यन्त मूल्यवान् हुन्छ। यो असल व्यक्ति हो! मानौँ, कसैले तँलाई उपेक्षा गर्छ, अनि तँमा कुनै समस्या देख्दा तेरो उपहास र खिसी गर्नेसमेत गर्दछ। तँ उसलाई विश्‍वास गरेर कुनै कुरा बताउन चाहन्छस्, तर त्यसपछि मनमनै सोच्छस्, “म उसलाई बताउन सक्दिनँ। यदि बताएँ भने यसको व्यापक प्रभाव पर्न सक्छ। उसले मेरो पिठ्यूँपछाडि मेरा व्यक्तिगत मामिलाहरूबारे बताइहिँड्न सक्छ। त्यसपछि सबैले मेरो उपहास गर्नेछन् अनि के थाहा उसले मलाई बदनाम गर्न कस्तो-कस्तो खिचडी पकाउनेछ।” के तँ यस्तो व्यक्तिसँग कुरा गर्ने आँट गर्छस्? उसले के गर्न सक्छ भन्‍ने कुरा तँलाई ठिकसँग थाहा हुँदैन? उसले तँलाई सहयोग वा साथ दिन नसक्ने मात्रै होइन, तेरो व्यक्तिगत मामिलाहरूलाई अस्तव्यस्त पनि बनाइदिन सक्छ, अनि तँलाई छल र हानि गर्न सक्छ। के तँ उसलाई विश्‍वास गरेर आफ्नो कुरा बताउँछस्? अहिले तँलाई असल मानिसहरू कति महत्त्वपूर्ण, मूल्यवान् र अनमोल हुन्छन्, र अन्य कुनै प्रकारको व्यक्ति बन्‍नुभन्दा असल व्यक्ति बन्‍नुको धेरै मूल्य छ भन्‍ने महसुस हुन्छ। तेरो आमाबुबाले पनि तँ कष्ट र पीडामा हुँदा तेरा कठिनाइ र आवश्यकताहरू राम्रोसँग बुझ्न नसक्लान् र तिनीहरूले तँलाई सान्त्वना दिन सक्नेछैनन्। कतिपय छोराछोरी निकै मेहनत गर्छन् र घरबाहिर जागिर खान्छन्—खास गरी, कतिपय महिलाले थोरै पैसा कमाउन हाकिमहरूको चापलुसी गर्नुपर्ने हुन्छ वा आफ्नो शरीर पनि बेच्नुपर्ने हुन्छ—र बुबाआमाले आफ्ना छोराछोरीलाई घरबाहिर गएर काम गर्नु वा पैसा कमाउनु कति गाह्रो हुन्छ भनेर कहिल्यै सोध्दैनन्। यहाँसम्म कि, तिनीहरू आफ्नो छोराछोरीले धेरै पैसा कमाएर घरमा ल्याउन सकेनन् भने उल्टै गुनासो गर्छन् र उनीहरूलाई अरूसँग तुलना गर्छन्। यसले तिनीहरूको छोराछोरीलाई कस्तो महसुस गराउँछ? (दुःखी, खिन्‍न।) तिनीहरूको मन भाँचिन्छ। तिनीहरूलाई यो संसार अँध्यारो ठाउँ हो, र आफ्ना बुबाआमासमेत यस्तै छन् भन्‍ने लाग्छ, र आफू यो संसारमा कसरी जिउने होला भन्‍ने सोच्छन्। त्यही कारण तँ असल व्यक्ति हुनैपर्छ। सबैलाई असल व्यक्तिको आवश्यकता पर्छ। अनि, असल व्यक्ति कसरी हुन्छ? के तिनीहरू आकाशबाट खस्छन्? के तिनीहरू जमिनबाट उम्रन्छन्? के तिनीहरू कुनै जनावरबाट विकास हुन्छन्? के तिनीहरू उच्च दर्जाको विद्यालय शिक्षाका उत्पादन हुन्? वा तिनीहरू सन्यासी धार्मिक शिक्षादीक्षाका उत्पादन हुन्? होइनन्, यी कुनै पनि व्याख्या सही होइनन्, यी सबै बिलकुलै असम्भव छन्। कुनै पनि व्यक्ति परमेश्‍वरलाई पछ्याएर, सत्यता अभ्यास गरेर र परमेश्‍वरको मुक्ति स्विकारेर मात्र असल व्यक्ति बन्‍न सक्छ। असल मानिसहरू भ्रष्ट मानव अचानक रूपान्तरण भएर उत्पन्‍न हुँदैनन्—मानिसहरूले असल मानिस बन्‍न परमेश्‍वरमा विश्‍वास गरेर उहाँको मुक्ति स्विकार्नैपर्छ, सत्यता पछ्याउनैपर्छ, र पवित्र आत्माको काम प्राप्त गर्नैपर्छ, र सिद्ध बनाइनैपर्छ। हरेक व्यक्तिलाई आफ्नो साथी र विश्‍वासपात्रको रूपमा एक असल व्यक्तिको साथ चाहिन्छ। मलाई भन् त, के परमेश्‍वरलाई पनि तिनीहरू चाहिन्छ? (चाहिन्छ।) परमेश्‍वरलाई असल मानिस चाहिन्छ र मानिसहरूलाई पनि असल मानिस चाहिन्छ। यो मामिलालाई बुझ्दा तँमा कस्तो प्रभाव पर्नेछ? तँमा असल व्यक्ति बन्‍न खोज्ने यस्तो सङ्कल्प र इच्छा हुनैपर्छ। यदि तँ यसो भन्छस्, “असल व्यक्ति बन्‍नु कठिन र दिक्कलाग्दो हुन्छ, तर ममा असल व्यक्ति बन्‍न प्रयास गर्ने सङ्कल्प हुनैपर्छ। मानिसहरूलाई असल मानिसको एकदमै खाँचो हुन्छ, र मलाई पनि असल मानिसहरू चाहिन्छ। त्यसैले म सबभन्दा पहिले आफै असल व्यक्ति बनेर अरूलाई सहयोग र साथ दिनेछु, परमेश्‍वरलाई अझ धेरै असल मानिसहरू प्राप्त गर्न मद्दत गर्ने प्रयास गर्नेछु,” यो नै सही हुन्छ। यदि सबै जना असल व्यक्ति बन्‍ने प्रयास गर्छन् भने मानवजातिका लागि आशा रहनेछ। तैँले यसो भन्लास्, “मानवजाति एकदमै भ्रष्ट र दुष्ट छ। परमेश्‍वरका एक-दुई विश्‍वासी मात्र असल भएर काम छैन। यहाँ अत्यन्त धेरै दुष्ट मानिसहरू भएकाले तिनीहरूले अझै पनि धम्की पाउनेछौ।” यसो भन्‍नु मूर्ख कुरा हो। तँ मुक्ति पाउन परमेश्‍वरमा विश्‍वास गर्छस्। यदि तँ असल र धर्मी व्यक्ति बनिस् भने परमेश्‍वरले तँलाई आशिष् दिनुहुनेछ। मानिसहरू जति नै दृष्ट र भ्रष्ट भए पनि, तिनीहरूलाई सम्हाल्ने परमेश्‍वरको आफ्नै तरिका छन्। मानिसहरूले यसबारे चिन्ता गर्नु पर्दैन। तैँले केवल सत्यता पछ्याउन र परमेश्‍वरको मुक्ति पाउन ध्यान दिनुपर्छ। यो उहाँको अभिप्रायअनुरूप हो। नूहले जहाज बनाएको बेला अन्त्यमा आठ जना बचेका थिए। परमेश्‍वरका वचनमा विश्‍वास नगर्ने र सही मार्गमा नहिँड्नेहरू सबै अन्त्यमा परमेश्‍वरको जलप्रलयबाट नष्ट भएका थिए। यो सर्वमान्य तथ्य हो। के कारण तँ परमेश्‍वरको सर्वशक्तिमानतालाई चिन्‍न सक्दैनस्? किन तँ परमेश्‍वर धर्मी परमेश्‍वर हुनुहुन्छ भनेर चिन्‍न सक्दैनस्? परमेश्‍वरले आफ्नो काम समाप्त गर्नुहुँदा, चाहे जतिसुकै मानिसले मुक्ति पाएका हुन्, यो युगको अन्त्य हुनु नै पर्छ। ठूला विपत्तिहरू आउनैपर्छ, र परमेश्‍वरले यी सबै समस्या हल गर्नुहुनेछ। तँ आफ्नै लागि सत्यता पछ्याउँछस् र धर्मी व्यक्ति बन्छस्—यसले तँलाई लाभ दिन्छ र यसले अरूलाई पनि लाभ दिन्छ। कतिपय मानिस भन्छन्, “असल व्यक्तिले आफूले पाउनुपर्ने कुरा पाउँदैन,” तर यो गलत कुरा हो। सत्यता पछ्याउनेहरूले अन्त्यमा स्वर्गको राज्यमा आफ्नो ठाउँ पाउँछन् र पृथ्वीमा दुष्ट मानिस चाहे जति नै समृद्ध किन नहुन्, अन्त्यमा तिनीहरू नष्ट हुनेछन् र नरकमा फालिनेछन्। त्यसैले, असल र खराब दुवैले आ-आफ्नो न्यायसङ्गत फल पाउँछन्, पाउँदैनन् र? बाइबलमा के भनिएको छ? “हरेक मानिसलाई उसको कामअनुसार दिन मेरो इनाम मसँगै छ” (प्रकाश २२:१२)

अय्यूबको पुस्तकमा अभिलिखित अय्यूबका कामकुराले वास्तवमा एकदमै थोरै स्थान लिएका छन्, ती असाध्यै सरल छन्, र ती त्यति धेरै छैनन्। तर तैँले अय्यूबका कामकुराभित्र सुराग खोज्न, अनि असल व्यक्ति बन्‍नका लागि अय्यूबको सिद्धान्त र अभ्यासको मार्ग पत्ता लगाउन सक्नुपर्छ। सर्वप्रथम, आफ्ना छोराछोरी र आफ्ना निकटतम व्यक्तिहरूलाई व्यवहार गर्ने सम्बन्धमा अय्यूबको सिद्धान्त के थियो? उसले स्नेहमा निर्भर भएर होइन, तर सिद्धान्तहरू पालन गरेर व्यवहार गऱ्यो। उसले घटित भएका कुराहरूको कारण परमेश्‍वरविरुद्ध पाप गरेन। यो नै परमेश्‍वरको भय मान्‍ने र दुष्टताबाट अलग बस्ने उसको पहिलो कसी थियो—यो आफ्नो परिवारका सदस्यप्रति उसको व्यवहारसँगै सुरु भयो। दोस्रो, उसले आफ्नो सिरीसम्पत्तिप्रति गरेको व्यवहार थियो। अय्यूबलाई के थाहा थियो भने, आफ्नो सिरीसम्पत्ति जाबो सांसारिक वस्तु भए पनि, यो परमेश्‍वरबाट आएको, अनि यो आफूलाई परमेश्‍वरले दिएको, र यसैद्वारा आफूलाई परमेश्‍वरले आशिष् दिनुभएको हो। मानिसहरूले यी कुराहरूलाई सावधानीपूर्वक र राम्रोसँग व्यवस्थापन र रेखदेख गर्नुपर्छ। तिनको राम्रोसँग रेखदेख गर्नुको अर्थ लोभी भएर ती कुरा लिनु वा तिनमा रमाउनु होइन, र यसको अर्थ ती कुराहरूका लागि जिउनु होइन; यसको अर्थ ती कुराका लागि परमेश्‍वरलाई धन्यवाद दिनु हो, त्यसमा परमेश्‍वरका हातको योजनाबद्ध कार्य र उहाँको सार्वभौमिकता देख्नु हो, अनि यी कुराहरूमार्फत परमेश्‍वरलाई चिन्‍नु हो। जब मानिसहरू परमेश्‍वरलाई चिन्दछन्, तब उहाँको सार्वभौमिकताप्रति समर्पित हुन सक्नेछन्, र यो साँच्चै असल व्यक्ति बन्‍ने सबभन्दा महत्त्वपूर्ण कसी हो। यदि तँ अरूसँग व्यवहार गर्दा सिद्धान्त पालना गर्न सक्छस्, तर परमेश्‍वरप्रति समर्पित हुन सक्दैनस् भने के तँ साँच्चै असल व्यक्ति हुँदै छस्? अहँ, तँ हुँदै छैनस्। त्यसबाहेक, अय्यूब परमेश्‍वरको सार्वभौमिकता र बन्दोबस्तप्रतिको आफ्नो व्यवहारमा अय्यूब उहाँका सबै सार्वभौमिकता र बन्दोबस्तप्रति समर्पित हुन सक्यो। परमेश्‍वरको बन्दोबस्तमा उहाँले वञ्चित गराउने अवस्था र उहाँका परीक्षाहरू पर्दछन्। कहिलेकाहीँ परमेश्‍वर वञ्चित गराउनुहुन्छ, कहिलेकाहीँ परीक्षा लिनुहुन्छ। उहाँले लिने परीक्षामा के कुरा समावेश छन्? कहिलेकाहीँ उहाँ तँलाई बिमार पार्नुहुन्छ वा तेरो परिवारमा प्रतिकूल परिस्थिति उत्पन्‍न गराउनुहुन्छ वा तँलाई केही कठिनाइ र काटछाँटमा पार्नुहोला, अनि कर्तव्य निर्वाहको क्रममा, ताडना दिने, अनुशासनमा राख्ने, न्याय गर्ने र सजाय दिने गर्नुहोला। यी सबै परमेश्‍वरका बन्दोबस्त हुन्—अनि तैँले तिनलाई कसरी लिनुपर्छ? यदि तँ ती कुराप्रति समर्पित हुन सकिनस् र तीबाट भाग्न मात्र खोजिरहिस् भने तैँले परमेश्‍वरको कार्य अनुभव गरिरहेको हुँदैनस्। यसका अतिरिक्त, मानिसहरू कर्तव्य निभाउने आफ्नो तरिकाप्रति बफादार हुनुपर्छ। तिनीहरूले आफ्नो बफादारी देखाउनैपर्छ। यहाँ बफादारी भनेको के हो? यो भनेको आफूले सक्दो र आफूसँग भएका सबै कुरा अर्पित गर्नु हो। त्यो नै बफादारी हो! यो असल व्यक्ति हुनुको मानक हो। यदि तिमीहरूमाझ अय्यूबजस्तो व्यक्ति एक जना मात्र छ भने—धेरै चाहिँदैन, एक जना भए पुग्छ—तिमीहरूमाझ एउटा दरिलो खम्बा छ। तिमीहरूलाई कुनै कुरा आइपर्दा, ऊ हरसमय तिमीहरूको आदर्श बन्‍नेछ। तिमीहरूले उसले गरेको काम अनुसरण मात्र गर्नुपर्छ र समय बित्दै जाँदा तिमीहरू परिवर्तन हुनेछौ। तिमीहरू आफ्नो सोचदेखि कामसम्म, सत्यता खोज्नेदेखि यो अभ्यास गर्नेसम्म सुधार भइरहनेछौ। तिमीहरूको स्थिति सिधै माथि उठ्नेछ, यसले सकारात्मक दिशा समात्नेछ र परमेश्‍वरप्रतिको विश्‍वासमा तिमीहरूलाई सही मार्गमा हिँड्न सहयोग गर्नेछ। यसरी केही वर्षसम्म परमेश्‍वरको कार्य अनुभव गरेपछि, तिमीहरू पनि अय्यूबजस्तै परमेश्‍वरको भय मान्‍न र दुष्टताबाट अलग बस्न सक्नेछौ अनि सिद्ध व्यक्ति बन्‍नेछौ।

अंश ९२

तिमीहरू यो अन्तिम युगमा जिइरहेका छौ। तिमीहरूमध्ये धेरैजसोको पारिवारिक जीवन पहिलेकोभन्दा धेरै समृद्ध छ, र तिमीहरूसँग जीवनको हरेक पक्षमा भौतिक सम्पन्‍नता छ। तिमीहरूलाई कस्तो महसुस भइरहेको छ? तिमीहरूसँग देहमा अलिकति खुसीको अनुभूति मात्रै छ, तर यो खुसी र हृदयको खुसीबीच के फरक छ? तिमीहरू सबैले केही अनुभव गरेका र केही कुराहरू छर्लङ्ग देखेका छौ, परमेश्‍वरप्रतिको तिमीहरूको विश्‍वास पहिलेको भन्दा व्यावहारिक भएको छ, तिमीहरू सबैले देहसुखको पछ्याइ खोक्रो छ भनेर महसुस गर्न सक्छौ, र तिमीहरू सबै सत्यतातर्फ लागिपर्न इच्छुक छौ—के तिमीहरू सबैले यस्तो अनुभव गरेका छौ? के मानिसहरूले विभिन्‍न खालका भौतिक कुराहरूमा लिने देहसुखले तिनीहरूलाई आत्मिक आराम दिन सक्छ? जीवनमा श्रेष्ठताको भावना र सम्पन्‍न भौतिक जीवनले मानिसहरूलाई के दिन सक्छ? तिनले मानिसहरूलाई पतित बनाउन र बहकाउन मात्र सक्छन्। यसरी, मानिसहरूले सहजै समझ गुमाउनेछन्, तिनीहरू असल-खराब छुट्ट्याउन असक्षम अनि अव्यावहारिक बन्‍नेछन्, र बिस्तारै आफ्नो मानवता गुमाउनेछन्; तिनीहरूले झन्-झन् सुखचैनको लालसा गर्नेछन्, र ब्रह्माण्डमा आफ्नो स्थानबारे झन्-झन् अनभिज्ञ हुनेछन्। केही मानिसले त आफ्नो हेरचाह गर्ने क्षमता पनि गुमाउनेछन्। तिनीहरू स्वतन्त्र रूपमा जिउन, आफ्नो जीविका चलाउन पूर्णतः असक्षम हुनेछन् र आफ्नो बाबुआमामा निर्भर हुनेछन्। तिनीहरू झन्-झन् अतृप्त र निर्लज्ज पनि हुनेछन्। सारांशमा, श्रेष्ठतर जीवन शैली र सम्पन्‍न भौतिक जीवनले मानिसहरूको पतन मात्र गराउँछ, तिनीहरूलाई आलस्य मन पराउने, कामलाई घृणा गर्ने, कहिल्यै तृप्त नहुने लोभी, र निर्लज्ज बनाउँछ। तिनले मानिसहरूलाई पटक्कै फाइदा गर्दैनन्। देहबारे कुरा गर्दा, तँ त्यसप्रति जति असल हुन्छस्, त्यो त्यति लोभी हुन्छ। त्यसले अलिकति पीडा सहनु उपयुक्त हुन्छ। अलिकति पीडा सहने मानिसहरू सही मार्गमा हिँड्नेछन् र उचित काममा संलग्न हुनेछन्। यदि देहले पीडा सहँदैन, सुखचैनको लालसा गर्छ, र सुखसयलमाझ हुर्कन्छ भने, मानिसहरूले केही हासिल गर्नेछैनन् र सम्भवतः सत्यता प्राप्त गर्न सक्दैनन्। मानिसहरूले प्राकृतिक प्रकोप र मानव-निर्मित विपत्तिहरू भोग्दा, तिनीहरू समझहीन र अव्यावहारिक हुनेछन्। समय बित्दै जाँदा, तिनीहरू झन्-झन् पतित मात्रै हुनेछन्। के यसका धेरै उदाहरणहरू छन्? तैँले देख्न सक्छस्, गैर-विश्‍वासीहरूमाझ धेरै गायक र अभिनेताहरू छन्, जो प्रसिद्ध हुनुअघि कठिनाइ भोग्न इच्छुक नै थिए र आफ्नो काममा समर्पित नै हुन्थे। तर तिनीहरूले नाम र टन्‍न पैसा कमाउन थालेपछि, तिनीहरू सही मार्गमा हिँड्दैनन्। तिनीहरूमध्ये केहीले लागु पदार्थ सेवन गर्छन्, केहीले आत्महत्या गर्छन्, अनि तिनीहरूको जीवन छोटिन्छ। यो के कारणले हुन्छ? तिनीहरू अत्यधिक भौतिक सुखमा लिप्त हुन्छन्, तिनीहरू अति नै सुबिस्तामा जिउँछन् र तिनीहरूलाई अझ बढी आनन्द वा उत्तेजना बटुल्न आउँदैन। तिनीहरूमध्ये केही अझ बढी उत्तेजना र आनन्द खोज्न लागु पदार्थ दुर्व्यसनमा लाग्छन्, अनि समय बित्दै जाँदा, ती त्याग्नै सक्दैनन्। केही धेरै लागु पदार्थ सेवन गरेर मर्छन्, अरू त्यसबाट उम्किन नजानेर अन्त्यमा आत्महत्या नै गर्छन्। यस्ता कति धेरै उदाहरणहरू छन्। तैँले जति राम्ररी खान-पान गरे पनि, जति राम्रा पहिरन लगाए पनि, जति राम्ररी जिए पनि, जति रमाइलो गरे पनि, वा तेरो जीवन जति सुखद भए पनि, अनि तेरा चाहनाहरू जति पूर्ण रूपमा पूरा भए पनि, अन्तिममा त्यो खोक्रोपनमाथि खोक्रोपन मात्रै हुन्छ, र नतिजा विनाश हुन्छ। के गैर-विश्‍वासीहरूले खोज्ने खुसी वास्तविक खुसी हो? वास्तवमा, त्यो खुसी होइन। त्यो मानव कल्पना, एक प्रकारको पतन, मानिस पतित हुने मार्ग हो। मानिसहरूले पछ्याउने कथित खुसी झुटो हुन्छ। त्यो वास्तवमा कष्ट हो। यो मानिसहरूले पछ्याउनुपर्ने लक्ष्य होइन, न त त्यसमा जीवनको मोल नै छ। शैतानले मानिसहरूलाई भ्रष्ट तुल्याउने केही तरिका र विधिहरू तिनीहरूलाई देहसुखमा सन्तुष्टि खोज्ने अनि वासनाप्रति आशक्त हुने उद्देश्य लिने तुल्याउनु हुन्। यसरी, शैतानले मानिसलाई सुप्त बनाउँछ, लोभ्याउँछ, भ्रष्ट तुल्याउँछ, त्यसलाई नै खुसी सोच्ने, र त्यो उद्देश्यको पछि लाग्ने बनाउँछ। मानिसहरू ती कुरा प्राप्त गर्नु नै खुसी प्राप्त गर्नु हो भन्‍ने विश्‍वास गर्छन्, त्यसैले त्यो उद्देश्य पछ्याउने मार्गमा लाग्न सकेजति सबै गर्छन्। अनि, तिनीहरूले त्यो प्राप्त गरेपछि, खुसी नभई खोक्रोपन र पीडा महसुस गर्छन्। यसले त्यो सही मार्ग होइन भनेर प्रमाणित गर्छ; त्यो मृत्युको बाटो हो। परमेश्‍वरमा विश्‍वास गर्नेहरू गैर-विश्‍वासीहरूझैँ यो मार्गमा किन हिँड्दैनन्। परमेश्‍वरमा विश्‍वास गर्नेहरूले महसुस गर्ने खुसी कस्तो हुन्छ? त्यो गैर-विश्‍वासीहरूले पछ्याउने खुसीभन्दा कसरी फरक हुन्छ? परमेश्‍वरमा विश्‍वास गरेपछि, प्रायजसो मानिसहरूले ठूलो धन पछ्याउँदैनन्। तिनीहरू सांसारिक समृद्धि, पेशागत उपलब्धिहरू वा प्रसिद्ध व्यक्ति बन्‍नुको पछि लाग्दैनन्। बरु, तिनीहरू चुपचाप आफ्नो कर्तव्य निर्वाह गरिरहन्छन्, सामान्य रूपमा जिउँछन्, र अति उच्च जीवनस्तरको माग गर्दैनन्। केही मानिसहरू त खान र लाउन पाउनुमै सन्तुष्ट हुन्छन्। यस्तो अँध्यारो र दुष्ट संसारमा, तिनीहरू अझै पनि किन यो मार्ग छनौट गर्न सक्छन्? के तँ परमेश्‍वरमा विश्‍वास गर्ने सबै दाजुभाइ-दिदीबहिनीहरूसँग टन्‍न पैसा कमाउने क्षमता हुँदैन भनेर भन्‍न सक्छस्? पटक्कै सक्दैनस्। किनभने यी मानिसहरूले परमेश्‍वरमा विश्‍वास गर्न थालेपछि, तिनीहरूले हृदयको गहिराइमा परमेश्‍वरलाई पछ्याउनु सबैभन्दा ठूलो खुसी हो, र यो खुसीलाई संसारको कुनै पनि भौतिक कुराले प्रतिस्थापन गर्न सक्दैन भनेर धेरै-थोरै महसुस गरिसकेका हुन्छन्। केही मानिसहरूले प्रयास पनि गरेका छन्; तिनीहरूले संसारमा वर्षौँसम्म कठिनाइ भोगेर, त्यो थकाइलाग्दो अनि कठिन हुन्छ भनी महसुस गरेका छन्। अलिकति पैसा कमाएर देहसुख अनुभव गरे पनि, तिनीहरू मर्यादाविना जिए, र तिनीहरूको जीवन झन्-झन् खोक्रो र तीतो भयो। तिनीहरूलाई त्यसरी जिउनुभन्दा मर्नु नै जाति हो लाग्यो। यी मानिसहरूले यी मामलाहरू छर्लङ्ग देखिसकेका छन्। तिनीहरूले विकल्पै नभएकाले परमेश्‍वरमा विश्‍वास गर्ने होइनन्; बरु तिनीहरूले साँच्चै यस्तो महसुस गरेका छन्: परमेश्‍वरलाई पछ्याउनु अनि सत्यता पछ्याउने मार्गमा हिँड्नु, साथै आफ्नो पूरै जीवन परमेश्‍वरलाई समर्पित र अर्पित गर्नु हृदयका सबैभन्दा ठूला सुख, अनि जीवनका सबैभन्दा महान् कुरा हुन्; परमेश्‍वर अनि सत्यता प्राप्त गर्नु सबैभन्दा ठूलो खुसी हो, र मानिसहरूको हृदयलाई सबैभन्दा शान्त, हर्षित अनि स्थिर बनाउने चीज हो। तिनीहरूले यो खुसी महसुस गरिसकेका छन्; यो काल्पनिक कुरा होइन। परमेश्‍वरका चुनिएका मानिसहरूले केही सङ्कष्ट र परीक्षा भोगिसकेका छन्, सत्यता बुझेका छन् अनि धेरै कुराहरू छर्लङ्ग देखेका छन् भनेर भन्‍न मिल्छ। तिनीहरूले परमेश्‍वरमा विश्‍वास गर्नु अनि सत्यता पछ्याउनु सही मार्ग हो, संसारमा लिन मिल्ने अर्को कुनै मार्ग नै छैन, अनि परमेश्‍वरका वचन मात्रै सत्यता हुन् भनेर पुष्टि गरेका छन्—र तिनीहरू यो मार्गमा जमेर बसेका छन्। यस्तो व्यक्तिमा साँचो आस्था हुन्छ, र उसको पीडाका यी वर्षहरू व्यर्थमा जाँदैनन्। तिनीहरूले बताउने अनुभवात्मक गवाही गहन वा सतही जे भए पनि, एउटा कुरा स्पष्ट छ: यदि तैँले तिनीहरूलाई परमेश्‍वरमा विश्‍वास गर्नबाट रोकेर संसारमा फर्काउन खोजिस् भने, तिनीहरूले कुनै पनि हालतमा त्यस्तो गर्नेछैनन्। संसारमा लोभलाग्दो सुनको पहाड नै भए पनि, तिनीहरू सुरुमा लोभिएलान्, तर तिनीहरूले यसबारे पुनर्विचार गर्नेछन्: “सुन वा चाँदीको पहाडले मलाई परमेश्‍वरप्रति समर्पित हुँदा र आफ्नो कर्तव्य निर्वाह गर्दा जत्तिको खुसी दिन सक्दैन। यदि मैले सुनखानी वा चाँदीखानी पाएँ भने, म त्यो क्षण खुसी नै हुनेछु, तर मैले हृदयमा पीडा र यातना भोग्नेछु, त्यसैले मैले जेसुकै भए पनि त्यो मार्ग लिनु हुँदैन। परमेश्‍वरलाई भेट्टाउन सजिलो थिएन; यदि म फेरि फर्केर गएँ भने, म परमेश्‍वरलाई खोज्न कहाँ जानु? परमेश्‍वरलाई पछ्याउने मौका पाउन निकै गाह्रो हुन्छ! समय धेरै छैन, र समय आफै नै क्षणिक हुन्छ-यो वास्तवमै दुर्लभ मौका हो!” तिनीहरूले परमेश्‍वरको देखापराइ र काम देखेका छन्, र परमेश्‍वरलाई समात्नु भनेको समुद्रको बीचमा तैरने लकडी समात्नु जस्तै हो। मलाई भन्, डुबिरहेको व्यक्तिलाई तैरने लकडी समात्दा कस्तो महसुस हुन्छ? (उसलाई बाँच्ने आशा छ भन्‍ने महसुस हुन्छ, त्यसैले उसले बेस्सरी समात्छ र छोड्दै छोड्दैन।) उसलाई ठ्याक्कै त्यस्तै महसुस हुन्छ। तैरने लकडी समातिरहँदा, उसहरूले के सोच्छ? “म अब मर्दिनँ, आखिरमा, अन्ततः बाँच्ने आशा छ! मृत्यु नजिक आइरहँदा, बाँच्ने झिनो आशा रहिरहेसम्म, मैले भएभरको बल प्रयोग गर्नु परे पनि छोड्नुहुँदैन। जति कठिन र कष्टप्रद भए पनि मैले त्यसलाई छोड्नु हुँदैन। अन्तिम सास मात्रै रहे पनि, मैले त्यो तैरने लकडी पक्रनुपर्छ।” जब व्यक्तिलाई ऊसँग बाँच्ने आशा भएजस्तो लाग्छ, के ऊ खुसी हुँदैन र? अहिले, तिमीहरूले मनमनै सोच्दा, चिन्तन, प्रार्थना गर्दा वा तिमीहरू आत्मिक भक्तिमा संलग्न हुँदा अनि परमेश्‍वरलाई पछ्याएर कति पाएका छौ भन्‍ने महसुस गर्दा, के तिमीहरूको हृदयमा यो खुसी पैदा हुँदैन? आफ्ना वास्तविक भावनाहरू बताओ। (हामीले ख्रीष्टलाई नपछ्याइरहेका भए, हामी विपत्तिमा परिसकेका हुनेथियौँ, र त्यसका परिणाम अकल्पनीय हुनेथिए। अहिले परमेश्‍वरका वचनहरू खाएर, पिएर अनि आफ्नो कर्तव्य निर्वाह गरेर, हामीले धेरै सत्यता बुझेका छौँ। हामीले साँचो आस्था पाएका छौँ र हृदयमा परमेश्‍वरको डर मान्‍न पनि सक्छौँ; हामीले परमेश्‍वरमा समर्पित सिकेका छौँ। हामीले कति धेरै पाएका छौँ, र हामी परमेश्‍वरको मार्गदर्शनका निम्ति कृतज्ञ छौँ।) एकदम ठिक। तिमीहरूले परमेश्‍वरलाई पछ्याएर अनि आफ्नो कर्तव्य निर्वाह गरेर धेरै कुरा पाएका छौ। परमेश्‍वरले मानिसलाई दिनुभएको कुरा यही हो। तिमीहरू उचित रूपमा परमेश्‍वरप्रति कृतज्ञ हुनुपर्छ अनि तिमीहरूले उहाँको प्रशंसा गर्नुपर्छ।

परमेश्‍वरमा साँच्चै विश्‍वास गर्ने मानिसहरूले समस्या सामना गर्दा, तिनीहरूले सत्यता खोज्न सक्छन्, र केही अनुभवहरू बटुलेपछि केही सत्यताहरू प्राप्त गर्न सक्छन्। यी सत्यताहरूले दिने खुसी भौतिक कुरा र सुखसयलहरूले दिने आनन्दलाई प्रतिस्थापन गर्न पर्याप्त हुन्छ। ती कुराहरूबारे कुरा गर्दा, तैँले ती कुरा जति प्राप्त गर्छस्, तँ त्यति कम सन्तुष्ट हुन्छस् र त्यति नै असल-खराब छुट्टयाउन सक्दैनस्। तर मानिसहरूले जति राम्ररी सत्यता बुझ्छन् र प्राप्त गर्छन्, त्यति नै परमेश्‍वरलाई धन्यवाद दिनुपर्छ र कृतज्ञ हुनुपर्छ भनेर बुझ्छन्, तिनीहरू हृदयमा त्यति नै परमेश्‍वरलाई प्रेम गर्ने तृष्णा गर्छन् र त्यति नै उहाँमा समर्पित हुन र उहाँको डर मान्‍न सक्छन्। यो वास्तविक खुसी हो। भौतिक सुखको पछ्याइले मानिसहरूलाई के दिन्छ? खोक्रोपन र पतन; त्यसले तिनीहरूको भौतिक कुराहरूको पछ्याइ र चाहनालाई बढाउन मात्र सक्छ। मानिसहरूलाई हैसियत, प्रतिष्ठा र लाभ पन्छाउन गाह्रो हुन्छ। त्यसोभए, परमेश्‍वरमा विश्‍वास गर्ने मानिसहरूले यी भौतिक सुखहरू कसरी त्याग्न सक्छन्? के यो दिनदिनै प्रार्थना गरेर अनि आत्म-संयम अभ्यास गरेर हासिल हुन्छ? (होइन, यी कुराहरू छर्लङ्ग देखेर हासिल हुन्छ।) व्यक्तिले यिनलाई कसरी छर्लङ्ग देख्छ? (एकतर्फ, व्यक्तिले परमेश्‍वरका वचनको अनावृत्तिद्वारा, र अर्कोतर्फ, आफ्नै अनुभव, बुझाइद्वारा अनि बिस्तारै केही सत्यताहरू बुझेर यिनलाई छर्लङ्ग देख्न सक्छ।) तैँले सत्यता बुझेकाले यी कुरा त्याग्न सक्छस्, र यसले तैँले सत्यता स्विकारेको छस् भनेर देखाउँछ। हृदयको गहिराइमा, तैँले परमेश्‍वरका वचन—उहाँले मानिसलाई भन्‍नुभएको कुरा र मानिसबाट माग गर्नुहुने कुरा स्विकारेको छस्—र त्यो तेरो वास्तविकता बनेको छ। के यो वास्तविकता तेरो जीवन हो? यो तेरो जीवन बनिसकेको छ। कर्तव्य निर्वाह गर्दा, तैँले थाहै नपाई सत्यतालाई आफ्नो जीवनका रूपमा प्राप्त गरेको छस्। अहिलेसम्म तँलाई त्यसबारे केही अनुभूति नभएको हुन सक्छ, तँलाई आफ्नै कद निकै सानो भएझैँ लाग्न सक्छ, र तैँले नबुझ्ने कुराहरू धेरै छन्—तर तँमा परमेश्‍वरको डर मान्‍ने हृदय छ, र यसले तँमा परमेश्‍वरको जीवन विकास भइसकेको छ भन्‍ने देखाउँछ। जीवन वृद्धि प्राकृतिक कुरा हो; यसका लागि तैँले निश्चित अनुभूतिहरू गर्नु पर्दैन। तैँले स्पष्ट शब्दहरूमा भन्‍न नसके पनि, तैँले वास्तवमा प्रगति गरेको र तँ परिवर्तित भएको छस्। त्यसैले, परमेश्‍वरको जीवन सत्यता स्विकार्ने समयमै, तेरो हृदय अनजानमै परमेश्‍वर नजिक पुगेको छ, र यो अवधिभर परमेश्‍वरले तँलाई सूक्ष्म रूपमा जाँचिरहनुभएको र तेरो हृदय नियालिरहनुभएको छ। अब सावधानीपूर्वक सोच्—के यो प्रक्रिया सुखद छैन र? यो साह्रै सुखद छ नि! तिमीहरूले आखिरी दिनहरूमा जिउने, परमेश्‍वरको आखिरी दिनहरूको काम स्विकार्ने, उहाँलाई पछ्याउने र आफ्नो कर्तव्य निर्वाह गर्ने ठूलो सौभाग्य पाएका छौ। परमेश्‍वरको काम तिमीहरूभित्र प्रत्यक्ष रूपमा विकास गरिएको छ, जसले तिमीहरूलाई सत्यतालाई जीवनका रूपमा प्राप्त गर्ने तुल्याउँछ। परमेश्‍वरका वचनलाई सत्यताका रूपमा अनि सत्यताको जीवनलाई वास्तविकताका रूपमा पाउँदा, के मानव अस्तित्व साँच्चै मूल्यवान् हुँदैन र? के तिमीहरूले थाहै नपाई तिमीहरूको अस्तित्व असल भएको छैन र? के जीवित हुनु बिस्तारै झन् गरिमापूर्ण हुन थालेको छैन र? यो बेला मात्र मानिसहरूले परमेश्‍वरमा विश्‍वास गरेर कति धेरै कुरा प्राप्त गरेका छन् भनेर महसुस गर्छन्। केही सत्यता बुझ्दा मानिसहरूले यस्तो परिवर्तन पाउन सक्छन्; पहिले तिनीहरूले यो कुरा छर्लङ्ग देख्दैनथे, तर अब सबथोक स्पष्ट देख्छन्। अहिले देख्दा, परमेश्‍वरका वचनको सत्यता तिनीहरूभित्रको जीवन बनिसकेको छ। सत्यताले तिनीहरूको हृदयमा जरा गाडिसकेको छ र त्यो फल फलाउन फुल्छ—जीवन यही हो; जीवन भनेको सत्यता बुझेपछि फल्ने फल हो, र यसलाई कुनै कुराले प्रतिस्थापन गर्न सक्दैन। जब तिमीहरूले पछि केही ताडना, सजाय र न्याय अनुभव गर्दा ती स्विकार्न र तिनमा समर्पित हुन सक्छौ, तब तिमीहरूले धेरै सत्यताहरू बुझेर थाहै नपाई परमेश्‍वरलाई चिन्‍न पुग्नेछौ, र तिमीहरूले जीवनमा झन्-झन् प्रगति गर्नेछौ। के यो बिस्तारै ठूलो हुनु होइन? के तिमीहरू त्यो दिनको पर्खाइमा छैनौ? (छौँ।) त्यसोभए तिमीहरू सत्यतातर्फ लागिपर्नुपर्छ।

अंश ९३

सत्यता नबुझ्नेहरू काम गर्दा केमा भर पर्छन्? तिनीहरू मानव विधि, मानव बुद्धि, र थोरै मानव कौशलतामा भर पर्छन्। जब यी कुराहरू प्रयोग गरेर काम पूरा गरिन्छन्, तब मानिसहरू अहङ्कारी बन्छन्। तिनीहरूलाई आफूसित पूँजी छ अनि आफ्नो वरिष्ठताको घमण्ड गर्न र सान देखाउन सकिन्छ भन्‍ने लाग्छ। यसलाई समझको कमी हुनु भनिन्छ। वास्तवमा, तिनीहरूलाई आफूले गरेको कुरा साँच्चै परमेश्‍वरका अभिप्रायबमोजिम छ कि छैन भन्‍ने थाहा हुँदैन। तिनीहरू आफूमा अन्तर्दृष्टिको कमी छ भन्‍ने बुझ्दैनन्। तसर्थ, आफूलाई केही आइपर्दा, त्यस्ता व्यक्तिहरू झिनामसिना कुरामा विवाद गर्नतिर लाग्छन्। जब तिनीहरूले आफ्नो कर्तव्य निर्वाह गर्ने क्रममा गल्ती गर्छन् र तिनीहरूलाई काटछाँट गरिन्छ, तब तिनीहरू बाह्य कारणहरू खोज्दै यो वा त्यो कुरालाई दोष दिन्छन्। तिनीहरू खराब परिस्थितिहरूलाई दोष दिन्छन्, त्यतिबेला परिस्थितिबारे राम्ररी सोच्न नसकेकोमा आफूलाई दोष दिन्छन्। तिनीहरू केवल बाह्य कारणहरू खोज्छन्; तिनीहरू आफूले सत्यता नबुझेको वा सत्यता सिद्धान्तबारे बुझाइ नभएको कुरा स्वीकार गर्दैनन्। तिनीहरूको हृदय नकारात्मक हुन्छ र परमेश्‍वरप्रतिको गलत बुझाइले भरिएको हुन्छ, अनि तिनीहरू परमेश्‍वरले तिनीहरूलाई खुलासा गर्नुभएको छ भन्‍ने विश्‍वास गर्छन्। के कुरा त्यही हो? तिनीहरू कर्तव्य निर्वाह गर्दा आफ्ना भ्रष्ट स्वभावहरू प्रकट गर्छन्। तिनीहरू कुनै सिद्धान्तविना र सत्यतासँग कुनै सम्बन्ध नराखी कामकुरा गर्छन्। तिनीहरू कति दयनीय छन्। त्यस्ता मानिसहरू समर्पणविना आफ्नो कर्तव्य निर्वाह गर्छन्; तिनीहरूमा कुनै बफादारी वा भक्ति छ भन्‍न मिल्दैन, अनि तिनीहरूले परमेश्‍वरको डर मान्‍नु र दुष्टताबाट अलग रहनु त झनै परको कुरा हो। तिनीहरू कामकुरा गर्न मानव विधिहरूमा निरन्तर भर पर्छन्, र बाहिरी रूपमा मात्र कार्य गर्छन् र प्रयास लगाउँछन्; तर अन्ततः तिनीहरू अझै पनि सत्यता बुझ्न सक्दैनन्। के यी मानिसहरूको जीवन स्वभाव परिवर्तनहरू आएका हुन्छन्? के परमेश्‍वरसँग तिनीहरूको सम्बन्ध सामान्य हुन्छ? के परमेश्‍वरप्रतिको तिनीहरूको समर्पण र भयमा कुनै सुधार आएको हुन्छ? (हुँदैन।) तिनीहरूको जीवनमा कुनै सुधार आएको हुँदैन। तिनीहरूको भ्रष्ट स्वभावमा कुनै परिवर्तन आएको हुँदैन। तिनीहरू केवल झनै धूर्त र झनै कुटिल बन्छन्, झनै छली माध्यमहरू प्रयोग गर्छन् र झनै बढी अहङ्कारी समेत बन्छन्। तिनीहरूले जेसुकै सामना गरे पनि, तिनीहरू अझै शैतानको दर्शनअनुसार जिउँछन्, आफूले सँगालेका अनुभव र सिकेका पाठहरूको सार निरन्तर निकाल्छन्, आफू कहाँ चुके र असफल भए, अनि फेरि नचुक्न र असफल नहुन आफूले के पाठ सिक्नुपर्ने हो भन्‍ने कुरालाई ध्यानमा राख्छन्। तिनीहरू सधैँ यसरी नै आफ्ना अनुभव र पाठहरूको सार निकाल्छन्, सत्यताको खोजी पटक्कै गर्दैनन्। के कुनै व्यक्तिले शैतानको दर्शनअनुसार जिइरहँदा आफ्नो भ्रष्ट स्वभाव त्याग्न सक्छ? यदि तिनीहरूको भ्रष्ट स्वभावलाई हटाउन सकिँदैन भने, के तिनीहरूले मुक्ति पाउन सक्छन्? यी कुराहरू बुझ्न नसक्नु खतरनाक कुरो हो, जसले गर्दा परमेश्‍वरमा विश्‍वास गर्ने सही मार्गमा प्रवेश गर्न पटक्कै सकिँदैन। यत्तिका वर्षसम्म यस्तो अन्योलमा रहेर परमेश्‍वरमा विश्‍वास गरेर के तिनीहरूले सत्यता प्राप्त गर्न सक्छन्? के तिनीहरूको विवेक र समझ अझ सामान्य हुन सक्छ? के तिनीहरू सामान्य मानवतामा जिउन सक्छन्? (सक्दैनन्।) यसरी अनुभव र पाठहरूको सार निकाल्दा र आफ्नो व्यवहार परिवर्तन गर्दा गल्तीहरू कम हुन त सक्लान्, तर के यसलाई सत्यताको अभ्यास मानिन्छ? (मानिँदैन।) के यो व्यक्ति सत्यता वास्तविकतामा प्रवेश गर्न सक्छ? (सक्दैन।) के त्यस्तो व्यक्तिको हृदयमा परमेश्‍वरका लागि ठाउँ हुन्छ? (हुँदैन।) सत्यता वा परमेश्‍वरलाई वास्तै नगरी काम गर्नेहरू गैरविश्‍वासी हुन्, जसले परमेश्‍वरको मुक्ति प्राप्त गर्न सक्दैनन्! के तिमीहरू यस्ता मानिसहरूलाई खुट्ट्याउन सक्छौ?

चाहे कुनै व्यक्तिले आफ्‍नो कर्तव्य निभाइरहेको होस् वा व्यक्तिगत मामलाहरू सम्‍हालिरहेको होस्, उसले कुनै काम गर्दा उसको ध्यान कतातिर केन्द्रित छ भन्‍ने कुरामा ध्यान दिनुपर्छ। यदि उसले जीवन जिउने दर्शनहरूमा ध्यान दिइरहेको छ भने, यसबाट ऊ सत्यतालाई प्रेम वा खोजी गर्दैन भन्‍ने देखाउँछ। व्यक्तिको जीवनमा जेसुकै आइपरे पनि, यदि ऊ सत्यतामा लागिपर्छ भने, यदि उसले सधैँ सत्यतातर्फ पाइला बढाइरहेको हुन्छ भने, अनि यदि उसले “के यसो गर्दा परमेश्‍वरका अभिप्रायअनुरूप हुन्छ? परमेश्‍वरका मापदण्डहरू के-के हुन्? के यसो गर्नु परमेश्‍वर विरुद्ध पाप गर्नु हो? के यसले उहाँको स्वभावलाई चिढ्याउनेछ? के यसले परमेश्‍वरलाई चोट पुर्‍याउनेछ? के परमेश्‍वरले यो कुरालाई घृणा गर्नु हुनेछ? के यसो गर्नुको कुनै अर्थ हुन्छ? के यसले मण्डलीको काममा बाधा वा व्यवधान ल्याउँछ? के यसले परमेश्‍वरको घरका हितहरूमा हानि गर्छ? के यसले परमेश्‍वरको नामलाई बदनाम गर्छ? के यो सत्यता अभ्यास गर्नु हो? के यो दुष्कर्म गर्नु हो? परमेश्‍वरले यसबारेमा के सोच्‍नुहुन्छ?” भनेर सोच्छ भने, यदि उसले सधैँ यी प्रश्‍नहरूमा मनन गरिरहेको हुन्छ भने, यो केको लक्षण हो? (यो तिनीहरूले सत्यता खोजिरहेको र पछ्याइरहेको लक्षण हो।) सही हो। यो तिनीहरूले सत्यता खोजिरहेको र तिनीहरूको हृदयमा परमेश्‍वर रहेको लक्षण हो। आफ्नो हृदयमा परमेश्‍वर नहुनेहरूले आफूमा आइपर्ने कुरालाई कसरी सम्हाल्छन्? (तिनीहरू आफ्नै बुद्धि र प्रतिभामा भर परेर कार्य गर्छन्, परमेश्‍वरसँग कुनै सरोकार राख्दैनन्, र तिनीहरूका कार्यहरू विशेष गरी आफ्नै मनसायसँग मिसिएका हुन्छन्।) तिनीहरूले आफ्ना मनसायलाई मिसाउने मात्र नभई, तिनीहरूले आफ्नो मनसायअनुसार काम गर्दा तिनीहरू आफूलाई पटक्कै जाँच्दैनन् वा आत्मचिन्तन गर्दैनन्। तिनीहरू कुनै कुरा मान्दैनन्, आफ्नै तौरतरिकामा जिद्दी कस्छन्। तिनीहरू आफूखुसी काम गर्छन्, परमेश्‍वरलाई प्रार्थना गर्दैनन्, र सत्यताको खोजी गर्दैनन्। तिनीहरूले परमेश्‍वरसँग कुनै सरोकार राख्दैनन्। के त्यस्ता मानिसहरूका लागि गल्ती गर्न र परमेश्‍वरको स्वभावलाई चिढ्याउन सजिलो हुँदैन र? के यो अत्यन्तै खतरनाक होइन र? सत्यता नपछ्याउने मानिसहरूले आफूले व्यवहार गर्ने तरिका र प्रकट गर्ने स्वभाव दुवैका हकमा आफ्नो दैनिक जीवनमा के-कस्ता विशेषताहरू देखाउँछन्? (तिनीहरू सोचविचारै नगरी बिना संयमता काम गर्छन्, अरूलाई तुच्छ दृष्टिले हेर्छन्, तिनीहरू अत्यन्तै अहङ्कारी र दुराचारी हुन्छन्, अनि एकतर्फी निर्णय गर्छन्।) मुख्यतया यी कुराहरू हुन्: तिनीहरू अहङ्कारी, घमण्डी, बेपरवाह, हडबडे, दुराचारी र अनियन्त्रित हुन्छन्; तिनीहरू विवेकविना काम गर्छन्, आफूखुसी कामकुरा गर्छन्, अनि सधैँ उद्दण्ड र दुष्ट हुन्छन्। तिनीहरू आफूलाई काट-छाँट गर्न दिनुको सट्टा निहुँ खोज्छन्। काट-छाँट गरिँदा तिनीहरू नकारात्मक, विरोधी, अवज्ञाकारी र विद्रोही हुन्छन्, र तिनीहरूको शैतानी स्वभाव पूर्ण रूपमा खुलासा हुन्छ। सत्यता नपछ्याउने यी मानिसहरू केही नगर्दा वा नबोल्दा, तिनीहरू सामान्य मानिस जस्ता देखिन्छन्। तर तिनीहरूले केही कुरा गर्नेबित्तिकै, तिनीहरूको भ्रष्ट स्वभाव प्रकट हुन्छ अनि त्यो असभ्य र जङ्गली हुन्छ। परमेश्‍वरको वचनमा, त्यस्ता मानिसहरूलाई कसरी वर्णन गरिएको छ? (“तिमीहरूमा प्रकट भएको कुरा आफ्ना अभिभावकहरूबाट बरालिएका बालबालिकाहरूमा हुने किसिमको बदमासी होइन, तर आफ्ना मालिकको कोर्रा नखाएका पशुहरूबाट उत्पन्‍न हुने पशुत्व हो” (वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। परमेश्‍वरको बारेमा तेरो बुझाइ के छ?)।) त्यस्ता व्यक्तिहरूले प्रकट गर्ने स्वभावलाई जङ्गली भनेर वर्णन गर्न सकिन्छ, र तिनीहरूमा सामान्य मानवता हुँदैन। कुनै भीडमा त्यस्ता मानिसहरू छन् भने, के तिमीहरू तिनीहरूलाई चिन्‍न सक्छौ? (अलिअलि।) सत्यता खोज्नेहरू र नखोज्नेहरूको व्यवहार गर्ने तरिका र तिनीहरूले प्रकट गर्ने कुरामा आकाश-पातालको फरक हुन्छ। सत्यता नखोज्नेहरूका स्पष्ट प्रकटीकरणहरू भनेको समझको कमी हुनु, विवेकको कमी हुनु र सत्यता सिद्धान्तलाई वास्तै नगरी कार्य गर्नु हो। तिनीहरू अनियन्त्रित र लापरवाह रूपमा काम गर्छन्, अनि हदैसम्मका दुस्साहसी हुन्छन्। सत्यता नपछ्याउनेहरू दयनीय र घृणित दुवै हुन्छन्। तिनीहरू आफैलाई मूर्ख बनाउँछन्, अरू मानिसलाई कुनै लाभ पुऱ्याउँदैनन्। यदि तिनीहरूले अरू मानिसलाई कुनै लाभ पुऱ्याउँदैनन् भने, के परमेश्‍वरले तिनीहरूलाई घृणा गर्नुहुनेछैन र? (गर्नुहुनेछ।) के तिनीहरू आफैँलाई यो कुराबारे सचेतना हुन्छ? (हुँदैन।) म किन तिनीहरू दयनीय हुन्छन् भनेर भन्छु? किनभने तिनीहरू यस्तै हुन्छन्, तर आफू यस्तो छु भनेरसमेत महसुस गर्दैनन्। तिनीहरूमा मानव स्वरूपको कुनै पनि छाँट हुँदैन, तैपनि तिनीहरू आफूलाई ठिकै ठान्छन्, र अझै पनि सोचविचार नगरी लापरवाहीसाथ कार्य गर्ने हिम्मत गर्छन्। के यो दयनीय नै होइन र? मानिसहरूलाई खुट्ट्याउँदा खुट्ट्याउनुपर्ने मुख्य कुरा भनेको तिनीहरू सत्यता अभ्यास गर्छन् कि गर्दैनन्, सत्यता खोज्छन् कि खोज्दैनन् र सत्यता स्वीकार गर्छन् कि गर्दैनन् भन्‍ने हो। तिनीहरूलाई सही रूपमा खुट्ट्याउने, र मानिसहरूका सबै वर्गलाई स्पष्टसँग देख्ने यसरी नै हो।

के तिमीहरू सत्यता पछ्याउनेहरू हौ? (हामीले पहिले सत्यतालाई पछ्याएनौँ, तर अहिले पछ्याउन लागिपरेका छौँ।) विगत केही वर्षमा, सत्यता नपछ्याउँदा, के तिमीहरूले मैले भर्खरै उल्लेख गरेका व्यवहार देखायौ? (हजुर, हामीले देखायौँ।) तिमीहरूले ती व्यवहार देखाउँदा, के त्यस्तो अवस्थामा जिएकोमा तिमीहरूको हृदयमा पीडा भएन? (हजुर, हामीलाई कष्ट थियो, तर हामीलाई यो महसुस भएन।) यो महसुस नहुनु एकदमै दयनीय कुरो हो! जब कसैले सत्यतालाई बुझ्दैन र उसमा सत्यता वास्तविकता हुँदैन, तब त्यो सबैभन्दा दयनीय र दुःखदायी हुन्छ। यी सत्यताहरूलाई पक्रिराख्नु, प्रायः प्रवचनहरू सुन्‍नु, तैपनि केही प्राप्त नगर्नु र शैतानको बन्धनमा जिउनु, अविवेकी तरिकाले काम गर्नु र बोल्नु, स्पष्टतः मानवता नहुनु—यो अति दयनीय कुरो हो! तसर्थ, सत्यता पछ्याउनु सबैभन्दा महत्त्वपूर्ण छ! तिमीहरू अहिले यो बुझ्दै छौ, होइन र? (हजुर, हो।) तिमीहरूले यो बुझ्नु राम्रो हो। चिन्ताजनक कुरा त त्यतिबेला हुन्छ, जब मानिसहरू उदासीन र मन्द बुद्धिका, अनि बुझ्न असमर्थ हुन्छन्। यदि कसैले सत्यता पछ्याउँदैन र यसबारे सचेत छैन भने, त्यो त्यति ठूलो समस्या होइन। कसैले यसलाई बुझ्छ, तैपनि सत्यता पछ्याउँदैन, र पटक्कै पश्चात्ताप गर्दैन भने, त्यो चाहिँ सबैभन्दा चिन्ताको कुरा हो। यो जानाजानी गरिने अपराध हो। जानाजानी अपराध गर्ने र सत्यता स्विकार्न पटक्कै नमान्‍नेहरू हृदयमा हठी र दुर्भावना भएका हुन्छन्, अनि सत्यताको विपक्षमा हुन्छन्। के यस्ता हठीहरू परमेश्‍वरको डर मान्‍ने हुन सक्छन्? यदि तिनीहरू परमेश्‍वरको डर मान्दैनन् भने, तिनीहरू परमेश्‍वरअनुकूल हुन सक्छन्? (सक्दैनन्।) हठी हृदय भएकाहरूले परमेश्‍वरप्रति कस्तो मनोवृत्ति राख्छन्? तिनीहरू प्रतिरोधी, विद्रोही र अपश्चात्तापी हुन्छन्, अनि परमेश्‍वर नै सत्यता हुनुहुन्छ भनी कदापि स्वीकार गर्दैनन्। तिनीहरू सत्यता स्वीकार गर्दैनन् र अन्त्यसम्मै परमेश्‍वरको विरोध गर्छन्! यस्ता मानिसहरूको अन्त्य कस्तो हुन्छ? (परमेश्‍वरले दण्ड दिनुहुनेछ र नष्ट गर्नुहुनेछ।) परमेश्‍वरले ती मानिसलाई मुक्ति दिनुहुन्‍न। के बाइबलमा उल्लेख गरिएका २५० जना अगुवाहरू हठी र विद्रोही मानिस थिए? अन्त्यमा तिनीहरूलाई के भयो? (तिनीहरूलाई पृथ्वीले निल्यो।) परिणाम त्यही हुन्छ। कसैले जति नै लामो समयदेखि परमेश्‍वरमा विश्‍वास गरेको भए पनि, यदि उसलाई सत्यता पछ्याउनुको महत्त्व थाहा छैन, यदि ऊ सत्यताको विरोध गर्दा आइपर्ने तिरस्कार र परिणामलाई बुझ्दैन भने, उसको परिणाम के हुनेछ? उसलाई अवश्यै हटाइनेछ। नयाँ विश्‍वासीहरू मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरू अझै उचित कार्यहरू पूरा गर्ने वा सही बाटो हिँड्ने तरिका जान्दैनन्। मानिसहरूको दयनीय पक्ष यही नै हो। यदि तैँले धेरै वर्षदेखि परमेश्‍वरमा विश्‍वास गर्दै आएको छस् र आफ्नो कर्तव्य निर्वाह गर्न सक्छस्, तैपनि सत्यता पछ्याउँदैनस् भने, त्यो त केवल श्रम गर्नु मात्र हो। यदि तँ आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्छस्, स्वेच्छाले श्रम गर्छस्, दुष्ट काम गर्दैनस्, र कुनै अवरोध वा बाधा खडा गर्दैनस् भने, तैँले अझसम्म सत्यता पछ्याएको छैनस् भने पनि, परमेश्‍वरले तँलाई निन्दा गर्नुहुनेछैन, किनभने तँ आफ्नो कर्तव्य निष्ठापूर्वक निर्वाह गर्न सक्छस्। तर कसैले केही सत्यता बुझ्छ र सत्यता पछ्याउनुको महत्त्व जान्दछ, तैपनि सत्यता पछ्याउँदैन भने, उसका निम्ति मुक्ति पाउन सहज हुनेछैन। बढीमा, ऊ एक वफादार श्रमिकका रूपमा रहन सक्छ। श्रम गर्न नचाहनेहरू, शक्ति र लाभका लागि प्रतिस्पर्धा गर्ने, अनि परमेश्‍वरको मण्डलीको जीवन र काममा बाधा पुर्‍याउनेहरूको सन्दर्भमा भन्‍नुपर्दा, तिनीहरूको नतिजा तय भइसकेको छ। तिनीहरू विपत्तिमा परिसकेका छन् र मृत्युको पर्खाइमा छन्। तिनीहरू आउन लागेका कुराका लागि तयारी गर्नुपर्छ!

अंश ९४

कतिपय मानिसहरू छन् जो भर्खरै परमेश्‍वरमा विश्‍वास गर्न थालेका छन् र प्रायजसो नकारात्मक र कमजोर हुन्छन्। यसको कारण के हो भने, तिनीहरू सत्यता बुझ्दैनन्, तिनीहरूको कद अत्यन्तै सानो छ, तिनीहरूमा परमेश्‍वरमाथिको आस्थासम्‍बन्धी विविध सत्यताहरूबारे कुनै बुझाइ हुँदैन। त्यसकारण तिनीहरूले आफूलाई कम क्षमताको, अघि बढ्न नसक्‍ने, र तिनीहरूसँग धेरै कठिनाइहरू भएको ठान्छन्—जसले गर्दा नकारात्मकता ल्याउँछ, र तिनीहरूले हरेससमेत खान्छन्: तिनीहरूले अब प्रयास नगर्ने, र सत्यता पछ्याउन छोड्ने निर्णय गर्छन्। तिनीहरूले आफैलाई हटाउँछन्। तिनीहरूले यस्तो सोच्छन्, “जेसुकै भए पनि, परमेश्‍वरले उहाँमाथिको मेरो विश्‍वासको कारण मलाइ अनुमोदन गर्नुहुनेछैन। परमेश्‍वरले मलाई मन पनि पराउनुहुन्‍न, र भेलाहरूमा जानको लागि मसँग त्यति धेरै समय छैन। मेरो पारिवारिक जीवन कठिन छ र मैले पैसा कमाउनुपर्छ,” आदि इत्यादि। यी सबै कुरा तिनीहरू भेलाहरूमा जान नसक्‍नुका कारणहरू बन्छन्। यदि तैँले तुरुन्तै यो कुरा पत्ता लगाइनस् भने, तैँले तिनीहरूलाई सत्यतालाई प्रेम नगर्ने, र परमेश्‍वरमा साँचो रूपमा विश्‍वास नगर्ने मानिसहरू भनेर वर्गीकृत भन्‍ने सम्‍भावना हुन्छ, या त तैँले तिनीहरूलाई देहको सहजता मन पराउने, संसारको पछि लाग्‍ने र सांसारिक कुराहरूलाई त्याग्‍न नसक्‍ने मानिसहरूको रूपमा वर्गीकृत गर्नेछस्—यसको कारण, तैँले तिनीहरूलाई त्याग्‍नेछस्। के यो सत्यता सिद्धान्तअनुरूप हुन्छ? के यी कारणहरूले साँचो रूपमा तिनीहरूको प्रकृति र सारलाई प्रतिनिधित्व गर्छन्? वास्तवमा, तिनीहरू तिनीहरूका कठिनाइ र उल्झनहरूका कारण नकारात्मक भएका हुन्छन्; तैँले यी समस्याहरू समाधान गर्न सक्छस् भने, तिनीहरू त्यति नकारात्मक हुनेछैनन्, र तिनीहरूले परमेश्‍वरलाई पछ्याउन सक्‍नेछन्। तिनीहरू कमजोर र नकारात्मक हुँदा, तिनीहरूलाई मानिसहरूको सहयोग चाहिन्छ। यदि तैँले तिनीहरूलाई सहयोग गरिस् भने, तिनीहरू आफ्‍नो खुट्टामा उभिन सक्‍नेछन्। तर तैँले तिनीहरूलाई बेवास्ता गरिस् भने, तिनीहरूले नकारात्मकताको कारण सजिलै हरेस खानेछन्। यो कुरा मण्डलीको काम गर्ने मानिसहरूसँग प्रेम छ कि छैन, र तिनीहरूले यो बोझ लिन्छन् कि लिँदैनन् भन्‍ने कुरामा निर्भर हुन्छ। कतिपय मानिसहरू नियमित रूपमा भेलाहरूमा आउँदैनन्, तर यसको अर्थ तिनीहरूले साँचो रूपमा परमेश्‍वरमा विश्‍वास गर्दैनन् भन्‍ने हुँदैन, यो सत्यता मन नपराउनुसरह होइन, यसको अर्थ तिनीहरूले देहका सुख चाहन्छन्, र आफ्‍नो परिवार र कामलाई पन्छ्याउन सक्दैनन् भन्‍ने हुँदैन—न त तिनीहरूलाई अत्यन्तै भावनात्मक वा पैसाको प्रेममा मग्‍न भनेर नै भन्‍न सकिन्छ। यति मात्रै हो कि यी मामलाहरूमा, मानिसहरूको कद र आकांक्षा फरक-फरक हुन्छ। कतिले सत्यतालाई प्रेम गर्छन् र सत्यताको खोजी गर्न सक्छन्; तिनीहरू कष्ट भोग्‍न, यी कुराहरूलाई त्याग्‍न तयार हुन्छन्। कतिपय मानिसहरूको विश्‍वास सानो हुन्छ, र वास्तविक कठिनाइहरूको सामना गर्दा तिनीहरू शक्तिहीन हुन्छन्, र ती कठिनाइलाई जित्‍न सक्दैनन्। यदि कसैले पनि तिनीहरूलाई सहयोग वा साथ दिएन भने, तिनीहरूले हरेस खान्छन् र आफूमा विश्‍वास गुमाउँछन्; त्यस्तो बेला, तिनीहरूलाई मानिसहरूको सहयोग, वास्ता, र साथ चाहिन्छ। तर यदि तिनीहरू अविश्‍वासी हुन्, र तिनीहरूमा सत्यताप्रति प्रेम छैन, अनि तिनीहरू असल व्यक्ति होइनन् भने कुरा फरक हुन्छ—त्यस्तो अवस्थामा तिनीहरूलाई बेवास्ता गर्न सकिन्छ। यदि तिनीहरू परमेश्‍वरलाई साँचो रूपमा विश्‍वास गर्ने व्यक्ति हुन्, र एकदुई वटा वास्तविक कठिनाइहरूको कारण प्रायः भेलाहरूमा जाँदैनन् भने, तिनीहरूलाई त्याग्‍नु हुँदैन, बरु प्रेमसहितको सहयोग र साथ दिइनुपर्छ। यदि तिनीहरू असल व्यक्ति हुन्, र तिनीहरूमा बुझ्ने क्षमता छ, अनि तिनीहरू राम्रो क्षमताका छन् भने, तिनीहरू अझै धेरै सहयोग र साथको हकदार हुन्छन्।

अंश ९५

तैँले आफ्नो कर्तव्य निभाउँदा कडा मेहनत गरेर मात्र पुग्दैन, त्यसमा आफ्नो हृदय पनि लगाउनुपर्छ। तैँले पूरै प्रयास लगाउने एकमात्र तरिका भनेको आफ्नो सारा हृदयले त्यो काम गर्नु हो। यदि तेरो हृदय त्यसमा लागेको छैन भने, तैँले आफ्नो पूरै प्रयास लगाएको छैनस्। यदि तँ आफ्नो भएभरको शक्ति मात्र लगाउँछस् तर सारा हृदय लगाउँदैनस् भने, तँ आफ्नो हृदय त्यसमा नलगाई कडा मेहनत मात्र गरिरहेको हुन्छस्। आफ्नो कर्तव्य निभाउने यो तरिका परमेश्‍वरलाई स्वीकार्य हुँदैन। तैँले कर्तव्य निभाउँदा, आफ्नो सारा हृदय, शक्ति र मनद्वारा परमेश्‍वरलाई सन्तुष्ट पार्न सक्दो कोसिस गर्नुपर्छ। यदि तँ आफ्नो आधा शक्ति मात्र लगाउँछस् र बाँकी आफैसित राख्छस्, अनि “म थकित हुन चाहन्नँ; आफूलाई थकित पारेपछि मेरो भरणपोषण कसले गर्नेछ?” भनी सोच्छस् भने, के यो सही मनोवृत्ति हो? (होइन।) के तैँले यस्तो मानसिकताले आफ्नो कर्तव्य निर्वाह गरिस् भने घाटा बेहोर्नेछस्? (बेहोर्नेछु।) कस्तो घाटा? (परमेश्‍वरले मलाई घृणा गर्नुहुनेछ, र मैले बिस्तारै पवित्र आत्माको काम गुमाउनेछु।) पवित्र आत्माको काम गुमाउनु घाटा हो। यदि मानिसहरू पवित्र आत्माको कामविना नै परमेश्‍वरमा वर्षौँ विश्‍वास गर्छन् भने, तिनीहरूको घाटा यति ठुलो हुनेछ कि तिनीहरूले केही पनि प्राप्त गर्नेछैनन्। त्यो तिनीहरूले व्यर्थमा विश्‍वास गर्दै आएको झैँ हुनेछ। धेरै मानिस सत्यता पछ्याउँदैनन्, र केही वर्ष विश्‍वास गरेपछि हटाइन्छन्। अर्थात्, तैँले आफ्नो कर्तव्य निभाउँदा जति मिहिनेत गरे पनि, यदि आफ्नो हृदय त्यसमा लगाइनस् भने, सत्यता प्राप्त गर्न सक्नेछैनस्। के यो घाटा हो? के तिमीहरू यो घाटा हो भन्‍ने महसुस गर्छौ? यदि तँ साँच्चै सत्यता बुझ्ने व्यक्ति होस् भने, तैँले यो घाटा निकै ठुलो हो भनेर देख्न सक्छस्। परमेश्‍वरमा पाँच-दश वर्ष विश्‍वास गरेका मानिसहरूबारे भन्‍नुपर्दा, कतिपयले सत्यता वास्तविकता प्राप्त गरेका छन्, जबकि अरू मानिस अझै वचन र धर्मसिद्धान्त प्रचार गरिरहेका छन्। के यो ठुलो भिन्‍नता हो? (हो।) सत्यता वास्तविकता प्राप्त गरेकाहरूले त्यो कसरी हासिल गर्छन्? यो अनुभव र अभ्यासबाट आउँछ। के यो परमेश्‍वरले दिनुहुन्छ? (हो।) सत्यता वास्तविकता प्राप्त नगरेका र अझै वचन र धर्मसिद्धान्त प्रचार गरिरहेकाहरूको समस्या के हो? तिनीहरू धेरै वर्षसम्म परमेश्‍वरमा विश्‍वास गर्छन् तैपनि सत्यता प्राप्त गर्दैनन् किनभने तिनीहरू सत्यता पछ्याउँदैनन्, र तिनीहरू हृदयबाट होइन, आफ्नो शक्तिले मात्र कर्तव्य निभाउँछन्। परमेश्‍वरमा विश्‍वास गर्नु तर सत्यता प्राप्त नगर्नु भनेको आशिष् हो कि दुर्भाग्य हो? (त्यो दुर्भाग्य हो।) त्यो किन दुर्भाग्य हो? के तँ यसलाई छर्लङ्गै देख्न सक्छस्? तैँले सत्यता प्राप्त गरेको छैनस् भन्‍ने तथ्य ठुलो समस्या हो कि सानो समस्या? (ठुलो समस्या।) यो ठुलो समस्या केसँग सम्बन्धित छ? के यसको मुक्तिसँग कुनै सम्बन्ध छ? (छ।) तैँले दिनभरि शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्नुको अर्थ के हो? यसले मुक्ति प्राप्त गर्ने कुरामा प्रश्न चिह्न लगाइदिन्छ र त्यो हासिल गर्न कठिन बनाइदिन्छ। कतिपय मानिसले दश वर्षसम्म परमेश्‍वरमा विश्‍वास गरेका छन् र अझै पनि वचन र धर्मसिद्धान्तहरू प्रचार गरिरहेका छन्। अरूले बिस वर्षसम्म विश्‍वास गरेका छन् र तिनीहरू अझै पनि सत्यता वास्तविकतामा प्रवेश गरेका छैनन् र तिनीहरूलाई सत्यता वास्तविकताको अर्थ अझै थाहा छैन। के यी मानिसहरू खतरामा छन्? के तिनीहरूलाई मुक्ति दिन सकिन्छ कि सकिँदैन भन्‍ने कुरा अस्पष्ट छ? (हो।) ल भन् त, बराबर समय विश्‍वास गरेकाहरूमध्ये कस्तो खालको व्यक्तिसँग मुक्ति प्राप्त गर्ने झन् ठुलो मौका र झन् बढी आशा हुन्छ? शब्द र धर्मसिद्धान्तहरू प्रचार गर्ने मानिसहरूसँग कि सत्यता वास्तविकता भएका मानिसहरूसँग? (सत्यता वास्तविकता भएका मानिसहरूसँग।) यो प्रस्टै छ। त्यसोभए तिमीहरू कस्ता खालका मानिस हुन चाहन्छौ? (सत्यता वास्तविकता भएका मानिस।) कोही कसरी सत्यता वास्तविकता भएको व्यक्ति हुन सक्छ? (वास्तवमा परमेश्‍वरको वचनअनुसार अभ्यास गरेर।) (आफ्नो पूरै हृदय, शक्ति र मन लगाएर परमेश्‍वरका मापदण्डहरूअनुसार आफ्नो कर्तव्य निभाएर र उहाँलाई सन्तुष्ट पार्ने कसर बाँकी नराखेर।) ठिक भनिस्। यदि परमेश्‍वरले तँलाई जे गर् भन्‍नुहुन्छ तैँले त्यही गर्छस् भने, सत्यता प्राप्त गर्नेछस्। यो केसँग सम्बन्धित छ? यो व्यक्तिको परिणाम र गन्तव्यसँग सम्बन्धित छ। कतिपय मानिस मूर्ख र दम्भी हुन्छन्, र तिनीहरूलाई आफूले कति कुरा गुमाएको छ वा कस्तो क्षति भोगेको छ भन्‍नेसमेत थाहा हुँदैन। तिनीहरू पतरपतर बोलिरहन्छन् अनि शब्द र धर्मसिद्धान्तहरू प्रचार गरिरहन्छन्, र तिनीहरूलाई आफू खतराको मुखमा परेको कुरा अझै थाहा हुँदैन! मुक्ति दिइन नसक्नेहरूको अन्त्य कस्तो हुन्छ? सर्वप्रथम, तिनीहरू परमेश्‍वरद्वारा हटाइनेछन्, र अझै अगाडि हेर्दा, तिनीहरूको अन्त्य कस्तो हुन्छ? (अधोगति र विनाश।) तिनीहरूको परिणाम यही हो, तिनीहरूको गन्तव्य यही हो। यदि मानिसहरू परमेश्‍वरमा विश्‍वास गर्छन् र यस्तो अन्त्य भोग्छन् भने, के परमेश्‍वरमा विश्‍वास गर्नुको तिनीहरूको मूल अभिप्राय यही हो त? (होइन।) कसैले पनि आफ्नो अन्त्य यस्तो होस् भन्‍ने चाहँदैन। यदि तँ त्यस्तो अन्त्य चाहँदैनस् भने, त्यो मार्ग नपछ्या। तैँले सत्यता पछ्याउने मार्ग पछ्याउनुपर्छ अनि मात्र मुक्ति प्राप्त गर्न सक्नेछस्।

यदि मानिसहरूले आखिरी दिनहरूको काम प्राप्त गर्न सकेनन् भने, तिनीहरू पूर्णतया सकिनेछन् र तिनीहरूले अर्को मौका पाउनेछैनन्। त्यो अनुग्रहको युगको काम जस्तो होइन, जहाँ यदि कुनै व्यक्तिले त्यो प्राप्त गरेन भने, ऊ जुन देशमा जन्मेको भए पनि, उसले अझै आखिरी दिनहरूमा परमेश्‍वरको काम प्राप्त गर्ने अवसरको प्रतीक्षा गर्न सक्थ्यो। परमेश्‍वरका आखिरी दिनहरूको कामको अन्त्य भनेको उहाँको व्यवस्थापन योजनाको अन्त्य हो, र अन्त्य भन्‍नुको अर्थ के हो त? त्यसको अर्थ उहाँले हर व्यक्तिको अन्त्य निर्धारण गर्नुहुनेछ, र सबै कुराको र मानवजातिको अन्त्य नजिकै छ भन्‍ने हो। परमेश्‍वरको काम यो चरणमा पुगेको छ, र यदि मानिसहरूको हृदयमा यो दर्शन छैन भने, यदि तिनीहरू सधैँ अलमलिन्छन् र झाराटारुवा तरिकाले आफ्नो कर्तव्य निर्वाह गर्छन् भने, यदि तिनीहरू सत्यता पछ्याइलाई गम्भीरतापूर्वक लिन सक्दैनन् र आफूले विश्‍वास गरेमा मुक्ति पाइनेछ भन्ठान्छन् भने, तिनीहरूले मुक्तिको अन्तिम मौका गुमाउनेछन्। कुनै दिन जब ठुला विपत्तिहरू आइपर्छन् र काम पूर्णतया सकिएको हुन्छ, तब परमेश्‍वरले त्यसउप्रान्त मानिसहरूलाई सत्यताद्वारा मलजल र भरणपोषण गर्ने काम गर्नुहुनेछैन। त्यस बेला परमेश्‍वरले मानवजातिलाई कस्तो स्वभावले सामना गर्नुहुनेछ, के तँलाई थाहा छ? उहाँको क्रोध तीव्र हुनेछ र उहाँको धर्मी स्वभाव सबै मानवजातिसामु पहिला कहिल्यै प्रकट नगरिएको तरिकाले प्रकट हुनेछ। मानवजातिका लागि यो नै अन्तिम महाविपत्ति हुनेछ। अहिलेको समय परमेश्‍वरले मानिसहरूलाई मुक्ति दिने काम गरिरहनुभएको समय हो। उहाँ धैर्यशील, सहनशील, र प्रतीक्षार्थी रहिआउनुभएको छ। केका लागि प्रतीक्षा गर्नुहुन्छ? उहाँ आफ्ना पूर्वनिर्धारित मानिसहरू, आफ्ना चुनिएका मानिसहरू, उहाँले मुक्ति दिन चाहने मानिसहरू उहाँसामु आऊन्, तिनीहरूले उहाँको न्याय र सजाय अनि मुक्ति स्विकारून् भन्‍ने प्रतीक्षामा हुनुहुन्छ। जब यी मानिसहरू पूर्ण तुल्याइएका हुन्छन्, तब परमेश्‍वरको महान् काम पूरा हुनेछ, र परमेश्‍वरले त्यसउप्रान्त मानवजातिलाई मुक्ति दिने काम गर्नुहुनेछैन। यो नोआको समय होइन, न त यो सदोमको विनाशको समय वा संसारको सृष्टिको समय नै हो। बरु, यो त संसारको अन्त्य हुने समय हो। कतिपय मानिस अझै सपना देखिरहेका छन्, तिनीहरूलाई परमेश्‍वरको मुक्तिको काम कुन चरणमा पुगेको छ भन्‍ने थाहा छैन। तिनीहरूले परमेश्‍वरको देखापराइ र काम प्राप्त गरेका भए पनि, अझै हतार गर्दैनन्, तिनीहरू अलमल्ल भएर बस्छन् र त्यसलाई गम्भीरताका साथ लिँदैनन्। यस चरणको काम सकिएपछि, व्यक्तिको परिणाम जे हो त्यही नै हुनेछ र त्यो परिवर्तन हुनेछैन। मान्छे मूर्ख छ र अझै “ठिक छ, परमेश्‍वरले हामीलाई अर्को मौका दिनुहुनेछ” भनी सोच्छ! मौकाहरू परमेश्‍वरको कामको दौरान दिइन्छन्। यो युग नै समाप्त भएपछि अर्को मौका कसरी मिल्न सक्छ? के त्यो सपना मात्र होइन र?

अघिल्लो: परमेश्‍वरले मानिसहरूका परिणामहरू कसरी निर्धारण गर्नुहुन्छ भन्‍नेसम्बन्धी वचनहरू

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्