7 सर्वशक्तिमान् परमेश्‍वरको पवित्र आत्मिक शरीर देखा परेको छ

कोरस

सर्वशक्तिमान् परमेश्‍वरको शरीर देखा पर्छ।

पवित्र आत्मिक शरीर, पूर्ण परमेश्‍वर स्वयम्!

संसार बदलिएको छ, देह पनि बदलिएको छ।

पर्वतमा रुपान्तरित, उहाँ परमेश्‍वरको

व्यक्तित्व हुनुहुन्छ।


पद १

उहाँको वस्त्र शुद्ध, सेतो, शिरमा मुकुट छ,

संसार पाउ मुनि, छाती वरपर सुनको पेटी छ।

आँखा आगोको ज्वाला झैँ,

मुखमा धारिलो तरवार छ।

दाहिने हातमा सात तारा छन्।

राज्यको पथ उज्यालो छ,

उहाँको महिमा आएर चम्किन्छ।

पर्वत आनन्दमा कराउँछन्,

पानीको हाँसोले जवाफ फर्काउँछ।

सूर्य, चन्द्रमा र तारा

प्रबन्धित मार्ग पछ्याउँछन्।

६००० वर्षे योजना सक्काउने

परमेश्‍वरलाई स्वागत गर्छन्।

उहाँ विजयी भई फर्कनुहुन्छ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वरको शरीर देखा पर्छ।

पवित्र आत्मिक शरीर, पूर्ण परमेश्‍वर स्वयम्!

संसार बदलिएको छ, देह पनि बदलिएको छ।

पर्वतमा रुपान्तरित, उहाँ परमेश्‍वरको

व्यक्तित्व हुनुहुन्छ।


पद २

सर्वशक्तिमान् सिंहासनमा—

सब खुसीसाथ गाउँछन्, नाच्छन्!

सियोन पर्वतमा उहाँको

विजय-झन्डा फहराइएको छ।

सब राष्ट्र वाहवाही गर्छन्,

उहाँको लागि सब गाउँछन्।

सियोन पर्वत खुसीले हाँस्छ,

उहाँको महिमा देखिँदैछ।

यो देख्छु भनी सपनामा पनि सोचेको थिइनँ,

तर अहिले उहाँको मुहार देख्छु,

हृदय उदाङ्गो पार्छु।

खाना-पानी दिनुहुन्छ, जीवनमा प्रकाश पार्नुहुन्छ,

हर पाइलामा डोर्याउनुहुन्छ।

र विद्रोही हृदयलाई उहाँ तुरुन्तै न्याय गर्नुहुनेछ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वरको शरीर देखा पर्छ।

पवित्र आत्मिक शरीर, पूर्ण परमेश्‍वर स्वयम्!

संसार बदलिएको छ, देह पनि बदलिएको छ।

पर्वतमा रुपान्तरित, उहाँ परमेश्‍वरको

व्यक्तित्व हुनुहुन्छ।


पद ३

उहाँको राज्यमा उहाँसँग

जिउँदै, हिँड्दै, खाँदै, महिमा र आशिष् प्राप्त गर्दै,

—कस्तो सुखद, व्यक्त गर्नै गाह्रो छ।

उहाँसँग बोल्दै, हरदिन अन्तर्दृष्टि पाउँछौ।

हामी सब रहस्य देख्छौँ।

पवित्र जीवन चिन्तामुक्त छ।

त्यसैले दगुर र नरोकिऊ;

चमत्कारी जीवन आउँदैछ।

स्वादमा सन्तुष्ट नहोऊ, बरु उहाँमा प्रवेश गर।

सर्व-समावेशी परमेश्‍वर, सब कमी पूरा गर्नुहुन्छ।

वचनको आनन्द लिन्छौँ, जीवन स्वतन्त्र हुन्छ।


कोरस

सर्वशक्तिमान् परमेश्‍वरको शरीर देखा पर्छ।

पवित्र आत्मिक शरीर, पूर्ण परमेश्‍वर स्वयम्!

संसार बदलिएको छ, देह पनि बदलिएको छ।

पर्वतमा रुपान्तरित, उहाँ परमेश्‍वरको

व्यक्तित्व हुनुहुन्छ।

(सब कमी पूरा गर्नुहुन्छ, सबैलाई समेट्नुहुन्छ।)

पूर्ण परमेश्‍वर स्वयम्!

(सक्रिय भई सहयोग गर, वचनको आनन्द लेऊ।)

संसार बदलिएको छ, देह पनि बदलिएको छ।

(सबथोक बदलिनेछ। केहीले बाधा दिन सक्तैन।)

पर्वतमा रुपान्तरित, उहाँ परमेश्‍वरको

(हाम्रो जीवन स्वतन्त्र हुनेछ भन्ने साँचो हो।)

व्यक्तित्व हुनुहुन्छ।


—वचन, खण्ड १। परमेश्‍वरको देखापराइ र काम। “प्रारम्‍भमा ख्रीष्‍टका वाणीहरू, अध्याय १५” बाट परिमार्जित

अघिल्लो: 6 सर्वशक्तिमान् परमेश्‍वर धार्मिकताको सूर्यको रूपमा देखा पर्नुहुन्छ

अर्को: 10 परमेश्‍वरको राज्य पृथ्वीमा देखा परेको छ

तपाई र तपाईको परिवारलाई अति आवश्यक छ भनेर आह्वान गर्दै: पीडा बिना सुन्दर जीवन बिताउने मौका प्राप्त गर्न प्रभुको आगमनलाई स्वागत गर्नु। यदि तपाईं आफ्नो परिवारसँग यो आशिष प्राप्त गर्न चाहनुहुन्छ भने, कृपया हामीलाई सम्पर्क गर्न बटन क्लिक गर्नुहोस्। हामी तपाईंलाई प्रभुको आगमनलाई स्वागत गर्ने बाटो फेला पार्न मद्दत गर्नेछौं।

सेटिङ्ग

  • टेक्स्ट
  • थिमहरू

पृष्ठभूमिको रङ्ग

थिमहरू

फन्टहरू

फन्टको आकार

लाइन स्पेसिङ्ग

लाइन स्पेसिङ्ग

पृष्ठको चौडाइ

विषयवस्तु

खोजी

  • यो शब्दको खोजी गर्नुहोस्
  • यो पुस्तकमा खोजी गनुृहोस्

हामीलाई Messenger मा सम्पर्क गर्नुहोस्