79 न्यायको काम परमेश्‍वर आफैँले गर्नुपर्छ

पद १

सत्यद्वारा मानवलाई विजय गर्नु न्याय हो,

त्यसैले मानिसमाझ काम गर्न परमेश्‍वर देहधारी हुनुहुन्छ भन्ने पक्का हो।

मतलब आखिरी दिनहरूमा ख्रीष्टले सत्यताद्वारा

सबैलाई सिकाउनुहुनेछ र

सबै सत्यताको ज्ञात गराउनुहुनेछ।

यही हो उहाँको न्यायको काम।


पद २

धेरैले उहाँको दोस्रो देहधारणलाई असहज मान्छन्।

न्यायको काम गर्न उहाँ देहधारी हुनुहुनेछ भनी

मानिस पत्याउँदैनन्, तर उहाँले भन्नैपर्छ कि

उहाँको काम तिनको अपेक्षाभन्दा माथि छ,

र तिनलाई स्वीकार्न गाह्रो छ।

किनकि मानिस पृथ्वीका किरा मात्र हुन्

जबकि उहाँ सर्वोच्च।


पूर्व कोरस १

ब्रह्माण्डलाई भर्नुहुने परमेश्‍वर हुनुहुन्छ।

मानिसको मन फोहोर पानीको खाडल,

किरा मात्रै जन्माउँछ, जबकि

उहाँको सोचबाट आएको

कामको हरेक चरणमा

उहाँको बुद्धिको सार छ।


कोरस

न्यायको काम उहाँको मात्र हो;

यो केवल उहाँले आफैले मात्रै गर्नुपर्छ।

उहाँको स्थानमा मानिसले गर्न सक्तैन।


पद ३

मानिस उहाँसँग जुद्न चाहन्छ, स्पष्ट छ को हार्नेछ।

आफूलाई सुनभन्दा मूल्यवान नठान भनी उहाँ सम्झाउनुहुन्छ।

कसैले उहाँको न्याय स्वीकार्छ भने तिमी किन सक्तैनौ?

अरूभन्दा कति माथि छौ जस्तो लाग्छ?

सत्य सामु अरू झुक्छन् भने,

तिमी किन सक्तैनौ?

उहाँको काम रोक्न सकिन्न।


पूर्व कोरस २

तिम्रो केही “योगदान” को कारण उहाँ

आफ्नो न्यायको काम दोहोर्याउनुहुन्न,

र यति बहुमूल्य मौका गुमाएकोले

तिमी पछुतोमा गाडिनेछौ।


कोरस

न्यायको काम उहाँको मात्र हो;

यो केवल उहाँले आफैले मात्रै गर्नुपर्छ।

उहाँको स्थानमा मानिसले गर्न सक्तैन।


ब्रिज

तिमी उहाँको वचन विश्‍वास गर्दैनौ भने

स्वर्गको ठूलो सेतो सिंहासनले न्याय नगरुन्जेल पर्ख!

जान कि सबै इस्राएलीले येशूलाई नकारे पनि,

उहाँले मानिसलाई छुटकारा दिनुभएको तथ्य

विश्‍वभर र पृथ्वीको अन्त्यसम्म फैलियो।

के यो उहाँले पहिल्यै बनाउनुभएको यथार्थ होइन?

यदि अझै स्वर्ग लानुहुन्छ भनी येशूलाई पर्खिरहेका छौ भने

तिमी जिद्दी व्यक्ति हौ।

तिमी येशूले अस्वीकार गर्नुहुने, सत्यप्रति अवफादार,

आशिषमात्र खोज्ने, झूटा विश्‍वासी हौ।

उहाँले कृपा देखाउनुहुनेछैन,

तिमीलाई हजारौँ वर्षसम्म जल्नलाई आगोको

कुण्डमा फालिदिनुहुनेछ।


कोरस

न्यायको काम उहाँको मात्र हो;

यो केवल उहाँले आफैले मात्रै गर्नुपर्छ।

उहाँको स्थानमा मानिसले गर्न सक्तैन, अहँ सक्तैन।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “ख्रीष्टले सत्यताद्वारा न्यायको काम गर्नुहुन्छ” बाट परिमार्जित

अघिल्लो: 77 परमेश्‍वरको न्यायले उहाँको धार्मिकता र पवित्रता प्रकट गर्छ

अर्को: 81 आखिरी दिनहरूको न्याय युगलाई समापन गर्ने कार्य हो

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्