637 के संसार तिम्रो विश्रामस्थान हो?
पद १
जाँचको कष्टबाट भाग्दै,
परमेश्वरको वचन बाहिर जिउनेहरू,
के ती सब संसारमा बगिरहेका छैनन्?
विश्रामस्थान र उहाँका सान्त्वनाका वचन रहित,
शरदका पात झैँ,
यता उता फड्फडाइरहेका छन्।
पद २
उहाँको सजाय र शोधनले तिनलाई नपछ्याए पनि,
के तिनीहरू एक ठाउँबाट अर्को ठाउँ,
स्वर्गको राज्य बाहिरका सडकमा
भौतारिरहने भिखारी होइनन्?
कोरस १
के संसार साँच्चै तिम्रो विश्रामस्थान हो?
के साँच्चै, उहाँको सजायबाट पन्छिएर, संसारबाट
सन्तुष्टिको एक मुस्कान पनि पाउन सक्छौ?
के साँच्चै तिम्रो क्षणिक आनन्दलाई तिम्रो
हृदयमा भएको, लुकाउन नसकिने
रित्तोपनलाई ढाक्न प्रयोग गर्न सक्छौ?
पद ३
परिवारमा सबलाई मूर्ख बनाउन सक्छौ होला,
तर उहाँलाई कहिल्यै मूर्ख बनाउन सक्तैनौ।
तिम्रो विश्वास निकै कम भएकोले, अझै पनि,
आज सम्म, जीवनले दिने कुनै पनि आनन्द फेला पार्न शक्तिहीन छौ।
कोरस २
उहाँ आग्रह गर्नुहुन्छ: मानिसले बिरलै सहन सक्ने कष्ट सहँदै,
पूरै जीवन मामुली रूपमा, देहको निम्ति बिताउनुभन्दा,
आधा जीवन निष्ठापूर्वक उहाँको निम्ति बिताउनु राम्रो हो।
आफुलाई कदर गरेर उहाँको
सजायबाट किन भाग्छौ?
कोरस ३
उहाँको क्षणिक सजायबाट लुकेर
अनन्तको लज्जा, सजायको कटनी मात्रै किन गर्न खोज्छौ?
के साँच्चै, उहाँको सजायबाट पन्छिएर, संसारबाट
सन्तुष्टिको एक मुस्कान पनि पाउन सक्छौ?
के संसार साँच्चै तिम्रो विश्रामस्थान हो?
—वचन, खण्ड १। परमेश्वरको देखापराइ र काम। “वास्तविक व्यक्ति बन्नुको अर्थ के हो” बाट परिमार्जित