५०. अगुवा बन्न अस्वीकार गर्नुको पछि के कारण होला

सन् २०२२ जनवरीमा, मलाई मण्डली अगुवा चुनियो र भिडियो निर्माणको सुपरिवेक्षण गर्ने प्रभारी बनाइयो। त्यो बेला मलाई के गरूँ-गरूँ भयो: एकातिर आफूसँग प्राविधिक सीप थिएन, त्यसैले गर्छु भनेर पनि काम राम्रो गर्न सकिनँ भने खुलासा भई बरखास्त भइएला भन्ने चिन्ता भयो। अर्कोतिर यो कर्तव्य गर्न मानिनँ भने आफैलाई दोषी पाउँथे। त्यसैले, मैले परमेश्वरलाई प्रार्थना गरी उहाँको अभिप्राय बुझ्न मार्गदर्शन मागेँ। त्यो दिन, मेरो भेट एक जना ब्रदरसँग भयो जसले मेरो स्थितिबारे सुनेपछि मसँग यसरी सङ्गति गरे: “तपाईँले अगुवा भएर काम गर्न मन नगर्नुको मुख्य कारण आफ्नो सम्भावना र नियतिलाई विचार गरेर हो। तपाईं वास्तविक काम गर्न सक्दिनँ अनि खुलासा भएर बरखास्त हुनेछ भनेर चिन्तित हुनुहुन्छ तपाईँमा अगुवा हुनु खतरनाक कुरा हो, किनकि अगुवाहरू खुलासा भएर हटाइने सम्भावना हुन्छ भन्ने भ्रामक दृष्टिकोण पनि छ। तपाईं परमेश्वरदेखि सावधान भइरहनुभएको छ, उहाँलाई गलत बुझ्दै हुनुहुन्छ। वास्तवमा, धेरै अगुवा खुलासा भएर हटाइनुको कारण उनीहरू त्यस पदमा रहेकाले होइन, बरु उनीहरू सत्यता पछ्याउन र सही मार्गमा हिँड्न असफल भएकाले, र सधैँ हैसियत खोज्दै जथाभाबी खराब काम गर्नाले हो।” यी ब्रदरको सङ्गतिले मेरो सोच्ने तरिका ठ्याक्कै पहिचान गऱ्यो र मलाई आफ्नो स्थितिबारे केही मात्रामा बुझ्न सहयोग गऱ्यो। त्यसपछि, मैले खान र पिउनका लागि आफ्नो स्थितिसँग मिल्दो परमेश्वरका वचन खोज्न थालेँ।

एक दिन, मैले परमेश्वरका वचनका दुईवटा खण्ड भेटेँ: “आफ्‍नो कर्तव्यमा सानोतिनो हेरफेर गरिँदा, मानिसहरूले आज्ञापालनको मनोवृत्तिसाथ यसलाई स्वीकार गर्नुपर्छ, परमेश्‍वरको घरले भनेबमोजिम गर्नुपर्छ, र आफ्‍नो क्षमताले भ्याउन्जेल गर्नुपर्छ, अनि तिनीहरूले जेसुकै गरे पनि, तिनीहरूको शक्तिले भ्याउन्जेलसम्‍म आफ्‍नो सारा हृदय र सामर्थ्यले त्यो काम गर्नुपर्छ। परमेश्‍वरले जे गर्नुभएको छ त्यो गलत छैन। यस्तो सरल सत्यता थोरै विवेक र समझ भएका मानिसहरूले अभ्यास गर्न सक्छन्, तर यो ख्रीष्टविरोधीहरूको क्षमताभन्दा बाहिरको कुरा हो। जब कर्तव्य हेरफेरको कुरा आउँछ, तब ख्रीष्टविरोधीहरूले तुरुन्तै तर्कवितर्क, वाक्छल, र अवज्ञा प्रस्तुत गर्छन्, र हृदयका गहिराइमा तिनीहरूले यसलाई स्वीकार गर्न मान्दैनन्। तिनीहरूको हृदयमा वास्तवमा के हुन्छ? अविश्‍वास र शङ्‍का, अनि तिनीहरूले अनेक तरिकाहरू अपनाएर अरूलाई जाँच गर्छन्। … किन तिनीहरू सामान्य कुरालाई यति जटिल बनाउँछन्? त्यसको एउटै कारण छ: ख्रीष्टविरोधीहरूले परमेश्‍वरको घरका बन्दोबस्तहरू कहिल्यै पालन गर्दैनन्, र तिनीहरूले आफ्नो कर्तव्य, प्रसिद्धि, प्राप्ति र हैसियतलाई सधैँ आशिष्‌हरू प्राप्त गर्ने आफ्नो आशा र आफ्नो भावी गन्तव्यसित घनिष्ठ रूपले यसरी जोड्छन् कि मानौँ तिनीहरूको प्रतिष्ठा र हैसियत गुम्‍नेबित्तिकै तिनीहरूले आशिष्‌हरू पाउने आशा नै रहने छैन, र तिनीहरूको लागि त्यो जीवन गुमाउनुजस्तै हुनेछ। तिनीहरू सोच्छन्, ‘म सजग हुनुपर्छ, मैले लापर्बाही गर्नै हुँदैन! परमेश्‍वरको घर, दाजुभाइ-दिदीबहिनीहरू, अगुवा र सेवकहरू, र परमेश्‍वरलाई समेत भरोसा गर्न सकिन्न। म ती कसैलाई भरोसा गर्न सक्दिनँ। तैँले सबभन्दा बढी भरोसा गर्न सक्ने र तेरो भरोसाको सबभन्दा लायक व्यक्ति तँ नै होस्। यदि तँ आफ्ना लागि योजनाहरू बनाइरहेको छैनस् भने, तँलाई कसले वास्ता गर्नेछ? तेरो भविष्यबारे कसले सोच्नेछ? तैँले आशिष् पाउँ छस् कि पाउँदैनस् भनेर कसले सोच्नेछ? त्यसकारण, मैले आफ्ना लागि होसियारीसाथ योजना बनाउनुपर्छ र हिसाब लगाउनुपर्छ। मैले गल्ती गर्न वा अलिकति लापर्बाही गर्न समेत मिल्दैन, नत्र, कसैले मेरो फाइदा लिन खोज्यो भने मैले के गर्ने?’ तसर्थ, कसैले तिनीअरूलाई खुट्ट्याउनेछ वा छर्लङ्गै चिन्नेछ र तिनीहरूलाई बर्खास्त गरिनेछ र आशिष् पाउने तिनीहरूको सपना बरबाद हुनेछ भन्ने डरले तिनीहरू परमेश्‍वरको घरका अगुवा र सेवकहरूबाट सावधान रहन्छन्। तिनीहरू आफूले आशिष्‌हरू प्राप्त गर्ने आशा राख्नका निम्ति आफ्नो ख्याति र हैसियतलाई जोगाइराख्नुपर्छ भन्ने सोच्छन्। ख्रीष्टविरोधीले आशिष्‌ पाउने कुरालाई स्वर्गहरूभन्दा ठूलो, जीवनभन्दा ठूलो, सत्यताको खोजी, स्वभावजन्य परिवर्तन, वा व्यक्तिगत मुक्तिभन्दा महत्त्वपूर्ण, अनि राम्रोसित कर्तव्य निर्वाह गर्नु र आवश्यक मापदण्ड पूरा गर्ने सृष्टि गरिएको प्राणी बन्‍नुभन्दा महत्त्वपूर्ण कुराको रूपमा हेर्छ। यस्ता व्यक्तिहरूले आवश्यक मापदण्ड पूरा गर्ने सृष्टिको प्राणी बन्‍ने, आफ्नो कर्तव्य पालन गर्ने र मुक्ति पाउनेजस्ता सबै कुराहरूलाई क्षुद्र र उल्लेख गर्न वा टिप्पणी गर्नलायक पनि नभएका कुरा ठान्छन् जबकि आशिष्‌हरू पाउनुचाहिँ तिनीहरूको जीवनमा कहिल्यै बिर्सन नसकिने एउटै मात्र कुरा हुन्छ। तिनीहरूले सामना गर्ने हरेक कुरामा, चाहे त्यो ठूलो होस् वा सानो, तिनीहरूले यसलाई आशिषित् हुने रूपमा हेर्छन् र अत्यन्तै सजग र सचेत रहन्छन्, अनि तिनीहरूले आफ्नो निम्ति उम्कने बाटो सधैँ सुरक्षित छोडिराख्छन्(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु बाह्र: तिनीहरू आफूसँग हैसियत र आशिष्‌ प्राप्त गर्ने आशा नहुँदा, पछि हट्न चाहन्छन्)। “जब कुनै व्यक्ति सृष्टि गरिएको प्राणीको हैसियतले सृष्टिकर्तासामु आउँछ, तब उसले आफ्नो कर्तव्य निर्वाह गर्नु आवश्यक छ। यो गर्नुपर्ने अत्यन्तै उचित कुरा हो, र उसले यो जिम्मेवारी पूरा गर्नुपर्छ। सृष्टि गरिएका प्राणीहरूले आफ्नो कर्तव्य निर्वाह गरून् भन्‍ने आधारमा, सृष्टिकर्ताले मानवजातिमाझ योभन्दा अझ महान् काम गर्नुभएको छ, र उहाँले मानिसहरूमाझ कामको थप चरण सम्पन्न गर्नुभएको छ। अनि त्यो काम के हो त? उहाँले मानवजातिलाई सत्यता प्रदान गर्नुहुन्छ, अनि तिनीहरूले आफ्ना कर्तव्यहरू निर्वाह गर्दै गर्दा उहाँबाट सत्यता हासिल गर्न सक्छन्, अनि यस मार्फत आफ्ना भ्रष्ट स्वभावहरू फाल्न र शुद्ध पारिन सक्छन्। यसरी तिनीहरूले परमेश्‍वरका अभिप्रायहरू सन्तुष्ट पार्न र जीवनमा ठीक बाटो शुभारम्भ गर्न पाउँछन्, अनि अन्ततः तिनीहरू परमेश्‍वरको भय मान्न र दुष्टताबाट अलग बस्‍न, पूर्ण मुक्ति हासिल गर्न, र अब उप्रान्त शैतानका कुनै कष्टहरूमा नपरी बस्‍न सक्षम हुन्छन्। मानवजातिले आफ्ना कर्तव्यहरू निर्वाह गरेर अन्त्यमा हासिल गरून् भनी परमेश्‍वरले चाहनुभएको प्रभाव यही हो। … यस्तो सुन्दर र यस्तो महान् चीजलाई ख्रीष्टविरोधीहरूको वर्गले लेनदेनमा मोडेको छ, र यसमा तिनीहरू सृष्टिकर्ताको हातबाट मुकुट र इनामहरू माग्‍ने गर्छन्। यस्तो लेनदेनले सबैभन्दा सुन्दर र न्यायोचित चीजलाई सबैभन्दा कुरूप र दुष्ट चीजमा परिणत गर्छ। के ख्रीष्टविरोधीहरूले यस्तै गर्दैनन् र? यसबाट मूल्याङ्कन गर्दा, के ख्रीष्टविरोधीहरू दुष्ट हुँदैनन् र? तिनीहरू वास्तवमा निकै धेरै दुष्ट हुन्छन्! यो तिनीहरूको दुष्टताको एउटा पक्षको प्रकटीकरण हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु नौ (भाग सात))। परमेश्वरका वचनले कसरी ख्रीष्टविरोधीहरू आशिष् पाउनका लागि मात्र परमेश्वरमा विश्वास गर्छन् भन्ने खुलासा गरे। तिनीहरू आफूलाई जे परिस्थिति आए पनि, त्यसलाई आफ्नो गन्तव्य र आशिषलाई ध्यानमा दिँदै विचार गर्छन्। कर्तव्यमा समायोजन गर्नुजस्तो सामान्य कुरा आउँदासमेत, तिनीहरू पूर्ण रूपमा समर्पित हुन सक्दैनन्, बरु यो निर्णयले आफ्ना भावी सम्भावनालाई कसरी प्रभावित गर्नेछ भनेर विचार र लेखाजोखा गर्छन्। समायोजनले आफ्नो हित हुने र आशिष् पाइने भो भने, तिनीहरू त्यो स्विकार्छन्, तर समायोजनले आफ्नो सम्भावना र नियतिलाई खतरामा पार्ने भएमा, तिनीहरू यसबाट उम्कने उपाय खोज्छन्, आफूले गलत कदम चालेमा खुलासा भएर हटाइएला र आशिष् पाउने आशा हुँदैन भनेर डराउँछन्। मैले ख्रीष्टविरोधीहरूको प्रकृति सार साँच्चिकै दुष्ट र छली रहेछ भन्ने देखेँ! मैले आफ्नो कर्तव्य समायोजित गर्नेप्रति आफ्नो मनोवृत्ति कसरी ठ्याक्कै ख्रीष्टविरोधीको जस्तै छ भनेर चिन्तन गरेँ। मैले आफूलाई मण्डली अगुवाका रूपमा चुनिएको छ भनेर सुन्दा सबभन्दा पहिले आफ्नो भावी सम्भावना, परिणाम र गन्तव्यबारे सोचेँ। मैले त्यो कर्तव्य आफ्ना लागि फाइदाजनक छ कि छैन भनी हेर्न विश्लेषण गरेँ, र अगुवाका रूपमा सेवा थाल्नुअघि नै, आफ्नो कर्तव्य राम्ररी निभाउन नसक्दाका सबै सम्भावित परिणामबारे पहिल्यै विचार गरिसकेकी थिएँ। म परमेश्वरप्रतिको सावधानी र सन्देहले भरिएकी थिएँ, म अलिकति पनि समर्पित भइनँ, मैले यो कर्तव्यबाट उम्कन केही प्रभावकारी लाग्ने बहानाहरूसमेत सोचेँ—आफूमा अगुवा बन्ने क्षमता छैन र आफूले काममा ढिलाइ गर्नेछु भनेर भनेँ। यसो हेर्दा, मैले हैसियत नपछ्याएको र आफू निकै समझदार रहेको देखिन सक्थ्यो, तर यो सबैको पछि व्यक्त गर्न नसकिने मनसाय थियोः म अगुवाको जिम्मेवारी लिएर त्यो राम्ररी ननिभएमा खुलासा भएर हटाइनेछु भनी डराएकी थिएँ। यसरी, म आफ्ना भावी सम्भावना सुनिश्चित गर्न कर्तव्यबाट उम्कन चाहन्थेँ। परमेश्वरको अभिप्राय हामीलाई कर्तव्य निर्वाह अभ्यास गर्ने अवसर दिई सत्यता बुझ्न, वास्तविकतामा प्रवेश गर्न, आफ्नो भ्रष्ट स्वभाव हटाउन र मुक्ति पाउन मद्दत दिनु हो। म भने यस्तो राम्रो अवसर दिइँदा पनि, परमेश्वरको अनुग्रहका लागि आभारी हुन नसकेकी मात्र होइन, मैले वास्तवमा परमेश्वरलाई गलत बुझेँ र उहाँदेखि सावधान भएँ र आफूलाई दिइएको कर्तव्यबाट उम्कन र त्यो अस्वीकार गर्न चाहेँ। म साँच्चै स्वार्थी र छली थिएँ!

त्यसपछि, मैले आफ्नो भ्रामक दृष्टिकोणसँग सम्बन्धित परमेश्वरका वचनका अरू खण्डहरू खोजेँ। मैले यी खण्डहरू भेट्टाएँ: “मलाई बताओ त, भ्रष्ट मानिसहरू जोसुकै भए पनि, के हैसियत प्राप्त गरेपछि तिनीहरू ख्रीष्टविरोधी बन्दैनन् र? के यो निरपेक्ष कुरा हो? (यदि तिनीहरूले सत्यताको खोजी गर्दैनन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछन्, तर तिनीहरूले सत्यताको खोजी गर्छन् भने, तिनीहरू ख्रीष्टविरोधी बन्‍नेछैनन्।) यो पूर्ण रूपमा सही छ: यदि मानिसहरू सत्यताको पछि लाग्दैनन् भने, तिनीहरू निश्‍चित रूपमा ख्रीष्टविरोधीहरू हुनेछन्। के ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्ने सबैले हैसियतका निम्ति यसै गर्छन्? होइन, यो मुख्य रूपले तिनीहरूमा सत्यताप्रति प्रेम नभएकोले, तिनीहरू सही मानिसहरू नभएकोले गर्दा हो। चाहे तिनीहरूको हैसियत होस् वा नहोस्, सत्यको पछि नलाग्‍नेहरू सबै ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्छन्। जतिसुकै प्रवचनहरू सुने पनि त्यस्ता मानिसहरूले सत्य स्वीकार गर्दैनन्, तिनीहरू सही मार्गमा हिँड्दैनन् र बरु बाङ्गो मार्ग हिँड्न दृढ हुन्छन्। यो त मानिसहरूको खाने बानी जस्तै हो: कतिपयले आफ्‍नो शरीरलाई पोषण दिने र सामान्य जीवन जिउन सहयोग गर्ने खाने कुराहरू खाँदैनन्, बरु आफूलाई हानि गर्ने कुराहरू खान्छन्, र यसरी तिनीहरूले आफ्‍नै खुट्टामा बन्चरो हान्छन्। के यो तिनीहरूको आफ्‍नै निर्णय होइन र? हटाइपछि, कतिपय अगुवाहरू र सेवकहरूले यसो भन्दै गलत धारणाहरू फैलाउँछन्, ‘अगुवा नबन, र हैसियत प्राप्त नगर। कुनै हैसियत प्राप्त गर्नेबित्तिकै मानिसहरू खतरामा हुन्छन्, र परमेश्‍वरले तिनीहरूलाई प्रकट गर्नुहुनेछ! तिनीहरू प्रकट भएपछि, तिनीहरू साधारण विश्‍वासी हुनसमेत योग्य हुँदैनन्, र तिनीहरूले कदापि आशिष्‌ पाउनेछैनन्।’ त्यो कस्तो प्रकारको भनाइ हो? सबैभन्दा राम्रा अवस्थामा पनि यसले परमेश्‍वरको गलत बुझाइलाई प्रतिनिधित्व गर्छ; सबैभन्दा नराम्रो अवस्थामा त यो उहाँविरुद्धको ईश्‍वर निन्दा नै हो। यदि तँ सही मार्गमा हिँड्दैनस्, सत्यताको खोजी गर्दैनस्, र परमेश्‍वरको मार्गलाई पछ्याउँदैनस्, बरु ख्रीष्टविरोधीहरूका मार्गमा हिँड्न जिद्दी गर्दै पावलको मार्गमा हिँड्न पुग्छस्, अनि अन्तिममा पावलको जस्तै परिणाम, तिनको जस्तै अन्त्य प्राप्त गरेर परमेश्‍वरको बारेमा गनगन गर्ने र परमेश्‍वरलाई अधर्मी भनेर आलोचना गर्ने गर्छस् भने, के तँ ख्रीष्टविरोधीको सच्‍चा उदाहरण होइनस् र? त्यस्तो बानीबेहोरा श्रापित हुन्छ!(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। हैसियतको परीक्षा र बन्धनलाई कसरी समाधान गर्ने)। “कतिपय मानिसहरूले सोच्छन्, ‘अगुवाइ गर्ने जोकोही मूर्ख र अज्ञानी हुन्छन्, तिनीहरूले आफ्नै विनाश निम्त्याइरहेका हुन्छन्, किनभने अगुवाको रूपमा काम गर्दा मानिसहरूले अपरिहार्य रूपमै भ्रष्टता प्रकट गर्छन् र परमेश्‍वरले त्यो देख्नुहुन्छ। यदि तिनीहरूले यो काम नगरेका भए त्यहाँ त्यति धेरै भ्रष्टता देखा पर्थ्यो र?’ कस्तो वाहियात विचार! यदि तँ अगुवाको रूपमा कार्य गर्दैनस् भने, के तैँले भ्रष्टता प्रकट गर्दैनस् र? के अगुवा नहुनुको अर्थ, तैँले कम भ्रष्टता देखाए पनि, तैँले मुक्ति पाएको छस् भन्‍ने हुन्छ र? यो तर्कअनुसार, के अगुवाको रूपमा सेवा नगर्नेहरू सबै जीवित रहिरहन सक्ने र मुक्ति पाउनेहरू हुन् र? के यो भनाइ हास्यास्पद छैन र? अगुवाको रूपमा कार्य गर्ने मानिसहरूले परमेश्‍वरका चुनिएका मानिसहरूलाई परमेश्‍वरका वचनहरू खान-पिउन र परमेश्‍वरको कार्य अनुभव गर्न मार्गदर्शन गर्छन्। यो मापदण्ड र मानक उच्च छ, त्यसैले अगुवाहरूले सुरुमा तालिम सुरु गर्दा अपरिहार्य रूपमै केही भ्रष्ट स्थितिहरू देखाउने नै छन्। यो सामान्य कुरा हो र यसको लागि परमेश्‍वरले दण्डाज्ञा दिनुहुन्‍न। परमेश्‍वरले यसमा दण्डाज्ञा नदिनुहुने मात्र होइन, बरु उहाँले त यी मानिसहरूलाई अन्तर्दृष्टि, ज्योति र मार्गदर्शनसमेत प्रदान गर्नुहुन्छ र तिनीहरूमाथि थप बोझ राखिदिनुहुन्छ। तिनीहरूले परमेश्‍वरको मार्गदर्शन र काममा समर्पित हुन सकुन्जेल जीवनमा साधारण मानिसहरूभन्दा छिटो प्रगति पनि गर्नेछन्। यदि तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् भने तिनीहरूले परमेश्‍वरद्वारा सिद्ध पारिने मार्ग हिँड्न सक्नेछन्। परमेश्‍वरले सबभन्दा बढी आशिष् दिनुहुने कुरा यही हो। कतिपय मानिसहरूले यो कुरा देख्न सक्दैनन् र तथ्य बङ्गाउँछन्। मानव बुझाइअनुसार त अगुवा जतिसुकै परिवर्तन भए पनि परमेश्‍वरले वास्ता गर्नुहुन्‍न; अगुवा र सेवकहरूले कति धेरै भ्रष्टता प्रकट गर्छन् भन्‍ने कुरा मात्र उहाँले हेर्नुहुन्छ र यसैको आधारमा तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्छ। अनि, अगुवा र सेवकहरू नरहेकाहरूको कुरा गर्दा, तिनीहरूले थोरै भ्रष्टता देखाउने हुनाले तिनीहरू परिवर्तन नभए पनि परमेश्‍वरले तिनीहरूलाई दण्डाज्ञा दिनुहुन्‍न। के यो वाहियात कुरा होइन र? के यो परमेश्‍वरविरुद्धको निन्दा होइन र? यदि तैँले हृदयमा परमेश्‍वरलाई यति गम्भीरता रूपले प्रतिरोध गर्छस् भने के तैँले मुक्ति पाउन सक्नेछस् र? तैँले मुक्ति पाउन सक्नेछैनस्। परमेश्‍वरले मानिसहरूको परिणाम मुख्य गरी तिनीहरूसँग सत्यता र साँचो गवाही छ कि छैन भन्‍ने आधारमा निर्धारित गर्नुहुन्छ र यो मुख्य गरी तिनीहरू सत्यता पछ्याउने मानिसहरू हुन् कि होइनन् भन्‍ने कुरामा निर्भर रहन्छ। यदि तिनीहरूले सत्यता पछ्याउँछन् र अपराध गरेकोमा न्याय र सजाय पाएपछि साँचो पश्‍चात्ताप गर्न सक्छन् भने, जबसम्म तिनीहरूले परमेश्‍वरको निन्दा गर्ने शब्द बोल्ने वा कार्य गर्ने गर्दैनन्, तबसम्म तिनीहरू अवश्यै मुक्ति पाउन सक्षम हुनेछन्। तिमीहरूको कल्पनाअनुसार त अन्त्यसम्‍मै परमेश्‍वरलाई पछ्याउने सबै साधारण विश्‍वासीहरूले मुक्ति पाउन सक्छन् र अगुवाको रूपमा काम गर्नेहरू सबैलाई हटाइनुपर्छ। यदि तिमीहरूलाई अगुवा हुन भनिन्थ्यो भने, तिमीहरू यो नगर्नु ठीक नहुने भन्‍ने तिमीहरू सोच्नेथ्यौ, तर तिमीहरूले अगुवाको रूपमा सेवा गर्नुपर्ने भयो भने तिमीहरूले नजानीकनै भ्रष्टता प्रकट गर्नेथ्यौ र त्यो आफैलाई टाउको काट्ने मेसिनमा पठाउनुजस्तै हुन्थ्यो। के यो सबै परमेश्‍वरबारे तिमीहरूको गलत बुझाइको कारण उत्पन्‍न भएको होइन र? यदि मानिसहरूको परिणाम तिनीहरूले प्रकट गरेको भ्रष्टताको आधारमा निर्धारण हुन्थ्यो भने, कसैले पनि मुक्ति पाउने थिएनन्। त्यस्तो अवस्थामा, परमेश्‍वरले मुक्तिको कार्य गर्नुको अर्थ के हुनेथियो र? यदि साँच्‍चै यस्तो अवस्था हुन्थ्यो त, परमेश्‍वरको धार्मिकता कहाँ हुन्थ्यो र? मानवजातिले परमेश्‍वरको धर्मी स्वभाव देख्न सक्दैनथ्यो। तसर्थ, तिमीहरू सबैले परमेश्‍वरको अभिप्रायलाई गलत बुझेका छौ र यसले तिमीहरूसँग परमेश्‍वरको साँचो ज्ञान छैन भन्‍ने देखाउँछ(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनबाट के सिकेँ भने झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई अगुवा भएकै कारण खुलासा गरी हटाइएको थिएन, बरु तिनीहरूलाई पद पाएपछि सत्यता पछ्याउन र सही मार्गमा हिँड्न नसकेका कारण हटाइएको थिए। त्यसबाहेक, तिनीहरूले मण्डलीका काममा अवरोध र बाधा पुऱ्याएका थिए, तिनीहरू अरूले जसरी काटछाँट गरे पनि पश्चात्ताप गर्दैनथे—तिनीहरूलाई खुलासा गरी हटाउनुको वास्तविक कारण यही थियो। परमेश्वर एउटा भ्रष्टता प्रकट भएका वा एउटा गल्तीका आधारमा मानिसहरूलाई दोषी ठहराउनुहुन्न, उहाँ तिनीहरूको प्रकृति सार र तिनीहरू हिँड्ने मार्गलाई ध्यानमा राख्नुहुन्छ। हामीले कर्तव्य निभाउने क्रममा आफ्ना भ्रष्ट स्वभावहरू धेरैपटक प्रकट गर्ने, र निश्चित अपराध गर्ने भए पनि, सत्यता खोज्यौँ र साँचो पश्चाताप गऱ्यौँ भने परमेश्वरले हामीलाई अर्को मौका दिनुहुनेछ। परमेश्वरले सत्यताप्रति अरूचि राख्ने, सत्यतालाई घृणा गर्ने र जति नै अपराध गरे पनि पश्चात्ताप नगर्ने ख्रीष्टविरोधी र दुष्ट मानिसहरूलाई मात्र हटाउनुहुन्छ। मैले विगतमा परमेश्वरद्वारा खुलासा भई हटाइएका झुटा अगुवा र ख्रीष्टविरोधीहरूलाई सम्झेँ। कतिपयले केवल वचन र धर्मसिद्धान्त बोल्थे अनि आदेश दिन्थे तर वास्तविक समस्या हल गर्न सकेनन् र आफ्नो हैसियतबाट लाभ उठाउन मात्र खोजे। अन्ततः तिनीहरूलाई झुटा अगुवा करार गरी बरखास्त गरियो। अरूले कामका दौरान केवल हैसियत र प्रतिष्ठा खोजे, अरूसँग ख्याति र प्राप्तिका लागि होड गरे, मनोमानी ढङ्गले मानिसहरूलाई दमन गरे र यातना दिए, कार्य बन्दोबस्तविरुद्ध गएर आफ्नै योजना पछ्याए, “स्वतन्त्र राज्य” स्थापना गरे, मानिसहरूलाई जालमा पारे, पश्चात्ताप गर्न बिलकुलै मानेनन्, र अन्ततः ख्रीष्टविरोधी पिशाचका रूपमा खुलासा भई हटाइए। खुलासा भई हटाइने यस्तै खालका मानिस हुन्। यो अनुभूतिबाट मैले के बुझेँ भने मानिसहरू तिनीहरूले निभाउने कर्तव्यका आधारमा नभई तिनीहरूले सत्यता पछ्याउँछन् कि पछ्याउँदैनन्, र तिनीहरूको मानवताको सार असल छ कि खराब छ भन्ने आधारमा खुलासा भई हटाइन्छन्। यदि कसैले सत्यता पछ्याउँदैन, र ऊसँग खराब मानवता छ भने, उसले आफू अगुवा नभए पनि आफ्नो कर्तव्य राम्ररी निभाउँदैन; ऊ सधैँ सुस्त ढङ्गमा काम गर्छ, लापरवाही तरिकाले कार्य गर्छ र स्वीकार्य श्रमसमेत गर्दैन भने, उसलाई अन्ततः अवश्यै हटाइनेछ। मैले मण्डलीले मानिसहरूलाई एकदमै सैद्धान्तिक ढङ्गमा सम्हाल्छ र मिलाउँछ, परमेश्वरको स्वभाव धर्मी छ, अनि मण्डलीलाई सत्यता र धार्मिकताले शासन गर्छ भन्ने बुझेँ। तर, मैले यो तथ्य स्पष्ट रूपमा देखेकी थिइनँ र आफू अगुवा भएमा समाप्त होइन्छ भन्ने भ्रामक सोच बोकेकी थिएँ। मेरो दृष्टिकोण एकदमै हास्यास्पद थियो!

एकपटक, मैले भक्तिको दौरान परमेश्वरका वचनको यो खण्ड भेट्टाएँ: “मानिसको दायित्व र ऊ आशिषित भएको छ कि श्रापित भएको छ भन्‍ने बीच कुनै अन्योन्याश्रित सम्बन्ध छैन। दायित्व भनेको मानिसले पूरा गर्नुपर्ने कुरा हो; यो उसको स्वर्गबाट पठाइएको कार्य हो, र यो भरणपोषण, सर्तहरू, वा तर्कहरूमा निर्भर हुनुहुँदैन। तब मात्रै उसले आफ्नो दायित्व पूरा गर्दै हुन्छ। आशिषित हुनु भनेको कसैले न्यायको अनुभव गरिसकेपछि सिद्ध बनाइनु र परमेश्‍वरको आशिषहरू प्राप्त गर्नु हो। श्रापित हुनु भनेको सजाय र न्याय भोगिसकेपछि पनि कसैको स्वभाव परिवर्तन नहुनु हो, यो तब हुन्छ जब तिनीहरूले सिद्ध बनाइएको अनुभव गर्दैनन् र तिनीहरू दण्डित हुन्छन्। तर चाहे तिनीहरूले आशिष पाऊन्‌ वा श्राप पाऊन्‌, सृष्टि गरिएका प्राणीहरूले आफूले गर्नुपर्ने कार्य गर्दै, र आफूले गर्न सक्ने कार्य गर्दै आफ्नो दायित्वलाई पूरा गर्नुपर्छ; कुनै पनि व्यक्ति, जो परमेश्‍वरको पछि लाग्छ, उसले गर्नुपर्ने न्यूनतम‌ कार्य यही हो। आशिषित हुनको लागि मात्रै तैँले आफ्नो दायित्वलाई पूरा गर्नु हुँदैन, र श्रापित हुने डरले तैँले कार्य गर्न इन्कार गर्नु हुँदैन। म तिमीहरूलाई यो एउटा कुरा बताउन चाहन्छु: मानिसले पूरा गर्ने आफ्नो दायित्व भनेको उसले गर्नुपर्ने कार्य हो, र यदि ऊ आफ्नो दायित्व पूरा गर्न असक्षम छ भने, यो उसको विद्रोह हो। आफ्नो दायित्वलाई पूरा गर्ने प्रक्रियाद्वारा मानिस बिस्तारै परिवर्तन गरिन्छ, र यही प्रक्रियाद्वारा उसले आफ्नो निष्ठालाई प्रदर्शन गर्छ। यसरी, तैँले जति आफ्नो दायित्वलाई पूरा गर्न सक्षम हुन्छस्, त्यति नै तैँले सत्यतालाई प्राप्त गर्नेछस्, र त्यति नै वास्तविक तेरो अभिव्यक्ति हुनेछ। आफ्नो दायित्व पूरा गर्ने कार्यमा आलटाल गर्ने र सत्यतालाई नखोज्‍नेहरू अन्त्यमा हटाइनेछन्‌, किनकि त्यस्ता मानिसहरूले सत्यताको अभ्यासमा आफ्नो कर्तव्य पूरा गर्दैनन्, र आफ्नो कर्तव्य निभाउँदा सत्यतालाई अभ्यास गर्दैनन्। तिनीहरू ती हुन्‌ जो अपरिवर्तित रहन्छन्‌ र श्रापित हुनेछन्‌। तिनीहरूको अभिव्यक्तिहरू अशुद्ध मात्रै छैनन्, तर तिनीहरूले अभिव्यक्त गर्ने हरेक कुरा नै दुष्ट छ(वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। देहधारी परमेश्‍वरको सेवकाइ र मानिसको दायित्व बीचको भिन्नता)। परमेश्वरका वचन पढेर म झन् प्रस्ट भएँ। व्यक्तिले निभाउने कर्तव्य र उसले आशिष् पाउँछ कि सराप पाउँछ भन्ने कुराबीच परस्पर सम्बन्ध हुँदैन। हामी सृजित प्राणी भएकाले हामीले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ। यदि कसैले आफ्नो कर्तव्य पूरा गर्न सक्दैन भने उसलाई सृजित प्राणी भन्न मिल्दैन। यो छोराछोरीले आमाबुबाप्रति छोराछोरीको धर्म निभाउनु जस्तै सही र उचित हो; आमाबुबाले छोराछोरीलाई आफ्नो सम्पत्तिको अधिकार दिए पनि वा नदिए पनि, छोराछोरीले आफ्नो जिम्मेवारी र दायित्व पूरा गर्नुपर्छ। जहाँसम्म मेरो कुरा छ, कर्तव्यप्रति मेरो मनोवृत्ति कस्तो प्रकारको थियो? जब मैले अगुवा भएपछि आफूले धेरै जिम्मेवारी निभाउनुपर्छ र त्यो राम्रोसँग निभाइनँ भने मेरो सम्भावना र नियति खतरामा पर्नेछ भनेर सोचेँ, तब मैले कर्तव्यबाट उम्कन र त्यो अस्वीकार गर्न बहाना खोज्न चाहेँ। मैले कर्तव्यलाई अलिकति पनि आफूले पूरा गर्नुपर्ने जिम्मेवारी वा दायित्व मानिनँ। बरु, मैले कर्तव्यलाई एक प्रकारको लेनदेनका रूपमा हेरेँ, र त्यसबाट आफूले आशिष् वा सराप के पाइन्छ भन्ने आधारमा ती छनोट गरेँ। ममा सृष्टि गरिएका प्राणीमा आफ्नो कर्तव्यका सम्बन्धमा हुनुपर्ने समझ अलिकति पनि थिएन। त्यसबाहेक, मैले भ्रमित भएर के विश्वास गरेँ भने, आफू भिडियो निर्माणमा पेसेवार नभएकी र आफूमा प्राविधिक सिप नभएकाले, मैले आफ्नो काम राम्ररी गर्न सक्नेछैनँ। तर, परमेश्वर प्रस्टसँग भन्नुहुन्छ: “वास्तवमा, अगुवाको नाताले, कामको बन्दोबस्त गरेपछि, तैँले कामको प्रगतिबारे अनुगमन गर्नुपर्छ। तँ त्यस क्षेत्रको कामसित परिचित नभए पनि—तँसँग यसबारे कुनै ज्ञान नभए पनि—तैँले कुनै उपाय खोजेर आफ्नो काम गर्न सक्छस्। तैँले छानबिन गर्न र सुझावहरू दिनको लागि त्यसलाई साँच्चिकै बोध गरेको, सम्बन्धित पेसा बुझेको व्यक्ति भेटाउन सक्छस्। तिनीहरूका सुझावहरूबाट तैँले उचित सिद्धान्तहरूलाई पहिचान गर्न सक्छस्, त्यसरी तैँले कामको अनुगमन गर्न सक्‍नेछस्(वचन, खण्ड ५। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू। अगुवा र सेवकहरूका जिम्‍मेवारीहरू (४))। परमेश्वरका वचनले सिधै मेरा धारणाहरूलाई खण्डन गरे—परमेश्वरले हामी अगुवा हुन कुनै क्षेत्रका सबै प्राविधिक सिपमा दक्ष हुनुपर्छ भन्ने माग कहिल्यै गर्नुभएको छैन। कुनै क्षेत्रमा हामीसँग पेसेवार सिप नभए पनि, हामी सधैँ प्राविधिक ज्ञान भएका ब्रदर-सिस्टरहरूलाई खोजेर सहकार्य गर्न, र यस तरिकाले सिद्धान्त खोज्न सक्छौँ। त्यसरी हामी त्यो काम अझै गर्न सक्छौँ, र यदि हामीले साँच्चै कुनै कुरा पत्ता लगाउन सकेनौँ भने माथिल्लो नेतृत्वलाई सहयोग माग्न सक्छौँ। यदि मैले साँच्चै आफ्नो सारा हृदय यसमा लगाएकी र सक्दो प्रयास गरेकी भए, तर मेरो कद एकदमै सानो भएको, ममा क्षमता नभएको वा म यो कामको योग्य नभएको भए, मैले राजीनामा दिएर अर्को कर्तव्य लिन सक्थेँ। परमेश्वरको अभिप्राय बुझेर मलाई त्यस विषयमा अझ धेरै प्रस्ट भयो अनि मैले आफ्नो चिन्ता र सुर्तालाई पन्छाएँ।

पछि, मैले परमेश्वरका वचनका अर्का दुइटा खण्ड भेटेँ, जसले भन्छन्: “नोआले परमेश्‍वरले भनेबमोजिम गर्दा उसलाई परमेश्‍वरको अभिप्रायको बारेमा थाहा थिएन। परमेश्‍वरले के कुरा हासिल गर्न खोज्‍नुभयो भन्‍ने कुरा उसलाई थाहा थिएन। परमेश्‍वरले उसलाई आज्ञा मात्र दिनुभएको थियो र उसलाई केही कुरा गर्ने निर्देशन दिनुभयो र उक्त कामको बारेमा धेरै व्याख्याविना नै नोआले अगाडि बढेर त्यो गर्‍यो। उसले गुप्त रूपमा परमेश्‍वरका चाहनाहरूबारे थाहा पाउने कोसिस गरेन, न त उसले परमेश्‍वरको प्रतिरोध नै गर्‍यो वा बेइमानी नै देखायो। उसले गएर शुद्ध र सरल हृदयले भनेबमोजिम त्यो काम गर्‍यो। परमेश्‍वरले गर्न लगाउनुभएको कुरा उसले गर्‍यो र परमेश्‍वरको वचनप्रति समर्पित हुने र त्यसलाई सुन्‍ने कार्यले उसले गर्ने कामको विश्‍वासमा टेवा दियो। परमेश्‍वरले सुम्पिनुभएको कामलाई उसले सिधा र सरल तरिकाले व्यवहार गर्‍यो। उसको सार—उसका कार्यहरूको सार नै समर्पण थियो, द्वितीय-अनुमान थिएन, प्रतिरोध थिएन, र योभन्दा बढी त, उसको आफ्नै चाहनाहरू वा आफ्ना फाइदा र बेफाइदाहरूको बारेमा उसले सोचेन। थप कुरा त, परमेश्‍वरले संसारलाई जलप्रलयद्वारा नष्ट गर्नेछु भन्दा नोआले कहिल्यै हुन्छ भनेर सोधेन र के हुन्छ भनेर सोधेन, र उसले परमेश्‍वरले कसरी संसारलाई नष्ट गर्दै हुनुहुन्छ भनेर निश्‍चय नै सोधेन। उसले परमेश्‍वरले निर्देशन दिए बमोजिम मात्र गर्‍यो। तथापि परमेश्‍वरले त्यो बनाइनुपर्छ र त्यो केबाट बनिनुपर्छ भन्‍ने चाहनुभयो, परमेश्‍वरले अह्राएबमोजिम उसले गर्‍यो र तत्कालै काम सुरु गर्‍यो। उसले परमेश्‍वरको निर्देशनहरूबमोजिम परमेश्‍वरलाई सन्तुष्ट पार्ने मनोवृत्तिका साथ काम गर्‍यो। के उसले विपत्तिबाट आफूलाई बचाउनको निम्ति यसो गर्‍यो? होइन। के उसले परमेश्‍वरलाई संसारको विनाश हुनुभन्दा अघि कति लामो समय हुनेथियो भनी सोध्यो? सोधेन। के उसले जहाज बनाउनको निम्ति कति समय लाग्छ भनेर परमेश्‍वरलाई सोध्यो वा के उसलाई यो थाहा थियो? उसलाई त्यो पनि थाहा थिएन। उसले त समर्पण गर्‍यो, सुन्यो र त्यस बमोजिम गर्‍यो(वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १)। “इमानदार व्यक्तिका प्रकटीकरणहरू के-के हुन्? पहिलो, परमेश्‍वरका वचनहरूप्रति कुनै शङ्का नहुनु। यो इमानदार व्यक्तिको एउटा प्रकटीकरण हो। यसबाहेक, सबैभन्दा महत्त्वपूर्ण प्रकटीकरण भनेको सबै कुरामा सत्यता खोजी र अभ्यास गर्नु हो—यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो। तँ आफू इमानदार छु भन्छस्, तर सधैँ परमेश्‍वरका वचनहरूलाई तेरो दिमागको पछाडिको भागमा धकेलेर राख्छस् र जे मन लाग्यो त्यही गर्छस् भने, के त्यो इमानदार व्यक्तिको प्रकटीकरण हो त? तँ भन्छस्, ‘मेरो क्षमता कम भए पनि मसँग इमानदार हृदय छ।’ तापनि जब तँमाथि कुनै कर्तव्य आइलाग्छ, तँ कष्ट भोग्‍नुपर्ला वा आफूले त्यो काम राम्रोसँग गरिएन भने, त्यसको जिम्मेवारी लिनुपर्ला भनी डराउँछस्, त्यसकारण तँ आफ्नो कर्तव्यबाट तर्किन बहानाहरू बनाउँछस् वा त्यो गर्न अरू कसैलाई सिफारिस गर्छस्। के यो इमानदार व्यक्तिको प्रकटीकरण हो र? अवश्य होइन। त्यसो भए, इमानदार व्यक्तिले कस्तो व्यवहार गर्नुपर्छ? तिनीहरू परमेश्‍वरका बन्दोबस्तहरूमा समर्पित हुनुपर्छ, आफूले निभाउनुपर्ने कर्तव्यमा बफादार भएर लाग्‍नुपर्छ, र परमेश्‍वरका अभिप्रायहरूलाई सन्तुष्ट पार्न लागिपर्नुपर्छ। यसले आफूलाई धेरै तरिकामा प्रकट गर्छ। एउटा तरिका हो, आफ्ना देहगत हितहरूलाई विचार नगरी आफ्नो कर्तव्य इमानदार हृदयले स्वीकार गर्नु, यसबारे आधा मनको नहुनु र आफ्नो फाइदाको लागि षड्यन्त्र नगर्नु। ती इमानदारीका प्रकटीकरणहरू हुन्। अर्को तरिका भनेको आफ्‍नो कर्तव्य राम्ररी निभाउन आफ्‍नो सारा हृदय र बल लगाउनु, सबै काम उचित रूपमा गर्नु, र परमेश्‍वरलाई सन्तुष्ट पार्नको लागि आफ्‍नो कर्तव्यमा आफ्‍नो हृदय र प्रेम लगाउनु हो। इमानदार व्यक्तिसँग आफ्नो कर्तव्य निर्वाह गर्दा हुनुपर्ने प्रकटीकरणहरू यिनै हुन्(वचन, खण्ड ३। आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू। भाग तीन)। मैले परमेश्वरका वचनबाट के सिकेँ भने नोआले परमेश्वरका धेरै वचन सुनेका थिएनन्, र पहिले कहिल्यै कुनै जहाज बनाएका थिएनन्, तर परमेश्वरको आज्ञा आउँदा, उनले यसको विश्लेषण वा जाँच गरेनन्, र परमेश्वरको अभिप्राय अनुमान गर्ने कोसिस गरेनन्। बरु, केवल आज्ञापालन गरे, समर्पण गरे अनि त्यसले आफ्ना हितमा कसरी असर गर्छ भन्ने विचार नगरी परमेश्वरले गर्नू भनेको कुरा गरे। नोआको सरलता र इमानदारीले ममा गहिरो प्रभाव पाऱ्यो, र मलाई निकै सरम र लाज लाग्यो। मैले ब्रदर-सिस्टरहरूले मलाई आफ्ना अगुवा चुनेका थिए भनेर सम्झेँ, तर यस्तो महत्त्वपूर्ण कर्तव्य आइपर्दा, केवल आफ्नो हितबारे मात्र सोच्न सकेँ र मैले ती सम्भावित परिणामलाई समेत विचार गरेँ जुन मैले यो कर्तव्य लिएकी भए ममाथि आउन सक्थे। मैले आफू निकै छली रहेछु भन्ने देखेँ—नोआजस्तो व्यक्तिसँग मेरो मानवताको कुनै तुलना हुँदैनथ्यो। यस्तो मनोवृत्तिले म कसरी आफ्नो कर्तव्य राम्ररी निभाउन सक्थेँ र? मैले परमेश्वरका वचनको एउटा खण्ड सम्झेँ, जसले भन्छ: “कस्तो व्यक्तिले जिम्‍मेवारी लिने आँट गर्छ? कस्तो व्यक्तिमा ठूलो बोझ लिने साहस हुन्छ? त्यस्तो व्यक्तिमा, जो परमेश्‍वरको घरको कामको सबभन्दा महत्त्वपूर्ण क्षणमा नेतृत्व गर्दै साहसका साथ अघि बढ्छ, जो सबैभन्दा महत्त्वपूर्ण र अर्थपूर्ण काम देख्दा गह्रौँ जिम्मेवारी लिन र ठूलो कठिनाइ भोग्‍न डराउँदैन। त्यो परमेश्‍वरप्रति निष्ठावान्‌ व्यक्ति हो, ख्रीष्‍टको असल सिपाही हो(वचन, खण्ड ४। ख्रीष्टविरोधीहरूको खुलासा। विषयवस्तु आठ: तिनीहरूले अरूलाई सत्यता वा परमेश्‍वरप्रति नभई आफूप्रति मात्र समर्पित हुन लगानेथिए (भाग एक))। परमेश्वरको वचनले मलाई गहन रूपमा उत्प्रेरित गऱ्यो—मलाई आफूले भावी सम्भावनाबारे विचार गर्न छोड्नुपर्छ भन्ने महससु भयो। म अगुवा चुनिएकी थिएँ, त्यसैले मैले परमेश्वरको अभिप्रायलाई विचार गर्नुपर्थ्यो, यो ठूलो जिम्मेवारी लिन आँट गर्नुपर्थ्यो, अनि इमानदारी र शुद्ध हृदयले आफ्नो कर्तव्य सम्हाल्न नोआको अनुकरण गर्नुपर्थ्यो। सुरुमा, मलाई कर्तव्यमा कहाँबाट सुरु गर्ने भनेर थाहा भएन, त्यसैले म प्रायः परमेश्वरलाई प्रार्थना गर्थेँ र मैले आफ्नी सहकर्मी सिस्टरबाट धैर्यपूर्ण सहयोग र अन्य ब्रदर-सिस्टरबाट प्रोत्साहन पनि पाउँथेँ। कहिलेकाहीँ, मलाई कठिनाइ आइपर्दा आफ्ना काममा राम्रो नतिजा हासिल गरेका ब्रदर सिस्टरको सहयोग खोज्थेँ, र तिनीहरूले आफूले बुझेका सिद्धान्त र आफूले प्रयोग गरेका प्रभावकारी विधि मलाई उदार भई बताउँथे। यसले मेरो हृदय गहन रूपमा छोयो। बिस्तारै, मैले निश्चित सिद्धान्त र अभ्यासका मार्ग बुझ्न थालेँ, र कर्तव्यमाअझ प्रभावकारी भएँ। मैले साँच्चै परमेश्वरको मार्गदर्शन महसुस गरेँ र म परमेश्वरप्रति अत्यन्तै कृतज्ञ भएँ। ममा अझै धेरै कमीकमजोरी भए पनि र मलाई म ठूलो जिम्मेवारी वहन गर्छु भन्ने थाहा भए पनि, अब म पछि हट्न चाहन्नँ—म सुधार गर्ने प्रयास गर्न परमेश्वरमा भर पर्नेछु!

अघिल्लो: ४९. आफ्‍नो कर्तव्यप्रतिको सही आचरण

अर्को: ५१. होडबाजीको जीवनलाई बिदाइ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सम्बन्धित विषयवस्तु

६१. सत्यले मलाई बाटो देखाएको छ

शिझाइ, जापानसर्वशक्तिमान्‌ परमेश्‍वर भन्नुहुन्छ, “परमेश्‍वरको सेवा गर्नु कुनै साधारण काम होइन। जसको भ्रष्ट स्वभाव अपरिवर्तित रहन्छ उसले...

३४. आफ्नो देखावटी आवरणलाई उतार्दा कति राम्रो अनुभव हुँदो रहेछ

चेन युआन, चीनसेप्टेम्बर २०१८ मा, म मण्डलीको अगुवाको रूपमा चुनिएँ। त्यस बेला म निकै खुशी थिएँ। मेरा धेरैजसो दाजुभाइ र दिदीबहिनीहरूभन्दा म नै...

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवा र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइबारे सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ३) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्