851 मानिसको लागि परमेश्‍वरको प्रेम कति महत्वपूर्ण छ

पद १

बाइबलमा कोरिएको चित्र, “आदमलाई परमेश्‍वरको आज्ञा”

मन छुने दृश्य हो।

त्यो चित्रमा उहाँ र मानिसमात्र भएपनि,

यी दुई बीचको सम्बन्ध यति घनिष्ठ छ

कि हामी आश्चर्य र प्रशंसा महसुस गर्छौँ।


पद २

उहाँको प्रेम मानिसलाई सित्तैमा दिइएको छ र

उसको वरिपरि छ।

निर्दोष र शुद्ध मानिस बेफिक्री, उहाँको

नजरमुनि आनन्दमा जिउँछ।

उहाँ मानिसको हेरचाह र सुरक्षा गर्नुहुन्छ।

मानिसले भन्ने र गर्ने सबै, छुटाउन

नमिल्ने गरी, परमेश्‍वरसँग बाँधिएका छन्।


पद ३

उहाँले मानिसलाई सृष्टि गर्नुभएको क्षणदेखि नै,

तिनलाई आफ्नो जिम्मामा राख्नुभयो। कस्तो जिम्मा?

उहाँले मानिसको सुरक्षा, रेखदेख गर्नुहुन्छ।

मानिसले उहाँका वचन भरोसा र पालन गरून् भनी आशा गर्नुहुन्छ।

मानिसबाट उहाँले आशा गर्नुभएको पहिलो कुरा थियो यो।


ब्रिज

यो आशाको साथ उहाँले यी वचन बोल्नुभयो,

“बगैँचाका हरेक रूखबाट स्वतन्त्र भई खान सक्छौ:

तर असल र खराबको ज्ञान दिने रुखबाट

नखाऊ: किनकि त्यसबाट खाएको

दिन तिमी निश्चय मर्नेछौ।” यी सरल वचनले

उहाँको इच्छाको प्रतिनिधित्व गर्छन्,

उहाँलाई मानिसको चासो पहिल्यै थियो भनी देखाउँछन्।


पद ४

यी सरल वचनमा हामी उहाँको हृदय देख्छौँ।

के त्यहाँ प्रेम छ? के त्यहाँ हेरचाह, चासो छैन?

उहाँको प्रेम र चासो यस्तो

चीज हो जुन महसुस गर्न सकिन्छ।

तिमी विवेक र मानवत्व भएको व्यक्ति हौ भने,

तिमीले न्यानोपन, हेरचाह, प्रेम महसुस गर्नेछौ,

खुसीले आशिषित हुनेछौ।


पद ५

यी कुरा महसुस गर्दा, उहाँप्रति कस्तो व्यवहार गर्नेछौ?

के उहाँसँग जोडिनेछौ? के तिम्रो

हृदयमा आदरपूर्ण प्रेम बढ्नेछैन?

के तिम्रो हृदय उहाँ नजिक जाने छ?

यसबाट मानिसको लागि उहाँको प्रेमको महत्व देख्छौँ।

र यो भन्दा महत्वपूर्ण कुरा यो हो कि

मानिसले उहाँको प्रेमलाई महसुस गर्न, बुझ्न सक्छ।


—वचन, खण्ड २। परमेश्‍वरलाई चिन्‍ने विषयमा। “परमेश्‍वरको काम, परमेश्‍वरको स्वभाव र परमेश्‍वर स्वयम् १” बाट परिमार्जित

अघिल्लो: 850 परमेश्‍वरको वास्तविकता र प्रेमिलो स्वभाव

अर्को: 852 परमेश्‍वर मानिसलाई आफ्नो सबभन्दा प्रिय प्राणीको रूपमा व्यवहार गर्नुहुन्छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

परमेश्‍वरको देखापराइ र काम परमेश्‍वरलाई चिन्‍ने विषयमा आखिरी दिनहरूका ख्रीष्टका वार्तालापहरू ख्रीष्टविरोधीहरूको खुलासा अगुवाहरू र कामदारहरूका जिम्‍मेवारीहरू सत्यताको पछ्याइमा सत्यताको पछ्याइमा न्याय परमेश्‍वरको घरबाटै सुरु हुन्छ सर्वशक्तिमान्‌ परमेश्‍वर आखिरी दिनहरूका ख्रीष्टका अत्यावश्यक वचनहरू परमेश्‍वरका दैनिक वचनहरू परमेश्‍वरका विश्‍वासीहरू प्रवेश गर्नैपर्ने सत्यता वास्तविकताहरू थुमालाई पछ्याउनुहोस् र नयाँ गीतहरू गाउनुहोस् राज्यको सुसमाचार फैलाउने सम्‍बन्धी मार्गनिर्देशनहरू ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड १) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड २) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ४) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ५) ख्रीष्‍टको न्याय-आसन अघिका अनुभवात्मक गवाहीहरू (खण्ड ७)

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्