73 न्याय र सजायले प्रकट गर्छन् परमेश्वरको मुक्ति
पद १
परमेश्वरले न्याय, निन्दा गर्नुहुन्छ र सजाय दिनुहुन्छ
ताकि तिमीले आफू र आफ्नो मूल्य चिन्न सक,
आफ्नो स्वभाव परिवर्तन गर्न सक,
अनि देख्नेछौ कि उहाँका सबै कार्य
धर्मी रूपमा र
उहाँको स्वभाव र कामको आवश्यकता अनुरूप गरिएका छन्।
पूर्व कोरस
तिमीले जान्नेछौ कि उहाँ नै धर्मी परमेश्वर हुनुहुन्छ,
जो प्रेम, न्याय गर्नुहुन्छ र सजाय दिनुहुन्छ,
र मानव मुक्तिको लागि आफ्नो योजना अनुरूप काम गर्नुहुन्छ।
कोरस
उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,
उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।
पद २
यदि तिमीलाई थाहा छ कि तिमी तल्लो दर्जाको,
भ्रष्ट र अनाज्ञाकारी छौ,
तर थाहा छैन कि उहाँले तिमीमा गर्नुहुने
न्याय र सजायद्वारा उहाँको मुक्ति
प्रकट गर्न चाहनुहुन्छ,
तब अनुभव गर्न र अगाडि बढ्न सक्तैनौ।
कोरस
उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,
उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।
ब्रिज
६ हजार वर्षे योजनाको अन्त्यसम्म,
हरेक मानिसको परिणाम प्रकट नगर्नुहुँदासम्म,
पृथ्वीमा उहाँको काम मुक्तिको हुनेछ—
उहाँलाई प्रेम गर्नेलाई पूर्णता दिन
र आफ्नो प्रभुत्वको समर्पणतामा ल्याउन।
कोरस
उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,
उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो।
उहाँ मानवलाई मार्न वा नाश गर्न आउनुभएको होइन,
उहाँ त न्याय गर्न, सराप्न, सजाय र मुक्ति दिन आउनुभएको हो, आउनुभएको हो।
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “तैँले प्रतिष्ठाका आशिष्हरूलाई पन्छ्याउनुपर्छ र मानिसको निम्ति मुक्ति ल्याउने परमेश्वरको इच्छालाई बुझ्नुपर्छ” बाट परिमार्जित