745 अय्यूबको गवाहीले शैतानलाई पराजित गर्यो
पद १
अय्यूबलाई सर्वप्रथम जाँच गरिँदा,
उनको सब सम्पत्ति र छोराछोरी खोसिए,
तर त्यसले उनलाई ढालेन,
परमेश्वर विरुद्ध एक शब्द पनि बोलेनन्।
पद २
शैतानका परीक्षालाई र आफ्नो
छोराछोरी र सम्पत्ति गुमाउने जाँचमा विजय पाए,
मतलब उहाँले सबथोक
लैजानुहुँदा उहाँलाई पालन गरे।
ब्रिज १
उहाँले गर्नुभएको सबथोकको लागि,
उहाँलाई धन्यवाद दिए, प्रशंसा गरे।
यस्तो थियो अय्यूबको व्यवहार र
उहाँको प्रथम जाँचमा उनको गवाही।
पद ३
अय्यूबले दोस्रो जाँच भोग्दा, शैतानले
उनलाई दुःख दिन हात बढायो।
कहिल्यै नभोगेको पीडा भोगे पनि,
उनको गवाहीले अझै मानिसलाई छक्क पार्यो।
पद ४
शैतानलाई फेरि हराउन आफ्नो
बल, विश्वास, आज्ञापालन
र उहाँको डर प्रयोग गरे।
उनको आचरण, गवाहीले
फेरि उहाँको स्वीकृति जित्यो।
ब्रिज २
यो जाँच दौरान, शैतानलाई
यो भन्न आफ्नो आचरण प्रयोग गरे:
देहको पीडाले उहाँप्रतिको विश्वास
र आज्ञापालन कहिल्यै बदल्न सक्तैन।
पद ५
उहाँप्रतिको भक्ति, आज्ञापालन
र डरलाई पीडाले मार्न सकेन।
मृत्यु सामना गर्दा, उहाँलाई
वा आफ्नो सिद्धता वा सोझोपन त्यागेनन्।
पद ६
अय्यूबको संकल्पले शैतानलाई डरपोक बनायो।
विश्वासले शैतानलाई काप्ने बनायो।
उनको लडाइँको प्रबलताले
शैतानलाई गहिरो घृणाको साथ छोड्यो।
पद ७
अय्यूबको सिद्धता र सीधापनले,
शैतानलाई असहाय बनायो।
त्यसले आफ्ना आक्रमण र
उहाँ सामु राखेका सबै आरोपहरू त्याग्यो,
सबै आरोपहरू त्याग्यो।
ब्रिज ३
अय्यूबले संसारलाई जिते, देहलाई जिते,
शैतानलाई जिते, मृत्युलाई जिते।
उनी पूर्णतः परमेश्वरको भए।
उनी पूर्णतः परमेश्वरको भए।
अन्त्य
यी जाँचद्वारा, अय्यूब गवाहीको रूपमा खडा भए,
आफ्नो सिद्धता र सीधापन जिए,
उहाँको डर मान्ने र दुष्टताबाट टाढा
रहने सिद्धान्तहरू फराकिलो बनाए।
—वचन, खण्ड २। परमेश्वरलाई चिन्ने विषयमा। “परमेश्वरको काम, परमेश्वरको स्वभाव र परमेश्वर स्वयम् २” बाट परिमार्जित