914 सबै थोक सृष्टिकर्ताको अख्तियारका प्रकटीकरण हुन्
पद १
यस नयाँ संसारमा, मानिस भन्दा अघि,
सृष्टिकर्ताले बिहान र रात तयार गर्नुभयो।
उहाँले वायुमण्डल, भूमि, समुद्र, घाँसपात,
बोट-बिरुवा, सब रूखहरू तयार गर्नुभयो।
पद २
चाँडै सृष्टि गर्नुहुने नयाँ जीवनको लागि ज्योति,
ऋतु, वर्ष र दिनहरू तयार गर्नुभयो।
सृष्टिकर्ताको अख्तियार, शक्ति उहाँद्वारा सृजित
हरेक नयाँ कुराद्वारा व्यक्त गरिएका थिए।
कोरस
उहाँका हरेक विचार, वाणी, उहाँको शक्तिको
प्रत्येक प्रकटीकरण, सबथोकमाझ उत्कृष्ट कार्य हो,
मानिसको गहन बुझाइ र ज्ञानको निम्ति
सबभन्दा योग्य महान् कार्य हो।
पद ३
कुनै पनि अन्तराल वा विसंगति बिना,
उहाँका वचन र उपलब्धि एकैसाथ आए।
सबै नयाँ कुराको प्रकटीकरण र जन्म
सृष्टिकर्ताको अख्तियारको प्रमाण थिए।
पद ४
उहाँको वचन पक्का छ, त्यो हासिल हुनेछ।
हासिल कुरा अनन्तको लागि रहनेछ।
यो तथ्य विगत वा आज परिवर्तन भएको छैन।
र अनन्तको लागि यो यस्तै हुनेछ।
कोरस
उहाँका हरेक विचार, वाणी, उहाँको शक्तिको
प्रत्येक प्रकटीकरण, सबथोकमाझ उत्कृष्ट कार्य हो,
मानिसको गहन बुझाइ र ज्ञानको निम्ति
सबभन्दा योग्य महान् कार्य हो।
ब्रिज
सृष्टिकर्ताको शक्ति, अख्तियारले निरन्तर
चमत्कार माथि चमत्कार उत्पन्न गर्छ।
मानिसको ध्यान आकर्षण गर्नुहुन्छ, जो उहाँको अख्तियारबाट
प्रयोगबाट जन्मिएका अचम्मलाग्दो कार्य हेरेको-हेरै हुन्छन्।
पद ५
उहाँको अभूतपूर्व शक्तिले प्रसन्नता ल्याउँछ।
मानिस चकित, हर्षित, प्रसन्न हुन्छ।
मानिस उत्प्रेरित, चकित हुन्छ, वाहवाही गर्छ।
मानिसभित्र आदर र सम्मान प्रकट हुन्छ।
कोरस
उहाँका हरेक विचार, वाणी, उहाँको शक्तिको
प्रत्येक प्रकटीकरण, सबथोकमाझ उत्कृष्ट कार्य हो,
मानिसको गहन बुझाइ र ज्ञानको निम्ति
सबभन्दा योग्य महान् कार्य हो।
अन्त्य
सृष्टिकर्ताको अख्तियार र कार्यले मानिसको आत्मा चकित पार्छन्।
सृष्टिकर्ताको अख्तियार र कार्यले मानिसको आत्मालाई धुन्छन्।
सृष्टिकर्ताको अख्तियार र कार्यले मानिसको आत्मालाई सन्तुष्ट पार्छन्।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वर स्वयम् अद्वितीय १” बाट परिमार्जित