744 शैतानमाथि अय्यूबको विजयको प्रमाण
पद १
परमेश्वरप्रति अय्यूबको आज्ञापालन हेर:
तिनले भने, “म नाङ्गै आएँ, त्यसरी नै जानेछु।”
यी वचनले शैतानलाई जितेको पुष्टि गर्छन्।
यो पनि भने, “यहोवाले दिनुभयो,
यहोवाले लानुभएको छ।
यहोवाको नामको प्रशंसा होस्।”
पद २
अय्यूबका यी वचनले पुष्टि गर्छन् कि,
परमेश्वरले मानिसको हृदयको गहिराइ
र मानिसको मन भित्र हेर्नुहुन्छ।
पुष्टि गर्छन् कि उहाँले अय्यूबलाई अनुमोदन
गर्नु सही थियो।
उहाँद्वारा अनुमोदित यी व्यक्ति धर्मी थिए।
कोरस
“यहोवाले दिनुभयो, यहोवाले लानुभएको छ।
यहोवाको नामको प्रशंसा होस्।”
यी वचन उहाँलाई अय्यूबको गवाही हो र भन,
“यहोवाको नामको प्रशंसा होस्, प्रशंसा होस्।”
पद ३
यी सामान्य वचनले शैतानलाई तर्साए,
लज्जित तुल्यायो, त्यो आत्तिएर भाग्यो।
त्यो बाँधियो, र केही गर्न सकेन।
यी वचनले शैतानलाई यहोवा
परमेश्वरको शक्ति, कार्यका चमत्कार देखाए।
कोरस
“यहोवाले दिनुभयो, यहोवाले लानुभएको छ।
यहोवाको नामको प्रशंसा होस्।”
यी वचन उहाँलाई अय्यूबको गवाही हो र भन,
“यहोवाको नामको प्रशंसा होस्।”
ब्रिज
यी वचनले उहाँको मार्गअनुसार चलेका हृदय हुनेको
अद्भूतता पनि शैतानलाई देख्ने तुल्याए।
यस्तो सानो र तुच्छ मानिसले, परमेश्वरको
डर मान्न र दुष्टताबाट अलग बस्न
देखाएको शक्तिशाली जीवन शक्ति
पनि वचनले शैतानलाई देखाए।
कोरस
“यहोवाले दिनुभयो, यहोवाले लानुभएको छ।
यहोवाको नामको प्रशंसा होस्।”
यी वचन उहाँलाई अय्यूबको गवाही हो र भन,
“यहोवाको नामको प्रशंसा होस्, प्रशंसा होस्।”
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित