786 मानिस परमेश्‍वरलाई उहाँको वचनको अनुभवद्वारा चिन्छ

पद १

परमेश्‍वरको सार, स्वभाव, उहाँसँग जे छ, जे हुनुहुन्छ,

मानिसलाई भन्नुहुने वचनमा सब व्यक्त छ।

व्यवहारमा लागु गर्दा मानिसले वचनको

उद्देश्य, स्रोत, र अपेक्षित प्रभाव बुझ्नेछ।

सत्यता र जीवन पाउन, स्वभाव बदल्न,

उहाँको इच्छा बुझ्न, नियम, प्रबन्ध

पालन गर्न सक्षम हुन, मानिसले अनुभव,

बोध र प्राप्त गर्नैपर्ने कुरा यी सब हुन्।


कोरस १

पाइला दर पाइला, उसले परमेश्‍वरलाई बुझ्नेछ,

उहाँबारे विभिन्न तहको ज्ञान प्राप्त गर्नेछ।


पद २

वचनको अनुभव, महसुस, पुष्टि गरी

उहाँलाई साँच्चै चिन्ने प्रक्रिया नै मानिस र उहाँबीचको

साँचो सङ्गति हो, जहाँ मानिसले

उहाँका अभिप्राय बुझ्छ, उहाँसँग जे छ र

उहाँ जे हुनुहुन्छ साँच्चै बुझ्छ, उहाँको

सार र स्वभाव जान्दछ, उहाँको सबथोक

माथिको प्रभुत्वबारे पक्का र

उहाँको पहिचान र स्थानबारे स्पष्ट हुन्छ।


कोरस २

मानिसको उहाँप्रतिको वास्ता, आज्ञापालन बढ्नेछ,

उसको आदर झन् वास्तविक, गहन हुँदै जानेछ।


ब्रिज

यो सङ्गतिमा, मानिसले सत्यताको

आपूर्ति, जीवनको बप्तिस्मा मात्र होइन,

तर उहाँबारे साँचो ज्ञान पनि पाउनेछ,

रूपान्तरित हुनेछ, मुक्ति पाउनेछ।

सृजित प्राणीले उहाँप्रति गर्नुपर्ने

साँचो आदर र आराधना विकास गर्नेछ।

यो सङ्गतिले मानिस परिपक्व र

बिस्तारै रूपान्तरित हुनेछ।


पद ३

उसको विश्‍वास अस्पष्ट विश्‍वासबाट साँचो

आज्ञापालन, वास्ता, आदरमा बदलिनेछ।

उहाँलाई निष्क्रिय रूपमा पछ्याउनेछैन,

बरू सकारात्मक कार्य गर्नेछ।


कोरस ३

यो सङ्गतिसाथ मात्र मानिस उहाँबारे

साँचो बुझाइ र ज्ञानमा पुग्नेछ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “प्रस्तावना” बाट परिमार्जित

अघिल्लो: 783 सृजित प्राणीहरूको लागि परमेश्‍वरलाई चिन्नु सर्वोच्च सम्मान हो

अर्को: 789 तिमीले परमेश्‍वरलाई उहाँको कामद्वारा चिन्नुपर्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्