235 मानिसको सोच ज्यादा रुढिवादी छ

पद १

परमेश्‍वरको कार्य सधैँ अघि बढ्छ।

उहाँको उद्देश्य नबदलिए पनि,

उहाँको कामको तरिका सधैँ बदलिरहन्छ,

त्यसैले उहाँलाई पछ्याउने पनि बदलिरहन्छन्।

उहाँले जति काम गर्नुहुन्छ,

त्यति राम्ररी मानिसले उहाँलाई जान्दछ।

उहाँको कामद्वारा उसको स्वभाव पनि बदलिन्छ।


पद २

उहाँको काम बदलिरहने हुँदा,

पवित्र आत्माले गर्नुहुने

काम नचिन्नेहरू

र सत्यता नजान्ने बेतुकाहरू

परमेश्‍वरलाई विरोध गर्न थाल्छन्।

उहाँको कामले मानव धारणा मान्दैन,

उहाँको काम पुरानो हुन्न, सधैँ नयाँ हुन्छ।


कोरस

परमेश्‍वर पुरानो काम दोहोर्याउनुहुन्न,

बरु सधैँ अघि बढ्नुहुन्छ।

मानिस उहाँको विगतको कामको आधारमा

उहाँको वर्तमान कामलाई न्याय गर्छ।

नयाँ युगको कामको हरेक चरण गर्न

उहाँलाई गाह्रो भएको छ।

मानिसका धेरै समस्या छन्।

उसको सोच ज्यादा रूढिवादी छ!

सबै उहाँको कामलाई सीमित गर्छन्,

यद्यपी कोही त्यसलाई जान्दैनन्।


पद ३

मानिसले उहाँलाई पछाडि छोड्दा,

उसले जीवन र सत्य गुमाउँछ;

उहाँको आशिष गुमाउँछ।

उहाँले दिनुहुने सबै कुरा उसले अस्वीकार गर्छ।

व्यवस्थामुनि रहनुभएको र

क्रूसमा टाँगीनुभएको

परमेश्‍वर मात्र परमेश्‍वर हुन सक्नुहुन्छ भनी मानिस सोच्छन्।


पद ४

परमेश्‍वर बाइबल बाहिर जान सक्नुहुन्न

र जान मिल्दैन भनी ती सोच्छन्,

त्यसैले तिनीहरू पुरानो व्यवस्था,

पुराना, मृत नियममा बाँधिएका छन्।

उहाँको जे नयाँ काम भएपनि,

अगमवाणीद्वारा पुष्टि हुनैपर्छ,

भनी विश्‍वास गर्ने अझै धेरै छन्।


ब्रिज

ती विश्‍वास गर्छन् कि नयाँ कामको हरेक चरणमा,

उहाँलाई “साँचो” हृदयले पछ्याउने सबैलाई

प्रकाश देखाइनु पर्छ,

नत्र त्यो काम उहाँको काम हुन सक्तैन।


पद ५

उहाँलाई चिन्न मानिसलाई गाह्रो छ।

त्यसमाथि उसको निरर्थक हृदय

र अहम्‌ताले उहाँको नयाँ काम

स्वीकार गर्न झन् गाह्रो बनाउँछ।

ऊ त्यसभित्र गहिरिएर हेर्दैन,

न त्यसलाई नम्रतापूर्वक स्वीकार्छ;

बरु, त्यसलाई अपमान साथ मात्र हेर्छ।


पूर्व कोरस

उहाँबाट प्रकाश र मार्गदर्शन कुरेर बस्छ।

के यो विद्रोह गर्नेहरूको आचरण होइन?

यस्ताले उहाँको स्वीकृति कसरी पाउँछन्?


कोरस

परमेश्‍वर पुरानो काम दोहोर्याउनुहुन्न,

बरु सधैँ अघि बढ्नुहुन्छ।

मानिस उहाँको विगतको कामको आधारमा

उहाँको वर्तमान कामलाई न्याय गर्छ।

नयाँ युगको कामको हरेक चरण गर्न

उहाँलाई गाह्रो भएको छ।

मानिसका धेरै समस्या छन्।

उसको सोच ज्यादा रूढिवादी छ!

सबै उहाँको कामलाई सीमित गर्छन्,

यद्यपी कोही त्यसलाई जान्दैनन्।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “आफ्ना धारणाहरूमा परमेश्‍वरलाई सीमित गर्नेले परमेश्‍वरको प्रकाश कसरी प्राप्‍त गर्न सक्छ?” बाट परिमार्जित

अघिल्लो: 234 परमेश्‍वरका विश्‍वासीहरूले उहाँको आजको इच्छा खोज्नुपर्छ

अर्को: 236 के पवित्र आत्माको नयाँ काम स्वीकार नगर्नेहरू, परमेश्‍वर देखा पर्नुभएको देख्न सक्छन्?

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्