156 परमेश्वरप्रतिको मेरो प्रेम कहिल्यै बदलिनेछैन
१
जीवनभरको कठिनाइ, बतास र वर्षामा भौँतारिँदै;
कसले जान्दछ उहाँको कष्ट भोगाइ?
विनम्र देहमा, उहाँ धैर्यपूर्वक काम गर्नुहुन्छ—
तर मानिसको प्रेम प्राप्त गर्न गाह्रो छ।
उहाँ बोल्नुपर्ने सबै वचन बोल्नुहुन्छ, चिन्ताले हृदय टुक्रा-टुक्रा पार्नुहुन्छ;
मानिसलाई मुक्ति दिन, दशकौँ अर्पित हृदयले काम गर्नुभएको छ।
परमेश्वरको हृदय, परमेश्वरको प्रेम—मानिसले ती कहिले साँच्चै बुझ्लान्,
ताकि तिनीहरूले उहाँको हृदयलाई अलिक सान्त्वना दिन सकून्?
परमेश्वरका वचनले मेरो हृदय विजय गरेका छन्;
म उहाँलाई अडिग रूपमा अन्त्यसम्म पछ्याउनेछु।
म शपथ लिन्छु; ममा सास बाँकी रहुन्जेल, म परमेश्वरप्रति बफादार रहनेछु।
२
परमेश्वरका वचनमा, म सत्यता बुझ्छु
र आफूलाई कसरी आचरणमा ढाल्ने भनी थाहा पाउँछु।
परमेश्वरका वचनमा, म सबै कुरा प्रस्टसित देख्छु;
सत्यता मात्रै सबैभन्दा बहुमूल्य हुन्छ।
परीक्षा र सङ्कष्ट जति ठूला भए पनि, म बस सत्यता पाउने इच्छा गर्छु।
परमेश्वरलाई प्रेम गर्नु सबभन्दा अर्थपूर्ण हुन्छ।
म परमेश्वरलाई गवाही दिन र महिमित तुल्याउन
कर्तव्यमा बफादारी अर्पण गर्नेछु र स्वेच्छाले अन्तिम कष्ट सहनेछु।
परमेश्वरका वचनले मलाई शुद्ध गर्छन्;
म उहाँको प्रेम चुकाउन आफ्नो जीवनको कसम खान्छु।
म हृदय परमेश्वरलाई अर्पण गर्छु; परमेश्वरप्रति मेरो प्रेम कहिल्यै बदलिनेछैन।