449 पवित्र आत्माको कामको प्रकटीकरण
पद १
पवित्र आत्माले मानिसलाई अन्तर्दृष्टि दिनुहुँदा,
उहाँ सामान्यतया तिनलाई
परमेश्वरको काम, तिनको वास्तविक प्रवेश
र स्थितिको ज्ञान दिनुहुन्छ।
उहाँको अत्यावश्यक अभिप्राय र आज मानिसको लागि
उहाँका माग पनि बुझ्ने तुल्याउनुहुन्छ।
कोरस १
ताकि तिनमा, उहाँलाई सन्तुष्ट पार्न
सबै बलिदान गर्ने, कठिनाइमा
र सतावटमा पनि प्रेम गर्ने,
साक्षीको रूपमा खडा हुने,
पछुतो बिना जीवन अर्पने;
यी सब गर्ने संकल्प होस्।
पद २
तिमीमा यस्तो संकल्प भएमा, त्यसको मतलब:
पवित्र आत्माको उत्प्रेरणा र काम छ।
तैपनि, तिमीलाई थाहा हुनुपर्छ कि हरेक क्षणमा
तिमीसँग यस्ता उत्प्रेरणा हुँदैनन्।
पद ३
जब प्रार्थना गर्छौ र उहाँका वचन खान्छौ र पिउँछौ,
उत्प्रेरित महसुस गर्न सक्छौ।
अरूले उहाँका वचनबारे सङ्गति गर्दा,
तिमीलाई निकै ताजा, नयाँ महसुस हुन्छ
र हृदय पूर्णतः सफा र उज्ज्यालो हुन्छ।
यो सब पवित्र आत्माको काम हो।
कोरस २
शायद तिमी अगुवा हौ र
मण्डलीमा काम गर्न जाँदा
पवित्र आत्माले तिमीलाई
असाधारण अन्तर्दृष्टि दिनुहुन्छ।
मण्डलीका समस्याबारे अन्तरज्ञान र
तिनलाई समाधान गर्ने सत्यको ज्ञान पाउँछौ।
अन्त्य
तिमी आफ्नो काममा अविश्वसनीय रूपमा
इमान्दार र गम्भीर हुन सक्षम छौ।
हो, यो सबै पवित्र आत्माको
कामको प्रकटीकरण हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “अभ्यास (१)” बाट परिमार्जित