६५. म यति व्यस्त हुनुको कारण

म मण्डलीमा मलजल टोलीको अगुवा हुँ। मलाई योग्य र सक्षम टोली अगुवा बन्न चाहने जोकोहीले सबै कुरा आफैँले सम्हाल्नुपर्छ भन्‍ने लाग्थ्यो, र मैले आफूबाट पनि त्यति नै अपेक्षा गरेको थिएँ। हाम्रो टोलीमा केही गर्नुपर्नेछ भन्‍ने थाहा पाउनासाथ, चाहे त्यो ठूलो होस् वा सानो, म आफैँले त्यो गर्ने पहल गर्थें, जसमा केही सामान्य मामिलाहरू पनि पर्थे। म त मेरा दाजुभाइ-दिदीबहिनीहरूले गर्न सक्ने कामहरू पनि उदारतापूर्वक यसो भन्दै आफ्नै जिम्मामा लिन्थें, “यो म गरिदिन्छु, तपाईंले गर्नुपर्दैन।” जब यस्तो हुन्थ्यो, मलाई एक अवर्णनीय गर्वको अनुभूति हुन्थ्यो, र म साँच्चै नै एक ख्याल गर्ने र जिम्मेवार टोली अगुवा हुँ भन्‍ने लाग्थ्यो। समय बित्दै जाँदा, मेरा दाजुभाइ-दिदीबहिनीहरूलाई कुनै पनि प्रकारको समस्या पर्दा मकहाँ आउन थाले। मेरा सुपरिवेक्षकले पनि मैले कर्तव्य निर्वाह गर्न लामो समय खर्चेको र कष्ट सहन र मूल्य चुकाउन सकेकोमा मेरो प्रशंसा गर्नुभयो। यो सुनेर मलाई निकै सन्तुष्टि मिल्यो, किनकि यसले मलाई साँच्चै नै एक सक्षम टोली अगुवा भएको महसुस गरायो।

पछि, धेरैभन्दा धेरै नयाँ विश्‍वासीहरूले परमेश्‍वरको आखिरी दिनहरूको कामलाई स्वीकार गरे, र मैले पहिलेभन्दा धेरै नव-प्रवेशीहरूलाई मलजल गर्नुपर्ने भयो। हरेक दिन नयाँ विश्‍वासीहरूसँग भेला हुनुका साथै, म उनीहरूलाई तालिम पनि दिन्थेँ, उनीहरूलाई भेला कसरी सञ्चालन गर्ने, सुसमाचार कसरी फैलाउने, इत्यादि कुराहरू सिकाउँथेँ। मेरो कार्यतालिका पहिल्यै धेरै व्यस्त थियो, त्यसमाथि मेरो टोलीका दाजुभाइ-दिदीबहिनीहरूले नयाँ विश्‍वासीहरूका लागि भेलाको प्रबन्ध गर्न पनि मेरो स्वीकृति चाहन्थे। यति धेरै काम भएकोले, म प्रायः यी सानातिना कुराहरूमा अल्झन्थें, जसले मेरो कार्यतालिकालाई बाधा पुर्‍याउँथ्यो र मलाई मेरो आत्मिक भक्तिमा सामेल हुन पनि फुर्सद हुँदैनथ्यो। म हरेक दिन निकै व्यस्त भए तापनि र कहिल्यै खाली नबस्ने भए तापनि, मैले प्राथमिकताका कामहरूमा धेरै ध्यान दिइरहेको थिइनँ। यसले मलाई प्रायः चिन्तित बनाउँथ्यो, तर यसबारे के गर्ने भन्‍ने मलाई थाहा थिएन। एकपटक, मेरी सहकर्मी सिस्टरले मलाई सोधिन्, “तपाईँ सधैँ व्यस्त छु भन्नुहुन्छ, तर तपाईँ वास्तवमा हरेक दिन के गर्नुहुन्छ?” मेरी सिस्टरको प्रश्न सुनेर, उनले मप्रति सहानुभूति नदेखाएकोमा म धेरै दुःखी भएँ। पछि, दाजुभाइ-दिदीबहिनीहरूले नयाँ विश्‍वासीहरूलाई मलजल गर्ने क्रममा समस्याहरूको सामना गर्दा र यसबारे मसँग कुरा गर्न आउँदा, म मनमनै गुनासो गर्थें, “यो त मलजल गर्नेहरू पोख्त हुनैपर्ने आधारभूत सिद्धान्त हो। यस्ता सामान्य समस्याहरू समाधान गर्न मकहाँ किन आउनुहुन्छ—के तपाईंहरू आफैँले गर्न सिक्न सक्नुहुन्न? के तपाईंहरू प्रयास गर्न चाहनुहुन्न?” म ती मामिलाहरूको वास्ता गरिरहन चाहन्नथें, र मलाई मेरा दाजुभाइ-दिदीबहिनीहरूले ती स्वतन्त्र रूपमा सम्हाल्नुपर्छ भन्‍ने लाग्यो। तर फेरि सोचें, “म टोली अगुवा हुँ। यदि मैले यी समस्याहरू सम्हालिनँ र दाजुभाइ-दिदीबहिनीहरूलाई नै सम्हाल्न दिएँ भने, के यसले टोली अगुवाका रूपमा मेरो मूल्यलाई कम गर्दैन र? के कसैले मैले आफ्नो जिम्मेवारी गरेको छैनँ र म आफ्नो कर्तव्यबाट पन्छिन्छु भन्लान् कि? यदि अगुवाले थाहा पाइन् भने, के उनले म असक्षम छु भन्लिन्? छोडिदिऊँ—यदि यो मैले आफैँले गर्न सक्ने कुरा हो भने, म आफैँ गरिहाल्छु।” त्यसैले प्रायः म टोलीका सबै काम आफैँ गर्थें, भेलाको बन्दोबस्त गर्ने, नयाँ विश्‍वासीहरूको समस्या समाधान गर्ने जस्ता ठूला कामदेखि लिएर, दाजुभाइ-दिदीबहिनीहरूलाई सन्देश प्रसार गर्न मद्दत गर्ने, र सामान्य मामिलाहरू सम्हाल्नका लागि मानिसहरू खोज्ने जस्ता सानातिना कामहरूसम्म गर्थेँ। खासै नचाहे पनि म यी कुरा गर्न हतारिन्थेँ, ताकि कसैले पनि टोली अगुवाका रूपमा ममाथि शङ्का नगरोस्। कहिलेकाहीँ एकैपटक धेरै कामहरू आइपर्दा मलाई कस्तो बयानै गर्न नसकिने गरी तनमन थाकेको र गलेको महसुस हुन्थ्यो। म केवल यसो सोचेर आफूलाई सान्त्वना दिन सक्थें, “आखिर म टोली अगुवा हुँ। टोली अगुवाहरू कडा परिश्रम गर्न इच्छुक हुनैपर्छ।” र त्यसरी नै, मैले ठूला र साना सबै मामिलाहरू आफ्नै हातमा लिइरहें, लगातार व्यस्तताको स्थितिमा जिइरहेँ। हरेक दिन दौडधुपमा व्यस्त हुनुले गर्दा, मैले केही दाजुभाइ-दिदीबहिनीहरूको प्रशंसा र अनुमोदन पाए तापनि, मेरो हृदयमा कुनै शान्ति वा हर्ष थिएन। मलाई सधैँ लाग्थ्यो कि मैले आफ्नो कर्तव्यलाई लथालिङ्ग पारिरहेको छु, र धेरै महत्त्वपूर्ण कामहरू गर्न मसँग समय थिएन किनकि म सानातिना कुराहरूमा अल्झिएको थिएँ।

एकपटक, मैले आफ्ना कठिनाइहरू अगुवालाई बताएँ, र उनले मसँग सङ्गति गरेपछि मात्र मैले अभ्यासका केही सिद्धान्तहरू पाएँ। त्यतिबेला, अगुवाले भनिन्: “के तपाईँले अलि धेरै काम सम्हालिरहनुभएको छैन? यदि तपाईंले दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको आफ्नो काम गर्न दिनुहुन्न र सबै आफैँले बोक्नुहुन्छ भने, तपाईं अवश्यै व्यस्त हुनुहुनेछ। तपाईंले उनीहरूलाई केही कम महत्त्वपूर्ण कामहरूमा अभ्यास गर्न दिन सक्नुहुन्छ। उनीहरूले ती राम्रोसँग नगरे तापनि, यसले मण्डलीको काममा ठूलो असर पार्नेछैन। यदि यो साँच्चै अरू कसैले गर्न नसक्ने काम हो भने, तपाईँ आफैँले गर्नैपर्छ। तर यदि अरू मानिसहरूले गर्न सक्छन्, र तपाईँ उनीहरूलाई प्रयास गर्न वा अभ्यास गर्ने मौका दिनुहुन्न, र सबैकुरा आफैँले मात्र गर्नुहुन्छ भने, के तपाईँले उनीहरूलाई कम आँकिरहनुभएको र केवल आडम्बर देखाइरहनुभएको छैन र? त्यो त भ्रष्टताको प्रस्फुटन हो।” उनको सङ्गतिले मेरो स्थितिबारे ठीक ठाउँमा छोयो। पहिले म सोच्थेँ कि धेरै काम गर्नुले मैले बोझ बोकेको छु भन्‍ने देखाउँछ, तर मैले कहिल्यै आफ्ना कार्यहरू सिद्धान्तमा आधारित छन् कि छैनन्, वा त्यसमा मिसावट छ कि छैन भनेर चिन्तन गरिनँ। जब मैले यसबारे सोचें, मेरो कर्तव्यमा सबै कुरा आफैँले सम्हाल्ने मेरो गोप्य मनसाय त आडम्बर देखाउनु भएको, बोझ बोक्नु नभएको पाएँ। केही अवस्थाहरूमा, अरू मानिसहरूले काम गर्न नसक्ने वा उनीहरूसँग समय नभएको भन्‍ने थिएन, बरु, मैले जति धेरै काम गरें, उति धेरै सबैले मलाई अनुमोदन गर्नेछन्, र म जिम्मेवारी लिने र आफ्नो कर्तव्यमा बोझ बोक्ने एक सक्षम टोली अगुवा हुँ भनी भन्‍नेछन् भन्‍ने सोचेकाले त्यस्तो हुन्थ्यो। मैले आफ्नो कर्तव्य निर्वाहलाई अरूबाट प्रशंसा जित्ने माध्यमका रूपमा लिएको थिएँ। टोली अगुवाका रूपमा आफ्नो मूल्य देखाउन र अरूको हृदयमा स्थान पाउन “व्यस्त” रहें र “बोझ बोकें”। मेरो कर्तव्यमा गलत मनसाय भएकाले र सधैँ आफ्नो हैसियत जोगाउन चाहेकाले, टोलीका धेरै कामहरू मेरै काँधमा थिए, र मेरा दाजुभाइ-दिदीबहिनीहरूले अभ्यास गर्ने कुनै मौका पाएनन्। अनि मैले गर्न सक्ने कुराको सीमितता भएकाले, केही मुख्य कामहरूमा ढिलाइ हुन पुग्यो, जसले गर्दा मण्डलीको काम र दाजुभाइ-दिदीबहिनीहरूको जीवनमा हानि पुग्यो।

पछि, परमेश्‍वरका वचनहरू पढेपछि, मैले आफ्ना समस्याहरूबारे केही बुझाइ प्राप्त गरें। सर्वशक्तिमान्‌ परमेश्‍वर भन्‍नुहुन्छ: “कतिपय मानिसहरूले बोली प्रयोग गरी आफूबारे गवाही दिन्छन्, र आडम्बर देखाउने केही वचनहरू बोल्छन्, जबकि अरू मानिसहरूले व्यवहार प्रयोग गर्छन्। आफूबारे गवाही दिन व्यवहार प्रयोग गर्ने मानिसहरूका प्रकटीकरणहरू के-के हुन्? बाहिरबाट हेर्दा, तिनीहरू मानिसहरूका धारणाहरूसँग मेल खाने, मानिसहरूको ध्यान आकर्षित गर्ने, र मानिसहरूले निकै भद्र र नैतिक मापदण्डहरूअनुरूप भन्‍ठानेका केही व्यवहारमा संलग्न हुन्छन्। यी व्यवहारले मानिसहरूलाई तिनीहरू सम्मानजनक, निष्ठायुक्त, परमेश्‍वरलाई साँच्चै प्रेम गर्ने, निकै धर्मपरायण, र साँच्चै परमेश्‍वरको डर मान्‍ने हृदय भएका, र सत्यता पछ्याउने मानिसहरू हुन् भन्‍ने सोच्ने तुल्याउँछ। तिनीहरू मानिसहरूलाई बहकाउन प्रायः केही बाहिरी असल व्यवहार प्रदर्शन गर्छन्—के यसमा पनि आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनुको गन्ध आउँदैन र? मानिसहरूले प्रायः अरूलाई तिनीहरूबारे उच्च सोच्ने र तिनीहरूलाई सम्मानको दृष्टिले हेर्ने तुल्याउन शब्दहरूको माध्यमबाट, तिनीहरू कसरी जनमानसभन्दा भिन्‍न छन् र तिनीहरूसँग कसरी अरूभन्दा बुद्धिमानी विचारहरू छन् भनेर व्यक्त गर्न स्पष्ट बोली प्रयोग गर्दै आफूलाई उच्च पार्छन् र आफूबारे गवाही दिन्छन्। तर प्रत्यक्ष बोली संलग्न नभएका त्यस्ता केही विधिहरू छन्, जसमा मानिसहरूले तिनीहरू अरूभन्दा राम्रा छन् भनेर गवाही दिनुको सट्टा बाहिरी अभ्यासहरू प्रयोग गर्छन्। यसप्रकारका अभ्यासहरू राम्रोसित सोचविचार गरिएका हुन्छन्, तिनमा निश्‍चित अभिप्राय र मनसाय हुन्छन्, र ती निकै उद्देश्यपूर्ण हुन्छन्। तिनलाई राम्ररी बेरिएको र प्रशोधित गरिएको हुन्छ, त्यसैले मानिसहरूले देख्ने भनेका केही व्यवहार र अभ्यास मात्र हुन्, जुन मानिसहरूका धारणासँग मिल्ने, भद्र, धर्मपरायण, र सन्तको शिष्टतासँग मिल्ने, र परमेश्‍वरलाई प्रेम गर्ने, परमेश्‍वरको डर मान्‍ने, र सत्यतासँग मिल्नेसमेत हुन्छन्। यसले आफूलाई उच्च पार्ने र आफूबारे गवाही दिने र मानिसहरूलाई आफूबारे उच्च सोच्ने र आफूलाई आराधना गर्ने तुल्याउने उही उद्देश्य पूरा गर्छ। के तिमीहरूले कहिल्यै त्यस्तो कुरा सामना गरेका वा देखेका छौ? के तिमीहरूमा यी प्रकटीकरणहरू छन्? के मैले छलफल गरिरहेका यी कुरा र यो विषय वास्तविक जीवनभन्दा अलग छन्? वास्तवमा, ती अलग छैनन्। … कति मानिसहरूले त अबेरसम्म जागा रहेर कर्तव्य निर्वाह गर्नको लागि ऊर्जा बढाउन कफीसमेत पिउने गर्छन्। ब्रदर-सिस्टरहरू तिनीहरूको स्वास्थ्यबारे चिन्तित भएर तिनीहरूको लागि कुखुराको झोल पकाउँछन्। तिनीहरूले झोल पिइसकेपछि यसो भन्छन्, ‘परमेश्‍वरलाई धन्यवाद! मैले परमेश्‍वरको अनुग्रह प्राप्त गरेको छु। म यसको योग्य छैनँ। मैले यो खुकुराको झोल पिइसकेकोले मैले झनै दक्षतापूर्वक आफ्नो कर्तव्य निर्वाह गर्नुपर्छ!’ वास्तवमा, तिनीहरूले आफ्नो कुशलता कत्ति पनि नबढाई सधैँजसरी नै कर्तव्य निर्वाह गर्न जारी राख्छन्। के तिनीहरूले ढोँग गरिरहेका छैनन् र? तिनीहरूले ढोँग गरिरहेका छन्, र यस्तो खालको व्यवहार पनि गोप्य रूपमा आफूलाई उच्च पार्नु र आफूबारे गवाही दिनु हो; यसले हासिल गर्ने परिणाम भनेको मानिसहरूलाई तिनीहरूलाई अनुमोदन गर्ने, तिनीहरूबारे उच्च सोच्ने, र तिनीहरूका कट्टर अनुयायी बन्‍ने तुल्याउनु हो। यदि मानिसहरूमा यस्तो खालको मानसिकता भयो भने, के तिनीहरूले परमेश्‍वरलाई बिर्सेका हुँदैनन् र? त्यसउप्रान्त त तिनीहरूको हृदयमा परमेश्‍वर हुनुहुन्‍न, तब तिनीहरूले दिनरात कोबारे सोच्छन् त? तिनीहरूले आफ्नो ‘असल अगुवा’, आफ्नो ‘प्रिय’ बारे सोच्छन्। कति ख्रीष्टविरोधीहरू त सतहमा अधिकांश मानिसहरूप्रति निकै प्रेमिलो हुन्छन्, र तिनीहरूले बोल्दा केही शैलीहरू प्रयोग गर्छन्, ताकि मानिसहरूले तिनीहरू प्रेमिलो छन् भन्‍ने देखून्, र तिनीहरूको नजिक हुन इच्छुक होऊन्। तिनीहरू आफूनजिक आउने र आफूसँग कुराकानी गर्ने जोकोहीसित मुस्कुराउँछन्, र त्यस्ता मानिसहरूसँग निकै नम्र लबजमा कुरा गर्छन्। तिनीहरूले केही ब्रदर-सिस्टरहरू आफ्ना कार्यमा सिद्धान्तहीन भएको देख्दा, र फलस्वरूप मण्डलीको हितमा हानि पुग्‍दासमेत तिनीहरूलाई कति पनि काटछाँट गर्दैनन्, तिनीहरूलाई केवल अर्ती-उपदेश र सान्त्वना दिन्छन्, र तिनीहरूले कर्तव्य निर्वाह गरिरहँदा तिनीहरूलाई मनाउँछन्—तिनीहरूले सबैलाई आफूसामु नल्याउन्जेलसम्‍म मानिसहरूलाई मनाउने र फकाउने गरिरहन्छन्। मानिसहरू बिस्तारै यी मानिसहरूद्वारा प्रभावित हुन्छन्; सबैले तिनीहरूको प्रेमिलो हृदय अनुमोदन गर्छन्, र तिनीहरूलाई परमेश्‍वरलाई प्रेम गर्ने मानिसहरू भनेर बोलाउँछन्। अन्ततः सबैले तिनीहरूलाई आराधना गर्छन् र हरेक मामिलामा तिनीहरूको सङ्गति खोज्छन्, र तिनीहरूले यी ख्रीष्टविरोधीहरूलाई सम्पूर्ण रूपमा आफ्ना सबैभन्दा भित्री सोच र विचारहरू बताउँछन्, यति हदसम्म कि तिनीहरूले त्यसउप्रान्त परमेश्‍वरलाई आराधना गर्ने वा परमेश्‍वरका वचनमा सत्यता खोज्नेसमेत गर्दैनन्। के यी मानिसहरू यी ख्रीष्टविरोधीहरूद्वारा बहकिएका छैनन् र? यो ख्रीष्टविरोधीहरूले मानिसहरू बहकाउन प्रयोग गर्ने अर्को माध्यम हो। जब तिमीहरू यी व्यवहार र अभ्यासहरूमा संलग्न हुन्छौ, वा यी अभिप्रायहरू राख्छौ, के तिमीहरू यसमा समस्या छ भन्‍नेबारे सचेत हुन्छौ? अनि यसबारे सचेत भएपछि, के तैँले आफ्ना कार्यहरूको दिशा बदल्न सक्छस्? यदि तैँले सचेत भएपछि र आफ्ना व्यवहार, अभ्यास, वा अभिप्रायहरू समस्याजनक छन् भनेर जाँचेपछि, आत्मचिन्तन गर्न र साँचो पछुतो महसुस गर्न सक्छस् भने, यसले तैँले आफ्नो दिशा परिवर्तन गरेको छस् भन्‍ने प्रमाणित गर्छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु चार: तिनीहरू आफूलाई उचाल्छन् र आफ्नै गवाही दिन्छन्)। परमेश्‍वरका वचनहरूको प्रकाशबाट, मैले देखेँ कि मानिसहरू बाहिरी रूपमा मानिसका धारणाहरूसँग मिल्ने विभिन्न “असल” व्यवहारहरू अपनाउँछन्, ताकि अरूको प्रशंसा र सराहना पाउन सकियोस्, तर सारमा, यी व्यवहारहरू केवल गोप्य रूपले आफूलाई उचाल्ने र आफ्नो लागि गवाही दिने तरिका हुन्, जुन धेरै पाखण्डी कुरा हो र यसले मानिसहरूलाई सजिलै बहकाउन सक्छ। जब मैले यसबारे सोचें, मैले आफू त्यस्तै प्रकारको व्यक्ति भएको पाएँ। बाहिरबाट हेर्दा म हरेक दिन आफ्नो कर्तव्य पूरा गर्न व्यस्त, कष्ट सहने, मूल्य चुकाउने, र सबैकुरा आफैँले सम्हाल्ने देखिन्थें—म एक योग्य र सक्षम टोली अगुवा जस्तो देखिन्थें। तर ती सबैको पछाडि, मैले आफ्नै घृणित, गोप्य अभिप्राय पालेको थिएँ, जुन मानिसहरूको प्रशंसा पाउनु थियो। दाजुभाइ-दिदीबहिनीहरूले आफ्ना कर्तव्यहरूको सिलसिलामा ठूला-साना सबै प्रकारका कुराहरू मकहाँ सोध्न आउने, र सबै कुरा समाधान गर्न उनीहरू ममाथि नै भर पर्ने गरेको कुरा मैले सोचेँ, वास्तविकता त के थियो भने, तीमध्ये केही समस्याहरू उनीहरूले मेरो संलग्नता विना नै छलफल गरेर समाधान गर्न सक्थे। तर सबैले मलाई कत्ति विश्‍वास र प्रशंसा गर्छन् भन्‍ने सोचले, समय नभए तापनि, केवल आफ्नो मान र हैसियत जोगाउनका लागि, मलाई कामको प्राथमिकतालाई एकातिर पन्छाएर सबैकुरा आफैँ गर्न प्रेरित गर्थ्यो। कहिलेकाहीँ, मैले नयाँ विश्‍वासीहरूका लागि भेला सञ्चालन गर्न खाना नखाँदा, मेरा दिदीबहिनीहरूले मलाई खान जान आग्रह गर्थे। म वास्तवमा उनीहरूले म खाना खान नभ्याउने गरी कर्तव्यमा यति व्यस्त भएको देख्नेबारे सोचेर भित्रभित्रै खुसी हुन्थेँ। मलाई लाग्थ्यो कि उनीहरूले पक्कै मेरो प्रशंसा गर्छन् र मैले साँच्चै कठिनाइ सहन र मूल्य चुकाउन सक्छु, र म एक सक्षम टोली अगुवा हुँ भन्‍ने सोच्छन्। “व्यस्त” भएको कारणले, मैले विभिन्न प्रकारका “विशेषाधिकारहरू” पनि पाएँ र अरूको सान्त्वना पाएँ, जसलाई मैले आफ्ना केही विचलन र कमजोरीहरू ढाकछोप गर्न प्रयोग गरें। उदाहरणका लागि, यदि मैले जीवन अनुभवको गवाही लेख लेखिनँ भने, म आफैँलाई धेरै व्यस्त भएको भनेर त्यसको औचित्य सिद्ध गर्थेँ। जब मेरो जिम्मामा रहेका टोलीका केही कामहरू समयमा पूरा हुँदैनथे, म बहाना बनाउँथेँ र आफू धेरै व्यस्त भएकाले त्यसो भएको हो भन्थेँ। र जब मेरो कर्तव्यमा विचलन र त्रुटिहरू देखिन्थे र नयाँ विश्‍वासीहरूलाई मलजल गर्दा राम्रो नतिजा आइरहेको थिएन, म दाजुभाइ-दिदीबहिनीहरूसँग यही बहाना बनाउँथेँ ताकि उनीहरूले मलाई छुट दिऊन्। त्यसरी नै, म दिनभरि व्यस्त रहन्थें, मानिसहरूलाई म एक व्यस्त कार्यतालिका भएको असल टोली अगुवा हुँ भनेर देखाउँथें। मेरा सुपरिवेक्षकले मेरो सराहना गर्नुका साथै, केही दाजुभाइ-दिदीबहिनीहरूले पनि मेरो प्रशंसा गर्थे र ममाथि भर पर्थे। तैपनि, साथसाथै, मैले आफ्नो काममा भएका विचलन र त्रुटिहरूलाई पनि ढाकछोप गरिरहेको थिएँ। मेरो मनसाय साँच्चै घृणित थियो! दाजुभाइ-दिदीबहिनीहरू किन समस्या पर्दा मकहाँ आउन मन पराउँथे र सबै कुरा गर्न ममाथि नै भर पर्थे भन्‍नेबारे मैले सोचेँ—यो मुख्यतया मैले सबै कुरा आफैँले गर्ने प्रयास गरेकाले भएको थियो। मेरा दाजुभाइ-दिदीबहिनीहरूले मेरो प्रशंसा गर्थे, उनीहरूको हृदयमा मेरो स्थान थियो, र जबजब उनीहरूलाई समस्या आइपर्थ्यो, उनीहरूले परमेश्‍वरलाई प्रार्थना गरेर उहाँमा भर पर्दैनथे, न त सत्यका सिद्धान्तहरू नै खोज्थे, बरु मकहाँ नै सोध्न आउँथे। त्यसरी व्यस्त रहेर, म वास्तवमा केवल आफ्नो इच्छाअनुसार काम गरिरहेको थिएँ, गोप्य रूपमा धाक देखाइरहेको थिएँ, मानिसहरूको मन जितिरहेको थिएँ, र उनीहरूलाई परमेश्‍वरबाट टाढा राखिरहेको थिएँ।

त्यो बेला, मैले कुनै समय पढेको परमेश्‍वरका वचनहरूको एउटा खण्ड सम्झें: “कतिपय मानिसहरू परमेश्‍वरमाथिको आफ्नो विश्‍वासमा निकै उत्साहित देखिन्छन्। तिनीहरूले मण्डलीका मामलाहरूमा टेवा दिन र चासो लिन मन पराउँछन्, र तिनीहरू सधैँ अघि-अघि दौडिरहेका हुन्छन्। तैपनि, तिनीहरू अगुवा बनेपछि, अप्रत्याशित रूपमा, सबैलाई निराश तुल्याउँछन्। तिनीहरूले परमेश्‍वरका चुनिएका मानिसहरूका व्यावहारिक समस्याहरू समाधान गर्ने कार्यमा ध्यान दिँदैनन्, बरु आफ्नै प्रतिष्ठा र हैसियतका खातिर कार्य गर्न सक्दो प्रयास गर्छन्। तिनीहरू अरूले तिनीहरूलाई सम्मान गरून् भनेर धाक लगाउन मन पराउँछन्, र आफूलाई कसरी परमेश्‍वरका लागि समर्पित गर्छन् र कष्ट भोग्छन् भन्‍ने कुरा सधैँ गरिरहन्छन्, तैपनि तिनीहरूले सत्यताको पछ्याइमा र आफ्नो जीवन प्रवेशमा आफ्ना प्रयास लगाउँदैनन्। कसैले पनि तिनीहरूबाट यो अपेक्षा गरेको हुँदैन। तिनीहरूले आफूलाई आफ्नो काममा व्यस्त राखे पनि, हरेक अवसरमा धाक लगाए पनि, केही वचन र धर्मसिद्धान्तहरू प्रचार गरे पनि, कतिपय मानिसहरूको सम्मान र आराधना प्राप्त गरे पनि, मानिसहरूको हृदय बहकाए पनि, र आफ्नो हैसियतलाई दह्रिलो बनाए पनि, अन्त्यमा यसको परिणाम के हुन्छ? यी मानिसहरूले अरूलाई घुस दिन साना-साना निगाहहरू प्रयोग गरे पनि, वा आफ्नो वरदान र क्षमताहरूको धाक लगाए पनि, वा मानिसहरूलाई बहकाउन र यसरी तिनीहरूमा आफूबारे असल राय बनाउन विभिन्‍न विधिहरू प्रयोग गरे पनि, तिनीहरूले मानिसहरूको हृदय जित्न र यसमा स्थान ओगट्न जुनसुकै विधि प्रयोग गरे पनि, तिनीहरूले के गुमाएका हुन्छन्? तिनीहरूले अगुवाको कर्तव्य निर्वाह गर्ने क्रममा सत्यता प्राप्त गर्ने अवसर गुमाएका हुन्छन्। साथै, तिनीहरूको विभिन्‍न प्रकटीकरणहरूका कारण, तिनीहरूले तिनीहरूको अन्तिम परिणाम ल्याउने दुष्ट कार्यहरू पनि बटुलेका हुन्छन्। चाहे तिनीहरूले मानिसहरूलाई घुस दिन र फन्दामा पार्न साना-साना निगाहहरू प्रयोग गरिरहेका भए पनि, वा धाक देखाइरहेका भए पनि, वा मानिसहरूलाई बहकाउनका लागि देखावटी रूप प्रयोग गरिरहेका भए पनि, र तिनीहरूले यसो गरेर बाहिरी रूपमा जतिसुकै फाइदा र सन्तुष्टि प्राप्त गरेको झैँ देखिए पनि, अहिले यसलाई हेर्दा, के यो मार्ग सही हो? के यो सत्यताको खोजी गर्ने मार्ग हो? के यो व्यक्तिलाई मुक्ति दिलाउन सक्ने मार्ग हो? स्पष्ट छ, होइन। यी विधि र चलाकीहरू जति नै चलाख भए पनि, तिनले परमेश्‍वरलाई छल गर्न सक्दैनन्, र ती सबैलाई अन्तिममा परमेश्‍वरले निन्दा र घृणा गर्नुहुन्छ, किनभने त्यस्ता व्यवहारहरूको पछाडि मानिसको महत्त्वाकाङ्क्षा र परमेश्‍वर विरुद्ध शत्रुताको मनोवृत्ति र सार लुकेको हुन्छ। परमेश्‍वरको हृदयमा, उहाँले यी मानिसहरूलाई आफ्नो कर्तव्य निर्वाह गरिरहेका मानिसहरू भनेर कहिल्यै पनि चिन्‍नुहुन्‍न, बरु तिनीहरूलाई दुष्कर्मीहरूका रूपमा परिभाषित गर्नुहुन्छ। दुष्कर्मीहरूसँग व्यवहार गर्दा परमेश्‍वरले के फैसला सुनाउनुहुन्छ? ‘हे अधर्म काम गर्नेहरू हो, मबाट दूर होओ।’ परमेश्‍वरले ‘मबाट दूर होओ’ भनेर भन्‍नुहुँदा, उहाँ त्यस्ता मानिसहरू कहाँ जाऊन् भन्ने चाहनुहुन्छ? उहाँले तिनीहरूलाई शैतानको हातमा, शैतानहरूको भीडले बास गर्ने स्थानमा सुम्पिरहनुभएको हुन्छ। तिनीहरूका लागि अन्तिम परिणाम के हुन्छ? तिनीहरूलाई दुष्ट आत्माहरूले नमरुञ्जेल यातना दिन्छन्, अर्थात् शैतानले तिनीहरूलाई निल्छ। परमेश्‍वरले यी मानिसहरूलाई चाहनुहुन्न, जसको अर्थ उहाँले तिनीहरूलाई मुक्ति दिनुहुनेछैन, तिनीहरू परमेश्‍वरका भेडा होइनन्, उहाँका अनुयायीहरू हुनु त परको कुरा हो, त्यसकारण तिनीहरू उहाँले मुक्ति दिनुहुने मानिसहरूमध्येका होइनन्। परमेश्‍वरले यी मानिसहरूलाई यसरी नै परिभाषित गर्नुहुन्छ। त्यसोभए, अरूको हृदय जित्ने प्रयास गर्नुको प्रकृति ठ्याक्कै के हो त? यो ख्रीष्ट-विरोधीको मार्गमा हिँड्नु हो; यो ख्रीष्ट-विरोधीको व्यवहार र सार हो। परमेश्‍वरका चुनिएका मानिसहरूका लागि उहाँको विरुद्धमा प्रतिस्पर्धा गर्नुको सार त झनै गम्भीर हुन्छ; त्यस्ता मानिसहरू परमेश्‍वरका शत्रुहरू हुन्। ख्रीष्ट-विरोधीहरूलाई यसरी नै परिभाषित र वर्गीकरण गरिन्छ, र यो पूर्ण रूपमा सही छ(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु एक: तिनीहरूले मानिसहरूको हृदय जित्ने प्रयास गर्छन्)। परमेश्‍वरका वचनहरूले मेरो समस्यालाई ठ्याक्कै प्रकाश गरिदिए। टोली अगुवा भएदेखि, मैले सबै कुरा आफैँले सम्हाल्ने प्रयास गरेको थिएँ। सतहमा हेर्दा, म एक समझदार, विचारशील टोली अगुवा थिएँ, जसले दाजुभाइ-दिदीबहिनीहरूलाई जे आवश्यक परे पनि सक्रिय रूपमा मदत गर्थें, तर मेरो वास्तविक अभिप्राय र लक्ष्य त आफ्नै प्रतिष्ठा र हैसियतका लागि काम गर्ने, मानिसहरूको मन जित्ने, र उनीहरूको प्रशंसा पाउने थियो। त्यो एक प्रकारको छलकपट र धूर्तता थियो! म ठ्याक्कै ठूलो रातो अजिङ्गरका अधिकारीहरूजस्तै थिएँ, जसले “जनताको सेवा गर्ने” बहानामा आफूलाई राम्रो देखाउन अलिकति काम गरेर सर्वसाधारणलाई धोका दिन्छन्, ताकि उनीहरूले आफूलाई आदर गरून् र आफ्ना प्रशंसा गाऊन्। म पनि त्यस्तै थिएँ—बाहिरबाट हेर्दा म आफ्नो कर्तव्य निर्वाह गर्न व्यस्त देखिन्थें, तर भित्रभित्रै म मानिसहरूले मैले कडा परिश्रम गरेको सोचून् भन्‍ने चाहन्थेँ, र उनीहरूले मेरो प्रशंसा र आराधना गरून् भन्‍ने चाहन्थें। मैले सबै कुरा आफैँले जिम्मा लिएकाले, अरू कसैले पनि आफ्नो कर्तव्यमा त्यति अभ्यास गर्ने मौका पाएनन्। तैपनि उनीहरूले मेरो प्रशंसा गर्थे, यतिसम्म कि जबजब उनीहरूलाई कुनै समस्या आइपर्थ्यो, उनीहरू परमेश्‍वरलाई खोज्दैनथे, बरु त्यसलाई समाधान गर्न ममाथि नै भर पर्थे। उनीहरूको हृदयमा परमेश्‍वरका लागि कुनै स्थान थिएन। मैले आफ्नो कर्तव्य ठीकसँग पूरा गरिरहेकै थिइनँ! स्पष्ट रूपमा, म दुष्टता गरिरहेको थिएँ र ख्रीष्टविरोधीको बाटोमा हिँडिरहेको थिएँ! मैले परमेश्‍वरलाई प्रार्थना गरें र मेरा समस्याहरू समाधान गर्न सत्यता सिद्धान्तहरू खोज्नमा अगुवाइ गर्न, र मेरो भ्रष्ट स्वभावका आधारमा कार्य गर्न छोड्न उहाँसँग बिन्ती गरेँ।

पछि, मैले परमेश्‍वरका वचनहरूको अर्को खण्ड पढें: “आफ्‍नो कर्तव्य निर्वाह गर्ने क्रममा, तैँले सबै कुरा आफै लिनुपर्दैन, अनि तैँले मरेतुल्य हुने गरी काम गर्ने, वा ‘फुलेको एउटै फूल’ वा एकलकाँटे हुने पनि गर्नु पर्दैन; बरु, तैँले अरूसँग सद्भावपूर्ण सहकार्य गर्न, र आफूले सक्‍ने सबै गर्न, आफ्‍ना जिम्‍मेवारीहरू पूरा गर्न, र आफ्‍नो सारा ऊर्जा लगाउन सिक्नु आवश्यक हुन्छ। यो नै कर्तव्य निर्वाह गर्नुको अर्थ हो। आफ्‍नो कर्तव्य निर्वाह गर्नु भनेको कुनै नतिजा हासिल गर्नको लागि आफूसँग भएको सबै शक्ति र ज्योति प्रयोग गर्नु हो। यति नै पर्याप्त छ। सधैँ देखावा गर्ने, सधैँ ठूला कुरा गर्ने, एक्लै कामकुरा गर्ने प्रयास नगर्। तैँले अरूसँग कार्य गर्न तरिका सिक्नुपर्छ, र तैँले अरूको सुझाव सुन्‍नमा र तिनीहरूको सबल पक्षहरूलाई पत्ता लगाउनमा अझ बढी ध्यान दिनुपर्छ। यसरी, सद्भावपूर्ण सहकार्य गर्न सहज हुन्छ। यदि तँ सधैँ देखावा गर्ने र हैकम जमाउने प्रयास गर्छस् भने, तैँले सद्भावपूर्ण सहकार्य गरिरहेको हुँदैनस्। तैँले के गरिरहेको हुन्छस्? तैँले बाधा उत्पन्‍न गरिरहेको र अरूलाई कमजोर तुल्याइरहेको हुन्छस्। बाधा उत्पन्‍न गर्नु र अरूलाई कमजोर तुल्याउनु भनेको शैतानको भूमिका निर्वाह गर्नु हो; यो आफ्‍नो कर्तव्य निर्वाह गर्नु होइन। यदि तैँले सधैँ बाधा उत्पन्‍न गर्ने र अरूलाई कमजोर तुल्याउने काम गर्छस् भने, तैँले जति धेरै प्रयास लगाए पनि वा जति नै ध्यान दिए पनि, परमेश्‍वरले तँलाई स्मरण गर्नुहुनेछैन। तँसँग बल कम होला, तर यदि तँ अरूसँग काम गर्न र उपयुक्त सुझावहरू स्वीकार गर्न सक्षम छस्, र तँसँग सही प्रेरणा छ र तँ परमेश्‍वरको घरको कामको रक्षा गर्न सक्छस् भने, तँ सही व्यक्ति होस्। कहिलेकाहीँ तँ एउटै वाक्यले समस्या समाधान गर्न र सबैलाई फाइदा पुर्‍याउन सक्छस्; कहिलेकाहीँ तैँले सत्यताको एउटा कथनमा सङ्गति गरेपछि सबैले अभ्यासको मार्ग पाउँछन्, र एकसाथ मिलेर काम गर्न सक्छन्, र सबै साझा लक्ष्यतर्फ लागिपर्छन्, अनि समान विचार र धारणा साझा गर्छन्, अनि त्यसैले काम विशेष रूपमा प्रभावकारी हुन्छ। तैँले खेलेको यो भूमिका कसैले नसम्झे पनि, र तँलाई आफूले त्यसमा धेरै मेहनत गरेको जस्तो नलागे पनि, परमेश्‍वरले तँ सत्यको अभ्यास गर्ने व्यक्ति होस, सिद्धान्तअनुसार काम गर्ने व्यक्ति होस् भनी देख्‍नुहुनेछ। तैँले त्यसो गरेको परमेश्‍वरले सम्झना गर्नुहुनेछ। यसैलाई बफादारीपूर्वक आफ्नो कर्तव्य निर्वाह गरेको भनिन्छ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। उचित रूपमा कर्तव्य पूरा गर्न सद्भावपूर्ण सहकार्य चाहिन्छ)। परमेश्‍वरका वचनहरूबाट, मैले आफ्ना समस्याहरू स्पष्ट रूपमा देखें र अभ्यासका केही मार्गहरू पाएँ। यदि मैले आफ्नो कर्तव्य ठीकसँग पूरा गर्न चाहन्थेँ भने, मैले अरूसँग सौहार्दपूर्ण रूपमा समन्वय गर्न सिक्नुपर्थ्यो, र उनीहरूलाई उनीहरूको सामर्थ्य उपयोग गर्न दिने कुरामा ध्यान केन्द्रित गर्नुपर्थ्यो। एक व्यक्तिले एक्लै गर्न सक्ने कुराको सीमा हुन्छ—कोही पनि एक्लै सबै काम गर्न सक्षम हुँदैन। हामी सबै एक हृदय र मनका भयौँ र हाम्रा आ-आफ्ना सबै सामर्थ्य प्रयोगमा आए भने मात्र, हामीले हाम्रो कर्तव्यमा राम्रो नतिजा हासिल गर्न सक्छौँ। जब मानिसहरूको अभिप्राय सही हुन्छ, अर्थात् मण्डलीको कामको सुरक्षा गर्ने हुन्छ, तब मात्र उनीहरूले आफ्ना कर्तव्यहरू परमेश्‍वरको अभिप्रायअनुसार निर्वाह गरिरहेका हुन्छन्। त्यो एक व्यक्तिले सबै कामको जिम्मा लिनुभन्दा धेरै प्रभावकारी हुन्छ। विगतमा, म दौडधुपमा व्यस्त रहेर र एक्लो चम्किलो तारा बन्न खोजेर, आफैँलाई थकाएको मात्र थिइनँ, मैले आफ्ना कर्तव्यहरूलाई पनि अस्तव्यस्त बनाएको थिएँ। मेरा दाजुभाइ-दिदीबहिनीहरूको सामर्थ्य उपयोग भएको थिएन, र धेरै महत्त्वपूर्ण कामहरूमा ढिलाइ भएको थियो। परमेश्‍वरका वचनहरूको प्रकाशलाई आफ्नै व्यवहारसँग दाँजेर, मैले अन्ततः परमेश्‍वर किन आफ्नो कर्तव्यमा सधैँ धाक देखाउनु र अरूसँग सामञ्जस्यपूर्ण रूपमा सहकार्य नगर्नुले मण्डलीको कामलाई बाधा पुऱ्याउँछ भन्नुहुन्छ भन्‍ने कुरा बुझेँ।

त्यसपछि, मैले सचेत रूपमा परमेश्‍वरका वचनहरूलाई अभ्यासमा ल्याएँ। मैले कामलाई तार्किक तरिकाले विभाजन गरें: मैले मुख्यतया प्रमुख कामहरूको अनुगमन गर्ने जिम्मेवारी लिएँ, र मैले अन्य कामहरू उपयुक्त दाजुभाइ-दिदीबहिनीहरूलाई उनीहरूको विशेष खुबीका आधारमा सुम्पिदिएँ। जब अरूले समाधान गर्न नसक्ने समस्याहरूको सामना गर्थे, हामी सबै मिलेर सिद्धान्तहरू खोज्थ्यौं। दाजुभाइ-दिदीबहिनीहरूले सिद्धान्तहरू बुझेपछि, उनीहरूले स्वाभाविक रूपमा आफ्ना कर्तव्यहरू पूरा गर्ने दिशा र मार्ग पाउँथे। मैले केही समयदेखि परमेश्‍वरका वचनहरूलाई अभ्यासमा ल्याएपछि, मेरा दाजुभाइ-दिदीबहिनीहरूले पहिलेभन्दा आफ्नो कर्तव्यमा धेरै बोझ बोकेको पाएको छु। उनीहरूले केही समस्याहरू समाधान गर्नका लागि पहल गर्न र सिद्धान्तहरू खोज्न सक्छन्, र उनीहरूले परमेश्‍वरमा भर परेर केही कामहरू स्वतन्त्र रूपमा पूरा गर्न सक्छन्। कहिलेकाहीँ, जब म आफ्नो जिम्मामा रहेका कामहरूमा कठिनाइहरूको सामना गर्छु, म पनि दाजुभाइ-दिदीबहिनीहरूबाट मदत खोज्छु, र यसबाट मैले धेरै कुरा पाउँछु। यसरी सहकार्य गरेर हाम्रो टोलीले हाम्रो काममा झन्-झन् राम्रो नतिजा पाइरहेको छ। दाजुभाइ-दिदीबहिनीहरूले विभिन्न हदसम्म अभ्यास गर्न सकेका छन् र उनीहरूले केही प्रगति गरेका छन्। मलाई धेरै हल्का र शान्ति महसुस हुन्छ। बिस्तारै, मैले आफ्नै काममा भएका समस्याहरूबारे चिन्तन गर्न समय पाउन थालेको छु, र मैले फेरि सामान्य रूपमा अनुभवका गवाही लेखहरू लेख्न थालेको छु। म पहिले जस्तो व्यस्त देखिन्नँ, तर मलाई काममा भएका विचलन र समस्याहरू पहिचान गर्न सजिलो लाग्छ, र मेरो कर्तव्यमा म अझ बढी प्रभावकारी भएको छु।

अघिल्लो: ६४. झूटो अगुवाको चेतना खुल्छ

अर्को: ६६. मैले मेरो सहकर्मीलाई तिरस्कार गर्न छोडेको छु

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

२. मृत्युको परीक्षामा पर्दा

क्षियाङदाओ, दक्षिण कोरियासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वर भ्रष्ट मानव जातिलाई बचाउन पृथ्वीमा काम गर्न आउनुभएको छ; यसमा कुनै...

८. जीवनमा परमेश्‍वरको अख्तियार र सार्वभौमिकतालाई जान्‍नु

क्षिङक्षिङ, अमेरिकासर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको अख्तियार, परमेश्‍वरको शक्ति, परमेश्‍वरको आफ्‍नै पहिचान, र परमेश्‍वरको...

३९. अन्तमा मानव जस्तै भएर जिउँदा

झोउ होङ्ग, चीनजब म सन् २०१८ मा मण्डलीको अगुवा भएँ, मैले राम्रो क्षमता भएको अनि सत्यताको खोजी गर्ने याङ थर गरेकी एक जना सिस्टर छिन् भन्‍ने...

४६. के मानिसहरूलाई खुशी पार्नेहरूले परमेश्‍वरको स्याबासी जित्‍न सक्छन्

लियु यि, चीनम एक विश्‍वासी हुनुभन्दा पहिले, अरू मानिसलाई ठेस नपुर्‍याऊँ र सबैसँग मिलेर रहन सकूँ भनेर सधैं सचेत रहने गर्दथें। कोही कठिन...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइबारे न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ६) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्