837 सिद्ध कसरी पारिन सकिन्छ?

पद १

यदि परमेश्‍वरद्वारा सिद्ध पारिन चाहन्छौ भने,

बाटोमा अघि बढेर मात्र हुँदैन

न आफूलाई समर्पित गरेर हुन्छ।

उहाँद्वारा सिद्ध पारिन तिमीसँग धेरै कुरा हुनुपर्छ।

दु:खको सामना गर्दा देहको चिन्ता नगर्न,

उहाँ विरुद्ध गुनासो नगर्न सक्नुपर्छ।

उहाँले आफैलाई लुकाउनुहुँदा, पछ्याउने विश्‍वास हुनुपर्छ।

आफ्नो प्रेमलाई मर्न दिनु हुँदैन, कायम राख्नुपर्छ।


कोरस

उहाँद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छौ भने,

तिमीमा सबै कुरा हुनुपर्छ:

दु:ख भोग्ने इच्छा, विश्‍वास, सहनशीलता,

आज्ञापालन र उहाँको कामको अनुभव,

उहाँको इच्छा र दु:ख बुझ्ने क्षमता।

तिमीले अनुभव गर्ने हरेक शोधनमा

तिम्रो विश्‍वास र प्रेम चाहिन्छ।


पद २

उहाँले जे गर्नुभएपनि तिमीले उहाँको योजना स्वीकार्नु पर्छ,

उहाँ विरुद्ध गुनासो गर्नुअघि आफ्नै देहलाई सराप।

जाँचमा उहाँलाई खुशी बनाऊ,

तिमी रोए वा तिमीले माया गर्ने कुरा गुमाएपनि;

यो हो साँचो प्रेम र विश्‍वास।

तिम्रो कद जे भएपनि, तिम्रो विश्‍वास साँचो हुनुपर्छ,

दु:ख भोग्ने र देहलाई त्याग्ने इच्छा हुनुपर्छ।

उहाँको इच्छालाई सन्तुष्ट गर्न तिमी गुमाउन

र दु:ख भोग्न तयार हुनुपर्छ।


ब्रिज

विगतमा उहाँलाई सन्तुष्ट गर्न नसकेकोमा

पछुतो गर्ने एउटा हृदय हुनुपर्छ।

सिद्ध पारिन तिमीमा केही कमी हुनुहुँदैन।

कमी भएमा तिमी सिद्ध पारिन सकिदैनौ।


कोरस

उहाँद्वारा प्रयोग हुन र सिद्ध पारिन चाहन्छौ भने,

तिमीमा सबै कुरा हुनुपर्छ:

दु:ख भोग्ने इच्छा, विश्‍वास, सहनशीलता,

आज्ञापालन र उहाँको कामको अनुभव,

उहाँको इच्छा र दु:ख बुझ्ने क्षमता।

तिमीले अनुभव गर्ने हरेक शोधनमा

तिम्रो विश्‍वास र प्रेम चाहिन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “सिद्ध बनाइनुपर्नेहरू शोधनको प्रक्रियाबाट भएर जानैपर्छ” बाट परिमार्जित

अघिल्लो: 836 सिद्ध पारिएकाहरूसँग हुने कुराहरू

अर्को: 838 सबैसँग सिद्ध पारिने मौका छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्